दाङमा बस दुर्घटना, वनभोज लागि गएका २० जना घाइते

दाङमा बस दुर्घटना, वनभोज लागि गएका २० जना घाइते

१०३३ दिन अगाडि

|

१५ पुष २०८०

नाउपाको पुस २६ बाट हुने पहिलो महाधिवेशनको निम्तो बाँड्न जनताको बस्तीमा रेशम चौधरी

नाउपाको पुस २६ बाट हुने पहिलो महाधिवेशनको निम्तो बाँड्न जनताको बस्तीमा रेशम चौधरी

१०३३ दिन अगाडि

|

१५ पुष २०८०

कैलाली । आगामी पुस २६ गते बाट सुरु हुने नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनका लागि अहिले संरक्षक रेशमलाल चौधरी तीव्र तयारीमा छन् । पहिलो पटक आयोजना हुन लागेको महाधिवेशनलाई ऐतिहासिक र भव्य बनाउन गाउँ बस्तीमा अभियान सुरु गरिएको उनले बताए । शुक्रवार टीकापुर न पा वार्ड न १ र २ अन्तर्गत बिजयनगर मुक्त कमैया शिविर बाट महाधिवेशनको निम्तो बाँड्दै उनले समस्यामा रहेका हरेक नागरिकको उन्मुक्ति नागरिक उन्मुक्ति पार्टीले मात्रै गर्न सक्ने बताएका छन् । सोही क्षेत्रबाट अघिल्लो पटक भारी मतले रेशम चौधरी निर्वाचित भएका थिए भने अहिले उनको पत्नी नागरिक उन्मुक्तिका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित भएकी छन् । श्रेष्ठ अहिले नेपाल सरकारको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री छिन् । दुई साता पछि हुन लागेको महाधिवेशनको निम्तो बाँड्न बस्ती पुगेका संरक्षक चौधरीले अहिले नागरिकमा चुनावको भन्दा बढि रौनक पाएको बताए । ‘चुनाव भन्दा माहौल राम्रो छ । कामको बेलामा पनि उहाँहरू घर छोडेर सहभागी भइरहनु भएको छ’ संरक्षक चौधरीले भने ‘हामीलाई जनताको विश्वास गरिरहनु भएको छ हामी त्यो विश्वासलाई कायम राख्न पक्षमा छौँ ।’ संरक्षक चौधरीको नेतृत्वमा महाधिवेशनको निम्तो बाँडिरहेका र अब निर्वाचित क्षेत्र स्तरमा त्यहाँबाटै निर्वाचित सांसदहरू लाग्ने उनले बताए । नागरिक उन्मुक्ति पार्टीले पहिलो पटक आठ हजार प्रतिनिधि उपस्थित गराउने गरि महाधिवेशनको आयोजना गर्न लागेको हो । उक्त महाधिवेशनमा सहभागी हुन चौधरीले सबैलाई भेटेरै आग्रह गरिरहेका छन् । ‘घरदैलो गर्दै त्यहाँका जनतालाई महाधिवेशनको निम्तो दिइरहेका छौँ ’ उनले भने ‘हाम्रो महाधिवेशन प्रतिनिधिका दृष्टिकोणले मात्रै होइन सहभागिताको दृष्टिकोणले पनि ऐतिहासिक बन्दै छ ।’ ८ हजार प्रतिनिधि आउने पहिलो निर्वाचनमै उल्लेख्य जनमत पाएको नागरिक उन्मुक्ति पार्टीको आसन्न महाधिवेशनमा ८ हजार प्रतिनिधिले भाग लिने जनाएको छ । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुने छ। नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनमा सबै जिल्लाको प्रतिनिधि गराउने तयारी गरिएको छ ।    

बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई सरकारले दस/दस लाख दिने

बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई सरकारले दस/दस लाख दिने

१०३३ दिन अगाडि

|

१४ पुष २०८०

बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको छ।  आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको  सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।  शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए। त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो। घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो। मृतकको शव सरकारले नै उनीहरुको घरसम्म पुर्‍याइदिने निर्णय गरेको छ।  बैठकले शुक्रबार फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गर्ने निर्णय पनि गरेको छ। यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाह पनि प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानिएका छन्। 

