सिँचाई आयोजनाकै कारण चौकीबाँधको अस्तित्व संकटमा 

सिँचाई आयोजनाकै कारण चौकीबाँधको अस्तित्व संकटमा 

४६९ दिन अगाडि

|

४ वैशाख २०८२

प्रज्ञा-प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा ४०देखि ६० प्रतिशतसम्म छुट

प्रज्ञा-प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा ४०देखि ६० प्रतिशतसम्म छुट

४७० दिन अगाडि

|

३ वैशाख २०८२

"सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान"भन्ने उद्घोषसहित नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभएको थियोे। उक्त पुस्तक प्रदर्शनी वैशाख २ गतेदेखि १८ गतेसम्म रहने छ। उक्त प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू६०% छुट र २०७१ सालयता प्रकाशित भएका पुस्तकहरू खरिद गर्ने व्यक्ति वा संस्थाका लागि विशेष ४० %को छुट दिइएको छ । प्रदर्शनीमा अमरकाेश,नेपाली साहित्यकाेश,काैटिल्यकाे अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नोै उपनिषद्, ग्रिक महाकवि हाेमरको ओडिसी, हरेराम जाेशिकाे प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङकाे एरिस्टाेटल र उनका काव्य शास्त्र 'पेरी पाेइएतिकेस' लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ। साथै नेपाली भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र र समाजशास्त्र लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ।प्रज्ञा-प्रतिष्ठानका पुस्तकहरू पाठकसामू पुर्याएर पठन संस्कृतिलाई विस्तार गर्न उक्त प्रदर्शनीले सहयोग पुर्याउने छ।प्रदर्शनीमा अनुसन्धानात्मक , संस्कार र संस्कृति तथा विभिन्न भाषाका काेशहरू राखिएको छ।

वर्तमानको ‘लौटल मनिया’ कथासंग्रहको परिचर्चा सम्पन्न

वर्तमानको ‘लौटल मनिया’ कथासंग्रहको परिचर्चा सम्पन्न

४७४ दिन अगाडि

|

३० चैत २०८१

आख्यानकार गणेश वर्तमानको थारु भाषाको कथासंग्रह ‘लौटल मनिया’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । चैत ३० गते शनिवार कीर्तिपुर, पाँगास्थित बरघर रेस्टुरेण्टमा ठुम्रार साहित्यिक बखेरीको १०३औं भागको श्रृंखलामा उक्त पुस्तकको परिचर्चा गरियो ।  पुस्तकबारे साहित्यकार डा कृष्णराज सर्वहारीले आख्यानकार वर्तमानका प्रायः सबै कथाको लेखनी आत्मपरक शैलीमा एकै धर्रामा आएकाले लेखनशैलीमा विविधता आउनु पर्ने बताए । उनले कथाको दृष्य, वातावरण पनि आख्यानकारको बर्दिया, ठाकुरद्वारा, गोब्रैला गाउँको वर्णनमा सीमित रहेकोमा यसको दायरा फराकिलो बनाउनुपर्ने धारणा राखे । उनले कथा संग्रहमा समग्रमा बाबु छोराको कथामार्फत् द्वन्द्वकाल, थारु समुदायको अन्धविश्वासको चिरफार गर्न सफल भएको बताए ।  आख्यानकार मानबहादुर पन्नाले थारु कृतिको समालोचना हुन नसकेकोमा यस्ता कार्यक्रम गरी नवप्रतिभाहरुलाई हौसला दिनुपर्ने राय व्यक्त गरे । शत्रुघन चौधरीले कथामा केही नेपाली तथा अंगे्रजी शब्द पनि परेकोमा मौलिकता दिन औंल्याए । कथाकार गणेश वर्तमानले ९औं थारु साहित्य राष्ट्रिय सम्मेलनमा पुस्तक विमोचन गर्नैपर्ने दवावका कारण केही कथा हतारमा लेखिएकाले आफैलाई चित्त नबुझेको बताएका थिए । उनले आउँदो कृति प्रकाशन गर्न हतार नगर्ने जनाए ।  कार्यक्रममा भूमिका थारु, शत्रुघन चौधरी, मानबहादुर पन्ना, गणेश वर्तमान, रामधनी चौधरी, नन्दुराज चौधरी, इन्द्र चौधरी, जगत वाशिष्ठलगायतले रचना सुनाएका थिए । त्यसैगरी, थारु विद्यार्थी समाजको हालै नवलपरासीमा सम्पन्न महाधिवेशनबाट विजयी नवनिर्वाचित अध्यक्ष विमल चौधरी, वरिष्ठ उपाध्यक्ष दिनेश दहित, उपमहासचिव अर्नव चौधरीलगायत पदाधिकारीहरुलाई ठुम्रार साहित्यिक बखेरीका संयोजक डा सर्वहारीले खादा ओह्राई सम्मान गरेका थिए ।  त्यस्तै, कार्यक्रममा द भ्वाइस अफ नेपालको सिजन ६ को उत्कृष्ट ३ मा परेका बर्दियाका दृष्टिविहीन गायक विकास थारुले आपूmलाई भोट माग्दै थारु र नेपाली गीत सुनाएका थिए । हेर्नुहोस् गीतको लिंकः  https://www.youtube.com/watch?v=lDiN7mhQxx4

