१४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार

१४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार

३०२ दिन अगाडि

|

२९ कात्तिक २०८१

बाह्रखरी कथा प्रतियोगिता २०८१ : पहिलो चरणमा ५२ कथा छनोट

बाह्रखरी कथा प्रतियोगिता २०८१ : पहिलो चरणमा ५२ कथा छनोट

३०३ दिन अगाडि

|

२८ कात्तिक २०८१

                                                                                                                                                                                फायल तस्विर छैटौँ ‘बाह्रखरी कथा लेखन प्रतियोगिता — २०८१’ का लागि पहिलो चरणमा ५२ कथाहरू छनोटमा परेका छन् । बाह्रखरीको आन्तरिक छनोट समितिले यस वर्ष प्राप्त कथाहरूमध्येबाट ५२ वटा कथाको चयन गरेको हो । बाह्रखरीका अनुसार छनोटमा परेका ५२ कथाकारहरूमा अनिता न्यौपाने, भूमिका थारु, विष्णु पादुका, ध्रुव अधिकारी, दीक्षित के.सी., दुर्गा ढेंगा, महेन्द्र महक, नारद थपलिया, राजु मियाँ, सुदीप चापागाईं, तुल्सी गिरी, अनिता कोइराला, अनुपम रोशी, अप्सना चौलागाईं, अरुणप्रसाद चौधरीका कथा रहेका छन् । त्यस्तै, वसन्त बायुङ राई, विवेक धिमाल, विमला तिवारी, विशालबाबु बस्नेत, देवेन्द्र खापुङ, डा. हिमलाल श्रेष्ठ, हर्कबहादुर लामगादे, इलैया पाठक, जीतबहादुर कटुवाल, कर्मसही घर्ती मगर, केदारनाथ झा, ललिता दोषी, मिरमा, पवन ओली, प्रवीण याम्फू, राधिका कल्पित, समर्पण श्री, पूर्णबहादुर लिम्बु, सञ्जय पन्थी, सपना अधिकारी, शारदा स्टेफी, सीमा हैदर, सूचना तिमिल्सिना, तोयम, चेतनाथ आचार्य, अनिता पन्थी, बैकुण्ठ ढकाल, दिव्य गिरी, कान्ति न्यौपाने, मधुर भट्टराई, मातृका सुवेदी, प्रमेय भण्डारी, यशोदा अधिकारी, भागवत खनाल, टीकाराम पोखरेल, संजय साह मित्र र रमेशजंग थापाका कथा परेका छन् । पहिलो चरणको छनोटमा परेका ५२ वटा कथाहरूमध्येबाट प्रा.डा. ज्ञानू पाण्डेको संयोजकत्वमा साहित्यकारहरू डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सम्मिलित मूल निर्णायक समूहले उत्कृष्ट २५ कथा छनोट गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरू झैँ क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन्छ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक पनि प्रकाशित हुने बाह्रखरीले घोषणा गरिसकेको छ । संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । यस वर्ष कथा प्रतियोगिताको नतिजा २०८१ मंसिर महिनाको दोस्रो साता विशेष समारोहका बीच काठमाडौंमा सार्वजनिक गरिनेछ । सोही दिन ‘१२खरी उत्कृष्ट कथा २०८१’ पनि लोकार्पण गरिनेछ । साहित्य पोष्टबाट ।