कोरिया जाने सपनाको अवसान

कोरिया जाने सपनाको अवसान

१०३३ दिन अगाडि

|

१४ पुष २०८०

कोरिया जान दुई वर्षदेखि तयारी गरिरहेका अछामका वीरेन्द्र शाह र दुई सातादेखि मात्र भाषा सिक्न थालेका दैलेखका सुजन रावत मारिए, दुवै युवा २३ वर्षका थिए ।   रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो।  अछामको चौरपाटी गाउँपालिका– १ सिउडीका टेकबहादुर शाह २३ वर्षीय छोरा वीरेन्द्रको फोन कुरिरहेका थिए । घर छोड्ने दिन वीरेन्द्रले भनेका थिए, ‘म कोरिया जाने दिन उडाउन काठमाडौं आउनुहोला ।’ शुक्रबार साँझ हतारहतार गरी टेकबहादुर ३५ घण्टाको गाडी यात्राका निम्ति तयार भएर काठमाडौंका लागि हिँडे । तर, छोरालाई उडाउन होइन, उसको शव बुझ्न । ईपीएस कोटामार्फत कोरिया जाने सपना देखेर काठमाडौं गएका वीरेन्द्रको शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा आन्दोलनका क्रममा मृत्यु भयो । छोराको खबर सुनेपछि ५३ वर्षीय टेकबहादुर काठमाडौंतर्फ हान्निएका छन् भने आमा दुर्गादेवी मूर्छित छिन् । छिमेकी हजुरबुबा एवं सिउडी माविका प्रधानाध्यापक बमबहादुर शाहका अनुसार वीरेन्द्रले सिउडी माविबाट २०७८ सालमा कक्षा १२ सम्मको अध्ययन सकेका थिए । यतै बसेर जागिर गर्ने भनेर उनले भेटेरिनरी जेटीए पढेका थिए । ‘मैले नै पढाएको विद्यार्थी हो । अरूभन्दा पढाइमा पनि राम्रै थिए । देशभित्र जागिर पाइने सम्भावना नदेखेपछि कोरिया जान भाषाको तयारी गर्न काठमाडौं गए,’ प्रअ शाहले भने, ‘वीरेन्द्रका दाइ लामो समयदेखि परिवारसहित भारतमा छन् । दुःख गरेर पढाएको छोरो गोली लागेर ढल्दा अहिले परिवार सम्हालिन सकेको छैन । टेकबहादुरलाई प्यारालाइसिसका कारण हातको समस्या छ । ‘दसैंमा आउँदा बुबाआमालाई केही चिन्ता नगर्नु, म विदेश जाने बेला बिदाइ गर्न आउनुपर्छ भन्दै गएको थियो । तर, छोराको लास ल्याउन वृद्ध अवस्थाका बुबाले जानुपर्ने समय आयो,’ बमबहादुरले भने । आर्थिक अवस्था कमजोर भएकाले वीरेन्द्र कोरिया जाने भन्दै २ वर्षअघि काठमाडौं पसेका थिए । झन्डै एक वर्षअघि बुबाको मृत्यु भएपछि र पारिवारिक व्यापार बिग्रिएपछि दैलेखको महाबु गाउँपालिका–६ रानीवनका २३ वर्षीय सुजन रावतले घरको अवस्था सुधार्न विदेश जाने निर्णय लिएका थिए । सरकारले कोरिया जाने कामदारका लागि आवेदन खुलाएको थाहा पाएपछि एक महिनाअघि काठमाडौं पुगे । काठमाडौंको थानकोटमा साइँला काकाको छोरासँगै बस्दै आएका उनले बागबजारको एक इन्स्टिच्युटमा कोरियन भाषा सिक्न थालेको करिब एक साता पुगेको थियो । शुक्रबार ललितपुरको बालकुमारी नजिकै युवाहरूले गरेको आन्दोलन हेर्न गएका उनको प्रहरीको निर्घात कुटपिटबाट ज्यान गएको छ । यो घटना सुनेपछि आमा ४६ वर्षीय नन्दाकुमारी अर्धबेहोस अवस्थामै छिन् । ‘भाउजू अहिलेसम्म पति वियोगमै हुनुहुन्थ्यो,’ मृतकका काका खगेन्द्रले भने, ‘त्यसमा जेठो छोरा गुमेको थाहा पाएपछि उहाँ अर्धबेहोस नै हुनुहुन्छ ।’  

