३७१ दिनपछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए रुबियो

३७१ दिनपछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए रुबियो

११२६ दिन अगाडि

|

११ असोज २०८०

‘जितिया’ पर्वमा बिदा दिन चितवनका थारु समुदायको माग

‘जितिया’ पर्वमा बिदा दिन चितवनका थारु समुदायको माग

११२७ दिन अगाडि

|

११ असोज २०८०

चितवनका थारु समुदायले आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरिएका छन् ।  थारु कल्याणकारिणी सभा चितवनले १३ औँ जिल्ला अधिवेशनमार्फत ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको ‘जितिया’, यमोशा अर्थात् पितृऔँशी, फगुवाको धुरहेरीलगायत सम्पूर्ण चाडपर्वमा बिदा दिन माग गरिएको हो । थारु समुदायका महिलाको मुख्य चाड जितिया हो । यस वर्ष यही असोज २० गते जितिया पर्व मनाइँदै छ । यसपटक जितिया शनिबार परेकाले स्वतः बिदा हुनेछ । तर अरु बेला यो चाड मनाउन स्थानीय सरकारले समेत बिदा दिने गरेका छैन । अझ विद्यालयमा सोही बेला परीक्षासमेत हुने गरेको छ । यसले गर्दा युवापुस्ताले आफ्नो चाडपर्व ढुक्कले मनाउन नपाएको थारु समुदायको गुनासो छ ।  यही अवस्थालाई मध्यनजर गर्दै थारु कल्याणकारिणी सभाले घोषणापत्र मार्फत नै बिदा दिन माग गरेको सभा चितवनका सभापति ललित चौधरीले जानकारी दिए । यस्तै सभाले घोषणपत्रमार्फत आगामी प्रदेशको निर्वाचन र स्थानीय तहको निर्वाचनमा पनि रैथाने थारुलाई मेयर, उपमेयर, वडाध्यक्षलगायत महत्वपूर्ण पदमा उम्मेदवार बनाउन चितवनका राजनीतिक दलसमक्ष मागसमेत गरेको छ ।  घोषणापत्रमा स्थानीय तहहरुमा थारु विकास कार्यक्रम लागू गरी थारु समुदायको आर्थिक, शैक्षिक, भाषिक, सांस्कृतिक, सामाजिक उत्थानका लागि सम्मानजनक बजेटको व्यवस्था मिलाउन, सङ्घीय र प्रदेशको कामकाजी भाषाअन्तर्गत बागमती प्रदेशको हकमा चितवनमा बोलिने थारु भाषाको उपस्थिति १ प्रतिशत भन्दा धेरै भएकाले प्रदेश र स्थानीय निकायमा कामकाजीको भाषाका लागि बहुभाषिक व्यवस्थाअनुरुप चितवनको थारु भाषा कामकाजको भाषाको रुपमा कायम गर्न आग्रह समेत गरिइएको छ ।  यसैगरी, शनिवार सम्पन्न थारु कल्याणकारिणी सभाको अधिवेशनबाट चितवन जिल्ला अध्यक्षमा पुनः ललित चौधरी चयन भएका छन् ।

कुशलसँगै दीपेन्द्रसिंह ऐरीले पनि बनाए विश्व कीर्तिमान

कुशलसँगै दीपेन्द्रसिंह ऐरीले पनि बनाए विश्व कीर्तिमान

११२८ दिन अगाडि

|

१० असोज २०८०

चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत क्रिकेटमा कुशल मल्लसँगै दीपेन्द्रसिंह ऐरीले पनि विश्व कीर्तिमान बनाएका छन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा नेपालका दुई ब्याट्सम्यानले गौरवपूर्ण इतिहास बनाएका छन् । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले सबैभन्दा कम बलमा शतक र अर्धशतक पुरा गर्ने विश्व कीर्तिमान बनाएका हुन् । कुशलले ३४ बलमा शतक पुरा गरेका थिए । यसअघि ३५ बलसम्म टी-२० अन्तर्राष्ट्रिय शतक बनाएको इतिहास थियो । यस्तै दीपेन्द्रले ९ बलमै अर्धशतक पुरा गरे । दीपेन्द्रले आफूले सामना गरेका लगातार ८ बलमा ६ छक्का प्रहार गरेका हुन्। भारतका युवराज सिंहले १२ बलमा अर्धशतक पुरा गरेर बनाएको विश्व कीर्तिमान कसैले तोड्न सकेको थिएन। उनले सन् २००७ मा इङ्ल्यान्डविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए ।  एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोड्यो।

