काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

६३९ दिन अगाडि

|

२७ मंसिर २०८०

अधिकृत पदमा लोकसेवाले खुलायो विज्ञापन

अधिकृत पदमा लोकसेवाले खुलायो विज्ञापन

६३९ दिन अगाडि

|

२७ मंसिर २०८०

२७ मंसिर, काठमाडौं । लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका को लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगले बुधबार जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने फाइल बढुवा र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरेको हो । आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनमार्फत हुने बढुवाका लागि निजामती सेवातर्फ १०६ जनाको लागि विज्ञापन प्रकाशन गरेको छ भने मानवअधिकार सेवाका लागि २ जनाको यस्तो बढुवा हुनेछ । आयोगले २७३ जना अधिकृत नियुक्त गर्न खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन मागेको छ । निजामतीतर्फका सामान्य प्रशासन, राजस्व, लेखा, लेखापरीक्षण, परराष्ट्र समूहमा २०३ जना, न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह) तर्फ ६८ जना र मावअधिकार सेवातर्फ २ जना अधिकृत माग गरेको हो । १७ पुससम्म अनलाइनमार्फत दरखास्त दिने अन्तिम मिति तोकिएको छ । २४ पुससम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने छ ।

चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो

चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो

६३९ दिन अगाडि

|

२७ मंसिर २०८०

पर्सा । पर्सामा चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । दुधेबालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र निमोनियाको समस्याबाट पीडित भएका छन् ।    पछिल्लो केही दिनयतादेखि बढेको चिसोका कारण अस्पतालमा बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी दैनिक ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने गरेको उनले बताए । अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले शय्याको अभाव भएको र भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको डा सिंहले बताए । रासस  

त्रिवि स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप

त्रिवि स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप

६३९ दिन अगाडि

|

२७ मंसिर २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप गरिएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनकाे कार्यालयले भर्नाको म्याद पुस २४ गतेसम्म थप गरेको हो। यसअघि मङ्सिर २५ गतेसम्म मात्र भर्नाको म्याद थियो । अब पुस २४ गतेसम्म भर्नाका लागि आवेदन दिन सकिनेछ।  स्नातकोत्तर तथा अधिस्नातक तह ( MA& PGD) मा नयाँ विद्यार्थी भर्ना सम्बन्धी म्याद थप गरिएको सूचना त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयले जनाएको छ।  सेमेस्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०२३ (२०८०/०८१) को अधिस्नातक (PGD) तथा स्नातकोत्तर (MA) तहका केन्द्रीय विभागहरू / क्याम्पसहरू तथा विभाग / कार्यक्रमहरूमा नयाँ विद्यार्थी भर्नाको आवेदन फाराम भर्ने समयावधि पुस २४ गतेसम्म थप गरिएको जनाएको छ।  आवेदकहरूले अनलाइन मार्फत आवेदन दिनुपर्नेछ। त्यसका लागि द्वारा entrance.tufohss.edu.np टाइप गरी New Student Registration बाट आफूले भर्ना हुन चाहेको विषय तथा अध्ययन गर्न चाहेको केन्द्रीय विभाग / क्याम्पस/कार्यक्रमहरूका निमित्त अनलाइन आवेदन फाराम भर्न सकिने छ ।  म्याद नाघी प्राप्त हुन आएका र रीत नपुगेका आवेदन फाराम उपर कुनै कार्यवाही नहुने त्रिविले जनाएको छ। त्रिवि वा त्यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका एवम् सम्बन्धित विषय समितिले निर्धारण गरेका मापदण्डहरू पूरा गरेका विद्यार्थीहरू यस प्रवेश परीक्षामा सहभागी हुन सक्ने छन् ।  अनलाइन आवेदन फाराम भर्दा हालसालै खिचेको फोटो र एस.एल.सी. / एस.ई.ई. देखि स्नातक तहसम्म उत्तीर्ण गरेका सम्पूर्ण शैक्षिक प्रमाण-पत्रहरू अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।  आवेदन फाराम पुस २४ गते राती १२:०० बजेसम्म र दोब्बर दस्तुरमा पुस २६ गते राती १२:०० बजेसम्म भर्न सकिनेछ । प्रवेश परीक्षा पुस २७ गतेदेखि हुनेछ।

