Above News Title

धनगढीमा नागरिक उन्मुक्तिका उम्मेदवार चढ्ने गाडीमा तोडफोड

मतदान गर्नु पहिले नै गाडी तोडफोड गर्ने पक्षले आफ्नो हार मानसिकता प्रदर्शन गरेको नेता लक्ष्मण थारुको भनाइ
धनगढीमा नागरिक उन्मुक्तिका उम्मेदवार चढ्ने गाडीमा तोडफोड

 नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार तथा नेताहरु चढ्ने गाडीमाथि तोडफोड भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका १७ डुमलियामा रोकिराखेको गाडीमाथि बुधबार दिउँसो तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बा ११ च ५८६० नम्बरको कार तोडफोड भएको हो । पार्किङ गरी चुनावी कार्यक्रममा गएको बेला कारको सिसा फुटाइएको प्रहरीले जनाएको छ ।

सो पार्टीकी समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार इन्दु थारु, प्रदेश सभा सदस्यका उम्मेदवार वलबहादुर साउँद, सावित्री चौधरी र थरुहट नेता लक्ष्मण थारु सो कार चढ्दै आएका थिए ।

थरुहट नेता थारुका अनुसार त्यहाँस्थित पर्ने खोला वारि गाडी पार्किङ गरि पारी आयोजना गरिएको कार्यक्रम गएको मौका छोपी अज्ञात समूहबाट गाडी तोडफोड गरिएको बताए । मतदान गर्नु पहिले नै गाडी तोडफोड गर्ने पक्षले आफ्नो हार मानसिकता प्रदर्शन गरेको नेता लक्ष्मण थारुको भनाइ छ ।

घटनाबारे नागरिक उन्मुक्ति पार्टीक लुम्विनी संयोजक कन्हैलाल चौधरीको अभिब्यक्ति छ– हामी बुद्धको शान्ति  फिलोसफीमा हिंडिरहेका छौं तर याद गर शान्ति भंग गर्नेहरूलाई ठिक पार्न बुद्धले पनि कम्फु करातेको सहारा लिएका थिए ।घर, पसल, गाडी जलाई दिए, बलात्कार गरे, टिभी चोरे, टेक्टर जलाए, पसल लुटे । चुनावमा उठ्न दिएनन् । अब शान्तिपूर्ण रूपमा  प्रचार प्रसारमा  लागेका हाम्रा कार्यकर्ताको गाडी पनि तोडफोड गर्न थाले ।

प्रकाशित:

१४११ दिन अगाडि

|

२३ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४४० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८५ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४४० दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७८ दिन अगाडि

|

२७ मंसिर २०७९