आसन्न निर्वाचन, नेपाली काँग्रेसको कार्यभार र चुनौती

आसन्न निर्वाचन, नेपाली काँग्रेसको कार्यभार र चुनौती

१४९० दिन अगाडि

|

१३ असोज २०७९

अहिलेको ज्वलन्त सवाल नागरिक उन्मुक्तिको

अहिलेको ज्वलन्त सवाल नागरिक उन्मुक्तिको

१४९३ दिन अगाडि

|

११ असोज २०७९

नागरिक उन्मुक्तिको विषय राज्यको नीतिसंग प्रत्यक्ष सरोकार राख्ने विषय हो । संविधानमा नेपाल राज्यको परिभाषामा नेपाल स्वतन्त्र,अविभाज्य,सार्वभौमसत्तासम्पन्न,धर्मनिरपेक्ष,समावेशी,लोकतन्त्रात्मक,समाजवाद उन्मुख,संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनिएको छ । अब विचार गरौं कि नागरिक शब्दावलीमार्फत् सम्बोधन गर्न खोजिएको जनता को हुन् रुनेपालमा अनागरिक जस्तो देखिने जनसमूह को को हुन् रुअझ संविधानले दिएको नागरिकताको हक प्राप्त गर्न नसकिरहेका नेपाली नागरिकताप्राप्त आमा बाबुको सन्तान कहाँको भन्ने छ । नागरिक उन्मुक्तिको सवाल यही आएर पेचिलो बन्न पुग्छ । इतिहास केलाउने हो भने नेपाल राज्यको उत्पत्ति फोस्र्ड थ्योरी ९जवरजस्तीको सिद्धान्त० अन्तरगत भएको पाउँदछौं । कसैले यसलाई दैविक सिद्धान्तअन्तरगत उत्पत्ति भएको पनि भन्न सक्लान् । तर नेपाल राज्य कहिल्यै सामाजिक सम्झौताको सिद्धान्तअन्तरगत रुपान्तरित हुन सकेको इतिहास र वर्तमानको नयाँ संविधान समेत देखिएन । यसले राज्य उत्पतिको सिद्धान्तमै छिद्र रहेको विषय उपर वहस माग गर्छ । २००७ सालको लोकतान्त्रिक क्रान्तिदेखि नै राज्य कस्तो हुने विषयबारे वहस चल्न थाले पनि सम्भ्रान्त वर्गको हठ र वेवास्ताले फेरि पनि नागरिकको परिभाषा कतै अनागरिक भनिएका जनसमूहसंग पनि सहवरण गर्न पुग्यो कि भन्ने हो । ऐतिहासिक पृष्ठभूमि विश्व राजनीतिक इतिहासलाई पनि अध्ययन गर्ने हो भने पश्चिम युरोपका देशहरु पनि सन् १२१५ जुनमा म्यागना कार्टामार्फत् अधिकार पाउने चार्टर जारी गरेपश्चात सामाजिक सम्झौतको बीउ रोपियो । त्यसलाई परिष्कृत गर्ने काम सन् १६४८ को वेष्टफालिन सम्झौतामार्फत् हुन पुग्यो । यसलाई इमानदारीपूर्वक लागु गरेकै कारण सो क्षेत्रका देशहरु स्वतन्त्र र सार्वभौसत्तासम्पन्न बन्न पुगे । यति भएर पनि उनीहरु पहिलो र दोश्रो विश्व युद्धको चक्करमा संसार भरी नै डरलाग्दो स्थिति पैदा गरेकै हुन् । अर्बौको धनजनको क्षति व्यहोर्न दुनियाँलाई बाध्य बनाएकै हुन् । दोश्रो विश्व युद्ध पश्चात विकासवादी सिद्धान्तअन्तरगत उदय भएका नयाँ मुलुकहरु साँचिक्कै सामाजिक सम्झौताको सिद्धान्त अबलम्बन गरे कि गरेनन् भन्दा थुप्रै देश यस सम्बन्धमा चुके । त्यसैको परिणाम हो अरब स्प्रीङ्ग जस्ता आन्दोलनहरुको उठान । अरब स्प्रीङ्ग आन्दोलनपश्चात मध्यपूर्व तथा उत्तरी अफ्रिकन मुलुकहरुमा रुपान्तरण हुन पुगेको हो । एक्काइसौं शताब्दीको यो नमूना आन्दोलन अगाडि नेपालमा माओवादी घोषित सशस्त्र युद्ध दश वर्षसम्म चल्यो । यो दश वर्षको दौरान नेपाल ठूलो उथलपुथल विच गुज्रेको स्थिति देखियो । तर,नेपाल राज्यको चरित्र अन्ततः फेर्न असमर्थ भएको परिस्थितिविच हामी नागरिक उन्मुक्तिको सवाल उपर वहस उठाउन खोजेका हौं भने मुक्तिको जुक्ति निर्वाचन हो कि विद्रोह रुविचारणीय पक्ष हो यो । राष्ट्रिय परिस्थिति माथि नै उल्लेख गरियो कि जुन राज्यको उत्पति सामाजिक सम्झौताको सिद्धान्तमा आधारित रह्यो,ती देशमा निर्वाचनमार्फत् नै सामाजिक रुपान्तरण भएका छन् । संसारलाई गरिबीबाट मुक्त गराउने योजनामा उनीहरु अगाडि बढेका छन् । जब राजनीतिक समस्याको समाधान गर्दै ती देश संसारभरी सुरक्षित तवरले आफ्ना नागरिकलाई हिँडडुल गर्न अनुमति दिए । अनि स्वतन्त्र भएर ती नागरिकले पनि आफ्नो देशको हितमा काम गरे । तर,नेपालमा अझै राजनीतिक समस्याको समाधान गर्न अनिच्छुक यहाँका राज्यधारी सम्भ्रान्तवर्ग जब आर्थिक एवम् सामाजिक न्यायको कुरो जोडतोडले हल्ला मच्चाउँदा दातृ निकाय सशंकित बन्दै गएका छन् । विदेशी लगानी वेगर नेपालको आफ्नै हैसियतले यहाँ आर्थिक क्रान्ति हुने सपना मात्र राजनीतिक स्टन्ट हो । यसले आफैंलाई भड्खालोमा हाल्छ भन्ने पनि थाहा छ र पनि उनीहरु यसखाले आत्मरतिमा रमाउन अभ्यस्त भइसके । यसले के प्रमाणित गर्छ भने नेपालमा केही नागरिक र केही अनागरिक बस्दै आएका छन् । यो द्वन्द्वात्मकताको सिद्धान्तले अनेक अन्तरविरोध निम्त्याएको छ । यसो भनौं नेपालमा गरीब र धनी बिचको अन्तरविरोध प्रकट रुपमा देखिए पनि तुलनात्मक रुपमा सो भन्दा कम प्रकटीकरण जातीय अन्तरविरोध नभएको प्रष्टै छ । नयाँ संविधान जारीपश्चात खसआर्य भित्रै पनि दलित समुदाय आर्य हो कि होइन,विश्लेषण हुने गरेको छ भने खस एक अलग्गै समूह भएको दावी गर्न थालिएको छ । मधेसी तथा पहाडिया अन्तरविरोध पनि मत्थर भइसकेको छैन भने बाँकी पनि शुशुप्त अवस्थाबाट प्रकटीकरण हुँदै गएको छ । उपरोक्त सबै अन्तरविरोधहरुको राजनीतिक समाधान नगरी देश समाजवाद उन्मुख कसरी बन्न सक्ला रुफेरि समाजवाद कस्तो हुने भनी अर्को सवाल वहसमा छँदैछ । यी महान वहस नेपालभित्र मात्र होइन,नेपाल बाहिर पनि विस्तारित हुन पुग्यो । तर यी वहसभित्र प्रवेश नै नगरी आत्मरतिमा नागरिक उन्मुक्तिको नारा घन्काउने काम झिनो मसिनो स्वरमा सुनिने गरेको छ । समृद्ध नेपाल–सुखी नेपाली त राज्य प्रायोजित कार्यक्रम भइ नै हाल्यो,जहाँ विदेशी दातृ निकाय तथा संस्थाहरु लगानी गर्न होइन कि उपयोग गर्न आउने गर्छन् । भूराजनीतिक संवेदनशीलताको ख्याल नगरी राज्य सम्भ्रान्त चाकरीमा जुटेसरी आज नागरिक उन्मुक्तिको नाराभित्र त्यही प्रवृत्ति रहेको बुझ्न कठीन भएन । यथार्थ के हो भने वाहुनवाद हावी भएको भूक्षेत्रमा डोरबहादुर विष्टका अनुसार भाग्यवाद नै  विकासको मुख्य बाधकको रुपमा हुने भयो । साँच्चै नै नागरिक उन्मुक्तिको सवाल भाग्यप्रधान बन्न पुग्यो । नेपालको आधुनिकताको परियोजनाको यो प्रमुख बाधक बन्दा सचेत धक्काको लागि उपयुक्त उपाय ठहर हुन सक्नेछैन । अब के गर्ने ? यो सवालले आन्दोलनको समग्र चिन्तनलाई केन्द्रमा राखेर अगाडि बढ्न मद्दत गर्छ । त्यसको अर्थ एकीकृत योजनाको माग गर्छ । नागरिक उन्मुक्तिको सवाल अऔपनिवेशिकरणको सवालसंग सम्बन्ध राख्छ कि राख्दैन रुबुझ्नुपर्ने विषय यिनै हुन् । त्यसै गरी यो बुझाईसंग प्रत्यक्ष जोडिएर आउने विषयहरु विश्लेषण र संश्लेषण,समग्र र अंश,विशिष्टता र व्यापकता,कार्य र कारण,आवश्यकता र सम्भाव्यता,सार र रुप साथै रणनीति र कार्यनीतिबारे ठोस बुझाई हुनैपर्छ । रणनीतिको अभावमा योजना खोक्रो हुने र आन्दोलन निश्कर्षमा पुग्न नसक्ने हुन्छ,कारण नेतृत्वको क्षमता र तयारी तिनै बुझाईको आधारमा मापन गर्नुपर्छ । तसर्थ,अब के गर्ने रुसवालसंग चेतना निर्माणको विषय जोडिन्छ । अर्थात् ज्ञानसत्ता निर्माण हुनु जरुरी छ,जसले वस्तुसत्ता नियन्त्रण गर्न सकोस् । समग्रमा राज्यसत्ता स्थापना गर्न यसले सघाउँछ । किनकि सत्ताबाहेक बाँकी सबै भ्रम हुन् भनी मार्क्सवादीहरु भन्दै गरेको कारण बुझ्नुपर्छ । सत्ताविहीन हुँदाको अवस्थामा यहाँका राज्यसम्भ्रान्तवर्ग एकले अर्कोलाई संघर्ष र विद्रोहमार्फत् विस्थापित गरे । २००७ सालदेखि हुँदै आएका लोकतान्त्रिक संघर्षलगायत माओवादी सशस्त्र विद्रोहको सम्बन्ध कहीँ न कहीँ यस्तै अवधारणा अन्तरगत बुझ्न सकिन्छ । त्यसो हो भने के नागरिक उन्मुक्तिको सवाल पनि यही संघर्ष एवम् विद्रोहको नक्कल गरेर सम्बोधन हुने हो त र ? विश्व राजनीतिक पाराडाइम परिवर्तन हुन पुगेको अवस्थामा यसलाई बुझ्ने ज्ञान प्रणालीसंग साक्षात्कार हुने काम पहिलो शर्त हो । त्यसलाई समावेशी राज्यको रुपमा बुझाउने प्रयत्न पनि गर्दै आएको छ । तर यो उदारवादी राज्य सिद्धान्त अन्तरगत अभ्यासमा आएकोले युरोपमा त्यसको समाधान निस्क्यो । नेपालमा समावेशी राज्य अवधारणा कुन सिद्धान्त अन्तरगत हुने भन्ने ठोस विमर्श भइ नसकेकोले राज्यविहीन राष्ट्रियता राष्ट्रिय मुक्ति क्रान्तिको बाटोमा अग्रसर हुनुपर्ने बताउँदै छन् । नागरिक उन्मुक्तिको बाटो ठोस त्यस अर्थमा हुन जरुरी छ,त्यसैको लागि सैद्धान्तिक वैचारिक तयारी,आर्थिक भौतिक तयारी,राजनैतिक कुटनैतिक तयारी गर्दै संगठनात्मक तथा संघर्षको तयारी अनिवार्य शर्त मान्नुपर्छ । तर शुरुवात कहाँबाट गर्ने विषय फेरि पनि अनुत्तरित रहन सक्छ । यसको समाधान वस्तुगत परिस्थितिको ठोस विश्लेषण गरेर निर्णयमा पुग्ने हो । यहि वेला नेतृत्वपंक्ति चुक्ने गरेको कारण नागरिक मुक्तिको चाहना हावामा महल बनाए सरह दिवा स्वप्न हुन पुग्छ । निष्कर्ष राजनीति भनेकै चेतनाको खेल हो । यो खेलमा सबै चीज ‘ओपन सेक्रेट’ हुने भएकैले विपक्षीले समेत अरुले कसरी काम गर्दै रहेको बुझ्ने र आत्मरक्षा प्रणाली विकास गर्ने गरेको हुन्छ । लामो अभ्यासले यहाँका शासक सम्भ्रान्त राजनीति मिलाउन जाने । राजनीति मिलाउन सकेकैले वीपी कोइरालाले फाँसीको सजाय गुजार्नु परेन । अमेरिकाबाट आतंकवादी ठहर गरिएका प्रचण्ड राजनीति मिलाउन सकेकै कारण पछि रातो कार्पेटमै अमेरिका पुगे भने अर्कोतिर ज्ञानेन्द्र खाली हात नागार्जुन जंगल तिर लाग्नुपर्यो । त्यसैले नागरिक उन्मुक्तिको सवाल उठाइ राख्दा कसको भूमिका कहाँ उपयुक्त हुने विषय पहिल्यै टुङ्गिनुपर्छ । यसको नेतृत्व गर्ने संगठन तथा नेतृत्ववर्ग सचेत धक्काको लागि तयार हुन सक्नुपर्छ । कारण सचेत धक्काले मात्र परिवर्तनको लागि बाध्य बनाउने हो । नेपालको सन्दर्भमा नागरिक उन्मुक्तिको वहस नै उठेको पाइँदैन । नागरिक को हो र को होइन भन्ने सवालबिच दोधारे नीति राज्यको छ । अवस्था हेरी अनागरिक र नागरिक बनाउने विशेष अधिकार यो राज्यसंग छ । तसर्थ नागरिक उन्मुक्तिको सवाल गौण देखिन्छ भने यही परिस्थितिमा राष्ट्रिय मुक्तिको सवाल प्रधान भएर आएको छ । कतिपय अन्तरविरोधको हल गर्न पनि राजनीतिक समाधान दिन राष्ट्रिय मुक्तिको सवाल राजनीतिक कर्मको रुपमा बुझ्ने गरे । कर्ताको रुपमा राज्यविहीन राष्ट्रिय समूह देखिए भने उनीहरुले गर्ने काम राष्ट्रिय मुक्ति क्रान्ति हो भनी बुझाउने काम अन्तर्राष्ट्रिय तहमा हुँदै आएको छ । विभिन्न स्वरुपमा यस विषयमा केन्द्रित भई देशैभरि वहस निरन्तर चल्दैआएको छ । कम्युनिष्टको भूतले जसरी युरोपमा कुनै समय त्रसित बनायो,त्यसै गरी संसारलाई राष्ट्रिय मुक्ति क्रान्तिको भूतले तर्साउँदै गरेको छ । प्रत्येक देशको आन्तरिक राजनीतिमा यसखाले भूतको त्रास बढेकै कारण टीकापुर थारू विद्रोह घरि घरि राज्यले सम्झिने गर्छ । नेपालमा टीकापुर थारू विद्रोहलाई दवाए सरी राष्ट्रिय मुक्ति क्रान्तिको वेगलाई रोक्छु भन्नु नै यो देशको लागि अभिश्राप बन्नेछ । अहिले रेशम  रेशम चौधरीको  नागरिक उन्मुक्ति पार्टी चर्चामा छ । उहाँले निकै सोच विचार गरेरै पार्टीको यो नाम जुराएको हुनुपर्छ । यदि राष्ट्रिय मुक्ति क्रान्तिको लहरसंगै लामबन्द भएर नयाँ करारको ढोका खुल्ला गर्ने हो भने नागरिक उन्मुक्ति अवश्य हुनेछ । यहाँ नयाँ करार भनेकै सामाजिक सम्झौताको सिद्धान्त व्यवहारिक बनाउनु हो,जसले अन्ततः राज्यको खेलको नियम बदल्ने जमर्को गर्छ । नागरिक उन्मुक्तिको लक्ष्य पनि त्यही नै किटान गरेको हुनुपर्छ । लेखक त्रिवि कीर्तिपुरमा एमफील–पीएचडी अनुसन्धानमा आवद्ध छन् ।

