युद्ध भूमिबाट नेपाल फर्किएपछि विद्यार्थीहरूले भने, बाँच्ने आस मरेको थियो

युद्ध भूमिबाट नेपाल फर्किएपछि विद्यार्थीहरूले भने, बाँच्ने आस मरेको थियो

१११२ दिन अगाडि

|

२६ असोज २०८०

थारू समुदायलाई आरक्षणमा अलमल

थारू समुदायलाई आरक्षणमा अलमल

१११३ दिन अगाडि

|

२४ असोज २०८०

नवराज मैनाली  सरकारी सेवाको भर्नामा थारू समुदायसहितलाई छुट्टै आरक्षण तोकेर भर्ना खुलाउन सर्वाेच्च अदालतले फैसला गरेको नौ महिनासम्म सरकारले प्रावधान नबनाउँदा यस वर्ष सुरक्षा निकाय, निजामती र संस्थामा भर्ना प्रक्रिया नै रोकिएको छ । सर्वोच्चले २४ माघ ०७९ मा थारूलाई स्वतन्त्र समुदायका रूपमा छुट्टै आरक्षणको व्यवस्था गर्न परमादेश दिएको थियो । तर, सरकारले कानुन संशोधन गरेर आरक्षणको नयाँ सिद्धान्त बनाउन नसक्दा लोकसेवा आयोगले आर्थिक वर्ष ०८०/८१ का लागि खोल्नुपर्ने सबै विज्ञापन अवरुद्ध भएका हुन् ।  यो समस्या तत्काल समाधान हुने सम्भावना पनि देखिँदैन । सरकारी सेवा प्रवेशको तयारीमा रहेका हजारौँ सर्वसाधारण प्रभावित बनेका छन् । साथै, समयमै भर्ना र तालिम नहुँदा निजामती सेवा, सुरक्षा निकाय तथा संगठित संस्थामा पनि तालिम तथा जनशक्ति अभावको समस्या बढेको छ ।  हाल प्रधानन्यायाधीश रहेका तत्कालीन न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको इजलासले नौ महिनाभित्र संघीय निजामती ऐन ल्याउन र त्यसमा थारूका लागि छुट्टै आरक्षणको व्यवस्था गर्न भनेको थियो । साथै, आर्थिक वर्ष ०७९/८० मा थारू समुदायका लागि छुट्टै आरक्षण नभएकाले त्यसलाई समेत जोडेर ०८०/८१ मा भर्ना गर्न परमादेश थियो । निजामती मात्र नभई सबै निकायमा यो व्यवस्था लागू गर्न भनिएको थियो ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बललगायत निकायले विज्ञापनका लागि माग पठाए पनि सर्वाेच्च अदालतको फैसलाअनुसार नयाँ व्यवस्था नहुँदा लोकसेवा आयोगले भर्ना प्रक्रिया रोक्दै आएको छ । जबकि आयोगको वार्षिक कार्यतालिकामा साउन, भदौ र असोजमा धेरै विज्ञापनको सूचना प्रकाशन भइसक्नुपर्ने थियो । ‘विशेष कारणले यस वर्षका विज्ञापन रोकिएका छन्,’ लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी होमागाईं भन्छिन्, ‘हामी सम्बन्धित निकायसँग छलफलमै छौँ ।’  कार्यतालिकामा नेपाली सेनाको अधिकृत क्याडेट तथा पदिक तथा बिल्लादार अधिकृत क्याडेटको साउन–भदौमा र प्राविधिक अधिकृतको कात्तिकमा सूचना निकालिने उल्लेख छ । नेपाल प्रहरीका प्रहरी निरीक्षक र सहायक निरीक्षकको साउनमै विज्ञापन प्रकाशन हुनुपर्नेमा अझै प्रकाशित भएको छैन । सशस्त्र प्रहरीको अधिकृत तहमा पनि भदौमै विज्ञापन हुनुपर्नेमा रोकिएको छ ।  संगठित संस्थानअन्तर्गत नेपाल आयल निगम, नेपाल धितोपत्र बोर्ड, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, सांस्कृतिक संस्थान र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको विज्ञापन साउनमा हुने कार्यतालिकामा उल्लेख छ ।  त्यस्तै, भदौमै काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं उपत्यका विकास प्राधिकरण, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, नेपाल पुनर्बिमा कम्पनी, नेपाल विद्युत् प्राधिकरण, सामाजिक सुरक्षा कोषको भर्ना हुनुपर्ने तोकिएकोमा प्रक्रिया अझै सुरु हुन सकेको छैन ।  नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायत थारू क्लस्टरको विषयकै अन्योलले प्रहरीको भर्ना रोकिएको बताउँछन् । ‘यस वर्ष प्रहरीको भर्नाको प्रक्रिया सुरु हुन सकेको छैन,’ उनले भने, ‘यो विषयमा विभिन्न निकायसँग छलफल भइरहेको छ ।’  निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका संसद् सेवा र राष्ट्रिय मानव अधिकार आयोग सेवामा असोजको अन्तिम बुधबार राजपत्रांकित प्रथम श्रेणी, राजपत्रांकित द्वितीय श्रेणी तथा स्वास्थ्य सेवाको एघारौँ र नवौँ तहको विज्ञापन गरिने उल्लेख छ । तर, मंगलबारसम्म यस विषयमा निर्णय हुन नसकेको लोकसेवा आयोग स्रोत बताउँछ । आयोगका अध्यक्ष माधव रेग्मी भन्छन्, ‘बुधबार यस विषयमा केही निर्णय आउँछ ।’  सर्वाेच्चमा रिट दायर गर्नेमध्ये एक प्रेमीलाल चौधरी सरकारले सर्वाेच्चको परमादेशअनुसार कानुनहरू संशोधन नगरेको बताउँछन् । ‘शिक्षा विधेयकमा केही कुरा समेटिएका छन्,’ उनले भने, ‘निजामती ऐन रोकिएको छ, जसकारण नयाँ भर्ना हुन सकेको छैन ।’ थारू समुदायको जनसंख्या ६.२ प्रतिशत भएकाले त्यही आधारमा छुट्टै आरक्षणको व्यवस्था हुनुपर्ने उनी बताउँछन् ।  संविधानमा टेकेर सर्वाेच्चको फैसला  सर्वाेच्चले संविधानको धारा १८ र ४२ मा टेकेर थारू समुदायलाई आदिवासी जनजातिभित्र नराखी स्वतन्त्र समुदायका रूपमा मान्यता दिई सोहीअनुसार आरक्षण दिन भनेको छ । हाल थारू समुदायले आदिवासी जनजाति समुदायका रूपमा आरक्षण पाउँदै आएका छन् । त्यसले गर्दा आदिवासी जनजातिका अन्य समुदाय हाबी हुने गरेको भन्दै थारू अगुवाले छुट्टै आरक्षण माग्दै आएका छन् ।  संविधानको धारा ४२ मा सामाजिक न्यायको हकसम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ, ‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस–आर्यलाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ ।’  धारा १८ मा समानताको हकसम्बन्धी व्यवस्था छ । १८ (३) मा भनिएको छ, ‘राज्यले नागरिकहरूका बीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्नेछैन । तर, सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र/आर्थिक रूपले विपन्न खस–आर्यलगायत नागरिकको संरक्षण र सशक्तीकरण वा विकासका लागि कानुनबमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिनेछैन ।’ यी दुई धारामा थारू समुदायलाई आदिवासी जनजातिमा नराखी स्वतन्त्र समुदायका रूपमा पहिचान दिएकाले सोही आधारमा उनीहरूलाई सरकारी निकायको भर्नामा पनि छुट्टै आरक्षण दिनुपर्ने व्याख्या सर्वाेच्चले गरेको हो ।  हालको निजामती सेवा ऐनको प्रावधानअनुसार कुल रिक्त पदमध्ये ४५ प्रतिशतमा समावेशी आरक्षणका आधारमा विज्ञापन हुन्छ । ४५ प्रतिशतमध्येबाट ३३ प्रतिशत महिला, २७ प्रतिशत आदिवासी जनजाति, २२ प्रतिशत मधेसी, नौ प्रतिशत दलित, पाँच प्रतिशत अपांगता भएका व्यक्ति तथा चार प्रतिशत पिछडिएको क्षेत्रलाई छुट्याउने गरिएको छ । सर्वाेच्चको परमादेशपछि अब यो आरक्षणको समीकरण हेरफेर गर्नुपर्ने हुन्छ, जुन निकै जटिल र संवेदनशील विषय भएकाले सरकारले यसमा निर्णय गर्न सकेको छैन । सरकारले संघीय निजामती ऐन संसद्मा लैजाने निर्णय गरे पनि विवादका कारण अझै अघि बढाउन सकेको छैन । नयाँपत्रिकाबाट

आशिष् चौधरीको अनुसन्धान केन्द्र सञ्चालन गर्ने योजना थियो

आशिष् चौधरीको अनुसन्धान केन्द्र सञ्चालन गर्ने योजना थियो

१११५ दिन अगाडि

|

२२ असोज २०८०

                                                                                                                                     तस्बिरः अभिमन्यु चौधरी अविनाश चौधरी कैलालीको जोशीपुर गाउँपालिका –५ मैनापोखरीका २५ वर्षीय आशिष् चौधरीको पारिवारिक आर्थिक अवस्था कमजोर थियो । उनको बुबा बेजुलाल डङ्गौराले जोशीपुर बजारमा बिजुलीसम्बन्धी सानो पसल गरेर जेनतेन घरखर्च धान्नुका साथै छोरालाई प्राविधिक धारको शिक्षा कृषि पढाउने आँट गरे ।  सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायमा अध्ययनरत आशिषको यो वर्ष अन्तिम सेमेस्टर थियो । परीक्षा दिएर रिजल्टको पर्खाइमा थिए उनी । पढाइ सकिएपछि आशिष् र उनको निकै मिल्नेसाथी जोशीपुर –५ सिमरानाका कृषि प्राविधिक अभिमन्यु चौधरीले मिलेर कैलालीमा कृषि अनुसन्धान केन्द्र सञ्चालन गर्ने योजना थियो ।  यसैबिच, छोराको पढाइ र सपना पूरा गर्न बेजुलाललाई आर्थिक सङ्कट आइलाग्यो ।  डेढ दशकदेखि चलाउँदै आएको पसल बेचेर बेजुलाल आफ्नो श्रीमती मञ्जुदेवीलाई लिएर कामको खोजीमा भारतको बेङ्लोरतिर लागे । यता, आशिषलाई ठुलो अवसर प्राप्त भयो, ‘अर्न एण्ड लर्न’ कार्यक्रममार्फत इजरायल गए ।   कृषिसम्बन्धी ज्ञान सिक्नका लागि गत भदौ २६ गते इजरायल उडेका उनी अब कहिल्यै नफर्किने गरी बिदा भएक छन् । शनिबार इजरायलमाथि भएको हमास आक्रमणमा परी उनको निधन भएको थियो । एक्लो छोरा गुमाएपछि आशिषको परिवार विक्षिप्त बनेको छ । गाउँवासी, छिमेकी, इष्टमित्र सबै शोकाकुल भएका छन् ।  “साथीको मृत्यु भएको खबर अझै पनि विश्वास लागिरहेको छैन,” कृषि प्राविधिक एवम् आशिषका साथी अभिमन्यु चौधरीले भने, “यो खबरले उहाँको परिवार र हामी इष्टमित्र सबै मर्माहत भएका छौँ ।” छोराको मृत्युको खबरपछि आशिषका आमाबुबा बेङगलोरबाट घर फर्किरहेको जनाइएको छ । यता, धनगढीमा विवाह गरेकी आशिषकी दिदी अमृता चौधरी भाइको मृत्युको खबरले भावविह्वल भएकी छिन् । भविष्यका लागि बनाएका योजना र देखेका सपनाहरू साथीको मृत्युले चकनाचुर भएको अभिमन्यु चौधरीले बताए । “साथी, इजरायल गएपछि पनि हाम्रो भविष्यको योजनाबारे कुरा भइरहन्थ्यो” उनले भने, “तर, एकाएक मृत्युको खबरले सबै योजना खरानी बन्यो ।” उनले आशिष् र आफूले मिलेर कैलालीमा कृषि अनुसन्धान केन्द्र खोल्ने देखेको सपना अधुरै रहने बताए ।  सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि क्याम्पस टीकापुरबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका चौधरीसहित १० जना विद्यार्थीको हमास आतङ्कवादी आक्रमणबाट निधन भएको छ । ज्यान गुमाउनेमा सुदूरपश्चिम प्रदेशका सात जना छन् ।   गोरखापत्रबाट  

