Above News Title

मातृभाषा दिवसमा गुन्जिए मातृभाषी कविहरू

विभिन्न पुरस्कार अर्पण
मातृभाषा दिवसमा गुन्जिए मातृभाषी कविहरू

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अन्तराष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा मातृभाषा राष्ट्रिय सेवा पुरस्कार अर्पण तथा मातृभाषा कविता वाचन कार्यक्रम गरेको छ । 

फागुन ९ गते सिद्धार्थ कटेज धोवीधारामा सम्मपन्न कार्यक्रममा  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले वरिष्ठ जनकविर गीतकार दुर्गालाल श्रेष्ठलाई  एक लाखसहित मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८० प्रदान गरिन् । दुर्गालाल अस्वस्थ भएर अनुपस्थित हुँदा उनका छोरा सुमन श्रेष्ठले पुरस्कार ग्रहण गरेका थिए । उनले घरबाटै भिडियो मन्तव्य दिएका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णु चौधरी, जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, सुरेश आले मगर, डा चुन्दा बज्राचार्य लगायतले मन्तव्य दिएका थिए । उक्त कार्यक्रममा जुनु थारु, विमला गुरुङ, भागवता कुमाल लगायत १७ मातृभाषाका २६ जना कवि,कवियात्रीहरूबाट मातृभाषामा कविता वाचन गरिएको थियो । 

यसैगरी फागुन ९ गते नै नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा आयोगको सहकार्यमा कमलादीमा मातृभाषाबारे गोष्ठी गरेको छ । उता यसपाली नेपाल प्रज्ञा प्रतिष्ठानले धरानमा विविध कार्यक्रमका साथ मातृभाषा कविता महोत्सव मनाएको छ । प्रतिष्ठानबाट डा योगेन्द्र प्रधानाङ्ग र बेचन उराँवलाई  जनही एक लाखसहित मातृभाषा साहित्य पुरस्कार दिइएको छ । 

प्रकाशित:

९३७ दिन अगाडि

|

९ फागुन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९