प्रतिनिधिसभामा ५७ जना बिलुकल नयाँ अनुहार (सूचीसहित)

प्रतिनिधिसभामा ५७ जना बिलुकल नयाँ अनुहार (सूचीसहित)

१४३० दिन अगाडि

|

१२ मंसिर २०७९

लुम्बिनी प्रदेश सभामा थारू सुमदायका कति जना चुनिए ?

लुम्बिनी प्रदेश सभामा थारू सुमदायका कति जना चुनिए ?

१४३१ दिन अगाडि

|

११ मंसिर २०७९

लुम्बिनीमा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा नेकपा एमाले ठूलो दल बनेको छ । प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिट जितेर पहिलो दल बन्दा नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले जम्मा पाँच सिट जितेर तेस्रो बनेको छ । यस्तै, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान दुई, दुई सिट जितेका छन् भने माओवादीबाट विद्रोह गरेका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि एक सिट जितेर प्रदेश सभामा उपस्थिति जनाएको छ ।  यसअघिको प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व रहेकामा अब कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ । लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी,जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका हुन् । लुम्बिनीमा प्रदेश सभामा थारु समुदायका जम्मा ९ जना चुनिएका छन् । जसमा एमालेबाट तुल्सीप्रसाद चौधरी, रुपन्देही ३(२), मधुशरणप्रसाद चौधरी, कपिलवस्तु १ (२) तथा दुर्गाप्रसाद चौधरी, बाँके १ (२) गरी ३ जना चुनिएका छन् । त्यस्तै, काँग्रेसबाट डिल्लीबहादुर चौधरी, दाङ ३ (१)तथा भुवनेश्वर चौधरी, बर्दिया १ (१) गरी २ जना मात्रै रहेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट राजकुमार चौधरी, बर्दिया १ (२) तथा धर्मबहादुर चौधरी, बर्दिया २ (२) बाट गरी दुइ जना प्रदेश सांसद भएका छन् ।  उता माओवादीबाट इन्द्रजित थारु, दाङ १ (१) तथा राप्रपाबाट आशिषकुमार चौधरी, रुपन्देही १(१) एक एक जना मात्रै छन् । यी ९ जना प्रदेश सांसदमध्ये डिल्लीबहादुर चौधरीको नाम मुख्यमन्त्रीको रुपमा चर्चामा रहेको छ । यसअघिकै मन्त्रीमण्डलमा डिल्लीबहादुर चौधरीको नाम आलोपालो गरी मुख्यमन्त्री बन्ने चर्चा थियो । यसपाली काँग्रेसबाटै प्रत्यक्षमा १७ जनाले जितेकाले गुटगट कुरा मिलाउन सके डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न सक्ने सम्भावना प्रवल छ । यस्तो छ दलगत उपस्थिति : नेकपा एमाले  १. लिला गिरी-रुपन्देही २(१) २.