कसैको सम्झनामा पनि कोही नबनोस् कमलरी

कसैको सम्झनामा पनि कोही नबनोस् कमलरी

१४९६ दिन अगाडि

|

८ असोज २०७९

                                                                               हालै काठमाडौंमा मुक्त कमलरीहरुबाट गरिएको पत्रकार सम्मेलन म  तिम्रै यादको कमारो हुँ सायद र  तिमी  मेरो सम्झनाकी कमलरी  -कल्प–ग्रन्थ, (३०६) फेसबुकमा पोस्ट गरिएको यो कविता पढेर बेचैन भएँ । कमलरी शब्दलाई यसरी फेन्टासाइज गरी कवितामा प्रयोग गरेको देखेर मलाई विश्वास भइरहेको थिएन कि यसका लेखक मैले मनमनै उच्च सम्मान गर्ने व्यक्तिमध्येका एक हुन् । कमलरी शब्द थारू भाषाको कम्लहरियाबाट आएको हो । पहाडी समुदायका मानिसहरूले कम्लहरिया भन्न नजानेर हो या उच्चारण गर्न गाह्रो मानेर हो, कम्लहरियालाई कमलरी बनाइदिए । २०७० सालको कमलरी मुक्ति आन्दोलनपश्चात् कमलरी शब्द अझै आम बन्न गएको हो ।  कम्लहरिया भनेको जमिनदारको घरमा काम गर्न राखेको थारू समुदायको अति विपन्न परिवारकी केटी मान्छे हो । खान–लाउन अभाव हुने परिवारले आफ्ना साना छोरीहरूलाई जमिनदारको घरमा काम गर्नका लागि कमलरी बस्न पठाउँथे । कतिपयले त ६–७ वर्षका छोरीहरूलाई पनि काममा लगाउनुपर्ने बाध्यता हुन्थ्यो । जमिनदारले कमलरीलाई उनको घर जाने अनुमति नदिएसम्म घर जान पाउँदिनथिन् । धेरैजसो कमलरीहरू आफ्नो आमाबुबाभन्दा टाढा राखिन्थे । कैंयौं त गाउँबाट सहर पुर्‍याइन्थे ।  मलाई सम्झना छ, हाम्रो गोटियार घरको नातामा मेरी फुपू पर्नेलाई हाम्रै गाउँको एक पढेलेखेका जागिरे व्यक्तिले कमलरी लगाइदिने भनी सहर लगे । ती जागिरे व्यक्तिले गाउँका थुप्रै केटीलाई थुप्रै हाकिमहरूकहाँ कमलरी राखिदिने गरेका थिए । मेरी कमलरी फुपू धेरै वर्षसम्म घर आउन पाइनन् । गाउँ छाडेर जाँदा उनलाई नेपाली बोल्न आउँदैनथ्यो । गाउँ फर्किंदा उनले थारू बिर्सिसकेकी थिइन् । कमलरी बस्नेहरू प्रायः साना बच्चीहरू हुन्थे । ती बच्चीहरूका सबै आधारभूत अधिकार अस्वीकृत थिए । तिनले मालिक–मालिक्नीले अह्राएको सबै काम गर्नुपथ्र्यो । कलिला नानीहरूको ज्यानले धान्नै नसक्ने श्रममा लगाइन्थ्यो । काममा जोताएर पनि पेटभरि खान पाउँदैनथे । राम्रो लगाउन दिइँदैनथ्यो । घरको सबैभन्दा गन्दा भागको भुइँमा सुताइन्थ्यो । अह्राएको काम पूरा नगरे निर्दयी पारामा पिटिन्थ्यो । कमलरीहरूलाई मालिकहरूले आफ्नो सम्पत्ति ठान्दथे ।  एकपटक कमलरी भइसकेपछि अधिकांश कमलरीहरू मालिकको ट्र्यापबाट उम्किन असम्भवजस्तै थियो । बाध्यताले छोरीलाई कमलरी बनाएबापत तिनका आमाबुबाले थोरै अन्न पाउँथे । पछि पैसाको कारोबार बढ्न थालेपछि केही पैसा पाउन थाले । कमलरीहरूले गर्ने श्रमको तुलनामा तिनको आमाबुबालाई दिइने पारिश्रमिक अत्यन्तै न्यून हुने गथ्र्यो । कहिले कपडा किनिदिएको बहानामा त, कहिले औषधीमुलोमा खर्च गरेको बहानामा उल्टै कमलरीलाई ऋणको भारी बोकाइन्थ्यो । ऋण प्रत्येक वर्ष बढ्दै जान्थ्यो । बाचुन्जेल कमलरीले जतिसुकै श्रम गरे पनि उनको ऋण चुक्ता हुँदैनथ्यो । अनि कमलरी हस्तान्तरण गरिन्थ्यो उनकी छोरीलाई, छोरीकी छोरीलाई एवंरीतले पुस्तौँसम्म ।  यसरी कमलरी राख्नु एउटा प्रथाकै रूपमा अगाडि बढ्यो । तर हेक्का रहोस्, छोरीलाई कमलरी बनाउनु छोरीलाई बेच्नु कदापि होइन । पेट पाल्नका लागि विवश आमाबुबाले आफ्ना छोरीलाई जमिनदारको घरायसी काम गर्न लगाएको मात्रै हो । तर, बसिखानेहरूले मरिमरी काम गर्दासमेत खान नपुग्नेहरूका छोरीहरूलाई कमलरी राख्नु र ती कमलरीमाथि जस्तोसुकै अपराध गर्नुलाई आफ्नो अधिकारजस्तो सोच्न थाले । कमलरीलाई केवल घरायसी काममा जोत्ने मात्र नभई तिनीमाथि सबै किसिमका शारीरिक मानसिक बर्बरता बर्साइन्थ्यो । कमलरीमाथि बर्बर व्यवहार गर्नु मालिकहरूका लागि वैधजस्तै थियो । कमलरीमाथि व्यापक यौनशोषण हुन्थ्यो । कमलरीलाई केवल घरायसी काममा जोत्ने मात्र नभई तिनीमाथि सबै किसिमका शारीरिक मानसिक बर्बरता बर्साइन्थ्यो । कमलरीमाथि बर्बर व्यवहार गर्नु मालिकहरूका लागि वैधजस्तै थियो । कमलरीमाथि व्यापक यौनशोषण हुन्थ्यो । कमलरीहरू निरीह थिए । बोल्न सक्दैनथे । सम्भवतः कमलरीहरूलाई थाहा हुँदो हो कि न्यायका लागि जाने कुनै ठाउँ छैन । कमलरीहरूलाई थाहा थियो कि बर्बरता बर्साउनेहरू आफैँ न्यायकर्ताको कुर्सीमा रहन्छन् । या त थाहा थियो कि कमलरीहरूका अपराधीहरू न्याय दिनेहरूका नातेदार हुन् ।  २०७३ सालतिर हो, म बर्दियाको खैरीचन्दनपुर गाउँ गएको । त्यहाँ जानुको विशेष कारण थियो, माओवादी आन्दोलनमा सहिद भएकी जुग्गन चौधरी जुनाबारे अध्ययन गर्न । २०५७ जेठ ७ गते खैरीचन्दनपुरका जमिनदार युवराज उपाध्यायलाई जनकारबाही गर्न जाँदा जमिनदारकै गोली लागेर जुनाले सहादत प्राप्त गरिन् । जमिनदारका बारेमा मैले गाउँका थुप्रै मानिसहरूसँग कुरा गरेँ । तिनको कुरा सुनेर जमिनदारको क्रूरता हरर मुभीका डरलाग्दा पात्रभन्दा बढी डरलाग्दो भएको अनुमान जोकोहीले लगाउन सक्थ्यो ।  कहिले कपडा किनिदिएको बहानामा त, कहिले औषधिमूलोमा खर्च गरेको बहानामा उल्टै कमलरीलाई ऋणको भारी बोकाइन्थ्यो । ऋण प्रत्येक वर्ष बढ्दै जान्थ्यो । बाँचुन्जेल कमलरीले जतिसुकै श्रम गरे पनि उनको ऋण चुक्ता हुँदैनथ्यो । अनि कमलरी हस्तान्तरण गरिन्थ्यो उनकी छोरीलाई, छोरीकी छोरीलाई, एवम् रीतले पुस्तौँसम्म ।  गाउँमा सबैभन्दा ठूलो घर अर्थात् ठूलो महल हुनु जमिनदारका लागि पहिलो सर्तजस्तै हो । हिलोमा कहिल्यै धान नरोपे पनि सयौँ बिघाका मालिक हुन्थे जमिनदार । युवराज उपाध्यायमा पनि त्यही सर्त लागू हुन्थ्यो । युवराजले सयौँ कमैया कमलरी राखेका थिए । खेतमा काम गर्ने छुट्टै, गाईभैंसी चराउने छुट्टै, गोठको गोबर उठाउने छुट्टै, भाँडा माझ्ने छुट्टै गरी सबै कामका लागि छुट्टाछुट्टै कामदार हुन्थे । मैले भेटेकी महिला युवराजको गोठको गोबर फाल्ने कमलरी थिइन् । उनले भनिन्, ‘मलिक्वा महा हराम रहे । टबे टे मुय बेर किरा परके मुवल ।’ (मालिक धेरै बदमास थियो । त्यसैले मर्ने वेला किरा मरेर मर्‍यो ।) युवराजले आफ्नो घरनजिक एउटा गोलघर बनाएको थियो । त्यो गोलघर कमैयाहरूलाई पिट्नका लागि थियो । कमैयाहरूले केही गल्ती नगरे पनि जमिनदारको हात चिलायो भने पनि उसले पिट्ने गथ्र्यो । मनोरञ्जन लिनका लागि पनि उसले जोकोही कमैयालाई जुनसुकै समयमा पिट्न सक्थ्यो ।  मैले भेटेकी महिला युवराजको गोठको गोबर फाल्ने कमलरी थिइन् । उनले भनिन्, ‘मलिक्वा महा हराम रहे । टबे टे मुय बेर किरा परके मुवल ।’ गाउँको कुनै पनि महिलासँग ऊ सुत्न (बलात्कार गर्न) सक्थ्यो । कसैले उसको प्रतिरोध गर्दैनथ्यो । किनभने सबैलाई थाहा थियो कि कसैले उसको प्रतिरोध गरे उसले कुटाइ खानुपथ्र्यो, कि त मर्न पथ्र्यो । बिहेको पहिलो रात आफ्नी श्रीमती जमिनदारकोमा पठाउनुपथ्र्यो । त्यसो नगरे बेहुलामाथि निर्घात कुटपिट हुन्थ्यो र बेहुली बलात्कृत हुनुपथ्र्यो । युवराजको बलात्कारबाट कोही कमलरी गर्भवती भएउसले गर्भवती कमलरीको विवाह आफ्नो कमैयासँग गराइदिन्थ्यो ।  युवराजजस्ता अत्याचारी जमिनदारहरू थारू गाउँगाउँमा थिए । कैलालीको उज्लीसेम्रा गाउँको जमिनदार देशराज, लालपुर गाउँको जमिनदार गुरुंग युवराजभन्दा कुनै मानेमा कम थिएनन् ।  