राना थारु समुदायले मनाए काठमाडौंमा होली मिलन तथा खखडेहरा पर्व

राना थारु समुदायले मनाए काठमाडौंमा होली मिलन तथा खखडेहरा पर्व

९४२ दिन अगाडि

|

१७ चैत २०८०

पहाड उक्लेका प्रदेशी ‘संघारी’हरू

पहाड उक्लेका प्रदेशी ‘संघारी’हरू

९४३ दिन अगाडि

|

१७ चैत २०८०

मोहन शाही डोटी — २०५३ सालतिरको कुरा हो, १५ वर्षीय प्रदेशीराम चौधरीका जुंगा रेखी मात्रै बसेका थिए । गाउँका संघारी (साथी) हरू ज्याला मजदुरी गर्न धमाधम पहाड उक्लने क्रम बढ्दो थियो । कैलालीको घोडाघोडी नगरपालिका–१० लठैयाको समथर भूमिमा बाल्यकाल बिताएका प्रदेशीरामलाई पनि पहाड चढ्ने रहर जाग्यो ।  कामको खोजीमा दिपायल आइपुग्दा जताततै अग्ला पहाड र बीचमा सलल बगेको सेती नदीले उनलाई दंग पार्‍यो । सेती बगरमा लम्पसार दिपायल बजार देख्दा छक्कै परे । काम खोज्दै जाँदा उनका लागि भगवान्सरह भेटिए वासुदेव गौतम । गौतमको त्यो बेला फोटो स्टुडियो थियो । उनले प्रदेशीरामलाई पनि फोटो खिच्न जान्ने बनाए, कम्प्युटर सिकाए र जीवनजगत्को संघर्ष पनि बुझाए । ‘जीवनमा बाटो देखाउने नै उहाँ हो, अहिले म जहाँ पुगेको छु, त्यसका लागि उहाँलाई सधैं सम्मान गर्छु,’ उनले भने । तीन दशकयताको संघर्षले प्रदेशीराम डोटीमा सबैभन्दा नाम चलेको फोटो स्टुडियो व्यापारीका रूपमा चिनिएका छन् । ०६३ सालमा दिपायलमै घरजम गरेका उनले यहीं पिपल्ला बजारमा स्थायी बसोबास बनाएका छन् । ‘पहाड उक्लेपछि तराई झर्ने कल्पना नै भएन,’ उनले सुनाए, ‘सुरुमा आफन्त नहुँदा नियास्रो लागे पनि अब यतै संघारीहरू बढेका छन्, माया यतैको लाग्छ ।’ प्रदेशीरामकै जस्तो कथा चौधरी समुदायका युवाको छ, जो कामको खोजीमा कुनै समय पहाड उक्लेका थिए र पहाडकै मायाले यतै अड्किएका थिए । ०६३ सालमा एउटा मदिरा कम्पनीको बजार प्रतिनिधि भएर बुझावनप्रसाद चौधरी पहाड उक्लिए । सुरुका तीन वर्ष कम्पनीमै जागिर गरे । त्यसक्रममा यतै संघारीहरू बढे, आफन्त थपिए । तत्कालीन सशस्त्र द्वन्द्वका कारण गाउँबाट झरेकाहरूको बाक्लो बसाइले दिपायलको पिपल्ला बजारको रौनक नै बेग्लै थियो । तीन वर्षको बसाइमा बुझावनले आफ्नो भविष्य जागिर होइन, व्यापार भन्ने बुझे । त्यतिबेला व्यवसाय थालेर सुरु भएको संघर्षले उनलाई दिपायलमै स्थापित गरायो । तराईमा बाल्यकाल बिताए पनि युवावस्था भने उनले दिपायलमै काटे । ‘संघारीहरू यतै छन्, यही भूमि प्यारो लाग्छ । खै कसरी कसरी मन यतै अडिन्छ,’ उनले भने । यतै रहँदा बस्दा उनले श्रीमतीलाई स्टाफ नर्स पढाए । उनी लोकसेवा पास