भोजप्रसाद श्रेष्ठ-रुपन्देही २(२) ३. तुल्सीप्रसाद चौधरी-रुपन्देही-३(२) ४. भुमिश्वर ढकाल-रुपन्देही ५(१) ५.चिन्तामणि पाण्डे-गुल्मी १(१) ६.डिल्लिराज भुसाल-गुल्मी २(१) ७. दिनेश पन्थी-गुल्मी २(२) ८.राजुप्रसाद श्रेष्ठ-पाल्पा १(१) ९. खेमबहादुर सारु -पाल्पा १(२) १०.चेतनारायण आचार्य-अर्घाखांची १(२) ११.राजजीप्रसाद घिमिरे-अर्घाखांची १(२) १२.विष्णु पन्थी-कपिलवस्तु १(१) १३.मधुशरणप्रसाद चौधरी-कपिलवस्तु १(२) १४.नवराज लामिछाने-कपिलवस्तु २(१) १५.अर्जुनकुमार केसी-कपिलवस्तु ३(१) १६.तुल्सीराम शर्मा-प्युठान १9१) १७.दुर्गाप्रसाद चौधरी-बांके १(२) १८.रत्नबहादुर खत्री-बांके ३(१) । नेपाली कांग्रेस  १.विश्वप्रेम पाठक-नवलपरासी १(१) २.देवकरणप्रसाद कलवार- नवलपरासी १(२) ३.अब्दुल रज्जाक गद्दी-रुपन्देही १(२) ४.वसिउद्दिन खां-रुपन्देही ४(२) ५.सुधाकर पाण्डे -कपिलवस्तु २(२) ६.सरोज थापा -रोज राणा)-प्युठान १ (२) ७.अनुराग खड्का-दाङ १(२) ८.राजु खनाल-दाङ २(१) ९.प्रचण्डविक्रम न्यौपाने -दाङ २(२) १०. डिल्लीबहादुर चौधरी-दाङ ३(१) ११.बादशाह कुर्मी-बांके ३(२) १२.धनबहादुर केसी-रुकुमपुर्व १(२) १३.भुवनेश्वर चौधरी-बर्दिया १(१) १४.जन्मजय तिमिल्सेना-बर्दिया २(१) १५.बीरबहादुर राना-पाल्पा २(१) १६.धनेन्द्र कार्की-गुल्मी १(२) १७.बैजनाथ कलवार जैसवाल-नवलपरासी २(२) नेकपा माओवादी केन्द्र १.जोखबहादुर महरा-रोल्पा १(१) २.इन्द्रजित थारु -दाङ १(१) ३.कृष्णा केसी-बांके १(१) ४.तुलाराम घर्ती-पाल्पा २(२) ५.धनबहादुर मास्की-दाङ ३(२) जनता समाजवादी पार्टी १.भण्डारीलाल यादव-बाँके २(१) २.आदेशकुमार अग्रवाल-बाँके २(२) लोकतान्त्रिक समाजवादी पार्टी १.सन्तोष पाण्डे -रुपन्देही ३ (१) २.कन्हैया बनिया-रुपन्देही ४(१) राष्ट्रिय प्रजातन्त्र पार्टी १.आशिषकुमार चौधरी-रुपन्देही १(१) २.जानकीप्रसाद यादव-कपिलवस्तु ३(२) नागरिक उन्मुक्ति पार्टी १.राजकुमार चौधरी-बर्दिया १ (२) २.धर्मबहादुर चौधरी-बर्दिया २ (२) जनमत पार्टी १.चन्द्रकेश गुप्ता-रुपन्देही ५(२) स्वतन्त्र (सबै माओवादीका बागी) १.दीपेन्द्र पुन-रोल्पा १(२) २.सरुल पुन-रुकुमपुर्व १(१) ३.खड्ग बस्नेत-नवलपरासी २(२)

