Above News Title

कैलाली–५ (ख) मा प्रतिद्वन्द्वीलाई कडा टक्कर दिंदै भलमन्सा गोठु   

सबैसँग मेलमिलाप गर्ने सरल स्वभावका गोठु अडानका पनि पक्का
कैलाली–५ (ख) मा प्रतिद्वन्द्वीलाई कडा टक्कर दिंदै भलमन्सा गोठु   

कैलाली जिल्लाको क्षेत्र न. ५  (ख) बाट तारानगर गाउँका भल्मन्सा गोठु चौधरी नागरिक उन्मुक्ति पार्टीबाट आगामी  मंसिर ४ मा हुने निर्वाचनमा प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनी बिगत धेरै बर्षदेखि समाजसेवामाा छन् ।

थारु–पहाडी समुदायको बिचमा राम्रो समन्वय गरी काम गरिसकेकोले दुबै समुदायको लागि आफू प्यारो भएको बताउँछन् उनी । 

उनी अहिले काँग्रेस गठबन्धनका प्रकाश देउवा, एमाले गठबन्धनका दुर्गा जोशी र स्वतन्त्रबाट क्षितिज भण्डारीसँग प्रतिस्पर्धा गर्दैछन् । उनी ३ वटै उम्मेदवारलाई कडा टक्कर दिइरहेका छन् । यो क्षेत्रमा कुल मतदाता संख्या ५३ हजार छ । जसमा १३ हजार भन्दा बढी थारु, ४ हजार भन्दा बढी रानाथारु, ८ हजार भन्दा बढी दलित र अरु अन्य जातजातिका मतदाता रहेका छन् । 

गोठु यहाँको आदिवासी रैथाने, गाउँको भलमन्सा र दुबै समुदायका लागि सहज ब्यक्ति भएकोले आफूलाई जनताले जिताउने कुरामा ढुक्क रहेको बताउँछन् । उनी भन्छन्, म उम्मेदवार  मात्रै होइन, क्षेत्र न. ५ (ख) को लागि रेशमको प्रतिनिधि पनि हुँ, रेशम चौधरी अन्यायमा परेका छन्, त्यसैले उनलाई न्याय दिन पनि जनताले मलाई चुन्नेछन् । 

को हुन् गोठु ? 

५५ बर्षीय गोठु धनगढी उपमहानगरपालिका–५ स्थित तारानगर गाउँका भलमन्सा हुन् । बुवा भागीराम डंगौरा र आमा बंगरी डंगौरा थारुको कोखबाट जन्मेका गोठु बहुदलीय ब्यबस्थाप्रति पहिलेदेखि नै सकारात्मक सोंच भएका ब्यक्ति हुन् ।

२०६२÷०६३ को जनआन्दोलनमा सक्रिय भएर लागेका थरुहट आन्दोलनमा त तन मन धन दिई होमिएका ब्यक्ति हुन् । 
उनी २०५५ सालमा नेपाली काँग्रेसका साधारण सदस्य लिई राजनीति सुरु गरेका थिए । समाज सेवामा क्रियाशिल भएका ब्यक्ति हुन् । २०६१ देखि २०७१ सालसम्म (१० बर्ष) आफ्नो ठाउँको सामुदायिक बनको अध्यक्ष रहिसकेका, २०७१ देखि २०७३ सम्म भलमन्सा भई गाउँ समाज चलाएका र अहिले पनि भलमन्साको जिम्मेवारी लिएका ब्यक्ति हुन् ।    

के थारु, के पहाडी, सबैसँग मेलमिलाप गर्ने सरल स्वभावका गोठु अडानका पनि पक्का मानिन्छन् । उनी कुनै काम गर्नका लागि अगाडि सरे भने रोकेर नरोकिने, गरेरै छाड्ने उनको बानी रहेको गाउँलेहरु बताउँछन् । 

उनकै बिशेष जोडबल र संयोजनमा कोरोना काल अगाडि गाउँमा माघी महोत्सव संचालन भएको, पक्की डेउठन्वा बनेको कुरा गाउँलेहरु पनि स्वीकार्छन् । आफू उत्पीडित जाति त्यसमा पनि किसान परिवारबाट प्रतिनिधित्व गरिरहेकाले सबैको उत्पीडनबारे बुझ्ने, सबैलाई मिलाएर लान सक्ने उनी बताउँछन् । 

प्रकाशित:

१४१२ दिन अगाडि

|

२१ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९