नेपाल प्रज्ञा प्रतिष्ठानले दुई दिने मातृभाषा दिवस शनिवार काठमाडौंमा सम्पन्न गरेको छ ।

फागुन ९ शनिवारको कार्यक्रममा मातृभाषा राष्ट्रिय कविता महोत्सवको रुपमा मनाइयो । महोत्सवका लागि विभिन्न ४२ भाषाका जम्मा १५७ कविता प्राप्त भएकोमा एक भाषाका एक कविलाई वाचनका लागि छनोट गरिएको थियो । अपवादबाहेक सबै कवि उपस्थित रहे ।

त्यसैगरी कविता महोत्सव अघि विभिन्न जात जातिको सांस्कृतिक झाँकी प्रज्ञा भवन कमलादी हुँदै घण्टाघर, रानीपोखरी, जमल हुँदै पुनः प्रज्ञा भवनसम्म नगर परिक्रमा गरेको थियो । थारु, नेवा, मगर, लिम्बू, थामी, धिमाल, शेर्पा, गुरुङ, छन्त्याल, सुनुवार, राई, तामाङलगायत दर्जन झाँकीको प्रदर्शन रहेको थियो ।

कवि र झाँकी समूहलाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदी तथा कुलपति भुपाल राईले प्रमाणपत्र वितरण गरेका थिए । समापनमा कुलपति राईले ‘सवै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मुल नाराअनुरुप नेपालको सबै भाषाको जगेर्नामा प्रज्ञा प्रतिष्ठान दत्तचित्त भएर लागेको बताए । कार्यक्रममा स्वागत प्राज्ञ परिषद सदस्य त्रैलोक्यमान बनेपाली ‘अगिब’ले तथा कार्यक्रम सहजीकरण प्राज्ञ सभा सदस्य डा कृष्णराज सर्वहारीले गरेका थिए ।

यसैगरी शुक्रवार फागुन ८ गते दुईवटा कार्यपत्र प्रस्तुति रहेको थियो भने फागुन १० गते प्रज्ञाको ४४औं प्राज्ञ सभा रहेको थियो । कार्यक्रममा मल्ल के सुन्दर मुख्य बक्ताको रुपमा रहेका थिए । प्रज्ञामा यो समितिको कार्यकाल अब एक वर्ष रहेको छ ।
प्रकाशित:
९६ दिन अगाडि
|
१० फागुन २०८२
२ दिन अगाडि
|
१४ जेठ २०८३
३ दिन अगाडि
|
१३ जेठ २०८३
४ दिन अगाडि
|
१२ जेठ २०८३
५ दिन अगाडि
|
११ जेठ २०८३
६ दिन अगाडि
|
१० जेठ २०८३
७ दिन अगाडि
|
९ जेठ २०८३
८ दिन अगाडि
|
८ जेठ २०८३
१३२६ दिन अगाडि
|
२५ असोज २०७९
१३६१ दिन अगाडि
|
२१ भदौ २०७९
१३७१ दिन अगाडि
|
१२ भदौ २०७९
१३२६ दिन अगाडि
|
२६ असोज २०७९
१२७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१३३१ दिन अगाडि
|
२० असोज २०७९
१२६४ दिन अगाडि
|
२७ मंसिर २०७९