एक समयमे
सबसे निक दिन छेलै हमर
ऊ हमर छेलै
हम ओकर छेलियै
एकेटा बरफ दुनु कोइ खाइ छेलियै
हटियाके फोफी, कचरी
झिली, मुरही
एकेठमा बैठके खाइछेलियै
ऊ आपन सिरमामे
मुरी राइखके सपना देखै छेलै
हम आपन सिरमामे
मुरी राइखके सपना देखैछेलियै
सिरमा दुई छेलै लेकिन
सपना एक देखै छेलियै ।
ओकरा घा(चोट लागैछेलै त
हमरा दुखाइछ्याल
ओकरा एक दिन नै देखै छेलियै त
दुनिया कटकट अनहार लागै छ्याल
ओकरसे भेटै छेलियै तैदिन
दुनियाके सबसे खुसीके दिन लागैछ्याल
अइहनङ दिन
जीवनमे सब दिन लाबैले
हमरौके सङ्घर्ष करै छेलियै ।
ऊ हमर नजरमे राजकुमार
दुनियाके नजरमे ऊ हमर धौरबा
एक दिन लजौनीजेखा
हम लजेलियै
दुनियासे चोर्याके
प्रेमके उत्कर्षमे पुगलियै दुनु कोइ
हमरौके नजरमे हमर गर्भमे
ओकर बच्चा छेलै
लेकिन,
दुनियाके नजरमे
बिना बापके बच्चा छेलै ।
एक दिन संसारके नै कैहके
बिना वियाइहके
हमरा ऊ ल्यागेलै आपन घर
लोकसबके नजरमे हम
घरढुकी
उरहरी भेलियै
सोहो से नै पुगलै यी लोकसबके
अधहा राइतमे
ओकर अङनामे आइबके
हमर बेटीके घर ढुकाइलहि कैहके
पटैक देललै ओकर मुरीमे बरकाटा ढोङा
तेकरबाद उजैर गेलै हमर संसार
ओकर छतबिछत लहुवेलहान मुरी पकैरके
अपराधिसब दिसर अौङरी देखाइलियै
हमर गर्भके बच्चाके
यी संसार राइख देलकै नाम
अनेरवा ।
....................
थारू भाषाबाट नेपालीमा अनुवाद
मेरो कहानी
एक समय
मेरो सबैभन्दा राम्रो समय थियो
ऊ मेरो थियो
म उसको
हामी दुवैले एउटै बरफ खान्थ्यौँ
हटियाको ढुङ्री, पकौरा
झिली, मुरही
हामी सँगै बसेर खायौँ ।
ऊ आफ्नो सिरानीमा टाउको राखेर
सपना देख्दै थियो
म आफ्नो सिरानीमा टाउको राखेर
सपना देख्दै थिएँ
हाम्रो सिरानी फरक थियो
यद्यपि सपना एक थियो।
उसलाई घाउ, चोट लाग्दा
म दुख्थेँ
मैले उसलाई एक दिन नदेख्दा
संसार अँध्यारो लाग्थ्यो
उसलाई भेटेको दिन
यो संसारको सबैभन्दा
खुशीको दिनजस्तो लाग्थ्यो
यस्तै दिन
जीवनमा हरेक दिन ल्याउन
हामी संघर्ष गरिरहेका थियौँ।
मेरो नजरमा ऊ राजकुमार
संसारको नजरमा, ऊ मेरो प्रेमी
एकदिन,
लज्जावती झारझैँ
म लज्जित भएँ
संसारको आँखा छल्दै
हामी दुवै प्रेमको उत्कर्षमा पुग्यौं
अनि म गर्भवती भएँ
मेरो गर्भमा मेरो उसको बच्चा थियो तर
संसारको नजरमा बाउको नाम
नखुलेको बच्चा थियो ।
एक दिन संसारलाइ नभनी
अविवाहित
उसले मलाई आफ्नो घर भित्र्यायो
त्यस दिनदेखि मान्छेहरूको नजरमा
म पोइल गएँ
त्यतिले पनि यी मान्छेहरूलाई पुगेन
मध्यरातमा
उसको आँगनमा आएर
किन हाम्री छोरीलाई भगाइस् भन्दै
उसको टाउकोमा ठूलो ढुङ्गा बजारियो
त्यसपछि मेरो संसार ध्वस्त भयो
उसको क्षतबिछत
रगतले लतपतिएको टाउको समातेर
मैले अपराधीहरूलाई औंल्याएँ
मेरो गर्भमा रहेको बच्चाको
यो संसारले नाम राख्यो
अनाथ ।
सिरहा नेपाल
हालः पोर्चुगल
प्रकाशित:
२ दिन अगाडि
|
११ साउन २०८३
२ दिन अगाडि
|
११ साउन २०८३
३ दिन अगाडि
|
९ साउन २०८३
८ दिन अगाडि
|
५ साउन २०८३
१० दिन अगाडि
|
३ साउन २०८३
११ दिन अगाडि
|
२ साउन २०८३
१२ दिन अगाडि
|
१ साउन २०८३
१५ दिन अगाडि
|
३० असार २०८३
१३८६ दिन अगाडि
|
२५ असोज २०७९
१४२१ दिन अगाडि
|
२१ भदौ २०७९
१४३१ दिन अगाडि
|
१२ भदौ २०७९
१३८६ दिन अगाडि
|
२६ असोज २०७९
१३३५ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९१ दिन अगाडि
|
२० असोज २०७९
१३२४ दिन अगाडि
|
२७ मंसिर २०७९