सुदूरपश्चिममा एमाले भन्दा  नागरिक उन्मुक्ति पार्टी ठूलो

सुदूरपश्चिममा एमाले भन्दा  नागरिक उन्मुक्ति पार्टी ठूलो

१४३२ दिन अगाडि

|

१० मंसिर २०७९

   प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका विजेतात्रय गंगाराम चौधरी, रन्जिता श्रेष्ठ चौधरी तथा अरूण चौधरी   जनक विष्ट बाजुराबाहेक सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सबै नतिजा आइसकेको छ । बाजुराबाट एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । पुनः मतदान गर्नुपरेकाले बाजुराको नतिजा आउन बाँकी छ । तर गणना सकिएका ठाउँमा नतिजा अनुसार, नेपाली कांग्रेस ठूलो दल बनिसकेको छ । प्रतिनिधिसभा तर्फको १६ मध्ये कांग्रेसले ८ क्षेत्र जितेको छ भने प्रदेशसभाको ३२ मध्ये ११ सिट जितेको छ । प्रतिनिधिसभा तर्फ नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले बराबर तीन/तीन सिट जितेका छन् । प्रदेशसभातर्फको नतिजाले भने एकीकृत समाजवादी भन्दा नागरिक उन्मुक्ति ठूलो पार्टी बनेको छ । नागरिक उन्मुक्तिले ५ प्रदेशसभा सदस्य जितेको छ । एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट प्रदेशसभातर्फ २ सिट मात्रै भाग पाएको थियो । त्यो दुवै सिट जितेको छ । डडेलधुराबाट एकीकृत समाजवादीका नेता डा. तारा जोशीले स्वतन्त्र जितेका छन् । भागबण्डामा नपरेपनि जोशीले जित्दा एकीकृत समाजवादीको तीन सिट भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर नागरिक उन्मुक्ति भन्दा एमाले सानो दल बनेको छ । एमालेले प्रतिनिधिसभातर्फ २ र प्रदेशसभामा ३ सिट जितेको छ । एमालेले प्रतिनिधिसभामा बैतडी र कञ्चनपुर–१ बाट मात्रै जितेको छ । डडेलधुरामा प्रतिनिधिसभामा एमालेको उम्मेदवार नै थिएन । बाँकी एमालेका १२ उम्मेदवार यसपटक पराजित भए भने बाजुरामा कांग्रेसका बद्री पाण्डेसँग एमालेका कर्ण थापा प्रतिस्पर्धामा छन् । अघिल्लो चुनाव भन्दा यसपटक एमालेले ठीक उल्टो नतिजा निकालेको छ । ०७४ मा एमालेका एक जनामात्रै उम्मेदवार पराजित भएका थिए । कैलाली–१ मा रेशम चौधरीसँग एमालेकी गरिमा पन्त पराजित हुनुबाहेक बाँकी ११ जनाले चुनाव जितेका थिए । त्यसबेला वाम गठबन्धन हुँदा माओवादीले चार सिट पाएको थियो । डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवासँग माओवादी केन्द्रका खगराज भट्ट पराजित हुँदा कैलाली–३ बाट गौरीशंकर चौधरी, कैलाली–४ बाट लेखराज भट्ट र कञ्चनपुर–१ बाट बिना मगरले जितेकी थिइन् । ०७४ मा सुदूरपश्चिमबाट चुनाव जित्ने कांग्रेस उम्मेदवारमा देउवा मात्रै थिए । यसपटक भने टीकापुर घटनाको आरोपमा जेल सजाय खेपिरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले समेत एमालेलाई पछाडि पारेको छ । बर्दिया–२ सहित नागरिक उन्मुक्तिले कैलाली–१, २ र ३ जित्यो । एमालेबाट कैलाली–१ मा तपेन्द्र रावल, २ मा झपट रावल र ३ मा गौरीशंकर