डा आचार्यको दङ्गी–उर्वशी महाकाव्यमाथि अन्तक्रिया

डा आचार्यको दङ्गी–उर्वशी महाकाव्यमाथि अन्तक्रिया

३८७ दिन अगाडि

|

७ भदौ २०८२

काठमाडौं ओ बर्दियामे अस्टिम्की चित्रकला कार्यशाला

काठमाडौं ओ बर्दियामे अस्टिम्की चित्रकला कार्यशाला

३९७ दिन अगाडि

|

२९ साउन २०८२

अस्टिम्कीक् अवसरमे काठमाडौं ओ बर्दियामे अस्टिम्की सम्बन्धि चित्रकला कार्यशाला हुइल बा । काठमाडौंमे अग्रासन थारू महिला समाज, काठमाडौं ओ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानके संयुक्त आयोजनामे साउन २५ गते एकदिने अस्टिम्की चित्रकला कार्यशाला नाफा हल, नक्सालमे हुइल बा ।  अग्रासन थारू महिला समाजके अध्यक्ष चम्पा चौधरी ओ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानके कुलपति नारदमणि हर्ताम्छाली प्रशिक्षार्थीन् प्रमानपत्र डेले रहिट । २ दर्जनसे ढेर सहभागि रहल कार्यशालाके प्रशिक्षमे विष्णु चौधरी रहिंट ।  कार्यशालामे अस्टिम्कीक् बारेम पोस्टा लिख सेकल शत्रुघन चौधरी ‘अस्टिम्की चित्रकला ओ थारू आदिवासी ज्ञान’ सिर्सकमे कार्यपत्र प्रस्तुत कर्ले रहिट । जेम्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानके सदस्य सचिव देवेन्द्र थुम्केली टिप्पनि कर्ले रहिट ।  कार्यक्रमके पहुनन्हे अग्रासन थारू महिला समाजके ओरसे करै उपहार डे गइल रहे । ओस्टक ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानके आयोजना ओ ठाकुरबाबा बरघर सञ्जालके सहकार्यमे ठाकुरबाबा नगरपालिका–१, बर्दियामे अस्टिम्की चित्रकला ३ दिने कार्यशाला साउन २५ से २७ गतेसम हुइल बा । २२ जाने सहभागि रहल कार्यशालाके प्रशिक्षक हरिराम गम्वा, धनिराम थारु रहिंट ।