कान्हाँको कथासँग जोडिएको थारूको दारू

कान्हाँको कथासँग जोडिएको थारूको दारू

१११८ दिन अगाडि

|

२० असोज २०८०

                                                                                                                                             तस्बिर: जित ट्रासन सबिना श्रेष्ठ त्यति बेला पृथ्वी जलमग्न थियो। जलमग्न पृथ्वीमा गुर्बाबाले सृष्टि रचना गरे। जसरी हिन्दुहरू ब्रह्मालाई सृष्टिकर्ता मान्छन्, थारूहरूले मान्ने सृष्टिकर्ता गुर्बाबा हुन्। गुर्बाबाले पाताल लोकबाट अम्मर माटो ल्याएर सृष्टि रचेको विश्वास गरिन्छ। सुरूमा उनले गंगटोलाई माटो ल्याउन भनेका रहेछन्। गंगटो लुकीलुकी गएछ, तर पाताल लोकका पहरेदारको नजरबाट बच्न सकेनछ। त्यसपछि गुर्बाबाको आदेशमा माटो लिन कुमालकोटी जान्छ। ऊ पनि समातिन्छ। पालैपालो अन्य जीवहरू जान्छन्, सबै समातिन्छन्। आखिरमा गड्यौलाले आफ्नो पेटभित्र माटो बोकेर ल्याउँछ र त्यही माटोबाट पृथ्वीमा सृष्टि रचना गरिन्छ। यहाँ हरियाली छाउँछ। वनस्पतिका रूपमा सुरूमा कुश उम्रिन्छ। त्यसपछि विभिन्न वनस्पति, जंगल र जीवजन्तुहरू उत्पत्ति हुन्छन्। जीवजन्तुमध्ये सबभन्दा बौद्धिक र सचेत हुन्छन्, मानिस। मानिसले अन्य जीवजन्तुभन्दा भिन्नै सभ्यता विकास गर्छन्। संसार उत्पत्तिको यो कथा थारूहरूको 'अष्टिम्की काव्य' मा छ। यसले पृथ्वी उत्पत्तिदेखि वनस्पति र जीवजन्तुको सृष्टि र कृषि प्रणालीदेखि मानव सभ्यताको विकासबारे वर्णन गर्छ। यही काव्यलाई लिएर अष्टिम्की गीत, नृत्य र चित्रसमेत बनाइन्छ। अष्टिम्की काव्यमा रहेको सबभन्दा महत्वपूर्ण पात्र कान्हाँ अर्थात् भगवान कृष्ण हुन्। थारू समुदायमा कान्हाँ यस्ता पात्र हुन् जसको गीत गाइन्छ, नृत्य नाचिन्छ र चित्र बनाइन्छ। उनी एक मात्र यस्ता देवता हुन्, जसलाई थारूहरू यी तीनै माध्यमबाट पूजा गर्छन्। थारूहरूको 'अष्टिम्की काव्य' मा कान्हाँले खेलेको, कुदेको ठाउँको वर्णन यस्तरी गरिएको छ, मानौं उनी थारू समुदायकै सदस्य हुन्। तर थारूहरूले भन्ने कान्हाँ उर्फ कृष्णको कथा अन्य हिन्दु धर्मावलम्बीहरूको भन्दा फरक छ। हिन्दु धर्मग्रन्थमा कृष्ण र उनका मामा कंशलाई दुश्मनका रूपमा चित्रण गरिएको छ। बहिनी देवकीको कोखबाट जन्मेका सन्तानको हातबाट आफ्नो मृत्यु हुन्छ भन्ने आकाशवाणी सुनेपछि कंश देवकीका सन्तानलाई एकपछि अर्को मार्दै जान्छन्। कृष्ण भने बाँच्न सफल हुन्छन् र अन्त्यमा उनैले कंशको वध गर्छन्। थारू समुदायमा भने कृष्णलाई कंशका प्रिय भान्जाका रूपमा चित्रण गरिएको छ। आमापछि मामाले सबभन्दा बढी माया गर्छन् भन्ने मान्यताअनुरूप कान्हाँ पनि मामाका प्रिय रहेको थारूहरू विश्वास गर्छन्।                                                                                                                                               तस्बिर: यम चौधरी कृष्ण आफ्नो मामाका कतिसम्म प्यारा थिए भने, उनले इच्छाएका सबै कुरा कंशले पूरा गरिदिन्थे। कंशले कृष्णलाई सानो छँदा खेलौना दिनुका साथै उनको घरपरिवारलाई सहयोग गरेको वर्णन अष्टिम्की गीतहरूमा पाइन्छ। उक्त थारू काव्यले कृष्णका अभिभावक अहिलेका थारूहरूजस्तै खेती-किसानीमा लागेको बयान गरेको छ। उनीहरू बस्ने घर पनि थारू समुदायमा प्रचलित परम्परागत घरजस्तै छ। कृष्ण आफैं गोठालो बनेर भेडाबाख्रा र गाईगोरू चराउन दिनहुँ जंगल जान्छन्। जंगलमा गोठाला साथीहरूले बाँसुरी बजाएको देखेपछि उनलाई पनि रहर जाग्छ। उनले आमासँग बाँसुरी किनिदिन कर गर्छन्। यो खबर कंश मामासम्म पुग्छ। त्यसपछि मामाले नै भान्जाका लागि बाँसुरी बनाएर पठाइदिन्छन्। जंगलमा बाँसुरी बजाउँदा बजाउँदै कृष्ण एक अब्बल बाँसुरीवादक हुन्छन्। उनको बाँसुरीको धुन सुनेर अरू गोठालाहरू छक्क पर्छन्। टाढाटाढासम्म उनको बाँसुरीको धुन गुञ्जिन्छ र माइजूको कानसम्म पनि पुग्छ। माइजु मोहित हुन्छिन्। यस्तो सुमधुर बाँसुरी बजाउने को होला भनेर खोज्दै जाँदा आफ्नै भान्जालाई देखेर उनी तीनछक पर्छिन्। उनी हरेक दिन कृष्णले बजाएको बाँसुरीको धुन सुन्न जंगल जान थाल्छिन्। त्यही क्रममा आफ्नै भान्जासँग उनको प्रेम हुन्छ। एकदिन भान्जा र माइजूको प्रेम सम्बन्धबारे कंशले थाहा पाउँछन्। यसले उनलाई असह्य पीडा र छटपटी हुन्छ। उनले एउटा उपाय निकाल्छन् – कृष्णलाई बारी फुल्वारमा फूल टिप्न पठाउने। त्यो बारी फुल्वार नागराजको निगरानीमा थियो। कसैले पनि त्यहाँबाट फूल टिपेर ल्याउन सकेको थिएन। टिप्न जानेलाई नागराजले डसेर मारिदिन्थ्यो। कंशले आफ्नै हातले भान्जाको हत्या गर्न नचाहेर उनलाई त्यहाँ पठाएका थिए, ताकि नागराजले डसेर उनलाई मारिदेओस्।                                                                                                                                          तस्बिर: जित ट्रासन गरूड पुग्दा कृष्ण बेहोस भइसकेका हुन्छन्। उनलाई बचाउने औषधि खोज्दै गरूड एक ऋषिको कुटीमा पुग्छ। ऋषिले सिकाएको विधि पूरा गरेपछि कृष्णको होस फर्किन्छ। उनी फूल लिएर मामाको दरबारमा फर्किन्छन्। यसरी कृष्णले फूल लिन गएको प्रसंग थारूहरूले खेतीपाती बेला गाउने सजना गीतमा समावेश छ, जसमा नागले कृष्णलाई सोध्छ — 'सुनो सुनो कृष्ण भाइ रे, टोर गौवा हेरानि कहाँ अइलो मोरे डुवारे कि टोर रहिया भुलानि' अर्थात्, 'ए कृष्ण! तिम्रो गाई हरायो कि बाटो भुलेर यहाँ आयौ? यसको जवाफमा कृष्ण भन्छन् — 'ना मोरे गौवा हेरानी रे, ना मोरे रहिया भुलानि  कारि नाग फुला टुरबुँ, मामा रे पुजा करहिँ।' अर्थात्, 'न मेरो गाई हराएको हो, न त बाटो नै भुलेको हुँ तिमीले रक्षा गरेको फूल मेरो मामाको पूजाका लागि टिप्न आएको हुँ।' यसरी कष्टपूर्ण रूपले फूल टिपेर फर्किएपछि कृष्णले पनि मामाले आफूलाई मार्न खोजेको थाहा पाउँछन्। त्यसपछि उनी मामा पूजा गरिरहेका बेला पूजाकोठाभित्रै छिर्छन् र तरबारले हानेर मामाको वध गर्छन्। कृष्णको यही कथासँग थारू समुदायको रक्सीको संस्कृति जोडिएको छ। 'कृष्ण चरित्र परम्परा' माथि अनुसन्धान गर्दै विद्यावारिधि गरेका कृष्णराज सर्वहारीले हामीलाई थारू समुदायको रक्सी संस्कृतिबारे वर्णन गर्दा कृष्ण र रक्सीसँग जोडिएको सखिया गीतको एउटा पंक्ति नै गाएर सुनाए। उक्त गीतमा कृष्णका बुवाले आफ्नो छोरालाई फूल टिप्न नपठाउनू भनी कंशसँग आग्रह गर्छन्। उनी कंशलाई अनुनयको शैलीमा भन्छन् — 'तालभर मदियामै डेहबु छोडिदेउ कन्हैया के जिउ।' अर्थात्, 'म तिमीलाई तालभर रक्सी दिन्छु तर तिमीले मेरो कृष्णको जीउ जोगाइदेऊ।' जवाफमा कंश भन्छन् — 'तलभर मदिया मैं नै लेहबुँ नहीँ छोरबु कन्हैयाके जीउ।' अर्थात्, 'मलाई तालभर रक्सी चाहिन्न म तिम्रो कृष्णको जीउ पनि छाड्दिनँ।' गीतको यही प्रसंग जोड्दै सर्वहारी भन्छन्, 'भगवान कृष्णको समयमै यति धेरै रक्सी उत्पादन हुने रहेछ, त्यसलाई राख्न ताल नै चाहिने रहेछ। थारूहरूको गीतमा रक्सीको यति पुरानो सन्दर्भ उल्लेख हुनुले यो समुदायमा रक्सीको संस्कृति निकै पुरानो भएको बुझिन्छ।' उनका अनुसार थारू समुदायमा गाइने अष्टिम्की गीतलाई लयान्तर गरेर गाइने गीत नै सखिया हो, जसमा गोलो घेरा बनाएर नाच्ने चलन छ। देवी–देवताको सन्दर्भ जोड्दै गाइने भएकाले देवतालाई रक्सी (छाँकी) चढाएर मात्र गीत सुरू हुन्छ। सखिया गीत हरेरी पूजादेखि गाउन थालिन्छ र तिहारपछि विधिवत पूजा गरेर अन्त्य गरिन्छ। सखियाजस्तै देवताको स्तुति गान भएको अर्को गीत हो, बर्किमार। यसलाई कतिपयले थारू महाभारत पनि भन्छन्। यो गीत सुरू गर्नुभन्दा अगाडि पनि रक्सी चढाउन अनिवार्य छ। ढमारलाई ढुमरु पनि भनिन्छ। यो सँगै बजाइने बाजा डफ हो। गीतकै कुरा गर्दा ढमारलाई पनि महत्वपूर्ण मानिन्छ। यसलाई ढुमरू पनि भनिन्छ। योसँग बजाइने बाजालाई डफ भनिन्छ। यो गीत पुसको अन्तिम साता गाइन्छ। विशेषगरी पुसको अन्तिम साँझ साथीभाइकहाँ गएर ढमार गाउँदै सुँगुरको मासु र जाँड खाँदै रातभर जाग्राम बस्ने चलन छ। थारू समुदायका हरेक पर्व वा ऋतुका लागि विशेष गीत र नाच छन्, जसले यो समुदाय कलामा सम्पन्न भएको बुझ्न सकिन्छ। थारूहरूको लोक साहित्य र गीतहरूमा कृष्ण मात्र होइन; राम, सीता, पाण्डव लगायत पात्रहरू पनि आउँछन्। थारू गुर्वा (धामी/पुजारी) हरूले वाचन गर्ने मन्त्रमा महादेव-पार्वतीको वर्णनसमेत छ — 'गौरी टे गैनै जगाई रे, उठो हो महादेव बसहा बरडा बेचि डारो, छिन भर सुटो।'  