कर्णालीका मुख्यमन्त्री कँडेलबाट लोकवार्ता परिषदको १३औं संगोष्ठी समुद्घाटन

कर्णालीका मुख्यमन्त्री कँडेलबाट लोकवार्ता परिषदको १३औं संगोष्ठी समुद्घाटन

३२८ दिन अगाडि

|

३ कात्तिक २०८१

थारू संघको  दाङ, राजपुर गाउँपालिकास्तरीय भेला गठन

थारू संघको दाङ, राजपुर गाउँपालिकास्तरीय भेला गठन

३३१ दिन अगाडि

|

३० असोज २०८१

                                                                                                                                                          तस्विरः हल्लु प्रसाद चौधरी  नेपाली काँग्रेसको भातृ संगठन नेपाल थारू संघको पालिकास्तरिय भेला गठन गर्ने प्रक्रियास्वरुप प्रथम भेला दाङदेउखुरी राजपुर गाँउपालिकास्तरीय भेला एवम् दशैं मिलन कार्यक्रम असोज २९ गते मंगलवार दुलहियामा सम्पन्न भएको छ ।  नेपाली काँग्रेस केन्द्रीय सदस्य, थारू विभागका प्रमुख तथा पूर्व सांसद योगेन्द्र चौधरी ज्यूको प्रमुख आतिथ्त्यतामा भेला भएको हो । उक्त भेलाले दिलीप चौधरीको अध्यक्षतामा राजपुर राजपुर गाँउपालिकास्तरीय थारू संघ गठन गरेको छ, जसमा  ४ जना महिलासहित ११ सदस्यीय कमिटी रहेको छ । कार्याक्रममा नेपाली काँग्रेस नेता  जानकीलाल बस्नेत, क्षेत्रीयय सभापति भेषराज पाण्डे,नेता मधु न्यौपाने, क्षेत्रिय सल्लाहकार राम प्रताप यादव, नेपाल थारू संघ केन्द्रिय सदस्य महाअधिवेशन प्रतिनिधि हिरालाल चौधरी , नेपाली काँग्रेस थारू विभाग केन्द्रिय सदस्य हल्लु प्रसाद चौधरी ,नेपाल थारू संघ केन्द्रिय सदस्य रघुनन्दन चौधरी, थारू संघ दाङ जिल्ला अध्यक्ष शेषदत्त चौधरी, जिल्ला सदस्य पुर्ण बहादुर चौधरी, नेपाली काँग्रेस राजपुर गाँउपालिका सभापति नरेन्द्र सिंह भण्डारी, राजपुर गाँउपालिकाको अध्यक्ष  शरद बुढाथोकी, काली राम चौधरी, लगायतका बक्ताहरूले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । थारू संघ देउखुरीका क्षेत्रिय अध्यक्ष  गोकुल चौधरीको अध्यक्षतामा, लमही नगर सदस्य किरण चौधरीको स्वागत मन्तब्यवाट सुरू भएको कार्यक्रमको सहजीकरण बालगोविन्द चौधरीले गरेका थिए।  

