हराउँदै माघको मौलिकता

हराउँदै माघको मौलिकता

१०१८ दिन अगाडि

|

१ माघ २०८०

खुलामञ्चमा सुर्खेती थारूहरूको माघ महोत्सव सम्पन्न 

खुलामञ्चमा सुर्खेती थारूहरूको माघ महोत्सव सम्पन्न 

१०१९ दिन अगाडि

|

२९ पुष २०८०

सुर्खेतको वीरेन्द्रनगर, घण्टाघरस्थित खुला मञ्चमा पुस २८ गते शनिवार विविध सांस्कृतिक नाचगान झाँकीसहित माघ सांस्कृतिक महोत्सव कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।  लखागिन थारू उत्थान मञ्च, थारू कल्याणकारिणी सभा तथा राष्ट्रिय थारू कलाकार मञ्च, सुर्खेतको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्यानल छलफल पनि गरिएको थियो ।  पुर्खा जागुराम थारू, थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्णबहादुर थारू र समाजसेवी लालबहादुर चौधरीसँग मान बहादुर चौधरी पन्नाले माघ पर्वकोे महत्व एवम् मौलिकताका बारेमा छलफल चलाएका थिए । नयाँ पुस्तालाई थारू पर्वबारे थाहा नहुँदा संस्कृतिप्रति सद्भाव हराउँदै गएकोले यस पटक कार्यक्रममा माघको सामाजिक, सांस्कृतिक एवम् धार्मिक महत्वबारे जानकारी गराएको पन्नाले विषय प्रवेश गराएका थिए । छलफलमा माघ पर्वलाई औपचारिक रुपमा मात्र नभई यसको मूलभूत मूल्य मान्यतालाई जोगाउन आवश्यक रहेको चर्चा चल्यो । यसको लागि समयअनुसार रुपान्तरण हुन पनि आवश्यक छ तर आफ्नोपन भुल्न नहुने र युवा पुस्ता तथा पुरानो पुस्ता दुबै जागरुक हुन जरुरी रहेको छलफको निष्कर्ष थियो ।  कार्यक्रमको प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख निलकण्ठ खनालले सदियौदेखि हेपिएका, चेपिएका थारू समुदाय देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राज्यसत्तामा पहुँच पुगेको जिकिर गरे । ‘स्थानीय तहमा थारू समुदायका प्रतिनिधिको न्यून उपस्थिति छ । पञ्चायतम राजाको समयमा जमिनदारहरूले सोझा थारूहरूलाई पल्लो गाउँबाट वल्लो गाउँ नजा, वल्लो गाउँबाट पल्लो गाउँ नजा भनपछि बोल्न नसक्ने थारू समुदाय आज बोल्न सक्ने भएको छ । आफ्नो अधिकार स्थापित गर्न सक्ने भएको छ । यो सबै लोकतन्त्रले भएको उपलब्धि हो,’ उपप्रमुख खनालले भने । थारू कला संस्कृतिमा निकै धनी भएकोले सुर्खेतका थारू समुदायका लागि सदैव लागि रहने र नगरपालिकाबाट गर्न सकिने सबै सहयोग हुने उनको भनाई थियो ।  लखागिन थारू उत्थान मञ्च, सुर्खेतका अध्यक्ष मानबहादुर चौधरी पन्नाले  लुम्बिनी प्रदेशका थारू समुदायलाई प्रदेश सरकार एवम् स्थानीय सरकारले करिब ३ दिनसम्म थारूलाई विदा दिने गरेको तर कर्णाली प्रदेशको वीरेन्द्रनगरमा बसोबास गर्ने थारूहरूलाई स्थानीय तहको सरकारले थारू समुदायका कर्मचारी, शिक्षक, विद्यार्थीहरूलाई दुई दिनसम्म बिदाको व्यवस्था नहुनु दुःखद रहेको बताए ।  कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य सरिता चौधरीले थारू समुदायको लागि आफूले सदैव लागि पर्ने र समुदायले राखेको माग योजनालाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा थारू कल्याण कारिणी सभाका जिल्ला सभापति बेचुलाल चौधरीले सबै पाहुनालाई धन्यवाद दिएका थिए ।  कार्यक्रममा थारू समुदायको उत्थानका लागि निरन्तर भाषा, कला, संस्कृतिमा विशेष योगदान पु¥याउने समाजसेवी तथा कलाकारहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा वीरेन्द्रनगर–२,का समाजसेवी कलाकार लालबहादुर चौधरी, मन्द¥या कलाकार कालुराम थारू, कलाकार कृष्णा चौधरी, वीरेन्द्रनगर–९ का मन्द¥या कलाकार शेरबहादुर थारू र वीनपा–१० का समाजसेवी तथा वुद्धिजीवि  शनिश्ररा महतम रहेका छन् । माघ सांस्कृतिक महोत्सवमा विभिन्न गाउँबाट आएका नाचहरूबिच प्रतिस्पर्धी भएको थियो । छोक्रा मघौटा नाच प्रतियोगितामा वीनपा ९, तिलपुर गाउँ प्रथम, वीनपा–१० पदमपुरका द्वितीय, वीनपा–२ कोलडाँडा नयाँवस्तीका तृतीय भएका थिए । बाँकी सबै सहभागी टोलीलाई प्रोत्साहनस्वरुप सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगीहरूलाई पुरस्कार तथा प्रमाण पत्र वितरण कार्यक्रमका सभाध्यक्ष मानबहादुर चौधरी पन्नाले गरेका थिए ।  त्यस्तै, वीनपा–२, कोलडाँडाका मानबिर थारू, ठौरीका टेक बहादुर चौधरी, फलाँटेका कालिका चौधरी र वीनपा–१०, बुदबुदीका बिन्दु चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न थारू कलाकारहरूको थारू नृत्य तथा गीतहरूसमेत प्रस्तुत गरिएको थियो ।  कार्यक्रमको सञ्चालन लखागिन थारू उत्थान मञ्च सुर्खेतका सचिव जित बहादुर चौधरी र राष्ट्रिय थारू कलाकार मञ्च, सुर्खेतका अध्यक्ष राजु चौधरीले  गरेका थिए ।  