यो मन्त्रमा कृष्णका बुवाझैं महादेव पनि खेतीमा लागेको प्रसंग छ। निदाएका महादेवलाई गौरी (पार्वती) ले भन्छिन्, 'कति सुत्छौ ए महादेव! यहाँ ग्राहक आएका छन्, बसहा (गोरू) बेच अनि फेरि सुत।' कैलाली घर भएकी इन्दु थारू आफ्नो समुदायमा कृष्ण, राम, सीता लगायतका भगवानको पूजा गरिए पनि यो मौलिक चलन नभएको बताउँछिन्। समय क्रममा थारूहरूमा हिन्दु धर्मको प्रभाव परेको उनको भनाइ छ। उनका अनुसार थारूहरू खासमा प्रकृति पूजक हुन्, त्यसैले खोला, खेतबारी, माटो, वनजंगल लगायतको पूजा गर्छन्। थारूहरूको मौलिक देवता पनि माटोले नै बनाउने चलन छ। त्यसको आकृति घोडा, भेडा, बाघ लगायत हुन्छन्। इन्दुको घरमा पुजिने देवता भेरूवा अर्थात् भेडा हो। भेरूवासँगै थारूहरूका देवताको नाम घोरूवा, गुर्बाबा, खेखरी–मैयाँ, सौंरा, डहरचण्डी लगायत छन्। ती देवताको पूजा गर्दा पनि अनिवार्य रूपमा रक्सी चढाउनुपर्छ।                                                                                                                                              तस्बिर: यम चौधरी 'अरू समुदायको घरमा फूल र अगरबत्ती चढाएजस्तै हाम्रोमा रक्सी अनिवार्य हुन्छ,' इन्दुले भनिन्, 'हाम्रोमा देवतालाई चढाउने सबै सामग्री पुरूषहरूका हातबाट अर्पण गरिन्छ। त्यसैले घरको पूजा गर्न छोरा नै चाहिन्छ भन्ने भनाइ छ। छोरा नभएको घरमा देवता नास हुन्छ भनिन्छ। कतिपय अवस्थामा देवता जोगाउन केटालाई विवाह गरेर केटीको घर ल्याएर राख्ने चलन पनि छ।' जहाँ थारू, त्यहाँ दारू ! थारू समुदायमा एउटा भनाइ प्रख्यात छ – जहाँ थारू, त्यहाँ दारू! यो भनाइले पनि थारू समाजमा रक्सी कति महत्वपूर्ण छ भन्ने संकेत गर्छ। थारूहरू रक्सीलाई मद वा दारू भन्छन्। देवतालाई चढाइने रक्सीलाई 'छाँकी' भनिन्छ। उनीहरूको जन्मदेखि मृत्युसम्म रक्सी नभई हुन्न। बच्चा जन्मिएको छ दिनमा छैठी हुन्छ। त्यसमा छरछिमेक, आफन्तजन र बरघर (गाउँका मुखिया) लाई बोलाइन्छ। उनीहरूलाई विभिन्न किसिमका खानेकुरा खुवाइन्छ। सुत्केरीको स्याहारसुसार गर्ने सुँडिनीलाई पनि विशेष सम्मानका साथ खुवाइन्छ। ती परिकारहरूमा मद वा रक्सी पनि समावेश गरिएको हुन्छ। बच्चा जन्मिएको नौ दिनमा पनि सुँडिनीको भूमिका महत्वपूर्ण हुन्छ। 'घटुवा टिकना' भनिने त्यो दिन बच्चाको सालनाल झरिसकेपछि सुँडिनीले आमा र बच्चाको लुगा धोइपखाली गर्छिन् र जिउ मालिस गर्छिन्। त्यस दिन पनि गाउँघरका इष्टमित्र बोलाएर विभिन्न परिकारसँगै रक्सी खुवाइन्छ। 'थारू समाजमा अहिलेसम्म अस्पतालमा प्रसूति गराउनुभन्दा सुँडिनीकै सहयोग लिइन्छ। हाम्रो लोककथामा कान्हाँकी आमाको प्रसूति गराउँदा कुशल नर्सझैं सुँडिनीले उनको पेट मालिस गरेको र बच्चाको स्याहारसुसार गरेर प्रसूति सेवा दिएको प्रसंग छ,' कृष्णराज सर्वहारीले भने, 'थारू समाजमा आफैं न्वारान गर्ने चलन भए पनि अष्टिम्की काव्यमा सुँडिनीले कान्हाँको नाम राख्न जैसी (ब्राह्मण) बोलाउन पठाएको प्रसंग छ। जैसीले नै उनको नाम कन्हैया वीर राख्छन्।' विवाहमा त रक्सी अनिवार्य नै हुन्छ। दुलाहाको जन्ती जानुअघि उनलाई देवताको कोठामा लगिन्छ, जसलाई 'देहुरार' भनिन्छ। त्यहाँ उनले कपडा लगाउँछन्। घरबाट निस्कनुअघि दुलाहाले दुई किसिमका मद आफूले पुज्ने भगवानलाई चढाउनुपर्छ, जसलाई 'तौला' र 'बजारी' मद भनिन्छ। तौला भनेको घरमै बनाएको कडा खालको रक्सी हो। बजारी भनेको बजारबाट किनेर ल्याएको रक्सी हो। यी दुवैथरी रक्सी चढाउँदा आफ्नो यात्रा सफल होस् भन्ने कामना गरिन्छ। 'विवाहको बारात जानुअघि दुलाहाको घरबाट विशेष किसिमको पाहुर (कोसेली) लगिन्छ, जसलाई 'पर्छे जइना' भनिन्छ। त्यो लग्दा पनि अनिवार्य रूपमा मद वा दारू लगिएको हुन्छ,' सर्वहारीले भने, 'विवाह भएको वर्ष दुलाहाले दुलहीको घरमा विभिन्न किसिमका सामग्री लिएर जानुपर्छ, जसलाई 'जेउरालगेना' भनिन्छ। त्यसमा आफ्नै हातले बुनेको पंखाका साथै कुर्सीजस्तो मचिया, गुन्द्रीसहित मद पनि लग्नुपर्छ।' थारूहरू कबिला अर्थात् समूहमा बस्न रूचाउँछन्। उनीहरू एक्लै बस्न नरूचाउने भएकाले नजिक नजिक घर बनाउँछन्। उनीहरूलाई गाउँको संरक्षण गर्ने अगुवा चाहिन्छ, जसलाई 'बरघर' भनिन्छ। ठाउँअनुसार यसलाई महटाँवा, ककनदार, प्रधनवा, भलमन्सा पनि भनिन्छ। थारू समुदायमा बरघर अर्थात् गाउँका अगुवाको विशेष महत्व हुन्छ। उनी थारू समुदायका मेरूदन्ड हुन् भन्दा फरक पर्दैन। उनले गाउँघरमा शान्ति, सुव्यवस्था कायम राख्नुसँगै न्यायिक निर्णय पनि गर्छन्। गाउँघरमा झैझगडाको छिनोफानो होस्, बाटोघाटो, कुलो बाँध बनाउनुपर्ने होस् वा पूजा, बिहे र भोजका लागि स्वयंसेवक खटाउनुपर्ने होस्; त्यसमा बरघरको भूमिका महत्वपूर्ण हुन्छ। गाउँलाई एक सूत्रमा बाँध्दै सामाजिक, सांस्कृतिक र न्यायिक कामको नेतृत्व पनि बरघरले नै गर्छन्। त्यही भएर सही नेतृत्व गर्नसक्ने पोख्त व्यक्तिलाई बरघर बनाइन्छ।                                                                                                                                               तस्बिर: यम चौधरी थारू समुदायले लामो समयदेखि मान्दै आएको बरघर प्रथालाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कानुनी मान्यता दिएको छ। नगरपालिकाले बरघर संस्था परिचालन ऐन २०७८ नै पारित गरेको छ। शुक्लाफाँटाभन्दा अघि बर्दियाको बारबर्दिया नगरपालिकाले पनि यो प्रथालाई कानुनी मान्यता दिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक वर्ष २०८०/८१ को आफ्नो वार्षिक नीति तथा कार्यक्रममा थारू समुदायको बरघर प्रथालाई प्रवर्द्धन र संरक्षण गर्ने जनाएको छ। यसबाट थारू समुदायमा बरघर प्रथाको महत्व कतिसम्म छ भन्ने थाहा हुन्छ। '२००७ सालअघि तराईका थारूबिना राज्यको कुनै काम चल्दैनथ्यो। धनी वर्गका थारूहरू राज्य र प्रजाबीचका मध्यस्थकर्ता थिए। उनीहरू राज्यको कर उठाउँथे। स-साना मुद्दामामिला हेर्थे र विविध प्रशासनिक कामहरू पनि गर्थे। यो काम दाङको प्रगन्नाका चौधरीहरूले गर्ने गरेको पाइन्छ,' सर्वहारीले भने, 'त्यस्ता अगुवा चौधरी हाल एउटै गाउँको अगुवा बरघरमा सीमित भए। यसले थारूहरूको परम्परागत प्रणालीको ढुकढुकी जोगाइराखेको छ।' गाउँको अगुवापछि थारूहरूलाई धामी–झाँक्री वा गुर्वा पनि उत्तिकै चाहिन्छ। कुनै रोग नलागोस् र महामारी नहोस् भनेर संरक्षकका रूपमा उनीहरू गुर्वाकहाँ जान्छन्। 'जाँड नमिठो भयो भने गुर्वासँग अक्षता हेर्न लगाउने र मन्त्र फुकाउने चलन पनि छ,' सर्वहारीले भने। थारू समुदायले दसैंमा सेतो टीका लगाउँछन्। दसैंमा उनीहरू बरघरको घरमा टीका थाप्न जान्छन्। त्यस बेला करहई (माटोको सानो भाँडा) मा मद कोसेली लानुपर्छ। 'दसैंमा बरघरसँगै गुर्वाकहाँ टीका थाप्न जाँदा रक्सी लैजानुपर्छ,' सर्वहारीले भने, 'पहिले हाम्रो समुदायमा कमैया प्रथा थियो। त्यस बेला कमैयाहरू मालिकको घरमा टीका थाप्न जान्थे। त्यति बेला पनि रक्सी लिएर जानुपर्थ्यो। कमैया प्रथा अहिले छैन। गुर्वा, धामी र बरघर प्रथा भने कायम छ।' बरघरको भूमिका गाउँको झगडा मिलाउन पनि उत्तिकै हुन्छ। 'दुई पक्षबीचको झगडा मिल्यो भने दुवै पक्षले बरघरका अगाडि एक-एक बोतल मद राख्नुपर्छ। त्यसलाई उनी झगडा भएका दुवै पक्षसँग बसेर खान्छन्,' सर्वहारीले भने, 'यसरी खानपिन गर्दा अबबाट हामी झगडा गर्दैनौं भनेर बरघरलाई साक्षी राख्ने चलन छ।' इन्दु थारूका अनुसार उनको घरमा मान्ने दसैं हिन्दुहरूको भन्दा फरक छ। 