पूर्ण समानुपातिक निर्वाचन प्रणालीः अहिलेको आवश्यकता

पूर्ण समानुपातिक निर्वाचन प्रणालीः अहिलेको आवश्यकता

१३०४ दिन अगाडि

|

१६ कात्तिक २०७९

 नागरिक उन्मुक्ति पार्टीको ७ खम्बा

 नागरिक उन्मुक्ति पार्टीको ७ खम्बा

१३०९ दिन अगाडि

|

१२ कात्तिक २०७९

कन्हैलाल चौधरी जसरी काँग्रेसको सिद्धान्त भन्नु पर्दा हामीले वीपीको समाजवाद भनेर संस्मरण गर्छौं, एमालेको मार्क्सवाद र लेनिनवादको साथमा मदन भन्डारीको जनताको बहुदलिय जनवाद (जवज) भनेर बुझ्ने गर्छौं । त्यसै गरी नेपाल कम्युनिष्ट पार्टी माओवादीको सिद्धान्त भन्नु पर्दा माओवाद अर्थात् साम्यवाद भनेर सामान्य तया अर्थ्याउने गर्छौं । (उहाँहरूले भनेअनुसार लागु नहुनु उहाँहरूको कमजोरी हुन सक्छ ।) यी त भए दशकौं पहिले अस्तित्वमा आएका बिदेशी र नेपालीहरूको परम्परागत सोचाईहरूमा आधारित पुराना पार्टीहरू । अहिले नेपालमा खोलिएका थुप्रै नयाँ पार्टीहरूमध्ये छोटो समयमा जनता बिच नचिताएको लोकप्रियता हासिल गर्न सफल एक मात्र पार्टीको नाम हो “नागरिक उन्मुक्ति पार्टी” । जुन पार्टी गत वर्ष  २०७८ पुस ९ मा  औपचारिक रूपमा स्थापना भएको थियो । यो पार्टीको समष्टिगत सिद्धान्त भनेका सुशासन, समृद्धि र पहिचान हो, जुन जहिले पनि राष्ट्र, राष्ट्रियता र नागरिकप्रति समर्पित छ।  सुशासन  सुशासन अन्तर्गत न्याय, समानता र अधिकार प्रत्यायोजन गर्ने प्रमुख निकायहरू कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिकाहरूको लोकतान्त्रिक पद्धतिअनुसार ब्यवाहारिक  कार्यान्वयन यसका प्रमुख पक्षहरू हुन् । जसले नेपालमा बसोबास गर्ने  जातजाति, धर्म, लिंग र भौगोलिक अवस्थितिअनुसार अस्तित्वमा रहेका सम्पुर्ण नागरिकको रक्षा गर्दछ । यसको व्याख्या विस्तृत रुपमा पछि गरिने छ । समृद्धि  नागरिक उन्मुक्ति पार्टीको अर्को सिद्धान्त भनेको समृद्धि रहेको छ । नेपालमा खोलिएका पुराना पार्टीहरू जहिले पनि मनोगत सैद्धान्तिक विषय बस्तुहरूमा बाझाबाझ गर्ने, कसैले मेरो विचार राम्रो त कसैले उसको बिचार गलत भन्दै एक अर्कालाई दोषारोपण गर्दै समय बर्वाद गरेको देखिन्छ।  कसैले युरोपको सिद्धान्त राम्रो भन्दै अंगिकार गरे त कसैले अमेरिकाको सिद्धान्त राम्रो भने, कसैले माओको सिद्धान्त राम्रो भने त कसैले रूसको । तर, यी बिविध सिद्धान्तमा अल्झेर देशको समृद्धि  चाहीं हाता लाग्यो शुन्य ।  त्यसैले यी समग्र सिद्धान्तहरूको परिमार्जित र एकिकृत रुप, हाम्रो राष्ट्र सुहाउॅंदो, हाम्रा नागरिकहको पक्षपाती, सम्पूर्ण नागरिक र समस्त मानव जगतको भलाई हुने, देशमा अमन चयन शान्ति र समृद्धि  स्थापना गर्ने समष्टिगत कार्य नै नागरिक उन्मुक्ति पार्टीको सैद्धान्तिक बिचार रहेको छ ।  नागरिक उन्मुक्ति पार्टीले बिचारको मात्रको सिद्धान्त भन्दा ब्यवहारिक पक्षलाई बढी महत्व दिई लोकतान्त्रिक पद्धतिलाई आफ्नो सिद्धान्तको रूपमा अंगिकार गरेको छ । जस अन्तर्गत  स्वास्थ्य, शिक्षा, रोजगारी, भौतिक पूर्वाधार (खानेपानी, सिंचाई, बाटो घाटो ईत्यादि), जहाँ सबै नागरिकको समान सहभागिता, उत्तरदायित्व र उपभोग रहोस् ।  पहिचान नागरिक उन्मुक्ति पार्टीको अर्को सैद्धान्तिक पक्ष भनेको पहिचान रहेको छ । नागरिक उन्मुक्ति पार्टीले राष्ट्र र राष्ट्रियतालाई नै पहिचानको रुपमा ब्याख्या र विश्लेषण गर्दछ । नेपालमा सबै भन्दा नबुझिएको बिषय नै पहिचान हो । अहिलेसम्म पहिचानलाई कसैले पनि सहि तरिकाले व्याख्या विश्लेषण गर्न सकिरहेका छैनन्।  पहिचान अर्थात आईडेन्टिटी भन्ने बित्तिकै हामी नेपाली भएको नाताले विश्वमान चित्रमा हामी हाम्रो देश नेपालको नाम सम्झन्छौं । यदि नेपाल भन्ने देश नभएको भए के सम्झिने, हाम्रो पहिचान के हुने ? एक क्षण कल्पना गर्रौं त ?  नेपाल भन्ने वित्तिकै सम्झिने अन्य पक्षमा हिमाल, पहाड, तराई, नदीनाला, शान्तिका अग्रदुत भगवान वुद्ध, लुम्विनी, पशुपतिनाथ, स्वयम्भुनाथ लगायत, नेपाल सम्वत, भाषा साहित्य, संस्कृति, भेशभुषा खानपान, हाम्रो प्राविधिक ज्ञानहरूले नै हाम्रो पहिचान झल्काउने गर्छ ।  हाम्रो देशमा   १२५ जातजातिको जातजातिहरूको बसोवास रहेको छ ।  सबै  जातजातिको साझा थलो हो नेपाल । यी सबै जातजातिहरू एउटै मालामा जोडेर राख्ने कसरी त ? यी कुराहरूको पहिचान गरी त्यसलाई राष्ट्र र राष्ट्रियतासॅंग कसरी जोडन सकिन्छ र नेपाललाई विश्व सामु एक शान्त र समृद्ध राष्ट्रको रुपमा कसरी परिचित गराउन सकिन्छ ? भन्ने प्रश्नको सरलीकृत सामाधान र त्यसको ब्यवस्थापन गर्ने ब्यवहारिक पक्ष नै नागरिक उन्मुक्ति पार्टीको अर्को प्रमुख सिद्धान्त रहेको छ ।  त्यसकारण पहिचानका ७ खम्वाहरू भनेर हामीले भाषा तथा साहित्य,  खास गरी नेपालमा अस्तित्वमा रहेका सम्वतहरू, संस्कृति, भेसभुषा, खानपान, परम्परागत प्राविधिक ज्ञान तथा भूगोललाई लिएका छौं । (विस्तृत अर्को लेखमा) लेखक नागरिक उन्मुक्ति पार्टीका लुम्विनी प्रदेश संयोजक हुन्  

नेवार समुदायमा किन मनाइन्छ म्ह पूजा ?

नेवार समुदायमा किन मनाइन्छ म्ह पूजा ?

