धनगढी
पश्चिम नेपालको थारु समुदायमा अट्वारी पर्वमा अन्डी धानको पिठोबाट बनेको रोटी अनिवार्य मानिन्थ्यो । तर पछिल्लो समय धान खेतीमा बढ्दो व्यवसायीकरण संगै रैथाने प्रजातिको अन्डी धान लोप हुने क्रममा पुगेको छ । त्यसैले, अट्वारी पर्वमा नभई नहुने अण्डी धानको पिठोबाट बनेको रोटी अब खान हम्मे हम्मे भएको छ ।
पर्वमा अन्डी धानको चामलबाट रोटी, खुर्मा, फुलौरी, बरियालगायत परिकार अनिवार्य बनाइने र सगुनकै रुपमा प्रयोग गर्ने प्रचलन थारु समुदायमा रहिआएको छ । अण्डी धान भएको घरमा पर्व नै खल्लो हुने या पर्व नै अपुरो हुने थारु बुद्धिजीवीहरु बताउँछन् । त्यसैले, कोही पर्व सुरु हुनु अगावै आफ्ना इष्टमित्र, साथीभाईसंग सगुनकै लागि भएपनि खरिद गरेर त कोही अन्य धानको चामलसंग अन्डी धानको चामल साटेर भएपनि पर्व मनाएको पाइन्छ ।
कैलालीको कैलारी गाउँपालिका–६, बेनौलीकी स्थानीय भागमनी चौधरीले घरमा अन्डी धान नहुँदा नियास्रो छाएको बताइन् ।
कैलालीको कैलारी गाउँपालिका–६, बेनौलीकी स्थानीय भागमनी चौधरीले घरमा अन्डी धान नहुँदा नियास्रो छाएको बताइन् ।
अन्डी धान एक किसिमको रैथाने प्रजातिको धान हो । जसको बोट अन्य धानको तुलनामा अग्लो र मोटो हुन्छ भने दाना हल्का रातो र मोटो हुन्छ । सुगन्धित र स्वादिष्ट भात हुने हुँदा तरकारीको आवश्यकता खासै नपर्ने बताइन्छ । अन्य धानको भात भन्दा वढी टाँसिने तथा हातमै टाँसिने हुने, नियमित छाकको लागि प्रयोग नहुने हुँदा यसको खेती तुलनात्मक रुपमा कम गरिन्छ ।
थारू नागरिक समाज कैलालीका संयोजक तथा थारू बुद्धिजीवी दिलबहादुर चौधरीले थारू समुदायमा अट्वारीकै लागि भएपनि अन्डी धान रोप्ने गरिएपनि अचेल विभिन्न उन्नत तथा हाईब्रिड जातका धान लगाउने प्रवृत्तिले अन्डी धान लोप हुँदै गएको बताए । थारू समुदायमा अति आवश्यक पर्ने अन्डी धान नभइ नहुने भएकोले संरक्षणको आवश्यकता महसुस भएको संयोजक चौधरीले बताए ।
अन्डी धान लोप हुन थालेपछि यसको विकल्पमा अन्य धानको प्रयोग पनि हुन थालेको छ । कैलालीको टीकापुरमा कार्यरत सञ्चारकर्मी दिलबहादुर चौधरीले पछिल्लो समय अन्डी लोप भैसकेकोले विकल्पको रुपमा सिल्की, राम धानलगायत धानको प्रयोग गर्न थालिएको बताए । वैकल्पिक धानको स्वाद अन्डीको जस्तै नभएपनि विकल्पको रुपमा प्रयोग गर्न थालिएको बताउँदै उनले केही वर्ष यता टीकापुर क्षेत्रमा एकदमै नगन्य मात्रामा मात्रै अन्डी पाइने गरेको उनको भनाइ छ ।
के हो अट्वारी पर्व ?
अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो । थारू बुद्धिजीवीहरुको अनुसार द्वापर युगमा महाभारतका प्रमुख पात्रको रुपमा रहेका पाँच पण्डवमध्य माइलो भाई भीमलाई ‘भेंवा’ पुकारेर थारु समुदायमा पूजा गरिन्छ ।
कुनैबेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेछन् । उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मचाउने, दुःख दिने, चेलीहरुमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएको थियो । ती सबै समस्याबाट भीमले बचाएको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रहेको बताइन्छ ।
त्यस्तै, अर्को किवदन्ती अनुसार एक समयमा द्रोपतिसहित पाँच पाण्डवहरु सुर्खेतको काँक्रेबिहार घुम्न पुगेका रहेछन् । थारू राजा दंगीशरण र पाँच पाण्डवबीच निकै घनिष्टता बढेको थियो रे । एक समय, भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यउपर शत्रुले आक्रमण गरे । बलवान र पराक्रमी भीमले टावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरीका मानिसहरु टावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेनन् । अन्तमा, भीमले राजा दंगीशरणलाई सहयोगपश्चात फर्केपछि मात्रै टावाको रोटी झिकेको भनाई छ । उक्त सहयोग गरेको दिन आइतबार परेकोले पनि अट्वारी पर्व आइतबार मनाउने प्रचलन कायम भएको थारु बृद्धिजीबीहरु बताउँछन् ।
अट्वारीको समय निर्धारण कसरी ?
सामान्यतयाः अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात् ओजर्या (पूर्णिमा) मा पर्दछ । त्यो भनेको कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार हुन आउँछ । जुनअनुसार चालु वर्ष भदौ १२ गते आइतबार अट्वारी पर्व परेको छ ।
आइतबार भन्दा अघिल्लो राती (शनिबार) दर खाने र आइतबार आधा दिनसम्म ब्रत बस्ने गरिन्छ । ब्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ । तर सूर्य अस्ताएपछि खानपान पुरै बन्द गर्नु पर्ने हुन्छ । त्यसपछि, सोमबार विहानै पूजापाठ अर्थात फरहार गरिन्छ ।
बनाइएको विभिन्न परिकारहरुलाई दुई भागमा छुट्टाछुट्टै छुट्याइन्छ । छुट्याएको भाग चेलीबेटीहरुलाई अग्रासन स्वरुप (कोसेली) दिनको लागि राखिन्छ भने एक भाग ब्रतालुहरुले उपभोग गर्नुपर्छ, जसलाई फरहार भनिन्छ । भोजन ग्रहरण पश्चात अग्रासन दिन जाने प्रचलन छ ।
प्रकाशित:
१५२३ दिन अगाडि
|
११ भदौ २०७९
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७८ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९