पितृलाई सम्झिएर दशैँ मनाउने थारू समुदायको चलन

पितृलाई सम्झिएर दशैँ मनाउने थारू समुदायको चलन

३३५ दिन अगाडि

|

२६ असोज २०८१

विमला चौधरी पश्चिम नेपालका थारूहरूले आफ्नै किसिमले दशैँ मनाउने गरेका छन्। दशैँमा उनीहरूले आफ्ना कुलदेवता र पितृको सम्झना गर्ने गर्छन्। थारूले दशैँलाई ‘डस्या’ भन्छन्। दाङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेतका थारू समुदायका लागि माघी र अट्वारीपछि दशैँ तेस्रो ठूलो पर्व हो। थारू समुदायमा दशैँमा आफ्ना पितृको आत्माले शान्ति पाऊन् भनेर सम्झना गर्ने चलन छ। थारू संस्कृतिका जानकार एवं साहित्यकार छविलाल कोपिलाका अनुसार यो समुदायभित्र रहेका फरक थर र गोत्र अनुसार कुलदेवता पनि भिन्नभिन्न छन्। त्यसैले कुलदेवताअनुसार दशैँमा पूजा गर्ने चलन पनि फरकफरक रहेको उनको भनाइ छ। उनले आफ्ना कुलदेवताबारे जानकारी दिँदै भने, ‘‘मेरो थर ‘भगोरिया’ हो। हाम्रो एउटा देवतालाई दशैँमा जाँड चढाएर पूजा गर्ने चलन छ।’’ यो समुदायमा विशेषगरी फूलपातिदेखि नवमीसम्म तीन दिनमात्र दशैँ मनाउने चलन छ। दशैँका गतिविधि थारू समुदायका मानिसले फूलपातीदेखि पूजा सामग्री जुटाउन थाल्छन्। त्यस दिन घरमूली महिलाले पूजाका लागि परिकार बनाउने र पूजा सामग्री जोहो गर्ने गर्छन्। पूजामा प्रयोग हुने भाँडाकुँडालाई नजिकैको जलाशयमा लगेर सफा गरिन्छ। थारू संस्कृतिका अर्का जानकार एकराज चौधरीका अनुसार उक्त समुदायले आफ्ना कुलदेवतालाई पूजा गर्दा बजारमा पाइने अगरबत्ती बाल्दैनन्। उनी भन्छन्, ‘‘हामी आफ्ना कुलदेवताको पूजा गर्दा धूप बाल्छौँ तर आफ्नै पुरोहित, 'देशबन्ध्या गुर्बा' र ‘घरगुर्बा’ले बनाएको धूप प्रयोग गर्छौँ।’’ थारू समुदायको बसोबास भएको गाउँमा स्थापित 'भूइँह्यार थान'का मुख्य पुजारीलाई ‘देशबन्ध्या गुर्बा’ भन्ने गरिन्छ। विभिन्न सातथरी फूलसहित 'गुर्बा'ले आफ्नै शरीरका सात अङ्ग चिरेर निकालेको रगतमा मुछेर बनाइएको विशेष धूपले पूजा गर्ने चलन रहेको उनी बताउँछन्। ‘‘दशैँमा आफ्ना देवता र पितृलाई आफ्नो शरीर चिरेर रगतसमेत चढाउँछौँ भने योभन्दा ठूलो सम्मान के हुन सक्छ?’’ एकराजले भने। त्यो धूप फूलपातीका दिन 'घरगुर्बा'कहाँ गएर ल्याउने चलन छ। धूप लिन जाँदा कोसेली र भेटी लैजाने गरिन्छ। महाअष्टमीलाई थारूहरूले 'ढिक्रह्वा' भन्ने गर्छन्। त्यस दिन आफ्ना कुलदेवतालाई उक्त समुदायको मुख्य परिकार ढिक्रीले पूजा गरिने भएकाले 'ढिक्रह्वा' भनिएको उनको भनाइ छ। महाअष्टमीको बेलुकीपख आफ्ना कुलदेवतालाई ढिक्री, बाबरीको फूल र जमराले पूजा गर्ने चलन यो समुदायमा छ। पूजा गर्ने बेला मादल पनि बजाइन्छ। मादलको धुनसँगै ढिक्री, जमरा र बाबरी फूलले कुलदेवताको पूजा गरेपछि जमरा लगाउन पाइन्छ। अष्टमीको रात पछल्डङ्ग्या थरका थारूले आफ्ना कुलदेवतालाई भाले, बोका र सुँगुर चढाउने गर्छन्। अन्य थरका थारूले भने महानवमीको बिहान आफ्ना कुलदेवतालाई भाले, बोका र सुँगुर चढाउने थारू संस्कृतिका जानकार एवं 'गुर्बा' एकराज चौधरीले बताए। थरअनुसार पितृलाई सम्झने तिथि पनि फरक थारूहरूको घरको सबैभन्दा पूर्वउत्तर कोठामा देवताको थान हुन्छ। उक्त कोठालाई थारू समुदायले 'डेउह्रार कोन्टी' भन्छन्। 'डेउह्रार कोन्टी'मा थरअनुसार फरकफरक देउताको प्रतिष्ठा गरिएको हुन्छ। परिवारका कुनै सदस्यको मृत्यु भएमा अन्तिम संस्कार नगर्दासम्म 'डेउह्रार कोन्टी'मा लगेर शव राख्ने चलन छ। त्यसलाई 'पाटम बैठिना' भन्ने गरिन्छ। थारू 'गुर्बा' एकराजका अनुसार मृत्यु भएका पितृलाई उक्त समुदायले देवताकै दर्जा दिएर सम्मान र पूजा गर्ने गरेको छ। उनी भन्छन्, ‘‘पाँचदेखि सात पुस्तासम्म र कसैले १२ पुस्तासम्मलाई दशैँमा स्मरण गरेर पूजा गर्ने गरेका छन्।’’ दशैँमा पितृको पूजा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। त्यसैले महानवमीको बिहान देउता बनाएका धेरैजसो थारूले आफ्नो पितृको पूजा गर्छन्। यसलाई थारू समुदायले ‘पिट्टर डेना’ भन्छन्। थारू इतिहासकार तथा संस्कृति विज्ञ गोपाल दहितका अनुसार टेर्रा र दहित थरबाहेक अधिकांश थारूले नवमीको दिन पितृलाई सम्झेर पूजा गर्ने चलन रहेको छ। दशैँमा नै पितृलाई सम्झिनु पर्ने खास कारण नरहे पनि पुर्खाले गर्दै आएको संस्कारलाई हालसम्म अधिकांश थारूले अनुसरण गर्दै आएको उनको भनाइ छ। ‘‘अन्य समुदायले कुन समय र तिथिमा पितृलाई सम्झिन्छन् त्यो हामीलाई थाहा भएन तर हाम्रो आफ्नै रीतिरिवाज र परम्परा छ। त्यसअनुसार हामी वर्षमा एक पटक एकैसाथ दशैँमा पितृपूजा गर्छौँ।’’ पितृलाई कसरी सम्झन्छन्? थारू समुदायले पितृको सम्मानमा चोखो र मिठो परिकार बनाएर चढाउने गर्छन्। पितृहरूको सम्मानमा दशैँमा विशेष खालको चोखो मदिरा बनाउने गरिएको एकराज बताउँछन्। नवमीको दिन पितृलाई माछा, मासको दाल, तोरी लगायतका परिकार र भात अर्पण गर्ने चलन रहेको उनले बताए। ‘‘पाँचवटा टपरीमा भात राखिन्छ भने तीन, पाँच वा सात प्रकारका तरकारी पनि दिइन्छ। तरकारीमा माछा अनिवार्य हुनुपर्ने धार्मिक मान्यता छ,’’ एकराजले भने। 'पिट्टर' दिएको भात घरका पुरुष र कन्याले खाने प्रचलन छ। पाँचवटा टपरीको भातमध्ये सबैभन्दा उत्तरतर्फ राखिएको भात खान मिल्दैन। उक्त भात पितृका लागि भएकोले खान नमिल्ने मान्यता छ। त्यसमा सिन्का पनि राखिएको हुन्छ। त्यहाँ देब्रे हातले एकपटक मात्र पस्केर भात राखिन्छ। ‘‘पितृले भोजन गरेपछि दाँत कोट्याउनका लागि सिन्का राखिन्छ,’’ एकराजले भने, ‘‘पिट्टरको भात खाने बेला टपरीको भात यताउति सारेर खान मिल्दैन र खाई सकेपछि हात त्यो टपरीमा नै चुठेर भात ढाकेको पातले फेरि ढाकेर उठ्नु पर्छ।’’ पितृलाई 'पिट्टर' दिएपछि 'डिउह्रार' कोठालाई एकछिन सुनसान बनाउनु पर्छ। कोठा सुनसान बनाएपछि पितृहरू 'पिट्टर' खान आउँछन् भन्ने धार्मिक मान्यता छ। ‘‘पितृलाई भोजन गर्न सजिलो होस् भन्ने मान्यताका साथ झ्यालढोका बन्द गरेर एकछिन 'डिउह्रार कोन्टी' सुनसान बनाउनु पर्छ,’’ उनले भने। पितृलाई दिएको 'पिट्टर'लाई पछि नजिकको जलाशयमा लगेर विसर्जन गरिन्छ। त्यस बेला घरका महिलाहरू गीत गाउँदै जाने गर्छन् र नुहाएर शुद्ध भई नाचगान गर्दै फर्कन्छन्। कुभिन्डोको बलि थारू समुदायले महानवमीका दिन बिहान आफ्ना कुल देवतालाई कुभिन्डोको बलि दिने गर्छन्। कुभिन्डोलाई भेडाको प्रतीक मानेर बलि दिने चलन छ। गुठी संस्थानका पूर्वअध्यक्ष मीनराज थारूका अनुसार दशैँका बेलामा बेलको हाँगामा ढिक्री राख्ने चलन पनि रहेको बताउँछन्। उनका अनुसार बेलमा फलाएको भनिने उक्त ढिक्रीलाई 'डिउह्रार' कोठामा भएका कुल देवताको नजिकै राखिन्छ। यसलाई थारू भाषामा 'ढिक्री फरैना' भनिन्छ। दशैँमा थारूहरूले आफ्ना कुल देवतालाई नयाँ धानचामल पनि चढाउँछन्। मीनराजले भने, ‘‘कुल देवताको थानमा रहेको 'छिट्नी'मा चामलको भन्डारा भरेर चढाएपछि मात्र खाने परम्परा थारू समुदायमा अहिले पनि छ। दशैँमा देवतालाई चढाउने ढिक्री पनि नयाँ चामलकै बनाउने गरिन्छ।" आफूले खाने र देवतालाई चढाउने ढिक्री फरक हुन्छ। खानका लागि गोलो र लाम्चो ढिक्री बनाइन्छ भने देउतालाई चढाउनका लागि अलि फरक आकारको ढिक्री बनाइन्छ। देउतालाई फरक खालको ढिक्री बनाएर चढाउने गरिएको बाँके राप्ती सोनारीकी सुन्दरकली थारूले बताइन्। घरमूली महिलाले ढिक्री बनाउने गरेको बताउँदै उनले भनिन्, ‘‘बिहानै नुहाइधुवाइ गरेर निराहार व्रत बसेकी महिलाले देउतालाई पूजा गर्ने ढिक्री बनाउने प्रचलन छ।’’ दशैँमा गरिने पूजा आराधनामा विधि पुगेन भने त्यसै वर्ष पुन: गर्नुपर्छ भन्ने मान्यता थारू समुदायमा रहेको छ। मृत्युसंस्कारसँग जोडिएको दशैँ थारू संस्कृतिका जानकार छविलाल कोपिलाका अनुसार घटस्थापनाको दिन यो समुदायले जमरा राख्दैन। घटस्थापनालाई ‘मूलक दिन’ अर्थात् पुर्खाहरूले देह त्याग गरेको दिनका रूपमा लिइन्छ। कोपिला भन्छन्, ‘‘घटस्थापनाको भोलिपल्ट जमरा राखेपछि थारूहरूको दशैँ सुरु हुन्छ र महानवमीका दिन समाप्त हुन्छ।’’ घटस्थापनाको दिनदेखि नै कुल देवता तथा पितृलाई पूजा गर्ने व्यक्तिले शोकमा भएका बेलामा जस्तै दशैँ नसकिँदासम्म कपाल र नङ काट्न पाउँदैनन्। घटस्थापनाको दिनलाई जुठो सुरु भएको मानेर कुलदेवतालाई अष्टमीमा पूजा गर्नुअघि नुहाइ दिएर सुनपानीले चोख्याउने चलन रहेको छ। त्यसले गर्दा थारू समुदायले दशैँलाई मृत्यु संस्कारसँग जोडेको मान्न सकिने कोपिलाको कथन छ। उनकाअनुसार काजक्रियामा 'जिता मार्ने' चलनअनुसार थारू समुदायले दशैँमा कुखुरा र सुँगुर पुज्ने चलन पनि छ। "मृतकको आत्माले शान्ति पाओस् र यिनै बकुल्लामा सवार भएर सुखपूर्वक स्वर्ग जाऊन् भनेर दशैँमा कुल देवता स्थापित गरिएको डिउह्रार कोन्टीको पटाहा डेह्रीमा बकुल्लाको छाप बनाउने चलन छ,’’ उनी भन्छन्। "महानवमीको दिन घरको मूल ढोकादेखि देवताको थानसम्म गोबरले लिपेर चामलको पिठोको घेरामा फर्सीको फूल राखेर पितृलाई स्वागत गरेर फेरि बिदाइ गर्ने चलनबाट पनि थारू समुदायले आफ्ना पुर्खाको सम्झनामा वा शोकमा दशैँ मनाउँछन् भन्ने पुष्टि हुन्छ।’’ सेतो टीका टीका लगाउने थारू समुदायको चलन छ। त्यसपछि उनीहरूको दशैँ सकिन्छ। बरघरकहाँ टीका लगाउन जाँदा मादल बजाउँदै र थारू समुदायमा लोकप्रिय महाकाव्य 'बर्किमार'का श्लोकहरू गाउँदै जाने चलन छ। 'बर्किमार'मा महाभारतको कथा रहेको बाँकेको राप्ती सोनारीका थारू समुदायका अगुवा तुलसीराम थारू बताउँछन्। महानवमीमा बरघरसँग टीका लगाउने भएकाले त्यसलाई थारूहरूले 'गवल्या' अर्थात् 'गाउँको टीका' पनि भन्ने गरेको उनले बताए। विजयादशमीलाई थारू समुदायले व्यापक मान्यता दिएको नदेखिएको कतिपय उक्त समुदायका नेताहरू बताउँछन्। यद्यपि त्यसदिन 'देशबन्ध्या गुर्बा'को घरमा गएर टीका थाप्ने चलन छ। विजयादशमीका दिन गाउँलेहरू उनको घरमा मकै, पात, रक्सी, जमरा र बाबरी फूल लिएर गई टीका थाप्ने चलन छ। सख्यानाचको चलन सख्यानाच दशैँमा नाचिने थारू समुदायको प्रमुख नाच हो। थारू महिला तथा किशोरीहरू लहरै लाइन लागेर मादलको तालमा नाच्ने एकखाले नाचलाई सख्यानाच भनिन्छ। यो नाचमा विशेष किसिमको थारूगीत गाइन्छ। यो गीत पनि महाभारतकै कथामा आधारित रहेको जानकारहरू बताउँछन्। वास्तवमा यस्तो गीत गाएर नाच्ने चलन कृष्ण जन्माष्टमीदेखि सुरु हुन्छ र दशैँ वा तिहारमा त्यसलाई अन्त्य गरिन्छ। मादल बजाउनेहरू महिला वा पुरुष हुनसक्ने भए पनि नाच्नेहरू चाहिँ महिला नै हुने गर्छन्। यस्तो नाच हेर्नका लागि गैरथारूहरू पनि उल्लेख्य रूपमा थारूगाउँ पुग्ने गर्छन्। (बीबीसीबाट साभार)