१३१३ दिन अगाडि

|

८ कात्तिक २०७९

आर. मानन्धर देवी–देवताको पूजा गर्ने परम्परा त जहाँ पनि होला । तर आफ्नै शरीरलाई पूजा गरेर धुमधामसँग पर्व मनाउने विशिष्ट चलन नेपालमा बाहेक विश्वमै कतै नहोला । नेपालका मूलवासी नेवारहरूको मूल चाड नै ‘म्ह–पूजा’ अर्थात् शरीर पूजा हो । यसमा घरभित्र परिवारका सबै सदस्यहरू लहरै बसी आ–आफ्ना शरीर पूजा गरेर मनाइन्छ । साथै, अद्भुत कुरा यो छ कि शरीर पूजा गर्ने दिनमा नै देशको नाममा स्थापित नेपाल सम्वत्को पात्रो पनि फेरिन्छ । त्यसैले यो दिन भव्य र दिव्य दुवै रहन्छ, घरभित्र पनि घरबाहिर पनि । म्ह–पूजा र मण्डलको महत्त्व म्ह–पूजा चाड त हो नै । साथै पूजा भनेपछि यसको आध्यात्मिक पक्ष पनि हुने नै भयो । त्यसमा पनि यस पूजामा हरेक सदस्यको अगाडि मण्डल बनाइन्छ । मण्डल भनेकै आध्यात्मिक प्रतीक हो । खास गरी तान्त्रिक अनुष्ठानमा यसको प्रयोग गरिन्छ । नेवारहरु शैव तन्त्र र बौद्ध तन्त्र दुवैबाट प्रभावित छन् । तन्त्रमा मण्डललाई विश्व ब्रह्माण्डको प्रतिरूपको रूपमा लिइन्छ । यसले समग्रता, सम्पूर्णता र सुसंगठित संरचनाको प्रतिनिधित्व गर्छ । विश्व ब्रह्माण्ड, आकाशगंगा, सौर्यमण्डल, पृथ्वी, हाम्रो शरीर सबै पूर्ण र अन्योन्याश्रित सुसंगठित संरचना हुन् । म्ह–पूजामा बनाइने मण्डलको प्रकार रजमण्डल (स्याण्ड मण्डला) हो । नेपाल भाषामा यसलाई ‘प्वताय्मन्दः’ भनिन्छ । यो मेहनतका साथ सुन्दर बनाइन्छ, पुजिन्छ र पूजा सकेपछि बढारिएर सोहरिन्छ, फालिन्छ । यसले सृष्टि, स्थिति र संहारलाई प्रतिनिधित्व गर्छ । अनित्यता र क्षणभंगुरतालाई बुझाउँछ । मण्डलहरू तन्त्रयानसँग बढी सम्बन्धित छन् । तन्त्रमा शरीरको महत्त्व धेरै छ । त्यसैले मानव शरीरलाई पनि मण्डल मानिन्छ । मण्डलको महत्त्व नेवार समुदायमा कति धेरै छ भन्ने कुरा आफ्नो देशलाई नै ‘नेपालमण्डल’ भन्नुबाट पनि प्रष्टिन्छ । अहिले जस्तो जथाभावी नभई, काठमाडौंका मानिसमा देशदेखि, मन्दिर, दरबार सबै निश्चित यन्त्राकारमा बनाउने प्रचलन छ । म्ह–पूजामा परिवारका सदस्यहरू लहरै बसी हरेकका अगाडि मण्डल बनाई त्यसको पूजा गरिन्छ । म्हपूजा मानव सशक्तिकरणको विधि हो । यसमा मानव देहलाई विश्व ब्रह्माण्ड मानिन्छ । फेरि विश्व ब्रह्माण्डको प्रतीक स्वरुप हरेक व्यक्तिको अगाडि मण्डल बनाइन्छ । मानव शरीरलाई विश्व ब्रह्माण्ड मानी पूजा गरिन्छ । फेरि आफ्नो अगाडिको मण्डललाई पनि पूजा गरिन्छ, जुन आफ्नै शरीर र विश्व ब्रह्माण्ड दुवैको प्रतीक हो । म्हपूजामा प्रयुक्त मुख्य सामग्री पनि शरीरकै प्रतीक हुन् । कोखा (काँचो धागोको माला) मानिसको शरीरको लम्बाइ (अग्लाइ) बराबर बनाइन्छ । त्यसको टुप्पोमा प्रयोग गरिने पाँच रङ्गको कपडालाई शैव मतअनुसार पञ्चतत्त्वको प्रतीक मान्छन् भने बौद्ध मतमा पञ्चबुद्धको प्रतीक मान्छन् । हाम्रो शरीर पञ्चतत्त्वबाट बनेको हुनाले म्हपूजामा पञ्चतत्त्वको प्रयोग धेरै किसिमबाट भइरहेको हुन्छ । त्यस्तै म्हपूजामा प्रयुक्त खेलुइताः (लामो बत्ती) ले मानिसको मुहारलाई बुझाउँछ । ‘खेलु’ भनेको अनुहारको बान्की हो र इताः भनेको बत्ती । यो एक जोडी बत्ती दुवै छेउबाट बालेर मण्डपको बीचमा चार दिशामा फर्काएर राखिन्छ । जब यो चारैतिरबाट बल्छ, मण्डप झलमल्ल बन्छ । यसले जीवन झलमल्ल होस् भन्ने बुझाउँछ । साथै जीवनको अनित्यता पनि बुझाउँछ– बल्दै, जल्दै सिद्धिँदै गरेको । म्हपूजाको प्रक्रियामा उच्चकोटीको सौन्दर्य, कलात्मकता र प्रतीकात्मकता भेटिन्छ । म्ह–पूजाको दिन बनाइने मण्डल हरेक नेवारको घरमा फरक–फरक देख्न पाइन्छ । तर सबै मण्डल कुनै न कुनै यन्त्रको आकारमा नै हुन्छ । वास्तवमा अहिलेको समयमा घर घरमा बनाइने मण्डलका प्रकार संकलन गर्नु पनि जरूरी भइसकेको छ । अहिले मण्डलको लागि तयारी कागजको खाका प्रयोग हुने गरेकोले मण्डलका विविध मौलिक प्रकार बिर्सिइँदै गइरहेको छ । अझ, स्थायी किसिमका पटक पटक प्रयोग गर्न मिल्ने मण्डल पनि किन्न पाइने भएको छ । यसले सजिलो त बनाउँछ, तर म्हपूजाको सारलाई समेट्न सक्दैन । म्ह–पूजाको दिन नेपाल सम्वत्को नयाँ वर्ष सुरु हुने दिन पनि हो । नेपाल सम्वत् र म्ह–पूजाको सम्बन्ध के हो यसमा कुनै निक्र्यौलमा पुग्न सकिएको छैन । कसैले म्हपूजा र नेपाल सम्वतबीच अन्तरसम्बन्ध रहेको भन्छन् भने कसैले म्हपूजा पहिल्यैदेखि चलिआएको र यसै दिन दिनलाई विशेष शुभ दिन मानी नेपाल सम्वतको सुरुवात गरेको पनि भनिन्छ । अहिलेको व्यवहारको आधारमा साधारणतया बुझ्न सकिन्छ कि लक्ष्मी पूजाको दिन अर्थात् नेपाल सम्वत्को अन्तिम दिन बेलुका नेवारहरू वर्ष दिनको आर्थिक कारोबार बन्द गरी (अहिलेको भाषामा, आर्थिक वर्षको अन्त्यमा खाता बन्द गरी) वर्ष भरिको आम्दानीको निम्ति लक्ष्मीप्रति कृतज्ञता जनाउँछन् । आउँदो वर्षमा पनि लक्ष्मीको कृपा होस् भन्ने कामनाका साथ लक्ष्मीपूजा मनाउँछन् । त्यसको अर्को दिन हर्षउमंगका साथ नयाँ सुरुवातको लागि म्हपूजाद्वारा आफैंलाई सशक्तिकरण गर्दै नयाँ वर्षमा प्रवेश गर्छन् । शास्त्रमा शरीर पूजा माथि उल्लिखित कुराले पनि शरीर पूजाको आध्यात्मिक महत्त्व प्रष्ट खुल्दैन । आफ्नै शरीरलाई पूजा गर्नू भनेर शास्त्रमा कहाँ लेखिएको छ भन्ने प्रश्न रहन्छ । छ भने कुन धर्मको शास्त्र होला भन्ने प्रश्न उठ्छ । नेवारहरू मूलतः बुद्ध धर्म मान्ने र त्यसभित्र पनि वज्रयान मान्ने भएकोले त्यसैभित्र म्हपूजाको अर्थ खोज्नु आवश्यक छ । यसै क्रममा महासिद्ध भगवती लक्ष्मींकरा (ई. ७२९) प्रतिपादित ग्रन्थ ‘अद्वयसिद्धि’ ग्रन्थ अध्ययन गर्न पुग्छु । लक्ष्मींकरा काष्ठमण्डप स्थापना गर्ने महासिद्ध लीलावज्रकी गुरू हुन् । भगवती लक्ष्मींकराले आफ्नो ग्रन्थ अद्वयसिद्धिमा लेखेकी छिन्– न कष्टकल्पनां कुर्यात् नोपवासी न त क्रियाम् । त्रानं शैचं न चैवात्र ग्रामधर्मविवर्जनम् ।। न चापि वन्दयेछेवान् काष्ठपाषाणमृण्मयान् । पूजामस्यैव कायस्य कुर्यान्नित्यं समाहितः ।। पूजयेद्देवान् तेन देहस्थानतत्वभावनैः ।। अर्थात्, “शरीरलाई पीडा दिनु आवश्यक छैन, न त व्रत बस्नु, धार्मिक रीति मान्नु, गंगा स्नान गर्नु, पवित्र बन्नु वा समाजका कुनै नियम मान्नु नै आवश्यक छ । काठ, ढुंगा वा माटोबाट बनेका भगवान्का मूर्ति ढोग्नु पनि आवश्यक छैन । तर ध्यानपूर्वक आफ्नो शरीरलाई पूजा गर्नू जहाँ सबै भगवान्हरू बसेका छन् ।” भगवती लक्ष्मींकरा उडियानका राजा इन्द्रभूतिकी बहिनी हुन् । उडियानलाई अहिलेको भारतको उडिसा राज्यलाई मानिन्छ । भारत वर्षमा तन्त्रका ठूल्ठूला केन्द्रहरूमा बंगाल, कश्मीर, उडिसा र काठमाडौं पर्छन् र यिनीहरू बीच अन्योन्याश्रित सम्बन्ध थियो । बौद्ध धर्मलाई तिब्बतमा स्थापना गराउने पद्मसम्भव पनि उडियानमै जन्मेका थिए । इन्द्रभूति, लक्ष्मींकरा र लीलावज्र तीनै जना चौरासी महासिद्धमा पर्छन् । लक्ष्मींकराका चेला लीलावज्र भने साँखुमा जन्मेका थिए । उनी लिच्छवी राजा जयदेव द्वितीय (ई. ७१३ – ७३३) को समयका हुन् । उनी आफैले निर्माण गरेको काष्ठमण्डप नजिकै तरुमूल महाविहारमा बस्थे । यो महाविहार पहिला धेरै फैलेको थियो भने अहिले काठमाडौंको कुमारी घर नजिकै छ । लीलावज्र, काष्ठमण्डप र किंवदन्ती पहिले–पहिले पुरातत्वविद्हरू तत्काल उपलब्ध प्रमाणको आधारमा काष्ठमण्डपलाई बाह्रौं शताव्दीमा निर्माण भएको मान्थे । त्यस अनुसार आठौं शताव्दीका लीलावज्रले काष्ठमण्डप निर्माण गरेको कुरा किंवदन्ती मात्र ठहरिन्थ्यो । तर २०७२ सालको महाभूकम्पपछि भने त्यो तथ्य परिवर्तन भएको छ । भूकम्पपश्चात् काष्ठमण्डपको जगमा भेटिएका सामग्रीको नमूना बेलायत पठाई त्यहाँको प्रयोगशालामा सात महिनासम्म परीक्षण गर्ने कार्य भएको थियो । सो वैज्ञानिक अध्ययनबाट काष्ठमण्डपको संरचना सातौं शताब्दीतिर निर्माण भएको प्रमाणित भएको छ । लीलावज्रलगायत ती महासिद्धहरू तिनै समयका थिए । भूकम्पपछिको अध्ययनबाट प्राप्त अन्य तथ्यले पनि काठमाडौंमा प्रचलित किंवदन्तीलाई पुष्टि गरेका छन् । जस्तो कि, काष्ठमण्डप वृक्षदेवताले प्रदान गरेको अजंगको एउटै रूखको काठबाट बनेको भन्ने भनाइ छ । भनिन्छ, काष्ठमण्डप बनाएर पनि काठ नसकिएर नजिकै सिँल्यंसत्तल (सिंहसत्तल) बनाइयो । नेपाल भाषामा ‘सिँल्यं’को अर्थ हुन्छ ‘बचेको काठ’ । किंवदन्ती के छ भने अझै पनि काठ बाँकी रहन गएकोले बाँकी सबै काठ त्यहीं जमीनमुनि गाडिएको थियो । महाभूकम्पपछि गरिएको परीक्षणमा काष्ठमण्डप छेउको जमीनमुनि काठै रहेको प्रमाणित भएको छ । कलान्तरमा लीलावज्र भारतको विक्रमशीला महाविहारका प्रमुख आचार्य बने । तर जीवनको पछिल्लो भागमा भने उनी आफ्नो जन्मथलो फर्के । थप किंवदन्ती के छ भने उनी जीवनको अन्तिम कालमा तरुमूल महाविहारको उत्तरपूर्वी आगममा प्रवेश गरे र कहिल्यै निस्केनन् । त्यसपछि त्यो आगमको ढोका कहिल्यै खोलिएन र पूजा पनि बाहिरबाटै गरिने भयो । यसमा थप अचम्मका कुरा छन् । १९९० सालको भूकम्पपश्चात् तत्कालीन राणा शासकहरूले सो विहारको क्षेत्रमा दरबार बनाउने चाहे । त्यहाँ जग खन्ने काम भयो । तर त्यहाँ एउटा हड्डी र छाला मात्र भएको समाधिमा लीन साधुको शरीर भेटियो । दरबारबाट तुरुन्तै वज्राचार्यहरू बोलाएर देखाउँदा उनीहरूले समाधिरत सिद्ध लीलावज्र हुन सक्ने अनुमान गरे । अनि तत्कालै खनिएको स्थान पुर्न लगाई दरबार बनाउने योजना रद्द गरियो (राणा, २०११)। त्यसबेला तरुमूल महाविहार वसन्तपुरसम्म फैलिएको थियो । यसरी, किंवदन्तीको शहर मानिने काठमाडौंका धेरै किंवदन्तीहरू किंवदन्ती मात्र नभएको प्रमाणित भएका छन् । बज्रयानी रहस्यवादको प्रभाव काष्ठमण्डप जसबाट काठमाडौं शहरले आफ्नो नाम पायो, त्यो स्थापना गर्ने लीलावज्र आफ्ना गुरू भगवती लक्ष्मींकराबाट प्रभावित भएनन् भन्न सकिन्न । हुन त म्हपूजा द्वापर युगदेखि नै चलनचल्तीमा रहेको भन्ने भनाइ पनि नेवारका घर घरमा छ । यो यस्तै भन्न सकिने कुरा भएन । यदि म्हपूजा पुरानै चलन रहेछ भने शिष्य लीलावज्रले नै गुरू लक्ष्मींकरालाई प्रभाव पारेको पनि हुन सक्छ । कतिपय अवस्थामा शिष्यबाट गुरू प्रभावित हुने पनि गरेका छन् ।  शरीर पूजाको आधार खोज्दै जाँदा अन्य वज्रयानी ग्रन्थमा पनि ठाउँ ठाउँमा आफ्नो शरीरलाई वज्रसत्व, वज्रकाय सम्झी पूजा गर्नु उचित भएको कुरा उल्लेख छन् । आठौं शताव्दीकै सहजयानका अर्का प्रवर्तक महासिद्ध सरहपाद आफ्नो दोहाकोशमा आफ्नै शरीरभन्दा ठूलो पीठ वा तीर्थ नदेखेको बताउँछन्ः एहि सो सरस्वती प्रयाग, एहि सो गंगासागर । बाराणसी प्रयाग, एहि सो चन्द्रदिवाकर ।। क्षेत्र पीठ उपपीठ एहि, मै भ्रमेउ समस्थउ । देह सदृश तीर्थ, मै सुनेउ न देखेउ ।।      