डिहवार थान जोगाउन जाग्दै मोरङ्गिया थारूहरू

डिहवार थान जोगाउन जाग्दै मोरङ्गिया थारूहरू

६१२ दिन अगाडि

|

२४ पुष २०८०

थारु संस्कृति जोगाउनको लागि माघ महोत्सव हुँदै

थारु संस्कृति जोगाउनको लागि माघ महोत्सव हुँदै

६१८ दिन अगाडि

|

१८ पुष २०८०

सन्तोष दहित तराइका आदिवासी धर्तीपुत्र थारु समुदायले आफ्नो संस्कृति जोगाउनको लागि दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव २०८० लगाउने भएका छन् । थारु कल्याणकारिणी सभा लगायत दर्जनौ थारु संघसस्थाको संयुक्त आयोजनामा यहि पुस २० र २१ गते महोत्सवको आयोजना गरेका हुन् । पछिल्लो समयमा थारु भाषा, कला, संस्कृति लोप भइरहेकाले त्यसको संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक अशोक चौधरीले बताए । यस महोत्सवले थारु भाषा, कला, संस्कृतिको प्रवद्धन संगै जिल्लाको पर्यटन विकासमा थप टेवा पुग्ने उनले दाबी गरे । 'आर्थिक जागरण र साँस्कृतिक रुपान्तरण हाम्रो अभियान, सामाजिक न्याय सहितको समृद्धिमा हाम्रो योगदान’ भन्‍ने मुल नारासहित आयोजना हुन लागिएको महोत्सवमा थारु परिकार, माछा, घोंगी, गंगटा, सुंगुरको मासु, लोक भालेको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटी, झोल सहित परिकार विक्री वितरणको लागि राखिने संयोजक चौधरीले बताए । त्यस्तै थारु भाषा, कला, संस्कृति, ज्ञानगुनका दर्जनौ पुस्तक, पत्र पत्रिकाहरु समेत विक्री वितरणको लागि राखिने छ । यस्तै थारु हस्तकला ढकिया, खोंग्या, भौका, भौकी, गोन्द्री, छट्री, खटिया, डोली, डोला, थारु गरगहना संगै मिनी थारु संग्रहालय लगायत प्रर्दशनीको लागि राखिने उनले बताए । दुइदिनसम्म चल्ने महोत्सवमा ६ दर्जन भन्दा बढि मघौटा, हुर्डुंग्या, छोक्रा नाचको प्रस्तुति रहने महोत्सव मुल आयोजक समितिका सल्लाहकार भुवन चौधरीले बताए । जिल्लाका सवै पालिकाका विभिन्न मौलिक नाच, मघौटा ढुम्रु गीतको प्रस्तुति सहित थारु राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहने उनले बताए । थारु समुदायले माघ पर्वलाई महान पर्वको रुपमा मनाउदै आएका छन् । उनिहरुले माघीलाई नयाँ वर्षको रुपमा समेत गर्दछन् । हरेक बर्ष माघी आएसंगै दाङ लगायत तराईका थारु बाहुल्य थारु बस्तीमा अहिले देखि नै माघीको रौनक छाएको छ । माघ थारु समुदायको महान पर्व मात्र नभइ नयाँ वर्षको रुपमा मनाउदै आएको थारु साँस्कृतिक अभियन्ता समेत रहेका थारु अगुवा भुवन चौधरीले बताए । माघीमा गाउँका मटावा चयन गर्ने देखि वितेको बर्षको कामको समिक्षा र आउने बर्षको योजना लगायत बनाउने गर्ने गरेको उनले बताए । सामाजिक, साँस्कृति, धार्मिक र आर्थिक हिसाबले माघ पर्व महत्व पूर्ण भएकोले माघलाई थारु समुदाय विशेष रुपमा मनाउने गरेको चौधरी बताउछन् । पछिल्लो समयमा स्वदेशमा मात्र नभई विदेशमा समेत माघ साँस्कृतिक कार्यक्रम आयोजना  हुँदै आएको छ । विदेशमा बस्ने थारु समुदायहरुले माघीको अवसरमा माघ विशेष कार्यक्रम गर्दै आएको थारु कल्याणकारिणी सभा जापान शाखाका संस्थापक अध्यक्ष कन्हैलाल चौधरीले बताए । आफुहरुले पनि यो वर्ष पनि जापानमा माघ विशेष साँस्कृतिक कार्यक्रम गर्न लागिएको उनले बताए । उनका अनुसार जनवरी १४ अर्थात पुस २९ गते आयोजना गरिएको छ । त्यस्तै दुवई, कोरिया, अष्ट्रेलिया, अमेरिका लगायत देशहरुका माघ विशेष कार्यक्रम आयोजना गरिएको आयोजक सस्थाहरुले जनाएका छन् ।