कोशी प्रदेशमा सरकारी कामकाजको भाषा थारु राख्न थाकसको ध्यानाकर्षण

कोशी प्रदेशमा सरकारी कामकाजको भाषा थारु राख्न थाकसको ध्यानाकर्षण

३९८ दिन अगाडि

|

२८ साउन २०८२

कोशी प्रदेशमा सरकारी कामकाजको भाषा थारु राख्न थारु कल्याणकारिणी सभा (थाकस) ले ध्यानाकर्षण गराएको छ ।  थाकसका महामन्त्री मिनराज चौधरीबाट हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ– कोशी प्रदेश सभामा पेश गरिएको विधेयकमा उक्त प्रदेशका थरुहट तराईका उदयपुर, सुनसरी, मोरङ, झापा जिल्लामा बहुसंख्यकको रुपमा रहेका आदिवासी थारु जातिलाई उपेक्षा गर्दै थारु भाषालाई प्रदेश सरकारले कामकाजी भाषा नबनाई प्रस्तुत गरिएको विधेयकप्रति थारु कल्याकारिणी सभाको गम्भिर ध्यानाकर्षण भएको छ । नेपालको संविधान धारा ६ र धारा ७ (२) मा भाषासम्बन्धी र स्थानीय तहको अधिकारसम्बन्धी संवैधानिक प्रावधानअनुसार संघ प्रदेश र स्थानीय तहलाई आफ्नो क्षेत्रभित्र बहुल प्रयोग हुने भाषालाई सरकारी कामकाजको भाषा बनाउन सक्ने अधिकार एवं संविधानको धारा १८ (३) ले कुनै पनि व्यक्ति, जाति, भाषा, संस्कृति वा समान आधारमा विभेद् गर्न नपाईने प्रावधान स्पष्ट व्यवस्था गरिएको छ । तर यस व्यवस्थाको बर्खिलाप हुने गरी कोशी प्रदेशमा चौथो ठूलो जनसंख्या (४.२२ प्रतिशत) रहेका थारु जाति र थारु भाषा संस्कृतिलाई कोशी प्रदेश सरकारले उपेक्षा गरी ल्याइएको प्रदेश सरकारको कामकाजी भाषा सम्बन्धी विभेद्कारी विधेयक प्रति घोर आपत्ती व्यक्त गर्दै थाकसबाट भत्र्सना गरिएको छ । कोशी प्रदेश सरकारले बदनीयतका साथ ल्याइएको यस विधेयकले वीर शहीदहरुको बलिदानी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मूल मर्म एवं भावना विपरित, परिवर्तन र अधिकारका लागि भए गरिएका जनआन्दोलन, थरुहट, आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला अल्पसंख्यकलगायत विभिन्न आन्दोलनको जगबाट प्राप्त उपलब्धी एवं आदिवासी जनजातिहरुको भाषा, संस्कृति सम्बन्धमा अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी– १६९ मा भएको व्यवस्थालाई समेत लत्याउदै थारु भाषा संस्कृतिमा निर्मम प्रहार गरेको थाकसको ठहर रहेको छ । कोशी प्रदेश सरकारले सुनियोजित रुपले ल्याएको यस विधेयप्रति खेद व्यक्त गर्दै, उक्त विधेयक अविलम्व संशोधनसहित थरुहट तराईमा बसोबास गर्ने बहुसंख्यक रहेका आदिवासी भूमिपुत्र थारु जाति–समुदायले बोल्ने थारु भाषालाई प्रदेश सरकारको कामकाजी भाषाको रुपमा विधेयकमा समावेश गर्न जोडदार माग गरिएको छ । थाकसको मागलाई नजर अन्दाज गरिए प्रदेश सरकारले कडा मूल्य चुकाउनु पर्ने चेतावनी पनि दिइएको छ । साथै, कोशी प्रदेश सरकारको गलत निर्णय र विभेद्कारी विधेयकबिरुद्ध हक अधिकार प्राप्त गर्न सबै थारु नेता, सांसद, जनप्रतिनिधि, अभियन्ता, राजनीतिक तथा गैर राजनीतिक थारु संघ संस्था, संगठनलगायत आम थारु जाति–समुदाय एकजुट भएर संघर्ष गर्न विज्ञप्तिमार्फत्  अपील पनि गरिएको छ। स्मरण रहोस्, कोशी प्रदेश सरकार मन्त्रीपरिषद्को २०८२ साउन १५ गते बसेको बैठकको निर्णयअनुसार कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ कार्तिक २५ गतेबाट लागु हुने गरी नेपाली भाषाको अतिरिक्त मैथिली र लिम्बू भाषालाई मात्र प्रदेश सरकारी कामकाजको भाषाको रुपमा व्यवस्था गरिएको छ ।  

मध्यपश्चिमाञ्चल साहित्य परिषद्को साधारणसभा सम्पन्न

मध्यपश्चिमाञ्चल साहित्य परिषद्को साधारणसभा सम्पन्न

४०८ दिन अगाडि

|

१८ साउन २०८२

मध्यपश्चिमाञ्चल साहित्य परिषद्को १६ औं साधारणसभा भक्तपुरको लोकन्थलीस्थित युनिक एकेडेमीको सभाकक्षमा साउन १७ गते शनिवार सम्पन्न भएको छ ।  कार्यक्रममा वरिष्ठ कवि श्यामल, परिषद्का पूर्व अध्यक्षत्रय प्रा जगत उपाध्याय प्रेक्षित, डा मधुसूदन गिरी, प्रा केशव सुवेदीले संस्थालाई चलायमान बनाउन बढीभन्दा बढी साहित्यिक गतिविधि गर्न सुझाए । तिनले परिषद्को मुखपत्र खसानी नियमित प्रकाशन गर्न आग्रह गरे । साधारणसभामा कोषाध्यक्ष भूपेन्द्रा मल्लले आर्थिक प्रतिवेदन तथा सचिव बलभद्र भारतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । परिषद्का अध्यक्ष समीर शाहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनोहर लामिछानेले स्वागत मन्तव्य दिएका थिए ।  साधारणसभाले सदस्यता वितरण तथा मध्यपश्चिमाञ्चलका विभिन्न जिल्लामा परिषद्का शाखाहरू स्थापना गर्नेलगायत विभिन्न प्रस्तावमाथि महत्वपूर्ण निर्णय गर्यो । साथै, परिषद्का अध्यक्ष समीर शाहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा साहित्यतर्फको प्रादेशिक प्रतिभा पुरस्कार २०८१ प्रदान गरेकोमा हार्दिक बधाईसहित शुभकामना प्रकट गरियो ।  मध्यपश्चिमाञ्चल साहित्य परिषद् तीन दशकदेखि क्रियाशील रहेको छ । 