त्यस्तै, चर्यागीतमा लेखिएको छ, काया गया कृत काया महाबुद्ध काया सर्व तिर्थौ । अष्ट समुद्र विश्वकरुणे काया काय मेरूमण्डल ।। सहजयानको प्रभाव अन्य धर्ममा भारतीय उपमहाद्वीपमा सहजयानी दर्शनको गहिरो प्रभाव परेको थियो । बौद्ध धर्मभित्र मात्र नभई इस्लामको सूफी रहस्यवादी परम्परा र हिन्दू सन्त परम्परामा समेत सहजयानको प्रशस्तै प्रभाव परेको कुरा इतिहास र दर्शन शास्त्रका विद्वानहरू बताउँछन् । नाथ सम्प्रदायमा त सहजयानको प्रत्यक्ष प्रभाव नै प¥यो । भनिन्छ, लक्ष्मींकराले शरीरलाई दिएको महत्त्वबाटै प्रभावित भई मच्छेन्द्रनाथ र गोरखनाथले हठयोग प्रतिपादन गरेका हुन् । तन्त्रका अनुसन्धाता ललनप्रसाद सिंहले सहजयानलाई ‘वज्रयानी बौद्ध तान्त्रिक परम्पराको तर्कसम्मत् रहस्यवादी (गुह्य) विस्तार’ भनेका छन् (२०१०, पृ. ५४) । रहस्यवादीहरूका आफ्नै किसिमका विशेषताहरू छन् । ती विशेषताहरू हिन्दू, इस्लाम, सिख सबैमा समान रूपमा देख्न पाइन्छ । हिन्दूमा कबीर दास, मीरा बाई, रैदास आदि रहस्यवादी सन्तको लामो परम्परा नै त भने इस्लाममा लाल शाहवाज कलन्दरदेखि बुल्ले शाहसम्म थुप्रै सूफी सन्तहरू छन् । सिख धर्ममा गुरू नानक आफैं ठूला रहस्यदर्शी सन्त हुन् । विश्लेषण गर्ने हो भने काठमाडौंको धार्मिक रीतिमा रहस्यवादको छाप स्पष्ट देखिन्छ । हिन्दू, बौद्ध, इस्लामी रहस्यवादका साझा विशेषताहरू हुन्– गहिरो भक्ति; परम्पराप्रति विद्रोही स्वभाव; मानववाद, धार्मिक समन्वय र सहिष्णुता; अलौकिक चमत्कार; गीत, दोहा रचना गर्ने र गुरू–भक्ति । भक्ति र विद्रोही स्वभाव भक्ति र विद्रोह परस्पर विरोधी देखिन्छ । तर यहाँ भक्ति भनेको समर्पणभाव हो । रहस्यवादीहरू आफ्नो साधनामा पागलजस्तै एकोहोरिएर समर्पित हुने हुन्छन् । अनि उनीहरू धर्मको नाममा गरिने खोक्रो कर्मकाण्डप्रति विद्रोही स्वभावका हुन्छन् । सामाजिक बेथिति विरुद्ध पनि विद्रोह गर्दछन् । बुद्धले ब्राम्हण वा शूद्र जन्मले हुने होइन, कर्मले हुने हो भनेका छन् । तर विद्रोही सन्त कबीर त्यसभन्दा पनि पर गएर प्रखर व्यंग्य गर्छन्— ब्राहमन से गदहा भला, आन देब से कुत्ता मुलना से मुर्गा भला, सहर जगाबे सुत्ता यसको अर्थ हुन्छ, ब्राह्मणभन्दा गधा जाति (परिश्रम गरेर खान्छ) । पत्थरको देउताभन्दा कुकुर जाति (घरको रक्षा गर्छ) । मौलानाभन्दा भाले जाति, सबेरै सहरलाई जगाउँछ । रहस्यवादीका समर्पण र विद्रोह दुवै यति तीव्र हुन्छ कि पागलपनको हदसम्मै जान्छ । भगवती लक्ष्मींकराले त आफैंलाई ‘पगली राजकुमारी’ उपनाम नै दिएकी छन् । चित्रमा उनी नग्न देखिन्छिन् । हिन्दू परम्पराका मीरा बाईलाई पनि तत्कालीन समाजले बौलाही नै सम्झेको थियो । एउटी राजकुमारी बाटोमा भजन गाउँदै नाच्दै हिँड्नु समर्पण र विद्रोह दुवैको पराकाष्ठा हो । मीराका गुरू रैदास चमार थिए । रैदास जुत्ता सिलाउनमा यति तल्लीन रहन्थे कि मन्दिर वा गंगा जाने नै फुर्सद हुँदैनथ्यो । उनी जुत्ता सिलाउँदै भगवान्को भजन गाइरहन्थे । भनिन्छ, भगवान् पनि उनको छेउमै जुत्ता सिलाउँदै बसिरहन्थे । भक्तको अगाडि भगवान् यतिसम्म विवश हुन्छन् । वास्तवमा म्ह–पूजा गर्नु आफैंमा एउटा ठूलो धार्मिक विद्रोह हो । देउताहरुलाई मात्र पुजिने ठाउँमा आफैलाई भगवान् मानेर आफ्नो शरीरलाई पूजा गर्नु कम्तीको विद्रोह होइन । यो मानववादी दर्शनबाट निर्देशित रीति मानिसलाई आफैंभित्रको दिव्यतामा विश्वास जगाउने सशक्तीकरणको अभ्यास हो । साथै समर्पणभावले त्यो दिव्यतालाई अहंकाररहित बनाउँछ । सहिष्णुता र सम्प्रदायरहितता धार्मिक सहिष्णुता र समन्वय रहस्यवादीहरूको प्रमुख विशेषता रहेको छ । काठमाडौं धार्मिक समन्वयको लागि विश्वमै अनुपम नमूना हो । झोक्छेनका अँग्रेज गुरू कीथ दोम्यानका अनुसार नेपालको तान्त्रिक परिवेश काठमाडौंका रैथाने नेवारहरूको धार्मिक पन्थ वा सम्प्रदायरहित सिद्धहरूको प्रभावमा सिर्जना भएको हुन सक्ने कुरा आफ्नो पुस्तक मास्टर्स अफ महामुद्रामा बताउँछन् । काठमाडौंका धेरैजसो देवीदेवताहरू हिन्दू–बौद्ध दुवैले समान रूपमा मान्ने गरेको पनि उनले उल्लेख गरेका छन् । सहजयान पनि बौद्धको सँगसँगै नाथसम्प्रदायमा पनि उत्तिकै व्याप्त छ । नाथ सिद्धहरू पनि आफैं रहस्यवादी भएकोले हिन्दू वा बौद्ध भन्ने नै नछुट्टिने गरी दुवै धर्ममा उत्तिकै व्याप्त छ  । ‘अलख निरञ्जन’ गाउने गुरू गोरखनाथ त तत्कालीन समयका इस्लाम धर्मीले उत्तिकै श्रद्धाको साथ मान्थे । गुरू गोरखनाथको मन्दिर त काष्ठमण्डपभित्रै छ । मच्छिन्द्रनाथको रथजात्रा काठमाडौंको पुरानो परम्परा हो । भारतमा कबीर दास, गुरू नानक हिन्दू र मुसलमान बीचको चरम द्वन्द्वको बेला समन्वय र सहिष्णुता प्रवद्र्धनमा लागेका थिए । इस्लाममा रहस्यवादी सूफी परम्पराले शुरुवातकै दिनबाट धार्मिक सहिष्णुता फैलाउने काम गरेको थियो । बाह्रौं शताब्दीका सूफी सन्त लाल शाहबाज कलन्दर सिन्ध प्रान्त (पाकिस्तान) का हिन्दूहरूका पनि उत्तिकै पूज्य हुन् । उनले धार्मिक सहिष्णुता फैलाउनको लागि गरिएका कार्यबाट प्रभावित भई सिन्धका हिन्दूहरूले उनलाई आफ्ना इष्ट देवता ‘झूलेलाल’को अवतारको रूपमा मान्छन् । उनको नाममा लेखिएका प्रख्यात भजनहरू ‘झूलेझूले लाल दम मस्त कलन्दर’, ‘दमादम मस्त कलन्दर’ वा ‘दम मस्त कलन्दर मस्त मस्त’ हिन्दू, मुस्लिम, सिख सबैले उत्तिकै भक्तिभावले गाउँछन् । रहस्यवादीहरुले धार्मिक कर्मले मानवलाई अहित हुने वा द्वन्द्व सिर्जना हुने अवस्था आउँदा धर्मभन्दा मानवताको पक्ष लिने गरेका छन् । मानव हितको लागि धार्मिक परम्पराभन्दा माथि उठ्न सक्नु उनीहरूको विशेषता नै हो । सन्त कबीर त हिन्दू वा मुस्लिम नै नछुट्टिने गरी बाँचे । त्यसै गरी सिख धर्मका गुरू नानक देवलाई तिब्बती बौद्धहरूले पद्मसम्भवको पुनर्जन्मको रूपमा मान्दछन् । उनीहरू उनलाई नानक लामा, गुरू गोम्पा महाराज भन्दछन् । गुरू नानक हिन्दू, मुस्लिम, बौद्ध सबैलाई मान्थे । उनी आफ्नो जीवनकालमा लद्दाख र तिब्बतका विभिन्न भागमा बौद्धहरू माझ धर्मदेशना गर्दै हिँडेका थिए । केही समय काठमाडौं पनि बसेका थिए । यी तथ्यहरुबाट प्रष्ट हुन्छ कि वास्तवमा धार्मिक युद्ध धर्मको कारण भएका होइनन् र छैनन् । जति पनि धार्मिक युद्ध भएका छन्, तिनको मूल कारण धार्मिक नभई आर्थिक र राजनीतिक शक्तिको प्राप्ति रहेको छ । आफ्नो निहित राजनीतिक स्वार्थपूर्तिको लागि शासकहरूले धर्मलाई प्रयोग गरेका थिए । गीत, दोहाका गायक विभिन्न धर्मका रहस्यवादीबीच अर्को समान विशेषता हो गीत, दोहा रचना गर्ने । सरहपादलाई त हिन्दी भाषाको पहिलो कविको रूपमा पनि लिइन्छ । उनले दोहाकोश, चर्यागीत आदि रचना गरेका छन् । तिब्बतमा उनका २१ कृति संकलित छन् । लीलावज्रले ‘सहजशून्य समाज साधना’ र ‘श्री सहज सिद्धि’ कृतिका साथै चर्यागीतहरू पनि रचना गरेका छन् । काठमाडौंको वज्रयानी समाजमा चर्यागीत गाउने र चर्यानृत्य गर्ने परम्परा नै छ । चर्यागीतका ताडपत्रहरू काठमाडौंमै भेटिएका थिए । उन्नाइसौं शताब्दीका बंगाली विद्वान हरप्रसाद शास्त्रीले काठमाडौंका अभिलेखालयबाट चर्यागीतका प्रतिहरूका ताडपत्रहरू फेला पारेका थिए । चर्या गीत भनेको समाधिको अवस्थामा स्वतः स्फूरित हुने गीत हो, जसमा रहस्यमयी सन्ध्या भाषामा गहिरा अध्यात्मिक अनुभव र दर्शन वर्णन गरिएका हुन्छन् । इस्लाममा सन्त–कविको परम्परा रूमीदेखि बुल्ले शाहसम्म निरन्तर चल्यो । बुल्ले शाहको ‘बुल्ला की जाना मैं कौन’ अझै त्यतिकै लोकप्रिय छ, जसमा आफू कुनै धर्म, जातिमा नबाँधिएको बताएका छन् । त्यस्तै हिन्दीमा कबीर, रैदास, मीरा आदि सन्त–कविहरूले निरन्तर भक्ति र विद्रोहका गीत गाए । कबीरका कतिपय कविता जापानको जेन बौद्ध दर्शनका ‘कोआन’सँग मिल्दाजुल्दा छन् । बौद्ध गुरूहरूमा आध्यात्मिक सन्देशको लागि दोहा रच्ने चलन त विपश्यनाका गुरू सत्यनारायण गोयन्कासम्मै निरन्तर छ । उनका दोहा पनि सम्प्रदाय र कर्मकाण्डविरुद्ध शुद्ध अध्यात्मको पक्षमा छन् । उनले लेखे - धरम न हिंदू बौद्ध है, सिक्ख न मुसलिम जैन । धरम चित्त की शुद्धता, धरम शांति सुख चैन ।। रहस्यवादीहरूको अर्को एउटा साझा विशेषता भनेको अलौकिक शक्तिसम्पन्न हुनु हो । काठमाडौंका महासिद्ध लीलावज्र, सूरतवज्र, शाश्वतवज्र, मञ्जूवज्रले गरेका अलौकिक चमत्कारका कथा काठमाडौंका मूलवासीहरू सुन्दै सुनाउँदै थाक्दैनन् । यस्तै अनेकन चमत्कार कबीर, मीरा, रैदास, नानक सबैको जीवनमा भएका छन् । म्हपूजाको विगत, वर्तमान र भविष्य म्हपूजाको प्रारम्भबारे धेरै कथनहरु छन् । एउटा कथनअनुसार दशौं शताव्दीमा विशालनगरमा भएको भयानक आगलागीमा धेरै नागरिकको ज्यान गएको थियो । नेपालको प्रशासनिक केन्द्र दशौं शताव्दीसम्म विशालनगर थियो भन्ने कुरा त इतिहास प्रमाणित छ । भनिन्छ, सो दुर्घटनाबाट ज्यान जोगिएका आम नागरिकले आफूलाई भाग्यमानी ठानेर म्हपूजा सुरु गरेका थिए । नेवारहरुमा कुनै ठूलो दुर्घटना तर्दा सगुन दिने चलनै छ । बुझाउन सकेमा, विश्वलाई नै त्रसित बनाएको कोभिड–१९ को प्रकोप अन्त्य भएको सन्दर्भमा विश्वको लागि नै यो वर्ष म्हपूजा विशेष सान्दर्भिक हुन जान्छ । हुन त नेवार जातिमा म्हपूजा हजारौं वर्षअघि देखिको परम्परा हो भनिन्छ । म्हपूजा विशालनगरको आगलागीभन्दा पहिल्यैदेखि मनाउँदै आएको परम्परा हुन सक्छ । आगलागीपछि म्हपूजा अझ विशेष महत्त्वका साथ मनाए कि ? यसै हिसाबले नेवारमा सीमित म्हपूजालाई महामारीको त्रासबाट मुक्त भएको खुशियालीमा यस वर्षबाट सबै नेपालीले मनाउने र विश्व समुदायलाई पनि परिचित गराउने हो कि ? माथिको लामो छलफलबाट म्हपूजा कुनै निश्चित धर्म सम्प्रदायको नभई मानववादमा आधारित रहस्यवादसित सम्बन्धित भएको देखिन्छ । रहस्यवाद हरेक धर्मभित्र छ । त्यसैले पनि होला नेपालभित्र र बाहिर नेवार संगठनहरुले आयोजना गर्ने म्हपूजामा गैरनेवार र गैरनेपाली पनि निःसंकोच रुचिपूर्वक सहभागी भएका छन् । तिनमा इसाई र इस्लामधर्मी पनि छन्, वा धर्मै नमान्ने भौतिकवादी पनि छन् । केही वर्षअघि जनकपुरमा मधेस प्रदेशका मुख्यमन्त्री (लालबाबु राउत) र बीरगञ्जमा पगरी लगाएका (अमृतधारी) सिख व्यक्ति मज्जाले म्हपूजामा सहभागी भएका तस्बीरले राम्रै चर्चा पाएका थिए । यसबाहेक पाश्चात्य जगत्मा नेपाली समुदायले मनाउने सामूहिक म्हपूजामा गैरनेवार र विदेशीको उपस्थिति पनि उल्लेख्य छ । यस हिसाबले म्हपूजाको नेवार समुदायबाहिर विस्तार भइ नै सकेको छ । यसैलाई राज्यस्तर र जनस्तरबाट अझ तीव्रता दिँदै जान सकिन्छ । तर सावधानी अपनाउनु पर्ने पक्ष पनि उत्तिकै छ । प्रसारसँगै ‘म्हपूजा’को मौलिकता फितलो नहोस् र यसको नाममा अपभ्रंश गर्ने कार्य नहुन दिन विशेष सावधानी अपनाउनु पर्छ । अहिले नै पनि कति मिडियाले यसलाई आत्मपूजा, देहपूजा, ब्रह्मपूजा भन्ने गरेका छन् । व्यक्तिवाचक संज्ञाको अनुवाद गर्नु अनर्थक कार्य हो । म्हपूजा मात्र होइन, यससँग सम्बद्ध कोखा, खेलुइताः आदि शव्द पनि शुद्धसित ग्रहण गराउनु पर्छ । अनुवादले मौलिक अर्थ र भाव वहन गर्न पनि सक्दैन । प्रसारको नाममा विस्तार त हुने तर सँगसँगै विकृत हुँदै गयो भने अनादर र अर्थको अनर्थ हुन जान्छ । सन्दर्भ ग्रन्थः ​ Dowman, Keith (1995). Masters of Mahamudra. Albany: State Univeristy of New York Press. Rana Rinpoche, Acharya Mahayogi Sridhar. (2011). The Four Pillars of the Vajrayana of the Kathmandu Valley, Crazy Cloud Vol. 1, pp 55-64. Singh, Khuswant & Chopra Ashok (2011). Agnostic Khuswant: There Is No God. Haryana: Hay House India Singh, Lalan Prasad (2010). Buddhist Tantra: A Philosophical Reflection and Religious Investigation. New Delhi: Concept Publishing Company.वज्राचार्य, यज्ञमान पति (२०६७). नेपालका प्राचीन वज्राचार्य लीलावज्र. काठमाडौंः विरिञ्चि मोती स्मृति गुह्यतारा कोष । लेखक मानन्धरले पाँच वर्ष थेरवादी श्रामणेर भई थाइल्याण्डमा बुद्ध धर्मको अध्ययन गरेका थिए । नेपालीमा उनको दर्शनसम्बन्धी पुस्तक ‘क्षितिजको स्पर्श’ प्रकाशित छ ।