बालेनजी, ई: लाई ढल्न नदिनुस्

बालेनजी, ई: लाई ढल्न नदिनुस्

११२८ दिन अगाडि

|

१० असोज २०८०

नयनराज पाण्डे बिहानै सभागृह पुगें । ई: लाई भेटें । सबैभन्दा पहिला उनको खुट्टामै दृष्टि पुग्यो । उनी फुटपाथमा व्यापार गर्नेहरूलाई रोजगारबाट बन्चित नगरी तिनीहरूको अभिलेख राखी उचित ठाउँमा व्यापार गर्न दिनुपर्छ भनेर कति दिनदेखि उभिएको उभियै छन् । उनी आफ्ना कुराहरू महानगरका मेयरलाई बुझाउन चाहिरहेका छन् । हिजो अन्तिम समयमा सहमति भाँडिएको रहेछ । मैले करिब तीन दशकअघि 'महानगर' भन्ने कथा लेखेको थिएँ । निर्देशक आशान्त शर्माले केही वर्षअघि नाट्य रूपान्तर गरेर मण्डला थिएटरमा मन्चन पनि गर्नु भएको थियो । महानगरमा आफ्नै ज्यान बचाउनेलाई पनि मानिसले बिर्सँदोरहेछ । महानगरको यही स्वार्थी छविका बारेमा त्यो कथा लेखेको थिएँ । ई: को यो अभियानले महानगरको त्यही स्वभाव सम्झाइदियो । बालेनको अझै विश्वास लाग्छ । तर, यतिबेला त उनले खुसी भएर ई: लाई अंकमाल गर्नुपर्ने थियो र भन्नु पर्ने थियो-'ओहो, तपाईंले त मेरै मनका कुरा बोलिदिनु भयो । फुटपाथको उचित ब्यवस्थापन म पनि गर्न चाहन्छु । कसैको रोजगार खोस्नु मेरो पनि नियत होइन । आउनुस्, यो कुरामा तपाईं र म मिलेर काम गरौं ।' म अझै आशावादी छु । बालेनप्रतिको विश्वास म यति चाँडै गुमाउन चाहन्न । भद्रगोल फुटपाथ त मलाई पनि मन पर्दैन । तर, बालेनहरूसित आइडिया छ नि । अलिकति दिमाग चलाउने हो भने फुटपाथ ब्यवसायीहरूलाई केही स्थान र समय निर्धारित गरेर भद्रगोल फुटपाथलाई कलात्मक पनि बनाउन सकिन्छ होला नि ! बालेनको ब्यवस्थापन खुबी यसबाट त अझै प्रखर देखिएला नि ! ०० निम्नवर्ग/निमुखाप्रति राज्य निर्मम भैरहेको अहिलेको समयमा बालेन त्यो वर्गका लागि मसिहा बनून् । यसो सुन्दा यो कुरा अतिरन्जित लाग्ला । कतिले 'फिल्मी' पनि भन्नु होला । तर, यो सम्भव छ । नत्र, महानगरमा एकजना पनि भोकै सुत्छ भने, त्यस्तो महानगर फेरि पनि कुरूप नै हो । ०० बालेनजी, ई:का खुट्टाहरू सुन्निएका छन् । उनलाई ढल्न नदिनुस् । उनी ढले धेरैलाई फेरि उठ्न गाह्रो हुनेछ । त्यसपछि शहरमा उठ्ने छ- तानाशाह !