'दसैंमा ठूलाबाट टीका थाप्ने र दक्षिणा लिने चलनबारे मैले स्कुलमा निबन्धहरू पढेर थाहा पाएकी हुँ,' उनले भनिन्, 'हाम्रो चलनमा दसैंमा पितृहरूको सम्झना गरिन्छ। आफ्नो देवतालाई पूजा गरिन्छ। पूजामा विभिन्न सामान चढाइन्छ, जसलाई पछि नदीमा लगेर सेलाउनुपर्छ।' उनले अगाडि भनिन्, 'दसैंको समयमा एक दिन डुतिया हुन्छ, जसमा आकाशको चन्द्रमा हेरिन्छ। बेलुका सबै जना सडकमा निस्किएर आकाशको खुर्पे चन्द्रमा हेर्छन्। दसैंको एकदिन पैनस टोपी धुने भनिन्छ। त्यस बेला आफ्नै हातले बनाएको पैनस टोपी अर्थात् ढिक्री उसिन्ने ढकिया धोइन्छ। अर्को दिन ढिक्री पकाइन्छ। टीकाको दिन सेतो टीका लगाइन्छ। हिजोआज कतिपयले रातो टीका लगाउने र पैसा दिने चलन पनि सुरू भइसक्यो, जुन हाम्रो आफ्नो चलन होइन।' रक्सी धेरै चाहिने अर्को मुख्य परम्परा 'माघ' हो। थारू समुदायलाई माघको एक महिना विशेष महत्वको हुन्छ। पुसको अन्तिम दिन उनीहरू रातभर एकैठाउँ भेला भएर गीत गाउँछन्। नाचगान गर्छन्। माछा-मासु लगायत परिकार खान्छन्। अर्को दिन नजिकैको नदी वा खोलामा नुहाएर माघ १ लाई स्वागत गर्छन्। माघ १ लाई थारूहरू नयाँ वर्षका रूपमा मनाउँछन्। यो महिनाभरि उनीहरू शुभकामना र आशीर्वाद आदानप्रदान गर्छन्। सरसफाइ र खानपिन गर्छन्। आगामी दिनका योजना बनाउँछन्। आफ्नो ठाउँका बरघरको चयन पनि गर्छन्। 'हाम्रोतिर एक महिनै माघ मनाइन्छ। एक गते चाहिँ विशेष हुन्छ। बिहानै उठेर नुहाउने, नाच्ने, गाउने, जाँड-रक्सी खाने गरिन्छ,' इन्दु थारूले भनिन्, 'एक महिनासम्म हामी आफन्तकहाँ पाहुना भएर आउजाउ गर्छौं। त्यही भएर माघमा सबभन्दा धेरै जाँड-रक्सी खान्छौं।' माघमा छोरीचेलीलाई कोसेली दिने चलन पनि छ, जसलाई 'निसराउ' भनिन्छ। बिहान नुहाएर आइसकेपछि चामल, दालका साथमा निसराउस्वरूप नगद र लुगाफाटो उपहार दिइन्छ। विवाह भइसकेका छोरीबेटीले आफ्ना दाजुभाइलाई ढिक्री, सुँगुरको मासु लगायत खानेकुरासँग गुलियो जाँड र रक्सीले सम्मान गर्छन्। गीतमा समेत यो प्रसंग भेट्न सकिन्छ — 'आझु आझु कैले रे डाडु आजु नहि अइले रे, सखि रे! भुरि करैयक मडिया गैइला रे अमलाइ...' अर्थात्, 'आज आज भन्दै धेरै दिन पर्खिएँ दाजु तर तिमी आएनौ तिम्रो प्रतिक्षा गर्दागर्दै कराईमा राखेको मद पनि अमिलो भयो।' हिजोआज 'माघ' पर्वलाई धेरैले 'माघी' भनेर चिन्छन्, जुन गलत भएको इन्दु बताउँछिन्। 'हामी त माघ भनेरै मनाउँछौं। हाम्रो गाउँतिर पनि सबैले माघ नै भन्छन्। तर पढेलेखेका भनिने अन्य समुदायले हाम्रो शब्द बिगारिरहेका छन्। त्यसो हुनु भनेको हाम्रो मौलिक शब्द र संस्कृतिमाथि प्रहार हो,' उनले भनिन्। माघलाई माघी बनाएजस्तै थारू समुदायका अन्य नाम पनि फरक सम्बोधन हुँदै आएको छ। जस्तो, बरघर शब्दलाई बडघर, घोराघोरी ताललाई घोडाघोडी, अटवारी पर्वलाई अइटवारी र कटैनी नदीलाई कटनी भनिन्छ। यस्ता उदाहरण अरू पनि थुप्रै छन्। थारूहरूको शब्द र संस्कृतिसँगै उनीहरूका खानेकुरासमेत सरकारी तहले प्रवर्द्धन नगरेको र अपहेलना गरेको इन्दुको गुनासो छ। 'हामीले खाने घोंगी, सुँगुर लगायत खानेकुरालाई निच मानेर अपहेलना गरियो। हामी त घोंगी खान्छौं, तर शंखेकीरा खाने थारू भनेर हामीलाई हेपिन्छ। माओवादी र पुलिसहरूले हामीले खाने जाँड घर-घरमा आएर फाल्ने गरेका छन्,' उनले भनिन्, 'थारूहरूलाई जाँड खाने समुदाय भनेर पनि हेला गरिएको पाइन्छ।' उनले अगाडि भनिन्, 'खानै नहुने भए त मेरी हजुरआमाले हजुरबुवालाई जाँड बनाएर खुवाउनु हुन्थेन होला नि! हामीले बनाएको जाँड-रक्सी फाल्ने, अनि विदेशी लेबल लागेको चाहिँ बेच्न दिने कहाँको न्याय हो? आदिवासीले बनाएको अयोग्य र पुँजीपतिहरूले बनाएको योग्य भन्ने पनि कहीँ हुन्छ र?' सरकारी मान्यता नपाए पनि थारू समुदायमा जाँड-रक्सीको महत्व अन्य आदिवासी समुदायमाझैं छ। जाँड-रक्सी खेतमा काम गर्नेलाई पनि उत्तिकै आवश्यक मानिन्छ। एकाबिहानै खेतमा गोरू जोत्न जानुछ भने उनीहरू खाजासँगै जाँड-रक्सी खान्छन्। दिउँसो र बेलुकाको खाजासँग पनि जाँड-रक्सी खान्छन्। कृष्णराज सर्वहारीका अनुसार बिहानको खाजालाई 'बासी', बिहानको खानालाई 'कलवा', दिउँसोको खाजालाई 'मिझ्नी' र बेलुकाको खानालाई 'बेरी' भनिन्छ। 'थारूहरूले जुनसुकै बेला जाँड-रक्सी खाएको देख्नुभयो भने त्यसलाई ठूलो कुरा नमान्दा हुन्छ,' सर्वहारीले भने, 'यसले जिउ फुर्तिलो राख्छ र काम गर्ने शक्ति दिन्छ। खेतमा काम गर्ने मान्छेलाई जति नै पैसा दिए पनि जाँड-रक्सी दिइएन भने उनीहरू साँझको खानासँग त जसरी पनि चाहिन्छ भनेर गुनासो गर्छन्। जाँड-रक्सी नदिने घरमा त उनीहरू काम गर्न पनि चाहँदैनन्।' अतिथिहरूको सम्मान गर्दा पनि तातो चियाभन्दा चिसो चिया अर्थात् जाँड-रक्सी खुवाएर स्वागत गर्नुले अर्थ राख्छ। थारू समुदायमा जाँड पनि रक्सीजस्तै लोकप्रिय छ। तर कोसेली र अतिथि सत्कारमा जाँडभन्दा रक्सी नै चाहिन्छ। 'पाहुनाहरू आए भने अनिवार्य रूपमा रक्सी दिने चलन छ। हामी आफू बरू जाँड खान्छौं, तर पाहुनालाई सकेसम्म रक्सी नै दिन्छौं,' सर्वहारीले भने, 'पाहुनालाई चिया दिएर स्वागत गर्नुपर्‍यो भने थारूहरू आफूले आफैंलाई अपमान गरेको ठान्छन्। त्यति टाढाबाट आएको मान्छेलाई राम्ररी सम्मान गर्न सकिएन भनेर नराम्रो महसुस गर्छन्।' जाँडको झोललाई थारू समुदायमा 'झोर' भनिन्छ। जाँडको तुलनामा रक्सीको महत्व भए पनि अनदी चामलको जाँड दिइएको छ भने त्यो सम्मान गरेर दिएको भन्ने बुझिन्छ। 'अनदीको विशेषता के हो भने यो एकदमै गुलियो हुन्छ। त्यही भएर महिलाहरूले पनि खान रूचाउँछन्। भर्खर जाँड खान सिक्दै गरेका सिकारू छन् भने पनि अनदीको जाँड चखाइन्छ,' सर्वहारीले भने। थारू समुदायमा कतिपयले जाँड बनाउन भनेरै अनदीको धान रोप्छन्। अरू धान बेचे पनि यसलाई बेच्दैनन्। हिजोआज अनदीको धान लोप हुँदै जान थालेकाले बेच्ने क्रम घट्दै गएको छ। यसको बिउ मासिन लागेकाले केही गाउँपालिकाले प्रवर्द्धन गर्दै अनुदान दिन थालेका छन्। थारू समुदायमा अनदीको चामलबाटै बनाइने 'चिचर' पनि प्रख्यात छ। भिजाएको अनदी चामललाई वाष्पीकरण गरेर यो परिकार पकाइन्छ। विशेषगरी जाडोमा खाने चिचर हिजोआज थारू होमस्टेको प्रख्यात खानेकुरा बन्दै गइरहेको छ। 'अनदी चामलको भात खाएपछि यसले जिउ र गोलीगाँठो दुख्ने समस्या निको हुन्छ भन्ने भनाइ छ। त्यसो भन्दैमा धेरै भने खानु हुन्न। हाम्रोमा एक डल्लोभन्दा बढी खानु हुन्न भन्ने मान्यता छ,' सर्वहारीले भने। थारूहरूले रक्सी बनाउने भाँडा तलदेखि माथिसम्मै माटोको हुन्छ। तलको भाँडालाई 'गुम्रा', बीचलाई 'डोरिया' र माथि पानी हाल्ने र निकाल्ने भाँडालाई 'निर्कना' भनिन्छ। उनीहरूकोमा रक्सी वाष्पीकरण भएर भित्र राखिएको बीचको भाँडामा जम्मा हुँदैन। बरू बीचमा एउटा टुटी जोडिएको हुन्छ, जसलाई 'डोरिया' भनिन्छ। त्यही टुटीबाट रक्सीको थोपा बाहिर आउँछ र भाँडामा जम्मा गरिन्छ। थारू समुदायमा महुवाको रक्सीलाई विशेष मानिन्छ। महुवा यस्तो वनस्पति हो, जसको फल, फूल, पात, बोक्रा र जरासम्म खान र औषधि बनाउन मिल्छ। यसको फूलबाट भने रक्सी बनाइन्छ, जसमा आइरन लगायतका औषधीय गुण बढी हुने मान्यता छ।                                                                                                                                             तस्बिर: यम चौधरी 'महुवाले जिउ दुखेको निको पार्छ भन्ने बुझाइ छ। यसलाई जाडोमा खान भने त्यति उपयुक्त मानिन्न। किनभने, यसले सर्दी लगाउन सक्छ। तर यसलाई विशेष खालको मद मानिन्छ,' सर्वहारीले भने। महुवाको बोट जंगलतिर मात्र पाइने भएकाले यसको फूल खोजेर ल्याउन दुःख हुने उनी बताउँछन्। 'अन्नको रक्सी त जसरी पनि बनाउन सकिने भयो, तर महुवाको बोट हाम्रोतिर नरोपिने भएकाले निकै दुःखले खोजेर ल्याउनुपर्छ,' उनले भने। थारू संस्कृतिसँग महुवा अभिन्न रूपले जोडिएकाले यस वर्षदेखि विभिन्न गाउँपालिका र नगरपालिकाले महुवाको बोट रोप्नुपर्छ भनेर सामुदायिक वनहरूसँग वृक्षारोपणमा सहकार्य गरेका छन्। खासगरी बर्दिया र कैलालीमा यो अभियानकै रूपमा अगाडि बढेको सर्वहारीले बताए। जाँड-रक्सी बनाउने काम विशेषगरी महिलाहरूले गर्छन्। सर्वहारीकी श्रीमतीलाई पनि यो सीप आउँछ। इन्दुकी आमा र हजुरआमालाई पनि आउँछ। त्यो सीप आफ्नो पुस्तासम्म नपुग्नुलाई इन्दु दुर्भाग्य मान्छिन्। 'जाँड-रक्सी बनाउने काम महिलाको सीपसँग जोडिएको छ। कसरी बनाउने, औषधि कति हाल्ने, पानी कति हाल्ने लगायत ज्ञान चाहिन्छ,' उनले भनिन्, 'अलिकति तलमाथि भयो भने सबै बिग्रन्छ। त्यो ज्ञान मसँग छैन भन्दा मलाई नराम्रो लाग्छ।' उनले अगाडि भनिन्, 'जाँड-रक्सी खानु नराम्रो हो भनेर अपहेलना गर्दै गयौं भने हामीले हाम्रो संस्कृतिसँग अभिन्न रूपले जोडिएको यो पेय गुमाउन धेरै समय लाग्दैन।' सेतोपाटीबाट  