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर

६४१ दिन अगाडि

|

२५ मंसिर २०८०

उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताएकी छन् । ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ नाराका साथ ‘नीति तथा संस्थागत संरचनाको विश्लेषण’ विषयमा आधारित लैंगिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा उपसभामुख रानामगरले महिला हिंसासम्बन्धी कानुन बनेका भए पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन नसकेका बताएकी हुन् । हिंसा अन्त्यका लागि सोच, व्यवहार र मानसिकतामा परिवर्तन आउनुपर्ने उनले बताइन् । 'सोच, व्यवहार र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन । बनेका र भएका महिला हिंसासम्बन्धी कानुन पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन सकेका छैनन् । समाज हिंसामुक्त हुन सकेको छैन । बालबालिकासम्बन्धी पनि पर्याप्त कानुन बनेका छैनन् । हरेक समस्यामा महिलाले लड्नु भिड्नुपर्ने अवस्था छ । हरेक पल काम गरेर प्रमाणित गर्नुपर्छ,' उपसभामुख रानामगरले भनिन् । महिला नेतृत्वमा नपुगेसम्म हिंसा अन्त्य हुँदैन भन्दै घरबाट नै महिला हिंसा अन्त्य हुनुपर्नेमा उनले बताइन् । उपसभामुख रानामगरले भवन र टावर बन्दैमा विकास भयो भन्न नमिल्ने उल्लेख गर्दै महिलाको डिजिटल प्रविधिमा पहुँच पुर्‍याउन सबैको साथ चाहिने बताइन् । महिलाले उत्पादन गरेका सामग्रीको उचित मूल्य पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले महिलाको क्षमता अभिवृद्धिका लागि सरकारले लगानी गर्नुपर्ने तर्क गरिन् । महिला अधिकारका लागि राष्ट्रिय अभियानकी अध्यक्ष सरिता घिमिरेका अनुसार सम्मेलनमा ४२ जिल्लाका महिलाको प्रतिनिधित्व रहेको जानकारी दिइन् । विसं २०६२ देखि सञ्चालित उक्त संस्थामा हाल ५० हजार महिला आबद्ध रहेका उनले बताइन् ।

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरु, २६ देशका ५४ चलचित्र देखाइने

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरु, २६ देशका ५४ चलचित्र देखाइने

६४३ दिन अगाडि

|

२३ मंसिर २०८०

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा मंसिर २३ गतेदेखि २६ सम्म हुने भएको छ। ‘सामूहिक अधिकार’ नारासहित हुन लागेको महोत्सवको ११औँ संस्करण चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ। सुभांगी खड्काको वृत्तचित्र 'द एज अफ लर्निङ' देखाउँदै महोत्सव प्रारम्भ गरिनेछ । आवेदनबाट छानिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ फिल्म महोत्सवमा देखाइनेछ । नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटली, आयरल्यान्ड, किर्गीस्तान, जर्जिया, पोल्यान्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बंगलादेश र भारतबाट प्राप्त मानव अधिकारका विषयमा केन्द्रित फिल्म र वृत्तचित्र महोत्सवमा देखाइनेछ । बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई महोत्सवका निर्णायक हुन् । निर्णायकबाट छनोट उत्कृष्ट पाँच फिल्मलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय सर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगदसहित पुरस्कार दिइने बताइएको छ । त्यस्तै एक जना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ । फिल्म प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीचको बहस हुनेछ । 'सिनेमा विकासको लागि राजनीतिक प्रतिबद्धता' र 'सामूहिक अधिकार: अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व' विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीहरुबीच दुई प्यानल छलफल राखिएका छन् । यस्तो छ समय तालिका 

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको तयारी तीब्र, सुनसरीको गढीमा गरिने 

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको तयारी तीब्र, सुनसरीको गढीमा गरिने 

६४४ दिन अगाडि

|

२२ मंसिर २०८०

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन मोरङमा हुने तय भएको समाचार यसअघि आएकोमा स्थानीय आयोजक हौली परिवारले सुनसरीको गढीमा गरिने जानकारी दिएको छ । यसअघि स्थानीय संयोजनकर्ता हौली परिवारको मंसिर १५ को बैठकले आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन आगामी माघ २६ देखि २८ गतेसम्म मोरङको विराटनगर या सुनसरीको गढी वा दुहबीमा गर्ने निर्णय गरेको थियो । हौली परिवारका अध्यक्ष श्रवण सुतिहारले भने, ‘हौली परिवार सुनसरी र मोरङ दुबै जिल्लामा सक्रिय छ । त्यसैले, सुरुमा स्थानको अलमल जस्तो भयो । अब भने आठौं थारु साहित्य राष्ट्रिय सम्मेलनको मिति माघ २६ देखि २८ गते अनि स्थान सुनसरीको गढी गाउँपालिका–२, गढीमाई फिक्स भएको छ ।’ अध्यक्ष सुतिहारले सम्मेलन सफल गर्न आफ्नो संयोजकत्वमा ५१ सदस्यीय तयारी समिति तथा विभिन्न उपसमिति गठन गरिएको पनि बताए । उनले तयारीलाई तीब्रता दिएको जनाए ।  थारु लेखक संघ तथा जंग्रार साहित्यिक बखेरी पनि आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको आयोजक हुन् । मोरङ, सुनसरीमा आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन हुन नसके जंग्रार साहित्यिक बखेरीको संयोजनमा बर्दियामा आयोजना गर्ने तयारी अगाडि बढेको थियो । अब बर्दियामा गरिने साहित्य सम्मेलनलाई के नाम दिने छलफल गरिने बखेरीका अध्यक्ष सोम डेमनडौराले बताए ।  स्मरण रहोस् थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ बखेरीेले मंसिर १५ गतेदेखि २२ गतेसम्म बर्दियाका विभिन्न स्थानमा पुस्तक प्रदर्शनी गरेको थियो । साथै, सम्मेलन सहयोगार्थ एक कप चिया अभियान जारी राखेको छ ।