चौधरी पराजित भए । माओवादीलाई धक्का, कांग्रेसलाई लाभ पार्टी विभाजनको चोट लिएर चुनावमा होमिएको एमालेले ठूलो धक्का ब्यहोर्दा कांग्रेसले भने सत्तारुढ दलहरुबीच भएको गठबन्धनको लाभ पाएको छ । सत्ता गठबन्धनको सिट बाँडफाँटमा कांग्रेसले ९ सिट लिएको थियो । तीमध्ये कैलाली–१ बाट नागरिक उन्मुक्तिकी उम्मेदवार रञ्जिता श्रेष्ठसँग रामजनम चौधरी पराजित हुनुबाहेक अरु उम्मेदवारले चुनाव जिते । भागबण्डामा तीन सिट पाएको एकीकृत समाजवादीले पनि सबै तीन सिटमा जित निकाल्यो । तर माओवादी केन्द्रलाई भने ठूलो क्षति पुगेको छ । माओवादी केन्द्रले यो हार अहिलेसम्मकै खराब हो । ८ सिट जितेर प्रदेशसभामा दोस्रो शक्ति बनेपनि प्रतिनिधिसभातर्फ शून्य भयो । सिट भागवण्डामा माओवादीले कैलाली–२, कैलाली–३, कञ्चनपुर–१ र बैतडीमा गरी साट सिट पाएकामा कतै पनि जित्न सकेन । कैलाली–२ मा माओवादीका भगत बडुवाललाई नागरिक उन्मुक्तिका अरुण चौधरीले पराजित गरे । चौधरीले २१ हजार ८२७ मत पाउँदा बडुवालले १६ हजार १२८ मत मात्रै पाए । कैलाली–३ मा माओवादी केन्द्रका कृष्णकुमार चौधरीलाई नागरिक उन्मुक्तिकै गंगाराम चौधरीले हराए । गंगारामले २३ हजार ७४९ मत पाएर जित्दा कृष्णकुमारले १७ हजार १२० मत मात्रै ल्याए । अघिल्लो चुनाव जितेका माओवादी केन्द्रका गौरीशंकर चौधरी यसपटक एमालेबाट उम्मेदवार थिए । बैतडी र कञ्चनपुर–१ मा माओवादीलाई एमालेले रोक्यो । बैतडीमा झिनो अन्तरले एमालेका नरेन्द्र कुँवरले जिते । भण्डारीले ३३ हजार ६११ मत पाउँदा कुँवरले ३२ हजार ८० मत पाएका थिए । अघिल्लो पटक आफैंले जितेको कञ्चनपुर–१ मा पूर्वमन्त्री बिना मगरले नै यसपटक हारिन् । अघिल्लो चुनावमा ३८ हजार बढी ल्याएर जितेकी मगरले यसपटक १९ हजार ३४६ मत मात्रै पाइन् । उनलाई हराउन एमालेका तारा लामा तामाङले २४ हजार ८९२ मत ल्याए । यसअघि माओवादी केन्द्रले ०७० मा एक सिट मात्रै जितेको थियो । त्यसबेला कैलाली–३ बाट गौरीशंकर चौधरीले चुनाव जितेर माओवादीलाई शून्य हुनबाट जोगाएका थिए । ०७४ को चुनावमा तीन सिट जित्यो । ०६४ मा भने माओवादीले एकछत्र जित निकालेको थियो । २३ मध्ये एमालेले तीन र कांग्रेसले एक सिट जित्दा माओवादीले १७ सिट जितेको थियो । अछाम–२ (२) बाट प्रदेशसभामा जितेका नेता अक्कलबहादुर रावल गठबन्धनमा इमान्दारिता नदेखिएकाले माओवादीले हार्नु परेको बताउँछन् । ‘पहाडी जिल्लामा गठबन्धनमा आवद्ध दलहरुमा घात अन्तर्घात भएको अवस्था छैन’ उनी भन्छन्, ‘नेताहरुले क्षेत्र रोज्दा कमजोर ठाउँ रोजेको हो कि भन्ने भान भइरहेको छ ।’ उनको बुझाइमा, माओवादी केन्द्रले तराई नरोजेर पहाड रोजेको भए नतिजामा सुधार आउन सक्थ्यो । तर कतिपय नेताहरु भने लेखराज भट्ट, गौरी शंकर चौधरी, झपट बोहरा लगायतका सुदूरपश्चिमका प्रभावशाली नेताले माओवादी छोडेको असर समेत यो नतिजामा देखिएको बताउँछन् । अनलाइनखबरबाट

