६ जना थारु स्रष्टा सम्मानित

६ जना थारु स्रष्टा सम्मानित

९१५ दिन अगाडि

|

१४ वैशाख २०८१

थारु लेखक संघ कैलालीके अध्यक्षमे फेनसे जीतबहादुर ‘ट्रासन’

थारु लेखक संघ कैलालीके अध्यक्षमे फेनसे जीतबहादुर ‘ट्रासन’

९२१ दिन अगाडि

|

९ वैशाख २०८१

थारु लेखक संघ नेपाल कैलालीके अध्यक्षमे फेनसे जीत बहादुर चौधरी ‘ट्रासन’ छानगैल बटाँ । संघके वैशाख ८ गते शनिच्चर धनगढीमे हुइल डुसरा जिल्ला अधिवेशन ओ चौठा साधारण सभासे उहाँक अध्यक्षतामे नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमे छानगैल । संघके उपाध्यक्ष कविता चौधरी, सचिव अनिल कुश्मी, सहसचिव दिनेश चौधरी संगम ओ कोषाध्यक्षमे दुर्जन चौधरीहे चयन कैगैल बा । ओस्टक, सदस्यमे राजु चौधरी, लक्ष्मी राना, बालमोती चौधरी ओ रामु कुश्मी बटाँ ।  अधिवक्ता जोहारीलाल चौधरीके संयोजकत्वमे वसन्ती चौधरी, बाँधुराम चौधरी ३ सदस्यीय निर्वाचक मण्डल गठन हुइल रहे । अधिवक्ता जोहारीलाल चौधरी नवनियुक्त पदाधिकारीन् शपथ खवइले रहिट ।   उहिसे पहिले उद्घाटन सत्रमे बोलुइयन थारु भाषा, साहित्य, संस्कृतिके अवस्था कमजोर हुइलमे चिन्ता जनैले रहिट । कार्यक्रमके बर्का पहुना थारु लेखक संघ नेपालके केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारी थारु लोककला, भाषा संस्कृति संरक्षण कैना सक्कु जनहनके दायित्व रहल धारणा रख्लाँ । ‘थारु भाषा संस्कृति संरक्षण सम्बद्र्धन कैना सब्से बरवार जिम्मेवारी थारु समुदायके हो’, उहाँ कहला, ‘हम्रे आपन समुदायके रीति संस्कृति सम्बन्धी लेख रचना लिखके हुइठ् कि कौनो म्युजिक भिडियो, डकुमेन्ट्री बनाके हुइठ, उ सक्कु हमार जिम्मेवारी हो ।’ रानाथारु डटकमके सञ्चालक नन्दलाल राना रानाथारु लोक कला भाषा संस्कृति दिनदिने हेरैटी गैल कहलै, ‘अब्बे लावा पुस्ता पुरान संस्कृति बिस्रैटि गैल बा । यहाँसम कि अब्बे रानाथारु समुदायके लोकप्रिय टिहुवार होरीमे नाच जैना होरी नाचके लाग डंका बजुइया ओ नचुइया मनै खोज्ले नैमिल्ठै ।’ पहुरा थारु दैनिकके सम्पादक प्रेम चौधरी थारु भाषामे लेख रचना लिखुइयनके कमी होके दैनिक पत्रिका सञ्चालनमे चुनौती ठपल बटाइल रहिट । उहाँ कहलै, ‘पहिले समय सन्दर्भ अनुसार लेखकहुक्रे पत्रिकाके लाग लेख रचना लिखके पठाइट, मने कुछ बरस यहोर लिखुइया व्यक्ति फेन निस्क्रिय हुइल लागठ ।’ थारु नागरिक समाजके संयोजक दिलबहादुर चौधरी आपन रीति रिवाज छोरटि जैना, मने आनक संस्कृति अंगल्टि गैल ओरसे थारु संस्कृति लोप हुइटी गैल बटाइल रहिट । थाकस कैलालीके पूर्व कार्यवाहक सभापति माधव चौधरी लोप हुइटी रहल भाषा संस्कृतिहे बचाइक लाग युवा पुस्ता लागे पर्ना बटाइल रहिट । थारु लेखक संघ नेपालके लग अपन दिवंगत गोसिन्याके नाउँमे थारु महिला प्रतिभा सशक्तिकरण पुरस्कार स्थापना करुइया रोदन चौधरी मेडिकलके प्रोपराइटर चन्द्रसिंह चौधरी अपन स्थापना करल पुरस्कारके रकम बह्रैटि जैना प्रतिवद्धता जनैला ।  कार्यक्रममे थारु लेखक संघके आजीवन सदस्यद्वय शेखर दहित ओ सोम डेमनडौरा थारु लेखक संघ ढेर काम करलमे फेन दस्तवेजीकरणके अभाव रहल बटैलाँ । यकर बहुवर्षिय योजनाके अभाव रहल उहाँलोगनके कहाइ रहे ।  अनिल कुश्मी सञ्चालन करल कार्यक्रममे लक्ष्मी राना स्वागत कर्ले रहि । 

