Above News Title

‘अब म जितेर मन्त्री बन्न जाँदिन, जनताको झुपडी नै मेरो लागि सिंहदरबारः’ गच्छदार 

के सातौं परीक्षामा सफल होलान् त गच्छदार ?
‘अब म जितेर मन्त्री बन्न जाँदिन, जनताको झुपडी नै मेरो लागि सिंहदरबारः’ गच्छदार 

सातौं पटक संघीय सांसदको उम्मेदवार भएका विजयकुमार गच्छदार अब आफू जितेर मन्त्री नबन्ने, जनताको झुपडी नै आफ्नो लागि सिंहदरबार भएको बताएका छन् ।

सुनसरी–३ बाट उम्मेदवार भएका उनले अब आफू जिल्लामै जिन्दगी बताउने बताएका छन् । यसअघि अबको प्रधानमन्त्री थारुको छोरा हुने अभिव्यक्ति उनको मुखारविन्दबाट आउन छाडेको छ । गच्छदार सुनसरी–३ बाट एमालेकी भगवती चौधरीसंग तेश्रो पटक भिड्दै छन् ।

‘नेपाली काँगे्रस सुनसरी क्षेत्र नम्बर ३ मा विजय कुमार गच्छदारलाई विजय गरौं’ फेसबुक पेजमा गच्छदारको अभिव्यक्ति आएको छ, ‘मेरो सपना डक्टर बन्ने थियो । पढ्दा पढ्दै २०२७ सालमा  पञ्चायतले जेल हाल्यो, त्यसपछि डाक्टर बस्ने सपना तुहियो । जिन्दगी राजनिति तर्फ मोडियो,   धेरै उतार चढावहरु आए  राजनीतिक जीवनमा,   म आवाज बिहिनहरुको आवाज बन्न पुगे ।’

गच्छदारले भनेका छन्, ‘दलित, मधेसी,  थारु, महिला, मुस्लिमलगायत सामाजिक रुपमा  पिछडिएका बर्ग समुदाय हरुको  लागि बुलन्द आवाज उठाउदै गएँ,  हक अधिकारहरु स्थापित गर्दै गएँ ।  ५०÷५५ वर्षको मेरो राजनीतिक जीवनमा ०४८ सालदेखि ०७४ सम्म ६ पटक सासद बनेँ,  मन्त्री बने ।  यस क्षेत्रको लागि बिजुली,  सडकबाटो,   पुल,  विद्यालय,   बिभिन्न  संस्थानका अफिसहरु लगायत धेरै क्षेत्रमा काम गरेको छु ।’

गच्छदारले अगाडि भनेका छन्, ‘अब  सातौं  पटक जनताले जिताउने छन्, म ढुक्क छु । तर अब म जितेर  मन्त्री बन्न सिंहदरबार  जाँदिन ।  मलाई भेट्न काठमाडौं आउनुपर्ने छैन । जीवनको अन्तिम सास तपाईंहरु सँगै बिताउन चाहन्छु ।  यहीको  जनताको  झुपडीमा मेरो  सिंहदरबार हुनेछ,  दुःख सुख साथै रहने छ ।  धामी झाँक्री,  भाला गोली,  सिरक ब्रिफकेस मसँग छैन ।  मसँग केवल तपाईंहरुको स्नेह, माया र विश्वासको नजर छ, चुनाव जित्ने मेरो यही आधार छ ।’

गच्छदारका प्रतिद्वन्द्वी भगवती चौधरीले केही साता अघि यसपाली विपक्षीसँग भाला, गोली प्रयोग गरेर भए पनि जित्ने उद्घोष गरेकी थिइन् । यसबारे निर्वाचन आयोगले उनीसंग स्पष्टीकरण लिएको थियो ।

गच्छदारले चुनाव जितेपछि संसदमा सपथ लिन पाउँदैनन् भन्ने आधारहीन तर्क रहेको गच्छदारले बताएका छन् । संघीय चुनावमा लगातार ६ पटक विजयी भएर सातौं पटक लड्ने प्रधानमन्त्री शेरबहादुर र गच्छदार मात्र हुन् ।

यसअघि भगवती चौधरीसंग दुइ पटक चुनाव लडेका गच्छदार झिनो अन्तरले जितेका थिए, पछिल्लो चुनावलाई उनले जीवनकै कठिन परीक्षा भनेका थिए । गठबन्धनका कारण गच्छदार यसपाली चुनाव जित्नेमा ढुक्क छन् । 

प्रकाशित:

१४१३ दिन अगाडि

|

२० कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९