रेशम चौधरीले लिए नागरिक उन्मुक्ति पार्टीको कार्यकारी अधिकार

रेशम चौधरीले लिए नागरिक उन्मुक्ति पार्टीको कार्यकारी अधिकार

११२३ दिन अगाडि

|

१५ असोज २०८०

धनगढी ।  नागरिक उन्मुक्ति पार्टीको सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशम चौधरीलाई दिने निर्णय भएको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार चौधरीलाई दिने निर्णय गरेको हो । हाल सो पार्टीको अध्यक्ष रञ्जिता चौधरी भएपनि  बैठकले प्रथम महाधिवेशन आयोजक समितिको संयोजकसमेत दिँदै चौधरीलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरेको हो ।  बैठकको निर्णयअनुसार पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस २६ देखि २८ गतेसम्म कैलालीको टीकापुरमा हुने भएको छ । यस्तै, महाधिवेशन तयारीका लागि विभिन्न १५ वटा उपसमिति समेत गठन गरिएको छ । बैठकको निर्णयानुसार आर्थिक समितिमा प्रतिनिधि सभा सदस्य गंगाराम चौधरी, प्रचार प्रसार समितिमा ठाकुरसिंह थारु, भान्सा व्यवस्थापन समितिमा रामेश्वर चौधरी, मञ्च व्यवस्थापन समितिमा घनश्याम चौधरीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै, साँस्कृतिक तथा झाँकी समितिमा लक्ष्मण किशोर चौधरी, अतिथि सत्कार समितिमा धर्म बहादुर चौधरी, स्वयंसेवक समितिमा इन्दिरा गिरी, स्वास्थ्य सेवा समितिमा डा सरोजसिंह चौधरी, आवास समितिमा रामलाल डंगौरा थारु, निर्वाचन समितिमा दामोदर पण्डित, राजनीतिक प्रतिवेदन मस्यौदा समितिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ । 

