Above News Title

गछदारबाट थारु भाषा, साहित्य, संस्कृति संरक्षणका लागि अनुसन्धान केन्द्र माग

गछदारबाट थारु भाषा, साहित्य, संस्कृति संरक्षणका लागि अनुसन्धान केन्द्र माग

नेपाली काँग्रेसकी संघीय सांसद प्रमिला कुमारी गछदारले  प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष वैशाख २ गतेको  भेटघाटको क्रममा २६ बुँदे माग राखेकी छिन् ।

मागको विषय थारु समुदायका हक, समसामयिक समस्या तथा क्षेत्रीय विकासका मुद्दाहरु सम्बन्धमा ध्यानाकर्षण भनिएको छ । 

विशेषतः थारु समुदायसँग सम्बन्धित अधिकार, प्रतिनिधित्व, पहिचान तथा विकासका सवालहरु अझै पनि प्रभावकारी रुपमा सम्बोधन हुन नसकेको अवस्था विद्यमान रहेकाले सोही सन्दर्भमा बुँदागत ध्यानाकर्षण गराउन चाहेको बताएकी छिन्। २६ बुँदामा के के माग छन् ? 

१. नेपालको संविधानको धारा ४२ अनुसार राज्यका विभिन्न निकायमा थारु समुदायलाई समानुपातिक समावेशीताको आधारमा आरक्षण सुनिश्चित गर्नुपर्ने व्यवस्था भए तापनि व्यवहारमा यसको कार्यान्वयन भएको छैन। सम्मानित सर्वोच्च अदालतबाट २०७४/०७/१५ तथा २०७९/१०/२४ मा जारी परमादेशहरुसमेत कार्यान्वयन हुन सकेका छैनन्। सम्बन्धित ऐन, नियम तथा नीतिगत व्यवस्थामा आवश्यक संशोधन गरी तत्काल कार्यान्वयन गर्न जोडदार माग गर्दछु।

२. २०७२ सालको टीकापुर घटनालाई राजनीतिक दृष्टिकोणबाट पुनरावलोकन गरी लाल आयोगको प्रतिवेदन कार्यान्वयन गरियोस्।

३. थारु भाषा, साहित्य, संस्कृति तथा पहिचान संरक्षणका लागि अनुसन्धान केन्द्र तथा संग्रहालय स्थापना गरिनुका साथै विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजा प्रसाद कोइराला रंगशालाको निर्माण कार्य शीघ्र सम्पन्न गरियोस्।

४. विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा स्तरोन्नति गर्न आवश्यक जग्गा अधिग्रहण, मुआब्जा सुनिश्चितता तथा उडान विस्तारको कार्य अगाडि बढाइयोस्, जसले कोशी प्रदेशको पर्यटन र आर्थिक विकासमा टेवा पुर्‍याउनेछ।

५. तीन दशकदेखि अधुरो रहेको विराटनगर चक्रपथ निर्माण कार्य सम्पन्न गर्न पर्याप्त बजेटको व्यवस्था गरियोस्। विराटनगर-१९ स्थित बैजनाथपुरको गिरिजा प्रसाद कोइराला  रङ्गशालाको निर्माण कार्य सम्पन्न गरियोस।

६. पालिका स्तरीय अस्पतालहरुको स्वास्थ्य बिमा बक्यौता रकम (जस्तै: दुहबी नगरपालिकालाई करिब ५ करोड) तत्काल भुक्तानी गरियोस्।

७. स्थानीय तहको स्वायत्तता सुदृढ गर्न सशर्त अनुदानको सट्टा समानीकरण अनुदानमा वृद्धि गरियोस्।

८. रानी–विराटनगर–किमाथांका कोशी राजमार्ग अन्तर्गत दुहबी खण्डको बाँकी निर्माण कार्यका लागि बजेट सुनिश्चित गरियोस्।