अनुसन्धान केन्द्र बन्दै थारू सङ्ग्रहालय

अनुसन्धान केन्द्र बन्दै थारू सङ्ग्रहालय

१०३७ दिन अगाडि

|

१० पुष २०८०

दाङको दङ्गीशरण गाउँपालिका–३ चखौरामा रहेको थारू जातिको इतिहास र संस्कृति बचाउने ‘चखौरा सङ्ग्रहालय’ मा अध्ययन तथा अनुगमन गर्नेको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक यस सङ्ग्रहालयमा अध्ययन र अनुगमनका लागि आउने गरेका हुन् । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालय शिक्षा सङ्कायको कक्षा १२ मा अध्ययनरत विनिता केसी विद्यालयको अध्ययन अनुगमनका लागि दङ्गिशरण–३ मा रहेको थारु सङ्ग्रहालयमा गइन् । सङ्ग्रहालयभित्र प्रवेश गर्ने गेटको अगाडि थारू राज्यका अगुवाको मूर्ति र उनीहरूले शासन गरेको भूगोलको नक्शा देख्दा सबैले चाख मानेर हेरेको उनले बताइन् । यहाँ पुग्दा थारु जातिको पहिचानलाई बचाइ राख्नलाई तयार गरिएको सङ्ग्रहालय देख्दा खुसी लागेको केसीले बताइन् । लोप हुन लागेको संस्कृतिसँग जोडिएका थारू समुदायका पुराना सामान, गहना र पोसाक संरक्षण गरेर राखेको देख्दा खुसी लागेको उनको भनाइ थियो ।  सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत सुशीला चौधरीले पनि सङ्ग्रहालय अवलोकन गरिन् । उनले थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता राख्ने ठाउँ देख्दा खुसी लागेको बताइन् । थारु समुदायमा लोप हुन लागेका गरगहना, कपडा र विवाहमा दुलाहा दुलही बोक्ने डोली सङ्ग्रह गरेर राखिएको उनले जानकारी दिइन् । “घरमा हजुरआमाले आफ्ना पालका गरिने चालचलन र सामग्रीको बारेका सुनाउने गर्नुहुन्थ्यो यहाँ पुगेर सबै अवलोकन गर्न पाउँदा खुसी लागेको छ”, चौधरीले भनिन्, “थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्शा कोरिएका छन् ।”  विद्यालयका शिक्षक प्रकाश देवकोटाले विद्यालयमा शिक्षा सङ्कायका विद्यार्थीलाई आन्तरिक पर्यटकीयस्थलको अवलोकन गराएर स्थानीयस्तरमा भएका कला संस्कृतिका बारेमा जानकारी गराउने गरिएको बताए । विद्यार्थीले पुस्तकमा पढेका कुराले मात्रै नपुग्ने भएकाले उनीहरुलाई स्थलगत अध्ययन गराउने गरिएको उनको भनाइ थियो । आफ्नै आँखाले देखेका कुरा विद्यार्थीले छिटो सम्झने भएकाले विद्यार्थीलाई अध्ययनरअवलोकन गराउने गरिएको उनले बताए । लुम्बिनी प्रदेश सरकारबाट दङ्गीशरण–३ चखौरामा रहेको थारु सङ्ग्रहालयमा पार्क निर्माणका लागि रू ५० लाख, मूर्ति निर्माण तथा खरिद गर्न रू ५० लाख, माथिल्लो तलामा थारु घर तथा विश्राम स्थल निर्माण गर्न रू ३० लाख छुट्याइएको सङ्ग्रहालयका सह व्यवस्थाक नरेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक अध्ययन अनुगमनका लागि आउने गरेका छन् । यो वर्ष मात्रै  ३६ जना विदेशी पर्यटक सङ्ग्रहालय अवलोकनका लागि आएका चौधरीले जानकारी दिए । सातवटै प्रदेशका पर्यटक यहाँ आउने गरेका उनको भनाइ थियो । यस वर्ष एक लाख भन्दा धेरैले सङ्ग्रहालयको अवलोकन गरेको उनले जानकारी दिए ।  शनिबार र सार्वजनिक बिदाको दिन धेरै आन्तरिक पर्यटक आउने गरेका छन् । दैनिक तीन सयदेखि चार सयको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका चौधरीले जानकारी दिए । उनका अनुसार साधारण नगरिकलाई रू ७०, विद्यार्थी तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई रू ५० प्रवेश शुल्क लिने गरिएको छ । “थारु पहिरन लगाएर फोटो खिच्न चाहनेका लागि ड्रेसको रू एक सय, सङ्ग्राहलय पछाडि रहेको जलाशयमा डुङगा चलाउन रू ५० तोकिएको छ”, उनले भने । पर्यटकीयस्थलको संरक्षण गर्नका लागि  स्थानीय, प्रदेश र सङ्घ सरकार तथा पर्यटन बोर्डको पनि लगानी रहेको चौधरीले बताए । तुलसीपुर उपमहानगरपालिकाबाट ११ किलोमिटर पश्चिममा रहेको चखौरा पुग्न अटो रिक्साको सुविधा छ । अटो रिक्सालाई रू एक सय दियो भने सङ्ग्रहालयसम्म पुग्न सकिन्छ ।  पुरानो र नयाँ पुस्ताबीच ठूलो अन्तर रहेकाले पुरानो लोकसंस्कृति पुस्तान्तरण गर्नका लागि थारु सङ्ग्रहालयले सकारात्मक भूमिका खेलेको थारू संस्कृतिका ज्ञाता अशोक थारूले बताए । “संस्कृति हस्तान्तरण नहुँदा लोपहुँदै गएका छन् । यसलाई बचाउन सङ्ग्रहालयले सहयोग पुगेको छ,” उनले भने, “नयाँ पुस्ताले थाहा नपाएका धेरै कुरा यहाँ सङ्कलन गरिएका छन् । हाम्रो पहिचान सुरक्षित हुनेछ ।” 