थारूको दसैं, जहाँ मादल बजाएर देउता जगाइन्छ

थारूको दसैं, जहाँ मादल बजाएर देउता जगाइन्छ

३३६ दिन अगाडि

|

२५ असोज २०८१

शत्रुघन चौधरी थारू समुदायको पृथक भाषा, संस्कृति र चालचलन रहेको छ। थारूहरूले आफ्ना चाडपर्वहरू पनि पृथक तरिकाले मनाउने गर्छन्। दसैं अर्थात् डश्यामा गरिने विधि प्रक्रियाले पनि थारूहरूको संस्कृतिमा कति मौलिकता छन् भन्ने प्रस्ट हुन्छ। दसैंको आगमनसँगै थारु गाउँमा लिपपोत, सरसफाइ गरिन्छ। घर पोत्नकै लागि धौरा वा किचली माटो ल्याइन्छ। घर पोतेर टलक्क टल्काइन्छ। वनबाट दाउरा ल्याउनु, पात टिप्नु, डुना टपरी गाँस्नु, धान कुटाउनु, चामलको पिठो पिसाउनु सामान्य कुरा भइहाले, विशेषतः देउतालाई चढाउनका लागि घर–घरमा रक्सी बनाइन्छ। घरको मूल देउताका लागि तौला अर्थात् एकपाने रक्सी अनिवार्य चाहिन्छ। अन्य समुदायमा घटस्थापनकै दिन जमरा राख्ने चलन भए पनि थारूहरूले त्यसको भोलिपल्ट अर्थात् असोज महिनाको शुक्लपक्षमा दुतियाको दिन नुहाई धुवाई गरेर जमरा राख्छन्। जमरा राख्दा डेहुरार (थारूहरूको मूल देवता रहेको स्थान)मा मौलिक तरिकाले पूजापाठ गरी जमरा राखिन्छ। थारूहरूले मकैको जमरा राख्ने चलन छ। त्यस्तै दसैंमा पूजाका लागि पहेँलो जमरा र बेबरी (बाबरी)को आवश्यकता पर्छ। हरेक घरको आँगनमा बेबरी अनिवार्य रोपिएको हुन्छ। दसैंको पूजामा थारू समुदायमा मात्र बेबरीको प्रयोग हुँदै आएको देखिन्छ। पञ्चमीको दिन दहित थरका थारूहरू श्राद्ध दिने गर्छन्। श्राद्धका लागि दहितहरूलाई गाउँलेहरूको करेसाबारीबाट तरकारी चोरी ल्याउने प्रचलन छ। यसलाई एउटा परम्पराको रूपमा लिएकाले गाउँलेहरू त्यो दिन तरकारी चोरी गर्ने कार्यलाई सामान्यरूपमा लिने गर्छन्। थारू समुदायमा देउतालाई चढाउनका लागि वानधुप बनाउने गरिन्छ। वानधुप विशेष प्रकारको धुप हो। धानले जिब्रोमा कोरेर निकालेको रगत र त्यसमा धानको फुला साथै सातवटा वस्तुको समिश्रण गरेर बनाइएको विशेष प्रकारको पूजा सामग्री हो। सप्तमीको दिन दसैंमा पकाउने विशेष प्रकारको ढिक्रीका लागि ढकिया सरसफाइ गरिन्छ, यसलाई पैनस टोपी धुने भनिन्छ। पैनस टोपी धुने दिन अन्य सामग्रीहरू पनि सरसफाइ गरिन्छ। ढिक्रहवा अष्टमीको दिनलाई थारूहरूले ढिक्रहवा भन्ने गर्छन्। यो दिन दिउँसो गुरुवालाई वरैनहरू भुखौरी खुवाउने प्रचलन छ। गुरुवाबाट सेवा लिएवापत सम्मानस्वरुप गाउँलेहरूले फलफूल, अम्बा, केरा, उखुँ र एक बोटल रक्सी र दक्षिणा स्वरुप पैसा दिएर भुखौरी खुवाउने गरिन्छ। उक्त दिन बेलुकी विशेष पूजा हुन्छ। घरमुली वा जेठो छोराबाट पूजा गर्ने प्रचलन छ। पूजामा महिला–पुरुषको समान सहभागिता रहने गर्छ। पुरुषलाई पुजेरुवा र महिलालाई पुजिहिन्या भनिन्छ। यो दिन दुवै जना ब्रत बसेका हुन्छन्। डेहुरारको मुख्य देउतासहित घरका विभिन्न देउताको स्थानमा बत्ती बाली गोलो आकारको ढिक्री, जमरा, बेबरी, रक्सी (तौला र बजारी) र पानी चढाएर पूजा गरिन्छ। पूजामा दहितको घरबाट ल्याइएको वानधुप चढाउँछन्। यसरी पूजा गर्दा घरमा बैबर्कट आउने, रोगव्याधी नाश हुने, घरमा कुनै दुःखकष्ट नहुने विश्वास रहँदै आएको छ। पूजा गर्ने बेला मादल अनिवार्य बजाउनुपर्छ। मादलको विशेष ताल त्रासन ठोक्ने गरिन्छ। त्रासनको ताल (झवाङ्ग झवाङ्गनक झवाङ्ग झवाङ्गनक) मा बजाउने गरिन्छ। यो तालले एक किसिमको झन्झनाहट उत्पन्न हुने गर्छ। यसरी त्रासन ठोकेर देउता जगाउने काम गरिन्छ।  भेँडाको प्रतीकको रूपमा डेहुरार पूजाकोठामा चार वटा खुट्टा बनाएर कुभिन्डो राखिएको हुन्छ। यो दिन विशेष गरेर थारूहरूको देउता अखरिया, खेख्रीमैयाँ, धमराज, धुरखम्बा, मैसासुर, कोल्हुमसानको पूजा गरिन्छ। थारूहरूको थरअनुसार अन्य नामले पनि पुजिन्छ। उक्त दिन रातभरि देउता जगाउने गरिन्छ, जसलाई डिया जगैना भनिन्छ। परम्परागत सख्या नाच, झुमरा नाच, लाठी नाचमा रम्ने गरिन्छ। पूजा गरेर बर्की मार गीत पनि गाइन्छ। त्यसरात गाउँमा सबैभन्दा बढी रौनकता छाउँछ। गाउँभरि विभिन्न समूहमा परम्परागत नाच नाचिन्छ। बर्दिवाको बगाल, घसकटुवाको बगाल, गरढुरिया बगाल, त्यस्तै झलारी बगालको झुमरा नाच, महिलाहरूको संख्या नाच, युवाहरूको लाठी नाचले गाउँ नै गुन्जायमान हुन्छ। सबै समूह घरघर गएर नाच गर्छन्। रातभरि नाचेपछि