घोराहीमा थारु मानक भाषा लेखनशैलीबारे अन्तक्रिया सम्पन्न 

घोराहीमा थारु मानक भाषा लेखनशैलीबारे अन्तक्रिया सम्पन्न 

९७० दिन अगाडि

|

२० फागुन २०८०

सुरेन्द्र र रेशम चौधरीबीच अर्थपूर्ण भेटघाट

सुरेन्द्र र रेशम चौधरीबीच अर्थपूर्ण भेटघाट

९७६ दिन अगाडि

|

१३ फागुन २०८०

नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष रेशम चौधरी तथा नागरिक अभियन्ता सुरेन्द्र चौधरीबीच अर्थपूर्ण भेटघाट भएको छ । स्मरण रहोस्,  नागरिक उन्मुक्ति पार्टीमा रहेकै बेला सामाजिक सञ्जालमा पार्टीबारे लगातार निकै तिखो टिप्प्पणी गरेपछि पार्टीले सुरेन्द्र चौधरीलाई हटाएको थियो ।  सुरेन्द्र चौधरीले रेशम चौधरीसँग संगै खाना खाइरहेको तस्विर फेसबुकमा शेयर गर्दै लेखेका छन्, ‘नागरिक पहिलो (सिटीजन फस्ट) अभियानको सिलसिलामा धनगढीबाट बर्दिया फर्किने क्रममा टीकापुर सिद्धार्थ होटलमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष रेशम चौधरीजीसँग भेट भयो । अजेन्डाले पार्टीहरुमा नागरिकहरुलाई जोड्ने हो, बिधि, पद्धती र संस्कारले टिकाउने हो । पार्टीभित्र जस्तो बिधि, पद्धति र संस्कारको अभ्यास गरिन्छ, त्यो पार्टी सरकार र सत्तामा जाँदा त्यही कुरा प्रतिबिम्बित हुन्छ । तसर्थ बिधि, पद्धति र सँस्कारका मुल्य मान्यताहरु बसाल्न जोड दिनुस् भन्ने सुझाब दिइयो ।’ उता दुबैको तस्विर शेयर गर्दै रेशम चौधरीले फेसबुकमा उल्लेख गरेका छन्, ‘सौनामा स्नान गर्दा रापिलो हुन्छ, चिटचिटी पसिना आउँछ तर निस्किएको पसिनाले धेरै रोगको निराकरण गर्छ । हामी पुनः मन माझामाझ गरेर हाम्रा मुद्दाको लागि एक हुने अपेक्षासहित अर्थपूर्ण भेटघाट गरेका छौँ ’

केपी ओलीले किने शान्ता चौधरीको उद्योगको अचार

केपी ओलीले किने शान्ता चौधरीको उद्योगको अचार

९७६ दिन अगाडि

|

१३ फागुन २०८०

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृ एवं पूर्व सांसद शान्ता चौधरीसँग ४ हजार रुपैयाँ बराबरको टिमुर र लसुनको अचार खरिद गरेका छन् । आइतबार ओली निवास बालकोटमा चौधरी अचार लिएर पुगेकी थिइन् ।  ओलीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शान्ता चौधरीसँग अचार खरिद गरेको फोटो सहितको जानकारी सार्वजनिक गरेका छन् ।  उनले लेखेका छन्–‘शान्ता चौधरीले अचार उद्योग खोल्नु भएको रहेछ । उद्योगबाट २२ किसिमका अचार उत्पादन भइरहेका रहेछन् । मलाई मन पर्ने टिमुर र लसुनको अचार मैले किनेँ । शान्ता चौधरी पूर्व सांसद पनि हुनुहुन्छ र राजनीतिमा सक्रिय हुनुहुन्छ । आत्मनिर्भर बन्ने प्रयासको लागि उहाँलाई शुभकामना । शान्ताजीलाई बधाई ।’ पूर्व सांसद चौधरीले आफूले उद्योग सञ्चालन गरी अचार उत्पादन गरेकोमा अध्यक्ष ओलीले खुसी व्यक्त गरेको बताइन् । ओलीले ४ सय ग्रामका प्याकिङ भएका टिमुर र लसुनको ४ हजार रुपैयाँ बराबरको अचार खरिद गरेको बताइन् । राजनीतिमा लाग्ने व्यक्ति आफ्नो व्यवसायमा आत्मनिर्भर हुनुपर्छ, उद्यम व्यवसायतर्फ जोडिनुपर्छ भन्ने पार्टी अध्यक्षको प्रेरणाबाट नै आफूले अचार उद्योग सुरु गरेको उल्लेख गरिन् ।