राउटेको अस्तित्व संकटमा, जनसंख्या १३५ मात्रै

राउटेको अस्तित्व संकटमा, जनसंख्या १३५ मात्रै

३०४ दिन अगाडि

|

२७ कात्तिक २०८१

सुर्खेत । आफ्नो समुदायको संख्या लगातार घट्दै गएकामा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित छन् । 'हाम्रा बाजेहरुको पालामा हामी छ/सात सयको संख्यामा थियौँ,' मुखिया शाहीले भने, 'हामी मान्छे त गन्दैनौँ, तर हाम्रो संख्या घटिरहेको छ, अहिले केटाकेटी पनि कम जन्मिन थाले ।'  पहिले स्थानीय वन जङ्गलमै उपलब्ध हुने तागतिलो खाना खाने गरिएको भन्दै अर्का सहायक मुखिया वीरबहादुर शाहीले अहिले खानपानको शैली पनि फेरिएको कारण प्रजनन क्षमतामा हस आउँदा पनि क्रमशः जनसंख्या कम हुँदै गएको हुनसक्ने बताए।  जनसंख्यामा कमी आएसँगै कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको अस्तित्व सङ्कटमा पर्न सक्ने भन्दै राउटे समुदायका अगुवाहरुले चिन्ता व्यक्त गर्न थालेका हुन् ।  यो समुदायमा असोज २ गते २२ वर्षिय राउटे वृषबहादुर शाहीको मृत्यु भयो । वृषबहादुर शाहीको मृत्युसँगै राउटे समुदायको जनसंख्या अहिले एक सय ३५ जनामा सिमित छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययन २०८१ को प्रतिवेदनले पनि राउटे समुदायको संख्या लगातार घट्दो क्रममा रहेको देखाउँछ ।  प्रतिवेदनमा २०७५ सालमा एक सय ४९ रहेको राउटेको जनसंख्या १५ माघ २०८० सम्म आइपुग्दा घटेर एक सय ३५ मा झरेको छ ।  २०७५ सालमा एक सय ४९ रहेको राउटेको संख्या एक जनाले घटेर २०७६ मा एक सय ४८ भयो । २०७७ सालमा तीनजनाको मृत्युपछि एक सय ४५ मा झरेको यो समुदायको संख्या २०७८ मा आउँदा एक सय ४४ मा झर्‍यो ।  २०७९ देखि २०८० सम्म घुमन्ते–फिरन्ते राउटेको जनसंख्या छ जनाले घटेर एक सय ३७ जनामा आयो । यो बर्ष मात्रै दुईजनाको मृत्युसँगै अहिले यो समुदायको संख्या एक सय ३५ मा सीमित हुन पुगेको छ ।  किन घटिरहेको छ जनसंख्या ? राउटे समुदायको जनसंख्या लगातार घट्नुका विभिन्न कारणहरु रहेको विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार यो समुदायको जनसंख्या घट्नुको पछाडि सामाजिक मूल्यमान्यता प्रमुख कारण छ ।  राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैरसरकारी संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापा भन्छन्, 'राउटे समुदायमा कल्याल, रास्कोटी र सोवंशी गरी तीनवटा समुदाय छ, एउटै समुदायका केटा र केटीको विवाह नहुने सामाजिक परम्परा भएका कारण धेरै युवायुवती विवाह नगरेर बसेको अवस्था छ ।' उनका अनुसार राउटेहरूमा श्रीमान्‌को मृत्युपछि जतिसुकै उमेर समूहका महिला भए पनि एकल भएर बस्नुपर्ने बाध्यता छ । उनले भने, 'अहिले एकल महिला २३ जना छन्, तीमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । उनीहरुले अर्को विवाह गर्ने पाउँदैनन्, प्रजनन उमेरका महिलाहरु बच्चा जन्माउनै नपाएपछि कसरी संख्या बढ्छ ?' थापाले राउटे समुदायमा युवाहरुको संख्याभन्दा ज्येष्ठ नागरिक र बालबालिकाको संख्या धेरै रहेको बताउँछन् । थापा भन्छन्, 'राउटे समुदायको जनसंख्या घट्नुको अर्को कारण अत्याधिक मदिराको सेवन हो, मदिराको सेवनले गर्दा उनीहरु भिरबाट लडेर मृत्यु हुने समस्या बढ्दै गएको छ ।' आयोगले दिएको प्रतिवेदनलाई आधार बनाएर तिनै तहका सरकारहरुले राउटे संरक्षणसम्बन्धी योजना बनाउनुपर्ने उनको सुझाव छ । आयोगले सिधै रकमको साटो आवास, खाद्यान्न र पोषण, लत्ताकपडा र शिक्षा उपलब्ध गराउने विधि प्रयोग गरी कार्यान्वयन गर्न जरुरी रहेको बताएको छ भने बाहिरी आधुनिक दुनियाले उनीहरुको सभ्यतामा हस्तक्षेप गरेको भन्दै नियन्त्रण गर्न आवश्यक रहेको निश्कर्ष निकालेको छ ।  थापाको भनाइप्रति वरिष्ट पत्रकार केशव ढकाल पनि सहमत छन् । उनले पनि भत्ताको नाममा सिधै रकम दिँदा उनीहरु अत्याधिक मदिरा सेवनमा लागेको बताउँछन् । 'भत्ताको सट्टा खाद्यान्न, लत्ताकपडालगायत उनीहरुलाई आवश्यक पर्ने वस्तु सरकारले दिनुपर्छ । रकम दिँदा उनीहरुले खर्च गर्ने अन्य कुनै ठाउँ नभएको हुँदा मदिरामा खर्च गर्छन्, त्यसो हुँदा उनीहरुको मृत्युको दर बढिरहेको छ । त्यसका साथै विभिन्न सहयोगको नाममा उनीहरुको अस्तित्व नै मेटाइँदैछ,' उनले भने ।  