मेरी हजुरआमा भन्नुहुन्छ, उहाँ नौ–१० वर्षको उमेरमा लालपुरको गुरुंग मालिककोमा धान रोप्न जानुहुन्थ्यो । धान रोपेबापत मालिकले केही पैसा दिन्थ्यो । कसैको पनि पारिश्रमिक निर्धारण गरिएको थिएन । उसले केटी मान्छेको छाती कति ठूलो छ भन्ने हेरेर पारिश्रमिक दिने गथ्र्यो । मेरी हजुरआमाले थोरै पैसा पाउनुहुन्थ्यो । उहाँभन्दा अलि बढी उमेरका केटीहरूलाई मालिकले धेरै पैसा दिन्थ्यो ।  कति कमलरीलाई मालिकहरूले बलात्कार गरे, त्यसपश्चात् हत्या । यसको तथ्यांक पाउन असम्भव छ । किनभने हत्यालाई आत्महत्या गरेको भनी देखाउन कमलरीको लासलाई झुन्ड्याइन्छ । त्यसको वास्तविक छानबिनसमेत हुँदैन । यसको सबुत सरकारले दिँदैन । किनभने सरकारी अधिकारीले त आत्महत्या भनी लेखिसक्यो । यसबारे अध्ययन गर्न चाहनेहरूले पूर्वकमलरी र तिनका परिवारलाई भेटे काफी हुन्छ ।  बासगढी नगरपालिका–२ बर्दियाकी ११ वर्षीया अस्मिता चौधरी बर्दियाकै दुर्गा भण्डारीको घरमा २०७५ जेठ २९ गते झुन्डिएको अवस्थामा भेटिइन् । मुक्त कमलरीहरूले बलात्कारपश्चात् हत्या गरी झुन्ड्याएको आरोप लगाए । उक्त केसको चित्तबुझ्दो छानबिन नै भएन । कमलरी कपोलकल्पित होइन, वास्तविक अत्याचार हो । भयावह कमलरी जीवन बाँचेकाहरू हामीसँगै समाजमा बाँचिरहेका छन् । उनीहरू मालिकले गर्ने अत्याचारका जिउँदा गवाही हुन् । कमलरी अमानवीकरण हो । कमलरीलाई कामुकीकरण त्यसले मात्र गर्न सक्छ, जो दासत्वले गर्ने सबै अत्याचार भुल्न सक्छ । कमलरी राख्नु दासत्व हो । दासत्वमा यौन आघात समावेश हुन्छ । र, त्यो संस्थागत हुन्छ । अर्थात् यौन दुराचार, बलात्कारजस्ता जघन्य अपराध कानुनी रूपमै संरक्षित हुन्छन् । खासगरी हाम्रो जस्तो देशमा, जहाँ पावर, पद, पैसा हुनेहरूलाई कानुनले छुँदैन ।  छोरीहरूलाई पनि पढाउनुपर्छ भन्ने चेतनाको विकास हुन थालेपछि कैयौँ परिवारले आफ्ना छोरीहरूलाई पढाइदिन र बदलामा छोरीले घरको काम सघाइदिने भन्ने सर्तमा मालिककहाँ कमलरी राख्न थाले । म नौ–दश वर्षको हुँदो हुँ सायद, यस्तै सर्तमा मेरी आमाले मलाई उनको चिनजानको एक व्यक्तिको घरमा राख्नुभयो । स्कुल टाइमबाहेकको अन्य सबै समय साँझ र बिहान मैले उनको घरको सबै काम गर्नुपथ्र्यो । उनको घर सफा गर्ने, कपडा धुने, भाँडा धुने सबै सबै । मलाई होमवर्क गर्ने समय पनि मिल्दैनथ्यो । स्कुल पुग्न पनि मलाई सधैँजसो ढिलो हुन थालेको थियो । म कमलरी थिइनँ । मलाई त केवल आफ्नो पढाइ अगाडि बढाउन सजिलो होस् भनेर मेरी आमाले चिनजानको परिवारकोमा राख्नुभएको थियो ।  मेरो आफ्नै भोगाइ हुँदाहुँदै पनि मलाई एक कमलरीका भोगाइहरू कल्पना गर्न बहुत डरलाग्दो लाग्छ । दुई–चार अक्षर चिन्ने लोभमा कमलरी बसेकाहरूको जीवन कति भयानक भोगाइहरूले भरिएको हुँदो हो ! मेरो आफ्नै भोगाइ हुँदाहुँदै पनि मलाई एक कमलरीका भोगाइहरू कल्पना गर्न बहुत डरलाग्दो लाग्छ । दुई–चार अक्षर चिन्ने लोभमा कमलरी बसेकाहरूको जीवन कति भयानक भोगाइहरूले भरिएको हुँदो हो ! १९५४ मा नेपालमा मलेरिया उन्मूलन कार्यक्रमको सुरुवात भएपछि सरकारी योजनामै पश्चिम तराईमा सरकारले पुनर्वासको योजना ल्यायो । त्यसपछि पहाडबाट तराईतर्फ बसाइँ सर्ने क्रम तीव्र भयो । सामन्ती प्रवृत्तिका पहाडियाहरूले थारूहरूको जग्गा कब्जा गरे । ती थारूहरूलाई तिनकै खेतमा कमैया बनाएर जोताए । तिनकै छोरीहरूलाई कमलरी बस्न बाध्य बनाए ।  जमिनदारहरूले जे चाह्यो त्यही गर्न पाउँथे । थारूहरूमाथि जस्तोसुकै अत्याचार गर्न पनि उनीहरूलाई छुट थियो । देशमा कुनै कानुन थिएन । जमिनदारको बोली नै सबैभन्दा बलियो कानुन थियो । जमिनदार थारू गाउँका राजा थिए । जमिनदार अर्थात् राजा अर्थात् कानुन, पर्यायवाची थिए । कानुनको कार्यान्वयन गराउने प्रहरी चौकी, अड्डा अदालत, प्रशासन सबै जमिनदारको पहुँचमा थिए ।  २०५२ मा जनयुद्धको सुरुवात भएपछि माओवादीले जमिनदारहरूलाई जनकारबाही गर्न थाले । त्यसपश्चात् जमिनदारहरू थारू गाउँ छोडी सहरतिर भागे । कमैया मुक्तिको आवाज बलियो गरी उठ्न थाल्यो । २०५२ मा जनयुद्धको सुरुवात भएपछि माओवादीले जमिनदारहरूलाई जनकारबाही गर्न थाले । त्यसपश्चात् जमिनदारहरू थारू गाउँ छोडी सहरतिर भागे । कमैया मुक्तिको आवाज बलियो गरी उठ्न थाल्यो । कमैया मुक्तिको संघर्षको लामो समयपश्चात् सरकारले २०५७ साउन २ गते कमैयाहरू मुक्त भएको घोषणा गर्‍यो । तर, तिनको उचित व्यवस्थापनलाई बेवास्ता ग¥यो । सरकारी बेवास्ताका कारण कमैयाका छोरीहरू फेरि पनि कमलरी नै रहे ।  सधैँ थिचोमिचो र बर्बरता भोगेका कमलरीहरू आखिर मालिकको महलबाट निस्किए र सुरु गरे काठमाडौंको सडकमा नारा लगाउन । २०७० असार १३ गते सरकारले कमलरी मुक्तिको घोषणा गर्‍यो । कन्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङबाट १२ हजार कमलरीको उद्धार गरियो । उद्धार गरिएका कमलरीहरूका शिक्षा, स्वास्थ्य, खाद्यान्नलगायत आवश्यकता पूरा गर्ने जिम्मेवारी सरकारले लिने भन्यो तर लिएन । कैयौँ थारू छोरीहरू फेरि कमलरी बस्न बाध्य पारिए ।  कमलरी कपोलकल्पित होइन, वास्तविक अत्याचार हो । भयावह कमलरी जीवन बाँचेकाहरू हामीसँगै समाजमा बाँचिरहेका छन् । उनीहरू मालिकले गर्ने अत्याचारका जिउँदा गवाही हुन् । कमलरी अमानवीकरण हो । कमलरीलाई कामुकीकरण त्यसले मात्र गर्न सक्छ, जो दासत्वले गर्ने सबै अत्याचार भुल्न सक्छ । कुमार नगरकोटीले यस्तो आपत्तिजनक रूपमा गरिएको कमलरी शब्दको प्रयोगले मलाई चकित मात्र पारेन, अनैकौँ प्रश्नहरू पनि खडा गर्‍यो । यति लापरबाहीपूर्वक कमलरी शब्दको प्रयोग कसैले कसरी गर्न सक्छ ? चाहे ऊ नाम चलेको कवि नै किन नहोस् । कमलरी शब्दको गलत प्रयोग गर्ने छुट कसैलाई छैन । कमलरीलाई भद्दा मजाकको रूपमा चित्रण गर्ने छुट कसैलाई छैन ।  कमलरीहरूको यथार्थ अनुभवहरू साहित्यमा समेटिएकै छैनन् । तर, जहाँ समेटियो, त्यहाँ एक थारू महिलाको कमलरी जीवनको अनुभव र एक पहाडिया पुरुष लेखकका शब्द तनावले भरिपूर्ण छ । पुरुष लेखकको कोरा कल्पनामा कमलरीका कथालाई बेच्ने प्राथमिकता सस्तो रूपमा झल्किन्छ । थारू छोरीमाथिको अत्याचारलाई चुनौती दिन दासत्वलाई प्रयोग नगरी त्यसको संरक्षणका लागि प्रयोग गरिएजस्तो । हो, शारीरिक रूपमा कसैलाई कमलरी बनाउनु अवैधानिक छ । यद्यपि कुनै न कुनै रूपमा, कवितामै सही, भावनामै सही, कल्पनामै सही, पुरुष कवि महिलालाई कमलरी बनाउन लागिपरेको छ । हो, कसैको कल्पनालाई वर्जित गर्न सकिँदैन । कुनै पनि कविले कमलरी शब्दको आनन्द बडो रोमाञ्चक तबरले गर्न सक्ला । तर, यो पनि नभुलौँ कि उहिले जमिनका मालिकबाट मुक्ति पाउन प्रतिरोध गरिएको थियो । अब कलमका मालिकबाट मुक्ति पाउन प्रतिरोध गर्नबाट कसैले रोक्न सक्नेछैन ।  कमलरीहरूको पीडा र अतुलनीय अनुभव जिउँदै छन् । कमलरीको कथा कसरी व्यक्त गर्ने, कमलरी जीवनको चित्रण कसरी गर्ने, लिखित शब्दले कस्तो किसिमको भावनात्मक आक्रमण गर्छ ? विद्वान्हरूले यी प्रश्नहरूको अन्वेषण गर्न समय लिनैपर्छ । कवि र साहित्यकारले साहित्य लेख्ने नाममा विषयलाई रोमान्टिसाइज नगरौँ । कोही छोरी मान्छे कसैको सम्झनामा पनि कमलरी बन्न नपरोस् । झन् नयाँबाट  