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी

१०२० दिन अगाडि

|

२७ पुष २०८०

कैलालीको टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनमार्फत् रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको नेतृत्व सम्हालेका छन् । महाधिवेशनमार्फत् चौधरी सो पार्टीको अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।  नवनिर्वाचित अध्यक्ष चौधरीले पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन गरिएको जनाए । यसअघि नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी थिइन् । रेशमले आफू कारागारमा रहँदै संरक्षक रहेर पार्टी गठन गरेका थिए ।  नागरिक उन्मुक्ति पार्टीको विधानअनुसार अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था छ ।  ०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो राजनीतिक दल हो । यसैबीच महाधिवेशनमा सहभागी नरहेका नेता लक्ष्मण थारुले ‘बधाइ बा संघारि अध्यक्ष  रेशम।’ भनेर फेसबुकमा रेशमलाई बधाई दिएका छन् ।

माघमा चार दिन विदाको माग

माघमा चार दिन विदाको माग

१०२३ दिन अगाडि

|

२५ पुष २०८०

कैलालीका विभिन्न दस संघसंस्थाले पुस अन्तिम दिनदेखि माघ ३ गतेसम्म माघमा चार दिन विदाको माग गरेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई पुस २४ गते मंगलवार ज्ञापनपत्र बुझाउँदै उनीहरुले विदाको माग गरेका हुन् । थारू कल्याणकारिणी सभा कैलाली, थारू नागरिक समाज कैलाली, थरुहट थारूवान राष्ट्रिय मोर्चा कैलाली थारू पत्रकार संघ कैलाली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलाली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेश, थाकस धनगढी नगर समिति,  बरघर भल्मन्सा धनगढी नगर समिति, सखी सन्जाल धनगढी तथा थारू विद्यार्थी समाज कैलालीले चार दिन विदाको माग गरेका हुन् ।  विज्ञप्तिमा भनिएको छ– माघ १ जति जति जति नजिकिदै छ, थारू समुदायमा उति उति रौनक बढ्दै गइरहेको छ, मान्छेमा स्वतःस्फूर्त रुपमा एक किसिमको खुशी, उत्साह, उमंग छचल्किन शुरु भैसकेको छ । र, माघमा दिइने सरकारी विदा बारेमा पनि चर्चा सुरु भैसकेको छ । संघ सरकारले दिने माघ १ गतेको विदामा कैलालीका केही स्थानीय सरकारले विदा थप्दा २०७९ सालमा कैलालीका धेरै स्थानीय तहमा माघ ३ गतेसम्म विदा भएको कुरा हामीले बिर्सेका छैनौं, यसको लागि सरकारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं ।  त्यस्तै, विज्ञप्तिमा अगाडि भनिएको छ– माघ थारूहरूको नयाँ वर्ष, धार्मिक हिसाबले लहान (पुण्य दिन), नेतृत्व छान्ने र हटाउने, मेलमिलाप गर्ने, बन्धनबाट मुक्त हुने, आफूभन्दा ठूलाबाट आशिर्वाद लिने आदि धेरै कारणले महत्व राख्ने हुनाले यो थारूहरूको लागि सब भन्दा ठूलो त्यौहार हुन भएको कुरा सबैलाई ज्ञात नै छ । यसका अतिरिक्त माघ मगर, छन्त्याल, किरात समुदायका लागि पनि नयाँ बर्ष, पहाडका लागि मकर संक्रान्ति, माघे संक्रान्ति, कतिपय समुदायका लागि तिला संक्रान्ति, खिचडी महोत्सव भएबाट माघ देशकै ठूलो हिस्साका लागि महत्वपूर्ण पर्व ठहर भैसकेको छ । देशको ठूलो जनसंख्याले मनाइरहेकोले यो एकताको पर्वको रुपमा पनि बिकसित भैरहेको छ र बिदामा बढोत्तरी पनि भएको छ । तर विदा ब्यबस्थापनमा भएको सानो त्रुटीले खुशीमा अलिकति कमी देखिएको छ ।  माघ थारूहरूको नयाँ वर्ष भएको र पुष अन्तिम दिनमा नै माघको लागि खानपानको जोहो गरिने, जिता मार्ने, लहानका (धार्मिकस्थल) का लागि निस्किने कार्य गर्नैपर्ने हुँदा पुस अन्तिम दिनदेखि नै माघ पर्वको शुरुवात हुन्छ । यसरी खास गरेर माघ पर्वको प्रभावको चरम उत्कर्ष भनेकै पुस अन्तिम दिन र माघ १, २ गतेसम्म हुने र क्रमशः घट्ने हुँदा हामी प्रदेश र स्थानीय सरकारलाई पुस अन्तिम दिनलाई नछुटाई माघ ३ सम्म क’ल ४ दिन विदा दिन हुन जोडदार माग गर्दछौं– विज्ञप्तिमा भनिएको छ । 