प्रजनन क्षमता कमजोर बन्दै  यो समुदायमा नयाँ जन्ममा लामो अन्तराल भएको पाइएको छ । जसमा साढे दुई वर्षको अवधिमा २०८० साउन र भदौमा जम्मा दुई शिशुको जन्म भयो । राउटे समुदायको पराम्पराका कारण पनि जन्मदर कम हुने गरेको भए पनि पछिल्लो समय उनीहरुको खानपान र रहनसहनका कारण समेत प्रजनन क्षमता कमजोर हुन थालेको चिकित्सकहरु बताउँछन् । राउटेको जीवनशैली फेरिँदै गएको छ । खानपानका कारण प्रजनन क्षमता कमजोर हुन थालेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका तत्कालीन निर्देशक डा डम्बर खडका बताउँछन् । उनी भन्छन्, 'पछिल्लो समय उनीहरुले अत्याधिक मदिराको प्रयोग गर्न थाले, त्यसो हुँदा उनीहरुको खानपान र जीवनशैली असन्तुलन हुँदै गएको छ, यसले स्वभाविक रुपमा प्रजनन क्षमतामा गिरावट ल्याउँछ ।' विगतमा स्वस्थ जीवनशैलीमा बाँचिरहेका राउटे समुदायहरु अहिले गुणस्तरहीन खानाको प्रयोग गर्ने तथा मदिराको सेवन बढ्दै जाँदा उनीहरुमा कलेजोसम्बन्धी समस्या बढ्दै गएको खड्का बताउँछन् ।  आयोगको अध्ययनमा समेत राज्यको यथोचित ध्यानपुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु/नराख्नु, प्रजनन स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसम अनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभाव जस्ता कारणले राउटेको जनसंख्या ऋणात्मक बन्दै जान थालेको उल्लेख छ ।  आयोगका कर्णाली प्रदेश संयोजक मानबहादुर कार्की भन्छन्, 'उनीहरुको जीवन चलाउने भनेर सरकारले भत्ता दिने गर्‍यो, उनीहरुको जीविका चलाउन सहज होस् भनेर सरकारले भत्ता त दियो । तर त्यो भत्ताको प्रयोग उनीहरुले आफ्नो खानपानभन्दा पनि मदिरासेवनमा प्रयोग गर्ने गरेको पाइयो । यसले गर्दा उनीहरुको मृत्यु धेरै भएको देखिन्छ ।'  उनीहरुको स्वास्थ्य अवस्था पनि बिगँ्रदै गएको भन्दै तीनै तहका सरकारहरुले मुख्यगरी उनीहरुको संरक्षणका लागि नयाँ योजना बनाउनुपर्ने सुझाव कार्कीको छ । 'उनीहरु स्वास्थ्य समस्या भइहाले उपचार गर्न नमान्ने, कडा खालको मदिराको सेवन गर्ने, पोषिलो खानाको कमीलगायतका कारणले मृत्युवरण गर्नुपर्ने यो समुदायको समस्या छ,' कार्की भन्नुहुन्छ ।  राउटे समुदायका युवतीहरुको सोझोपनको फाइदा उठाउँदै उनीहरुमाथि पछिल्लो समय यौनजन्य अपराध हुनसक्ने जोखिम समेत बढेको बताइएको छ ।  केही वर्षअघि दुई राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको भन्दै सुर्खेत गुर्भाकोटका दुई युवाविरुद्ध जबर्जस्ती करणीको मुद्दा चलाइएको थियो । विभिन्न बहानामा राउटे बस्तीमा बाह्य व्यक्तिहरुको प्रवेशले यौनजन्य क्रियाकलापसँगै अन्य असुरक्षा बढाएको यो समुदायको अध्यन गरिरहेकाहरु बताउँछन् । विशेषगरी रुपैयाँ पैसाको प्रलोभन देखाउने, विभिन्न सहयोग गर्ने बहानामा राउटे समुदायको बस्तीमा प्रवेश गर्ने क्रम बढेकाले यसलाई व्यवस्थित गर्नुपर्ने सुझाव उनीहरुको छ ।  राउटेको संरक्षणका लागि के छ सरकारी योजना ?  दैलेखको गुराँस गाउँपालिकाले २०७५ सालमा पहिलोपटक राउटे समुदायलाई परिचयपत्र वितरण गरेको थियो । राउटेले पाउने सामाजिक सुरक्षा भत्ता यही गाउँपालिकाले वितरण गर्दै आएको छ । सहयोगको नाममा राउटे समुदायलाई दिइने सहयोगलाई एकद्वार प्रणालीबाट दिने गरी पालिकाले कार्यविधि समेत निर्माण गरेको छ । राउटे समुदायको संरक्षणको लागि गाउँपालिकाले मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं ८ नम्बरका वडाध्यक्ष दीपेन्द्र ओली बताउँछन्। 'हामीले राउटे समेदायलाई आफ्नो पालिकाका नागरिकको रुपमा परिचयपत्र दिएका छौँ, सामाजिक सुरक्षा भत्ता पनि पालिकाले नै उपलब्ध गराउँदै आएको छ । आफ्ना नागरिकको सुरक्षा र संरक्षणको जिम्मेवारी हाम्रै भएकाले पनि त्यहीअनुसार काम गरिरहेका छौँ,' उनले भने ।  सोसेक नेपालसँगको साझेदारीमा राउटे वस्तीमै प्राथमिक उपचार सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मी खटाइएको ओली बताउँछन् । आयोगले दिएको प्रतिवेदनको आधारमा योजना बनाउने गरी कार्यपालिकामा छलफल भइरहेको उनको भनाइ छ । रासस