छोरा रेशम चौधरीको विकल्पमा बुवा लालवीर मैदानमा : कर्मथलो नै बर्दिया हो, न्याय र विकास मेराे  एजेण्डा

छोरा रेशम चौधरीको विकल्पमा बुवा लालवीर मैदानमा : कर्मथलो नै बर्दिया हो, न्याय र विकास मेराे एजेण्डा

१३१९ दिन अगाडि

|

१ कात्तिक २०७९

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर २ को चुनावी माहोल तातिएको छ । सोही निर्वाचन क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले पनि उम्मेदवारी दिएका थिए । तर, टीकापुर घटनासम्बन्धी मुद्दाका कारण हाल जेलमा रहेका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो ।  उनको उम्मेदवारी खारेज भएपनि सोही क्षेत्रमा रेशमका बुबा लालवीर चौधरीको स्वतन्त्र उम्मेदवारी भएकाले उनको पक्षमा कस्तो नतिजा आउला भन्ने चासो देखिन्छ । स्वतन्त्र उम्मेदवारी भएपनि रेशमकै विकल्पमा नागरिक उन्मुक्ति पार्टीले उनलाई अघि सारेको बताइन्छ । उसो त लालवीर पनि आफूलाई सो पार्टीको पूर्ण समर्थन रहेको बताउँछन् ।  यद्यपि क्षेत्र नम्बर २ बाट लालवीरलाई चुनावी नतिजा आफ्नो पक्षमा पार्न भने सहज भने देखिँदैन । बर्दिया २ मा सत्ता गठबन्धन रहेको छ भने एमालेको उपस्थिति पनि बलियो छ । गठबन्धनबाट नेकपा माओवादी केन्द्रले सुरेश पन्थलाई उम्मेदवार बनाएको छ भने  एमालेले पंकज सिंह राठौरलाई मैदानमा उतारेको छ ।  सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय रावल, नेपाल मजदुर किसान पार्टीका धर्मराज जैसी आचार्य, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अनिरुध्या आर्य, राष्ट्रिय स्वतन्त्र पार्टीका ओम  प्रकाश बसौला पनि उम्मेदवार छन् । यस्तै लालवीरबाहेक राम प्रसाद आचार्य पनि स्वतन्त्र उम्मेदवार छन् ।  अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका सन्तबहादुर थारु ५ हजार ५५५ मतका साथ विजयी भएका थिए । उनले नेपाली कांग्रेसका गोपाल दहितलाई पराजित गरेका थिए । हालै स्थापित नागरिक उन्मुक्ति पार्टीको स्थानीय तहको मत हेर्दा बर्दिया जिल्लामै बलियो देखिँदैन । सो पार्टीले मेयर–अध्यक्षमा तीन स्थानीय तहमा मात्रै उम्मेदवारी दिएको थियो । जसमा गुलरिया नगरपालिकामा ५११, गेरुवा गाउँपालिकामा १६६ र राजापुर नगरपालिका १३४८ मत प्राप्त भएको थियो । यसबाहेक ठाकुरबाबा नगरपालिका, बढैयाताल गाउँपालिका, बारबर्दिया नगरपालिका, बासगढी नगरपालिका र  मधुवन नगरपालिका सो पार्टीले प्रमुख पदमा उम्मेदवारी नै दिएको थिएन।  नतिजाअनुसार कांग्रेसले ५ स्थानीय तह तथा एमाले र माओवादीले क्रमशः २ र १ स्थानीय तह जितेका थिए ।  तर, नयाँ अनुहार होइनन् लालवीर यद्यपि कैलाली, बर्दिया लगायतका जिल्लामा लालवीर चौधरी नयाँ अनुहार होइन । उनको आफ्नै परिचय र छवि छ– सामाजिक अगुवाका रुपमा । तर पछिल्लो राजनीतिक अवस्थाले उनको परिचय फेरिएको छ । पूर्व सांसद रेशमलाल चौधरीका बुबाको रुपमा धेरैले उनलाई चिन्न थालेका छन् । जीवनभरि समाजमा लगाएको उनको गुनलाई यो परिचयले छायामा राखेको छ । गाउँघरको समान्य लेखनदासको भूमिकादेखि सुरु गरेको सामाजिक जीवनले उनलाई पछि ३५ मौजा ९गाउँ०को लेखनदास बनायो । २०३६ देखि २०४६ सम्म रानीजमरा कुलो समितिको समिति सचिव हुँदै २०४७ देखि २०७९ सम्म अध्यक्षको जिम्मेवारी सम्हालेका उनी थारु कल्याणकारिणी सभा (थाकस)को २०३९ देखि २०४८ क्षेत्रीय सभापति हुँदै केन्द्रीय सदस्य भए । यतिमात्रै होइन, उनी २०५४ देखि २०६० सम्म कैलाली जिल्ला सिंचाइ महासंघको अध्यक्ष हुँदै २०६० देखि २०६८ सम्म सिंचाइ महासंघको केन्द्रीय सदस्य भए । उनै ६६ वर्षीय लालवीर चौधरी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार रहेकाले उनको प्रभाव कति देखिन्छ भन्ने चासो हुने स्वाभाविकै हो ।  उनै लालवीर चौधरीसँग उनको उम्मेदवारीबारे रातोपाटीकर्मी लखन चौधरीले गरेको कुराकानीको सम्पादित अंश :   यो उमेरमा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्नुभएको छ, कस्तो चल्दैछ चुनावी अभियान ? आमजनताको साथ र सहयोग एकदमै उत्साहपूर्ण छ । म बर्दियाका लागि नयाँ अनुहार पनि होइन, त्यसैले मेरो उम्मेदवारीदेखि नै आमजनताको साथ सहयोगमा कुनै कमी छैन । उहाँहरुको उत्साहले मलाई नयाँ ऊर्जा मिलेको छ । तपाईंको स्थायी घर जानकी गाउँपालिका–६ (साविक दुगौली गाविस ९) जगतपुर, मतदाता पनि कैलाली १ कै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्र छोडेर बर्दिया क्षेत्र नं. २ रोज्नुपर्ने अवस्था किन आयो ? मेरो जन्म दाङमा भएको हो । तर मेरो पढाइलेखाइदेखि पूरै जवानी बर्दियामा बित्यो । बर्दियाको गुलरियामा मेरो अझै पनि घरजग्गा छ । बर्दियामा हाम्रो गोतियार (गोत्र) मात्रै ३ सय घरधुरी छन् । जुनकारण म यहाँको लागि नौलो अनुहार होइन । यहाँको परिवेश, विकासको अवस्थासँग राम्रोसँग भिजेको छु । यहाँको जनताको माया र यस क्षेत्रप्रतिको मेरो लगावका कारण नै मैले बर्दिया रोजेको हुँ । अर्कोकुरा, राजनीतिक अधिकार, न्यायका लागि आवाज उठाएकै कारण राज्यबाट प्रताडित, अनाहकमा जेल जीवन बिताउन बाध्य भएको मेरो छोराको न्याय र सुरक्षाको लागि पनि मेरो उम्मेदवारी हो । तपाईंका छोरा रेशमलाल चौधरीले बर्दिया क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभएको थियो । उहाँको उम्मेदवारी निर्वाचन आयोगले खारेज गर्‍यो । तपाईंको स्वतन्त्र उम्मेदवारी एक हिसाबले आफ्नै छोरा विरुद्ध थिएन र ? मेरो उम्मेदवारी छोरो रेशमको विरुद्धमा भन्दा छोराको उम्मेदवारीमा देखिएको कानुनी जटिलतालाई मध्यनजर गरी छोराको विकल्पको रुपमा सल्लाह गरेरै स्वतन्त्र उम्मेदवारी दिएको हुँ । रेशमको उम्मेदवारी सुरक्षित नभएकाले विकल्पमा उम्मेदवारी दिएको हुँ । यसमा नागरिक उन्मुक्ति पार्टीको पूरै समर्थन र सहयोग मलाई छ । म आफै पनि नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सल्लाहकार हो । अहिले नागरिक उन्मुक्तिको समर्थन छ भन्दै हुनुहुन्छ तर २०७४ निर्वाचनमा रेशम चौधरी तत्कालीन राजपा नेपालबाट चुनाव लडिरहँदा तपाई प्रदेशसभा सदस्यका लागि नेकपा एमालेबाट उम्मेदवार हुनुहुन्थ्यो । तपाईको प्रवृत्ति त बलेको आगो तापेजस्तो भएन र ? होइन, कदापि होइन । कोही अझै पनि थरुहट आन्दोलन र टीकापुर घटनाबारे अनभिज्ञ छ भने यसका पृष्ठभूमि अध्ययन गर्न अनुरोध गर्न चाहन्छु । २०७४ को निर्वाचनताका रेशम प्रहरीको ‘मोस्ट वान्टेड’को सूचीमा थियो । जतिबेला पनि उसलाई इन्काउन्टर गर्न सकिने अवस्था थियो । त्यसका बाबजुद उम्मेदवारी थियो रेशमको । उसको उम्मेदवारी न्यायका लागि थियो । जनताले उसलाई सहर्ष स्वीकार गरे । आफ्नो नेताको रुपमा छाने । त्यसबेला नेकपा प्रमुख राजनीतिक शक्ति थियो । म रेशमको बुबा हो, सन्तानको रक्षा गर्नु अभिभावकको दायित्व हुन्छ । छोराको सुरक्षाका लागि मैले नेकपा एमालेबाट उम्मेदवारी दिएको थिएँ । अर्को कुरा, मेरो प्रवृत्तिको कुरा उठाउनुभयो, वास्तवमा मलाई यहाँ सामाजिक अगुवाको रुपमा चिन्छन् सबैले । न कि, यो वा त्यो दलको मान्छेको रुपमा । राजनीतिक दल माध्यम होला तर मेरो यहाँ आफ्नै छवि पनि छ । आखिर तपाईको उम्मेदवारी किन ? ग्रामीण क्षेत्रको विकास र सेवामा मैले मेरो जीवन समर्पित गरेको छु । कैलालीमा भन्दा बर्दियामा मेरो जीवनको बढी समय बितेको छ । मेरो सामाजिक तथा कार्यक्षेत्र बर्दिया हो । सामान्य गाउँको लेखनदासदेखि ३५ मौजा (गाउँ)को लेखनदास यसै क्षेत्रमा भएँ । सामाजिक संघ संस्थामा रहेर पनि लामो समय सेवा गरेको पनि लुकेको छैन । तर राज्यले जहिल्यै पनि थारुसहित उत्पीडित वर्गलाई राजनीतिक अधिकार दिनबाट बञ्चित गरेको छ । अधिकार माग्दा दमन गरेको छ । २०७२ कै कुरा गर्दा संविधान लेखनकै क्रममा राज्यबाट भएको दमन जग जाहेरै छ । दुनियाँले देखेको छ । रेशमसहित राजबन्दी निर्दोष हुँदाहुँदै पनि अनाहकमा जेलमा कोच्ने काम गरेको छ । अधिकार माग्दा यो हदसम्मको महाअन्याय हामीले कहाँसम्म सहने ? जुनकारण मेरो उम्मेदवारी राजनीतिक अधिकार प्राप्तिका लागि हो । न्यायका लागि हो । पहिलो नम्बरमा राजबन्दी रिहाइका लागि हो । दोस्रो नम्बरमा राज्यले दमन गरेको थरुहट आन्दोलनलाई माथि उठाउनलाई हो । तेस्रो नम्बरमा यहाँको वैभवशाली संस्कृति संरक्षणका लागि हो । यहाँको नदी कटान नियन्त्रण, बाढी प्रभावित जनताकाको उत्थानका लागि हो । यहाँकै नमूना सर्वाङ्गीण विकासका लागि हो । ठूला–ठूला राजनीतिक दलभन्दा कसरी पृथक र मौलिक मोडलमा विकास गर्न सकिन्छ भनेर मेरो उम्मेदवारी हो । यहाँ हेर्नुस्, जता हेर्‍यो, उता भ्रष्टाचारको गन्ध आउँछ । तर मेरो जीवनकालमा यति धेरै संघ संस्थामा काम गरियो । एउटा पनि मैले गरेको गलत काम देखाइदिनुस् । त्यो देखाउन सक्नु भयो भने म राजनीति नै गर्दिनँ, समाज सेवा गर्दिनँ । २०३६ देखि २०४६ सम्म रानीजमरा कुलो समितिको समिति सचिव हुँदै २०४७ देखि २०७९ सम्म अध्यक्ष भएँ । जुन २७ अर्बको प्रोजेक्ट हो । प्रोजेक्ट सम्पन्न भए अढाइ लाख जनता लाभान्वित हुनेछन् । यो प्रोजेक्ट अन्तर्गत थाइल्याण्ड र इन्डोनिसिया भ्रमणका लागि समितिमार्फत गएका थियौ । यो प्रोजेक्टमा रहँदा मैले कुनै गलत काम गरेको छु भने देखाइदिनुस् । आधुनिक टीकापुर सिटी प्लानिङमा पनि मेरो योगदान छ । जुन स्वर्गीय खडकबहादुर सिंह तत्कालीन गृहमन्त्री हुँदा भएको हो । म उहाँको दाहिने हात थिए । टीकापुर विकास समितिमार्फत ३ हजार ३७२ बिगाहा जमिन टीकापुर सिटीको लागि प्लानिङ गर्‍यौं । जुन देशमै नमूना प्लानिङ हो । त्यो बेला मैले आफ्नो व्यक्तिगत स्वार्थको लागि जे पनि गर्न सक्ने अवस्था थियो । जत्ति पनि जमिन स्वामित्वमा लिन सक्थेँ तर मैले कहिल्यै पनि व्यक्तिगत स्वार्थ हेरिनँ । यसरी मैले भन्न खोजेको के हो भने, मेरो उम्मेदवारी राजनीतिक, सामाजिक न्याय र समुन्नत विकासका लागि हो । सुशासनको लागि हो । मौलिक, पृथक विकासको लागि हो ।साभार : रातोपाटी   