डिहवार थान जोगाउन जाग्दै मोरङ्गिया थारूहरू

डिहवार थान जोगाउन जाग्दै मोरङ्गिया थारूहरू

१०२४ दिन अगाडि

|

२४ पुष २०८०

थारु समुदायको पहिचान र अस्तित्व रहेको ग्रामथान (डिहवार थान) ले चर्चेको जग्गा अतिक्रमणमा पर्दै सुनसरीमा ग्रामथान संकटको अवस्थामा गुज्रिरहदा मोरङ्ग जिल्लामा पनि समस्या देखिएको छ । नेपाल आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समुह लाहुर्निपको आयोजनामा ग्रामथान समस्या प्रतिको छलफल कार्यक्रममा विभिन्न विकासको नाममा ग्रामथानको जग्गा अतिक्रमणमा परेको र त्यसले विस्थापित र संकटकै अवस्थामा पुगेको गहदार थानपतिहरुले उठान गरेका छन् । मोरङ्गको सुनवर्सी नगरपालिका वडा नं। ९ भेरवा टोल स्थित रहेको भेरवा ग्रामथानको ६१ बिगहा जग्गा ब्यक्ति र बिद्यालयको नाममा अतिक्रमण भएको ग्रामथान संरक्षक चन्द्र प्रसाद राजवंशीले बताए । त्याहा तिन भाई रहेको भेरवा, मदन र चन्दन जलकर ग्रामथानले चर्चेको ६१ बिगहा जग्गामा हाल २ बिगहा मात्र रहेको जनाए । सो जग्गा बिद्यालय, वडा कार्यालय, नगरपालिकाले अतिक्रमणगरी स्वयम ग्रामथान विकासमा बाधा पुर्याई रहेकोले त्याहा स्थानीय वासी चिन्तित रहेको भन्दै समस्या सामाधानका लागि पहल गर्न संरक्षक तथा थानपति राजवंशीले अनुरोध गरेका छन् । सो ग्रामथानमा एक हजार भन्दा बढी घरघुरीले परापूर्वकाल देखि पूजाअर्चना गर्दै आएको छ । बिराटनगर ४ खारजी टोलको बुडवा ग्रामथानले चर्चेको जग्गा ६ कठ्ठामा १५ धुर खुम्चिएको त्यसमा पनि ब्यक्तिले १० फिट मिचेको संरक्षक दिलिप चौधरीले बताए । बिराटनगर ८ भलवाही टोलको राजा जस्मन ग्रामथानको बाटो मिचिएको भन्दै आउजाउ गर्न बाटो समेत नरहेको बताए । बिराटनगर ४ को ज्वला टोलमा रहेको ग्रामथानको जग्गा मिचेको पाँचु थन्दारले बताए । राजा धनपाल ग्रामथानबाट गाउँपालिका नामाकरण गर्दा राजा हटाएर धनपाल मात्र राखेर पहिचान मासेको बताए । बिराटनगर ४ को मधुग्रामथान, बिराटनगर ८ का कोचारखाल ग्रामथानको साविक बाटो मिचेर नम्बरी दर्ता गरेकोले नीतिगत रुपमै बाटो निकासका लागि संरक्षक चन्द्रनारायण बिश्वासले सहयोग माग गरेका छन् । ग्रामथान संकटमा पर्दा लोप हुने अवस्थामा ग्रामथान संग जोडिएको जतिपनि चर्चेको जग्गा थारु समुदायको साँस्कृतिक भूमि ब्यक्ति वा राज्यले मास्न नपाइने नेपालको ऐन र नीतिमै