आन्दोलन, संविधान र कालो दिन 

आन्दोलन, संविधान र कालो दिन 

१५०१ दिन अगाडि

|

३ असोज २०७९

संविधान २०७२ जारी भएको आज ७ वर्ष पुगेको छ ।  संविधान सभाबाट संविधान बन्नु अगाडिको अवस्था र अहिलेको अवस्थालाई सम्झने, विचार गर्ने हो भने धेरै फरक छ । त्यतिबेला तमाम समूह, समुदाय, संगठन आन्दोलित थियो । आन्दोलनलाई देखेर आन्दोलन उठानकर्ताहरु नै बिचलित भैसकेको अवस्था थियो भने निरंकुशतामा रमाउनेहरु पुरानो अवस्थाको पूर्ण रुपमा कतै अन्त्य नभैहालोस् भन्ने चिन्तामा डुबेका थिए ।  स्वच्छ, सफा सोंच, दिल भएका जाति, समूह, समुदाय चाहन्थ्यो आन्दोलनको उचित सम्बोधन होस् र हक अधिकारको लागि फेरि फेरि आन्दोलन गर्न नपरोस् । तर ऐनाजस्तो हृदय भएका जाति, समूह, समदायले सोचे जस्तो हुन सकेन ।  १० बर्षे जनयुद्धपश्चात भएको पहिलो संविधान सभामा जनताले पहिचान पक्षधरलाई बहुमत दिए । बाहिरी रुपमा उनीहरु पहिचानवादी भनिए तापनि सार रुपमा उनीहरु सम्झौतावादी थिए, फलस्वरुप पहिलो संविधान सभाको विघटनन र दोश्रो संविधान सभाको घोषणा भयो ।  पहिलो सभाको मृत्यु र दोश्रो संविधान सभाको चुनावको घोषणाले पहिचान विरोधीहरु हौसिए र दोश्रो संविधान सभामा उनीहरु बलियो भएर आए । अर्थात् पहिचानको मुद्दा उठानकर्ताहरुको सम्झौतावादी, आत्मसमर्पणवादी नीतिको कारण जनतालाई ठूलो धोखा भयो ।  पहिचानको मुद्दा उठान गर्ने कपटी कुटिलहरु पहिचान विरोधीहरुसँगै भित्रभित्रै मिलि दिएको कारण संविधान जुन प्रक्रिया पुरा गरेर लेखिनु पथ्र्यो, लेखिएन । खुल्ला रुपमा अन्तक्र्रिया गोष्ठी भएन । संविधान सभामा दफावार छलफल भएन । कपटी कुटिलहरुको मिलीभगतले सभाले फाष्ट ट्रयाकको बाटो अपनायो ।  निरंकुश नेताहरुले दास मनोवृत्तिका सांसदहरुमाथि दासता लादे । उनीहरुलाई जनताको पक्षमा बोल्न र उनीहरुको पक्षमा मत नहाल्न ह्वीप जारी गरे । सेना प्रहरीको कडा पहरा, घेरा बिचमा हुन्छ र हुन्नको विधिद्वारा संविधान बन्यो र विश्वको सर्वोत्कृष्ट घोषणा गरियो । घोषणाले निरंकुश नेताहरुको अनुहारमा खुशी छचल्कियो भने उनीहरुको निमुखा दास सांसदहरुको आँखामा आँसु टिल्पिलायो । त्यो दृश्य देख्न लायकको थियो ।  आफूले आफैंलाई सोधौं, के यो संविधान विश्वको सर्वोत्कृष्ट संविधान हो ? के यो संविधानमा सबैको माग मुद्दा समेटिएको छ ? माग मुद्दा समेटिएको छ भने थारूहरु किन भदौ ७ गतेलाई विद्रोह दिवस मनाउँछन् ? असोज ३ लाई आधा जनसंख्याले किन कालो दिनको रुपमा लिन्छ ?  अब अहिलेको अवस्थालाई नियालौं । आफूले आफैंलाई सोधौं, के यो संविधान विश्वको सर्वोत्कृष्ट संविधान हो ? के यो संविधानमा सबैको माग मुद्दा समेटिएको छ ? माग मुद्दा समेटिएको छ भने थारूहरु किन भदौ ७ गतेलाई विद्रोह दिवस मनाउँछन् ? असोज ३ लाई आधा जनसंख्याले किन कालो दिनको रुपमा लिन्छ ?  छिमेकी देश भारतले स्वतन्त्रता दिवस मनाउँदा जसरी त्यहाँका जनता एकमतले आफ्नो देशको झण्डा लहराउँछन्, त्यसरी नै संविधान दिवसको दिनमा सबै नेपालीहरु खुशीका साथ संविधानलाई किन ढोग्दैनन् ? दिवस मनाउने वातावरण किन बनेन ? कुनै पनि दलका नेताहरुसँग यसको सन्तोषजनक जवाफ छैन ।  अहिले पनि उत्पीडित जाति, समुदाय, वर्गमा धेरै असन्तुष्टी छ । असन्तुष्टीको संवोधन गर्नतर्फ नेताहरुको ध्यान छैन । थारूहरुले विद्रोह किन गरे ? विद्रोहको कारण के हो ? काँग्रेस, एमाले, माओवादीलाई त्यसबारे बुझ्नु, जान्नु त परको कुरा भयो, शब्द सुन्ने फुर्सतसम्म छैन । कारणको निवारण गर्नु त झन् परको कुरा भयो ।  त्यसैले, असन्तुष्टिको उत्तरस्वरुप नागरिक उन्मुक्ति पार्टीको जन्म भयो । यसको रापताप सहन नसकेर बल्ल यही २७ भदौको मन्त्रिपरिषदको बैठकले टीकापुर घटनालाई राजनीतिक घटना स्वीकार्दै कानून संशोधन गरी मुद्दा फिर्ता लिने सुखद कुरा आएको छ । तर थारुहरु उधारो आश्वासानमा विल्कुल भुल्नु हुन्न । टीकापुरमा २०७२ भदौ ७ र ८ गते भएको घटनाको क्षतिपूर्ति रेशम चौधरी लगायत राजवन्दीहरुको रिहाइले मात्रै पुरा हुन्न । थरुहट आन्दोलनको लक्ष्य थरुहट प्रदेशको माग नै हुनुपर्छ, चाहे यसका लागि वर्षौ किन संघर्ष गर्नु नपरोस् । 