हरिबोधनी एकादशीमा नवलपुरको नारायणी नदी किनारमा   मेला

हरिबोधनी एकादशीमा नवलपुरको नारायणी नदी किनारमा मेला

३०४ दिन अगाडि

|

२७ कात्तिक २०८१

मणिराज महतो हरिबोधनी एकादशीको अवसरमा आजको दिनमा नवलपुरको नारायणी नदी किनार अधिकांश ठाउँमा ठुल्ठूला मेला लाग्ने गर्द्छ।  थारु समुदायको ऐतिहासिक बणकी एकादशी मेला सदियौ देखि नवलपुरको तिन स्थानमा लाग्दै आएको छ। १. गुनरही बजार, गोणार (गोडार) २. बुणीहा बजार, पिथोल (पिठौली) ३. प्रसौनी बजार, हर्राबास टार ।  एकादशी मेला थारुहरुको ठूलो पर्व हो। यस दिन ब्रतालुहरु गुनरही, बुढिया वा प्रसौनीमा लाग्ने एकादशी मेला घुम्ने गर्दछन्। यसै दिन आगामी बर्षमा कतिको बर्षा हुन्छ भन्ने अनुमान गर्ने गरेको थारु किंवदन्तीहरुमा पाइन्छ।  यस दिन ब्रतालुहरु गुनरही स्नान गरिसकेपछि शिरथान (देवचुली) को टुप्पोमा हेर्ने चलन छ। यदि शिरथानको टुप्पोमा आजको दिन बादल देखिएमा असार साउनमा बर्षा हुने र किसानहरु लाई फाइदा पुग्ने तर सफा आकाश देखिएमा खडेरी पर्ने जनविश्वास रहेको पाइन्छ। एकादशी ब्रत र मेला शिरथान कुमारवर्ती देवीको एउटा बिशेष धाम हो। यस दिनमा मेणरी नाच सहितको जात्रा प्रत्येक गाउँबाट निकालिने चलन परापूर्वकालदेखि चलिआएको मानिन्छ। मेणरी नाच देव देवीको नाच हो। यो नाच महाभारत कथासंग सम्बन्धित छ। स्थानीयवासीका अनुसार मेणरी नाचमा प्रयोग गरिने मादलहरुको समेत नाम देव देवीको नामले राखिएको पाइन्छ। प्रत्येक मादलको ताल एकसाथ मिल्नै पर्ने र निरन्तर ताल मिलिरहनुपर्ने यस नाचको बिशेषता रहेको छ।  यदि कथम्कदाचित कुनै मादलको ताल बिग्रियो भने मादल फुट्ने पनि गर्दो रहेछ। अति नै देवदेवीको शक्ति अड्कल गर्न सकिने नाच हो मेणरी नाच। आजकाल मेणरी नाच लोप हुने अवस्थामा  छ।  