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

९२३ दिन अगाडि

|

७ वैशाख २०८१

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नाउपा (रञ्जिता पक्ष), समाजवादी र स्वतन्त्र सांसदको समर्थनमा सोडारी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।   उता, सुदूरपश्चिम प्रदेशका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का पाँचजना सांसदहरूले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन् । उनीहरुले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै यस्तो बताएका हुन् ।  उनीहरुले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । जसमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन् । उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम चौधरीनिकट हुन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले आफू दलको नेता रहेको दाबी गर्दै आएका छन् ।  उनीहरुले सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा कैलाश चौधरी र टीका थापाले हस्ताक्षर गरेर समर्थन गरेको भन्ने कुरा गैरसंवैधानिक, गैरकानुनी र संसदीय मान्यता विपरीत भएको प्रस्ट पारेका छन् ।  यसैबीच कैलाश चौधरीले भौतिक योजना मन्त्रीको शपथ खाएका छन् । टीका थापालाई विना विभागीय मन्त्रीको शपथ ख्वाउन थालेकोमा उनले मानिनन् । उता लुम्विनी प्रदेशमा नाउपाका धर्मबहादुर चौधरीले पुनः मन्त्रीको शपथ लिएका छन् ।   

दाङको धारापानीमा बढ्यो पर्यटकको चहलपहल

दाङको धारापानीमा बढ्यो पर्यटकको चहलपहल

९२४ दिन अगाडि

|

५ वैशाख २०८१

घोराही उपमहानगरपालिका ५, धर्ना, दाङमा रहेको धारपानीमा पर्यटकीय गतिविधि बढेको छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेपछि यहाँ चहलपहल बढेको हो । धारापानी घुम्न आएका राजापुर नगरपालिका ३, मुरैयाका शिला आचार्यले साथीहरुमाझ चर्चा चलेकाले घुम्न आएको बताइन् । ‘धारापानीको चर्चा धेरै सुनेकाले घुम्न आएको हुँ, यहाँ आउन पाउँदा निकै खुसी लागेको छ’, उनले भनिन् । त्रिशूल, ॐ पोखरी मन्दिरभित्र रहेको पार्क रमाउन पाउँदा आनन्द महसुस गरेको उनले सुनाइन् । धारापानीमै तुलसीपुर उपमहानगरपालिका १९ का सविन केसी पनि भेटिए । शनिबारको दिन साथीहरुसँग वनभोजका लागि धारापानी आएको उनले सुनाए । अरुले भनेको र सुनेकोभन्दा आफूले प्रत्यक्ष देख्न पाउँदा निकै फरक हुने भन्दै उनले यो क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । पछिल्लो समय पार्कसहितको पोखरी निर्माणले यहाँको सौन्दर्य बढाएको छ । घोराही बजारदेखि ९ किलोमिटर दक्षिणमा पर्ने धारापानी मन्दिरमा निजी सवारी साधन, सार्वजनिक बस तथा अटोरिक्साबाट सजिल पुग्न सकिन्छ । सो स्थानसम्म पुग्ने सडक पक्की भएकाले स्थानीय र बाह्य पर्यटकको उपस्थितिले चहलपहल बढेको स्थानीयको भनाइ छ । धारपानीमा ५५.५ फिट उचाइको पञ्चधातुको त्रिशुल निर्माण गरिएको छ । पछिल्लो समयमा बिदाको दिन परिवारसँग र साथीभाइ मिलेर घुम्न आउनेको संख्या बढ्न थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताए । दाङलगायत छिमेकी जिल्लाबाट पर्यटक आउने गरेको उनले सुनाए । यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटकको रोजाइको विषय बनेको उनको बुझाइ छ । ‘दाङ आउने अधिकांश मानिस धारापानी पुगेको जस्तो लाग्छ’, उनले भने, ‘वनभोजका लागि यहाँ बाह्रै महिना भीडभाड हुने गरेको छ ।’ अग्लो त्रिशुल, १०८ शिवलिंग, १०८ बरपिपल जोडी, १०८ समीका वृक्ष, ॐ कुण्ड, पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर, वनजंगल त्यहाँ पुग्ने पर्यटकको रोजाइ बन्ने गरेको छ । नजिकै सरयू गंगा बबई नदी र वरपर हरियाली वातावरण भएका कारण पनि दैनिक हजारौँको संख्यामा बाह्य र आन्तरिक पर्यटकको मनै लोभ्याउँछ । मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले धामदेखि करिब २ सय किलोमिटर दक्षिण डाँडामाथि सुनकोटमा भगवतीको मन्दिरसम्म पुग्नलाई ४ हजार ९ सय ६३ सिँढी बनाउने काम सुरु भएको जानकारी दिए । गेट निर्माण, पार्किङको व्यवस्था, सिमसार क्षेत्र, तलाउ, टापु लगायतका संरचना गुरुयोजना अनुसार बनेका छन् । गुरुयोजना दाता र राज्यको लगानीमा अगाडि बढेको आचार्यले बताए । सुनकोटमा देवीको मन्दिर तयार गरेर भइसकेको छ । धारापानी धामलाई धार्मिक ग्रामका रुपमा विकशित गर्नका लागि दुईवटा खाजा घर, १२ वटा पूजा सामग्री पसल र एउटा कोसेली घर सञ्चालनमा रहेको सचिव आचार्यले जानकारी दिए । कोसेली घर स्थापना घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा धारापानीमा कोसेली घर स्थापना भएको छ । कोसेली घरमा स्थानीय उत्पादन राखिएको छ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई बिक्री गर्ने उद्देश्यले कोसेली घरको स्थापना गरेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए । दाङमा उत्पादन हुने माटोको भाँडा, बाँसका सामग्री, दाल, मसौरा, सिन्की, सिमठारो चामल जस्ता उत्पादनले दाङको पहिचान दिने भएकाले यस्ता ‍वस्तु बिक्रीका लागि कोसेली घर निर्माण गरिएको उनले बताए । रासस 

सुदूरपश्चिममा नाउपाको ‘बटमलाइन’ आफ्नै नेतृत्वमा सरकार निर्माण

सुदूरपश्चिममा नाउपाको ‘बटमलाइन’ आफ्नै नेतृत्वमा सरकार निर्माण

९३१ दिन अगाडि

|

२९ चैत २०८०

धनगढी । सुदूरपश्चिम प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने बटमलाइन तय गरेको छ । पार्टी संरक्षक रेशमलाल चौधरीको उपस्थितिमा बुधबार बसेको सातै जना सांसदबिचको छलफलले आफ्नै नेतृत्वमा सरकार निर्माण गर्न पहल थाल्ने निर्णय गरेको हो ।  काम चलाऊ सरकारका सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरीले बैठकले पार्टीभित्र आन्तरिक द्वन्द्व नरहेको तथा आफूहरू एक ढिक्का रहेको सन्देश दिन खोजेको बताए । साथै कमल बहादुर शाह नेतृत्वको सरकार ढलेपछि अब बन्ने सरकार नाउपाको नेतृत्वमा बन्ने निष्कर्ष रहेको उनले बताए । उनले भने, ‘जनतालाई दिएको बाचा अनुसार अबको सरकार नाउपाकै नेतृत्वमै बन्छ । मुख्यमन्त्रीसहित २ क्याबिनेट मन्त्री हाम्रो दाबी हो । सो अनुसारको ग्राफ उहाँहरूलाई (अन्य राजनीतिक दल)लाई पठाइ सकेको छाँै ।’ साथै मन्त्री चौधरीले नयाँ सत्ता समीकरण अनुसार सरकार बनाउने सम्भावना प्रबल रहेको आशय व्यक्त गरे । प्रदेश प्रमुख नजिर मियाँले वैशाख २ गतेसम्म दिएको समयसीमाभित्र सरकार बन्ने उनले बताए ।   सुदूरपश्चिमको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस पनि सरकार निर्माणमा अग्रसर देखिएको छ । नाउपालाई नेतृत्व दिएर सहयोग गर्न कांग्रेस तयार रहेको मुख्यमन्त्री निकट स्रोतले बतायो । तर अझै नाउपाले कुन गठबन्धन अनुसार सरकार निर्माण गर्नेबारे भने ठोस निर्णय लिन नसकेको हो । यहाँ कांग्रेसका १८ सांसद छन् । नाउपालाई कांग्रेसका सबै सांसदले साथ दिँदा पनि २ सांसद अपुग हुने देखिन्छ । बहुमतको लागि पुनः राप्रपा र स्वतन्त्र सांसदकै साथ अनिवार्य हुन जान्छ । अर्कोतिर यहाँ नयाँ सत्ता गठबन्धनका माओवादीका सभामुखसहित ११, एमालेका १० नाउपाका कारबाही बाहेक ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । जसबाट सहज रुपमा सरकार बन्ने देखिन्छ । दलको नेता यथावतै त्यस्तै, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले बर्खास्त गरिएको भनिएको संसदीय दलका नेता घनश्याम चौधरी नै दलको नेतामा कायम रहेको बताइएको छ । सभामुख भीमबहादुर भण्डारीले पनि प्रदेश सभाले पार्टीलाई भन्दा संसदीय दललाई चिन्ने भएको हुँदा घनश्याम चौधरी कायम रहेको एक सांसदले बताए । नाउपा अध्यक्ष श्रेष्ठले घनश्याम चौधरीलाई हटाएर दलको नेतामा कैलाश चौधरीलाई जिम्मेवारी दिएको पत्र सभामुख भण्डारीलाई पठाएकी थिइन् ।

थारु भाषामा ग्रामथान गाउँपालिकाको पाठ्यक्रम तयार

थारु भाषामा ग्रामथान गाउँपालिकाको पाठ्यक्रम तयार

९३३ दिन अगाडि

|

२७ चैत २०८०

मोरङको ग्रामथान गाउँपालिकाको ‘हमर ग्रामथान’ नामक् कक्षा १ देखि ५ सम्मको  पूर्वीया थारु भाषाको पाठ्यक्रम तयार भएको छ । पाठ्यक्रम निर्माण समितिका संयोजक रामसागर चौधरीलगायतले चैत २६ गते सोमवार ग्रामथान गाउँपालिकाका कार्यवाहक अध्यक्ष गुणाबती धामी थारुलाई पाठ्यक्रम हस्तान्तरण गरेको छ ।  पाठ्यक्रम निर्माण समितिका संयोजक रामसागर चौधरी, सदस्य सचिवमा शिक्षा शाखाका अधिकृत भीमप्रसाद न्यौपाने थिए । त्यस्तै, सदस्यमा राजेश सरदार, धिरेन्द्र कुमार चौधरी, राम बिश्वास, श्रवणकुमार सुतियारका साथै बिषय विज्ञके रुपमा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य प्राज्ञ डा कृष्णराज सर्वहारी रहेका थिए । सो अवसरमा कार्यवाहक अध्यक्ष गुणाबती धामी थारुले पाठ्यक्रम निर्माण समितिले समयमै प्रतिवेदन बुझाएकोमा धन्यवाद दिदै आगामी शैक्षिक सत्रदेखि पुस्तक तयार गराई लागु गराउने वचववद्धता गरिन् । संयोजक रामसागर चौधरीले पाठ्यक्रम बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् ।  स्मररण रहोस् मलुराम भगत, नन्दलाल चौधरी, हरिनारायण चौधरी, रुद्रनारायण चौधरी, रामसागर चौधरी लगायतको टोलीले थारु भाषाको पाठ्यक्रम विकास खेसरा समितिमार्फत् २०४९ सालमै ‘हमर पोथी’ नामक् कक्षा १ के पाठ्यपुस्तक हौली परिवारको संयोजनमे तयार गरेको थियो । फोटोकपी गरी सो पुस्तक हाल ग्रामथान गाउँपालिकाको देवी मावि तेतरियामा केही वर्ष पठनपाठन गरिएको थियो ।

थारु विकासके चावी हुइटः डा.गोपाल दहित

थारु विकासके चावी हुइटः डा.गोपाल दहित

९३५ दिन अगाडि

|

२४ चैत २०८०

दुर्जन चौधरी  धनगढी । थारु भाषा, संस्कृति, प्रयास, प्रगति ओ चुनौती कना बिषयमे छलफल कैना क्रममे संविधान सभा सदस्य तथा पूर्व मन्त्री डा.गोपाल दहित थारु विकासके चावी हुइट कना विचार बातचित घरके पहिल बार्षिक उत्सवमे बट्वाइले बाटै ।  २४ चैतमे धनगढीमे आयोजना हुइल कार्यक्रममे उहाँ छलफल कैना क्रममे हम्रे अपन थारु भाषा, संस्कृति, भेषभुषा बचाइक लाग इतिहास हम्रे अपनेहे लिखे परल कोइ औरेजे आके हमार इतिहास नै लिखडी कलै ।  उहाँ आगे कहलै, हमार थारु भैयाहुक्रे कृषिमे आत्मनिर्भर किल नै होके पेशा विविधिकरण कर सेक्ले बाटै । कोइ बैदेशिक रोजगारमे जाइटा कलेसे कोइ लोकसेवा पास करके जागिर खाइटा कलेसे कोइ थारु परिकारके रेस्टुरेन्ट खोल्के व्यापार व्यवसाय सञ्चालन करटै । थारुन्मे सामाजिक चेतना, राजनीतिक चेतना आ सेकल बा । आब थारु अपन मुद्धा अपनेहे उठाई सेक्ना होगिल बटै । साथे उहाँ थारु विकासके चावी हुइट, थारुन्के चौतर्फी बिकास नै हुइटसम नेपालके समग्र विकास नै हुई सेकी कना बात बटैलै । उहाँ थारुनके जग्गा बिक्टि गैल सवालमे हम्रे थारु माल पाके चाल नै पैली, यी हमार बरवार चुनौतीके बाट हो कना विचार रख्लै ।   ओस्टके, थारु आयोगके सदस्य तथा अधिवक्ता शान्ती मोदी थारु आयोग धनगढी, धनकुटा, बुटवललगायत प्रदेशस्तरीय क्षेत्रमे विपन्न थारुहुकनके लाग लोकसेवा आयोगके फ्रि कक्षा सञ्चालन करल जनैलै । साथे महिला सशक्तिकरणके सवालमे थारु आयोग महिला सशक्तिकरणके लाग महिलाहुकनके लाग टमान खालके कार्यक्रम करटी आइल जानकारी डेली ।  डा दहित ओ अधिवक्ता मोदीसे थारु भाषा, संस्कृति, प्रयास, प्रगति ओ चुनौती कना बिषयमे सहजकर्ता इन्दु थारु बातचित करल रहि ।  बार्षिकोत्सवमे बातचित घरके बरघर ठाकुरप्रसाद करियाप्रधान, किसन्वा माधव थारुलगायतके व्यक्तिहुकनसे बातचित घरके थारु क्यालेन्डर विमोचन कैगिल रहे । कैलाली जिल्लाके धनगढीके थारु छात्रवासमे आई बातचित घर के एक वर्ष उत्सव मनाई कना मूल नाराके साथ समाज रुपान्तरणके लाग बातचित घरके सांस्कृतिक कार्यक्रमसहित भव्य रुपसे पहिल बार्षिक उत्सव मनागिल ।