विहान सबेरै सबै समूह गाउँको चौराहामा भेला हुन्छन्। घरबाट देउतालाई चढाइएको रक्सी करैमा बोकेर ल्याउँछन्। अनि, सबैले प्रसादको रूपमा खान्छन्। यसलाई भेरुवाक डारु पनि भनिन्छ। पित्रहवा नवमीको दिन एक बिहानै पुजेरुवा हसिया र लोटा लिएर नदी तथा जलासयमा नुहाउन जान्छन्। नुहाइधुवाई गरी खेतमा गएर चुर्कीको बढ्नी अर्थात् काँसको कुचो काटेर ल्याउँन्। हरेक वर्ष पूजाकोठामा नयाँ बढनी फेर्ने प्रचलन हुन्छ। अघिल्लो दिनजस्तै पुजिहिन्याद्वारा घरमा सबै देउताको स्थानमा बत्ती बाल्ने र पूजाको सामग्री तयार गर्ने काम गरिन्छ। पुजेरुवा परम्परागत विधिअनुसार अघिल्लो दिनजस्तै डौना बेबरी फूल, जमरा, धुप, अक्षता चढाइ अगरबत्ती बाली पूजापाठ गर्छन्। उक्त दिन पूजा गर्दा मादल बजाइँदैन। यस दिन अघिल्लो दिन तयार गरिएको कुभिन्डो काटेर देउतालाई चढाइन्छ। कुनै ठाउँमा ल्वांग पनि चढाउने प्रचलन छ।  दसैंमा थारुहरू पितृ पूजा पनि गर्ने गर्छन्। नवमीको दिनलाई पित्रहवा पनि भनिन्छ। देउताअनुसार भाले, बंगुरको पाठा काट्ने प्रचलन पनि छ। पूजा गरेर सेतो टीका लगाउने प्रचलन छ। दसैंमा थारुहरू पितृ पूजा पनि गर्ने गर्छन्। नवमीको दिनलाई पित्रहवा पनि भनिन्छ। पूजा सकेपछि दिउँसो प्रत्येक घरबाट पूजा गरेको सामग्रीहरू ढकियामा उठाएर पुजिहन्यिाहरू मौलिक पहिरनमा सजिएर लाम लागेर टाउकोमा ढकिया र ढकियामा पित्तर राखी नजिकको खोलामा पित्तर सेलाउन जान्छन्, जसलाई पित्तर अस्रइना भनिन्छ। पित्तर अस्राइसकेपछि नुहाइ धुवाई गरी महिलाहरू घरतिर फर्किन्छन्। यसरी महिलाहरू घर फर्किँदा हार्षोल्लासका साथ नाचगान गरिन्छ। टीका दशमीको दिन गाउँमा साझा टीका लगाउने प्रचलन छ। यसलाई राज टीका पनि भनिन्छ। गाउँको महटाँवा ककन्डार, वरघरको घरमा वा भुँइहार थानमा पहिले टीका लगाइन्छ। गाउँलेहरू एक ठाँउमा जम्मा भई अगुवा मान्यजनको हातबाट टीका लगाउने प्रचलन छ। टीकामा सेतो टीका जमरा, डौना, बेबरीसमेत हुने गर्छ। साँझ टीका लगाइसकेपछि घरघरमा आ–आफ्नो मान्यजनको हातबाट टीका र आशिर्वाद लिने गरिन्छ। टीकाको दिन बरैनहरू एक बोटल रक्सी, जमरा, बेबरी लिई गुरुवाको घरमा टीका लगाउन जाने चलन छ। गुरुवालाई पनि थारू समुदायले सम्मानित स्थान दिएको हुन्छ।  गुरुवाको घरमा गएर बरैनहरू गुरुवाको हातबाट टीका थाप्ने र आशिष लिन्छन्। यहाँ पनि अक्सर सेतो टीका नै लगाइन्छ। सेतो टीका शान्तिको प्रतीक मानिन्छ। सेतो टीकाले सबैतिर शान्तिको कामना गरिएको बुझिन्छ। थारूहरूमा सेतो टीका लगाउने प्रचलन रहे पनि पछिल्लो समय रातो टीका लगाउन थालिएको छ। टीका लगाइसकेपछि बेलुकी महटाँवा, बरघरको घरमा सख्या नाच नाचिन्छ। थारू युवा युवती (ठँरिया, बठिनिया) मिलेर सामूहिकरूपमा नाचिने नाच उक्त दिन विशेष हुन्छ। उसो त दसैंभरि नै विशेष हुन्छ। त्यसदिन युवतीहरू मौलिक पहिरन, लहँगा, कुरथाँ, चोलिया, गोन्या, गरगहनासहित नव दुलहीजस्तै सिंगारिएर नाच गर्न आएका हुन्छन्। त्यस्तै युवाहरू मादल बजाउँछन्, उनीहरू पनि मौलिक भेषभुषामा सजिएका हुन्छन्। पुरुषहरू कुर्ता, धोती, सर्त, अगुच्छा, लगाएर घाँटीमा डौना बेबरीको माला लगाएर सिंगारिएको मादलसहित उपस्थित हुन्छन्। महटाँवाको आँगनमा रौनक छाउँछ। अघि–अघि मन्डरिया पछि–पछि नचनियाहरूको लाम हुन्छ। यसमा आवश्यकताअनुसार दुई लाइन, चार लाइन गरी नाच्ने गरिन्छ। लाइनमा पैयाँ लाग्ने र पछि घेरा बनाएर नाच्ने र सख्या गीत गाउने प्रचलन छ। सख्या गीत गाउन एक जना मोरह्निया हुन्छन्, जसले गीत उठाउँछिन र अरु पछि–पछि गाउँछन्, नृत्य पनि गर्छन्। मादलको तालमा जिउ डाल चलाउने, मन्जिरा बजाउने कलात्मक शैली अत्यन्त मनमोहक देखिन्छ। अन्त्यमा परम्परागत दसैंमा आदिवासी ज्ञान, संस्कार संस्कृतिका विभिन्न कुराहरू जोडिएका छन्। यसले आदिवासी थारूहरूको संस्कृतिको जगेर्ना गर्न र पुस्तान्तरण गर्न सघाउ पुर्‍याउँछ। समय परिवर्तनसँगै अहिले थारू समुदाय पनि आधुनिकीकरण, सामेलीकरणसँग अछुतो छैन। विश्व भुमण्डलीकरण, आधुनिकीकरणको प्रभाव थारू समुदायमा पनि पर्दै गएको छ। जसका कारण पुराना मौलिक संस्कृति विस्तारै लोप हुँदै गएका छन्। आजकल थारू समुदायमा यी सबै विधि प्रक्रिया निकै कम देख्न पाइन्छ। साभारः अन्नपूर्ण पोष्ट ।  