लोप हुँदै थारु समुदायको मौलिक पहिचान बोकेको छतरी

लोप हुँदै थारु समुदायको मौलिक पहिचान बोकेको छतरी

४१५ दिन अगाडि

|

११ साउन २०८२

कञ्चनपुरका थारु समुदायका मौलिक पहिचान बोकेका छतरी(छाता) हराउँदै जान थालेको छ । थारु समुदायको खेत–खलिहान र गोठालो यात्राको अभिन्न साथी मानिने बाँसको छतरी, आज स्मृतिमा मात्र सीमित हुँदै जान थालेको छ । जीवनभर खेतमा काम गर्दा ओढ्ने छतरी हराउँदै गएकामा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका धनिराम चौधरी चिन्ता व्यक्त गर्छन् ।‘बर्सातमा खेतमा काम गर्दा, गोरु जोत्न, बीउ झार्न, वा गोठाला जाँदा छतरी आवश्यक वस्तु हुन्थ्यो’, उनले भने, ‘बलियो पहाडी बाँस र महुराइन (मालु)को पात प्रयोग गरी बनाइने छतरी पानी चुहिन नदिने उत्कृष्ट घरेलु प्रविधि थियो ।’ बूढेसकाल लाग्दासम्म परम्परागत रूपमा घरमै निर्माण गरेका छतरी ओढेको सम्झना उनलाई छ । छतरीमा एक थोपा पनि पानी चुहिँदैनथ्यो, हलुका पनि हुन्थ्यो, तर अब ती दिन सपनाजस्ता भएको उनी सुनाउँछन् । छतरी थारु समुदायका लागि एक उपयोगी वस्तु रहेको उल्लेख गर्दै उनले सांस्कृतिक चिनारीका रूपमा छतरीलाई लिइने गरेको बताउँछन् । बाँसको चोयाले बुनेर महुराइन (मालु)को पातभित्र राखी बनाइने छतरी घाम र पानी दुवैबाट जोगाउने उपायका रूपमा रहेको उनले बताए । ‘पहाडबाट ल्याइने बलियो बाँसले बनाइएका छतरी पाँच वर्षभन्दा बढी टिक्ने गर्दथे’, उनले भन्, ‘थारु समुदायमा तीन प्रकारका छतरी प्रचलनमा थिए, जसमा ठूलो गोलो छतरी, जसले शरीरको अधिकांश भाग छोप्थ्यो, मुरमुख्खी, टाउको मात्रै ढाँक्ने सानो छतरी र स्यांगो, त्रिकोण आकारको पूरै शरीर छोप्ने छतरी प्रचलनमा थिए ।’ यी सबै आज प्रयोगबाट हराइसकेको उनले बताए । परम्परागत छतरीको तुलनामा बजारमा आधुनिक र सस्तो छाता रेनकोट सजिलै पाइने भएपछि परम्परागत सीप लोप हुन थालेको कलंकबहादुर चौधरी बताउँछन् । बाँस र महुराइनको पात मुख्यरूपमा चुरे क्षेत्रका वनबाट सङ्कलन गरिन्थ्यो । तर, अहिले वनभित्र अनुमति बिना प्रवेश गर्न नपाइने, पात टिप्दा झन्झट हुने, र कानुनी जटिलता हुने भएपछि छतरी बनाउने चलननै बन्द भएको उनको भनाइ रहेको छ । ‘थारु परम्परामा ससुराली जाँदा छतरी, सुप्पा, मचिया उपहार दिने चलन थियो’, हवलदार चौधरीले भने, ‘परम्परागत वस्तुहरू उपहारमा दिने चलन पनि हरायो, महुराइनको पातलाई पवित्र मानिने हुँदा पूजामा प्रयोग हुने दुना, टपरी पनि त्यही पातबाट बनाइन्थ्यो, त्यसको बदलामा अहिले सातको पातले काम चलाउने गरिन्छ ।’ उनी भन्छन्, ‘आजका युवा छाता, रेनकोट र प्लास्टिकका सजिला सामानतर्फ आकर्षित छन्, सीप सिकाउने बूढापाका घट्दै जाँदा छतरीजस्ता मौलिक वस्तु लोप हुने अवस्थामा पुगेका छन, लोप हुँदै गएका छतरीलगायतका वस्तुको जगेर्ना गरी यस्ता हस्तकलाका सामग्रीको बजार प्रवर्द्धन गर्नुपर्छ ।’ छतरी थारु समुदायको केवल आवश्यकता होइन, पहिचान पनि भएकाले त्यसको संरक्षण नगर्ने हो भने भविष्यमा केवल तस्वीर वा सङ्ग्रहालयमा मात्रै सीमित हुने चिन्ता उनी व्यक्त गर्छन् । उनका अनुसार यसका लागि स्थानीय सरकार र सरोकारवाला निकायले समयमै सचेत भएर सीप संरक्षण कार्यक्रम र सांस्कृतिक जागरण अभियान सुरू गर्न आवश्यक छ । रासस