थारू लेंहगाको बढ्दो बजार

थारू लेंहगाको बढ्दो बजार

११३२ दिन अगाडि

|

६ असोज २०८०

आर्थिक मन्दीले अधिकांशको व्यापार व्यवसाय चौपट छ । थालेको व्यवसाय छाडेर पलायन हुनुपर्ने धेरैको नियति छ । तर, कतिपय यस्तो व्यवसाय पनि छ, जसको कारोबारको ग्राफ निरन्तर उकालो लागेको छ । त्यो हो,  थारूलेंहगा, चोलियाको कारोबार ।  पछिल्लो समय लेंहगाप्रति बढेको क्रेजले यसको कारोबार फस्टाएको हो ।कैलालीको गौरीगंगा नगरपालिका–८ लिक्मास्थित स्मार्ट ग्रुपका सञ्चालक सदस्य कालुराम चौधरी भन्छन्, ‘पहिले–पहिले व्यवसाय बढेन । अहिले सामाजिक सञ्जाललगायतको प्रचारले व्यवसायले गति लिएको छ ।’ लेंहगा र चोलिया थारू युवतीहरुले प्रयोग गर्ने परम्परागत लोकप्रिय पहिरन हो । पछिल्लो समय फेसनकै रुप लिएपछि यसको कारोबार फस्टाएको हो । मेला, महोत्सव, चाडपर्व उत्सवलगायत सबै औपचारिक तथा अनौपचारिक कार्यक्रममा थारूमहिलाहरु लेंहगा र चोलियाकै प्रयोग गर्न रुचाउँछन् । फलतः यसको कारोबार चम्केको हो । स्थानीय ७ जना युवाहरुले गठन गरेको स्मार्ट ग्रुपको कारोबारबारे कालुराम भन्छन्, ‘हामीले ‘स्मार्ट बजार’ नाम दिएर फेसबुक पेज चलाएका छौ । जुन पेजबाट प्रवद्र्धनको काम गर्छौ । अर्डर आएपछि होम डेलिभरी गर्छौ ।’ सो स्मार्ट ग्रुपले पछिल्लो ६ वर्षदेखि लेंहगालगायतको कारोबार गर्दै आएको छ । विभिन्न उद्यमी महिलाहरुबाट लेंहगा संकलन गरी प्रति लेंहगा ४ हजारदेखि १५ हजार रुपैयाँसम्ममा बिक्री गर्छ । सो ग्रुपले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लासम्म होम डेलिभरीको काम गर्दै आएको कालुराम बताउँछन् । पछिल्लो समय विदेशमा पनि पठाउन थालेको उनले जनाए । सो ग्रुपले व्यावसायिक रुपमालेंहगा संलकन गर्न थालेपछि ग्रुपसँग आवद्ध दर्जनौं महिलाहरुले नियमित रोजगारी पाएका छन् । उनका अनुसार एकजना पेशेवर लेंहगा सिल्नेले मासिक ५० हजार बढी कमाइ गर्दै आएका छन् भने सो स्मार्ट ग्रुपले वर्षमा ६० लाख बढीको कारोबार गर्दै आएको छ । यसरी लेंहगा धेरैको रोजीरोटीको प्रमुख आधारसमेत बन्न पुगेको छ । उता, कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका चन्द्रबहादुर चौधरी ५ वर्षदेखि लेंहगाको कारोबार गर्दै आएका छन् । उनको मुख्य पेशा नै लेंहगा सिल्नु र बिक्री वितरण गर्नु हो । आजभोलि उनको पुरा परिवार नै यो पेशामा संलग्न छ । कसरी बन्छ लेंहगा ? लेंहगाकलात्मक फूलबुट्टाले सजिसजाउ हुन्छ ।‘लेंहगा बनाउनु पनि एक किसिमको कलात्मक सीप तथा हस्तकला नै हो ।  ‘एउटा लेंहगा तयार पार्न विभिन्न खण्ड–खण्डलाई जोड्नु पर्छ । लेंहगाको माथिदेखि तलसम्म क्रमशः गुम्टी, नेफा, लेंहगा, पट्टी, कचौटी, गोठ, पट्टी, जिभ्भा, छुट्की गोठलगायत भागलाई जोड्नुपर्छ ।’लामो समयदेखि लेंहगासिलाइको काम गर्दै आएकी धनगढी उपमहानगरपालिका–८ बुद्ध चौककी सावित्री चौधरी भन्छिन्, ‘लेंहगालाई थप आकर्षक बनाउन सितारा, ऐना, नुरी, फुलरा, मोती, पत्थरलगायत टाँस्नुपर्ने हुन्छ ।’ दसैं, तिहारजस्तो चाडपर्व नजिकिएसँगै यसको कारोबार उत्तिकै बढेको छ । जुनकारण लेंहगा सिल्नेहरुलाई भ्याइन भ्याइछ । लामो समयदेखि धनगढीमा लेंहगा सिल्दै आएका दम्पति सीता र विजय चौधरी भन्छन्,‘सिजन सुरु भएको छ ।लेंहगा, चोलो, बिलाउज सिउनमै समयै बित्छ । आजभोलि हामी नयाँ डिजाइन गरेर लेंहगा सिल्ने गरेका छौ ।’ पछिल्लो समय थारू समुदायमात्रै होइन, गैरथारू युवतीहरुमा पनि लेंहगाप्रतिको क्रेजबढेको छ । जसले गर्दा फेसनको बजारमा लेंहगाले आफ्नो स्थान अगोट्न सफल भएको छ । युट्यूवमा आउने थारू गीतको मोडेलका कारणले पनि लेंहगाको बजार विस्तार भएको गायक राजु चौधरी बताउँछन् ।  