आसन्न निर्वाचन, नेपाली काँग्रेसको कार्यभार र चुनौती

आसन्न निर्वाचन, नेपाली काँग्रेसको कार्यभार र चुनौती

१३३८ दिन अगाडि

|

१३ असोज २०७९

मिनराज चौधरी  प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि निर्वाचन तय गरिएको मंसिर ४ गतेको मिति नजिकिदै छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन र बहुदलीय व्यवस्था भएको हाम्रो मुलुकमा आफूले रोजेको, खोजेको दल र जनप्रतिनिधि चुन्नका लागि मताधिकार प्रयोग गर्न पाउनु हरेक बालिक नागरिकको नैसर्गिक अधिकार हो । नेपालीहरुको महान चाड दसैं, तिहार, छठको आगमनसँगै मुलुकमा निर्वाचनले सरगर्मी निकै बढिरहेको छ । सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलले करिब दुई महिना बित्नै लाग्दा पनि सिट बाँडफाँटको अझै टुंगो लगाउन सकेको छैन । काँग्रेसले सयको हाराहारीमा सिट लिनुपर्ने नेता कार्यकर्ताहरुको व्यापक जनदबाब रहेको छ । उता गठबन्धनमा रहेका दलहरुले आ–आफ्नै अडानमा रहँदै खोजेअनुसार सम्मानजनक सिट नपाए गठबन्धनबाट अलग हुने घुर्कीले गर्दा सिट बाँडफाँट कार्य निकै पेचिलो र चुनौतीपूर्ण रहेको देखिन्छ । त्यसैले शीर्ष नेतृत्वपंक्ति बडो सुझबुझ बुद्धिमतापूर्ण आफ्ना नेता कार्यकर्ताहरूको भविष्यलाई केन्द्रबिन्दु बनाई निर्णय लिन आवश्यक देखिन्छ । सत्ता गठबन्धनको नेतृत्व गरेको र प्रमुख राजनीतिक दल नेपाली काँग्रेसले समानुपातिक निर्वाचनका लागि निर्वाचन आयोगमा बन्दसूची पेश गरेपछि नेतृत्वपंक्ति र नेता कार्यकर्तामाझ व्यापक असन्तुष्टि, असहमति एवं अन्तरविरोधहरु सतहमा छताछुल्ल भएका छन् । यस सम्बन्धमा इतर पक्षले सम्मानजनक एवं न्यायोचित बन्दसूची भएन भनेर शीर्ष नेतृत्वलाई सच्याउनको लागि जनदबाद, खबरदारी, धर्ना कार्यक्रमसमेत गर्दै आएको छ । पार्टीको शीर्ष नेतृत्वले उत्पन्न भएको समस्या एवं अन्तर बिरोधलाई समयमा समाधान गर्न जरुरी छ । समानुपातिकको बन्दसूचीमै यति धेरै असन्तुष्टी र असहमति छ भने अझै प्रत्यक्ष तर्फको सिट बाँडफाँट गर्दा के अवस्था आउला सजिलै अनुमान गर्न सकिन्छ । यसर्थ पार्टी भित्रको आन्तरिक मामिलाप्रति नेतृत्वपंक्ति संवेदनशील बन्दै पार्टीको विधिविधान, समय, परिस्थिति, अवस्थाको विश्लेषण गर्दै जनचाहना अनुसार प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारको टिकट वितरण न्यायोचित एवं सम्मानजनक तवरबाट गर्न आवश्यक छ । यदि काँग्रेस आन्तरिक समस्यालाई नजरअन्दाज नगरी निर्वाचनमा होमिए ठूलै क्षति बेहोर्नु पर्ने अवस्था सिर्जना हुँदैछ । नेपालको हरेक राजनीतिक परिवर्तन एवं अधिकारका लागि भएको जनआन्दोलन संघर्षको नेतृत्वदायी भूमिका खेल्दै लामो राजनीतिक विरासत बोकेको काँग्रेस गठबन्धनको लेप लगाई निर्वाचनमा होमिनै लागेको अवस्थामा गठबन्धन र पार्टीको नेता कार्यकर्ताहरुको भविष्यप्रति चिन्ता चासो राख्दै नेता कार्यकर्ताहरुबाट चौतर्फी सवालहरु उठिरहेका छन् । यसर्थ आसन्न निर्वाचनमा गठबन्धनमार्फत् निर्वाचनमा जानुको कारण, औचित्य, बाध्यता, उद्देश्य र यसबाट उत्पन्न हुने सक्ने परिस्थिति, अवस्था एवं चुनौतीको बारेमा काँग्रेसजनलाई स्पष्ट पार्न आवश्यक देखिन्छ । २०७४ को संसदीय निर्वाचनमा बाम गठबन्धनका कारण ६३ सिटमा खुम्चिएको नेपाली काँग्रेस २०७९ को स्थानीय निर्वाचनमा ३३१ स्थानमा पहिलो स्थान हासिल गरी सांगठनिक बढोत्तरी गर्दा सबै नेता कार्यकर्ता शुभचिन्तक हरुमा निकै उर्जा, उत्साह उमंग बढेको छ । स्थानीय निर्वाचनको मत परिणामले काँग्रेसको सांगठनिक एवं राजनीतिक जीवनमा निकै सुधार भएकोले हौसिँदै काँग्रेस गठबन्धन नगरी एक्लै निर्वाचनमा होमिनुपर्छ भन्ने अधिकांश नेता कार्यकर्ताहरुको चाहना र माग थियो । तर, शीर्ष नेताहरुले ती चाहना र मागलाई वेवास्ता गर्दै गठबन्धन गरी निर्वाचनमा जाने निर्णय बाध्यात्मक बनाइएको अवस्था छ । पाँच दलीय सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी ९केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको राजनीतिक, सैद्धान्तिक एवं वैचारिक रुपमा विश्लेषण गर्दा न ‘केमेस्ट्री’ मिल्छ, न ‘कम्पोजिशन’, न त राजनीति गन्तव्य नै मिल्छ । लोकतान्त्रिक संघीय समाजवाद अंगिकार गर्ने काँग्रेस र उपेन्द्र यादवको जसपासहित चित्र बहादुर केसीको संघीयता विरोधीदेखि, साम्यवादी व्यवस्था स्थापनाका लागि उद्दत् प्रचण्ड र माधवको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीहरु सम्मिलित रहेको गठबन्धनको यात्रा कति लामो हुने हो त्यो हेर्नै बाँकी छ । राजनीतिक सिद्धान्त, विचार, आस्थाका आधारमा पानी र तेलजस्तै फरक रहेको पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरु संयुक्त निर्वाचनमा जाँदा गठबन्धन गर्नुपर्ने कारण, अवस्था, औचित्य एवं उद्देश्यबारे जनतासमक्ष स्पष्ट पार्दै मतका लागि सामूहिक अपील गर्न जरुरी देखिन्छ । लाखौं लाख नेता कार्यकर्ता रहेको नेपाली काँग्रेस एक्लै निर्वाचनमा भाग लिँदा नेता कार्यकर्ताहरूलाई समुचित टिकट बाँडफाँटसहित व्यवस्थापन गर्न सहज हुन्छ । अहिले गठबन्धनमा छुट्याइएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन क्षेत्रको सीमित सिटमा आफ्ना पार्टीका आकांक्षी उम्मेदवारहरूलाई कसरी व्यवस्थापन गर्ने काँग्रेसको लागि निकै जटिल एवं चुनौतीपूर्ण कार्य रहेको छ । अझै पार्टीभित्र संस्थापन र इतर पक्ष बीचको अन्तरद्वन्द्व र टिकट वितरणमा उत्पन्न भएको असन्तुष्टि एवं असहमति समाधान नगरी निर्वाचनमा होमिए काँग्रेसको भविष्य कहाँ पुग्ने हो नेता कार्यकर्ताहरूमा सर्वत्र चिन्ता, चासो भइरहेको छ । गठबन्धन गरी निर्वाचनमा जाँदा काँग्रेसका धेरै नेता कार्यकर्ताहरु उम्मेदवार हुन र सुनौलो राजनीतिक अवसर गुमाउनु पर्ने अवस्था सिर्जना हुँदैछ । यसका लागि काँग्रेसले आफ्ना नेता कार्यकर्ताहरुको राजनीतिक भविष्य सुनिश्चित गर्न उनीहरुको विश्वासको आधार स्तम्भ बनी व्यवस्थापन गर्नका लागि दीर्घकालीन सोच, योजना, रणनीति बनाउन जरुरी देखिन्छ । यदि काँग्रेसले यसको सुनिश्चितता नगरी गठबन्धनको निर्णय जबरजस्ती लड्ने हो भने पार्टीका नेता कार्यकर्ता शुभचिन्तक, मतदाताहरुले आफ्नो दलबाहेक अन्य दलका उम्मेदवारहरुलाई भोट दिएर विजयी गराउन बाध्य नहुने खतरनाक परिस्थिति सिर्जना हुने पनि देखिन्छ । हालैको स्थानीय निर्वाचनमा पनि गठबन्धन बीच नै कही आंशिक तालमेल गरी, कही मित्रवत स्वच्छ प्रतिस्पर्धा गरी निर्वाचनमा भाग लिएको नजिर हामी संगै छ । अहिले पनि गठबन्धनबीच सतप्रतिशत सिट बाँडफाँट सहमति हुन नसके स्थानीय निर्वाचनजस्तै नहोला भन्न सकिन्न । गठबन्धनमा आवद्ध दलबीच सिट बाँडफाँट गर्दा २०७४ को निर्वाचनमा जुन दल जहाँ विजयी भएको छ, त्यही स्थानलाई सोही दलले लिने दावीको प्रमुख आधार गठबन्धन कार्यदलले बनाएको छ । यसैलाई आधार मानी मानौं बर्दिया जिल्लाको क्षेत्र न। २ प्रतिनिधि तथा प्रदेश सभा दुबैमा नेकपा माओवादी ९केन्द्र० जितेको अवस्था छ । यही अनुरुप विजेता दललाई नै अहिलेको निर्वाचनमा दुबै सदनमा उम्मेदवारीको टिकट भाग पाउने हो भने काँग्रेस समर्थक आस्थावान मतदाताहरू कसरी बाध्यात्मक रुपमा भोट हाल्छन् रु यो गम्भीर सोचनीय सवाल हो । यसर्थ प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्र तथा प्रदेश सभाको ३३० क्षेत्रमा एक अर्को दललाई क्रस हुने गरी पार्टी संगठन, स्थानीय निर्वाचन मत परिणाम, वस्तुगत अवस्था दृष्टिगत गरी समुचित सिट बाँडफाँट गरिनुपर्छ । यसप्रति गठबन्धनका शीर्ष नेताहरुले ध्यान केन्द्रीत गर्न जरुरी छ । सत्तारुद्ध गठबन्धनले सिट बाँडफाँटको आधारमा तालमेल गर्दै आसन्न निर्वाचनमा जाने भएकोले गठबन्धन दलमा आवद्ध रहेका दलहरुबीच भएका सहमति विपरीत वा प्रतिकूल हुने गरी कुनै पनि कार्य नगर्न नगराउन सबै दलको तहगत संगठनमा परिपत्र सर्कुलर गरी आन्तरिक प्रयोजनका लागि आचारसंहितासमेत बनाई कार्यान्वयन गर्न जरुरी छ । गठबन्धनमा रहेका दलहरुले एक अर्कालाई सहयोग गर्ने र मत दिने वातावरण कसरी बनाउन सकिन्छ रु यसबारे निर्वाचन प्रचार प्रसार संयुक्त रुपमा गर्नका लागि तयारी बैठक, विभिन्न चुनावी साझा अभियान, कार्यक्रमसहित कार्यविधिहरु बनाउन आवश्यक कार्यभार देखिन्छ । त्यसै गरी गठबन्धनको सिट बाँडफाँटको गणितीय आधार हेर्दा निर्वाचन परिणाम पश्चात कुनै पनि दलले सरकार बनाउन संविधानमा भएको व्यवस्था अनुसार स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था देखिदैन । यसर्थ निर्वाचनपश्चात संयुक्त गठबन्धनीय सरकार के कसरी बनाउने रु के कसरी सञ्चालन गर्ने रु सरकारको नीति तथा कार्यक्रम एवं विकासका योजना के कस्तो रहने रु आदि विषय समेटेर साझा प्रतिवद्धता एवं निर्वाचन घोषणापत्र निर्माण गर्न जरुरी देखिन्छ । तर गठबन्धनमा रहेका दलहरु आ–आफ्नै छुट्टा छुट्टै निर्वाचन घोषणा पत्र बनाई रहेका छन् । यसर्थ अलग अलग घोषणापत्र भन्दा पनि गठबन्धनको साझा प्रतिवद्धता पत्र बनाउँदा चुनावी प्रचार प्रसारमा जनताका बीचमा गठबन्धनप्रति विश्वसनीयता बढ्ने थियो । गठबन्धनको सिट बाँडफाँटमा ढिलासुस्ती हुँदै गएकोले कहाँ, कुन दल, कुन नेताले पाउने हो रु टुंगो लागि नसक्दा अहिले काँग्रेसको सांगठनिक जीवनमा नेता कार्यकर्ताहरुबीच सक्रियतामा ह्रास ल्याएको छ । स्थानीय निर्वाचनपश्चात पलाएको जोश जाँगर उत्साह, उमंग सेलाउदै गएको छ । दुबै सभाका लागि देशैभरीबाट काँग्रेसको करिब साढे सात हजार आकांक्षी उम्मेदवारहरुको नामावली सिफारिस भई आएको छ ।  तर गठबन्धनको निर्णयअनुसार प्राप्त सिटमा काँग्रेसको आकांक्षी उम्मेदवारहरूलाई व्यवस्थापन गर्न फलामको चिउरा चपाउनु जस्तै रहेको छ । काँग्रेसको केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउँ टोलसम्म बिस्तार भएको संगठनका नेता, कार्यकर्ताहरुलाई चलायमान बनाउँदै जनताका बीच जान अल्छी बनाएको छ । उत्पन्न भएका यी सबै समस्यालाई काँग्रेसले सही ढंगले सही समयमा समाधान गर्न आवश्यक योजना रणनीति सहितको चुनावी कार्यक्रम बनाउन आवश्यक छ । समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाई सकेपछि ह्वात्तै बढेर गएको असन्तुष्टिलाई समयमा सम्बोधन गरिनुपर्छ । पार्टीभित्र मौलाउँदै गएको चाकरी, चाप्लुसी, खुरापाती, चम्चेहरुको गणेश परिक्रमा गर्ने गलत प्रवृत्ति, संस्कार र कार्य गतिविधिले पार्टीको आन्तरिक मामिलामा दखल पु(याउँदैछ । कतिपय नेतृत्व पंक्तिबाटै पक्षपातपूर्ण एवं निषेधको राजनीति हावी हुँदै गइरहेको छ । एकापसमा आरोप प्रत्यारोप गर्दै सभा सम्मेलन र मञ्‍चबाटै धारे हात लगाउदै जाँदा कदापी हितकर हुन सक्दैन । एक अर्काको अस्तित्वलाई स्वीकार्न नसक्ने राजनीतिक संस्कार र कार्यशैलीले अन्तत्वगत्वा काँग्रेसलाई कहाँ पु¥याउँछ सबैले सोच्नुपर्ने विषय हो । आसन्न निर्वाचनमा काँग्रेसले टिकट वितरण गर्दा आग्रह पूर्वाग्रह गर्दै तेरो र मेरो होइन, संस्थापन र इतर पक्ष भनेर होइन । नातावाद, कृपावाद, फरियावाद, धनवाद, दनवाद, भन्दा माथि उठी निष्ठा, त्याग, असल, इमानदारिताको राजनीति गर्ने, सक्रिय, जुझारु, जनप्रेमी नेताहरुलाई उम्मेदवार बनाउनु पर्छ । टिकट वितरण गर्दा नेताको निगाह, खल्ती र तोकतन्त्रबाट होइन, संविधान र लोकतन्त्र एवं समावेशिताको मूल मर्म, भावना एवं पार्टीको विधान अनुरुप समावेशी सिद्धान्तका आधारमा न्यायोचित एवं सम्मानजनक टिकट दिनुपर्छ । विडम्बना टिकट वितरणमा पार्टीको नेतृत्वपंक्ति चुकिरहेको भान हुन्छ । काँग्रेसले प्रतिनिधि तथा प्रदेश सभाको ९प्रत्यक्ष र समानुपातिक तर्फ० न्यायोचित टिकट वितरण तथा आंकाक्षी उम्मेदवार नेता कार्यकर्ताहरुको समुचित व्यवस्थापन गर्न नसक्ने हो भने थुप्रै चुनौती सामना गर्नुपर्ने अवस्था सिर्जना हुँदैछ । दुबै सभाका लागि देशैभरीबाट काँग्रेसको करिब साढे सात हजार आकांक्षी उम्मेदवारहरुको नामावली सिफारिस भई आएको छ । आकांक्षी उम्मेदवारहरुलाई न्यायोचित एवं सम्मानजनक तवरबाट व्यवस्थापन गर्न सक्ने हो भने काँग्रेसका लागि सुन्दर राजनीतिक अवसर रहेको छ । तर गठबन्धनको निर्णयअनुसार प्राप्त सिटमा काँग्रेसको आकांक्षी उम्मेदवारहरूलाई व्यवस्थापन गर्न फलामको चिउरा चपाउनु जस्तै रहेको छ । टिकट नपाएका धेरै उम्मेदवारसहित नेता कार्यकर्ताहरुको चित्त बुझाई थामथुम गर्न पनि उत्तिकै गाह्रो हुने परिस्थिति सिर्जना हुने देखिन्छ । स्थानीय निर्वाचनमा झैं स्वतन्त्र उम्मेदवारको असर र प्रभाव यस निर्वाचनमा पनि प्रवल रुपले पर्ने निश्चित छ । अर्कोतर्फ गठबन्धन बाहिर रहेका नेकपा एमाले, राप्रपा लगायत क्षेत्रिय भेगीय रुपमा जन्मेका राजनीतिक दलहरूको सामना पनि निकै जोडतोडले गर्नुपर्ने अवस्था छ । काँग्रेसका नेता कार्यकर्ताहरूले चाहे, खोजेजस्तो उम्मेदवार र गठबन्धनले समुचित सिट बाँडफाँट गर्न नसके काँग्रेस समर्थक आममतदाताहरु असन्तुष्ट भई मत ‘डाइभर्ट’ गर्न सक्ने खतरा पनि उत्तिकै छ । यसर्थ नेपाली काँग्रेसले आसन्न निर्वाचनमा होमिँदै गर्दा राजनीतिक एवं वस्तुगत परिस्थिति अवस्थाको सही ढंगले विश्लेषण गरी आवश्यक निर्णय लिदै कार्यदिशा तय गर्न जरुरी छ । पार्टीको बृहत्तर हितलाई केन्द्रबिन्दु बनाई उम्मेदवारको विषयमा सतहमा छताछुल्ल भएको असहमति असन्तुष्टी समाधान गरी निर्वाचनको कार्यभार एवं जिम्मेवारीलाई शिरोधार्य गर्दै बहन गर्न आवश्यक छ । त्यसै गरी निर्वाचनमा आउन सक्ने खतरा एवं चुनौतीको सामना गर्दै अवसरलाई ‘क्यास’ गर्न उचित योजना, रणनीति बनाई संगठनका हरेक तहगत नेता कार्यकर्ताहरुलाई सक्रिय रुपमा परिचालन गर्न सके मात्र काँग्रेसको साख बढ्नेछ । लेखक नेपाली काँग्रेस जिल्ला कार्यसमिति बर्दियाका सचिव हुन् ।