अन्य समुदायको तुलनामा खुसी र सुखी छन् थारू ज्येष्ठ नागरिक

अन्य समुदायको तुलनामा खुसी र सुखी छन् थारू ज्येष्ठ नागरिक

११२३ दिन अगाडि

|

१४ असोज २०८०

परिचय  नेपालमा बसोबास गर्ने विभिन्न जनजातिमध्ये थारूहरू एक प्रमुख आदिवासी जनजाति हुन् । थारू शब्दको ब्युत्पत्ति र अर्थका सम्बन्धमा विभिन्न तर्क दिएको पाइन्छ । कसैले संस्कृतको ‘स्थास्नु’ शब्दबाट, कसैले बुद्ध धर्मको एक शाखा स्थबिरको ‘स्थेर’ शब्दबाट, कसैले ‘स्थुर’ शब्दबाट, कसैले थारूहरू ‘थारो’ (तला नपाटेको घर) मा बस्ने हुनाले ‘थारो’ शब्दबाट र कसैले रैथाने अर्थमा ठालु (ग्राम प्रमुख) शब्दबाट यसको उत्पत्ति भएको मान्दछन् (थारू, २०६९ः २७) ।  मातृकाप्रसाद कोइरालाले (उद्. सिंह मौन, २०२५ः १०–११) थारू जाति राजस्थानको थारबाट आएको भनेका छन् । त्यस्तै, ईश्वर बरालका अनुसार (२००४ः ४३) भारतको सिन्ध र राजस्थानको थार म?भूमिबाट आएका हुनाले थारू भनिएको हो । जनकलाल शर्मा र कृष्ण वम मल्लका अनुसार (२०१४ः १९) पनि शाक्य बंशीहरूमा स्थबिरबादी सम्प्रदायका मानिसहरू ‘स्थबिर’ कहलिन्थे र यसैको बिकृत रूप थारू भएको हो । टेकनाथ गौतमका अनुसार (२०४४ः १) थारू शब्द संस्कृतबाट आएको हो । उनका अनुसार संस्कृत ब्याकरणमा ‘थर्व’ धातु पुलिङ्ग, एकबचनमा ‘थर्वाण’ स्त्री लिङ्गमा ‘थर्वणी’ प्रयोग हुन्छ । यसरी थर्वावाट ‘थारू’ र थर्वणीबाट ‘थ?नी’ भएको हो । थर्वाको अर्थ एक ठाउँबाट अर्काे ठाउँमा सर्नु अथवा स्थायी घरवार बनाएर नबस्ने हो ।  डोरबहादुर विष्टका अनुसार (विष्ट, सन् २००२, पुनर्मुद्रित सन् २००६ः ४१) आजसम्म कुनै पनि थारूले न सीमापारिको भारतलाई नजिकको ठान्छ, न पहाड उक्लेर आफ्नो भाग्य नै अजमाउन खोजेको छ । यति ठूलो बथान भईकन पनि आफ्नो माटो, पानी र वरिपरिका जङ्गलसँग नङ र मासुजस्तै गरी गाँसिएको जीवन अ? कुनै पनि जातिको छैन होला । यसरी थारू नेपालको सबैभन्दा पुरानो आदिवासी जनजातिमध्ये एक हो । तराईको जनसंख्याको एक प्रमुख स्थान ओगटेका थारूहरू विभिन्न भौगोलिक क्षेत्रहरूमा फरक फरक किसिमको आ–आफ्नै प्रकारको भाषा, वेशभूषा, रहनसहन, संस्कार, मूल्यमान्यता, सांस्कृतिक रितिरिवाज आदि अंगालेको पाइन्छ । थारूहरूको मूल थलो दाङदेउखुरी जिल्लाई मानिन्छ । नयाँ मुलुक भनेर चिनिने बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लामा थारूहरू दाङदेउखुरीबाटै गएका हुन् । थारूहरू नेपालको पूर्बी क्षेत्र झापा, सुनसरी, मोरङमा पनि पश्चिमबाटै बसाइ सराइ गरेर आइ बसेका हुन् भन्ने विभिन्न तथ्य प्रमाणित हुन्छ (थारू, २०६९ः ४४) । बसाई सराईका क्रममा दाङबाट तराईको पूर्वी भूभाग कपिलबस्तु, रूपन्देही, सिरहा आदि विभिन्न ठाउँमा बसोबास गर्दै आए, जसले गर्दा स्थानैपिच्छे थारूहरूको भाषा पनि फरक रहेको छ । नेपालको संविधान २०७२ ले थारू जातिको समस्या पहिचान गरी समस्या समाधानका लागि थारू आयोग समेत बनाई उनीहरूलाई विशेष मान्यता दिएको छ । नेपाललाई हाल ७ वटा प्रदेशमा विभाजन गरिएको छ । ती ७ वटै प्रदेशमा थारू सुमदायको बसोबास रहेको छ । २०६८ को जनगणना अनुसार थारू जातिको जनसंख्या १७ लाख ३७ हजार ४७० रहेको छ ।   कृषि पेशामा संग्लग्न थारू समुदाय धनको गरीब भए पनि मनका धनी छन् । उनीहरूले अझै पनि विभिन्न मौलिक चाडवाड, संस्कृति जोगाएका छन् । यी मौलिक चाडवाड, संस्कृति जोगाउन ज्येष्ठ नागरिकहरूको ठूलो महत्व रहेको छ ।  थारू समुदायको नयाँ वर्ष माघीको अवसरमा गाइने ढमार गीत होस् या कृष्णजन्माष्टमीको अवसरमा गाइने अस्टिम्किक् गीत होस्, यी ज्येष्ठ नागरिकहरूको मुखारबिन्दुबाट मात्रै सुनिन्छ । युवाहरूले मौलिक गीत बिर्सिदै गएका छन् । अहिले पनि संयुक्त परिवारमा बस्न ?चाउने थारू समुदायका ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने संस्कार निकै पहिल्यैदेखि चली आएको छ । थारू युवाहरूले विभिन्न पेशा व्यवसाय अपनाउन थाले पनि थारू ज्येष्ठ नागरिकहरू अझै पनि कृषिकर्ममै लागेको देखिन्छ । त्यसैले छोराबुहारी विविध पेशाले सहर पसे पनि ज्येष्ठ नागरिकहरू गाउँ छाड्न मान्दैनन् । किनकी सहरमा खेती गर्ने ठाउँ नै हुँदैन । प्रस्तुत आलेख थारू जातिको धर्म, संस्कार, खानपान, उपचार पद्धति लगायत विविध पक्षमा चर्चा गर्दै समग्रमा ज्येष्ठ नागरिकको अवस्थाबारे केन्द्रित छ ।  थारू धर्म र ज्येष्ठ नागरिक थारूहरूको धर्म कुन हो ? यस बारेमा थारूहरू स्वयम् अन्यौलमा छन् । जनगणननामा प्रायःले हिन्दू धर्म नै लेखाउने गरेका छन् । तर थारूहरूले मान्ने धर्म र पुज्ने देवताहरू, उनीहरूका पूजाविधि तथा गु?वा अथवा भर्रा भन्ने पुरोहितलाई हेर्दा उनीहरूमा हिन्दू धर्मको प्रभाव ज्यादै कम परेको देखिन्छ (विष्ट, सन् २००६ ः४६) । थारू कल्याणकारिणी सभाले २०६८ सालको जनगणनामा सम्पूर्ण थारूहरूलाई बौद्ध धर्म लेखाउन आह्वान गरेको थियो । हाल पूर्वी भेगका केही थारूहरू बौद्ध धर्मसँग नजिकिए पनि पश्चिममा थारूमा बौद्ध धर्मप्रति झुकाव निकै कम छ । पश्चिमका कम संस्कृतकरण (हिन्दूकरण) भएका राना, डंगौरा र अ? थारूहरूका सांस्कृतिक प्रचलनहरू वौद्ध धर्मसँग मेल खाएको देखिदैन । उनीहरूका प्रचलनहरूलाई वौद्ध धर्मभन्दा लोक धर्म मान्न सकिन्छ (विष्ट २०६३ ः५३) । आफूले उब्जाएको खाना खानु अघि प्रकृतिलाई चढाउने भएकोले थारूहरूले प्राकृत धर्म अंगालेको देखिन्छ ।  थारूहरूले पाँच पाण्डव, शिव, पार्वती, कृष्ण भगवानप्रति बढी आस्था राख्छन् । तर समग्रमा उनीहरूले पूजाआजा गरेको तौरतरिका हेर्दा प्रकृतिपूजक लाग्छन् । किनकी उनीहरूले सिचाईको लागि कुलोको मुहानमा जलदेउताको पूजा गर्दछन् । जंगलबाट काठ, दाउरा, पात, जडिबुटी लिन जाँदा अनिवार्य बनस्पति पूजा गर्दछन् । किरा फट्यांग्राले बाली नोक्सान नग?न्, खेती हरियो भरियो भइरहोस् भनेर हरेरी पूजा गर्दछन् । अन्नबाली भित्र्याउँदा आफूले खानु अघि प्रकृतिलाई चढाउँदै लवांगी पूजा गर्दछन् । उनीहरूको देवथानमा देवताको स्व?प काठ अनि माटोको हुन्छ । प्रकृतिको पूजाआजाबाट सम्पूर्ण प्राणी वर्गको हित हुनेमा उनीहरू विश्वास राख्दछन् । यी विभिन्न पूजाआजा गर्नमा घरमूलीका ?पमा रहने घरको ज्येष्ठ नागरिकको विशेष भूमिका रहन्छ ।   थारूका सौँरा, मैया, खेँखरी, चुरिन्याँ, बेँटुक लाठी, गुर्बाबा, घोरवा, ढमराज, सौटन्या, जख्वाजखिन्या, लगुवासु, गंगाधरी, गोहुवा आदि देवताहरू रहेका छन् । त्यस्तै सामूहिक रूपमा पूजा गरिने गाउँको देउथान मरूवामा राखिएका देवताहरूमा पाँच पाण्डव, मुढा, बहिरा रक्सा, मरिवा, बघ्रसी, लोहरा, महटिनिया आदि रहेका छन् । प्रत्येक थारू घरको पूर्व उत्तर कोठामा डेहुरार (देउता कोठा) हुन्छ । तर आधुनिक घर बन्ने क्रमसंगै डेहुरार नै लोप हुने स्थितिमा पुग्दैछ । यसरी ज्येष्ठ नागरिकहरूको मरणसंगै थारू समुदायमा परम्परागत पूजाआजाको चलन पनि हराउन थालेको छ ।  थारू समुदायमा धर्म र ज्येष्ठ नागरिक बीच अटुट सम्वन्ध छ । विभिन्न पूजाआजामा घरका युवा सदस्यहरूले अनदेखा गर्दा कमसेकम आफू बाँच्दासम्म त पूजा नरोक भन्दछन् । स्वदेश तथा विदेशका धार्मिक तीर्थस्थलहरूमा घुमघाम गर्ने, पूजा गर्ने परम्परा भने थारू समुदायमा खासै छैन ।  थारू जातिको मुख्य पेशा कृषि भएकाले यिनीहरूको धर्मकर्म, पूजापाठ पनि कृषिकेन्द्रित छन् । खेतीपातीमा खटिरहने भएकोले यो जाति शारीरिक रूपमा एकदमै बलिया हुन्छन् । ६÷७ वर्षको उमेरदेखि भेंडाबाख्रा चराउन सु? गरेको एक थारू बुढो भएपछि फेरी त्यही गोठालो पेशा नै अंगालेको देखिन्छ । त्यसैले, थारू समुदायमा हरवाह बन्नु चरवाह नबन्नु भन्ने कहावत नै छ । कृषिमा आधुनिकीकरण बढ्दै गएपछि खेत जोत्न टे«क्टर आउँदा पशुपालन कम भएको छ । यसले गर्दा गोठालो जिन्दगीबाट केही हदसम्म थारू ज्येष्ठ किसानहरू छुटकारा पाएको देखिन्छ । तर नजिकको तरकारी बारीमा गोडमेल गर्ने, पूजापाठ गर्नलाई बाबरी, तुलसी रोप्ने गरिरहेको देख्न सकिन्छ । हातखुट्टाले साथ दिएसम्म कृषिकर्ममै दिलोज्यान दिने भएकाले थारू ज्येष्ठ नागरिकहरूको काम नै पूजा देखिन्छ ।  कोही पढेलेखेका थारू ज्येष्ठ सदस्यहरू भने रिटायर्ड जिन्दगीपछि सामाजिक काममा खटेका देखिन्छन् । एकदमै बृद्ध भएर काम गर्न नसक्ने अवस्थामा घरकै मान्छेले नै रेखदेख गर्ने गर्छन् । थारू समाजमा एउटा सबैभन्दा ठूलो संस्कार भनेको उनीहरूले कहिल्यै आफ्ना बा आमालाई बृद्धाश्रम पठाउदैनन् । दुःख सुख गरेर जतिसक्यो आफै स्याहार सुसार रेखदेख गर्छन् । अझै पनि थारूहरू संयुक्त परिवारमा बस्ने भएकाले बुढ्यौलीमा ज्येष्ठ नागरिकले स्याहारसुसार पाएका हुन्छन् । घर छुट्टाभिन्न भएमा कान्छा छोराले बाआमालाई स्याहार्छन् । घर छुट्टाभिन्न भएमा पूजापाठ गर्ने मूल देउता भने जेठो छोराले लान्छन्  र पूजापाठ गर्ने परम्परा जोगाउँछन् । ज्येष्ठ नागरिकका सांस्कृतिक, सामाजिक पक्ष परापूर्वकालदेखि हाम्रा पूर्खाहरूले आफ्नो ज्ञान सीप र क्षमताबाट सिर्जना, संरक्षण एवं पालना गरी हामीलाई छाडेर गएका र हामीले पनि निरन्तर रूपमा तिनको प्रयोग उपयोग, परिमार्जन, संशोधन, संरक्षण एवं पालना गर्दै आएका जीवनशैली तथा हाम्रो पहिचान नै संस्कृति हो । मानिसले रचना गरेका सिर्जना र पालना गर्दै आएका संस्कारहरूलाई समग्रमा संस्कृतिका रूपमा सम्वोधन गर्ने गरिन्छ (खत्री, २०७०ः ६) ।  थारू जातिका विशेष पर्वहरूलाई रमाइलो, गुञ्जायमान तथा हर्षाेल्लासपूर्ण बनाउनको लागि गरिने विभिन्न नाचलाई जीवन्तता प्रदान गर्ने थरिथरिका गीतहरू रहेका छन् ।    थारूहरूले मनाउने मुख्य चाडपर्वहरूमा माघी, गुरही, हरडहुवा, अटवारी, अस्टिम्की, डस्या, डेवारी, ढुरहेरी आदि रहेका छन् । केही चाडबाहेक सबैमा गीत, नाच हुन्छ ।  माघीको अवसरमा नुहाएर आएपछि घरमा छुट्याएर राखिएको आफ्नो भागको चामल, दाल र नुन छोएर बुबा आमाको साथै आफूभन्दा ठूलासँग ढोग गरी आशिक लिइन्छ । यसरी आशिक लिएमा वर्ष दिनको पाप हटेर जान्छ भन्ने मान्यता रहेको छ । यसरी पुर्खाहरूको सम्मान गर्नुपर्छ भन्ने चलन ज्येष्ठ नागरिकहरूले चलाएका छन् ।  माघीमा गाउँको अगुवा बरघर चुन्ने चलन थारू समुदायमा यथावत छ । बरघर चुन्दा प्रत्येक घरका ज्येष्ठ सदस्यहरू उपस्थित रहन्छन् । बरघरको ख्याल (बैठक)ले गाउँमा नियम, दण्ड सजायको नियम पारित गर्छ । गाउँलेहरूले बनाएको नियम पहिले मौखिकमा सीमित हुने गरेकोमा अब लिखित हुन थालेको छ । माघीमा गाउँ सञ्चालनको बैठक मात्रै हुँदैन, घर सञ्चालनको पनि बैठक हुन्छ । प्रायः घरमुली जेठोबाठो नै हुन्छन् तर परिवारका सदस्यले न?चाए ज्येष्ठ सदस्यले कनिष्ठलाई पनि घरमुली सुम्पिन सक्छन् । यसरी थारू ज्येष्ठ नागरिकहरूले परिवारदेखि गाउँ समाजको परिपाटी बाँध्ने लोकतान्त्रिक विधि अपनाएको देख्न सकिन्छ ।  अस्टिमकी, डस्या, डेवारीमा गाइने नाचको लागि महिला ज्येष्ठ सदस्यहरूले गीत सिकाउँछन्, जसलाई ‘मोह्रिन्या’ भनिन्छ । त्यस्तै मादल बजाउन सिकाउने पु?