हारे राजेन्द्र महतोः रेशम चौधरीलाई ‘मोहरा’ बनाएको पछुतो !

हारे राजेन्द्र महतोः रेशम चौधरीलाई ‘मोहरा’ बनाएको पछुतो !

१४३२ दिन अगाडि

|

१० मंसिर २०७९

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई हराउँदै सर्लाही–२ प्रतिनिधि सभा सदस्यमा माओवादीका महिन्द्रराय यादव विजयी भएका छन् । यादवले २३ हजार ५२९ मत ल्याएका छन् भने महतोले २१ हजार ५१६ मत पाए । आफ्नै पार्टीका सांसद रेशम चौधरीलाई छुटाउने सवालमा राजेन्द्र महतो संसदमा चर्को कुरा गर्थे । तर कहिले छुटाउने भन्ने कोठे बैठकमा खाँटी कार्यकर्ताहरुसँग उनको भनाइ हुन्थ्यो, ‘अरे, रेशम छुट जाएगा तो हमलोग चुनाव कैसे जितेंगे ?’ यो कुरा एक कान, दुइ कान मैदान हुँदा रेशम चौधरीसमक्ष पुगेपछि आफू जितेको पार्टीप्रति उनको भरोसा उठेको थियो । अन्ततः उनले हतारमै जेलबाट नागरिक उन्मुक्ति पार्टी दर्ता गरेर स्थानीय चुनावमा होमिएका थिए । 

सहरी विकास मन्त्री मेटमणि चौधरी ५ हजार ८४ मतान्तरले विजयी

सहरी विकास मन्त्री मेटमणि चौधरी ५ हजार ८४ मतान्तरले विजयी

१४३४ दिन अगाडि

|

९ मंसिर २०७९

                                                                                                  मतदानस्थलमा मेटमणि चौधरी तथा शान्ता चौधरी  दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एसका मेटमणि चौधरी विजयी भएका छन् । बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार चौधरी  २६ हजार ५ सय ६३ मत ल्याएर विजयी भएका हुन् । सहरी विकास मन्त्री रहेका चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ता चौधरीलाइ ५ हजार ८४ मतान्तरले विजयी भएका हुन् । मतगणनामा मेटमणि चौधरीले सुरुदेखि नै अग्रता बनाएका थिए ।  एमालेकी शान्ता चौधरीले २१ हजार ५ सय ७९ मत ल्याइन् ।  त्यसै गरी  राष्ट्रिय स्वतन्त्र पार्टीका देबराज पाठकले १३ हजार ७ सय ९४, नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ८ हजार १० मत, हाम्रो नेपाली पार्टीकी गंगा सत्गौवाले १ हजार ९२, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी रूक्मिणी चौधरीले २ सय ९३ मत, मंगोल नेशनल अर्गनाइजेशनका शोभाराम बुढाले ५ सय ८३ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेस (वीपी)का असोक खड्काले १ सय ९८ मत, राप्रपाका लिला बुढाथोकीले १ हजार ४ सय ३८ मत, नेपाल मजदुर किसान पार्टीका गणेशभक्त खर्जुवाले २६ मत, लोकतान्त्रिक समाजवादी पार्टीकी प्रतिमा बुढामगरले १ सय ३३ मत, र स्वतन्त्र उम्मेदवार चन्द्रमणि न्यौपानेले ३४ मत प्राप्त गरेका छन् । जम्मा ७८ हजार ६ सय ९८ मत खसेकोमा ७३ हजार ६ सय ४३ मत सदर भएको थियो भने ४ हजार ५ सय ६७ मत बदर भएको थियो । यसअघि दाङमा इन्द्रजीत थारु माओवादीबाट तथा डिल्लीबहादुर चौधरी काँग्रेसबाट विजयी भइसकेका छन् । यी दुबै लुम्विनी प्रदेशमा मन्त्री रहेका छन् । 