योगेन्द्र चौधरीको गुनासोः कानुन नबन्दा थारुहरुले १७ वर्षसम्म कानुनको उपयोग गर्न पाएनन्

योगेन्द्र चौधरीको गुनासोः कानुन नबन्दा थारुहरुले १७ वर्षसम्म कानुनको उपयोग गर्न पाएनन्

११३२ दिन अगाडि

|

५ असोज २०८०

कांग्रेस केन्द्रीय सदस्य तथा थारु विभागका संयोजक योगेन्द्र चौधरीले वर्तमान संविधानको सुन्दर पक्षलाई व्यवस्थाको चुनौतीका रुपमा व्याख्या गर्न थालिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबारको कांग्रेस केन्द्रीय समिति बैठकमा उनले भने संघीयता र समानुपातिक निर्वाचन प्रणालीको विकल्पबारे भइरहेको बहसप्रति विमति जनाएका हुन् । कांग्रेस केन्द्रीय समिति बैठकमा संघीयता र समानुपातिक निर्वाचन प्रणाली खारेजीबारे केही नेताहरुले आवाज उठाएका थिए ।  यसबारे चौधरीले भने, ‘समानुपातिक, समावेशी, संघीयता, धर्मनिरपेक्षता यो संविधानको सुन्दर पक्षको भनेर हामी भन्दै आएका छौँ । तर, यही सुन्दर पक्षको कतिपय विषय हामीलाई यी व्यवस्थाको चुनौती बनेर आयो भन्दै प्रश्न उठाउने काम भएको छ ।’ संविधान बनेको ८ वर्षसम्म प्रादेशिक कानुन नबन्दा संघीयताले डेलिभरी गर्न नसकेको भन्दै प्रदेशको औचित्यमाथि प्रश्न उठाउने कुरा राम्रो नभएको उनले बताए । ‘संघीयताप्रतिको हाम्रो धारणा के हो ? हामीले तीन तहको सरकारको परिकल्पना गरौँ । तीन वर्षमा संघीयताको पूर्ण कार्यान्वयनका लागि कानुन बनाउने भनौँ । आज आठ वर्ष भयो । प्रदेशका निम्त ४० वटा कानुन बनेको छैन । कानुनहरु कुन कारणले रोकियो ? कसको कारणले रोकियो ?,’ उनको प्रश्न छ ।  संविधान कार्यान्वयन नहुन नसक्नुको कांग्रेसले नैतिक जिम्मेवारी कांग्रेसले पनि लिनुपर्ने चौधरीको भनाइ छ । ‘यसमा हामी गम्भीरता पूर्वक अगाडि बढौँ । अहिले पनि प्रहरी बिनाको सरकारको परिकल्पना गर्न सकिन्छ । जसको कर्मचारी छैन । त्यो सरकारले कसरी काम गर्छ ?,’ उनले भने । यस्तै उनले समावेशी चरित्रलाई यो संविधानबाट निकालिँदा संविधान कस्तो देखिन्छ भन्दै प्रश्न गरे । ‘हामी मिश्रित निर्वाचन प्रणालीको विकल्प खोजिरहेका छौँ । किन यस्तो भइरहेको छ ?,’ उनको प्रश्न छ, ‘के साँच्चै मिश्रित निर्वाचन प्रणालीले समस्या जन्माएको हो ? संविधान कार्यान्वयनमा के समस्या गरेको हो ?’ समानुपातिक निर्वाचन प्रणालीलाई ठीक ढंगले प्रयोग गर्दा समस्या आएको उनको भनाइ छ । उनले भने, ‘हामी समानुपातिक निर्वाचन प्रणाली गलत हो भनेर विषयान्तर गर्दैछौँ ।’ कानुन नबन्दा थारुहरुले १७ वर्षसम्म कानुनको उपयोग गर्न नपाएको उनको भनाइ थियो ।

शिक्षक र निजामती कर्मचारीले पाउने सेवा सुविधामा के छ भिन्नता  ? 