ष ज्येष्ठ सदस्यहरू हुन्छन्, तिनलाई ‘अगुवा मन्डरिया’ भनिन्छ । यसरी ज्येष्ठ सदस्यहरूले गीत, संगीत पुस्तान्तरण गरेर संस्कृति जोगाउन अथक प्रयास गरेका छन् । थारू लोकजीवनमा सजना, मैना, होरी, अष्टिम्कीक्, सख्या, सुर्खेल, ढमार, मघौटा, बरमासा, रटनचवा, डिननचवा, बिरहैन जस्ता लोकगीत छन् । थारू समुदाय गीत सङ्गीतमा निकै समृद्द छ । यस जातिको बर्र्षैभरि हरेक महिना र पहरमा समेत गाउने गरी विभिन्न खालका गीतहरू रहेका छन् (पञ्जियारः २०५५ः १६) । थारू लोकसाहित्य कथ्य रूपमा अति नै सम्पन्न छ । ‘गुर्बाबक् जन्मौटी’ (थारू लोकब्रम्ह पुराण) ‘फुलवार’ (थारू लोक शिव पार्वती पुराण) ‘राम बिहग्रा’ (थारू लोक रामायण) ‘बर्किमार’ (थारू लोक महाभारत), ‘हिँउटी’, साँची, कहरा, जोगिन्या, माधो–सुन्दरी आदि थारू समुदायको जनजिब्रोमा झुण्डिएको छ (चौधरी २०६७ः ३४) । यी लोककाव्य, लोकगीत ज्येष्ठ नागरिकहरूले भाका हालेर गुन्गुनाउँछन् । ज्येष्ठ नागरिकहरूले नै मौखिक रूपमा जोगाउँदै ल्याएर यसको लिखित रूपमा दस्तावेजीकरण समेत हुँदै गएको छ ।  त्यस्तै, थारू समुदायमा गु?वा÷गुरौहरूको धार्मिक र सामाजिक कार्यहरूमा विशेष भूमिका रहने गर्दछ । घरायसी पूजाआजा बाहेक गु?वा विना धार्मिक क्रियाकलाप सम्भव हुन्न । ढकेहेर थरहका थारूहरू मन्त्रलाई जीवन्त राख्ने एक समुदाय हुन् । आम थारू समुदायमा फूलवारलगायत काव्य लोकगीतको रूपमा गाइने गरिएकोमा  ढकेहेरले विभिन्न पूजापाठमा यसका श्लोक मन्त्रको रूपमा वाचन गर्छन् (सर्वहारी, २०७७) । थारू गु?वाहरूलाई पहिले केन्द्रिय सरकारद्वारा निश्चित अधिकार सुम्पिएको इतिहास पाइन्छ । ‘धामी’ कर संकलन गर्न र त्यसैबाट जीविका चलाउने अधिकार दिइएको थियो (क्राउसकोफ, २०५८ः ५०) । सन् २००१ मा  चितवनमा थारू इथ्नोवोटनी प्रोजेक्टको सिलसिलामा पुरै जिल्ला भरिको गु?वाहरूको एक सर्भे गरिएको थियो । जसमा गु?वाहरूको संख्या १७७ मात्र देखिन्छ । तीमध्ये १५७ जनाले ५० वर्ष पार गरेका छन् । यही तथ्याङ्कलाई मिहिन ढंगले केलाउँदा १०९ जना गु?वाहरू त ६५ वर्ष नाघेको देखिन्छ । यसरी चितवनमा नयाँ पुस्ताले गु?वा (गुराउ) विद्या सिकेको देखिदैँन । थारू इथ्नोवोटनी प्रोजेक्टको रिपोर्टले भन्छ– नेपालीको सरदर आयु ७० वर्ष माने पनि अबको ३५ वर्षपछि चितवनमा एकजना पनि गुराउ हुने छैनन् (डंगोल र डंगोल, २०६६ः ३७) । यसरी ज्येष्ठ गु?वाहरू उमेरका कारण आफूमा निहित भएको ज्ञान हस्तान्तरण गर्न सकिरहेका छैनन् । गु?वा मात्रै होइन, लोकसाहित्य लगायत आआफ्नो क्षेत्रमा विशिष्टिता हासिल गरेका थारू ज्येष्ठ नागरिकहरूमा निहित ज्ञान हराउने क्रममा छ ।  थारू समुदायमा मूर्त र अमूर्त दुवै प्रकारको संस्कृतिको ठूलो महत्व छ । परम्परागत संस्कृति, ज्ञान, सीप युवावर्गमा हस्तान्तरण गर्नमा ज्येष्ठ नागरिकहरूले निकै टेवा दिएका छन् । पूर्व मेचीदेख पश्चिम महाकालीसम्म थारू समुदाय छरिएर बसोबास गरेकाले यिनीहरूको जीवनशैली, संस्कृति, पहिचान केही हदसम्म पृथक छ । तर सामाजिक सम्वन्धलाई संस्कृतिले नै जोडेको छ ।   खानपान    थारूहरू खानपानमा शौखिन छन् । उनीहरूमा परम्परागत ?पमा एक दिनमा ४ पटक खानेकुरा खाने चलन छ । एकाबिहानैको खानालाई  ‘बासी’ भनिन्छ भने १० बजेतिर खाने खानालाई ‘कलवा’ भनिन्छ । त्यसैगरी ३ बजेतिर खाने खानालाई ‘मिझ्नी’ भनिन्छ । दिन लामो भएमा थप अर्को पटक ‘मिझ्नी’ बनाइन्छ, यो खाजालाई ‘सिझ्नी’ भनिन्छ । बेलुकीको खानालाई भने ‘बेरी’ भनिन्छ । ज्येष्ठ नागरिकहरू ‘बासी’को रूपमा पनि एकाबिहानै जाँड रक्सी खाने गर्दछन् । खाजा?पी ‘मिझ्नी’मा त जाँड रक्सी नहुने कुरै भएन । गर्मी महिनामा सित्तल होस् भनेर भातमा पानी हालेर केही दिनपछि अलि अमिलो बनाएर ‘माड’ खाने चलन पनि छ । नदी किनारमा बस्न ?चाउने उनीहरूको माछा, घुंघी, सितुवा प्रिय परिकार हो । ज्येष्ठ नागरिकहरू आफै जाल, हेल्का, टापी लिएर माछा मार्न गएको देखिन्छ । माछा मार्न प्रयोग गर्ने सामग्री पनि ज्येष्ठ नागरिकहरू आफै बनाउने गर्छन् ।  घरमा कुनैपनि खानेकुरा खानुभन्दा अगाडि घरको ज्येष्ठ नागरिकलाई दिईसकेपछि मात्र अ?लाई दिने गरिन्छ । त्यस्तै खाना दिइसकेपछि पनि ज्येष्ठ नागरिकले खान शु? गरेपछि मात्र अ?ले खाने चलन छ । घरको शिर अर्थात् मुली ज्येष्ठ नागरिक नै हुन् । कुखुरा काटे ज्येष्ठ नागरिकको सम्मान स्व?प भालेको टाउको भाग छुट्याएर राखिन्छ ।  मौसम, समय, चाडपर्व, भोज विवाह, पूजापाठ लगायत विभिन्न अवस्थामा खाने थारू परिकारहरू विभिन्न थरिका हुन्छन् । जसमा दैनिक खानेमा, भात, दाल, कपुवा तरकारी आदि रहेका छन् । त्यसैगरी चाडपर्वहरूमा अनिवार्य खानेमा सुँगुरको मासु, ढिक्री, खरिया, पोंइक साग लगायत रहेका छन् । योमरी जस्तो ढिक्री बनाउने चलन छ । जसरी नेवार समुदायमा योमरी संस्कृति जस्तै रहेको छ, त्यसैगरी थारू समुदायमा पनि ढिक्री संस्कृति जस्तै रहेको छ । माघीमा ज्येष्ठ नागरिकहरूसंग ढोगभेट गरी आर्शिवाद लिने चलनसंगै लामो आयुका लागि लामो ढिक्री बनाइन्छ । झिलीमिलीको पर्व (डेवारी) दीपावलीमा दीयो आकारको ढिक्री हुन्छ भने डस्या (दसैं)मा ठोसिया जस्तो गहना आकारको ढिक्री हुन्छ । दाउराको थाकजस्तो देउतालाई चढाउने छुट्टै ढिक्री पनि हुन्छ । यसरी खाने परिकारलाई पनि पूजा गर्ने चलन थारू ज्येष्ठ नागरिकहरूले चलाएका छन् । ज्येष्ठ नागरिकको स्वास्थ्य थारू ज्येष्ठ नागरिकहरू नेपालका अन्य समुदायका तुलनामा खुसी र सुखी छन् । विधवा विवाह पनि हुने भएकाले महिलाहरूले एकल जीवन विताउने अवस्था देखिदैन । अझ लोग्ने मरेमा अर्को लोग्ने भित्र्याउन सक्ने भोंर विवाह गर्ने परम्परा पनि रहेकाले बुढ्यौलीमा पनि महिला ज्येष्ठ नागरिकले जोडीको साथ पाएका हुन्छन् । आम थारू समुदायको जीवनबृत्ति खेतीकिसानी नै हो । हिलोमैलोमा दिनचर्या गुजार्नु पर्ने हुँदा नुहाइधुवाइ, सरसफाइमा ध्यान दिन्छन् । त्यसैले, खासै विरामी पर्दैनन् । टाउको दुख्ने, ज्वरो आउने सानोतिनो रोगको लागि गु?वा (धामी) को भर गर्ने चलन अझै पनि रहेको छ । तर हाल आएर नयाँ नयाँ रोगहरूका कारण जडिबुटी उपचार, गु?वाको झारफुकमा भन्दा पनि पश्चिमा औषधोपचार पद्धतिलाई प्राथमिकता दिएको देखिन्छ ।  थारू समुदायमा जडिबुटी जान्ने बैद्यहरूको थर नै बैडवा रहेको देखिन्छ । यद्यपि बैडवा, गु?वाहरू ज्येष्ठ नागरिक मात्रै रहेका छन् । खेतीकिसानीमा खासै रकम जोगिदैन । त्यसैले, थारू ज्येष्ठ नागरिकहरू ठूलै विरामी परेमा उपचारमा भने समस्या देखिन्छ । उपचारको लागि थोरैतिनो जग्गा नै बेच्नुपर्ने अवस्था आउँछ, जो ज्येष्ठ नागरिकहरूले चाँहदैनन् । हाल आएर छोराका साथै कतिपय छोरीहरूले समेत आफ्नो अभिभावकलाई हेरचाह गर्ने, विरामी पर्दा स्याहार सुसार गर्ने चलन पनि बढेको देखिन्छ । छोरी मात्रै हुने तर छोरी विवाहिता भएर गएमा छोरी ज्वाइले नै आमाबाबु स्याहार्छन् । तराईका वनजंगल फँडानी गरी थारू पुर्खाहरूले नै बस्ती बसाले । औलो पचाए । बाघ, भालु, हात्ती जस्ता जंगली जनावरसंग लडे । अझै पनि हात्तीको माहुते प्रायः सबै थारू समुदायकै रहेका छन् । भनिन्छ, पहिले औलोसंग लड्ने प्रतिरोध क्षमता पहिले थारूहरूसंग मात्रै थियो । यही औलोको प्रकोप हाल आएर देखिन थालेको छ । पहिले औलो पचाए पनि त्यसको असर हाल मात्रै देखिदैछ । कतिपय थारू ज्येष्ठ नागरिकहरू सिकलसेल एनिमियाको सिकार भइरहेका छन् । डरलाग्दो तथ्य के छ भने वंशाणुगत रोगका कारण तिनका सन्तानमा पनि सिकलसेल एनिमिया देखिदैछ ।  थारूहरू बढी मदिरा सेवन गर्ने भएकाले बुढ्यौली क्रमसंगै, लहरे खोकी दम, उच्च रक्तचाप, ग्याष्ट्रिक, अल्सर, क्यान्सर जस्ता रोग ज्येष्ठ नागरिकहरूमा देखिन्छ । तर बेलुकी मात्रै मदिराको मात्रा मिलाएर पिउने ज्येष्ठ नागरिकहरूले यसैलाई औषधी मान्छन् । र, त्यसैको सेवनले आफ्नो लामो आयु भएको सगर्व भन्छन् ।  उपसंहारः  नेपाल सरकारले थारू जातिको समस्या पहिचान गरी समस्या समाधानका लागि थारू आयोग समेत गठन गरेको छ । तर थारू ज्येष्ठ नागरिकहरूको समस्या, तिनको सम्बोधनबारे थारू आयोगले छलफल चलाएको देखिदैन । न त थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभाले नै थारू ज्येष्ठ नागरिकहरूबारे चासो दिएको छ । विद्यार्थी, युवा, वकिल, महिलाहरूको भातृसंगठन बनाए पनि थारू ज्येष्ठ नागरिकहरूको संगठन छैन ।  नेपाली युवाहरू विदेश पलायन भएका छन् । अन्य पेशा, व्यवसायको सिलसिलामा घर बाहिर छन् । त्यसबाट थारू समुदायका युवा पनि अछुतो छैनन् । त्यसैले घरबारी, खेतखलियानको जिम्मा ज्येष्ठ नागरिकहरूको जिम्मेवारीमा आइपरेको छ । पहिले थारू समुदायका ज्येष्ठ नागरिकहरू नाति नातिनालाई थरिथरिका लोककथा सुनाउँथे । यसले हजुरबा, नातिनातिना दुबैको दिनचर्या सहजसाथ बित्थ्यो । तर पछिल्लो पुस्ताको मोबाइल प्रविधिमा ?चिका कारण ज्येष्ठ नागरिहक? एक्लिएका छन् । यसले उनीहरूमा नियास्रोपन बढेको देखिन्छ ।  आफ्नै छोराछोरीले बृद्धाश्रममा लगेर राखिदिएका घटना थारूहरूमा छैन, देखिदैन  । छोराछोरी र आमाबाबुबीच पारिवारिक झगडा मात्रै होइन, गाउँको समस्या भए छिनोफानो गरेर मिलाउने बरघर प्रणाली थारू समुदायमा कायमै रहेकाले थारू ज्येष्ठ नागरिकहरूले मुद्धामामिलामा दुःख झेल्नुपर्ने अवस्था छैन । स्वयम्सेवी ढंगबाट गाउँको विकास निर्माणमा टेवा दिने थारू ज्येष्ठ नागरिकहरूले चलाएको परम्परा स्थानीय निकायले सिको गर्नु जरुरी देखिन्छ ।  समाजको बदलिदो परिस्थिति, खानपान, धार्मिक र सांस्कृतिक मूल्य मान्यतामा आएको परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव ज्येष्ठ नागरिकहरूमा पर्नु स्वाभाविक हो । जस्तो कि मौलिक खानपानमा आफूलाई अभ्यस्त पारेका थारू ज्येष्ठ नागरिकहरू परिवारमा भित्रिएको फास्टफुड खान बाध्य छन् । त्यसैले, खानपान मात्रै होइन, परिवारका सदस्य, इष्टमित्रहरूबाट समेत समाजको ज्येष्ठ नागरिकहको धर्मसंस्कृतिको रुचिबारे ख्याल गरिनुपर्छ । देशमा संघीय, प्रदेश, स्थानीय तीन तहको सरकार मौजुद रहेकाले राज्यले पनि बेलैमा ज्येष्ठ नागरिकहरूको आरामदायी दिनचर्याका लागि आवश्यक नीति निर्माण गर्नु बान्छनीय देखिन्छ । सन्दर्भ सामग्री  क्राउसकोफ, जिसेल (२०५८), जङ्गलदेखि जमिनसम्मः थारू इतिहासतिर एक दृष्टि, नेपालका राजाहरू तथा  तराईका थारू, टेकबहादुर श्रेष्ठ, सं, काठमाडौः नेपाल  र एशियाली अनुसन्धान केन्द, त्रिवि ।  गौतम, टेकनाथ (२०४४), थारू जातिको इतिहास तथा संस्कृति (थारू पुराण), दाङ ः सुशील कुमार गौतम । चौधरी, कृष्णराज (२०६७), अष्टिम्की (कृष्णजन्माष्टमी) र सखिया नृत्य, समष्टी, ३१)७४, पृ.३४–३८ ।  डङ्गोल, धर्मराज र रूपक डङ्गोल (२०६६) थारू गुराउ, परम्परागत ज्ञान र संरक्षणको बाटो । हाम्रो चिनारी । ४(२), १० । पृ.३५–३८ ।  थारू, फनि श्याम (२०६९), थारू लोक संस्कृति र चाडवाड, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान । पञ्जियार थारू, तेजनारायण (२०५५), थारू भाषा एक परिचय, सप्तरीः बौली चौधरी थारू । बराल, ईश्वर (२००४), थारू जाति र तिनको संस्कृति, नेपाल सांस्कृतिक परिषद पत्रिका, १(१), बैशाख । काठमाडौंः नेपाल सांस्कृतिक परिषद । विष्ट, डोरबहादुर (२००२, पुनर्मुद्रित २००६ ई.), सबै जातको फूलबारी, ललितपुरः हिमाल किताब । शर्मा जनकलाल, कृष्णबम मल्ल (२०१४), राप्ती उपत्यका, काठमाडौः नेपाल भारत मैत्री संघ । सर्वहारी, कृष्णराज । २०७७ । थारू गु?वाहरूको परम्परागत ज्ञान र सीपको विद्यमान स्थिति तथा पुस्तान्तरण । थारू आयोग, काठमाडौबाट २०७७ मंसिर २८ गते चितवनको सौराहामा आयोजित थारू गु?वा र भलमन्साहरूको अवस्था गोष्ठीमा प्रस्तुत अवधारणापत्र । सिंह मौन, प्रफुल्लकुमार (२०२५), थारू लोकगीत, विराटनगरः पूर्वाञ्चल पुस्तक भण्डार ।  