थारू समुदायमा यस कारण छ अग्रासनको महत्व

थारू समुदायमा यस कारण छ अग्रासनको महत्व

१५०९ दिन अगाडि

|

२५ भदौ २०७९

                                                                                                                                         तस्विरः लखन दहित धर्म, संस्कृति सबैका लागि प्यारो हुन्छ । कसैले कसैको धर्म, संस्कृतिप्रति अनादर, हेलो, होचो गर्नु मानवताको विरुद्ध हुन्छ । धर्मबारे जानकारी खोजी गर्दागर्दै धेरै धर्मवेत्ताहरु धर्तीलाई छाडेर गइसके तर एक बनाउन सकेनन् ।  यतिबेला सबै धर्ममा मानवता सबैभन्दा ठूलो धर्म भएको छ । मानवता सत्कर्ममा अडिएको छ । धर्मको नाममा बोलेको बोली बचनले, गरिएको ब्यवहारले कसैको मन दुख्छ भने त्यो अधर्म भइहाल्छ ।  मुस्लिमलाई दुःख पर्दा हिन्दूले नबोल्ने, हिन्दूलाई दुःख पर्दा ईसाईले नबोल्ने, ईसाईलाई दुःख पर्दा बौद्धले नबोल्ने कुरा धर्म हुन सक्तैन । मानव मानवबिचमा विभेद गर्नु धर्म होइन, अहंकार हो, अज्ञानता प्रदर्शन हो ।  त्यसैले कुनै सम्प्रदायको होस्, दुःखमा परेको ब्यक्तिको लागि बोल्नु, सहयोग गर्नु, कसैलाई हेला होचो नगर्नु, दिल नदुखाउनु, मानवीय ब्यवहार गर्नु धर्म हो । सबै हिन्दू, बौद्ध, शिख, ईसाई, मुस्लिम सम्प्रदायको निचोड पनि यही हो । यही मानव धर्म हो ।  थारू समुदाय मानव धर्ममा अडिएको देखिन्छ । गुर्बाबा थारूहरुको आदि पुरुष, सृष्टिकर्ता हुन् । थारू जति नजिक हिन्दूसँग छन्, उति नै नजिक बौद्धसँग पनि छन् । अहिले त थारू कुलमै भगवान बुद्ध जन्मे भन्ने कुरा धेरैले पुष्ट्याई गर्दै पुस्तक पनि लेखेका छन् । थारूहरु मुस्लिमका धार्मिक समारोहमा पनि पुगेकै हुन्छन् । मुहर्रममा ताजिया निकाल्दा थारूहरु सहयोग गरेकै हुन्छन् । त्यसैले प्रायः धर्मसँग थारूहरुको सम्बन्ध राम्रो छ ।  धर्म, संस्कृतिको मूलआधार हो । संस्कृति धर्ममा टेकेको हुन्छ । ब्रत र उपवासमा विश्वास गर्नु पनि थारूहरुको संस्कृति हो । पश्चिमा थारू समुदायमा ब्रत बस्दा खेरी अग्रासन छुट्याइन्छ र चेलीबेटीलाई दिने गरिन्छ । तर कतिपय ठाउँमा अटवारीमा दिने अग्रासनलाई बढी महत्वका साथ हेर्छन् । तर सबै ब्रतको अग्रासन उत्तिकै महत्वपूर्ण हुन्छ ।  अग्रासन भनेको धर्म, पुण्यसँग सम्बन्धित बस्तु हो । देवतालाई छुट्याइएको भाग, देवतालाई चढाएको त्यो प्रसाद खाएपछि शुभ हुन्छ, कल्याण हुन्छ, मनले सोंचेको कुरा पुरा हुन्छ भन्ने मान्यता र विश्वास थारू समुदायमा छ ।  अग्रासन भनेको धर्म, पुण्यसँग सम्बन्धित बस्तु हो । देवतालाई छुट्याइएको भाग, देवतालाई चढाएको त्यो प्रसाद खाएपछि शुभ हुन्छ, कल्याण हुन्छ, मनले सोंचेको कुरा पुरा हुन्छ भन्ने मान्यता र विश्वास थारू समुदायमा छ ।  तीर्थ गएकाहरु प्रसाद किनी ईश्वरमा चढाएर बचेका प्रसाद घर आएर जसरी ईष्टमित्र, चिनजान भएकालाई बाँड्छन् । जुन प्रसादको अवमूल्यन कसैले गर्दैन, गर्नु हुँदैन, गर्यो भने राम्रो हुँदैन भन्ने मान्यता छ ।  त्यसै गरी थारूहरुमा प्रायः सबै ब्रतमा अग्रासन निकाल्ने चलन छ । ब्रत उपवासमा खानु अगाडि हरेक ब्रतालु, ब्रतमा खाने सबै कुरा, एक टपरी वा भाँडोमा निकाली भगवानलाई चढाउँछन् र चढाइसकेपछि आफू खान्छन् ।  उनीहरु कृष्ण जन्म अष्टमीमा भगवान श्रीकृष्णको, अटवारीमा भीमको र अनत्तरमा अनन्त भगवान (बिष्णु) को ब्रत उपवास गर्दछन् । पूजा गर्ने आफ्नै तरीका छ । भाद्र कृष्ण अष्टमीमा भगवान श्रीकृष्णलाई, भाद्र शुक्ल पक्षको पहिलो अटवार (आइतवार) मा भीमलाई र भाद्र शुक्ल चतुर्दशी (अनत्तर) मा भगवान अनन्तलाई चढाएको प्रसाद नै अग्रासन हो, जुन अग्रासन चेलीबेटीको घरमा मुख्य पहुराको रुपमा जान्छ, जसको अवमूल्यन गर्नु हुँदैन, अवमूल्यन गर्दा राम्रो हुँदैन भन्ने मान्यता छ ।     नेपाली शब्दकोशमा अग्रासनको अर्थ “खानु भन्दा पहिले देवता र पितृलाई चढाइने खानेकुरा, देवताका लागि छुट्याइएको अगाडिको राशन भनिएको छ ।” त्यसै गरी हिन्दी शब्दकोशमा अग्रासनको अर्थ “देवता, ब्राह्मणको जीविका निर्वाह निकाला हुआ अन्न या भोजनका भाग” भनी अथ्र्याइएको छ । त्यसैले अग्रासन भनेको अग्र+राशन अर्थात् आफू खानु अगावै देवताको लागि अगाडि राखिएको राशन हो । जसको सेवनले चेलीबेटीको कल्याण हुन्छ, मनोकामना पुरा हुन्छ, उनीहरु दीर्घायु हुन्छन् ।  त्यति मात्रै होइन, अग्रासनको सम्बन्ध, चेलीबेटीको आफ्नै घर र लैहर (माइती) बिचको घनिष्टता तथा दाजु–भाई, दिदी–बहिनी, फूपू–भतिजको घनिष्ट मायाप्रेम र सम्बन्धसँग गाँसिएको हुन्छ । चेलीबेटी करोडपति किन नहोस्, माइती आएको बेला, उसका आमाबाबुले उसलाई दिने सय पचास रुपैयाँ उसको लागि महत्वपूर्ण हुन्छ । मायामा लटपटिएको त्यो सय पचास रुपैयाँ, उनको आफ्नो करोडौं रुपैया भन्दा कम महत्वको हुँदैन । त्यसैले होला, जब कृष्ण जन्माष्टमी, अटवारी, अनत्तर आउँछ, चेलीबेटीहरु माइतीको बाटो हेर्दै, कुर्दै बसेका हुन्छन् ।  अग्रासन सम्बन्धि केही सत्य घटना   एउटा घर थियो, जहाँ एक बाबुबाट १ दिदी र ४ भाई छोरा बस्दथे । उनीहरु ठूला भए, सबैको बिहाबारी पनि भयो । ४ भाई छोराहरुको विवाह नजिकैको गाउँबाट भएको थियो । चाडपर्व आउँदा एक परिवार अर्को परिवारसँग समय समयमा भेट हुन्थ्यो । अष्टिम्की, अटवारी, अनत्तर आउँदा समयमै अग्रासन पनि आउने गर्दथ्यो । यद्यपि अग्रासनको महत्व उनीहरुलाई थाहा थिएन । समयमा नपुग्दा बासी भात आयो भनी अवमूल्यन गर्दथे ।  दिदीको बिहा ५ घण्टा पैदल दूरीमा थियो, अग्रासन पुर्याउनै गाह्रो । विहे गरेको ४ वर्षसम्म अग्रासन दिन गए, पाँचौ वर्ष गएनन् । कृष्ण जन्माष्टमीदेखि अनत्तर ब्रतसम्म दिदी पर्खिन्, अग्रासन आएन । सम्पर्कको कुनै माध्यम थिएन, यसपाली भाईहरु किन आएनन्, उनलाई थाहा भएन । असह्य भएर उनी एक दिन माइती आइन् ।  उता भाईहरुका छोराछोरी अर्थात् भतिजा भतिजी खुशी भएर फुपू आइन्, फुपू आईन् भनी कराउन थाले । तर दिदीको अनुहार मलिन थियो, आँखामा मायाको आँसु छचल्किरहेको थियो । उनी कसैसँग नबोली, अनुमति नलिई मोटरी (आफ्नो सरसामानको पोको) काखीमा च्याप्दै माइती आफ्नो पनि घर हो भन्ने हक जटाउँदै घरभित्र पसिन् । भक्कानो छोडेर रुन थालिन् ।  आमा बुवा के भयो ? भनी सोध्न थाले । सासु ससुराले गाली गरे कि ! ज्वाईंले कुटपिट गरे कि ? के भयो, छोरी भन न ! किन रोएको ! हामी छौं, भन्न थाले । भाईहरु पनि सोध्न थाले, किन रोएको दिदी ? भन न । सासु ससुराले केही भने कि, भिनाजुले पिट्नु भयो कि ?  धेरै बेरपछि आफूलाई सम्हाल्दै रुँदै उनले प्रश्न गरिन्, यसपाली मलाई अग्रासन किन आएन ? जेठानी, देउरानीको अग्रासन पुग्यो, मेरो घरबाट किन पुगेन ?  भाईहरुले उत्तर दिए, ‘धेरैले बासी खानेकुरा दिन जान लागेको’ भनी गिज्याउन थाले । त्यसैले यसपाली दिन गइएन दिदी ।  दिदीले भनिन्, ‘वर्षमा एक दुई पटक ब्रत बस्छौ, दिदीको घरमा वर्षको एक दिन आउन गाह्रो हुन्छ है तिमीहरुलाई ! तिमीहरुलाई अग्रासनको महत्व अहिलेसम्म थाहा छैन है ! अग्रासन बासी भात होइन भाई ! यो भगवानको प्रसाद हो, यसमा दाजु–भाई, दिदी–बहिनीको माया लुकेको हुन्छ, सम्बन्ध गाँसिएको हुन्छ । जसका ब्रत उपवास बस्छौं, उनीहरुको कृपा मिसिएको हुन्छ । अरुको लागि जस्तो होस्, मेरो लागि अग्रासन महाप्रसाद हो, यसको ग्रहणले मलाई निकै शान्ति र सन्तुष्टी मिल्छ भाई । दिदी भन्दै गइन्, अग्रासन नपुग्दा मलाई मनमा अशान्ति हुन्छ, के के नपुगे जस्तो भान हुन्छ । दिदी भाईबिचको निर्मल, कञ्चन, सरस मायामा अपमान र विभेदको गन्ध महसुस हुन्छ । किन बुझ्दैनौ भाई चेलीबेटीको माया ?  दिदीको प्रश्नको बौछारले अन्तमा भाइहरुले गल्ती स्वीकार गरे, आगामी वर्षमा आउने बाचा गरे । यसरी दिदी खुशी भइन् भन्ने भनाइ छ ।   दिदी भन्दै गइन्, अग्रासन नपुग्दा मलाई मनमा अशान्ति हुन्छ, के के नपुगे जस्तो भान हुन्छ । दिदी भाईबिचको निर्मल, कञ्चन, सरस मायामा अपमान र विभेदको गन्ध महसुस हुन्छ । किन बुझ्दैनौ भाई चेलीबेटीको माया ?  त्यसै गरी एक गरिब घरकी छोरीको बिहे धनी घरमा भयो । बिहे अगाडि दाजु बहिनीबिच निकै प्रेम थियो । घरको गरिबीसँग दाजु, बहिनी मिलेर लड्थे । बिहे भएपछि केही वर्षमा बहिनीको आनीबानीमा परिवर्तन आयो ।  वातावरणले पनि मान्छेमा प्रभाव पर्ने रहेछ । सिधासादा मान्छेलाई कसैले ईज्जत, सम्मान दिन चाहँदैन । सुरुका वर्षहरुमा बहिनीले दाजुहरुसँग राम्रै ब्यवहार गर्थिन् । अग्रासन दिन जाने क्रम जारी थियो ।  तर केही वर्षपछि दाजु अग्रासन दिन जाँदा बहिनीको बानी ब्यहोरा परिबर्तन भएको पाए । दाजु आँगनमा पुगिरहेको बेला, बहिनी घर नजिकैको कुवामा थिइन् । दाजुलाई देख्दा देख्दै उनी घरभित्र पसिन् र अर्को ढोकाभित्र निस्किइन् । दाजु धेरै बेरसम्म छिरुवा (गोरु बाँध्ने, लडिया, डन्लप राख्ने घर) मा बसे । बहिनी निस्किनन् ।  यसरी दाजु निराश र दुःखी भए । मनमनै नआउनु पर्ने थियो, गल्ती गरियो, अब अग्रासन लिएर घर फर्किनु पनि राम्रो होइन, घरकाले के भन्लान् ? उनलाई पीर प¥यो । उनी मनमनै सोच्दै थिए, अब कसैलाई बहिनी मानेर दिनु पर्ला ।  दाजुले अग्रासनको भारी उठाएको बेला छिमेकमा रहेको बहिनीको साथीले कहाँ जान लागेको डाडु (दाजु) ? पानी खाएर त जानुस् भनिन् र पानी ल्याइदिइन् । सोधपुछ भलाकुसारी गरिन् । दाजुको मन पग्लियो, उनी खुशी भए । उनले भनिहाले आजदेखि तिमी मेरो बहिनी भयो, म तिमीलाई बहिनी मानें । यो अग्रासन लिएर जाऊ ।  त्यो अग्रासनले दाजु बहिनीको सम्बन्ध गाँसिदियो । दाजुले नयाँ आत्मीय बहिनी र बहिनीले दाजु पाइन् । धनी घरमा पुगेपछि, धनको घमण्ड गर्ने ज्वाईहरुको संगत र दवावले शायद बहिनी अग्रासनको महत्व नै बिर्सिन् । उनले बिर्सिन् कि धनले माया, ममता किन्न सकिन्न भन्ने कुरा । त्यसैले त उनी गरिब दाजुको बेवास्ता गरिन्, अपमान गरिन् । फलस्वरुप सहोदर बहिनीसँगको सम्बन्ध टुट्यो र पराया बहिनीसँगको सम्बन्ध कायम भयो । त्यसैले बुझ्न जरुरी छ कि ‘माया, ममता, मानवता धनले खरिद गर्न सक्ने चिज होइन ।’  त्यसैले सारमा के भन्न सकिन्छ भने हामी जानी जानी बेवास्ता गरेका पनि हुन सक्छौं, अन्जानमा यसको अवमूल्यन गरेका पनि हुन सक्छौं वा कार्य ब्यस्तताका कारण बिहा भएका आफ्ना फुपु, दिदी, बहिनी, छोरी, भतिजी, नातिनीको घरमा अग्रासन दिन जान नसकेका पनि हुन सक्छौं । त्यो हाम्रो कमजोरी हो । तर अग्रासन भनेको जसको हामी पूजा, उपासना गर्दछौं, कुनै कामना गर्दै ब्रत उपवास बसेका हुन्छौं, खाने समयमा ब्रतालुले उपभोग गर्ने हरेक चिज बस्तु तिनै आराध्य देवदेवी (कृष्ण, भीम, अनन्त आदि) का लागि छुट्ट्याएर अगाडि पट्टी राखिएको खानेकरा÷प्रसाद हो ।  अग्रासन भगवान÷देवदेवीको कृपा, दाजुभाई, आमाबुवा, परिवारका अन्य सदस्यहरुको माया लुटपुटिएको खाद्य बस्तु हो, जो चेलीबेटीहरुलाई उपहारको रुपमा दिने गरिन्छ । चेलीबेटीहरुका लागि यो अति महत्वपूर्ण पहुरा, उपहार हो, जसलाई सामान्य खाना, खानेकुरासँग दाँज्न मिल्दैन । यसलाई बासी खानेकुरा भनी अवमूल्यन गर्नु हुँदैन । अग्रासन दाजुभाई, दिदी बहिनी, माइती र चेलीबेटीबिच घनिष्ट सम्बन्ध बनाउने भरपर्दो माध्यम हो । लैहर (माइती) र ससुराल (घर) को प्रेमयुक्त सम्बन्ध जोड्ने सेतु हो । यसलाई निरन्तरता दिनु तपाईं हामी सबैको कर्तव्य हो ।   

