Above News Title

एन्टिबायोटिक

एन्टिबायोटिक

प्रणव आकाश

सडकमा सानो खाल्डो पर्दा
बाटोमै फोहोरको डङ्गुर थुप्रिँदा 
वा बिजुलीको पोल ढल्दा, 
नागरिकहरू फेसबुकमा सराप्छन् 
र, बेलुका सरकारी रक्सी र मासुको लोभमा
त्यही भ्रष्ट नेताको पछि-पछि हिँड्छन्
आफू सिटामोलजति पनि इमानदार नहुनेहरू
देश सुधार्न पावरफुल एन्टिबायोटिक खोजिरहेछन् ।

सिंहदरबारका लामा-लामा कोठाहरूमा
फाइलमाथि फाइल दबाएर
टेबुलमुनिको 'कमिसन' नपाएसम्म
कलम नचलाउने कर्मचारी, 
अनि लाइसेन्स र पासपोर्टको लाइनमा उभिएर
बिचौलियालाई चोरबाटोबाट नोट हुर्काउने नागरिक;
हामी सबै मिलेर यो व्यवस्थालाई दीर्घरोगी बनाउँदैछौँ ।
राजनीतिको मञ्चमा उभिएर
इमानदारिताको ठूलो भाषण छाट्नेहरू,
भित्रभित्रै स्वास्थ्य, शिक्षा र ठेक्कापट्टाको 
कमिसन डकारिरहेछन्

प्रत्येक चुनावमा
नयाँ नाराको एन्टिबायोटिक बाँडिन्छ यहाँ, 
तर रोग भने झन्-झन् कडा र रेजिस्टेन्ट बन्दैछ ।
अस्पतालमा दाम नपुगेर
भेन्टिलेटर नपाउने गरिब छ, 
मन्त्रालयमा कमिसनको औषधि खरिद गर्न
बजेटको तानातान चलिरहेछ
अदालतका ठेलीहरूमा इन्साफ खोज्दा-खोज्दै
कालो कपाल सेतो भइसक्यो
सरकारी अड्डामा एउटा छाप हान्न
मालिकलाई ढोग्नुपर्ने नियति अझै फेरिएको छैन
हामी सबै यो भ्रष्टाचारको ब्याक्टेरियाबाट ग्रसित छौँ
तर, दोष जति व्यवस्था र कुर्सीलाई मात्र थुपारेर 
हामी चोखो बन्ने नाटक गरिरहेछौँ
कुनै ओभरडोज एन्टिबायोटिकले 
रातारात सुधार्नेवाला छैन यो देश, 
जबसम्म हामी आफैँभित्रको 
'इथिक्स' र 'इमान' पुनर्जीवित हुँदैन ।

दाङ, हालः काठमाडौं

प्रकाशित:

१६ घण्टा अगाडि

|

१३ साउन २०८३

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२५ दिन अगाडि

|

२७ मंसिर २०७९