अन्ततः लेखीलाई फाप्यो एमाले, बल्ल भए प्रदेशसभा सदस्य

अन्ततः लेखीलाई फाप्यो एमाले, बल्ल भए प्रदेशसभा सदस्य

१४३४ दिन अगाडि

|

८ मंसिर २०७९

सप्तरी १ (क) प्रदेशसभा सदस्यमा एमालेका राजकुमार लेखी जनमत पार्टीका शिवनन्दन मेहतासँग ५१९८ मतान्तरले विजयी भएका छन् । लेखीले १४२९१ मत ल्याउँदा मेहताले ९०९३ मत पाए । त्यस्तै, सत्ता गठबन्धनबाट माओवादीका बेचन प्रसाद चौधरीले ७५७२ मत ल्याए ।  वर्ष दिन पहिले २०७८ असोज १७ गते एमालेको विधान महाधिवेशन समापनको बेला लेखी एमालेमा प्रवेश गरेका थिए । उनी जसपा तथा पार्टी फुटपछि लोसपाको केन्द्रीय कार्यकारिणी समितिमा थिए । थारु कल्याणकारिणी सभा (थाकस) को महामन्त्री (२०६३), नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष (२०६६) रहिसकेका लेखी २०७४ को चुनावमा सप्तरीबाट तत्कालीन राजपाको प्रदेशसभा सदस्य उम्मेदवार थिए तर त्यसबेला एमालेका सत्यनारायण मण्डलसँग निकटतम प्रतिद्वन्द्वी बनेर पराजित भए ।  पछि पार्टीले उनलाई मधेस प्रदेशको योजना आयोगको सदस्य बनाएको थियो । तर सन्तोषजनक काम गर्न नसकेको भनेर आयोगको सदस्यबाट बीचमै फिर्ता बोलाएपछि उनी पार्टीसँग असन्तुष्ट थिए ।  घुम्दै फिर्दै एमाले नेपालको आदिवासी जनजाति आन्दोलनलाई समुदाय स्तरमा स्थापित गर्ने तथा २०६२÷२०६३ को जनजाति तथा थारु आन्दोलनको नेतृत्व गर्दा लेखी अग्रपंक्तिमा थिए । उनले त्यसैबेला आदिवासी जनजाति अगुवाको रुपमा पहिचान बनाए । र, आन्दोलनकमे ३ वर्षपछि आदिवासी जनजाति महासंघको अध्यक्ष पनि भए ।  त्यसो त लेखीको राजनीतिक पृष्ठभूमि एमाले नै हो । अढाइ दशक अघि नै वर्षअघि २०५५ सालमा नै एमालेको सप्तरी–काठमाडौं सम्पर्क मञ्च अध्यक्ष रहिसकेका लेखी पार्टीको अन्चल कमिटी तहमा थिए । पछि एमाले जनवर्र्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको संस्थापक केन्द्रीय सचिवालय सदस्य, पार्टीको केन्द्रीय कमिटीको संघीय मामिला विभाग सदस्य, जनसंगठन प्रजातान्त्रिक राष्ट्रिय युवा नेपालको केन्द्रीय प्रचार बिभाग सदस्य लगायतको जिम्मेवारीमा रहे । जनजाति आन्दोलनलाई पार्टी बनाउने पासाङ शेर्पा र लेखीले प्रयास पनि गरेका थिए । एमालेले आदिवासी जनजातिको एजेण्डा ठीक ढंगले नबोकेको भन्दै दुवैजनाले पछि पार्टी परित्याग गरेका थिए ।  यसै क्रममा २०६८ सालमा एमालेबाट बाहिरिदै आफै अध्यक्ष भएर लेखीले नेपाल नागरिक पार्टी गठन गरेका थिए । पार्टी खोल्दा उनी नेपाल आदिवासी जनजाति महासंघको बहालवाला अध्यक्ष थिए । तर उनले त्यो पार्टी निर्वाचन आयोगमा दर्ता गरेनन् । लेखीले थरुहट केन्द्रीत पार्टी गठन गर्ने कार्यमा धोखा दिएको भन्दै लक्ष्मण थारु, गोपाल दहित लगायत पश्चिम क्षेत्रका थारु नेताहरुसँग यिनको कहिल्यै मत मिलेन । कुनैबेला थरुहट आन्दोलनको विरोध गरेका कारण लेखी र लक्ष्मण थारुलाई मिलाउनुपर्छ भनेर थारु युवाहरु थाकसको कार्यालय बानेश्वरमा लेखीलाई लिन गएका थिए । लक्ष्मण थारुले अपहरण गर्न पठाएको भनेर उनको मौखिक जाहेरीको आधारमा लक्ष्मण थारुलगायत दर्जन थारु युवा केही साता हिरासतमा समेत परेका थिए ।  थरुहट आन्दोलनको अगुवाई थाकसको तर्फबाट संयोजकको रुपमा आफूले पाउनुपर्ने लेखीको अडान थियो । तर थरुहट आन्दोलन परिचालन संयुक्त समितिको बैठकले थाकसका तात्कालीन केन्द्रीय अध्यक्ष धनीराम चौधरीलाई संयोजक बनायो । यही समितिको अगुवाइमा आन्दोलन हुँदा २०७२ भदौ ७ र ८ को टीकापुर घटना भयो, जसमा ८ प्रहरी १ नाबालक मारिए ।  धनीराम चौधरी टीकापुर घटनाको फरार सूचीमा छन् । यदि लेखी त्यसबेला आन्दोलनको संयोजक भएको भए टीकापुर घटनाको दोषी करार हुन सक्थे ।  शेर्पाले सामाजिक लोकतान्त्रिक पार्टी  तथा लेखीले नागरिक पार्टी स्थापना गरे । तर संगठन बनाउन सकेनन् । पछि शेर्पा माओवादी पार्टी हुँदै पुनः एमालेमा आए । उता मधेसको म पनि सुन्न नचाहने लेखी धेरैलाई आश्चर्यचकित बनाउँदै मधेशवादी पार्टी सद्भावनामा लागे । सद्भावना, राजपा, जसपा, लोसपा हुँदै वर्ष दिन पहिले पुनः एमाले छिरेका लेखी प्रदेश सभा सदस्य भएका छन् ।  लेखीको पृष्ठभूमि पत्रकारिता पनि हो । उनी विश्लेषण साप्ताहिक, जनमञ्च साप्ताहिक, समकालीन साप्ताहिकमा सम्वादाता तथा सहारा साप्ताहिक, थारु संस्कृतिको सम्पादक पनि थिए ।   