जाँड, रक्सी पिए बिग्रेकी महिला, अनि पुरुष.... ?

जाँड, रक्सी पिए बिग्रेकी महिला, अनि पुरुष.... ?

१५१७ दिन अगाडि

|

१८ भदौ २०७९

                                                                                                                                             स्केचः देव कोइमी महिलालाई परापूर्व कालदेखि नै कुनै न कुनै रूपमा समाजले हस्तक्षेप गर्दै आएको छ । कहिले पोसाकलाई लिएर चरित्रमाथि औला उठाएको छ, कहिले महिला भएर धेरै बोल्नु हुँदैन भनेर वाक स्वतन्त्रता समेत हनन गरेको देखिन्छ । महिलाको इतिहास हेर्ने हो भने सङ्घर्षले भरिएको छ ।  पाँच पाण्डवको एकल पत्नी बनेकी द्रौपदीको दर्दनाक इतिहास साक्षी नै छ र उनलाई पाण्डवहरूले जुवामा हारेको समेत पुरुषवादी सत्ताको अहङ्कार सबैलाई ज्ञात नै छ  । महिलाहरू परापूर्व कालदेखि कुनै न कुनै रूपमा आफ्ना इच्छालाई दबाएरै बसे ।  पुरुष सत्ताले बनाएको कुसंस्कार र कुप्रथालाई अहिले पनि महिलाहरूले स्विकारिरहेका छन् । यदि महिलाले इच्छा व्यक्त गरी भने उसलाई पुरुष सत्ताले दबाएर, तँ महिला होस्, यो तेरो काम होइन भनेर अहिले पनि स्वतन्त्रता हनन गरिरहेकै छ  ।  पुरुषलाई नै आफ्नो पालनकर्ता मान्ने र पुरुषमा निर्भर हुने महिलाहरूको परनिर्भरता अहिले पनि कायमै छ । भात, भान्सा सन्तानको हेरचाहमा मात्र समय खर्चिने महिलाहरू असक्षम हुन् भनेको होइन । घर, परिवारको दायराभन्दा बाहिर पनि संसार छ । त्यो संसारसँग परिचित हुँदै निर्धक्क रूपमा पुरुष सरह समानताको अनुभूति गर्न सके भने मात्र सम्पूर्ण महिला स्वतन्त्र भएको मान्न सकिन्छ ।   तीजमा महिलाहरूले नृत्य गर्दै गरेको  एउटा भिडियो भाइरल भएको थियो । यो हाम्रो संस्कृति होइन । चाडपर्वको नाममा सरासर विकृति हो । यस्तो नृत्य गर्नेलाई कारबाही गर्नुपर्छ । यो कुकुर डान्स हो, कति धेरै हल्लाएको ?आदि ।  महिला शारीरिक संरचना प्राकृतिक रूपमा नै पुरुषभन्दा फरक छ । नृत्य गर्दा महिलाको छाती हल्लिनु स्वाभाविक हो । किन हल्लाएको ? कसरी हल्लाएको आदि, इत्यादि टिप्पणी गर्नु उचित होइन ।  महिलाहरू निहुरेर नृत्य गर्दैमा कुकुरसँग तुलना गर्न मिल्छ र ? महिलाले कस्तो नृत्य गर्नुपर्छ भनेर पुरुषहरूसँग अनुमति लिनुपर्ने हो ? महिलाहरू निहुरेर नृत्य गर्दैमा कुकुरसँग तुलना गर्न मिल्छ र ? महिलाले कस्तो नृत्य गर्नुपर्छ भनेर पुरुषहरूसँग अनुमति लिनुपर्ने हो ? परम्परावादी विरह, वेदनाले भरिएको र पुरुषको गुणगान गरिएको गीतमा नृत्य गर्दा आहा, कति शालीन महिला भनेर प्रशंसा गर्नेको जमात नै छ यहाँ । तर ती परम्परावादी गीतमा नृत्य गरेर आफूलाई प्रत्यक्ष रूपमा पितृसत्ताको दास बनाइरहेको कुरा महिलालाई ज्ञात छ कि छैन ?  पुरुषले दिएको दासत्वको चिनो रातो सिन्दुर, पोते र चुरा लोग्ने बाँचुन्जेल लगाउनुपर्ने ।  दासत्वको चिनो दिएर पुरुषले आफ्नो सत्ता कब्जा गरेर राखेका छन् भनेर महिलाहरूले बुझेका छन् कि नाइँ ?  लोग्नेलाई भगवान्को रूपमा पूजा गर्नुपर्ने, त्यसमाथि लामो आयुको लागि निवाला व्रत बस्नुपर्ने, गोडाको पानी खानुपर्ने । अरूको चेलीलाई आफ्नो घरमा भित्र्याएर गोडाको पानी खुवाउन लगाउनु कहाँको न्याय हो ? यो कस्तो संस्कृति हो ?   बिहेमा सँगै जिउने र मर्ने कसम खाने अनि लामो आयु पुरुषलाई मात्र चाहिने र ?  यसको अर्थ के हो ? अरुकी चेली मरे पनि भो । पुरुषले आजसम्म स्वास्नीको लागि व्रत बसेको कुनै पनि उदाहरण छैन । यसमा महिलाहरू हामीलाई पनि लामो आयु चाहिन्छ भनेर किन विरोध गर्दैनन् ? यहीबाट यो कुरा झल्किन्छ कि पुरुष सत्ताको बागडोर पुरुषले आफ्नो हातमा लिएर महिलामार्फत् आफ्नो सताको उत्तरदायित्व सम्हालिरहेको छ । आखिरमा बयलगाडा गोरुले घचेटिरहेको हुन्छ तर गन्तव्यमा पुग्ने भनेको बटुवा न हो ।  तीजको नृत्य हेरेर कतिको के आरोप थियो भने महिलाहरू मदिरा सेवन गरेर मात्तिएर नृत्य गरेका हुन् । वर्षैभरि घर, धन्दामा व्यस्त महिला तीजको दरमा मदिरा सेवन गरी त के बिराई ?  हो, मदिरा सेवन गर्नु भने गलत हो ।  हाम्रो समाजमा ९० प्रतिशत पुरुष मदिरा सेवन गर्छन् । मदिराको लत लागेका पुरुषहरूले पुर्ख्यौली सम्पत्ति बेच्दै पिइरहेको उदाहरण हाम्रै गाउँ समाजमा छ । मदिरा सेवन गर्नका लागि पुरुषले पुरै सम्पत्ति सखाप पारेको कयौँ जीवन्त उदाहरण छन् । त्यही पुरुषसँग जीवन बिताउन हाम्रै आमा र दिदी, बहिनीहरू बाध्य छन् । मदिरा सेवन गरेका लोग्नेमार्फत राति राति स्वास्नी कुटिएको प्रत्यक्षदर्शी तपाईं हामी नै हौँ  ।   पुरुषले पनि मदिरा सेवन गर्नु हुँदै हुँदैन भनेर किन महिलाहरूले विरोध गर्न सकेका छैनन् आजसम्म ? महिलाले मदिरा सेवन गरेको पुरुषले हेर्न नसक्ने अनि मदिरा सेवन गर्ने त्यही पुरुषलाई जीवनसाथी स्वीकारेर महिला बस्नुपर्ने  ?  मदिरा सेवन गरेर पुरुषहरू अहिले पनि खेतको आली, गाउँको डगहर, सहरको सडकको पेटीहरूमा लडिरहेका हुन्छन् । कुकुर जसरी बाटोघाटोमै सुतिरहेका हुन्छन् तर उसलाई किन मदिरा सेवन गरिस् रु तेरो चरित्र ठिक छैन भनेर औँला ठड्याउने र टिका टिप्पणी कसैले गर्दैन किन ?  यदि महिलाले त्यस्तो गरेको भए, सबैभन्दा पहिला उसको चरित्रमाथि औँला ठड्याउँदै, तेरो चरित्र ठिक छैन भन्ने आरोप लाग्थ्यो ।  मदिराको सेवनबारे वकालत पुरुष र महिला दुवैको हकमा लागू हुनुपर्छ  । पुरुषको लागि सही र महिलाको लागि गलत हो भन्नु पितृसत्ताको कलङ्क महिलामाथि थुपार्नु मात्र हो ।  हो मदिरा सेवन गर्नु गलत हो । स्वास्थ्यको लागि हानिकारक हो । तर यदि कसैले लत नलाग्ने गरी, घरवार र सम्पत्ति बर्बाद नपार्ने गरी र आफ्नो स्वास्थ्यलाई समेत ध्यानमा राखेर कहिलेकाहीँ औषधीको रूपमा चाडबाडमा मदिरा सेवन गर्छ भने त्यसलाई बहसको विषय बनाइनु, टीका टिप्पणी र आलोचना गर्नु सही होइन । मदिराको सेवनबारे वकालत पुरुष र महिला दुवैको हकमा लागू हुनुपर्छ  । पुरुषको लागि सही र महिलाको लागि गलत हो भन्नु पितृसत्ताको कलङ्क महिलामाथि थुपार्नु मात्र हो ।  आजबाटै नयाँ सोचको सुरुवात गरौँ । आफूलाई गलत लागेको संस्कृति र दमन गरेको अनुभव हुने बित्तिकै खुलेर विरोध गरौँ । हामी आफ्नो पुस्तालाई परिवर्तन नगरे आगामी पुस्तालाई कसरी अनुहार देखाउने ? कुप्रथाहरू भावी पुस्ताको टाउकोमा नथुपारौँ । रातोपाटीबाट