अहिलेको ज्वलन्त सवाल नागरिक उन्मुक्तिको

अहिलेको ज्वलन्त सवाल नागरिक उन्मुक्तिको

१३४१ दिन अगाडि

|

११ असोज २०७९

नागरिक उन्मुक्तिको विषय राज्यको नीतिसंग प्रत्यक्ष सरोकार राख्ने विषय हो । संविधानमा नेपाल राज्यको परिभाषामा नेपाल स्वतन्त्र,अविभाज्य,सार्वभौमसत्तासम्पन्न,धर्मनिरपेक्ष,समावेशी,लोकतन्त्रात्मक,समाजवाद उन्मुख,संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनिएको छ । अब विचार गरौं कि नागरिक शब्दावलीमार्फत् सम्बोधन गर्न खोजिएको जनता को हुन् रुनेपालमा अनागरिक जस्तो देखिने जनसमूह को को हुन् रुअझ संविधानले दिएको नागरिकताको हक प्राप्त गर्न नसकिरहेका नेपाली नागरिकताप्राप्त आमा बाबुको सन्तान कहाँको भन्ने छ । नागरिक उन्मुक्तिको सवाल यही आएर पेचिलो बन्न पुग्छ । इतिहास केलाउने हो भने नेपाल राज्यको उत्पत्ति फोस्र्ड थ्योरी ९जवरजस्तीको सिद्धान्त० अन्तरगत भएको पाउँदछौं । कसैले यसलाई दैविक सिद्धान्तअन्तरगत उत्पत्ति भएको पनि भन्न सक्लान् । तर नेपाल राज्य कहिल्यै सामाजिक सम्झौताको सिद्धान्तअन्तरगत रुपान्तरित हुन सकेको इतिहास र वर्तमानको नयाँ संविधान समेत देखिएन । यसले राज्य उत्पतिको सिद्धान्तमै छिद्र रहेको विषय उपर वहस माग गर्छ । २००७ सालको लोकतान्त्रिक क्रान्तिदेखि नै राज्य कस्तो हुने विषयबारे वहस चल्न थाले पनि सम्भ्रान्त वर्गको हठ र वेवास्ताले फेरि पनि नागरिकको परिभाषा कतै अनागरिक भनिएका जनसमूहसंग पनि सहवरण गर्न पुग्यो कि भन्ने हो । ऐतिहासिक पृष्ठभूमि विश्व राजनीतिक इतिहासलाई पनि अध्ययन गर्ने हो भने पश्चिम युरोपका देशहरु पनि सन् १२१५ जुनमा म्यागना कार्टामार्फत् अधिकार पाउने चार्टर जारी गरेपश्चात सामाजिक सम्झौतको बीउ रोपियो । त्यसलाई परिष्कृत गर्ने काम सन् १६४८ को वेष्टफालिन सम्झौतामार्फत् हुन पुग्यो । यसलाई इमानदारीपूर्वक लागु गरेकै कारण सो क्षेत्रका देशहरु स्वतन्त्र र सार्वभौसत्तासम्पन्न बन्न पुगे । यति भएर पनि उनीहरु पहिलो र दोश्रो विश्व युद्धको चक्करमा संसार भरी नै डरलाग्दो स्थिति पैदा गरेकै हुन् । अर्बौको धनजनको क्षति व्यहोर्न दुनियाँलाई बाध्य बनाएकै हुन् । दोश्रो विश्व युद्ध पश्चात विकासवादी सिद्धान्तअन्तरगत उदय भएका नयाँ मुलुकहरु साँचिक्कै सामाजिक सम्झौताको सिद्धान्त अबलम्बन गरे कि गरेनन् भन्दा थुप्रै देश यस सम्बन्धमा चुके । त्यसैको परिणाम हो अरब स्प्रीङ्ग जस्ता आन्दोलनहरुको उठान । अरब स्प्रीङ्ग आन्दोलनपश्चात मध्यपूर्व तथा उत्तरी अफ्रिकन मुलुकहरुमा रुपान्तरण हुन पुगेको हो । एक्काइसौं शताब्दीको यो नमूना आन्दोलन अगाडि नेपालमा माओवादी घोषित सशस्त्र युद्ध दश वर्षसम्म चल्यो । यो दश वर्षको दौरान नेपाल ठूलो उथलपुथल विच गुज्रेको स्थिति देखियो । तर,नेपाल राज्यको चरित्र अन्ततः फेर्न असमर्थ भएको परिस्थितिविच हामी नागरिक उन्मुक्तिको सवाल उपर वहस उठाउन खोजेका हौं भने मुक्तिको जुक्ति निर्वाचन हो कि विद्रोह रुविचारणीय पक्ष हो यो । राष्ट्रिय परिस्थिति माथि नै उल्लेख गरियो कि जुन राज्यको उत्पति सामाजिक सम्झौताको सिद्धान्तमा आधारित रह्यो,ती देशमा निर्वाचनमार्फत् नै सामाजिक रुपान्तरण भएका छन् । संसारलाई गरिबीबाट मुक्त गराउने योजनामा उनीहरु अगाडि बढेका छन् । जब राजनीतिक समस्याको समाधान गर्दै ती देश संसारभरी सुरक्षित तवरले आफ्ना नागरिकलाई हिँडडुल गर्न अनुमति दिए । अनि स्वतन्त्र भएर ती नागरिकले पनि आफ्नो देशको हितमा काम गरे । तर,नेपालमा अझै राजनीतिक समस्याको समाधान गर्न अनिच्छुक यहाँका राज्यधारी सम्भ्रान्तवर्ग जब आर्थिक एवम् सामाजिक न्यायको कुरो जोडतोडले हल्ला मच्चाउँदा दातृ निकाय सशंकित बन्दै गएका छन् । विदेशी लगानी वेगर नेपालको आफ्नै हैसियतले यहाँ आर्थिक क्रान्ति हुने सपना मात्र राजनीतिक स्टन्ट हो । यसले आफैंलाई भड्खालोमा हाल्छ भन्ने पनि थाहा छ र पनि उनीहरु यसखाले आत्मरतिमा रमाउन अभ्यस्त भइसके । यसले के प्रमाणित गर्छ भने नेपालमा केही नागरिक र केही अनागरिक बस्दै आएका छन् । यो द्वन्द्वात्मकताको सिद्धान्तले अनेक अन्तरविरोध निम्त्याएको छ । यसो भनौं नेपालमा गरीब र धनी बिचको अन्तरविरोध प्रकट रुपमा देखिए पनि तुलनात्मक रुपमा सो भन्दा कम प्रकटीकरण जातीय अन्तरविरोध नभएको प्रष्टै छ । नयाँ संविधान जारीपश्चात खसआर्य भित्रै पनि दलित समुदाय आर्य हो कि होइन,विश्लेषण हुने गरेको छ भने खस एक अलग्गै समूह भएको दावी गर्न थालिएको छ । मधेसी तथा पहाडिया अन्तरविरोध पनि मत्थर भइसकेको छैन भने बाँकी पनि शुशुप्त अवस्थाबाट प्रकटीकरण हुँदै गएको छ । उपरोक्त सबै अन्तरविरोधहरुको राजनीतिक समाधान नगरी देश समाजवाद उन्मुख कसरी बन्न सक्ला रुफेरि समाजवाद कस्तो हुने भनी अर्को सवाल वहसमा छँदैछ । यी महान वहस नेपालभित्र मात्र होइन,नेपाल बाहिर पनि विस्तारित हुन पुग्यो । तर यी वहसभित्र प्रवेश नै नगरी आत्मरतिमा नागरिक उन्मुक्तिको नारा घन्काउने काम झिनो मसिनो स्वरमा सुनिने गरेको छ । समृद्ध नेपाल–सुखी नेपाली त राज्य प्रायोजित कार्यक्रम भइ नै हाल्यो,जहाँ विदेशी दातृ निकाय तथा संस्थाहरु लगानी गर्न होइन कि उपयोग गर्न आउने गर्छन् । भूराजनीतिक संवेदनशीलताको ख्याल नगरी राज्य सम्भ्रान्त चाकरीमा जुटेसरी आज नागरिक उन्मुक्तिको नाराभित्र त्यही प्रवृत्ति रहेको बुझ्न कठीन भएन । यथार्थ के हो भने वाहुनवाद हावी भएको भूक्षेत्रमा डोरबहादुर विष्टका अनुसार भाग्यवाद नै  विकासको मुख्य बाधकको रुपमा हुने भयो । साँच्चै नै नागरिक उन्मुक्तिको सवाल भाग्यप्रधान बन्न पुग्यो । नेपालको आधुनिकताको परियोजनाको यो प्रमुख बाधक बन्दा सचेत धक्काको लागि उपयुक्त उपाय ठहर हुन सक्नेछैन । अब के गर्ने ? यो सवालले आन्दोलनको समग्र चिन्तनलाई केन्द्रमा राखेर अगाडि बढ्न मद्दत गर्छ । त्यसको अर्थ एकीकृत योजनाको माग गर्छ । नागरिक उन्मुक्तिको सवाल अऔपनिवेशिकरणको सवालसंग सम्बन्ध राख्छ कि राख्दैन रुबुझ्नुपर्ने विषय यिनै हुन् । त्यसै गरी यो बुझाईसंग प्रत्यक्ष जोडिएर आउने विषयहरु विश्लेषण र संश्लेषण,समग्र र अंश,विशिष्टता र व्यापकता,कार्य र कारण,आवश्यकता र सम्भाव्यता,सार र रुप साथै रणनीति र कार्यनीतिबारे ठोस बुझाई हुनैपर्छ । रणनीतिको अभावमा योजना खोक्रो हुने र आन्दोलन निश्कर्षमा पुग्न नसक्ने हुन्छ,कारण नेतृत्वको क्षमता र तयारी तिनै बुझाईको आधारमा मापन गर्नुपर्छ । तसर्थ,अब के गर्ने रुसवालसंग चेतना निर्माणको विषय जोडिन्छ । अर्थात् ज्ञानसत्ता निर्माण हुनु जरुरी छ,जसले वस्तुसत्ता नियन्त्रण गर्न सकोस् । समग्रमा राज्यसत्ता स्थापना गर्न यसले सघाउँछ । किनकि सत्ताबाहेक बाँकी सबै भ्रम हुन् भनी मार्क्सवादीहरु भन्दै गरेको कारण बुझ्नुपर्छ । सत्ताविहीन हुँदाको अवस्थामा यहाँका राज्यसम्भ्रान्तवर्ग एकले अर्कोलाई संघर्ष र विद्रोहमार्फत् विस्थापित गरे । २००७ सालदेखि हुँदै आएका लोकतान्त्रिक संघर्षलगायत माओवादी सशस्त्र विद्रोहको सम्बन्ध कहीँ न कहीँ यस्तै अवधारणा अन्तरगत बुझ्न सकिन्छ । त्यसो हो भने के नागरिक उन्मुक्तिको सवाल पनि यही संघर्ष एवम् विद्रोहको नक्कल गरेर सम्बोधन हुने हो त र ? विश्व राजनीतिक पाराडाइम परिवर्तन हुन पुगेको अवस्थामा यसलाई बुझ्ने ज्ञान प्रणालीसंग साक्षात्कार हुने काम पहिलो शर्त हो । त्यसलाई समावेशी राज्यको रुपमा बुझाउने प्रयत्न पनि गर्दै आएको छ । तर यो उदारवादी राज्य सिद्धान्त अन्तरगत अभ्यासमा आएकोले युरोपमा त्यसको समाधान निस्क्यो । नेपालमा समावेशी राज्य अवधारणा कुन सिद्धान्त अन्तरगत हुने भन्ने ठोस विमर्श भइ नसकेकोले राज्यविहीन राष्ट्रियता राष्ट्रिय मुक्ति क्रान्तिको बाटोमा अग्रसर हुनुपर्ने बताउँदै छन् । नागरिक उन्मुक्तिको बाटो ठोस त्यस अर्थमा हुन जरुरी छ,त्यसैको लागि सैद्धान्तिक वैचारिक तयारी,आर्थिक भौतिक तयारी,राजनैतिक कुटनैतिक तयारी गर्दै संगठनात्मक तथा संघर्षको तयारी अनिवार्य शर्त मान्नुपर्छ । तर शुरुवात कहाँबाट गर्ने विषय फेरि पनि अनुत्तरित रहन सक्छ । यसको समाधान वस्तुगत परिस्थितिको ठोस विश्लेषण गरेर निर्णयमा पुग्ने हो । यहि वेला नेतृत्वपंक्ति चुक्ने गरेको कारण नागरिक मुक्तिको चाहना हावामा महल बनाए सरह दिवा स्वप्न हुन पुग्छ । निष्कर्ष राजनीति भनेकै चेतनाको खेल हो । यो खेलमा सबै चीज ‘ओपन सेक्रेट’ हुने भएकैले विपक्षीले समेत अरुले कसरी काम गर्दै रहेको बुझ्ने र आत्मरक्षा प्रणाली विकास गर्ने गरेको हुन्छ । लामो अभ्यासले यहाँका शासक सम्भ्रान्त राजनीति मिलाउन जाने । राजनीति मिलाउन सकेकैले वीपी कोइरालाले फाँसीको सजाय गुजार्नु परेन । अमेरिकाबाट आतंकवादी ठहर गरिएका प्रचण्ड राजनीति मिलाउन सकेकै कारण पछि रातो कार्पेटमै अमेरिका पुगे भने अर्कोतिर ज्ञानेन्द्र खाली हात नागार्जुन जंगल तिर लाग्नुपर्यो । त्यसैले नागरिक उन्मुक्तिको सवाल उठाइ राख्दा कसको भूमिका कहाँ उपयुक्त हुने विषय पहिल्यै टुङ्गिनुपर्छ । यसको नेतृत्व गर्ने संगठन तथा नेतृत्ववर्ग सचेत धक्काको लागि तयार हुन सक्नुपर्छ । कारण सचेत धक्काले मात्र परिवर्तनको लागि बाध्य बनाउने हो । नेपालको सन्दर्भमा नागरिक उन्मुक्तिको वहस नै उठेको पाइँदैन । नागरिक को हो र को होइन भन्ने सवालबिच दोधारे नीति राज्यको छ । अवस्था हेरी अनागरिक र नागरिक बनाउने विशेष अधिकार यो राज्यसंग छ । तसर्थ नागरिक उन्मुक्तिको सवाल गौण देखिन्छ भने यही परिस्थितिमा राष्ट्रिय मुक्तिको सवाल प्रधान भएर आएको छ । कतिपय अन्तरविरोधको हल गर्न पनि राजनीतिक समाधान दिन राष्ट्रिय मुक्तिको सवाल राजनीतिक कर्मको रुपमा बुझ्ने गरे । कर्ताको रुपमा राज्यविहीन राष्ट्रिय समूह देखिए भने उनीहरुले गर्ने काम राष्ट्रिय मुक्ति क्रान्ति हो भनी बुझाउने काम अन्तर्राष्ट्रिय तहमा हुँदै आएको छ । विभिन्न स्वरुपमा यस विषयमा केन्द्रित भई देशैभरि वहस निरन्तर चल्दैआएको छ । कम्युनिष्टको भूतले जसरी युरोपमा कुनै समय त्रसित बनायो,त्यसै गरी संसारलाई राष्ट्रिय मुक्ति क्रान्तिको भूतले तर्साउँदै गरेको छ । प्रत्येक देशको आन्तरिक राजनीतिमा यसखाले भूतको त्रास बढेकै कारण टीकापुर थारू विद्रोह घरि घरि राज्यले सम्झिने गर्छ । नेपालमा टीकापुर थारू विद्रोहलाई दवाए सरी राष्ट्रिय मुक्ति क्रान्तिको वेगलाई रोक्छु भन्नु नै यो देशको लागि अभिश्राप बन्नेछ । अहिले रेशम  रेशम चौधरीको  नागरिक उन्मुक्ति पार्टी चर्चामा छ । उहाँले निकै सोच विचार गरेरै पार्टीको यो नाम जुराएको हुनुपर्छ । यदि राष्ट्रिय मुक्ति क्रान्तिको लहरसंगै लामबन्द भएर नयाँ करारको ढोका खुल्ला गर्ने हो भने नागरिक उन्मुक्ति अवश्य हुनेछ । यहाँ नयाँ करार भनेकै सामाजिक सम्झौताको सिद्धान्त व्यवहारिक बनाउनु हो,जसले अन्ततः राज्यको खेलको नियम बदल्ने जमर्को गर्छ । नागरिक उन्मुक्तिको लक्ष्य पनि त्यही नै किटान गरेको हुनुपर्छ । लेखक त्रिवि कीर्तिपुरमा एमफील–पीएचडी अनुसन्धानमा आवद्ध छन् ।