नेपाली राजनीतिमा 'लेमन जुस' लूट

नेपाली राजनीतिमा 'लेमन जुस' लूट

१०३९ दिन अगाडि

|

९ पुष २०८०

संजीव सत्गैंया सन् १९९५। अमेरिकाको पिट्सबर्गमा एक हट्टाकट्टा युवाद्वारा बैंक डकैती भयो। डकैतीको रमाइलो पक्षचाहिँ के भने– ती युवा, म्याकआर्थर व्हीलर, सरासर बैंकभित्र पसे, टेलरलाई बन्दुक देखाए, पैसा लिए, अनि हिँडे। न भेष बदलेका, न अनुहार नै छोपेका। डकैती गर्न यसरी गएका, मानौँ निगरानी क्यामेरामा पनि उनी देखिने छैनन्। रिपोर्टहरूका अनुसार बैंक कर्मचारीले त उनलाई बिनाप्रतिरोध नै पैसा दिए, बरु फुस्किन लागेको हाँसो दबाउने प्रयास गर्दै। यस्तो खुल्लमखुल्ला डकैतीको पटाक्षेप कसरी भयो होला त? अनुमान गर्न गाह्रो छैन। उनी केही समयपछि नै प्रहरीको फन्दामा परी त हाले।  सोधपुछका क्रममा दिएको बयानले चाहिँ प्रहरीलाई उनले चकित नै पारे– ‘तर, मैले त लेमन जुस लाएको थिएँ त!’ अर्थ थियो, उनले अनुहारभरि कागतीको रस दलेका थिए, तथापि किन अदृश्य भएनन्, कसरी निगरानी क्यामेरामा देखिए?  उनको त्यो दुस्साहस एउटा हास्यास्पद धारणाको उपज थियो– ‘लेमन जुस’लाई अदृश्य मसीको रूपमा प्रयोग गर्न सकिन्छ भने अनुहारभरि त्यही दल्दा त उनी पनि निगरानी क्यामेराले समाउन नसक्ने गरी अदृश्य हुन पर्ने! कागतीको रसको मसी, जुन तापको स्रोतनजिक नआएसम्म अदृश्य रहन्छ, बनाउने परीक्षण सायद केटाकेटी बेलामा उनले पनि गरेकै थिए। वर्तमान नेपालमा यस्तो लाग्छ कि जताततै म्याकआर्थर व्हीलरहरू छन्, विशेषगरी दलहरूमा, अझ ठूला दलहरूमा। दल र नेताहरूको व्यवहार यस्तो छ, मानौँ उनीहरू व्हीलरले झैँ आफ्नो अनुहारमा लेमन जुस पोतेकाले जति नै लूट र दोहनमा लिप्त भए पनि हामीलाई कसैले देख्न सक्दैन भन्ने भ्रममा छन्। नेपालमा भ्रष्टाचार छ भन्नु अहिले 'अन्डरस्टेटमेन्ट' नै भइसक्यो। पछिल्ला दिन समाचारमा विभिन्न आयतन र स्वरूपका भ्रष्टाचारका घटना उजागर भएकै छन्। सरल रूपमा भन्दा राजनीति गर्नु भनेकै धन कमाउनु हो र धेरै धन कमाउनु हो, भलै तरिका खराब नै किन नहोस्, भन्ने बुझाइ नेताहरूमा छ। नेताहरू आफैँ भन्छन्, ‘नियमित तवरले कमाएर त चुनाव नै लड्न सकिन्न।’  