‘सर्वहारी’लगायत ६ स्रष्टा पुरस्कृत, सम्मानित

‘सर्वहारी’लगायत ६ स्रष्टा पुरस्कृत, सम्मानित

४८७ दिन अगाडि

|

१७ चैत २०८१

राप्ती साहित्य परिषद् दाङ शाखाले आफ्नो १७औं वार्षिकोत्सवमा विभिन्न ६ जना स्रष्टालाई सम्मान, पुरस्कारका साथै बहुभाषिक काव्य उत्सव गरेको छ ।  चैत १६ गते शनिवार घोराहीमा सम्पन्न कार्यक्रममा कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट स्रस्टा डा कृष्णराज सर्वहारीलाई, यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट अर्का स्रस्टा डा कृष्णराज डिसीलाई, वेदवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट गायक प्रकाश रेग्मीलाई नगद राशीसहित पुरस्कार प्रदान गरिएको थियो ।  त्यस्तै, कार्यक्रममा विनोद पोख्रेल, पद्मप्रसाद शर्मा र राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा ‘समीर’ लाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । बहुभाषिक काव्य उत्सव कार्यक्रममा बहुभाषिक काव्य उत्सवका क्रममा सात भाषाका कविता प्रस्तुत गरिए । जसमा उदय आले र निर्मला कुसुण्डाले कुसुण्डा भाषामा,  छविलाल कोपिला र राजकुमार कान्छाले थारू भाषामा, क्षितिज मगर र कमलप्रसाद गौतमले मगर खाम भाषामा उत्तम खतिवडा र जनक पोखरेलले संस्कृत भाषामा, नारायणप्रसाद श्रेष्ठ र योगमाया श्रेष्ठले नेपाल भाषामा, जगतराम यादव र बसन्तप्रकाश यादवले अवधि भाषामा तथा नारायण नेपाल र शारदा शर्माले नेपाली भाषामा कविता वाचन गरेका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि शर्माले एउटै मञ्चमा विभिन्न भाषाका कविता प्रस्तुती अनुकरणीय रहेको भन्दै भाषा, कला र संस्कृति संरक्षणमा यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।  कार्यक्रममा साहित्यकार उत्तमकृष्ण मजगैँया, पुरुषोत्तम खनाल, डा टिकाराम उदासी,  दीपक शर्मा ‘समिर’, डा कृष्णराज सर्वहारी, पदमप्रसाद शर्मा, खगराज न्यौपाने, शरद अधिकारी, डिल्लीराज श्रीधर, निमबहादुर थापा, प्रकाश रेग्मीलगायतले शुभमन्तव्यसंगै रचना पनि वाचन गरेका थिए । परिषद्को वार्षिक साधारणसभा समेत रहेको उक्त कार्यक्रममा राप्ती साहित्य परिषद् दाङ शाखा सचिव घनश्याम केसीले सांगठनिक तथा कोषाध्यक्ष सुशीला आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष सुरेशकुमार पाण्डेयको स्वागत, सचिव घनश्याम केसीबाट कार्यक्रमको सहजीकरण तथा अध्यक्षता यम रेग्मीबाट भएको थियो ।   

