Above News Title

बाघनाथ बाबा, जंगलकुट्टी नाम सच्याइएकोमा थारु समुदायको चौतर्फी विरोध 

बाघनाथ बाबा, जंगलकुट्टी नाम सच्याइएकोमा थारु समुदायको चौतर्फी विरोध 

थारु समुदायको लामो समयदेखि अगाध आस्था रहेको दाङ्गदेउखुरीको गढवा–३ स्थित गोबरडिहाको ‘सिद्ध बाबा बाघनाथ जंगल कुट्टी’लाई नाम परिवर्तन गरी ‘त्रिकुटा गुरुधाम’ नामकरण भएको चौतर्फी विरोध भएको छ।  

यसैबीच थारु कल्याण कारिणी सभा (थाकस), देउखुरीले असोज ७ गते एक विज्ञप्ती जारी गरी सम्पूर्ण थारु जनसमुदायलाई उक्त कार्यको विरोधमा असोज ८ गते विहान ११ बजे जङ्गल कुट्टीमा जम्मा हुनको लागि अनुरोधसमेत गरेको छ  ।

स्वर्गीय बाघनाथ बाबाले सिद्धी प्राप्त गरी बसेको तपोभूमि हो, सिद्ध बाघनाथ बाबा जंगल कुट्टी । वावाजीको अपार शक्तिकै कारण हिंस्रक जनावर बाघ, भालु, अजिंगर, सिंह जस्ता जनावरलाई बशमा लिने अद्भूत शक्ति थियो भन्ने जनविश्वास छ । बाघमा सवार भई जंगल घुम्ने भएकाले उहाँको नाम बाघनाथ बाबा भएको बताइन्छ । 

जंगलकुट्टी विधिवत रुपमा विसं १८७९ मा स्थापना भएको पाईन्छ। स्थापनाकालदेखि बालिएको अखण्ड धुनी आजसम्म निरन्तर बलिरहेको छ जसबाट निस्केको खरानी भुभूत भक्तजनलाई प्रसादको रुपमा दिइन्छ । बाबाको समाधिलाई थारू समुदायलगायत स्थानीयवासीले महाराजको रूपमा  उच्च स्थानमा राखी पूजाआजा गर्ने गर्छन् ।  

यहाँ वर्षेनी माघे संक्रान्तिमा हजारौं भकतजन दर्शन गर्न आउँछन् । समय समयमा भण्डारा गर्नेहरूको पनि भीड हुन्छ । 

ऐेतिहासिक महत्व बोकेको भूमिलाई हठात नाम परिवर्तन गर्नु आस्थामाथि खेलवाड गरिएको भन्दै चौतर्फी विरोध भएको हो । 

प्रकाशित:

१०९० दिन अगाडि

|

७ असोज २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७५ दिन अगाडि

|

२७ मंसिर २०७९