१० बुँदे रारा घोषणापत्र जारी गर्दै लोकवार्ताको १३औं संगोष्ठी सम्पन्न

१० बुँदे रारा घोषणापत्र जारी गर्दै लोकवार्ताको १३औं संगोष्ठी सम्पन्न

३१६ दिन अगाडि

|

१५ कात्तिक २०८१

२०८१ कार्तिक ३ गतेबाट १२ गतेसम्म कर्णाली प्रदेशकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठी १० बुँदे रारा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।  प्राडा कपिलदेव लामिछाने संयोजक, मनोहर लामिछाने तथा प्राडा ध्रुवप्रसाद भट्टराई सदस्य रहेको घोषणापत्र तयारी समितिको घोषणापत्रमा भनिएको छः लोकका ज्ञान र सामग्रीको अध्ययन अवलोकन लोकसमुदायमै पुगेर गर्ने र हराउँदै जान लागेको नेपाली लोकसंस्कृति र लोकसम्पदालाई संरक्षण गर्ने उद्देश्यले २०६८ सालदेखि पोखराबाट थालिएको नेपाली लोकवार्ता अभियान ऐतिहासिक कर्णाली प्रदेशका सुर्खेत, दुल्लु, कालीकोट, जुम्ला र मुगुमा तेह्रौं लोकवार्ता सङ्गोष्ठीको समापनका अवसरमा आज मिति २०८१ कार्तिक १२ गते मुगु जिल्लाको रारा तालमा लोकवार्ता परिषद् नेपाल तपसीलको घोषणा गर्दछ ः १ भौतिक विकास र युद्धका नाममा लोकसमुदायका परम्परागत ज्ञान तथा भौतिक र अभौतिक सांस्कृतिक सम्पदालाई हानि नोक्सानी पुर्‍याउने वा ध्वस्त पार्ने काम कहीँ कतैबाट पनि नगरियोस् । २ युनेस्कोद्वारा सन् २००३ मा पारित विश्वका सम्पदाको संरक्षण सम्बन्धी महासन्धिको एक पक्ष राष्ट्र भएकाले नेपालका सबै भौतिक अभौतिक सम्पदाको संरक्षणमा सरकारको ध्यान जाओस् । ३ नेपालका सबै जातजाति, भाषाभाषी र समुदायका परम्परागत ज्ञान, सीप, लोकसंस्कृति र सम्पदाहरूको समुचित संरक्षण, प्रवद्र्धन र अध्ययन अनुसन्धान हुने गरी यथाशीघ्र राष्ट्रिय संस्कृति नीति २०६७ लाई पारित गर्न यो संगोष्ठी नेपाल सरकारसँग जोडदार माग गर्दछ ।  ४ कर्णाली प्रदेश र सिन्जा क्षेत्रको लोकसंस्कृति र सम्पदा जीवित सङ्ग्रहालय भएकाले कर्णाली प्रदेशका सबै जातजाति, भाषाभाषी र समुदायका भौतिक अभौतिक सम्पदाको संरक्षण, सम्वद्र्धन, अध्ययन अनुसन्धान गर्न गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार समक्ष यो सङ्गोष्ठी जोडदार माग गर्दछ । साथै यस्तो अध्ययन अनुुसन्धानका लागि सरकारसँग सहकार्य गर्न प्रतिवद्धतासमेत प्रकट गर्दछ ।  ५ लोकसंस्कृतिका क्षेत्रमा लामो समयदेखि क्रियाशील लोकगायक, लोकसंस्कृतिकर्मी, अनुसन्धानकर्ता र लेखकहरूलाई पुरस्कृत र सम्मानित गर्नका निमित्त लोकसंस्कृति र लोकवार्ता पुरस्कार कोषको स्थापना गर्न र पुरस्कारको व्यवस्था गर्न सरकार समक्ष यो संगोष्ठी जोडदार माग गर्दछ ।  ६ नेपालको संविधान २०७२ आठौं अनुसूचीको २२ ले भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने कर्तव्य र अधिकार स्थानीय सरकारलाई प्रदान गरेकाले हरेक पालिकाले आफ्नो पालिका अन्तर्गतका भाषा, लोकसंस्कृति र सम्पदाको संरक्षण गर्न, अध्ययन अनुसन्धान गर्न गराउन यो सङ्गोष्ठी जोडदार माग गर्दछ ।  ७ नेपालका विभिन्न जातजाति, भाषाभाषी तथा क्षेत्रका भौतिक, अभौतिक ज्ञान, सीप, सम्पदा र सामग्रीहरूलाई सूुचीकरण गर्न, सम्बद्ध समुदाय, पालिका, प्रदेश तथा सङ्घीय सरकार समक्ष जोडदार माग गर्दछ ।  ८ आफू सचेत भए मात्र आफ्ना भाषा, ज्ञान, सम्पदा र सामग्रीहरूको जगेर्ना र संरक्षण गर्न सकिने भएकाले सबैभन्दा पहिले लोक आफै सचेत हुन तथा आआफ्ना समुदाय र पालिकालाई घचघच्याउन आह्वान् गर्दछौं ।  ९ लोक ज्ञान र सम्पदाको संरक्षण र संवद्र्धन गर्न गराउन हरेक पालिकाले आआफ्नो पालिकामा लोकवार्ता वा लोकसंस्कृति संरक्षण समिति बनाउन् भन्ने हाम्रो सदिच्छा रहेको छ ।  १० विभिन्न विश्वविद्यालयमा लोकवार्ता विभाग गठन गरी अध्ययन अध्यापन कार्य आरम्भ गरियोस् ।  यसैगरी, लोकवार्ता परिषद् नेपालका महासचिव प्राडा ध्रुवप्रसाद भट्टराईले लोकवार्ता परिषद् नेपालको १३ औॅ संगोष्ठी सम्पन्न गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले भनेका छन्ः  लोकवार्ता परिषद् नेपालको १३ औॅ संगोष्ठी यही कार्तिक ३ गते सुर्खेतबाट सुरु भएर १२ गते दुल्लु, कालिकोट, जुम्लाका तातोपानी र सिंजा, मुगुका गमगढी र रारामा गरी कर्णाली प्रदेशका छ जिल्लामा ऐतिहासिक रूपमा सम्पन्न भएको छ । यसलाई ऐतिहासिक भन्न सकिने आधारमा यस अभियानमा आआफ्नो स्थान र जातिअनुसारको परम्परागत सांस्कृतिक झलकको प्रस्तुतिले सबै स्थलका कार्यक्रम लोकवार्तामय हुनु, लोकवार्ताको संगोष्ठीको अभियानमा सबै भन्दा धेरै ९५ वटा गोष्ठीपत्र आएकामा ७५ वटाको प्रस्तुति हुनु, तीमध्ये केन्द्रका ४० वटाको संकलन र २८ वटाको मात्र प्रस्तुति हुदा स्थानीयका अत्यधिक संकलन र प्रस्तुति हुनु, नेपाली भाषाको उद्गम स्थल र संस्कृतिको भण्डारको रूपमा रहेको कर्णाली प्रदेशका जनतामा आफ्नो भाषा र संस्कृतिको संरक्षणमा अत्यधिक उत्साह देखिनु, कार्यरत माननीय मन्त्री, सांसद, जिल्ला समन्वय समितिका प्रमुख आदिले पनि गोष्ठीपत्र तयार गरी प्रस्तुतीकरणका लागि रातिसम्म पर्खेर भए पनि प्रस्तुति दिनु, गोष्ठी र कार्यक्रममा सहभागिताका लागि प्रदेश प्रमुख, मुख्य मन्त्री, अन्य संघीय र प्रादेशिक मन्त्रीहरू तथा संघीय र प्रादेशिक सांसदज्यूहरूको अत्यधिक उत्साह देखिनु, पालिका प्रमुखहरू अहोरात्र खटेर  कार्यक्रमलाई सफल बनाउन दत्तचित्त हुनु , आर्थिक समस्याको समाधानमा लोकवार्तासॅग सहकार्य गर्न सम्बद्ध सबै पालिकाहरू उत्साहित देखिनु, केन्द्रीय आयोजक समिति तथा स्थानीय आयोजक समितिका बिचको समन्वयमा कार्य संचालनमा सहजता रहनु, यस अगाडिका गोष्ठीहरूमा प्राज्ञिक कार्यमा भन्दा अवलोकन भ्रमणले प्राथमिकता पायो भन्ने गुनासो यस पटक कम पाइनु अर्थात् प्राज्ञिक कार्यले पनि उत्तिकै अझ भनौ अझ धेरै प्राथमिकता पाउनु आदि कारणले लोकवार्ता परिषद् नेपालको यो संगोष्ठी एतिहासिक रहेको भन्ने हाम्रो दृष्टिकोण हो ।  समीक्षा बैठकमा अझ विस्तारमा र गहन छलफल हुने नै छ । लोकवार्ताको यो संगोष्ठी संचालनका लागि केन्द्रमा परिषद्का उपाध्यक्ष मनोहर लामिछानेलाई संयोजक र उपमहासचिव प्राडा धनेश्वर नेपाल र केन्द्रीय समितिका सदस्य प्राज्ञ कालीबहादुर शाहीलाई सदस्य गरी ३ जनाको लोकवार्ता १३ औॅ सॅगोष्ठी संचालन समिति बनाइएको र सुर्खेतका लागि डा दीपक गौतम, दुल्लुका लागि लालबहादुर रावत, कालिकोटका लागि मोतिराज वम, जुम्लाका लागि माधवराज चौलागाई तथा मुगुका लागि प्यारीलाल काफ्लेलाई जिल्ला संयोजन समितिको संयोजक र आवश्यकता अनुसार अन्यलाई पदाधिकारी वा  सदस्यमा राखी जिम्मेवारी दिइएकामा उहाहरूको गहन मिहिनेतले यो १३ औॅ संगोष्ठी ऐतिहासिक रूपमा सम्पन्न गर्न लोकवार्ता परिषद् नेपाल सफल भएको छ ।  समिति भन्दा बाहिर रहेर पनि संयोजक सरहको कार्य जुम्ला तातोपानीका राजबहादुर कुवॅर र सिंजाका पूर्ण धितालज्यूले गर्नु भएको छ । यस सन्दर्भमा लोकवार्ता परिषद् नेपाल प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्बद्ध सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार प्रकट गर्दछ। महासचिव प्राडा ध्रुवप्रसाद भट्टराईको विज्ञप्तीमा भनिएको छ । अन्तिम दिन राराताल परिसरमा डा भक्त राईको नेपाली लोकगीतको परिचय, तेजप्रसाद श्रेष्ठको माखाल, प्रविण पुमाको सुम्निमा र पारुहाङ नाट्यकृतिलगायत पुस्तकको संयुक्त रुपमा विमोचन भएको थियो । लोकवार्ता संगोष्ठी मुगुको गमगढी, जुम्लाको तातोपानी र सिंजा, कालिकोटको मान्म, दैलेखको दुल्लु तथा सुर्खेतको वीरेन्द्रनगरमा भएको थियो । प्राडा कुसुमाकर न्यौपानेले सर्वप्रथम २०६८ सालमा पोखराबाट लोकवार्ता गोष्ठीको सुरुवात गरेका थिए ।    