आत्महत्या गर्नेहरूको पीडा कहिले बुझ्ने सरकार

आत्महत्या गर्नेहरूको पीडा कहिले बुझ्ने सरकार

४९४ दिन अगाडि

|

१० चैत २०८१

अनत चौधरी आत्महत्या गरी ज्याउन गुमाउने परिवारको पीडा बुझ्ने प्रयास गर सरकार । मानव प्राणीको जन्मपछि मृत्यू ध्रुसत्य कुरा हो । तर, अकालगतिमा भएको मृत्यूको प्रभाव ती परिवारका लागि कति पीडादायी छ, मापन गर्न गाह्रो छ । सायद यही भएर होला वर्तमान नेपालको संविधानले संविधान प्रदत्त मौलिक हकको रुपमा बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ । साथै जानी जानी आफैले आफैलाई मार्ने वा मर्न प्रयास गर्ने वा मर्न दुरुत्साहन गर्ने कुरालाई अपराध घोषित गरेको छ । यद्यपि, हकको सुनिश्चितता र अपराधको रुपमा व्यवस्था गरेर मात्रै पुग्दैन सरकार । मैले यहाँनिर के विषय प्रसङ्गसंग जोड्न चाहन्छु भने बर्षेनी आत्महत्या गरेर अमूल्य जीवन विताएका ती व्यक्तिका परिवारहरुको पीडादायी घटनामा ।  म प्रसङ्गलाई आफ्नै वुवा गुमाउँदाको पीडाबाट शुरु गर्न चाहन्छु । घटना २०६७ साल कार्तिक महिनाको अन्तिम तिरको हो । अकस्मात, घरबाट एकाविहानै दाइको फोन आउँछ, फोन उठाउने वित्तिकै हतारिदै जसरी पनि घर आउनु, तँ घर नआई हुँदैन । मैले जवाफ फर्काउन नपाउँदै फोन राख्नु भयो ।  मनभरि अनेक कुरा खेलाउँदै ३ घण्टाको साईकल यात्रापछि घर नपुग्दै घर नजिक वरिपरि मान्छेको भीड, रुवाबासी आदि । सत्य कुरा त बाबाले आत्महत्या गर्नु भएछ । एकछिन म शुन्य भएँ । यो घट्ना सत्य हो कि होइन, मन दिग्भ्रमित भयो । तर जे नहुनु पर्ने थियो, त्यो भइसकेको थियो । त्यसपछि प्रहरी आए, मुचुल्का उठाए । पोष्टमार्टमका लागि धनगढी पठाए । जिल्ला प्रहरी कार्यालयमा घटना दर्ता गराए । प्रहरीबाट गन्यमान्यको बयान लिए । परिवारको सदस्यको बयान लिए । फाइल खडा गरियो । अन्तमा, मेरो समुदायको धार्मिक परम्पराअनुसार सद्गत गरियो । सरकारी काम सकियो । यसरी बर्षेनी हजारौँको संख्यामा फाइल खडा भईरहेका छन् ।  