चितवनका थारु समुदायले आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरिएका छन् ।
थारु कल्याणकारिणी सभा चितवनले १३ औँ जिल्ला अधिवेशनमार्फत ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको ‘जितिया’, यमोशा अर्थात् पितृऔँशी, फगुवाको धुरहेरीलगायत सम्पूर्ण चाडपर्वमा बिदा दिन माग गरिएको हो ।
थारु समुदायका महिलाको मुख्य चाड जितिया हो । यस वर्ष यही असोज २० गते जितिया पर्व मनाइँदै छ । यसपटक जितिया शनिबार परेकाले स्वतः बिदा हुनेछ । तर अरु बेला यो चाड मनाउन स्थानीय सरकारले समेत बिदा दिने गरेका छैन । अझ विद्यालयमा सोही बेला परीक्षासमेत हुने गरेको छ । यसले गर्दा युवापुस्ताले आफ्नो चाडपर्व ढुक्कले मनाउन नपाएको थारु समुदायको गुनासो छ ।

यही अवस्थालाई मध्यनजर गर्दै थारु कल्याणकारिणी सभाले घोषणापत्र मार्फत नै बिदा दिन माग गरेको सभा चितवनका सभापति ललित चौधरीले जानकारी दिए । यस्तै सभाले घोषणपत्रमार्फत आगामी प्रदेशको निर्वाचन र स्थानीय तहको निर्वाचनमा पनि रैथाने थारुलाई मेयर, उपमेयर, वडाध्यक्षलगायत महत्वपूर्ण पदमा उम्मेदवार बनाउन चितवनका राजनीतिक दलसमक्ष मागसमेत गरेको छ ।
घोषणापत्रमा स्थानीय तहहरुमा थारु विकास कार्यक्रम लागू गरी थारु समुदायको आर्थिक, शैक्षिक, भाषिक, सांस्कृतिक, सामाजिक उत्थानका लागि सम्मानजनक बजेटको व्यवस्था मिलाउन, सङ्घीय र प्रदेशको कामकाजी भाषाअन्तर्गत बागमती प्रदेशको हकमा चितवनमा बोलिने थारु भाषाको उपस्थिति १ प्रतिशत भन्दा धेरै भएकाले प्रदेश र स्थानीय निकायमा कामकाजीको भाषाका लागि बहुभाषिक व्यवस्थाअनुरुप चितवनको थारु भाषा कामकाजको भाषाको रुपमा कायम गर्न आग्रह समेत गरिइएको छ ।
यसैगरी, शनिवार सम्पन्न थारु कल्याणकारिणी सभाको अधिवेशनबाट चितवन जिल्ला अध्यक्षमा पुनः ललित चौधरी चयन भएका छन् ।
प्रकाशित:
१०८६ दिन अगाडि
|
११ असोज २०८०
४ दिन अगाडि
|
२९ भदौ २०८३
५ दिन अगाडि
|
२८ भदौ २०८३
१८ दिन अगाडि
|
१५ भदौ २०८३
२० दिन अगाडि
|
१३ भदौ २०८३
२० दिन अगाडि
|
१३ भदौ २०८३
२६ दिन अगाडि
|
७ भदौ २०८३
३५ दिन अगाडि
|
२९ साउन २०८३
१४३८ दिन अगाडि
|
२५ असोज २०७९
१४७२ दिन अगाडि
|
२१ भदौ २०७९
१४८२ दिन अगाडि
|
१२ भदौ २०७९
१४३७ दिन अगाडि
|
२६ असोज २०७९
१३८६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४२ दिन अगाडि
|
२० असोज २०७९
१३७५ दिन अगाडि
|
२७ मंसिर २०७९