बसघराके ८४औं भाग सम्पन्न

बसघराके ८४औं भाग सम्पन्न

४२१ दिन अगाडि

|

५ साउन २०८२

थारु भसा साहित्य केन्द्रसे आयोजित हरेक महिनाके पहौनका सैनदिन थारु भसा, साहित्य, कला, संस्कृतिके समिश्रण कार्यक्रम बसघरा साउन ३ गते चौधरी टोल  टिकाथली, ललितपुर मे ८४ भाग सम्पन्न भेलै । राकेश सिंहके अध्यक्षता, डा पुलकित चौधरीके प्रमुख आतिथ्यमे सम्पन्न भेल कार्यक्रममे उदय नारायण चौधरी, सन्तोषी चौधरी, नन्दलाल चौधरी, शत्रुधन चौधरी, श्रीसन चौधरी, अबिनाश चौधरी, आपन कबिता वाचन करने छेलै । अनिता चौधरी गीत गाबने छेलै । कार्यक्रममे श्रवन चौधरी, भागवत चौधरी, पुलकित चौधरी आआपन मन्तव्य राख्ने छेलै । आउर कार्यक्रम संचालन कल्पना चौधरी करने छेलै ।  उहि क्रममे साउन ३ गते थारु भसा साहित्य केन्द्रसे मैहनाके पहौनका सैन हैबला कार्यक्रम बसघरा श्रद्धेय रमानन्द प्रसाद सिंहके योगदान मे केन्द्रित भ्याके विशेष कार्यक्रमके रुपमे श्री महकिर उच्च मावि प्रसवनी, सप्तरी मे सम्पन्न भेलै ।  राजेश्वर प्रसाद सिंहके अध्यक्षता, महाबिर चौधरीके मूल मेजवानी या संविधान सभाके सभासद् असर्फी सदाके विशेष मेजवानीमे सम्पन्न भेल रहै । श्रद्धेय रमानन्द सिंहके बिषयमे चर्चा करैत वक्तासव ओकर व्यक्तित्वसे ल्याके ओकर काम कर्तव्य या संघर्षके बिषयमे जानकारी करा गेल रहै । कार्यक्रममे बहौतो कविता, खिस्सा, बिपतरी, गीत गाबैत सबके आपन आपन ठामसे कुछ ने कुछ करैले प्रण करैत समापन भेल रहै ।  

रानाथारू भासाके व्याकरण ओ शब्दकोशके घुर्घट खोलाइ

रानाथारू भासाके व्याकरण ओ शब्दकोशके घुर्घट खोलाइ

४२१ दिन अगाडि

|

५ साउन २०८२

रानाथारू भासाके व्याकरण ओ शब्दकोशके घुर्घट खोलाइ एक कार्यक्रमके बिच साउन ३ गते कञ्चनपुरके लालझाडी गाउँपालिकाके सभाहलमे हुइल बा । व्याकरण ओ शब्दकोशके लेखकमध्ये एक त्रिवि मानविकी संकायके डिन भाषाशास्त्री डा दुबिनन्द ढकालके बर्का पहुनाइमे हुइल कार्यक्रममे मोहनप्रसाद चौधरी डुनु पोस्टाके बारेमे समालोचना कर्ले रहिट ।  कार्यक्रममे लालझाडी गाउँपालिकाके अध्यक्ष निर्मल राना, नेपाल प्रज्ञा प्रतिष्ठानके प्राज्ञ परिषद सदस्य त्रैलोक्यमान बनेपाली, राना थारु भासाके पहिला उपन्यासकार पदम रानालगायट बोलुइयन सुभकामना डेले रहिट ।  लेखकत्रय डा दुबिनन्द ढकाल, राजकुमार राना, कमलसिंह राना रानाथारू भासाके व्याकरण ओ शब्दकोश लिख्लक हुइट । नेपाल रानाथारू महिला संघके आयोजनामे हुइल कार्यक्रमके घरगोस्याइ संघके कञ्चनपुरके अध्यक्ष प्रेमवती राना कर्ले रहि ।