Above News Title

८औं थारु साहित्य राष्ट्रिय सम्मेलनको भव्य समुद्घाटन

दसवटा पुस्तक विमोचन
८औं थारु साहित्य राष्ट्रिय सम्मेलनको भव्य समुद्घाटन

थारु लेखक संघ नेपाल तथा हौली परिवारको संयुक्त आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुनसरीको गढीमा यही माघ २६ गते शुक्रवार ८औं थारु साहित्य राष्ट्रिय सम्मेलनको समुद्घाटन भएको छ ।

पूर्व मन्त्री तथा संघीय सांसद भगवती चौधरीले कार्यक्रमको उद्घाटन गरेकी हुन् । सो अवसरमा उनले समाज परिवर्तनमा साहित्यकारहरुको ठुलो भूमिका हुने हुँदा उहाहरुको सम्मान हुनुपर्ने बताइन् ।

कार्यक्रममा पूर्व मन्त्री डा गोपाल दहितले हौली परिवार कुनै समय गुमनाम भैसकेकोमा थारु लेखक संघ नेपालको सहकार्यमा भब्य ८औं थारु साहित्य राष्ट्रिय सम्मेलन आयोजना गर्न सफल भएकोमा बधाइ दिए ।

रामसागर चौधरी तथा शान्ति चौधरीलाई थारू साहित्य पुरस्कार

कर्यक्रममा थारु लेखक संघ नेपालबाट स्थापित यस वर्षको पुरस्कार स्रस्टाद्वय रामसागर चौधरी तथा शान्ति चौधरीलाई प्रदान गरियो ।

इटहरी–१२, खनार, सुनसरीका रामसागर चौधरीलाई दिन थालिएको थारू साहित्य पुरस्कारको राशी ३० हजार रुपैया तथा सम्मानपत्र रहेको छ । उनको अनमोल बिहाल (थारू कविता संग्रह २०४९), थारु समाजमा प्राप्त ऐतिहासिक दस्तावेजहरू (२०५३), मोरङिया थारू (२०७८), पूर्विया थारू लोकगीत .चोरखेलिया नाच संकलन २०८०), हालत (थारू कविता के मोटरी २०८०) तथा पूर्विया थारू हरिनाम गीत (लोककिर्तन के मोटरी संकलन २०८०) प्रकाशित छ । हौली परिवारका संस्थापक सचिव उनी हौली पत्रिकाका सम्पादकसमेत हुन् ।

रामसागरले आफूले पाएको पुरस्कारमा २० हजार रुपैया थप गरी ५० हजारको अक्षयकोष रकम थारु लेखक संघलाई उपलब्ध गराउने तथा त्यसबाट खास गरी पूर्वीया थारु साहित्यकारलाई पुरस्कत गर्ने घोषणा गरे ।

त्यस्तै, बारा जिल्ला करहिया गाउँकी चौधरीलाई दिन थालिएको थारू महिला प्रतिभा सशक्तिकरण पुरस्कारको राशी १५ हजार रुपैया तथा सम्मानपत्र रहेको छ । यो पुरस्कर थारु लेखक संघ नेपालका लागि कैलाली कैलाली, धनगढीका चन्द्रसिंह चौधरीले आफ्नो दिवंगत धर्मपत्नी प्रतिभा चौधरीको नाममा स्थापना गरेका हुन् ।

२०२९ सालदेखि कविता लेखनबाट साहित्य यात्रामा लागेकी उनले २०४७ सालमा आफ्नै आत्मकथाको पहिलो पुस्तक प्रकाशित गरेकी थिइन् । उनको पछिलो बालचित्रकथाको पुस्तक मेरी दुधु (२०७७) तथा लडेया र बछिया (२०७७) थारु तथा नेपाली भाषामा प्रकाशित छ । उनका विविध विधामा ६८ वटा प्रकाशित छन् । 

लेखिका शान्ति चौधरीले आफूले पाएको पुरस्कार रकमबाट आफ्नो गृह जिल्ला बारामा थारु साहित्य विशेष कार्यक्रममा सघाउने बताइन् । 

 

दसवटा पुस्तक विमोचन

सम्मेलनमा बमबहादुर थारूको मेची महाकाली थारु भाषा सर्वेक्षण, इन्द्र चौधरी टिपटिप (रानाथारू लोककथा), रामसागर चौधरीको पूर्विया थारू हरिनाम गीत, हृदयनारायण चौधरीको भाषासम्बन्धी पुस्तक खोजखबर, लेखनाथ चौधरीको थारु संस्कृति तुलनात्मक अध्ययन, डा गोपाल दहितको सम्पादनमा तीन पुस्तक थारु बाल्हा झुल्ना ओ बैठैना गीत, थारु कहकुट तथा थारु डफ (धमार गीत), नेपाल प्रज्ञा प्रतिष्ठानको थारु भाषाको वार्षिक पत्रिका लवाङ्गी (अंक १), हौली परिवारको वार्षिक पत्रिका हौली (अंक १६) लगायत पुस्तक प्रमुख अतिथि भगवती चौधरी लगायत अतिथिहरुबाट संयुक्त रुपमा विमोचन भएको थियो । 

उद्घाटन सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठाननकी प्राज्ञ परिषद सदस्य हंसावती कुर्मी लगायतले मन्तव्य राखेका थिए ।

उद्घाटन सत्रपछि आशनारायण चौधरी (अध्यक्ष गढी गाउँपालिका) शंकरलाल चौधरी (मेयर रामधुनी नगरपालिका) तथा गुणावती धामी थारु (उपाध्यक्ष ग्रामथान गाउँपालिका) संग पत्रकार गवनसिंह चौधरीले सुनसरी, मोरङको थारुकेन्द्रित विकासबारे बहस गरेका थिए । उता विमोचित पुस्तकका लेखकहरुसँग सोम डेमनडौराले अन्तक्रिया गरेका थिए । त्यस्तै। भूमिका थारुले थारु कविताको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

प्रकाशित:

९९२ दिन अगाडि

|

२७ माघ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९