कसैको सम्झनामा पनि कोही नबनोस् कमलरी

कसैको सम्झनामा पनि कोही नबनोस् कमलरी

१३४४ दिन अगाडि

|

८ असोज २०७९

                                                                               हालै काठमाडौंमा मुक्त कमलरीहरुबाट गरिएको पत्रकार सम्मेलन म  तिम्रै यादको कमारो हुँ सायद र  तिमी  मेरो सम्झनाकी कमलरी  -कल्प–ग्रन्थ, (३०६) फेसबुकमा पोस्ट गरिएको यो कविता पढेर बेचैन भएँ । कमलरी शब्दलाई यसरी फेन्टासाइज गरी कवितामा प्रयोग गरेको देखेर मलाई विश्वास भइरहेको थिएन कि यसका लेखक मैले मनमनै उच्च सम्मान गर्ने व्यक्तिमध्येका एक हुन् । कमलरी शब्द थारू भाषाको कम्लहरियाबाट आएको हो । पहाडी समुदायका मानिसहरूले कम्लहरिया भन्न नजानेर हो या उच्चारण गर्न गाह्रो मानेर हो, कम्लहरियालाई कमलरी बनाइदिए । २०७० सालको कमलरी मुक्ति आन्दोलनपश्चात् कमलरी शब्द अझै आम बन्न गएको हो ।  कम्लहरिया भनेको जमिनदारको घरमा काम गर्न राखेको थारू समुदायको अति विपन्न परिवारकी केटी मान्छे हो । खान–लाउन अभाव हुने परिवारले आफ्ना साना छोरीहरूलाई जमिनदारको घरमा काम गर्नका लागि कमलरी बस्न पठाउँथे । कतिपयले त ६–७ वर्षका छोरीहरूलाई पनि काममा लगाउनुपर्ने बाध्यता हुन्थ्यो । जमिनदारले कमलरीलाई उनको घर जाने अनुमति नदिएसम्म घर जान पाउँदिनथिन् । धेरैजसो कमलरीहरू आफ्नो आमाबुबाभन्दा टाढा राखिन्थे । कैंयौं त गाउँबाट सहर पुर्‍याइन्थे ।  मलाई सम्झना छ, हाम्रो गोटियार घरको नातामा मेरी फुपू पर्नेलाई हाम्रै गाउँको एक पढेलेखेका जागिरे व्यक्तिले कमलरी लगाइदिने भनी सहर लगे । ती जागिरे व्यक्तिले गाउँका थुप्रै केटीलाई थुप्रै हाकिमहरूकहाँ कमलरी राखिदिने गरेका थिए । मेरी कमलरी फुपू धेरै वर्षसम्म घर आउन पाइनन् । गाउँ छाडेर जाँदा उनलाई नेपाली बोल्न आउँदैनथ्यो । गाउँ फर्किंदा उनले थारू बिर्सिसकेकी थिइन् । कमलरी बस्नेहरू प्रायः साना बच्चीहरू हुन्थे । ती बच्चीहरूका सबै आधारभूत अधिकार अस्वीकृत थिए । तिनले मालिक–मालिक्नीले अह्राएको सबै काम गर्नुपथ्र्यो । कलिला नानीहरूको ज्यानले धान्नै नसक्ने श्रममा लगाइन्थ्यो । काममा जोताएर पनि पेटभरि खान पाउँदैनथे । राम्रो लगाउन दिइँदैनथ्यो । घरको सबैभन्दा गन्दा भागको भुइँमा सुताइन्थ्यो । अह्राएको काम पूरा नगरे निर्दयी पारामा पिटिन्थ्यो । कमलरीहरूलाई मालिकहरूले आफ्नो सम्पत्ति ठान्दथे ।  एकपटक कमलरी भइसकेपछि अधिकांश कमलरीहरू मालिकको ट्र्यापबाट उम्किन असम्भवजस्तै थियो । बाध्यताले छोरीलाई कमलरी बनाएबापत तिनका आमाबुबाले थोरै अन्न पाउँथे । पछि पैसाको कारोबार बढ्न थालेपछि केही पैसा पाउन थाले । कमलरीहरूले गर्ने श्रमको तुलनामा तिनको आमाबुबालाई दिइने पारिश्रमिक अत्यन्तै न्यून हुने गथ्र्यो । कहिले कपडा किनिदिएको बहानामा त, कहिले औषधीमुलोमा खर्च गरेको बहानामा उल्टै कमलरीलाई ऋणको भारी बोकाइन्थ्यो । ऋण प्रत्येक वर्ष बढ्दै जान्थ्यो । बाचुन्जेल कमलरीले जतिसुकै श्रम गरे पनि उनको ऋण चुक्ता हुँदैनथ्यो । अनि कमलरी हस्तान्तरण गरिन्थ्यो उनकी छोरीलाई, छोरीकी छोरीलाई एवंरीतले पुस्तौँसम्म ।  यसरी कमलरी राख्नु एउटा प्रथाकै रूपमा अगाडि बढ्यो । तर हेक्का रहोस्, छोरीलाई कमलरी बनाउनु छोरीलाई बेच्नु कदापि होइन । पेट पाल्नका लागि विवश आमाबुबाले आफ्ना छोरीलाई जमिनदारको घरायसी काम गर्न लगाएको मात्रै हो । तर, बसिखानेहरूले मरिमरी काम गर्दासमेत खान नपुग्नेहरूका छोरीहरूलाई कमलरी राख्नु र ती कमलरीमाथि जस्तोसुकै अपराध गर्नुलाई आफ्नो अधिकारजस्तो सोच्न थाले । कमलरीलाई केवल घरायसी काममा जोत्ने मात्र नभई तिनीमाथि सबै किसिमका शारीरिक मानसिक बर्बरता बर्साइन्थ्यो । कमलरीमाथि बर्बर व्यवहार गर्नु मालिकहरूका लागि वैधजस्तै थियो । कमलरीमाथि व्यापक यौनशोषण हुन्थ्यो । कमलरीलाई केवल घरायसी काममा जोत्ने मात्र नभई तिनीमाथि सबै किसिमका शारीरिक मानसिक बर्बरता बर्साइन्थ्यो । कमलरीमाथि बर्बर व्यवहार गर्नु मालिकहरूका लागि वैधजस्तै थियो । कमलरीमाथि व्यापक यौनशोषण हुन्थ्यो । कमलरीहरू निरीह थिए । बोल्न सक्दैनथे । सम्भवतः कमलरीहरूलाई थाहा हुँदो हो कि न्यायका लागि जाने कुनै ठाउँ छैन । कमलरीहरूलाई थाहा थियो कि बर्बरता बर्साउनेहरू आफैँ न्यायकर्ताको कुर्सीमा रहन्छन् । या त थाहा थियो कि कमलरीहरूका अपराधीहरू न्याय दिनेहरूका नातेदार हुन् ।  २०७३ सालतिर हो, म बर्दियाको खैरीचन्दनपुर गाउँ गएको । त्यहाँ जानुको विशेष कारण थियो, माओवादी आन्दोलनमा सहिद भएकी जुग्गन चौधरी जुनाबारे अध्ययन गर्न । २०५७ जेठ ७ गते खैरीचन्दनपुरका जमिनदार युवराज उपाध्यायलाई जनकारबाही गर्न जाँदा जमिनदारकै गोली लागेर जुनाले सहादत प्राप्त गरिन् । जमिनदारका बारेमा मैले गाउँका थुप्रै मानिसहरूसँग कुरा गरेँ । तिनको कुरा सुनेर जमिनदारको क्रूरता हरर मुभीका डरलाग्दा पात्रभन्दा बढी डरलाग्दो भएको अनुमान जोकोहीले लगाउन सक्थ्यो ।  कहिले कपडा किनिदिएको बहानामा त, कहिले औषधिमूलोमा खर्च गरेको बहानामा उल्टै कमलरीलाई ऋणको भारी बोकाइन्थ्यो । ऋण प्रत्येक वर्ष बढ्दै जान्थ्यो । बाँचुन्जेल कमलरीले जतिसुकै श्रम गरे पनि उनको ऋण चुक्ता हुँदैनथ्यो । अनि कमलरी हस्तान्तरण गरिन्थ्यो उनकी छोरीलाई, छोरीकी छोरीलाई, एवम् रीतले पुस्तौँसम्म ।  गाउँमा सबैभन्दा ठूलो घर अर्थात् ठूलो महल हुनु जमिनदारका लागि पहिलो सर्तजस्तै हो । हिलोमा कहिल्यै धान नरोपे पनि सयौँ बिघाका मालिक हुन्थे जमिनदार । युवराज उपाध्यायमा पनि त्यही सर्त लागू हुन्थ्यो । युवराजले सयौँ कमैया कमलरी राखेका थिए । खेतमा काम गर्ने छुट्टै, गाईभैंसी चराउने छुट्टै, गोठको गोबर उठाउने छुट्टै, भाँडा माझ्ने छुट्टै गरी सबै कामका लागि छुट्टाछुट्टै कामदार हुन्थे । मैले भेटेकी महिला युवराजको गोठको गोबर फाल्ने कमलरी थिइन् । उनले भनिन्, ‘मलिक्वा महा हराम रहे । टबे टे मुय बेर किरा परके मुवल ।’ (मालिक धेरै बदमास थियो । त्यसैले मर्ने वेला किरा मरेर मर्‍यो ।) युवराजले आफ्नो घरनजिक एउटा गोलघर बनाएको थियो । त्यो गोलघर कमैयाहरूलाई पिट्नका लागि थियो । कमैयाहरूले केही गल्ती नगरे पनि जमिनदारको हात चिलायो भने पनि उसले पिट्ने गथ्र्यो । मनोरञ्जन लिनका लागि पनि उसले जोकोही कमैयालाई जुनसुकै समयमा पिट्न सक्थ्यो ।  मैले भेटेकी महिला युवराजको गोठको गोबर फाल्ने कमलरी थिइन् । उनले भनिन्, ‘मलिक्वा महा हराम रहे । टबे टे मुय बेर किरा परके मुवल ।’ गाउँको कुनै पनि महिलासँग ऊ सुत्न (बलात्कार गर्न) सक्थ्यो । कसैले उसको प्रतिरोध गर्दैनथ्यो । किनभने सबैलाई थाहा थियो कि कसैले उसको प्रतिरोध गरे उसले कुटाइ खानुपथ्र्यो, कि त मर्न पथ्र्यो । बिहेको पहिलो रात आफ्नी श्रीमती जमिनदारकोमा पठाउनुपथ्र्यो । त्यसो नगरे बेहुलामाथि निर्घात कुटपिट हुन्थ्यो र बेहुली बलात्कृत हुनुपथ्र्यो । युवराजको बलात्कारबाट कोही कमलरी गर्भवती भएउसले गर्भवती कमलरीको विवाह आफ्नो कमैयासँग गराइदिन्थ्यो ।  