यही भदौ २३ र २४ गते भएको जेनजी पुस्ताहरुको विद्रोहपछि थारू अधिकारका सवाल र मुद्दाहरु ओझेलमा परेको सन्दर्भमा त्यसलाई बहसमा ल्याउन इन्दु थारूको संयोजकत्वमा थारू नागरिक अभियान गठन गरिएको छ ।
त्यस्तै, थारू नागरिक अभियानअन्तर्गत रहने गरी जेन्जी संयोजकको जिम्मेवारी अधिवक्ता अर्नव चौधरीलाई सर्बसम्मत गरिएको छ ।

कार्तिक १६ गते काठमाडौमा बसेको सरोकारवालाहरुको प्रारम्भिक भेलाले थारू समुदायमा देखिएको शुन्यता र अन्यौलतालाई चिर्न थारू नागरिक अभियान गठन गरेको हो ।
थारू नागरिक अभियानको पहलमा काठमाडौ उपत्यका भित्रका सम्पूर्ण थारू अधिकारवादी संघ संस्था, थारू अगुवालगायत सरोकारवालाहरुसँग बृहत अन्तरक्रिया यसै साता गर्ने र देशैभरि अभियानलाई सञ्चालन गरिने आयोजक पक्षले जनाएको छ ।

थारू कल्याणकारिणी सभा कैलालीका पूर्व कार्यवाहक सभापति माधव थारूका अनुसार देशको परिवर्तित अवस्थामा समग्र थारू समुदायको आवाज, थरुहट, थारूवानको मुद्दा उठान तथा बहस गर्न र निष्पक्ष, स्वतन्त्र प्रगतिशील अभियान सञ्चालन गर्न थारू नागरिक अभियान अग्रसर रहनेछ ।

प्रकाशित:
२७० दिन अगाडि
|
१८ कात्तिक २०८२
२ दिन अगाडि
|
१३ साउन २०८३
४ दिन अगाडि
|
११ साउन २०८३
६ दिन अगाडि
|
९ साउन २०८३
१० दिन अगाडि
|
५ साउन २०८३
१२ दिन अगाडि
|
३ साउन २०८३
१३ दिन अगाडि
|
२ साउन २०८३
१४ दिन अगाडि
|
१ साउन २०८३
१३८९ दिन अगाडि
|
२५ असोज २०७९
१४२३ दिन अगाडि
|
२१ भदौ २०७९
१४३३ दिन अगाडि
|
१२ भदौ २०७९
१३८८ दिन अगाडि
|
२६ असोज २०७९
१३३७ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९३ दिन अगाडि
|
२० असोज २०७९
१३२६ दिन अगाडि
|
२७ मंसिर २०७९