त्यसपछिका दिनमा म मेरो परिवारमा कहिल्यै खुशीयाली आएको देखिन, महसुस गरिन । अझ मेरी आमाको आँखामा कहिल्यै खुशी देखिन, उल्टै विभिन्न रोगल हुनु परे थला हुनु परेको छ । मैले कहिल्यै कुनै सरकारका प्रतिनिधि आएर मेरो आमाको घाउमा मल्हम पट्टी लगाउन आएको देखिन । म जस्तै हजारौँ संख्यामा अभिभावक गुमाएका छोराछोरीहरु यस्तो पीडाबाट गुज्रिरहेका होलान् । मन भित्र पीडा गुम्साएर राखिरहेका होलान् । तर ती पीडित व्यक्तिका पीडामा मल्हम पट्टी लगाउने खालको नीति, कार्यक्रम कहिले आउँछ सरकार ? मेरो देशमा बर्षेनी हजारौँको संख्यामा आत्महत्याबाट व्यक्तिहरुले ज्यान गुमाई रहेका छन । ती व्यक्तिहरुले आत्महत्या गरेर ज्यान गुमाउँदै गर्दा ती परिवारका सदस्यहरुमा परेको असर बारेमा कहिले सोच्ने सरकार ? मेरो प्रश्न छ ।  विश्व स्वास्थ्य संगठनको एक अध्ययन अनुसन्धानले आत्महत्या गर्ने परिवारको सदस्यहरुमा आत्महत्या गर्ने अरु व्यक्तिको तुलनामा जोखिम बढी हुन्छ अरे । तर खै त सरकार ती परिवारको सदस्यहरुको मनको घाउ मेटाउने खालको नीति, कार्यक्रम ? सरकार, मैले सुनेको छु, तपाईसंग राष्ट्रिय मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना २०७७ छ । विभिन्न प्रदेशमा प्रदेशस्तरीय मानसिक स्वास्थ्य रणनीति तयार भएका छन् र हुँदैछन अरे ।  तीनै तहको सरकारसंग अनुरोध छ, आत्महत्या गरेका व्यक्तिको संख्यालाई मात्रै नहेरौँ । ती आश्रित परिवारका सदस्यहरुको पीडा कम गर्ने खालको कार्ययोजना र कार्यक्रम बनोस् । आत्महत्या गर्ने कुरालाई अपराधको दायराभित्र मात्रै राखेर मात्रै नहेरियोस् । पीडितको कुरा सम्बोधन गर्न शुरुवात गरियोस् ।  अनि मात्र वर्तमान संविधानले व्यवस्था गरेको बाँच्न पाउने हक उपभोग भएको महसुस हुनेछ । पीडितको पीडा कम गर्ने प्रयास गरिए, ती परिवारमा खुशी आउनेछ । यसले आत्महत्याको जोखिम कम गर्न भूमिका खेल्नेछ । साथै ती परिवारको सदस्यहरुको गुणस्तरीय जीवनशैलीले गर्दा उत्पादकत्व बढ्ने छ । जसले समग्रमा राष्ट्रलाई नै फाईदा पुग्नेछ । 