युवावस्थामै छोरा गुमाएः स्मृतिमा एघार थान पुस्तक प्रकाशन गरे

युवावस्थामै छोरा गुमाएः स्मृतिमा एघार थान पुस्तक प्रकाशन गरे

९८१ दिन अगाडि

|

९ फागुन २०८०

 हुम्ला, सिमकोटका कर्णबहादुर रोकायाका छोरा पुष्कर रोकाया जापानमा इन्टर्नको लागि गएका थिए । अचानक  हृदयाघात भयो । बेहोशी अवस्थामै नेपाल ल्याए तर छोरोको होश खुलेन । यसरी अकल्पनीय रूपमा छोरा गुमाए  कर्णबहादुर रोकायाले । उनले आफूलाई सम्हाल्न सकेनन्, पिरै पिरमा मुटुरोगी बने । तर, यसरी मन दुखाएर कति दिन बस्नु ? उनले शोकलाई शक्तिमा बद्ले । पत्रकारिता पृष्ठभूमिका उनले  आफूलाई सम्हाल्न स्वर्गीय छोरो पुष्कर रोकायाको दोस्रो वार्षिक स्मृतिमा एकै पटक ११ थान पुस्तक लेखन तथा प्रकाशन गरे । गएको एक वर्षदेखि काठमाडौंमा मुटुको उपचार गराइरहेका रोकायाले आफूलाई पीडाबाट हुने डिप्रेसनबाट बाहिर निस्कनका लागि पुस्तक लेख्न थाले । हुम्ला जिल्लाको शान्ति पत्रकारिता, प्राकृतिक, सांस्कृतिक, सामाजिक, लोक साहित्य तथा विकासका विविध आयामबारे लेखिएका खोजमूलक आलेखबाट आफ्नो जिल्लालाई चिन्न र चिनाउने कामका लागि सानो प्रयास भएको उनको भनाइ छ। उनले छोराको नाममा पुष्कर फाउण्डेसन पनि खोलेका छन् । फाउण्डेसनको सहयोगार्थ कचहरी मिडिया हाउसले प्रकाशन गरेको यी पुस्तक हुम्ला पुस्तक संग्रह हालै स्वर्गीय पुष्कर रोकाया स्मृति विशेषका रूपमा प्रकाशन गरिएको छ।  ११ वटा पुस्तक संग्रहमा जुनकिरीको उज्यालो, गणतन्त्रमा हुम्ला, हुम्लाका मुख्य अन्न, हुम्लाका चाडपर्व, हुम्लाको पाइतो, नारा चंखेली, ओम मरुत्, कोभिड – १९ मा हुम्ला, हिउँ लोकसुसेली, अकमा हुम्ला, स्थलगत लिमी रहेका छन्। हुम्ला जान्न, बुझ्न र अध्ययन गर्न चाहनेहरूका लागि यी पुस्तक राम्रो स्रोत हो । पत्रकारितामा कर्णबहादुर रोकाया र साहित्यमा समर हुम्लीको नामले कलम चलाउने रोकाया पछिल्लो समय विशेष गरी ग्रामीण पत्रकारिता र आञ्चलिक साहित्यतर्फ सक्रिय हुँदै  छन्। नेपाल पत्रकार महासंघ हुम्लाको संस्थापक सदस्यका साथै सचिव हुँदै अध्यक्ष समेत भइसकेका छन्। पछिल्लो समय हुम्लामै प्रेस व्यवसायमा हात हालेका उनले प्रेस चलाउन भने सकेनन् । 