सिञ्जामा लोकवार्ताको खस सभ्यताबारे बहस

सिञ्जामा लोकवार्ताको खस सभ्यताबारे बहस

३१८ दिन अगाडि

|

१३ कात्तिक २०८१

नेपाली खस भाषाको सुरुआत भएको स्थान जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोट बजारमा खस सभ्यताको लोकसंस्कृति विषयमा प्राज्ञिक बहस तथा सांस्कृतिक प्रदर्शनी कार्तिक ९ गते सम्पन्न भएको छ ।  लोकवार्ता परिषद् नेपालको आयोजना र यहाँका तीन स्थानीय तह सिञ्जा, हिमा र कनकासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा बृहत् भेला गरिएको हो । उक्त भेलामा यहाँको लोकसंस्कृति विषयमा कार्यपत्र प्रस्तुत तथा बहस भएको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।  लोकवार्ता परिषद् नेपालका केन्द्रीय अध्यक्ष भवेश्वर पंगेनीले खस सभ्यता जोगाउन लोकवार्ता परिषद् नेपालको स्थापना भएको र यसपटक १३ औँ सङ्गोष्ठी कर्णाली क्षेत्रमा गरिएको बताए ।  कार्यक्रममा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले सिञ्जा सुन, हिरा र मोतीमाथिको खजाना भएकाले यसको संरक्षण तथा खोजी गर्न आवश्यक रहेको उल्लेख गरे । यहाँको खस सभ्यता जोगाउन सबै निकायको महत्त्वपूर्ण भूमिका रहने प्रदेश प्रमुख जोशीको भनाइ थियो ।  हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल र कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले सिञ्जाको सभ्यता संरक्षणका लागि सङ्घीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।  सिञ्जामा प्रस्तुत कार्यपत्रमा डा शशी थापा पण्डितले खस जातिको उत्पत्ति र सांस्कृतिक प्रभाव, संस्कृतिविद् शीतल गिरीले मष्टो र खस जातिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । लोकवार्ता परिषद् नेपालको १३औँ सङ्गोष्ठीका अवसरमा खस सभ्यताका जानकारहरूको उपस्थिति रहेको थियो । बहससँगै खससभ्यताका सांस्कृतिक कलाहरू प्रस्तुत गरिएको सिञ्जा गाउँपालिकाले जनाएको छ ।  लोकवार्ता परिषद् नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक डा भवेश्वर पंगेनी, सल्लाहकार प्राध्यापक डा माधवप्रसाद पोख्रेल, प्राध्यापक डा कुसुमाकर न्यौपाने, प्राज्ञ तथा लोकगायक यज्ञराज उपाध्याय, प्राध्यापक डा ध्रुवप्रसाद घिमिरे, मनोहर लामिछाने, डा शशी थापा पण्डित, डा कृष्णराज सर्वहारी, डा भक्त राईसहित ३२ जना प्राज्ञिक व्यक्तित्वहरू र जुम्ला निवासी पत्रकार राजबहादुर कुँवरसहितको टोलीले सुर्खेत हुँदै, दुल्लु, कालिकोट, जुम्लाको सिञ्जा, तातोपानी र मुगुमा प्राज्ञिक बहस गरिएको लोकवार्ता परिषद् नेपालले जनाएको छ ।  सिञ्जाको नराकोटमा गत शनिबार सम्पन्न कार्यक्रममा स्थानीय मागल, वालोनाच, देउडानाच, धामीनाच, रोपाइँनाच, सिंगारुनाच, एकल गीतलगायत विभिन्न विधामा कला प्रस्तुत गरिएको थियो । रासस

रविको गिरफ्तारीः नयाँ र पुराना सोंच बिचको लडाई ?

रविको गिरफ्तारीः नयाँ र पुराना सोंच बिचको लडाई ?