कुन दलका नेताले ‘कति कमाए' भन्ने विषय अब यति सजिलो तरिकाले घर, बजार, चिया पसल, सरकारी अड्डा वा मन्त्रालयमै छलफल हुन्छ कि भ्रष्टाचारको अत्यधिक सामान्यीकरण नै भइसक्यो। खतरनाक कुरो, भ्रष्टाचार मौलाइरहेको छ भन्दा पनि जति भ्रष्टाचार गरे पनि कसले नै के गर्न सक्छ र भन्ने अतिआत्मविश्वास जुन तवरले बढेको छ, त्यो हो। प्रशासन, भ्रष्टाचार नियन्त्रण गर्न बनाइएका निकाय, अड्डा, अदालतजस्ता राज्य संयन्त्रलाई आज नेताहरूले म्याकआर्थर व्हीलरको ‘लेमन जुस’ बनाएका छन्, मानौँ कि जति नै भ्रष्टाचार गरे पनि उनीहरू छोपिएकै छन्, देखिएकै छैनन्।  न्युयोर्क टाइम्सका पत्रकार डेक्लन वाल्सको पुस्तक ‘नाइन लाइभ्स अफ पाकिस्तान’मा एक पाकिस्तानी व्यवसायीसँगको वार्ता प्रसंग छ। ती व्यवसायी भन्छन्, "हेर्नुस्, गेम फिक्स गर्ने ५० तरिका छन्, र यहाँ पाकिस्तानमा ९० प्रतिशत जति गेम फिक्स्ड नै हुन्छन्।"  नेपालमा अहिले यस्तो लाग्छ कि गेम शतप्रतिशत नै फिक्स्ड छन्। यदाकदा भ्रष्टाचारका मुद्दामा कोही पक्राउ पर्नु या मुद्दा चल्नुलाई नेपाली समाजले ‘सेटिङ नमिलेको’ भन्ने बुझ्छ। जसको सीधा अर्थ के हो भने भ्रष्टाचार समाजको अभिन्न अंग बनिसकेको छ। बरु कुनै विकास परियोजनामा भ्रष्टाचार भएन भनियो भने त्यो अपवाद मानिने स्थिति छ।  ‘भ्रष्टाचारको अन्त्य’ आजका दिनमा सबैको सबैभन्दा प्रिय शब्दावली भए पनि दल र नेताहरूले भ्रष्टाचारको उन्मूलन त के घटाउन पनि सक्छन् भनेर समाजमा कुनै आशा बाँकी छैन। त्यसको एउटा मात्र कारण समग्र संयन्त्र नै भ्रष्ट हुनु हो। आज जुन दल र नेताहरू राज्य सञ्चालनमा छन्, तिनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि गरेको त्याग अतुलनीय छ। तर, जुन व्यवस्थाले सामाजिक–आर्थिक रूपान्तरण, समावेशीकरण, विकाश, विभेदजस्ता मुद्दा सम्बोधन गर्न सकेन भनेर त्यसलाई बदल्न जुन नेताहरूले आवाज उठाए, उनै नेताले आज तिनै जनसरोकारका मुद्दालाई बेवास्ता गर्दै स्वार्थ निहित राजनीति गर्दा प्रश्न त स्वाभाविक रूपमा तिनैमाथि उठ्छ।   नेताहरूले गाडी चढ्न हुँदैन, घर बनाउनै हुँदैन, राम्रो खानै हुँदैन भन्ने पक्कै हैन। तर, जनताको हितमा काम गर्छु भनेर राजनीति थालेकाहरूले आफ्नो जीवनशैली कस्तो छ र यसले समाजमा कस्तो सन्देश दिइरहेको छ हेर्नुपर्ने हुन्छ। र, कार्यकर्ताले पनि आफ्ना नेतामाथि प्रश्न गर्नुपर्छ; विशेष गरी आजको जस्तो अवस्थामा, जहाँ जनताका प्रश्न या अनुत्तरित छन् या बेवास्तामा।   ‘लेमन जुस' लूटसँगै अहिले मौलाइरहेको अर्को खतरा ‘लेमन सोसियलिजम’ पनि हो। दोहनको राजनीति यसरी फैलिरहेको छ कि संविधानमा समाजवाद उन्मुख नेपाल बनाउने प्रतिबद्धता गरेका दलहरू अहिले ‘लेमन समाजवाद’को अभ्यासमा लिप्त छन्। राजनीतिकर्मी र केही धनीमानीको समूहले जसरी राज्यसंयन्त्रको व्यापक दुरुपयोग गर्दै नाफाको निजीकरण र घाटाको सामाजिकीकरण गरिरहेको छ, त्यस्तो ‘लेमन समाजवाद’ संस्कृतिले देशलाई झनझन खोक्रो बनाउँदै छ।  विगत केही समयदेखि नेताहरूले मिलीजुली रक्षा गरिरहेको अर्को विकृत अभ्यास ‘सर्वदलीय सहमति’ पनि हो। ‘सर्वदलीय सहमति’ नेपाली नेताहरूले आविष्कार गरेको मौलिक चरित्रको यस्तो लेमन जुस हो, जसलाई अनुहारमा लगाउँदा आफ्ना हरेक भ्रष्ट क्रियाकलाप जनताको आँखाबाट छोपिन्छ भन्ने उनीहरूलाई लाग्छ। उदाहरण त धेरै छन्, तर एउटा जल्दोबल्दो उदाहरणचाहिँ के हो भने, दुई/दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल थन्किएर बसेका मुलुकमा नेताहरूबीच अर्को एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरामा गजबको मतैक्य छ। गजब त के छ भने दल, नेता वा राज्यसँग हाल निर्माण सम्पन्न भइसकेका विमानस्थल कसरी उपयोगमा ल्याउने भन्ने नै नीति र योजना छैन। तर फेरि अर्को थप्दा एकअर्काको स्वार्थपूर्ति मज्जाले हुन्छ भन्ने कुरामा भने दलहरूमा प्रचुर प्रष्टता छ।     मुलुकमा भ्रष्टाचार नै एउटा त्यस्तो रसायन भएको छ, जसले विचार, सिद्धान्त, राजनीति आदिबारे आनका तान फरक धारणा भएका नेताहरूलाई पनि सँगै जोडेर राख्न सक्छ।  ‘हामीले ल्याइदिएको लोकतन्त्रमा तिमीहरू रमाउन पाएका छौ त’ भन्ने भाष्य निर्माण गरेर नेता झन‍्झन् धनी हुँदै र जनता त्यही अनुपातमा गरिब हुँदै जाने जुन बढ्दो क्रम छ, त्यसले व्यवस्थाप्रति क्रुद्ध केही समूहलाई प्रतिगामी भाष्य निर्माण गर्ने राम्रो मौका दिएको छ। तर, लोकतन्त्रलाई जीवन्त राख्ने त आखिरमा जनता नै हुन्। नेताहरूले आफूलाई जति लेमन जुसमा चोपले पनि वा अड्डा, अदालत, प्रशासन लगायतका राज्यसंयन्त्रलाई नै लेमन जुस बनाएर आफ्ना गलत गतिविधिहरू छोपिएको भ्रममा परे पनि जनताको नजरबाट चाहिँ उनीहरू उम्किन सक्दैनन्।  जनताले पछिल्ला केही दशकमा आफ्नो विवेक उत्तम तरिकाले प्रयोग गरेकै छन् र आवश्यक परे फेरि पनि गर्ने नै छन्। म्याकआर्थर व्हीलर आफ्नो मूर्खताले गर्दा प्रहरीको फन्दामा परेझैँ, भ्रष्टाचारमा लिप्त जो कोही पनि जनताको कठघराबाट उम्कन पाउने छैनन् नै। नेताहरूले आफूलाई सुधार्नभन्दा पनि लेमन जुसको आडमा दोहन जारी राखे भने जनताले एक दिन उनीहरूको अनुहार मात्र होइन, चरित्र पनि मतदान पेटिकामा देखाउने नै छन्। उकालोबाट