निजामति सेवामा थारु समुदायलाई छुट्टै व्यवस्थाः प्रधानमन्त्री

निजामति सेवामा थारु समुदायलाई छुट्टै व्यवस्थाः प्रधानमन्त्री

९८४ दिन अगाडि

|

६ फागुन २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारु समुदायलाई निजामति सेवामा छुट्टै आरक्षणको व्यवस्थासहितको संघीय निजामति सेवा विधेयक संसदमा छिटै प्रस्तुत गरिने जानकारी गराएका छन् ।  आइतवार संसदमा सांसद कल्पना चौधरीले थारु समुदायलाई निजामति सेवामा छुट्टै व्यवस्था नगरेर राज्यले उपेक्षा गरेको भन्दै प्रधानमन्त्रीलाई सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो प्रतिवद्धतासहितको जानकारी गराएका हुन्  । ‘थारु समुदायलाई छुट्टै आरक्षणको व्यवस्थासहितको राष्ट्रिय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश गरिसकिएको छ’, प्रधानमन्त्रीले जवाफ दिँदै भने, ‘मौलिक हकको भावना तथा मर्म सर्वोच्च अदालतको परमादेशको कार्यन्वयन हुनेगरी थारु समुदायलाई निजामती सेवामा छुट्टै आरक्षणको व्यवस्थासहितको संघीय निजामति सेवा विधेयक संसदमा छिटै प्रस्तुत गरिने जानकारी गराउँछु’, प्रधानमन्त्रीको भनाइ छ । 

  राष्ट्रिय थारू कलाकार मञ्चको अध्यक्षमा पुनः विनय वैद्य चयन

  राष्ट्रिय थारू कलाकार मञ्चको अध्यक्षमा पुनः विनय वैद्य चयन

९८८ दिन अगाडि

|

१ फागुन २०८०

सरला चौधरी राष्ट्रिय थारु कलाकार मञ्चको २ दिने प्रथम महाधिवेशनले पुनः वीर बहादुर चौधरी (विनय वैद्य) को अध्यक्षतामा १७ सदस्यीय केन्द्रिय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको  छ ।  चितवन, सौराहास्थित  सौराहाको सेभेन स्टार होटलमा माघ २८ गते सम्पन्न भएको महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।   जसमा वरिष्ठ उपाध्यक्ष रोशन रत्गैंया, उपाध्यक्षद्वयमा लक्ष्मीकान्त चौधरी, समिक्षा चौधरी, महासचिवमा विजयकुमार चौधरी, सचिवमा राधाकृष्ण चौधरी (आरके), अनुपमा चौधरी कोषाध्यक्षमा अञ्जु चौधरी चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा राज कुश्मी, सोनु कुश्मी, मनिषा चौधरी, अमृता चौधरी, नरेश जोगी, वीर बहादुर चौधरी, अञ्जु चौधरी, गणेश चौधरी, राजन कुमार चौधरी छानिएका छन् ।  कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि भूमि सुधार तथा गरिवी निवारण मन्त्री रञ्जीता श्रेष्ठ चौधरीले थारु समुदायले राज्यलाई आवश्यक परेको बेला देशको वलियो खम्बाको निर्वाह गरेता पनि राज्य पक्षबाट यो समुदाय ओझेलमा परेकोले थारु समुदाय जागरुक हुनुपर्ने जिकिर गरिन् । थारु भाषामा विचार राख्दै उनले कलाकार देशको गहना हुन् भन्दै भाषा र संस्कृति संरक्षणको लागि  थारु कलाकारहरुको आवश्यकता रहेको विचार राखिन् । आफूले रेशम चौधरीको गीत सुन्दै थारु भाषा सिकेको उनको भनाई थियो ।  त्यसैगरी, मन्तव्यकै क्रममा सांसद मेटमणि चौधरीले थारुहरु कमैया, कमलहरी मात्र नभएर थारु समुदाय देशको धरोहर भएकोले देशको राजनीतिक नेतृत्वमा थारु समुदाय आउनु पर्ने धारणा राखे । थारु यूवाहरुलाई आफ्नो इतिहासको बारेमा जान्न र बुझ्न जरुरी रहेको उनको भनाइ थियो । गीत संगीतको माध्यमले धेरै कुरा सिकाउन सकिने भएकोले थारुहरुको सर्वाङुगीण विकासको लागि राष्ट्रिय थारु कलाकार मञ्चले महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको उनले धारणा राखे । थारुहरु एउटा क्षेत्रमा मात्र नरहेर हरेक क्षेत्रबाट अगाडि बढे मात्र थारुहरुको समग्र विकास हुने उनले बताए । सम्मेलन उद्घाटनमा राष्ट्रिय थारु कलाकार मञ्चको वरिष्ठ सल्लाहकार नन्दुराज चौधरी, सल्लाहकार सोमती चौधरी, थारु कल्याणकारिणी सभा (थाकस)का महामन्त्री प्रेमीलाल चौधरी, थाकस उपत्यका कार्यसमितिका सभापति सुमन चौधरी, थाकस चितवन जिल्ला सभापति ललित चौधरी, थारु आयोगका सदस्य सुवोध सिंह थारु लगायतले शुभकामना  मन्तव्य दिएका थिए ।