के थारू समुदाय नयाँ शक्तिको बीउ बन्न सक्छ ?

के थारू समुदाय नयाँ शक्तिको बीउ बन्न सक्छ ?

१५२० दिन अगाडि

|

१४ भदौ २०७९

सीएन थारू र आरके तामाङ २०७२ साल भदौ ७ गते भएको टीकापुर विद्रोह  भन्दा १२७ वर्ष पहिले विस १९४५ सालमा बरमझियाका भोलानाथ थारुले तत्कालीन राणा शासकले लादेको अत्यधिक करविरुद्ध विद्रोह गर्दा झुण्ड्याएर मारिएका थिए। उनीजस्तै बर्दियाका राधाकृष्ण थारुले कनरा विद्रोह गरेका थिए भने गुमरा थारुहरुले बेथबेगारी विरुद्ध विद्रोह गरेका थिए। राज्य औपनिवेशिकता विरुद्ध राज्यविहीन राष्ट्रहरुको यस्तो अनेकन नाम–रुपको ऐतिहासिक विद्रोहहरुमा राज्य प्रायोजित हिंसाको सिकार भएर कति मारिए इतिहासमा उल्लेख छैन। नेपाली इतिहासले उनीहरुको गाथा जानाजान मेटाउन चाहिरहेको छ तर जनताको स्मृति र कथाहरुमा ती बाँचिरहेका छन्। आधुनिक नेपाली राज्यको अवधारणा भित्रबाट हेर्दा नागरिकताको कागज पाए पनि उनीहरुलाई विसं १९१० को मुलुकी ऐनले करार गरेको मासिन्या मतवालीको दर्जामा राखेको थियो। औलोसँगै थारु उन्मूलन मुलुकी ऐन १९१० बन्दा गोर्खाली शासकहरुले पहाडको ठूलो जनसङ्ख्या भएको तामाङ र तराईको ठूलो जनसङ्ख्या भएको थारुहरुलाई मासिन्या मतवालीको दर्जा दिए। पहाडका तामाङ राष्ट्रलाई मासिन्या मतवाली करार गरिनु पर्ने विषयमा राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तान तीन मुख्य कारण पेस गर्दछन्– (१) भू–सामारिक रुपले तामाङहरुले हिन्दू अधिराज्यको शक्तिकेन्द्र काठमाडौं उपत्यकालाई चारै तिरबाट घेरेको हुनु, (२) पहाडी हिन्दु मान्यता अनुसारको पवित्र जनावर गाई सेवन गर्नु (३) विश्वदृष्टिकोणको रुपमा बौद्ध धर्मलाई अँगालेको एक मात्र ठूलो जनसंख्या हुनु। (कार्यपत्रः किन भयो तामाङ प्रथम राष्ट्रमाथि धेरै प्रहार ? एक सार दृष्टिकोण, २०७५ पुस २६)  मुलुकी ऐन १९१० बन्दा गोर्खाली शासकहरुले पहाडको ठूलो जनसङ्ख्या भएको तामाङ र तराईको ठूलो जनसङ्ख्या भएको थारुहरुलाई मासिन्या मतवालीको दर्जा दिए।  थारुको सन्दर्भ भने उन्मूलन नै प्रमुख कारण थियो। तराई मधेशको पूर्वदेखि पश्चिमसम्म ऐतिहासिक कालदेखि विशेषतः चुरे दक्षिणको क्षेत्र र त्यहाँका विशाल उपत्यकाहरु आवाद गरी बसेका थारुहरुको उब्जाउ फाँटहरुमा गोर्खालीहरुको गिद्धे नजर परेको थियो। सैनिकहरुलाई जितेको जमिन बाँड्दै अघि बढेका गोर्खाली शासकहरु विस १८१६ को सुगौली सन्धिपछि रोकिए र बाँड्ने नयाँ जमिन पाएनन्। यसरी नयाँ जमिनको खोजीमा तराई मधेशका थारु लगायत अन्य स्वदेशी राष्ट्रियताहरुको जमिन विर्ता, रकम तथा जागिरको नाममा बाँड्ने काम भयो। यसबाट लाभान्वित पहाडी शासकहरु मौसमी लाभ बुझ्न मात्र जान्थे। उनीहरुलाई त्यहीँ टिकिरहन औलोले रोकेको थियो।  विस २००४ सालमा नेपाललाई संस्थागत विकास सिकाउन स्थापित अमेरिकी संस्था यूएसओएमले गार्खाली शासकहरुको थारुको जग्गा हडप्ने महत्वकांक्षामा सहयोगी भूमिका निर्वाह गरे। गोर्खाली राज्यले विस २००८ सालमा बनाएको पहिलो प्राथमिकताको राष्ट्रिय योजना नै औलो उन्मूलनलाई दिनुले यही तथ्यलाई पुष्टि गर्दछ। जसै रापती दुनमा विस २०१३ सालमा औलो उन्मूलन भएको घोषणा गरियो, गोर्खाली राज्यले योजनावद्ध ढङ्गमा जग्गा दिएर सामूहिक बसाइँसराइ गरे। पहाडियाहरु झरेपछि थारु उन्मूलन परियोजना सुरु भयो, थारुहरुको भूमि अब गोर्खाली राज्यका प्रशासनिक अड्डा भए, थारुहरुका सामूहिक वन तथा चरण क्षेत्रहरु गोर्खालीहरुको राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र वा सामुदायिक वन भए। उनीहरुले बाँचेका जीवन विदेशीहरुलाई देखाउने चटक भयो। उनीहरु आफ्नो भूमिमा थारु भएर बाँच्नु नै अपराधीकरणको द्योतक बन्न पुग्यो।  यसरी रापती दुनका चित्वनिया, मडियारा, बेलौढिया, टाँर र लल्पुरिया थारुहरुले आवाद गरेको  भूमिमा हजारौ वर्ष रहँदा विकास गरेका मौजा, पर्गन्ना र गादी चौरासीको अर्थराजनैतिक व्यवस्था र स्वदेशी ज्ञान समाप्त पार्ने काम भयो। थारु राष्ट्रलाई सञ्चालन गर्ने महतो, चौधरी र जमिदारहरुलाई आधुनिक ज्ञानको आधारमा सामन्ती करार गरेर समाप्त पारिए। यसरी आफ्नो स्वदेशी ज्ञानबाट विच्छेद भएका रापती दुनका थारुहरुलाई आज पहाडियाहरुले सीमित क्षेत्रमा थुनेर शासन गरिरहेका छन्। लोकतन्त्र स्थापनापछि यसको विरुद्ध आवाज उठाउँदा पनि २०६५ फाल्गुन २२ गते कमल चौधरी लगायतलाई मारेर राज्यले बन्दुक मार्फत कायम राखेको थारु उन्मूलन परियोजनालाई निरन्तरता दिने काम गरेको छ।  विकासको नाममा थारु उन्मूलन मासिन्या मतवाली परियोजनाबाट बचेका बर्दियाका थारुहरुले विस २०१५ सालमा राधाकृष्ण थारुको नेतृत्वमा कनरा  (पहाडियाहरु कन्दरा भन्दछन्) विद्रोह गरे, जसमा सात जना थारुहरुलाई मारियो। लगत्तै २०१६ साल साउनमा दाङ उपत्यकाका थारुहरुले  बेठबेगारी प्रथाका विरुद्ध विद्रोह गरे। थारु किसानहरुलाई सित्तैँमा काम लगाउने उक्त प्रथाको विरुद्ध भएको विद्रोहमा गुमराह थारु लगायत मारिए। नेपालका कम्युनिस्टहरु उक्त विद्रोहलाई किसान विद्रोह भनि आफ्नो दाबी गर्दछन तर थारुहरु यो मान्न तयार छैनन्। विद्रोह दबाउन राज्यले यति धेरै बल प्रयोग ग¥यो कि विद्रोहपश्चात ठूलो मात्रामा  दाङका थारुहरु बसाइँ सरेर बुर्हान  अर्थात् वर्तमानको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरतिर लागे। राज्यको हिंसा सहन नसकेर भाग्ने क्रम विस २०२८ सालसम्म कायम रह्यो।  