असौंक डस्या कसिक मनैना ?

असौंक डस्या कसिक मनैना ?

३४० दिन अगाडि

|

२१ असोज २०८१

सामाजिक सञ्जालमे असौंक डस्या कसिक मनैना कहिके मेरमेरिक विद्वान आअपन विचार ढैटि बटाँ । इहे क्रममे डा गोपाल दहित असौंक डस्या मनैना तालिका डेले बटाँ (हेरि फोटुसंगे रहल तालिका) । इहे सिलसिलामे यहाँ दिलबहादुर थारू ओ चूर्ण चौधरी थप दुइ विद्वानके विचार ढै गैल बा । सबजे उज्जर टीका लगाई दिलबहादुर थारू  संयोजक, थारू नागरिक समाज, कैलाली  थारू समाजमे दशैंक अपने महत्व बा । सब दिनके अपन महत्व बा । मने सप्तमी, अष्टमी, नवमी ओ दशमीक कुछ ढेर महत्व बा । ओम्ने फे सबसे ढेर नवमीक महत्व बा । का करे कि नवमीक दिन हमरे पुर्खन भात डेठी अथवा कही कि नवमी हमार पुर्खनके श्राद्ध तिथी हो । बिहानके पिट्टर भात डेना ओ साँझके घरे नेउटल पितृदेउटन नाचगानासहित बिदाई कर्ना अस्रैना दिन हो ।  टबेमारे अष्टमी, नवमी अक्के डिन पर्लेसे अष्टमीहे आगे टस्कैना चाही । नवमी ओ दशमी अक्के डिन पर्लेसे दशमीहे पाछे सर्ना, टस्कैना चाही । यी साल अष्टमी ओ नवमी सँगे परल बा । टबेमारे अष्टमीहे आगे टस्कैले मजा रही । टस्कैलेसे यी साल (२०८१) हमार दशैं अइसिक रहीः  २३ गते पैनस टोपी ढोई ओ साँझके पुर्खन नेउटी  २४ गते ढिक्री चरहाई २५ गते पिट्टर भात दी  २६ गते टीका लगाई, उ फे सबजे उज्जर टीका लगाई धार्मिक मान्यता अनुसार डश्या पुजा पुजी  चूर्ण चौधरी,  केन्द्रीय कोषाध्यक्ष, थारू कल्याणकारिणी सभा  म्वार विचार म पुर्खासे मन्टी अइलक धार्मिक मान्यता, रिति थिति, चलन ओ अभ्यास म हम्र बर्का डश्याम सप्तमी के दिन ढक्या ओ पैनस्टोपी गंगाम च्वाखा कराइक लाग ढ्वाए जैठी । यी सर्वमान्य संस्थागत चलन ओ अभ्यास बा । यी बर्षक (२०८१) सप्तमी ह असोज २४ से असोज २३ म सरना सायद उपयुक्त नि हुइ । हम्र महा अष्टमी म जैह्या फे सन्झ्याख ढिक्री (कौनो थर क थारू मुर्गी फे) पुज्ना यी संस्थागत हुइल चलन, अभ्यास ओ सर्वमान्य धार्मिक मान्यता बा । ओ महानवमी म बिशेष कैख विहान ख मुर्गी पुज्ना ओ आपन पुर्खन पिट्टर डेना धार्मिक ओ संस्थागत मान्यता बा । यी वर्षके २०८१ क बर्का डश्या म महा अष्टमी ओ महा नवमी तिथि (असोज २५ गते) एक्कम मिलल बा कलसे महा अष्टमी क दिन  उहो २५ गते जो पुर्खा से चल्टी अइलक आपन तिथिम जो आपन आपन चलन, रितिथिति, अभ्यास ओ धार्मिक मान्यता अनुसार डश्या पुजा पुजी । ओ महा नवमी म कर्ना पुजा विजया दशमी असोज २६ गते क दिन शुभ साइत म कर्लसे जो टनिक धार्मिक विधि बिधान ओ महत्व हुइ कना म्वार सोच ओ बिचार बा। ओहमार २०८१ असोज २४ गतेः सप्तमीम गंगा म पैनस्टोपी धुइना । २०८१ असोज २५ गतेः महाअष्टमी म सन्झ्याक आपन आपन चलन अनुसार ढिक्री (कौनो थारू थर मुर्गी फे) पुज्ना । २०८१ असोज २६ गतेः विजया दशमी अर्थात बिजयी प्राप्त कर्लक शुभ साइत क दिन म विहान सक्कार मुर्गी पुज्ना वलि देना ओ आपन आपन पुर्खन क सम्झना म पिट्टर डेना उत्तम साइत हो । ओ यह दिन हमार बर्का डश्यक टिका के शुभ साइत रहि । संसारी गँवल्या टीका ब्यबस्थित तरिकासे उज्जर रहि ट आपन धर्म, संस्कार ओ पहिचान रही ।