थारु कल्याणकारिणी सभा कैलालीके सभापतिमे विर बहादुर चौधरी चयन

थारु कल्याणकारिणी सभा कैलालीके सभापतिमे विर बहादुर चौधरी चयन

११२४ दिन अगाडि

|

१४ असोज २०८०

थारु कल्याणकारिणी सभा कैलालीके सभापतिमे विरबहादुर चौधरी विजयी हुइल बटै । उहाँ अपन प्रतिद्धन्दी दिलबहादुर चौधरीसे ३ मतसे विजयी हुइल हुइट । सभापतिमे विजयी हुइल विरबहादुर चौधरी १५३ मत नन्लै, हुकान प्रतिद्धन्दी दिलबहादुर चौधरी १५० मत नन्लै । ओस्टेक सभापतिमे उम्मेदवार देशराम चौधरी २ मत प्राप्त करले बटै । उपसभापतिमे विजयी हुइल चुनीराम चौधरी १८७ ओ दुसरा विजयी उम्मेदवार लक्ष्मण चौधरी १५६ मत नन्लै । तीन ठो उपसभापति चाहलमे एक जाने महिला सुस्मिता चौधरी पहिले निर्विरोध निर्वाचित हुसेकल रही । ओस्टेक उपसभापतिके उम्मेदवार बतासु चौधरी१३६ मानबहादुर चौधरी २० मत प्राप्त करले बटै । सचिवमे बुधराम चौधरी १६० मत नानके विजयी हुइल बटै । हुकान प्रतिद्वन्दी बसन्ती चौधरी १४३ मत प्राप्त करले बटी । सहसचिवमे विनोद चौधरी विजयी हुइल बटै । उहाँ १५२ मत नान्के विजयी हुइल हुइट । उहाँक प्रतिद्वन्दी रतन चौधरी १२८ मन प्राप्त करले बटै । ओस्टे करके कोषाध्यक्षके दिव्य प्रिसासी चौधरी १६१ मत नान्के विजयी हुइल बटी । हुकान प्रतिद्वन्दी सुनिता चौधरी १३६ मत प्राप्त करले बटी । सभापतिमे पराजित हुइलेसे फे अपन समाजसेवाके काम जारी रहना दिलबहादुर चौधरी बटैले बाटैं । थारु कल्याणकारिणी सभा कैलालीके गैल कुवाँर ६ गते कैलारी गाउँपालिकाके हसुलियामे नवौ जिल्ला अधिवेशन सुरु हुइल रहे । उ रोज उदघाटन कार्यक्रम ओ बन्दशत्र करेबेर रात ११ बजलपाछे चुनाव कुवाँर १३ गते सारल रहे । पहुरासे