गरेर सरकारी कर्मचारी भइन् । बुझावन दिपायलमा सेकुवा कर्नरमार्फत राम्रो व्यापार गरिरहेका छन् । उनले दिपायलमा जमिन पनि जोडिसकेका छन् । जागिर तथा व्यापारका सिलसिलामा पहाड चढेका यी दुई पात्र उदाहरण मात्र हुन् । पछिल्लो समय घरजम गरेर बसेका थारू समुदायको संख्या दिपायलमा बढ्दो छ । स्थानीय युवा रोजगारी छैन भन्दै भारत र विदेश पलायन भइरहेका बेलामा थारू तन्नेरीहरू भने पहाडतिर सोझिएका छन् । इमानदार र परिश्रमीका रूपमा चिनिने थारू समुदायका युवा यहाँ ठेक्कापट्टा, व्यापार, कम्प्युटर, लेखापाल, गाडी चालकजस्ता पेसामा छन् । ‘इमानदारी र मिहिनेती भएकाले उहाँहरूलाई अधिकांशले विश्वास गर्छन्’, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम साउदले भने, ‘बरु यताका युवामा विचलन बढी छ, कामको सम्मान नगर्ने प्रवृत्ति भएकाले अधिकांश व्यापारी थारूकै युवालाई काममा राख्न रुचाउँछन् ।’ अहिले दिपायल मात्र २ सयभन्दा बढी थारू समुदायका व्यक्ति काम गरिरहेको हुन सक्ने साउदले अनुमान सुनाए । कतिपय थारू डोट्याल भाषामा पोख्त रहेको बताउँदै साउदले उनीहरू यतैका मौलिक परिकार र रीतिरिवाजमा रमाइरहेको बताए । दिपायल उक्लेका थारूहरू धेरैजसो कैलालीबाट आएका छन् । केहीले घरजग्गा जोडिसकेका छन् । कतिपय भने अस्थायी रूपमा ज्यालामजदुरीका लागि आउने र वर्षात्मा घर फर्कने पनि गर्छन् । वर्षभरि यता मजदुरी गरेर खेतीपातीका लागि तराई जाने गरेको सुवास चौधरीले बताए । आर्थिक अवस्था कमजोर हुँदा कक्षा ९ को पढाइ छोडेर आइपुगेका रामप्रसाद चौधरी पनि अहिले दिपायलमै परिवारसहित फेन्सी पसल सञ्चालन गरिरहेका छन् । गणेश इन्टरप्राइजेजमा युवावस्थामै जागिरका लागि आएका जग्गु चौधरी पनि डेढ दशकदेखि दिपायलमा संघर्ष गरिरहेका छन् । उनले पनि अहिले आफ्नै कम्प्युटर तथा फ्लेक्स प्रिन्टको पसल खोलेका छन् । ‘बेइमानी र झूट बोल्न जान्दैनौं, बालापनदेखि नै संघर्ष गर्नुपर्छ भन्ने पाठ सिकेका छौं,’ जग्गुले भने, ‘जुन ठाउँमा रोजगारीका लागि आउँदा माया ममता र जीवन पायौं त्यही ठाउँमा रमाउन पाउँदा खुसी छौं ।’ यतैको बासिन्दा झैं भएकाले यहाँको विकास निर्माणका सवालमा समेत आफूहरूको चासो रहने सुरेन्द्र चौधरी बताउँछन् । उनी दिपायलमा लेखापरीक्षणको काम गर्दै आएका छन भने श्रीमती ललिता ब्युटिपार्लर खोलेर बसेकी छन् । उनले यहाँको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायत सवालमा राज्यपक्षलाइ दबाब दिन आफूहरू कहिल्यै पछि नपरेको बताए । कान्तिपुरबाट

