मालिक,
मैले आज अचम्मको सपना देखें
हजुरको दश वर्षकी छोरी
मेरी गोसिन्याको गोडामा तेल घस्दै थिइन्
हजुरको आठ वर्षको छोरा
मेरो घरको बाख्रा चराउँदै थिए ।
हजुरकी धर्मपत्नी मेरोे घर–आँगन बढार्दै थिइन्
चुल्हा चौका गर्दै थिइन्
मेरो दसौ बिघा जग्गा थियो
हजुर स्वयम् मेरो जग्गामा
हलो जोत्दै हुनुहुन्थ्यो
अल्छी गरेको देखेर
मैले हजुरलाई बेस्मारी गाली गर्दै थिएँ
साँच्चिकै मालिक,
आज राती सपनामा
हजुरको सारा खानदान
मेरो घरमा कमैया लागेको देखेें
आज अचम्मको सपना देखें मैले ।
.......
‘चुप लाग छोटका
सपना भनेको सपनै हो
तँ मेरो मालिक कदापि बन्न सक्तैनस्’
मालिक एटम बम बनेर पड्किए ।
....
ए हजुरले मैले देखेको सपनालाई
सपना भनी उडाउँदै हुनुहुन्छ ?
हिजो विपनामा
हाम्रा शाखा सन्तान
हजुरको दास बन्यौ ।
आज मेरो सपनाको कुराले पनि
हजुरको जिउमा काँडा उम्रिदै छ ?
भो मालिक,
नगर्नोस् अब मेरो सपनाको हत्या ।
याद राख्नोस् मालिक
अब लोकतन्त्र आइसकेको छ
हामी कमैयाबाट मुक्त कमैया भएका छौं
अहिले तपाईंको जग्गा जरुर अधिया खेती गर्दैछौं
तर,
आज हामी आफ्नो मालिक आफै भइसकेका छौं
यसो भन्दै गर्दा
हामी आफूलाई राजा बनाउन चाँहदैनौ
हजुरलाई कानो बनाउन चाँहदैनौ ।
माँग्दैछौं केवल आफ्नो अधिकार
छैन अब हजुरलाई
हाम्रो सपनाको हत्या गर्ने अधिकार ।
हत्या गर्ने अधिकार ।।
लमही नगरपालिका–४, छुट्की घुम्ना, दाङदेउखुरी
हालः कीर्तिपुर, काठमाडौ
कठिन शब्दको अर्थः
गोसिन्या– श्रीमती
प्रकाशित:
१३ घण्टा अगाडि
|
२९ भदौ २०८३
१३ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९