Above News Title

योगेन्द्र चौधरीको गुनासोः कानुन नबन्दा थारुहरुले १७ वर्षसम्म कानुनको उपयोग गर्न पाएनन्

योगेन्द्र चौधरीको गुनासोः कानुन नबन्दा थारुहरुले १७ वर्षसम्म कानुनको उपयोग गर्न पाएनन्

कांग्रेस केन्द्रीय सदस्य तथा थारु विभागका संयोजक योगेन्द्र चौधरीले वर्तमान संविधानको सुन्दर पक्षलाई व्यवस्थाको चुनौतीका रुपमा व्याख्या गर्न थालिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबारको कांग्रेस केन्द्रीय समिति बैठकमा उनले भने संघीयता र समानुपातिक निर्वाचन प्रणालीको विकल्पबारे भइरहेको बहसप्रति विमति जनाएका हुन् । कांग्रेस केन्द्रीय समिति बैठकमा संघीयता र समानुपातिक निर्वाचन प्रणाली खारेजीबारे केही नेताहरुले आवाज उठाएका थिए । 

यसबारे चौधरीले भने, ‘समानुपातिक, समावेशी, संघीयता, धर्मनिरपेक्षता यो संविधानको सुन्दर पक्षको भनेर हामी भन्दै आएका छौँ । तर, यही सुन्दर पक्षको कतिपय विषय हामीलाई यी व्यवस्थाको चुनौती बनेर आयो भन्दै प्रश्न उठाउने काम भएको छ ।’

संविधान बनेको ८ वर्षसम्म प्रादेशिक कानुन नबन्दा संघीयताले डेलिभरी गर्न नसकेको भन्दै प्रदेशको औचित्यमाथि प्रश्न उठाउने कुरा राम्रो नभएको उनले बताए । ‘संघीयताप्रतिको हाम्रो धारणा के हो ? हामीले तीन तहको सरकारको परिकल्पना गरौँ । तीन वर्षमा संघीयताको पूर्ण कार्यान्वयनका लागि कानुन बनाउने भनौँ । आज आठ वर्ष भयो । प्रदेशका निम्त ४० वटा कानुन बनेको छैन । कानुनहरु कुन कारणले रोकियो ? कसको कारणले रोकियो ?,’ उनको प्रश्न छ । 

संविधान कार्यान्वयन नहुन नसक्नुको कांग्रेसले नैतिक जिम्मेवारी कांग्रेसले पनि लिनुपर्ने चौधरीको भनाइ छ । ‘यसमा हामी गम्भीरता पूर्वक अगाडि बढौँ । अहिले पनि प्रहरी बिनाको सरकारको परिकल्पना गर्न सकिन्छ । जसको कर्मचारी छैन । त्यो सरकारले कसरी काम गर्छ ?,’ उनले भने ।

यस्तै उनले समावेशी चरित्रलाई यो संविधानबाट निकालिँदा संविधान कस्तो देखिन्छ भन्दै प्रश्न गरे । ‘हामी मिश्रित निर्वाचन प्रणालीको विकल्प खोजिरहेका छौँ । किन यस्तो भइरहेको छ ?,’ उनको प्रश्न छ, ‘के साँच्चै मिश्रित निर्वाचन प्रणालीले समस्या जन्माएको हो ? संविधान कार्यान्वयनमा के समस्या गरेको हो ?’

समानुपातिक निर्वाचन प्रणालीलाई ठीक ढंगले प्रयोग गर्दा समस्या आएको उनको भनाइ छ । उनले भने, ‘हामी समानुपातिक निर्वाचन प्रणाली गलत हो भनेर विषयान्तर गर्दैछौँ ।’ कानुन नबन्दा थारुहरुले १७ वर्षसम्म कानुनको उपयोग गर्न नपाएको उनको भनाइ थियो ।

प्रकाशित:

१०९१ दिन अगाडि

|

५ असोज २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७५ दिन अगाडि

|

२७ मंसिर २०७९