रहेको भन्दै थारु समुदाय जागरुक भएर खोजी नीतिगरी संरक्षण गर्न सकिने लाहुर्निपका सचिव भिम राईले प्रशिक्षण गर्दै जानकारी गराए । भूमि सबन्धि ऐन २०२१ सालमा ल्याएर जग्गा नापी, कित्ता र हकवाला बनाईयो तर त्यो भन्दा पहिले बर्षौ देखि थारु समुदायको वसोवास र ग्रामथान रहिआएको छ भने पर्ती जग्गामा रहेको ग्रामथानको बाटो हालमा मिचेको अवस्था हुँदा पहिलेको श्रेष्ता र अहिलेको आधारहरुको प्रमाण जुटाएर फिर्ता गर्न सकिने कानूनी प्रावधानको बारेमा लाहुर्निपबाट परामर्श दिएका छन् । परामर्शपछि उपस्थित थानपति, गहदार, जेवार, संरक्षकहरुले ग्रामथन संरक्षणमा लड्ने भिड्ने प्रतिबद्धता गरेका छन् । ग्रामथान संरक्षण जिल्ला कार्य समिति मोरङ्ग गठन कानूनि परामर्श सहित समुदाय संगठित भएर अगाडी बढ्दा ग्रामथान संरक्षणमा थप बल पुग्ने उधेश्यले ग्रामथान संरक्षण जिल्ला कार्य समिति मोरङ्ग गठन गरेको छ । श्री ग्रामथान संरक्षण समिति सुनसरी अध्यक्ष सावित्री चौधरीको सभापतित्व र जिल्ला संयोजक महिनारायण दासको संयोजकत्व लगायत आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष दिलबहादुर थेवे, लाहुर्निप अध्यक्ष दिनेश घले र सचिव भिम राईको उपस्थितीमा तदर्थ समिति गठन गरेको हो । समितिको अध्यक्षमा चन्द्र प्रसाद राजवंशी सुनवर्सी नगरपालिका ९, उपाध्यक्ष सोमनलाल माझी, बिराटनगर ४ खारजी, उपाध्यक्षमा राजकुमार राजवंशी बिराटनगर ८ भलवाही, सचिवमा दिलिप चौधरी बिराटनगर ४ खारजी, सहसचिवमा लालबहादुर ताजपुरीया सुनवर्सी नगरपालिका ६, कोषध्यक्षमा चन्द्रनारायण विश्वास बिराटनगर ५ का समितिमा पदाधिकारी चयन भएका छन् । सदस्यहरुमा कारु गच्छदार धनपाल गाउँपालिका, लग्नु राजवंशी बिराटनगर १४, रामसिंह राजवंशी बिराटनगर ८,जयप्रकाश राजवंशी बिराटनगर ४, भागवान वेस्रा जहदा गाउपालिका ७, रामदेव राजवंशी बिराटनगर ४ खारजी, गीता कुमारी राजवंशी रंगेली १ समितिका सदस्यमा चयन भएका छन् । समितिको सल्लाहकारमा दिलबहादुर थेवे, सावित्री चौधरी, अधिवक्ता राजकुमार राजवंशी, पत्रकार सुनिल चौधरी रहेको जानकारी दिए । ग्रामथान संरक्षण जिल्ला समितिले ग्रामथानको साझा मुद्धामा ग्राथान स्तरीय समिति गठन गर्दै गहदार, थानपति, समुदायलाई संगठित गर्दै लाने समितिका अध्यक्ष चन्द्र प्रसाद राजवंशीले जानकारी दिए । रामधुनी खबरबाट