३१८ दिन अगाडि

|

१३ कात्तिक २०८१

विशेषतः कार्तिक २ गतेपछि नेपालमा सबैभन्दा बढी लिइने नाम रवि लामिछानेको भएको छ । रवि लामिछानेको नाम कोही माया, स्नेहले, कोही ब्यक्तिगत रिसिबीले, कोही राजनीतिक दाउपेचका कारणले लिइरहेका छन् । यस्तो लाग्छ, उनको चर्चा नगर्ने व्यक्ति अहिले देशमा शायद कोही छैन । सहकारी पीडितहरु उनलाई सहकारी ठगका रुपमा लिइरहेका छन्, उता कोही उनलाई भ्रष्टाचार नगरेका बेदाग ब्यक्तिका रुपमा लिइरहेका छन् । उनको राष्ट्रिय स्वतन्त्र पार्टी उनको पक्षमा नउभिने कुरै भएन । उनका नेता, कार्यकर्ताहरु रवि सहकारी ठग नभएको, उनलाई फँसाउन खोजिएको कुरा दरो गरी राखिरहेका छन् । यसले आम नेपालीहरु भ्रमित भैरहेका छन् ।  देशमा जसरी राज्यको मूलधारमा रहेका जातजाति र राज्यको मूलधार बाहिर रहेका जातजातिहरुबिच अप्रत्यक्ष तर निरन्तर मतभेद र संघर्ष जारी छ, त्यसरी नै राज्यको मूलधारमा पकड जमाइसकेका र राज्यको मूलधार बाहिर रहेका तर मूलधारमा पकड जमाउन कोशिश गरिरहेका पार्टीहरु बिचमा पनि संघर्ष जारी छ । रास्वपा र सरकारमा रहेका दलहरु बिचको किचलो पनि अप्रत्यक्ष रुपमा मूलधारमा रहेका र मूलधार बाहिर रहेका बिचको संघर्ष नै हो ।  लामिछाने, देउवा, ओली, दाहाल को राम्रो भन्दा राज्यका मूलधार बाहिर रहेका जातिहरुलाई बोल्न अलि गाह्रो छ । बोल्नै पर्यो भने बचतकर्ताहरुको रकम बचतकर्ताहरुलाई फिर्ता हुनुपर्दछ भन्नु न्यायोचित हुनेछ । कम उचित भन्नु पर्दा २०४७ देखि अहिलेसम्म (३५ वर्ष) शासन सत्तामा रही काम गरिसकेका तर देशमा सुधार गर्न नसकेका ब्यक्ति भन्दा रवि ठिक छन् भन्नुपर्ने हुन्छ । यो भन्दा बढी बोल्नु न्यायोचित होला जस्तो लाग्दैन ।  राज्यको मूलधार बाहिर रहेका उत्पीडित जातिहरुलाई थाहा हुनुपर्ने हो, प्रदेश नामकरणको लडाई लडिरहँदा एकातिर उत्पीडित जाति अर्कोतिर पुरै राज्य, काँग्रेस, एमाले, माओवादी थिए । त्यसमा होस्टेमा हैंसे गर्ने तात्कालीन मिडियाकर्मी रवि थिए । त्यसैले थरुहट, किरात, ताम्सालिङको सवालमा त रवि, ओली, देउबा, दाहालको मत अहिले पनि एउटै हुन सक्छ । तर देश बनाउने सवालमा, विकासको सवालमा शिक्षा, स्वास्थ्य, रोजगारीको सवालमा रवि र उनका युवा साथीहरु ओली, देउवा, दाहालभन्दा प्रगतिशील छन् भन्ने कुरा उनीहरुको अभिब्यक्तिबाटै थाहा हुन्छ । रवि गृहमन्त्री, सुमना शिक्षा मन्त्री, तोसिमा स्वास्थ्य मन्त्री हुँदा गरिएको केही फरकपनको आधारमा पनि भन्न सकिन्छ कि रास्वपा पुराना भन्दा केही नयाँ हो र नयाँपन ल्याउन चाहन्छ, सक्छ । तर अरुको सवालमा भन्न गाह्रो छ । किनकि उनीहरु आलोपालो गरी ३५ वर्षसम्म शासन गरिसकेका छन् ।  रवि गृहमन्त्री, सुमना शिक्षा मन्त्री, तोसिमा स्वास्थ्य मन्त्री हुँदा गरिएको केही फरकपनको आधारमा पनि भन्न सकिन्छ कि रास्वपा पुराना भन्दा केही नयाँ हो र नयाँपन ल्याउन चाहन्छ, सक्छ । तर अरुको सवालमा भन्न गाह्रो छ । अर्को कुरा गएको चुनाव (२०७९) मा नै देशमा ‘नो नट अगेन’ अभियानले सामाजिक सञ्जाल तातिसकेको थियो । यो अभियान चलाउनु पर्दछ भनी शुरुवात गर्ने को को हुन् ? जानकारी भएन । तर गहिरिएर हेर्दा अप्रत्यक्ष रुपमा अहिले त्यही ‘नो नट अगेन’ र ‘अगेन एण्ड अगेन’ आमने सामने हुँदैछन् कि जस्तो लागिरहेको छ । समाचार पढ्दा, सुन्दा पनि मूलधारमा रहेका बढी रेडियो, टिभी रविको विपक्षमा लेखिरहेका छन्, बोलिरहेका छन् भने युट्यूब समाचार, सामाजिक सञ्जालहरु बढी रविको पक्षमा लेखिरहेका छन्, बोलिरहेका छन् । यसरी आम नागरिकलाई को सहि को गलत छुट्याउन कठिन भइरहेको छ ।  धेरै रेडियो, टिभी, पत्रिका रवि दोषी हो भनिरहेका छन् । जिबी राई कहाँ थिए ? के गरिरहेका थिए ? रवि कति सालमा गोर्खा मिडिया प्रालि ज्वाइन गरे ? गोर्खा मिडिया प्रालिमा रकम ल्याउने जिबी राई हुन् वा रवि हुन् ? रवि गोर्खा मिडिया प्रालिमा कति बर्ष बसे, गोर्खा मिडिया प्रालिमा बस्दा कहाँबाट कति रकम भित्रिएको थियो ? नागरिक यस्ता गहिरो जानकारी पाउनबाट बञ्चित छन् र भ्रमित भइरहेका छन् ।  