Above News Title

झुठ प्रशंसा नै करबौ

झुठ प्रशंसा नै करबौ

तोरा पहैनकाचोटि देखलियौ त
हमर धरकन नै रूकलै

हमर सास नै रूकलै,चलैत रहलै
ओहेन फिलिमके
नायक नायिका जेखा कथियोने भेलै
एकर मतलब 
हम तोरा प्रेम नै करैचियौ से बात नै छै ।
लोकसब कहैछै
एक नजरमे प्रेम हैछै
हमरा त एक नजरमे प्रेम नै भेलै
हम बरी ढिठ चियै
बरी बकबास चियै
नै पसिन परलिहि
हमरा तोहे एक नजरमे
तोहरसे बात करैत गेलियौ
तोहर व्यवहार बुझहैत गेलियौ
तेकर वाद मात्रे
तोहे हमर मनमे बैठैत गेलहि
एकर मतलब 
हम तोरा प्रेम नै करैचियौ से बात नै छै ।
झाखुरझुखुर केश तोहर
अइठ-अइठके बोलैवला बोली
कोनो बातमे गम्भीर नै हैवला तरिका
मोटका ठोर
भद्दा देह
अहँ कथियोसे आकर्षित नै भेलियौ
हम कतहेक पागल चियै ने
हवामे उरैवला धुइँया जेखा
करू बात बाजै चियौ तोहर बारेमे
नेमोके रस जेखा खट्टा 
प्रशंसा करै चियौ तोहर
हम बरी पागल चियै 
अगराहा चियै
एकर मतलब 
हम तोरा प्रेम नै करैचियौ से बात नै छै ।
सबके प्रेमी आपन प्रियेसीके
प्रशंसा करै छै 
लेकिन हम तोरा
भद्दा मजाक बनाइ चियौ
हमरा गाइरह परह हम सुनैले 
तैयार चियौ
लेकिन झुठ प्रशंसा नै करबौ
अगर हम तोहर झुठ प्रशंसा करबौ त 
हम झुठा 
एकर मतलब 
हम तोरा प्रेम नै करैचियौ से बात नै छै ।
तोहर सही प्रशंसा करै चियौ आब
खास बात त यी छौ तोहरमे
तोहर व्यवहारसे हम तोहरले मोरैचियौ
यी रूप रङ दुई दिनके आकर्षण चियै
हमरमे सकारात्मक ऊर्जा आनैवला तागत
तोहरबाहेक दोसरमे  नै छै
हमर उजरल पुजरल परिवारके
समेटैवला सीप दोसर छौरीमे नै छै
हमर जीवनमे अतर लग्याके
सुगन्धित पारैवलन कला 
दोसरमे छौरीमे नै छै
एकर मतलब 
हम तोरा प्रेम नै करैचियौ से बात नै छै ।
हमरजेखा 
पागल
बेपरवाह
गैरजिम्मेवार
आद्मीके सम्हारैवला तागत तोरमे मात्रे छौ
तैदुवारे तोहे हमरले खास चिहि
तोहरबिना हमर दुनिया अन्हार छै
हमरले तोहे
रूपवती, गुणवती, विश्वसुन्दरी
सब,सब, सब थियो चिहि
हम तोरा बहौत प्रेम करैचियौ ।
====================

थारू भाषासे अनुवाद
 

झुठो प्रशंसा गर्दिनँ 

 


तिमीलाई पहिलोपल्ट हेर्दा
मेरो मुटुको धड्कन रोकिएन
मेरो सास रोकिएन
कुनै फिल्मको
नायक नायिका जस्तो भएन
यसको अर्थ
यो होइन कि म तिमीलाई प्रेम गर्दिनँ 
मान्छेहरू भन्छन्
एक नजरमा प्रेम बस्छ
म पहिलो नजरमा प्रेममा परिनँ
म धेरै लापरवाह छु
म धेरै बकवास मान्छे हुँ
पहिलोपल्ट देख्दा
मलाई तिमी मन परिनौ
जब म
म तिमीसँग कुरा गरिरहेँ
मैले तिम्रो व्यवहार बुझें
त्यसपछि मात्र
तिमी मेरो मनका बस्यौ
यसको अर्थ
यो होइन कि म तिमीलाई प्रेम गर्दिनँ ।
तिम्रो कपाल घुमाउरो छ
घमन्डले भरिएको बोली
कुनै पनि कुरामा गम्भीर नहुने तरिका
बाक्लो ओठ
कुरूप शरीर
तिमीप्रति कहिल्यै आकर्षित भइनँ
म धेरै पागल छु, हैन?
हावामा उड्ने धुवाँ जस्तै
तिम्रो बारेमा पिरो कुरा गर्छु
कागतीको रस जस्तो अमिलो
म तिम्रो प्रशंसा गर्छु
म धेरै पागल छु
बकवास छु 
यसको अर्थ
यो होइन कि म तिमीलाई प्रेम गर्दिनँ ।
सबैका प्रेमीले आफ्ना प्रियेसीको 
 प्रशंसा गर्छन्
तर म तिम्रो बारेमा 
भद्दा मजाक गर्छु
मलाई कराऊ,  म तिमीलाई सुन्नेछु
तर म तिम्रो झूटो प्रशंसा गर्ने छैन
यदि मैले तिम्रो झूटो प्रशंसा गरें भने
म झूटो  मान्छे हुनेछु
यसको अर्थ
यो होइन कि म तिमीलाई प्रेम गर्दिनँ  ।
म अहिले तिम्रो प्रशंसा गर्छु
तिम्रो बारेमा विशेष के हो भने
म तिम्रो व्यवहारको कारणले
 तिमीलाई मन पराउँछु
यो रूप र रंग दुई दिनको आकर्षण हो
ममा सकारात्मक ऊर्जा ल्याउने शक्ति
तिमी बाहेक अरू कोहीमा छैन
मेरो छुटिएको  परिवारलाई एकै ठाउँमा
 गाँसेर राख्ने तागत
अर्की केटीसँग  छैन
मेरो जीवनमा परिवर्तन ल्याएर
सुगन्धित सुगन्धित अतर छर्किने कला
अर्की केटीमा छैन
यसको अर्थ
यो होइन कि म तिमीलाई प्रेम गर्दिनँ ।
म जस्तो
पागल
लापरवाह
गैरजिम्मेवार
 पुरुषलाई सम्हालेर राख्ने शक्ति 
तिमीमा मात्र छ
त्यसैले तिमी मेरो लागि विशेष छ्यौ
तिमी बिना, मेरो संसार अँध्यारो छ
मेरो लागि तिमी
सुन्दर, सद्गुणी, विश्वसुन्दरी
सबै, सबै, सबै थोक हौ
त्यसैले
म तिमीलाई धेरै प्रेम गर्छु।

 

थारू भाषासे  नेपालीमे अनुवाद कवियत्री स्वयम्

सिरहा नेपाल, हालः पाेर्चुगल

 

प्रकाशित:

११ दिन अगाडि

|

२ साउन २०८३

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२४ दिन अगाडि

|

२७ मंसिर २०७९