उपन्यासकार सर्वहारी र वरिष्ठ गायक वैद्यलाई धुस्वां पुरस्कार

उपन्यासकार सर्वहारी र वरिष्ठ गायक वैद्यलाई धुस्वां पुरस्कार

१०२७ दिन अगाडि

|

२१ पुष २०८०

प्रसिद्ध उपन्यासकार धुस्वां सायमीको नाममा स्थापित दुई पुरस्कार यस वर्ष थारू भाषाका उपन्यासकार कृष्णराज सर्वहारी र वरिष्ठ गायक एवं संगीतकार योगेश वैद्यलाई दिने निर्णय भएको छ । उपन्यास विधामा प्रदान गरिने ‘गंकी धुस्वां बसुन्धरा पुरस्कार’ सर्वहारीलाई र ‘धुस्वां साय्मि सिर्जना पुरस्कार’ वैद्यलाई दिने निर्णय गरिएको हो । गंकी धुस्वां–बसुन्धरा प्रतिष्ठानका अध्यक्ष अरुण सायमीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । गंकी धुस्वां बसुन्धरा पुरस्कार नेपाली भाषालगायत नेपालका विभिन्न मातृभाषाहरूमा लेखिएको उपन्यास विधाका लागि हरेक दुई वर्षमा प्रदान गरिन्छ । यस वर्ष थारू भाषामा दुई उपन्यास लेखिसकेका उपन्यासकार सर्वहारीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।  त्यस्तै धुस्वां साय्मि सिर्जना पुरस्कारबाट पुरस्कृत वरिष्ठ गायक यागेश वैद्यका नेपाली र नेपालभाषामा सयौं गीतहरू रहेका छन् । उपन्यास विधाका लागि प्रतिष्ठानले विमल भौकाजीको संयोजकत्वमा नविन चित्रकार र सुरेश किरणसहित गठन गरेको उपसमितिले सर्वहारीको नाम सिफारिस गरेको हो भने संगीत विधाका लागि हरिहर शर्माको संयोजकत्वमा प्रतिसरा सायमी र प्रकाश जिसीसहित गठन गरेको अर्को उपसमितिले वैद्यको नाम सिफारिस गरेको हो । पुरस्कार आगामी माघ १ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच प्रदान गरिनेछ । दुवै पुरस्कार ५० हजार रुपैयाँ राशिको हो । सर्वहारीको थारू भाषाको पहिलो उपन्यास फुटल करम (२०५५), मुक्त कमैया सम्बन्धी नेपाली भाषामा उपन्यास गन्तव्य (२०५९), थारू भाषाको पहिलो उपन्यास अर्को उपन्यास लाल केरनि (२०६४) प्रकाशित छ । थारू लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष रहेका उनले हाइकु, मुक्तक, बालकविता, लघुकथा, हाँस्यव्यंग्य, यात्रा संस्मरणलगायत विविध विधामा थारू भाषामा पहिलो पुस्तक प्रकाशन गरेका छन् ।