दाङ १ क बाट माओवादीका इन्द्रजीत थारु १७७५ मतान्तरले विजयी 

दाङ १ क बाट माओवादीका इन्द्रजीत थारु १७७५ मतान्तरले विजयी 

१४३४ दिन अगाडि

|

८ मंसिर २०७९

                                                                                     प्रतिद्वन्द्वी गंगाराम भट्टराईले इन्द्रजीत थारुलाई बधाई दिदै  दाङ–१ क बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रजीत थारु १ हजार ७ सय ७५ मतान्तरले निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका थारुले एमालेका उम्मेदवार गंगाराम भट्टराईलाई पराजित गरेका छन् । लुम्बिनी प्रदेशका बहालवाला स्वास्थ्य मन्त्री थारु दोस्रो पटक प्रदेश सभा सांसदमा निर्वाचित भएका हुन् ।   थारुले १३ हजार ५०५ मत ल्याएर विजयी भएका छन् भने भट्टराई  ११ हजार ७३० मत ल्याएर पराजित भएका छन् । २०७४ सालको चुनाव यसै प्रदेश सभाबाट थारु निर्वाचित भएका थिए । तर २०७० सालको चुनावमा मोहन वैद्य नेतृत्वको माओवादीमा सहभागी भई चुनाव बहिस्कारमा सहभागी भएका थिए । पछि प्रचण्ड नेतृत्वको माओवादीमा सहभागी भएपछि २ पटक प्रदेश सभा सांसदमा निर्वाचित हुन सफल भएका छन् । पहिलो संविधान सभा २०६४ सालमा उनी क्षेत्र नम्बर १ बाट तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्कालाई पराजित गर्दै थारु निर्वाचित भएका थिए । संयोग कस्तो परेको छ भने इन्द्रजीत थारु  दाङ–१ क बाट निर्वाचित भएकोमा  दाङ–१ ख बाट प्रदेश सभामा खुमबहादुर खड्काका छोरा अनुराग खड्का विजयी भएका छन् ।