कैलारी गाउँपालिकामा समलिंगी विवाह दर्ता

कैलारी गाउँपालिकामा समलिंगी विवाह दर्ता

१०४० दिन अगाडि

|

७ पुष २०८०

कैलाली । सर्वोच्चको आदेशपछि नेपालमा पहिलो पटक समलिंगी (ट्रान्स कपल) ले विवाह दर्ता गराएका छन् । सर्वोच्च अदालतले समलिंगी विवाह दर्ताको व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको सूचना पाएपछि प्रकाश र मनिला विवाह  दर्ताको लागि कैलारी गाउँपालिका वडा नम्बर ८ मा प्रक्रिया अगाडी बढाएको बताए । उनीहरु चार वर्ष अगाडी नै मन्दिरमा गएर नेपाली परम्परागतरुपले विवाह गरिसको फोटो भिडियो र विवाह क्रममा मन्दिरमा तिरेको रसिद देखाएपछि वडाले विवाह दर्ता गरेको बताए । मनिला भन्छिन् ‘ट्रान्स कपल जोडी विवाह  गरेर कानूनी मान्यता पाउने नेपालमै हामी पहिलो जोडी बन्यो । सरकारले हाम्रो माग सुनुवाई गरिदिएकोमा एकदमै खुशी छौं ।’ उनीहरु विवाह  हुनुभन्दा अगाडीदेखि नै प्रेम सम्बन्धमा थिए । अफिसले उनीहरुको चार वर्ष अगाडी विवाह  गरिदिएको हो । विवाह पश्चात उनीहरु दुबै जना एक अर्काको घरमा जाने बस्ने गर्दछन् । अहिले परिवारले पनि स्वीकार गरिसकेको प्रकाश बताउँछन् । उनी भन्छन् ‘हामी कानुनी मान्यता नपाउँदा सम्म पारिवारिक र सामाजिक लडाई त थियो नै, जटिल विरामी भएको बेला स्वास्थ्य उपचारमा जाँदा सम्बन्धको आधारमा गर्न नपाउँने । अस्पतालले परिवार नै खोज्थ्यो । बैंकि· कारोवारमा पनि हामीलाई गाह्रो भयो ।’ उनका अनुसार जहिलेपनि हाम्रो यौनिकता र लैंगिकतामाथि प्रश्न खडा हुन्थ्यो, अब हामी ढुक्कका साथ विवाहित जोडी बन्यो । यस अघि सर्वोच्च अदालतको आदेशमा परम्परागत रूपमा विबाह मान्यता पाउँदै आएको महिला र पुरुषबीचको विवाह मात्रै दर्ता हुने कानुनी व्यवस्था थियो । विवाह दर्ता गर्ने सरकारी निकायले कानुन अभाव देखाउँदै समलिंगीहरूको विवाह दर्ता अस्वीकार गर्दै आएका थिए । त्यस्तो अवस्थामा समलिंगी जोडीले आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य सेवा, सम्पत्ति लगायतका व्यवहार र कारोबारमा अड्चन आउँथ्यो । समलिंगी विवाहलाई दर्ता गर्ने कानुनी व्यवस्था गरिपाऊँ भन्दै पिंकी गुरुङ (सञ्जीव गुरुङ) समेतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो ।