फायल तस्विर
कैलालीको लम्कीचुहा नगरपालिकामा कन्या स्वतन्त्रताको पर्ब चिरैं, यही चैत १४ गते (चैत्र शुक्ल पक्षको दशमी तिथिमा) मनाइने भएको छ ।
बरघर भल्मन्सा समिति लम्कीचुहा नगर समिति कैलालीले चैत ४ गते बरघर भल्मन्साहरुको भेला बोलाई उक्त निर्णय गरेको जनाएको छ । शिवचरण चौधरीको सभापतित्वमा सम्पन्न भेलाले नगरपालिकाभरी चिरैं पर्ब एकसाथ मनाउँदा राम्रो हुने, राम्रो सन्देश जाने भएकोले सँगै मनाउने निर्णय गरिएको कुरा समितिका अध्यक्ष दशराम थारुले जनाएका छन् ।
चिरैं पर्ब चैत शुक्ल पक्षमा मनाइने र कन्याहरुको श्रृङ्गार, सुसार देवीलाई मनौता गरिएको हुँदा यस दिन विशेषगरी कन्याहरु गाउँबाहिर एक ठाउँमा भेला भई हाँस्ने खेल्ने रमाइलो गर्ने गर्दछन् । घरका अभिभावकहरु उनीहरुको ख्याल गर्ने गर्दछन् ।
यो थारुहरुको सामुहिक पूजा पनि भएको र गुरुवाहरु गाउँ गाउँमा पूजा गर्न गराउन जानुपर्ने भएकोले धेरै गाउँ सम्हालेका भुइँहारलाई गार्हो पनि पर्दछ । यसका लागि अध्यक्ष थारुले भुइँहार गुरुवाहरुलाई आफू पुग्न नसके केशौकामार्फत पनि पूजाको चाँजोपाँजो मिलाउन अनुरोध गरिएको बताएका छन्।
प्रकाशित:
२२१ दिन अगाडि
|
६ चैत २०८२
२ दिन अगाडि
|
१० कात्तिक २०८३
२ दिन अगाडि
|
९ कात्तिक २०८३
३ दिन अगाडि
|
८ कात्तिक २०८३
१३ दिन अगाडि
|
२९ असोज २०८३
१४ दिन अगाडि
|
२८ असोज २०८३
१८ दिन अगाडि
|
२४ असोज २०८३
२१ दिन अगाडि
|
२० असोज २०८३
१४७७ दिन अगाडि
|
२५ असोज २०७९
१५१२ दिन अगाडि
|
२१ भदौ २०७९
१५२२ दिन अगाडि
|
१२ भदौ २०७९
१४७७ दिन अगाडि
|
२६ असोज २०७९
१४२६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८२ दिन अगाडि
|
२० असोज २०७९
१४१५ दिन अगाडि
|
२७ मंसिर २०७९