राष्ट्रिय थारु कलाकार मञ्चको आयोजनामा माघी शुभकामना आदानप्रदान तथा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय थारु कलाकार मञ्चको आयोजनामा माघी शुभकामना आदानप्रदान तथा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

६१८ दिन अगाडि

|

१८ पुष २०८०

सरला चौधरी राष्ट्रिय थारु कलाकार मञ्चको आयोजनामा माघी शुभकामना आदानप्रदान तथा बृहत अन्तरक्रिया कार्यक्रम २०८० बुधवार अन्तराष्ट्रिय खेलकुद परिषद सातदोबाटोमा सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण थारु कलाकार मञ्चका महासचिव रोशन रत्गैयाले गरेका थिए । थारुकलाकारको अध्यक्ष विनय चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उदघाटन कार्यक्रमका प्रमुख अतिथि शहरी विकास मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय मेटमणी चौधरीले दिप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका अग्रज व्यक्तित्वहरुका साथै २४ जिल्लाको अग्रज कलाकारको उपस्थिति रहेको थियो ।  थारुकलाकार मञ्चका सल्लाहकार नन्दुराज चौधरीले कार्यक्रमको औचित्य र उद्देश्य माथि प्रकाश पारेका थिए भने सांगठनिक प्रकृया र अनुभवको बारेमा जनजाति प्रतिष्ठानका सदस्य शत्रुघन चौधरीले व्याख्या गरेका थिए । त्यसैगरी अग्रज कलाकार सोमती चौधरीले मानसिक रोग बाट बच्न गीत संगीत अपिहार्य रहको कुरा व्यक्त गर्दै आफ्नो गीत प्रस्तुत गरेकी थिइन । कार्यक्रममा थारु आयोगकी सदस्य माननीय शान्ति मोदी, समाजसेवी तथा कुशल व्यवसायी शिव बहादुर चौधरी, व्यवसायी तथा युवा नेता सीताराम चौधरी लगायत उपस्थित कलाकारहरुले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।  शुभकामना मन्तव्यको क्रममा पूर्व शहरी विकास मन्त्री तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले कलाकारिता क्षेत्रलाई व्यवसायिक बनाउदै राष्ट्रियकरण गर्ने कुरामा जोड दिएका थिए । थारु कलाकारिता क्षेत्र अझै पनि राष्ट्रिय स्तरमा व्यवसायिकरण हुन नसकेको कुरा व्यक्त गरे र आगामी दिनमा कालाकारिता क्षेत्रलाई अघि बढाउन स्टुडीयो निर्माणनको लागि आफू प्रतिबद्ध रहेको कुरा व्यक्त गरे ।   