आफ्नै घरमा कहिलेसम्म माग्ने बास ?

आफ्नै घरमा कहिलेसम्म माग्ने बास ?

४९४ दिन अगाडि

|

१० चैत २०८१

आफ्नै घरमा बास माग्ने काम अब नहोस् । काठमाण्डौमा महिनौं विताएका दाड.का मोही किसानहरुको कथा कहिसक्नु छैन् । उनीहरुको पूर्खा स्वर्गद्वारी गुठी स्थापना हुनु अगाडिका हुन । खोरिया फाँडेर खेतीयोग्य भूमि तयार गर्ने ती थारु आज कसरी मोहीयानी हक माग्नुपर्ने भयो ? आफ्नै भूमिमा मोही निसाप्रमाण बोकेर हिड्नु पर्दा कुन स्तरको अपमान(हुमिलिएसन) महसुस हुँदो हो । पूर्वका थारु लगायत अन्यले शिरुवा पावैनमा शिराथान पूज्दै शिर उठाउने जो संकल्प गरीआएका छन् अब दाड.का थारु गुर्बाबासंग निरन्तर अपमानको विरुद्ध संघर्ष गर्न अठोट गर्ने बेला भएको बुझ्न सकिन्छ । अर्थात् आफ्नै घरमा बास माग्ने काम अब बन्द गर्नुपर्छ । सप्तरीमै पनि मोहियानी हकको लामो रस्साकसी चल्यो । विगतलाई हेर्दा मोही निसाप्रमाण बनाउने किसानहरु अजनबी (नचिनिएका) जमीनदारको नाममा रहेका मौजा र कामतका जमीन उपर मोही बनाउने गरे । मेरो हजुर बुवा (छविलाल लेखी थारु) त्यो काम गर्नु भएन । उहाँले जमीनदारको जमीन खरिद गरेको देखियो । हाम्रो गाउँ नेपाल एकिकरण हुनु अगाडि वस्ती बसेको इतिहास छ तर त्यहाँ बसेका थारुहरु बस्नेत थरका मौजावालको जमीन जोते । उनीहरु त्यही बस्नेत जमीनदारका जमीन मोही बनाए भने कतिपयले किने पनि । यसरी मोहीको नीति राज्यले जमीनदारी प्रथा हटाउन प्रयोग गरे कि मौजावाललाई थप सुविधा उपलब्ध गराउन अनुसन्धान गर्न सकिन्छ । जमीनमा द्वैध सम्बन्ध स्थपाना गर्न मोही निसाप्रमाण वितरण गर्नु नै राज्यको औपनिवेशिक चरित्र ठहर्छ । त्यसले जमीनदारी प्रथा अन्त्य नगरेर अझ ती जमीनदारलाई मजबुत बनाउने काम गरे । राज्यमा उनीहरुको सम्भ्रान्तीय सुविधा बढोत्तरी गर्न मद्दत गरेका थिए । राजनीतिक रुपमा मोही निसा प्रमाण बोक्ने किसानहरु त्यही जमीनदारको पिछलग्गु बनाइराखे । किसानहरु डर त्रासको भरमा बाँच्नुपर्ने अवस्था कसरी आइपर्यो ? काँग्रेसले व्यवस्था बदलिए पछि लोककल्याणकारी राज्यले सबैको भलो गर्ने बताए । माक्र्सवादी कम्युनिष्ट शक्तिले सत्ता बन्दुकको नालबाट आउने बताए अनि दश वर्ष जनयुद्धको वलमा आर्थिक रुपले कमजोर राज्यसम्भ्रान्तको आर्थिकवृद्धि भई प्रतिस्पर्धात्मक राजनीतिमा साम, दाम, दण्ड र भेद गर्न सघाए । यसरी उदारवादी पूजिवादी शक्ति तथा माक्र्सवादी कम्युनिष्ट शक्ति अबको बदलिएको राजनीतिक पाराडाइममा परिवर्तनकारी शक्ति हुनेछैन् । तसर्थ, पहिचानको आधारमा स्वायत्तता र स्वशासनलाई प्रवद्र्धन गर्ने राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता छ । राष्ट्रिय मुक्ति क्रान्तिको बलमा सामुदायिक सशक्तिकरण तथा आर्थिक सवलीकरण गर्न अधिकतम प्रयत्न गर्ने हो । साथै स्वशासन विधान जारी गरेर आफ्नो भूमि (आधार क्षेत्र)मा स्वशासन लागु गर्न तयारी गर्ने हो । सार्वभौम हामी पहिचानजन्य राष्ट्र आत्मनिर्णका हकदार हौं ।  

थारु आयोगको कार्यबाहक अध्यक्षको जिम्मेवारीमा सुवोधसिंह थारु

थारु आयोगको कार्यबाहक अध्यक्षको जिम्मेवारीमा सुवोधसिंह थारु

४९६ दिन अगाडि

|

७ चैत २०८१

थारु आयोगको कार्यबाहक अध्यक्षमा माननीय सुवोधसिंह थारुले जिम्मेवारी पाएका छन् । आयोगका अध्यक्ष माननीय विष्णुप्रसाद थारुको कार्यकाल यही चैत ६ गते सकिएपछि सुवोधसिंह थारुलाई कार्यबाहकको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । स्मरण रहोस्, विष्णु २०७५ चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त भएका थिए । ६ वर्षको कार्यकाल सकिएपछि आयोगको वरिष्ठ सदस्यका हैसियतले सुवोधलाई कार्यबाहकको  जिम्मेवारी दिइएको हो । कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएसंगै सुवोधसिंह थारुले चैत ७ गते पदभार ग्रहण गरेका छन् ।  बाँके, नेपालगन्जका उनी २०७७ साल माघ २१ गते आयोगको सदस्यमा नियुक्त भएका थिए ।