९. पूर्वी करिडोर (ADB) परियोजना कार्यान्वयनका लागि आवश्यक समन्वय  पहल गरी शीघ्र कार्यान्वयन गरियोस्।

१०. थारु, राजवंशी, धिमाल लगायतका समुदायका ग्रामथान (परम्परागत धार्मिक तथा सांस्कृतिक स्थल) को संरक्षण तथा व्यवस्थापनका लागि बजेट विनियोजन गरियोस्।

११. गछिया खोला र बुढीखोला, केसलिया लगायतका खोलामा तटबन्धन निर्माण गरी डुवान समस्याबाट प्रभावित क्षेत्र (बुढीगंगा, विराटनगर लगायत) लाई सुरक्षित बनाइयोस्। सुन्दरहरैंचा ६ स्कुल डाडा र ७खानेपानी ट्यान्किटोल  जोड्ने गछिया खोलामा पुल निर्माण।

१२. विराटनगर–४ मा सानो इक्रही हुँदै जोलाटोल - हुदै सगरमाथा सडक स्तरोन्नति, नाला निर्माण तथा पानी निकासको उचित व्यवस्थापन गरियोस्।

१३. मोरङ जिल्लामा थारु संग्रहालय स्थापना तथा भाषा, साहित्य र संस्कृतिको अध्ययन अनुसन्धान केन्द्र स्थापना गरियोस्।

१४. बिराटनगर १२,जनक मिलन मार्ग, सतिआही टोल लगायत) को स्तरोन्नति गरियोस्।

१५. सुनसरीको बर्जु ताल संरक्षण, प्रवर्द्धन तथा समग्र विकासका लागि विशेष योजना ल्याइयोस्।

१६. कृषि क्षेत्रको सुदृढीकरणका लागि सिँचाइ, मल आपूर्ति र विद्युत पूर्वाधारको समयमै व्यवस्थापन गरियोस्।

१७. अलैची, चिया, अदुवा, कफी, अल्लो, चिरैतो जस्ता उच्च मूल्यका उत्पादनको ब्रान्डिङ, प्रशोधन तथा निर्यात प्रवर्द्धनका लागि उद्योग स्थापना गरियोस्।

१८. केसलिया करिडोर निर्माण तथा व्यवस्थापन कार्य अघि बढाइयोस्।

१९. जल, जमिन र जंगलमा आदिवासी तथा थारु समुदायको पहुँच सुनिश्चित गर्दै कोशी बेसिनलाई सिँचाइ तथा उत्पादनमुखी प्रयोगमा ल्याइयोस्।

२०. कोशी प्रदेशमा सार्वजनिक–निजी साझेदारीमा सूचना प्रविधि पार्क स्थापना गरियोस्।

२१. पर्यटन प्रवर्द्धनका लागि “शिव सर्किट” (उदयपुर, खोटाङ लगायत) विकास गरियोस्।

२२. जलवायुमैत्री उत्पादन प्रणालीमा जोड दिँदै प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गरियोस्।

२३. वन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी तथा आयआर्जनसँग आबद्ध गरियोस्।

२४. मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै जैविक मार्ग व्यवस्थापन (मोरङ, सुनसरी, झापा क्षेत्रमा हात्ती तथा पहाडी क्षेत्रमा बाँदर समस्या) गरियोस्।

२५. बुढीगङ्गा ७, मोरङ चतरा मुल नहर उत्तर बेलडाँगी गाउँ आउने जाने पुल निर्माण गरियोस ।

२६. सबै जातजातिको संस्कृति झल्किने रास्ट्रिय सङ्ह्रालयको स्थापना ।

सांसद प्रमिला कुमारी गछदारले आगामी बजेट, नीति तथा कार्यक्रम राख्न आवश्यक पहल तथा प्रभावकारी कार्यान्वयन हुने आशा व्यक्त गरेकी छिन् ।

प्रकाशित:

१५२ दिन अगाडि

|

३ वैशाख २०८३

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७१ दिन अगाडि

|

२७ मंसिर २०७९