जावलाखेलमा आज च्याउ मेला तथा परिकार महोत्सव हुँदै

जावलाखेलमा आज च्याउ मेला तथा परिकार महोत्सव हुँदै

६२१ दिन अगाडि

|

१५ पुष २०८०

काठमाण्डाै - ललितपुरको जावलाखेल खेलमैदानमा आज एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’ हुँदैछ । च्याउ उत्पादक किसान संघ नेपालले च्याउ प्रवर्द्धनकाे कार्यक्रम आयोजना गर्न लागेको हो । ‘च्याउ किसानहरूको जागरुकता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराकासाथ आयोजना गरिने मेलामा च्याउसँग सम्बन्धित ३० ओटा स्टल रहने आयोजकले जनाएको छ । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म चल्ने सङ्घका अध्यक्ष सन्तोष कार्कीले बताउनुभयो । मेलामा कन्य, गोभ्रे, किङ वयस्टर, सिताकेलगायतका च्याउका विभिन्न जात तथा परिकारहरू प्रदर्शनीमा राखिनेछ । अध्यक्ष कार्कीका अनुसार विभिन्न स्टलहरूमा भिन्नभिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको समेत प्रदर्शनी गरिने छ । यस्तै, आज चौथो राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । २०७७ सालदेखि हरेक वर्ष पुस १५ गते विभिन्न कार्यक्रम गरी च्याउ दिवस मनाउन थालिएको हो ।

नाउपाको पुस २६ बाट हुने पहिलो महाधिवेशनको निम्तो बाँड्न जनताको बस्तीमा रेशम चौधरी

नाउपाको पुस २६ बाट हुने पहिलो महाधिवेशनको निम्तो बाँड्न जनताको बस्तीमा रेशम चौधरी

६२१ दिन अगाडि

|

१५ पुष २०८०

कैलाली । आगामी पुस २६ गते बाट सुरु हुने नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनका लागि अहिले संरक्षक रेशमलाल चौधरी तीव्र तयारीमा छन् । पहिलो पटक आयोजना हुन लागेको महाधिवेशनलाई ऐतिहासिक र भव्य बनाउन गाउँ बस्तीमा अभियान सुरु गरिएको उनले बताए । शुक्रवार टीकापुर न पा वार्ड न १ र २ अन्तर्गत बिजयनगर मुक्त कमैया शिविर बाट महाधिवेशनको निम्तो बाँड्दै उनले समस्यामा रहेका हरेक नागरिकको उन्मुक्ति नागरिक उन्मुक्ति पार्टीले मात्रै गर्न सक्ने बताएका छन् । सोही क्षेत्रबाट अघिल्लो पटक भारी मतले रेशम चौधरी निर्वाचित भएका थिए भने अहिले उनको पत्नी नागरिक उन्मुक्तिका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित भएकी छन् । श्रेष्ठ अहिले नेपाल सरकारको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री छिन् । दुई साता पछि हुन लागेको महाधिवेशनको निम्तो बाँड्न बस्ती पुगेका संरक्षक चौधरीले अहिले नागरिकमा चुनावको भन्दा बढि रौनक पाएको बताए । ‘चुनाव भन्दा माहौल राम्रो छ । कामको बेलामा पनि उहाँहरू घर छोडेर सहभागी भइरहनु भएको छ’ संरक्षक चौधरीले भने ‘हामीलाई जनताको विश्वास गरिरहनु भएको छ हामी त्यो विश्वासलाई कायम राख्न पक्षमा छौँ ।’ संरक्षक चौधरीको नेतृत्वमा महाधिवेशनको निम्तो बाँडिरहेका र अब निर्वाचित क्षेत्र स्तरमा त्यहाँबाटै निर्वाचित सांसदहरू लाग्ने उनले बताए । नागरिक उन्मुक्ति पार्टीले पहिलो पटक आठ हजार प्रतिनिधि उपस्थित गराउने गरि महाधिवेशनको आयोजना गर्न लागेको हो । उक्त महाधिवेशनमा सहभागी हुन चौधरीले सबैलाई भेटेरै आग्रह गरिरहेका छन् । ‘घरदैलो गर्दै त्यहाँका जनतालाई महाधिवेशनको निम्तो दिइरहेका छौँ ’ उनले भने ‘हाम्रो महाधिवेशन प्रतिनिधिका दृष्टिकोणले मात्रै होइन सहभागिताको दृष्टिकोणले पनि ऐतिहासिक बन्दै छ ।’ ८ हजार प्रतिनिधि आउने पहिलो निर्वाचनमै उल्लेख्य जनमत पाएको नागरिक उन्मुक्ति पार्टीको आसन्न महाधिवेशनमा ८ हजार प्रतिनिधिले भाग लिने जनाएको छ । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुने छ। नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनमा सबै जिल्लाको प्रतिनिधि गराउने तयारी गरिएको छ ।