गायक संजय चौधरीको “माया”सार्वजनिक

गायक संजय चौधरीको “माया”सार्वजनिक

३४२ दिन अगाडि

|

१९ असोज २०८१

गायक संजय चौधरीले आफ्नो शब्द, संगीत, स्वर रहेको नयाँ गीत ल्याएका छन् । “माया”बोलको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई संजय चौधरीको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ । किशोर चौधरीको निर्देशन रहेको उक्त गीतमा भूमिका थारू, निरज बाबु र दिपक पछलडङ्ग्याको अभिनय रहेको छ । अभिनय गर्ने तिनै कलाकारहरु रंगमञ्च क्षेत्रका हुन् । रबी कोइरालाले भिडियोलाई क्यामरामा कैद गरेका छन् भने ड्रोन सट मेघनाथ चौधरीको रहेको छ । संगीत संयोजन कृष्णले लिम्बुले गरेका हुन् । राम शरण चौधरीद्वारा निर्माण गरिएको यो गीत चितवनमा छाँयाङ्कन भएको हो । भिडियोमा वियोगान्त प्रेम कथा देखाइएको छ जसमा थारू परिवेश पनि झल्किन्छ । हाल अमेरिकामा बस्दै आएका गायक चौधरी भन्छन्, ‘अचेल नयाँपुस्ताहरुले प्लायट्फर्मको लागि भौतारि रहेको बेला मैले नयाँ अनुहारलाई नै मेरो गीत “माया” मा लन्च गरेको छु । उनीहरुको प्रतिभाले स्पेस पाउनु पर्छ जस्तो लाग्छ ।’ गीतको शब्द मनछुने भएकाले सबै श्रोता, दर्शकले यो गीतलाई रुचाउने उनले बताए । यो गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । गायक संजय चौधरीको पुरुवे पछिये, बठिनिया, गदला पानी, तुइ तनाउ भेले फेनि, मोदहरिया हैने मुइ, उकाली चढ्ने लौरो, एकोहोरो माया, डुबाइ डुबाइ, म एउटा यात्री लगायत दर्जर्नौँ गीत आइसकेको छ ।  ( भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस् : https://www.youtube.com/watch?v=wgsx3ojetT8 )    

हात्तीको आक्रमणले हात्ती प्रजनन केन्द्रका कर्मचारी जद्दु थारूको मृत्यु

हात्तीको आक्रमणले हात्ती प्रजनन केन्द्रका कर्मचारी जद्दु थारूको मृत्यु

३४३ दिन अगाडि

|

१८ असोज २०८१

जंगली हात्ती गोबिन्देको आक्रमणबाट हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारीको मृत्यु भएको छ।  असोज १७ गते साँझ ७ बजेतिर प्रजनन केन्द्रतिर गइरहेको समयमा हात्तीका पछुवा ३६ वर्षीय जद्दु सिंह थारुलाई जंगली हात्तीले लखेटेको थियो। चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले थारुको घटनास्थलमै मृत्यु भएको बताए।  प्रजनन केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार हात्तीले थारुलाई भेटाएपछि घिसारेर हात, खुट्टा भाँचिदिएको बताए। सर्लाहीको हरिपुर–६ घर भएका जद्दु सरकारले कतारलाई उपहार दिने भनेको हात्ती खगेन्द्रप्रसादको पछुवा हुन्।  ‘साँझतिर बाहिर गएर प्रजनन केन्द्रतिर फर्किँदै गर्दा जंगली हात्तीले भेट्टाएर लखेटेछ। भाग्दा भाग्दै भेट्टाइहाल्यो। घिसारेर हात, खुट्टा भाँचिदियो। जद्दुको मृत्यु नै भयो,’ चौधरीले भने। जंगली हात्ती गोबिन्दे प्रायः प्रजनन केन्द्र आसपासमै रहन्छ। यसैबीच अन्वेषक इन्दु थारूले माहुते जद्दु सिंह थारुबारे सामजिक सञ्जालमा लेखेकी छिन्, ‘एक दिनभर जद्दु सिंह थारुले मलाई हात्ती खगेन्द्र प्रसादमाथि बसाएर निकुञ्ज घुमाएका थिए । त्यो दिनभर उनले मलाई जंगलको बारेमा( बोटविरुवाको नाम, हात्तीलाई मनपर्ने घाँस, हात्तीको आनीबानी, माहुतेको दैनिकीलगायत थुप्रै विषयमा सुनाएका थिए । आज जंगली हात्ती गोविन्देको आक्रमणबाट उनको मृत्यु भएको खबरले स्तब्ध भएको छु । सम्झीरहेको छु उनले बच्चैदेखि स्याहार गरेको खगेन्द्रप्रसाद अर्थात बगरा (जद्दुले माया गरि बोलाउने नाम बगरा) ले जद्दुलाई कति सम्झिरहेको होला ।’