Above News Title

थारू लेंहगाको बढ्दो बजार

युट्यूवमा आउने थारू गीतको मोडेलका कारणले पनि लेंहगाको बजार विस्तार भएको गायक राजु चौधरीको भनाई
थारू लेंहगाको बढ्दो बजार

आर्थिक मन्दीले अधिकांशको व्यापार व्यवसाय चौपट छ । थालेको व्यवसाय छाडेर पलायन हुनुपर्ने धेरैको नियति छ । तर, कतिपय यस्तो व्यवसाय पनि छ, जसको कारोबारको ग्राफ निरन्तर उकालो लागेको छ । त्यो हो,  थारूलेंहगा, चोलियाको कारोबार । 

पछिल्लो समय लेंहगाप्रति बढेको क्रेजले यसको कारोबार फस्टाएको हो ।कैलालीको गौरीगंगा नगरपालिका–८ लिक्मास्थित स्मार्ट ग्रुपका सञ्चालक सदस्य कालुराम चौधरी भन्छन्, ‘पहिले–पहिले व्यवसाय बढेन । अहिले सामाजिक सञ्जाललगायतको प्रचारले व्यवसायले गति लिएको छ ।’

लेंहगा र चोलिया थारू युवतीहरुले प्रयोग गर्ने परम्परागत लोकप्रिय पहिरन हो । पछिल्लो समय फेसनकै रुप लिएपछि यसको कारोबार फस्टाएको हो । मेला, महोत्सव, चाडपर्व उत्सवलगायत सबै औपचारिक तथा अनौपचारिक कार्यक्रममा थारूमहिलाहरु लेंहगा र चोलियाकै प्रयोग गर्न रुचाउँछन् । फलतः यसको कारोबार चम्केको हो ।

स्थानीय ७ जना युवाहरुले गठन गरेको स्मार्ट ग्रुपको कारोबारबारे कालुराम भन्छन्, ‘हामीले ‘स्मार्ट बजार’ नाम दिएर फेसबुक पेज चलाएका छौ । जुन पेजबाट प्रवद्र्धनको काम गर्छौ । अर्डर आएपछि होम डेलिभरी गर्छौ ।’

सो स्मार्ट ग्रुपले पछिल्लो ६ वर्षदेखि लेंहगालगायतको कारोबार गर्दै आएको छ । विभिन्न उद्यमी महिलाहरुबाट लेंहगा संकलन गरी प्रति लेंहगा ४ हजारदेखि १५ हजार रुपैयाँसम्ममा बिक्री गर्छ ।

सो ग्रुपले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लासम्म होम डेलिभरीको काम गर्दै आएको कालुराम बताउँछन् । पछिल्लो समय विदेशमा पनि पठाउन थालेको उनले जनाए ।

सो ग्रुपले व्यावसायिक रुपमालेंहगा संलकन गर्न थालेपछि ग्रुपसँग आवद्ध दर्जनौं महिलाहरुले नियमित रोजगारी पाएका छन् । उनका अनुसार एकजना पेशेवर लेंहगा सिल्नेले मासिक ५० हजार बढी कमाइ गर्दै आएका छन् भने सो स्मार्ट ग्रुपले वर्षमा ६० लाख बढीको कारोबार गर्दै आएको छ । यसरी लेंहगा धेरैको रोजीरोटीको प्रमुख आधारसमेत बन्न पुगेको छ ।

उता, कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका चन्द्रबहादुर चौधरी ५ वर्षदेखि लेंहगाको कारोबार गर्दै आएका छन् । उनको मुख्य पेशा नै लेंहगा सिल्नु र बिक्री वितरण गर्नु हो । आजभोलि उनको पुरा परिवार नै यो पेशामा संलग्न छ ।

कसरी बन्छ लेंहगा ?

लेंहगाकलात्मक फूलबुट्टाले सजिसजाउ हुन्छ ।‘लेंहगा बनाउनु पनि एक किसिमको कलात्मक सीप तथा हस्तकला नै हो । 

‘एउटा लेंहगा तयार पार्न विभिन्न खण्ड–खण्डलाई जोड्नु पर्छ । लेंहगाको माथिदेखि तलसम्म क्रमशः गुम्टी, नेफा, लेंहगा, पट्टी, कचौटी, गोठ, पट्टी, जिभ्भा, छुट्की गोठलगायत भागलाई जोड्नुपर्छ ।’लामो समयदेखि लेंहगासिलाइको काम गर्दै आएकी धनगढी उपमहानगरपालिका–८ बुद्ध चौककी सावित्री चौधरी भन्छिन्, ‘लेंहगालाई थप आकर्षक बनाउन सितारा, ऐना, नुरी, फुलरा, मोती, पत्थरलगायत टाँस्नुपर्ने हुन्छ ।’

दसैं, तिहारजस्तो चाडपर्व नजिकिएसँगै यसको कारोबार उत्तिकै बढेको छ । जुनकारण लेंहगा सिल्नेहरुलाई भ्याइन भ्याइछ । लामो समयदेखि धनगढीमा लेंहगा सिल्दै आएका दम्पति सीता र विजय चौधरी भन्छन्,‘सिजन सुरु भएको छ ।लेंहगा, चोलो, बिलाउज सिउनमै समयै बित्छ । आजभोलि हामी नयाँ डिजाइन गरेर लेंहगा सिल्ने गरेका छौ ।’

पछिल्लो समय थारू समुदायमात्रै होइन, गैरथारू युवतीहरुमा पनि लेंहगाप्रतिको क्रेजबढेको छ । जसले गर्दा फेसनको बजारमा लेंहगाले आफ्नो स्थान अगोट्न सफल भएको छ ।

युट्यूवमा आउने थारू गीतको मोडेलका कारणले पनि लेंहगाको बजार विस्तार भएको गायक राजु चौधरी बताउँछन् ।

 

प्रकाशित:

१०९१ दिन अगाडि

|

६ असोज २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७५ दिन अगाडि

|

२७ मंसिर २०७९