Above News Title

  राष्ट्रिय थारू कलाकार मञ्चको अध्यक्षमा पुनः विनय वैद्य चयन

  राष्ट्रिय थारू कलाकार मञ्चको अध्यक्षमा पुनः विनय वैद्य चयन

सरला चौधरी

राष्ट्रिय थारु कलाकार मञ्चको २ दिने प्रथम महाधिवेशनले पुनः वीर बहादुर चौधरी (विनय वैद्य) को अध्यक्षतामा १७ सदस्यीय केन्द्रिय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको  छ । 

चितवन, सौराहास्थित  सौराहाको सेभेन स्टार होटलमा माघ २८ गते सम्पन्न भएको महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।  
जसमा वरिष्ठ उपाध्यक्ष रोशन रत्गैंया, उपाध्यक्षद्वयमा लक्ष्मीकान्त चौधरी, समिक्षा चौधरी, महासचिवमा विजयकुमार चौधरी, सचिवमा राधाकृष्ण चौधरी (आरके), अनुपमा चौधरी कोषाध्यक्षमा अञ्जु चौधरी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा राज कुश्मी, सोनु कुश्मी, मनिषा चौधरी, अमृता चौधरी, नरेश जोगी, वीर बहादुर चौधरी, अञ्जु चौधरी, गणेश चौधरी, राजन कुमार चौधरी छानिएका छन् । 

कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि भूमि सुधार तथा गरिवी निवारण मन्त्री रञ्जीता श्रेष्ठ चौधरीले थारु समुदायले राज्यलाई आवश्यक परेको बेला देशको वलियो खम्बाको निर्वाह गरेता पनि राज्य पक्षबाट यो समुदाय ओझेलमा परेकोले थारु समुदाय जागरुक हुनुपर्ने जिकिर गरिन् । थारु भाषामा विचार राख्दै उनले कलाकार देशको गहना हुन् भन्दै भाषा र संस्कृति संरक्षणको लागि  थारु कलाकारहरुको आवश्यकता रहेको विचार राखिन् । आफूले रेशम चौधरीको गीत सुन्दै थारु भाषा सिकेको उनको भनाई थियो । 

त्यसैगरी, मन्तव्यकै क्रममा सांसद मेटमणि चौधरीले थारुहरु कमैया, कमलहरी मात्र नभएर थारु समुदाय देशको धरोहर भएकोले देशको राजनीतिक नेतृत्वमा थारु समुदाय आउनु पर्ने धारणा राखे । थारु यूवाहरुलाई आफ्नो इतिहासको बारेमा जान्न र बुझ्न जरुरी रहेको उनको भनाइ थियो । गीत संगीतको माध्यमले धेरै कुरा सिकाउन सकिने भएकोले थारुहरुको सर्वाङुगीण विकासको लागि राष्ट्रिय थारु कलाकार मञ्चले महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको उनले धारणा राखे । थारुहरु एउटा क्षेत्रमा मात्र नरहेर हरेक क्षेत्रबाट अगाडि बढे मात्र थारुहरुको समग्र विकास हुने उनले बताए ।

सम्मेलन उद्घाटनमा राष्ट्रिय थारु कलाकार मञ्चको वरिष्ठ सल्लाहकार नन्दुराज चौधरी, सल्लाहकार सोमती चौधरी, थारु कल्याणकारिणी सभा (थाकस)का महामन्त्री प्रेमीलाल चौधरी, थाकस उपत्यका कार्यसमितिका सभापति सुमन चौधरी, थाकस चितवन जिल्ला सभापति ललित चौधरी, थारु आयोगका सदस्य सुवोध सिंह थारु लगायतले शुभकामना  मन्तव्य दिएका थिए । 

प्रकाशित:

९४५ दिन अगाडि

|

१ फागुन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९