२५ लाख राशिको खोजमूलक पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान

२५ लाख राशिको खोजमूलक पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान

९४३ दिन अगाडि

|

१६ चैत २०८०

बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार २०८१ का लागि आवेदन आह्वान गरेको छ । हरेक २ वर्षको अन्तरमा प्रदान गरिने यस पुरस्कारको कुल धनराशि २५ लाख रुपैयाँको रहेको छ । २०७९ वैशाखदेखि २०८० चैतसम्म २४ महिनाभित्रमा प्रकाशन र प्रसारण भइसकेका अनुसन्धानमूलक समाचार र सामग्रीले यस प्रतिष्पर्धामा भाग लिन पाउने फाउन्डेसनले जनाएको छ ।   उक्त पुरस्कार पहिलो हुनेलाई १५ लाख , दोस्रो हुनेलाई ७ लाख र तेस्रो हुनेलाई ३ लाख प्रदान गरिनेछ । पुरस्कारको घोषणा आउदो वैशाख २१ मा गरिनेछ । प्रतिष्पर्धामा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित र प्रसारित हुनुपर्ने फाउन्डेसनले जनाएको छ । 

मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित

मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित

९४४ दिन अगाडि

|

१६ चैत २०८०

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मुक्त कमैया, हलिया तथा कमलरी पुनर्स्थापना कार्यविधि २०८० पारित गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो कार्यविधि स्वीकृत गर्नेलगायतका निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले बताए । प्रदेश सरकारको यो निर्णयसँगै दशकौँदेखि पुनर्स्थापना पर्खाइमा रहेका यहाँका मुक्तकमैया, हलिया र कमलरीको पुनर्स्थापनाको ढोका खुलेको हो । मुक्त कमैया, हलिया तथा कमलरीहरुको आव २०७५, २०७६ देखि रोकिएको पुनर्स्थापना तथा भरण षोषणको कार्य अब अगाडि बढ्ने आशा गरिएको छ । कार्यविधि आएपछि सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लास्थित ३३ सय बढी मुक्त कमैया, कमलरी र प्रदेशका विभिन्न जिल्लास्थित हजारौँ मुक्त हलिया पुनर्स्थापना हुने बाटो खुलेको हो ।

तीन दिन मिथिलामा ‘होरी’

तीन दिन मिथिलामा ‘होरी’

९४८ दिन अगाडि

|

११ चैत २०८०

महोत्तरी । मधेसमा दिनदिनै होली पर्वको रौनक छ । आज सुरु भएको होली मङ्लबारसम्म खेल्ने तयारी मधेसमा छ । प्रदेशका आठवटै जिल्लाका उत्तरवत्र्ती क्षेत्रमा सघन बसोबास भएका पर्वते (पहाडी) मूलका हिन्दू आज फागुपर्व मनाउँदै छन् । पूर्णिमा तिथिकै दिन फागु मनाइने परम्पराअनुसार पहाडी मूलका हिन्दूले आज फागु मनाइरहेका हुन् । यता साधु परम्परा (मठ, गुरुकूल परम्परा)मा पूर्णिमा सकिएर लाग्ने प्रतिपदा तिथिमा फागु खेल्ने परम्परा छ । यसअनुसार मधेसका अधिकांश ठाउँमा भोलि होली पर्व मनाइने तयारी छ । मिथिलाको माध्यमिकी परिक्रमा क्षेत्रभित्र अन्तगृह परिक्रमा सम्पन्न गरिएपछि त्यसको भोलिपल्ट पर्व मनाउने परम्परा छ । यसअनुसार सोमबार अन्तगृह परिक्रमा गरिएपछि मङ्गलबार होली खेलिनेछ । पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको रङ्गभूमिमा अन्तिम बास बसेर १६औँ दिन बिहान अन्तगृह परिक्रमा गरिन्छ । अन्तगृह परिक्रमाकै क्रममा होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृत्तिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होली मनाइने परम्पराअनुसार मङ्गलबार पर्व मनाउनपर्ने स्थापित मैथिल परम्परा भएको यसक्षेत्रको पाका मैथिल बताउँछन् । फागुपर्व तिथि टेकेर मनाइनुपर्ने हुँदा चैत कृष्ण प्रतिपदाका दिन मनाइनुपर्ने साधु परम्पराका अनुयायीको मत छ । यस मतका अनुयायी भोलि सोमबार पर्व मनाउने तयारीमा छन् । यसैगरी परिक्रमा यात्राको अन्तगृहलाई आधार मानिँदा पर्सी मङ्गलबार पर्व मनाइनेको सङ्ख्या उल्लेख्य देखिन्छ । खासमा १५ दिने मिथिला माध्यमिकी यात्राको एक सय ३३ किमी वृत्तभित्र पर्सी मङ्गलबार पर्व मनाइने मैथिल संस्कृति र परम्पराका जानकार सञ्चारकर्मी श्यामसुन्दर शशिले बताए । “मध्यमा परिक्रमा जनकपुरको रङ्गभूमि मैदानमा जम्मा भएकै दिन राति होलिका दहन गर्ने, भोलिपल्ट अन्तगृह परिक्रमासँगै धुरा उडाउने र त्यसको भोलिपल्ट पर्व मनाउने परम्परा छ”, शशिले भने, “यसमा सामान्यतया तिथिको कुरा त जोडिन्छ, तर कहिलेकाहीँ तिथिको भोग घटबढको असरले तलमाथि पर्छ ।”  मिथिलामा सामान्यतया चैतकृष्ण प्रतिपदाका दिन होली पर्व पर्ने भए पनि होलिका दहन र अन्तगृह परिक्रमा एक दिनको फरकमा हुने परम्पराले यसपालीको पर्व मङ्गलबार पुगेको शशिले बताए । यहाँ पर्वते र मूल मधेसी समुदायको अन्तर्घुलनले सबै परम्पराअनुसार एकअर्काको होली परम्परामा सरिक हुँदै आएका छन् । “प्रेम, सद्भाव र आपसी एकताको सन्देश दिने पर्वको अभिष्ठ हो, हामी तीनै दिन एकआपसमा मिलेर होली खेल्छौँ”, भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले भने । आआफ्ना सुविधा र मान्यताअनुसार तीन दिन ‘होरी’ मनाइँदै गरिए पनि यसपाली होली शान्त नै देखिएको छ । बस्तीका घरघर र सडक गल्लीसम्म एकअर्कोलाई लोला हान्ने, भीड जम्मा हुने र रङ प्रयोगमा कमी देखिएपछि होली शान्त देखिएको हो । मधेस प्रदेशभित्रका आठै जिल्लामा जिल्ला प्रशासनले भिडभाड नगर्न, भिडभाडमा नजान, रङ र लोला नहान्न सार्वजनिक सूचना नै जारी गरेर अपिल गरेको छ । रासस

मौलिकता गुमाउँदै होली

मौलिकता गुमाउँदै होली

९४८ दिन अगाडि

|

११ चैत २०८०

कञ्चनपुर । हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । होलीको बेला राम, कृष्णलगायतका देवीदेवताको स्तुति र वीर पुरुषका गाथा सहित सामाजिक, प्राकृतिक विषयवस्तुमा आधारित गाथा प्रस्तुति गर्ने चलन भएकोमा पछिल्लो समय केवल रङ्गहरुमा मात्रै होली सीमित हुने गरेको छ । पौराणिक मान्यता अनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ । होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई नृत्य र गीतको रुपमा प्रस्तुत गरिन्छ ।  साहित्यकार कविराज भट्ट होली प्रस्तुतिका आधारमा खडी तथा बैठी गरेर दुई किसिमको हुने गरेको बताउँछन् । उाका अनुसार खडी होली गोलाकार रुपमा पङ्तिबद्ध भई नृत्य तथा अभिनय गर्दै प्रस्तुत हुन्छ, भने बैठी होली बसेर तालीसँग खेल्ने गरिन्छ । “अहिलेको पुस्ता त होली भनेपछि रङ्ग दल्ने मात्रै बुझ्न होलीको आफ्नै मौलिकता छ”,  साहित्यकार भट्टले भने, “होली महिमा र गरिमालाई अहिलेका पुस्ताले आत्मसात गर्नु जरुरी छ ।” उनले होलीमा विभिन्न लोक बाजाहरुको प्रयोग गरिने बताए ।  “देवस्थल, सार्वजनिकस्थललगायत घर–घरमा गएर होली खेल्ने प्रचलन परापूर्वकालदेखि चल्दै आएको पाइन्छ ।” उनले भने, “होली विजय तथा खुसीयालीको पर्व भएकाले विशेष गरी रङ लगाउँदै मनोरञ्जन गरिन्छ ।” उनले होलीमा विभिन्न विषयवस्तुमा आधारित गाथाका साथै आशिषसमेत दिने गरेको बताए ।  होलीमा प्रस्तुत गरिने गाथामा हाम्रो इतिहास एवम् मौलिक पहिचान लुकेको प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिमका अध्यक्ष रमेश पन्तले बताए । उनले भने, “यसले भाषा, साहित्य एवम् लोक साहित्य र लोकवार्ताका विषयवस्तुलाई झल्काउने भएकाले गहन अध्ययन तथा प्रस्तुतिमा निरन्तरता दिनु आवश्यक छ ।” उनले होलीलाई अतिरञ्जनात्मक बनाइ मादक पदार्थको सेवन तथा जथाभावी रङ मात्र दल्ने परिपाटी बढ्दै गएपछि होलीको मौलिकता हराउँदै गइरहेको बताए ।  “अहिले होलीमा डिजेको प्रयोग गरेर नाच्ने गरिन्छ ।” स्थानीय गणेश भट्टले भने, “यसले गर्दा हाम्रा लोकबाजा र ती मौलिक गीत हराउन थाले ।” उनले अहिलेको पुस्ताले परम्परालाई आत्मसात गर्नुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होली पर्वमा उच्छृङ्खल  गतिविधि नगर्न आग्रह गरेको छ । प्रहरीले होली पर्वलाई सभ्य, शिष्ट, र मर्यादित तवरले मनाउन सबैलाई आग्रह गर्दै अपराधिक क्रियाकलाप गरे कानुन बमोजिम कारबाही हुने जनाएको छ । रासस

भाषा फराकिलो र सहज हुनु बेस

भाषा फराकिलो र सहज हुनु बेस

९४९ दिन अगाडि

|

११ चैत २०८०

थारु भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक बनाउने  बारबर्दिया नगरपालिकाको मस्यौदा टोली छलफलको क्रममा घोराहीस्थित सर्वोदय पुस्तकालय तथा वाचनालयमा । पोमराज शर्मा पूर्व मेचीदेखि पश्चिम महाकाली अनि उत्तर हिमशैलदेखि दक्षिणको धानकौली तराईसम्म लमतन्न परेको यस देवभूमिमा बस्ने हरेकले मेरो देश नेपाल अनि म नेपाली भनी गर्वले आफ्नो ढुकुरे छाती नि ढक्क फुलाएर शिर ठाडो बनाउँछन् । हरेकका मातृभाषा जन्मजात आर्जित छ । यसमा कसैले न घमण्ड न कसैले होची अर्घेल्यायी गर्नु छ। जुम्लाको सिँजाबाट प्रसारित खसभाषा जति फैलियो त्यति परिस्कृत र परिमार्जित हुने सुअवसर प्राप्त गर्यो । सुदूरपश्चिमको डोट्याली भाषा होस् वा पर्वते, झापाली अथवा सुदुर पूर्वेली दार्जिलिङे भाषामा खसभाषाको कुनै छेकछन्द छैन। तर पनि नेपाल र नेपाली शब्दसँग रक्त सम्बन्ध हुनेलाई मुटु जत्तिकै प्यारो लाग्छ। भाषाका विद्यार्थी वा शिक्षक जो कसैले पनि कुनै भाषा प्रति आक्रोश ,आक्षेप र विष बमन गरेमा कदवृद्धि नभइ आफ्नै विद्वत्तालाई अवमूल्यन गर्नु हो । थारु भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक बनाउने  बारबर्दिया नगरपालिकाको मस्यौदा टोली छलफलको क्रममा घोराहीमा छलफलपछि। हरेक भाषा कथ्यमा मात्र सीमित भए उसको अस्तित्व अनिश्चित हुन्छ । अतः हरेक भाषाविद्को दायित्व हो भाषालाई युगानुकुल लिपिबद्ध गर्नु। भाषालाई व्याकरणिक अनुशासनमा बाँधेर जटिल अनि असहज बनाइ नवसिकारुलाई किलिष्ट पारिनु हुदैन । त्यस्तै  भाषालाई सहज बनाउने भन्दैमा भाषिक अराजकता सिर्जना पनि गरिनु हुदैन ।   नेपालको संविधानमै मातृभाषाको संरक्षण, सम्वर्द्धन र  विकासका लागि आवश्यक पहल गर्न निर्दिष्ट गरेको छ। जसका लागि  विभिन्न स्थानीय निकायले आफ्नो प्राथमिकता राखिरहेका छन् ,जसलाई अन्यथा लिनु हुदैन । हरेक बालबनिता, युवायुवती बृद्धबृद्धा जो कोहीले जुनसुकै उमेरमा जति धेरै भाषाको ज्ञान हासिल गर्छ, उसको बौद्धिकताको आयतन र परिधिको क्षेत्रफल वृद्धि हुनेमा कुनै शङ्का छैन ।तपाईंलाई जति धेरै भाषाभाषीसँग समागम हुने अवसर र मौका मिल्दछ, सम्झनुस् तपाईं भाग्यमानी हो । नौतुनवा, गोरखपुर, रुपैडिया, बलैगाँउ, गौरीफण्टा र बनबासा गएर कनिकुथी हिन्दी बोल्दा महान भाषिक दक्षता प्राप्त गरेको बौद्धिक व्यक्तित्व  महसुस गर्नेले आफ्नै छिमेकीको मातृभाषाको रुपमा रहेका कोचिला थारु, दगाहा थारु,देउखुरीया धारु,देसौरी थारु र राना थारु भाषाका विषयमा चर्चा परिचर्चा हुँदा निधार खुमच्यानु पर्ने कुनै कारण देखिदैन । हरेक भाषामा मानक र मानकीकरणका कुरा चल्नु स्वभाविकै हो । तर जुन भाषा कथ्यमा व्यापकता तर लेख्यमा अझै सङ्कुचन छ, त्यस भाषा विकासको प्रारम्भिक चरणमा नै मानकीकरणको कुरा उठाउनु पनि अप्रत्यक्ष रुपमा भाषा विकासमा अवरोध सृजना गर्नु हो भन्ने लाग्छ । बाँके, बर्दियामा जन्मे हुर्केका व्यक्ति हुन वा सरल जीवनको सपना बुनी  नयाँवस्ती सरेका देसारु हुन वा जागिरे जीवनका क्रममा  वस्ती सरेका नवआगन्तुक सबैले यस क्षेत्रमा रहेका बहुसंख्यक जातिले बोल्ने थारु भाषा जानी नजानी आत्मसात् गरेकैछ, गरिरहेकै छ । सहज विचार विनिमय गर्न होस् वा आपसी घनिष्टताको गाँठोलाई मजबुत गर्न पनि यस भाषालाई प्रेमको आलिङ्गनमा बाँध्नु बुद्धिमता देख्दछु। बारबर्दिया नगरपालिकाले  स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई आगामी शैक्षिक सत्रदेखि  थारुभाषाको पाठ्यक्रम पाठ्यपुस्तक क्रमशः लागू गर्दै जाने निर्णय गरेबमोजिम पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन कार्यदलको सदस्यका नाताले  थारु भाषा, कला, साहित्य तथा संस्कृतिका विद्वान् व्यक्तिसँग भलाकुसारी गर्ने मौका मिल्यो, जुन अवसरले दाङदेखि बर्दियासम्म यस भाषाको विगत, वर्तमान र भविष्यमाथि थोरबहुत  सहजता, असहजता, प्रयास ,सफलता, विफलता, समस्या, चुनौती जस्ता विषयमा दृष्टिगोचर भयो ।                                                                                                                                                                             लेखक पोमराज शर्मा यस क्रममा साक्षत्कार हुने व्यक्ति डा कृष्णराज सर्वहारी, छविलाल कोपिला ,अशोक थारु, केवि चौधरी  लगायतसँगको अन्तर्क्रियाले धेरै अन्तरवस्तु नजिकबाट बुझ्ने अवसर प्राप्त भयो । थारु भाषा,साहित्य  र संस्कृतिको संरक्षण सम्वर्द्धनमा उहाँहरुले खेलेको भूमिका प्रशंसनीय छ। उहाँहरुको लेखनीले थारु भाषा साहित्यको श्रीवृद्धिमा अझै निख्खारता ल्याओस्,यहीँ छ शुभकामना । यसका साथै बारबर्दियाको भाषिक कदममा सकारात्मक सल्लाह ,सुझाव र सहयोगको पनि अपेक्षा राख्दछु ।                                                                                      लेखक पोमराज शर्मा अंशुवर्मा उच्च मावि जयनगर, बर्दियाका प्रधानाध्यापक हुन् ।