धनराज गुरुङ, ऋषिकेश पोखरेलको नाम सहकारी काण्डमा किन जोडियो ? किन उनीहरु वा उनीहरुका परिवारलाई समातिएन ? आम जिज्ञासा छ तर मिडियामा आइरहेको छैन । के रवि मात्रै नेपालको समस्याको मूल जड हुन् ? यति, ओम्नी, ललिता निवास, गिरविन्धु टी स्टेट सबै रविका अगाडी केही होइनन् भन्ने मिडियाबाजी भइरहेको देखिंदैछ । अढाई वर्षको अवधिमै रवि कसरी राज्य, सरकारको मोस्ट वान्टेड सूचीमा परे ? यही अवधिमै उनले कसरी देशलाई डुबाए ? सोचनीय बिषय बनेको छ ।  कहिले बालेन र बालुवाटार, कहिले कुलमान र बालुवाटार आमने सामने भैरहेको अवस्था देखिन्छ भने कहिले हर्क साम्पाङको बिरुद्धमा दलहरुको मोर्चाबन्दी देखिन्छ । यसरी गहिरिएर विचार गर्ने हो भने सतहमा रवि र संघीय सरकार, बालेन र बालुवाटार, कुलमान र सरकार, हर्क साम्पाङ र दलीय मोर्चाबन्दी देखिए पनि सार रुपमा अहिले नयाँ र पुराना सोंच बिचमा संघर्ष चलिरहेको छ ।   स्वतन्त्र भनेका बिना पिंढका लोटा हुन्, हावामा लट्किएका बेलुन हुन् भन्ने बुद्धिजीबीहरुको भाष्यलाई बालेन, हर्क साम्पाङ र गोपी हमालको निर्वाचन परिणामले गलत साबित गरिदिएको छ । यिनीहरुलाई पंगु नबनाउने हो भने काठमाडांै, धरान र धनगढीमा देखिएको विकासले नागरिकमा राम्रो प्रभाव पर्ने र भोलिका दिनमा हुने स्थानीय तहहरुमा अझ बढी स्वतन्त्र ब्यक्तिहरु छनौट हुन सक्ने भय पुराना दलहरुमा ब्याप्त छ । यही कारणले पनि जनतालाई भ्रमित पार्ने विचार प्रवाहित भइरहेका छन् जस्तो लाग्छ ।  पार्टीको अध्यक्ष संसदीय दलको नेता हुने, संसदीय दलका नेता प्रधानमन्त्री हुने संबैधानिक ब्यवस्थाका कारण आम नागरिकले चाहेको ब्यक्तिलाई प्रधानमन्त्री बनाउन सक्ने अवस्था छैन । कार्यकारी प्रधानमन्त्रीलाई प्रत्यक्ष रुपमा चुन्न नपाउने ब्यवस्थाका कारण पनि दलहरुमा, सरकारमा, ब्युरोक्रेसीमा भ्रष्टाचार र निरंकुशता हावी छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहमा पनि पार्टीको चुनाव चिन्ह लिई निर्वाचनमा लड्नुपर्ने कानुनी ब्यवस्थाले पनि नागरिकले चाहेका राम्रा ब्यक्तिलाई पालिका प्रमुखको रुपमा ल्याउन गाह्रो छ । मलाई लाग्छ, नागरिक सर्वोच्चताका कुरा गर्ने दलहरु यी बिषयमा गम्भीर हुन र कानुन संशोधन गर्न जरुरी छ ।  रवि गिरफ्तार हुनु ठूलो कुरा होइन, ठूलो कुरो हो नयाँ पुस्ता र नयाँ नेतृत्वलाई जनताका बिचमा कसरी ल्याउने ? सरकार, सारा मिडिया, सारा विचार प्रवाहकहरु पहिचानको आधारमा प्रदेश निर्माण गर्नु गलत हो भनेजस्तै रवि मात्रै दोषी हुन्, अरु सबै सहकारी ठगहरु निर्दोष हुन् भनी बोलिदियो, लेखिदियो भने अवस्था के होला ?  त्यसैले, रवि गिरफ्तार हुनु ठूलो कुरा होइन, ठूलो कुरो हो नयाँ पुस्ता र नयाँ नेतृत्वलाई जनताका बिचमा कसरी ल्याउने ? सरकार, सारा मिडिया, सारा विचार प्रवाहकहरु पहिचानको आधारमा प्रदेश निर्माण गर्नु गलत हो भनेजस्तै रवि मात्रै दोषी हुन्, अरु सबै सहकारी ठगहरु निर्दोष हुन् भनी बोलिदियो, लेखिदियो भने अवस्था के होला ?  थरुहट प्रदेशको मागको बिरुद्धमा जसरी तीन ठूला दल, सरकार, मिडिया सबै एक भएका थिए, आज रास्वपा र रविको बिरुद्धमा पनि एक भैरहेको अवस्था देखिंदैछ । तर थरुहटविरुद्ध जसरी सबै एक भएका थिए, रास्वपाको विरुद्धमा एक हुन गाह्रो पर्ला । यो काण्डले रविलाई चुनावमा उठ्नै नपाउने अभियोग सावित गरी जेल कोच्न सके र सबै सहकारी पीडितहरुका बचत, बचतकर्ताहरुलाई फिर्ता गर्न सके पुराना दलहरुलाई फाइदा पुग्ने देखिन्छ । उनीहरु शायद यही प्रयासमा छन् । यद्यपि, रवि गिरफ्तारीको सनसनीखेज खबरले अहिले रास्वपा देशको कुना कन्दरामा पुगिरहेको छ, एक हिसाबले उसको राम्रो प्रचारप्रसार भैरहेको छ । अब हेर्दै जाउँ, नयाँ र पुराना सोंच बिचको यो लडाईमा कसको पल्ला भारी हुन्छ ?