यसरी आफ्नै प्रयत्नहरुबाट भइरहेको थारुहरुको प्रतिरोधलाई नेपालका राजनीतिक दलहरु, कांग्रेस र कम्युस्टिहरुले अत्यन्तै धेरै दुरुपयोग गरे। थारुहरुको राज्यप्रतिको असन्तुष्टिलाई यी दुई शक्तिहरुले आफ्नो राजनतिक लाभको लागि उपयोग गर्ने तर उनीहरुलाई भने कमैया प्रथा भएको समुदायको रुपमा चित्रित गर्ने काम जारी राखे। थारुहरुले आफ्ना खेतहरुमा सहयोग गर्न राखेका सहयोगीहरुलाई पहाडियाहरुको अतिक्रमणसँगै बसाइँ सरेर आएका पहाडियाहरुले कमाराको रुपमा राख्न गाउँँभन्दा बाहिर बस्न दिने र घरको काम लगाउने परम्परा कमैया प्रथा थियो। कमैया मुक्तिको नाममा थप थारुहरुमाथि उत्पीडन थोपर्ने काम भयो। जसले थारुहरुको शिर झुकाउने तर पहाडिया ठकुरी र राणा साहेबहरुको शासन टिकाउने काम भयो। पछि कम्युनिस्टहरुले थारु राष्ट्रिय मुक्ति आन्दोलनलाई वर्गीय आन्दोलनको लोभमा भरपुर उपयोग गरे। कमैया मुक्तिको नाममा थप थारुहरुमाथि उत्पीडन थोपर्ने काम भयो। जसले थारुहरुको शिर झुकाउने तर पहाडिया ठकुरी र राणा साहेबहरुको शासन टिकाउने काम भयो। पछि कम्युनिस्टहरुले थारु राष्ट्रिय मुक्ति आन्दोलनलाई वर्गीय आन्दोलनको लोभमा भरपुर उपयोग गरे। राजा–कांग्रेस–कम्युनिस्टको शक्ति सघंर्ष र पछि सबैभन्दा ज्यादा माओवादीहरुले जनमुक्ति सेनाको रुपमा उपयोग गरे। आजपर्यन्त आधुनिकता, लोकतन्त्र र विकासको नाममा विश्वभर राज्यविहीन राष्ट्रहरुमाथिको राज्य औपनिवेशिकता र विस्तारलाई नै वैधता दिँदै आएको परिप्रेक्ष्यमा नेपालका आधुनिक राजनीतिक दलहरु र ती दलका सम्भ्रान्तहरुको राजनीतिक स्वार्थ पुरा गर्ने औजारको रुपमा उपयोग हुँदै आएका यथार्थमाझ थारू लगायत नेपालका राज्यविहीन राष्ट्रहरुले ऐतिहासिक विद्रोहको लामो फेहरिस्त सहित आफ्नै नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति प्रारम्भ गर्नु लोकतन्त्रको निमित्त सुखद पक्ष हो।  अबको बाटो  अब के गर्ने भन्ने सवालमा जन–संवाद गर्नको निमित्त हालसालै राष्ट्रिय सीमान्तीकरण विरुद्ध अभियान नेपाल (समान–नेपाल) को टोलीले पूर्वको मोरङ्गिया थारुदेखि पश्चिम धनगढीको राणा थारुहरुका बौद्धिक अभियन्ताहरुसँगको संवाद गरेको थियो। यो यात्रामा दुई कुराहरु प्रष्ट पाइयो। पहिलो, नेपालका कम्युनिस्ट र कांग्रेसले थारुहरुसँग झुटा बाचा गरेर उनीहरुको राष्ट्रिय मुक्तिको सपनाको भरपुर उपयोग गरे तर बदलामा थारुहरुले केही नपाएको महसुस गरिरहेका छन्। दोश्रो, आफ्नो राष्ट्रिय मुक्तिको मार्ग आफैँ तय गर्नु पर्ने महसुस गरिरहेको पाइयो। तर टीकापुर विद्रोहमा संलग्नमध्ये एक दिनेश थारुले गरेको प्रश्नले सबैलाई झस्काइरहेको छ। उनको प्रश्न थियो, ‘राष्ट्रिय मुक्ति आन्दोलन या वैकल्पिक शक्ति निर्माण गर्ने हो भने त्यसको वैचारिकता के होर ? कुन ज्ञानको आधारमा संगठन निर्माण र नेतृत्व विकास गर्नेरु वर्तमानको वैचारिक अस्पष्टता सहित कसरी कैकल्पिक शक्ति निर्माण होलार ?’ वैकल्पिकताको वकालत गर्दै नयाँ शक्ति बनाउन हिँडेका बाबुराम भट्टराई पुनः पुरानै घर फर्किरहेको परिवेशमा यो प्रश्न नेपाली मात्र हैन विश्व राजनीतिक व्यवस्थाभित्र आफैमा यक्ष प्रश्न बनेर उभिएको छ।  सामन्तवाद र पछिल्लो समय पुँजीवादी साम्राज्यवाद विरुद्ध उत्पीडित वर्गले मात्र संघर्ष गरेको थिएन बरु उत्पीडित राष्ट्रहरुले पनि संघर्ष गर्दै थियो। उत्पीडित वर्गको निमित्त लोकतन्त्र भनेको समाजवादी क्रान्तिबाट मात्रै सम्भव थियो भने उत्पीडित राष्ट्रहरुले राष्ट्रिय मुक्ति क्रान्तिको धार विकास गरेका थिए। रुसी समाजवादी क्रान्तिमा राष्ट्रिय मुक्ति क्रान्ति पुरै समायोजित भएको थियो। विश्वका समाजवादी आन्दोलनहरु उत्पीडित वर्गको निमित्त भनिएको थियो तर ती आन्दोलनहरुको नेतृत्वमा शिक्षित बुर्जुवाहरु थिए। क्रान्ति पुरा भएपश्चात त्यो वर्गले नेतृत्व तहमा न सच्चा उत्पीडित वर्गलाई स्थापित हुन दियो, न त कुनै उत्पीडित राष्ट्रलाई नै। उनीहरुले नयाँ शासकको रुप धारण गर्दै आए। राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तान विश्वमा भएका सम्पूर्ण कम्युनिस्ट विद्रोहहरुमा मूलवासीहरुको पुरै समर्पण रह्यो। उनीहरुले पनि वैज्ञानिक समाजवादलाई आफ्नो लक्ष्य मान्दै युद्धहरुमा ज्यान दिए। तर, विश्व प्रणालीभित्र कम्युनिस्टले भन्दै आएको जस्तो समाजवादी व्यवस्था कहिल्यै भएन। रुस र चीन समेत समाजवादको नाममा कम्युनिस्ट पार्टीको लाल–नोकरशाही नियन्त्रण भएको राज्य पुँजीवाद बन्यो। कम्युनिस्ट लाल–नोकरशाही शासन मूलबासी शक्तिको निमित्त हिजोको सामन्त, फासिस्ट, बुर्जुवा पुँजीवादी तथा साम्राज्यवादीहरु जत्तिकै दमनकारी, शोषक र औपनिवेशिक शक्तिको रुपमा देखा परे। नेपालको राजनीतिक इतिहासको दृश्य पनि यसभन्दा फरक रहेन।  चुनावी कि राजनीतिक निकास ? सन् १९७० ताका नै अमेरिकादेखि पपुवा न्युगिनीसम्म लोकतन्त्रले सामना गर्नु परेको नयाँनयाँ संस्थागत र व्यावहारिक चुनौतीहरु नेपाली राज्यले पहिलो पटक वि।स। २०४७ पछि आंशिक र वि।स। २०६२, ६३ पछि व्यापक रुपमा सामना गर्नु पुग्यो। लोकतन्त्र स्थापनापछिको एक समय त यस्तो पनि देखियो कि थारु लगायतका राष्ट्रियताहरुले अगाडि बढाएको आन्दोलनले लिम्बुवान र थरुहटमा समानान्तर संरचनाहरु बनाएर जनतामा एक किसिमको मुक्त क्षेत्र जस्तो स्वशासनको अनुभूतिसम्म दिलाए। अन्ततः परिवर्तनलाई दोश्रो संविधान सभा मार्फत यसरी उल्ट्टयाइयो कि हिजोका क्रान्तिका नेताहरु आज सांसद हुन यही संविधानलाई अँगाल्दै गई रहेका छन्। पश्चगामी तथा यथास्थितिवादी शक्तिहरु निर्वाचन मार्फत यसको निकास खोजिनु पर्ने वकालत गर्दैछन्। तर के निर्वाचन र वर्तमानको संविधानले टीकापुरका दिनेश थारु लगायतका मुक्तिको राजनीतिक आकांक्षालाई सम्बोधन गर्न सक्छ ? निर्वाचनले २०७२ ले कोरेको संवैधानिक शक्ति संरचनालाई अझ मजबुत बनाउँछ तर, यस्ता समूहहरुले स्वामित्व ग्रहण नगरेको संविधान कति दिन टिक्ला भन्ने सवाल पनि छ। उनीहरु सही विचार, नेतृत्व र योजनाको पर्खाइमा छन्। यही अभावमा टेन्डर भर्न हिँडेका रवि लामिछानेहरुसँग थारु लगायत नेपालका राज्यविहीन राष्ट्रहरुको मुक्तिको योजना छैन। विश्वव्यापी रुपमा भइरहेको शक्ति संरचनाको फेरबदललाई हेर्ने हो भने वर्तमानको सातौँ संविधान पनि लामो समय टिक्ने सम्भावना देखिन्न। यसबीचमा थारु लगायतका  आदिवासी राष्ट्रियताहरुले प्रष्ट विचार, जोखिम मोल्न सक्ने साहसी नेतृत्व र रणनीतिक व्यवस्थापन सहित योजनाबद्ध आन्दोलन उठान गर्ने हो भने उक्त संवैधानिक शक्ति संरचनामा उनीहरुले पनि नयाँ शक्तिको हैसियत पाउने निश्चित छ। नेपालखबरबाट