आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गाउँ–गाउँमा निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् ।
प्रचारप्रसारमा हिँडेका उम्मेदवारले घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै आफ्ना कुराहरु उनीहरुलाई सुनाउँदै निर्वाचनमा आफू र आफ्नो पार्टीलाई मतदानका लागि आग्रह गर्ने गरेका छन् ।
तीन प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा राजनीतिक दल र स्वतन्त्र गरेर ८९ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा अधिकांश उम्मेदवार घोषणापत्रसँगै आफ्ना एजेन्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

प्रचारप्रसारका क्रममा गाउँगाउँ पुगेका उम्मेदवारले मतदातालाई रिझाउन काम गरेको ठाउँमा पुगेर धान काट्ने, खेत जोत्नेदेखि खन्ने समेतका काम गर्ने गरेका छन् । निर्वाचन प्रचारप्रसारसँगै राजनीतिक दलले मतदान गर्ने तरिका र चुनाव चिन्हको विषयमा मतदातालाई सिकाउने काम गरिरहेको नेपाली कांग्रेस दाङका सचिव क्षेत्र नं. २ का सचिव रमेश केसीले जानकारी दिए ।
क्षेत्रीय सचिव केसीका अनुसार गठबन्धनले चुनावी प्रचारप्रसारका क्रममा भेटघाट, घरदैलोसँगै मत बदर हुन नदिन मतदान गर्ने तरिका बारेमा सिकाउने गरिरहेका छन । “निर्वाचनका लागि घरदैलोसँगै मतदाता भेटघाटका कार्यक्रमहरू सबै निर्वाचन क्षेत्रहरूमा भइरहेका छन”, सचिव केसीले भने, “स्थानीय तह निर्वाचनमा गठबन्धनको धेरै मत बदर भएकाले यसपटक बदर मत घटाउनका लागि मतदातालाई सिकाउने काम भइरहेको छ ।”

एमालेले पनि सबै निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारका क्रममा भेटघाट तथा वडा भेला गरी उम्मेदवारले आफ्ना कुरा मतदातालाई राख्ने काम गरिरहेको नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए । “मतदता भेटघाटसँगै वडास्तरीय भेलाको आयोजना गरेर उम्मेदवारहरू प्रचारप्रसारमा हुनुहुन्छ”, सचिव बुढाथोकीले भने । त्यसैगरी सत्ता गठबन्धन र एमालेसँगै निर्वाचनमा आफ्नो पक्षमा मत तान्न अन्य साना दलका उम्मेदवारपनि मतदाता भेटघाट र घरदैलोमा जुटेका छन् ।
यद्यपि जिल्लामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारविच प्रमुख प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का गठबन्धनका साझा उम्मेदवारको रुपमा रहेका एकीकृत समाजवादीका नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरी र एमाले उम्मेदवार एवं निवर्तमान सांसद शान्ता चौधरीबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।
यद्यपि उक्त क्षेत्र थारु बाहुल्य क्षेत्र हो । सो क्षेत्रमा पूर्व सांसद गङ्गा चौधरी, रुक्मिनी चौधरी र नेपाली कांग्रेसबाट नागरिक उन्मुक्ति पार्टीमा गएर उम्मेदवार बन्नुभएका सुरेन्द्र चौधरी पनि प्रतिस्पर्धीका रुपमा रहेका छन् ।

क्षेत्र नं. २ मा गठबन्धनबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्मा र नेकपा एमालेका महासचिव शङ्कर पोखरेल पनि चुनावी प्रचार–प्रसारका क्रममा व्यस्त छन् । नेतृ शर्मा र एमालेका महासचिव समेत रहेका पोखरेलबीचको प्रतिस्पर्धालाई यहाँ चासोका साथ हेरिएको छ । त्यसैले निर्वाचनमा आफ्नो पक्षमा मत बढाउनका लागि शर्मा र पोखरेल आफ्नो क्षेत्रमा विहानैदेखि मतदाता भेटघाट र वडास्तरका चुनावी सभामा सहभागी हुँदै आएका छन् ।
क्षेत्र नं. ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र नेकपा एमालेबाट उम्मेदवार कोमल वली पनि प्रचारप्रसारका लागि घरदैलोमा जुटेका छन् । जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको उक्त क्षेत्रमा उम्मेदवारहरू मतदाता भेट्नका लागि घर पुग्नेदेखि वडाहरूमा कार्यक्रम गरेर आफ्ना एजेण्डाहरु राख्दै चुनाव प्रचारप्रसार गर्दै आएका छन् । जिल्लामा ४ लाख बढी मतदाता छन् । रासस

प्रकाशित:
१४१३ दिन अगाडि
|
२१ कात्तिक २०७९
७ दिन अगाडि
|
२९ भदौ २०८३
८ दिन अगाडि
|
२८ भदौ २०८३
२१ दिन अगाडि
|
१५ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
१३ भदौ २०८३
२८ दिन अगाडि
|
७ भदौ २०८३
३७ दिन अगाडि
|
२९ साउन २०८३
१४४० दिन अगाडि
|
२५ असोज २०७९
१४७५ दिन अगाडि
|
२१ भदौ २०७९
१४८५ दिन अगाडि
|
१२ भदौ २०७९
१४४० दिन अगाडि
|
२६ असोज २०७९
१३८९ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४५ दिन अगाडि
|
२० असोज २०७९
१३७८ दिन अगाडि
|
२७ मंसिर २०७९