शिक्षक र निजामती कर्मचारीले पाउने सेवा सुविधामा के छ भिन्नता  ? 

११३३ दिन अगाडि

|

४ असोज २०८०

आन्दोलनरत शिक्षकहरूको एउटा प्रमुख मुद्दा निजामती कर्मचारीको भन्दा कम सेवा सुविधा दिइएको भन्ने छ । त्यसमाथि संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा थप विभेदकारी बनाउन खोजिएको उनीहरूको आरोप छ ।  एउटै सन्तानका दुई छोराछोरीमाथि राज्यले गर्ने व्यवहारमा फरक रहेको उनीहरूको भनाई छ । एउटा छोरा निजामती कर्मचारी हुँदा र अर्को छोरा शिक्षक हुँदा राज्यबाट पाउने तलब, भत्ता तथा सेवा सुविधामा निकै विभेद रहेको उनीहरूले बताउँदै आएका छन् ।  कानून नै विभेदपूर्ण बनाउन खोजेपछि आन्दोलनको विकल्प नरहेको शिक्षकहरूको भनाई छ ।  सरकारले तोकेको निजामती कर्मचारी र शिक्षक कर्मचारीको सेवा सुविधामा के छ त फरक ? प्राथमिक तृतीय श्रेणीको शिक्षक र निजामती तर्फको खरिदारको सेवा सुविधामा निकै अन्तर देखिन्छ ।  प्रावि तृतीय श्रेणीको शिक्षकको मासिक तलब ३२ हजार ९०२ रुपैयाँ छ । त्यस्तै, खरिदारले पनि सोही तलब पाउँछन् । तर, महँगी भत्ता थप २ हजार रूपैयाँ पाउँछन् ।  उता, खरिदारले खाजा खर्च २ हजार, आवास खर्च मासिक ४ हजार रूपैयाँ,  मासिक १५ लिटर पेट्रोल पाउँछन् । तर, शिक्षकले पाउँदैनन् ।  खरिदारले तालिममा सहभागी भएवापत दैनिक १ हजार ३२०, खाना र यातायात खर्च पाउँछन् । तर, शिक्षकले तालिममा सहभागी भएवापत दैनिक २ देखि ३०० रूपैयाँ पाउँछन् ।  खरिदार ग्रेड ८ सम्म बढुवा हुन पाउँछन् । तर, शिक्षकको ग्रेड ६ सम्म बढुवा  हुन्छ । खरिदारको ५ वर्षपछि अनिवार्य बढुवा हुन्छ । तर, शिक्षकको अनिश्चित हुन्छ ।  खरिदारले थप यातायातको साथ (आवश्यकताको आधारमा) ल्यापटप, हिटर, एसी जस्ता अतिरिक्त सेवा सुविधा पाउँछन् । तर, शिक्षकले अतिरिक्त केही पनि सेवासुविधा पाउँदैनन् ।  दुबैले एक महिना बराबरको चाडपर्व खर्च पाउँछन् । त्यस्तै पोसाक खर्च, स्थानीय भत्ता, प्राविधिक भत्तासमेत छुट्याइएको हुन्छ । तर, यो सबैको हकमा लागू हुँदैन ।  शिक्षा मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०÷०८१ अनुसार प्रधानाध्यापकले प्राविको हकमा मासिक २०० रूपैयाँ, निमाविमा ३०० र माविमा मासिक ५०० रूपैयाँ भत्ता पाउँछन् ।  यतिसम्म कि शिक्षा नियमावली २०५९ ले शिक्षकले प्रत्येक महिना भुक्तान गरेपछि तलब र भत्ता पाउनेछ भनिएको छ । तर, शिक्षकहरूले त्रैमासिक रूपमा तलब पाउने गरेका छन् ।  निजामती कर्मचारीको हकमा शिक्षकमाथि सेवा सुविधामा निकै विभेद रहेको उनीहरूको आरोप छ । संसद्मा दर्ता गरिएको विधेयमबाट राज्यबाट प्रदान गरिने सेवा सुविधामा सबैलाई समान व्यवहार गर्नुपर्ने शिक्षकहरूको भनाई छ ।