युवराजजस्ता अत्याचारी जमिनदारहरू थारू गाउँगाउँमा थिए । कैलालीको उज्लीसेम्रा गाउँको जमिनदार देशराज, लालपुर गाउँको जमिनदार गुरुंग युवराजभन्दा कुनै मानेमा कम थिएनन् ।  मेरी हजुरआमा भन्नुहुन्छ, उहाँ नौ–१० वर्षको उमेरमा लालपुरको गुरुंग मालिककोमा धान रोप्न जानुहुन्थ्यो । धान रोपेबापत मालिकले केही पैसा दिन्थ्यो । कसैको पनि पारिश्रमिक निर्धारण गरिएको थिएन । उसले केटी मान्छेको छाती कति ठूलो छ भन्ने हेरेर पारिश्रमिक दिने गथ्र्यो । मेरी हजुरआमाले थोरै पैसा पाउनुहुन्थ्यो । उहाँभन्दा अलि बढी उमेरका केटीहरूलाई मालिकले धेरै पैसा दिन्थ्यो ।  कति कमलरीलाई मालिकहरूले बलात्कार गरे, त्यसपश्चात् हत्या । यसको तथ्यांक पाउन असम्भव छ । किनभने हत्यालाई आत्महत्या गरेको भनी देखाउन कमलरीको लासलाई झुन्ड्याइन्छ । त्यसको वास्तविक छानबिनसमेत हुँदैन । यसको सबुत सरकारले दिँदैन । किनभने सरकारी अधिकारीले त आत्महत्या भनी लेखिसक्यो । यसबारे अध्ययन गर्न चाहनेहरूले पूर्वकमलरी र तिनका परिवारलाई भेटे काफी हुन्छ ।  बासगढी नगरपालिका–२ बर्दियाकी ११ वर्षीया अस्मिता चौधरी बर्दियाकै दुर्गा भण्डारीको घरमा २०७५ जेठ २९ गते झुन्डिएको अवस्थामा भेटिइन् । मुक्त कमलरीहरूले बलात्कारपश्चात् हत्या गरी झुन्ड्याएको आरोप लगाए । उक्त केसको चित्तबुझ्दो छानबिन नै भएन । कमलरी कपोलकल्पित होइन, वास्तविक अत्याचार हो । भयावह कमलरी जीवन बाँचेकाहरू हामीसँगै समाजमा बाँचिरहेका छन् । उनीहरू मालिकले गर्ने अत्याचारका जिउँदा गवाही हुन् । कमलरी अमानवीकरण हो । कमलरीलाई कामुकीकरण त्यसले मात्र गर्न सक्छ, जो दासत्वले गर्ने सबै अत्याचार भुल्न सक्छ । कमलरी राख्नु दासत्व हो । दासत्वमा यौन आघात समावेश हुन्छ । र, त्यो संस्थागत हुन्छ । अर्थात् यौन दुराचार, बलात्कारजस्ता जघन्य अपराध कानुनी रूपमै संरक्षित हुन्छन् । खासगरी हाम्रो जस्तो देशमा, जहाँ पावर, पद, पैसा हुनेहरूलाई कानुनले छुँदैन ।  छोरीहरूलाई पनि पढाउनुपर्छ भन्ने चेतनाको विकास हुन थालेपछि कैयौँ परिवारले आफ्ना छोरीहरूलाई पढाइदिन र बदलामा छोरीले घरको काम सघाइदिने भन्ने सर्तमा मालिककहाँ कमलरी राख्न थाले । म नौ–दश वर्षको हुँदो हुँ सायद, यस्तै सर्तमा मेरी आमाले मलाई उनको चिनजानको एक व्यक्तिको घरमा राख्नुभयो । स्कुल टाइमबाहेकको अन्य सबै समय साँझ र बिहान मैले उनको घरको सबै काम गर्नुपथ्र्यो । उनको घर सफा गर्ने, कपडा धुने, भाँडा धुने सबै सबै । मलाई होमवर्क गर्ने समय पनि मिल्दैनथ्यो । स्कुल पुग्न पनि मलाई सधैँजसो ढिलो हुन थालेको थियो । म कमलरी थिइनँ । मलाई त केवल आफ्नो पढाइ अगाडि बढाउन सजिलो होस् भनेर मेरी आमाले चिनजानको परिवारकोमा राख्नुभएको थियो ।  मेरो आफ्नै भोगाइ हुँदाहुँदै पनि मलाई एक कमलरीका भोगाइहरू कल्पना गर्न बहुत डरलाग्दो लाग्छ । दुई–चार अक्षर चिन्ने लोभमा कमलरी बसेकाहरूको जीवन कति भयानक भोगाइहरूले भरिएको हुँदो हो ! मेरो आफ्नै भोगाइ हुँदाहुँदै पनि मलाई एक कमलरीका भोगाइहरू कल्पना गर्न बहुत डरलाग्दो लाग्छ । दुई–चार अक्षर चिन्ने लोभमा कमलरी बसेकाहरूको जीवन कति भयानक भोगाइहरूले भरिएको हुँदो हो ! १९५४ मा नेपालमा मलेरिया उन्मूलन कार्यक्रमको सुरुवात भएपछि सरकारी योजनामै पश्चिम तराईमा सरकारले पुनर्वासको योजना ल्यायो । त्यसपछि पहाडबाट तराईतर्फ बसाइँ सर्ने क्रम तीव्र भयो । सामन्ती प्रवृत्तिका पहाडियाहरूले थारूहरूको जग्गा कब्जा गरे । ती थारूहरूलाई तिनकै खेतमा कमैया बनाएर जोताए । तिनकै छोरीहरूलाई कमलरी बस्न बाध्य बनाए ।  जमिनदारहरूले जे चाह्यो त्यही गर्न पाउँथे । थारूहरूमाथि जस्तोसुकै अत्याचार गर्न पनि उनीहरूलाई छुट थियो । देशमा कुनै कानुन थिएन । जमिनदारको बोली नै सबैभन्दा बलियो कानुन थियो । जमिनदार थारू गाउँका राजा थिए । जमिनदार अर्थात् राजा अर्थात् कानुन, पर्यायवाची थिए । कानुनको कार्यान्वयन गराउने प्रहरी चौकी, अड्डा अदालत, प्रशासन सबै जमिनदारको पहुँचमा थिए ।  २०५२ मा जनयुद्धको सुरुवात भएपछि माओवादीले जमिनदारहरूलाई जनकारबाही गर्न थाले । त्यसपश्चात् जमिनदारहरू थारू गाउँ छोडी सहरतिर भागे । कमैया मुक्तिको आवाज बलियो गरी उठ्न थाल्यो । २०५२ मा जनयुद्धको सुरुवात भएपछि माओवादीले जमिनदारहरूलाई जनकारबाही गर्न थाले । त्यसपश्चात् जमिनदारहरू थारू गाउँ छोडी सहरतिर भागे । कमैया मुक्तिको आवाज बलियो गरी उठ्न थाल्यो । कमैया मुक्तिको संघर्षको लामो समयपश्चात् सरकारले २०५७ साउन २ गते कमैयाहरू मुक्त भएको घोषणा गर्‍यो । तर, तिनको उचित व्यवस्थापनलाई बेवास्ता ग¥यो । सरकारी बेवास्ताका कारण कमैयाका छोरीहरू फेरि पनि कमलरी नै रहे ।  सधैँ थिचोमिचो र बर्बरता भोगेका कमलरीहरू आखिर मालिकको महलबाट निस्किए र सुरु गरे काठमाडौंको सडकमा नारा लगाउन । २०७० असार १३ गते सरकारले कमलरी मुक्तिको घोषणा गर्‍यो । कन्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङबाट १२ हजार कमलरीको उद्धार गरियो । उद्धार गरिएका कमलरीहरूका शिक्षा, स्वास्थ्य, खाद्यान्नलगायत आवश्यकता पूरा गर्ने जिम्मेवारी सरकारले लिने भन्यो तर लिएन । कैयौँ थारू छोरीहरू फेरि कमलरी बस्न बाध्य पारिए ।  कमलरी कपोलकल्पित होइन, वास्तविक अत्याचार हो । भयावह कमलरी जीवन बाँचेकाहरू हामीसँगै समाजमा बाँचिरहेका छन् । उनीहरू मालिकले गर्ने अत्याचारका जिउँदा गवाही हुन् । कमलरी अमानवीकरण हो । कमलरीलाई कामुकीकरण त्यसले मात्र गर्न सक्छ, जो दासत्वले गर्ने सबै अत्याचार भुल्न सक्छ । कुमार नगरकोटीले यस्तो आपत्तिजनक रूपमा गरिएको कमलरी शब्दको प्रयोगले मलाई चकित मात्र पारेन, अनैकौँ प्रश्नहरू पनि खडा गर्‍यो । यति लापरबाहीपूर्वक कमलरी शब्दको प्रयोग कसैले कसरी गर्न सक्छ ? चाहे ऊ नाम चलेको कवि नै किन नहोस् । कमलरी शब्दको गलत प्रयोग गर्ने छुट कसैलाई छैन । कमलरीलाई भद्दा मजाकको रूपमा चित्रण गर्ने छुट कसैलाई छैन ।  कमलरीहरूको यथार्थ अनुभवहरू साहित्यमा समेटिएकै छैनन् । तर, जहाँ समेटियो, त्यहाँ एक थारू महिलाको कमलरी जीवनको अनुभव र एक पहाडिया पुरुष लेखकका शब्द तनावले भरिपूर्ण छ । पुरुष लेखकको कोरा कल्पनामा कमलरीका कथालाई बेच्ने प्राथमिकता सस्तो रूपमा झल्किन्छ । थारू छोरीमाथिको अत्याचारलाई चुनौती दिन दासत्वलाई प्रयोग नगरी त्यसको संरक्षणका लागि प्रयोग गरिएजस्तो । हो, शारीरिक रूपमा कसैलाई कमलरी बनाउनु अवैधानिक छ । यद्यपि कुनै न कुनै रूपमा, कवितामै सही, भावनामै सही, कल्पनामै सही, पुरुष कवि महिलालाई कमलरी बनाउन लागिपरेको छ । हो, कसैको कल्पनालाई वर्जित गर्न सकिँदैन । कुनै पनि कविले कमलरी शब्दको आनन्द बडो रोमाञ्चक तबरले गर्न सक्ला । तर, यो पनि नभुलौँ कि उहिले जमिनका मालिकबाट मुक्ति पाउन प्रतिरोध गरिएको थियो । अब कलमका मालिकबाट मुक्ति पाउन प्रतिरोध गर्नबाट कसैले रोक्न सक्नेछैन ।  कमलरीहरूको पीडा र अतुलनीय अनुभव जिउँदै छन् । कमलरीको कथा कसरी व्यक्त गर्ने, कमलरी जीवनको चित्रण कसरी गर्ने, लिखित शब्दले कस्तो किसिमको भावनात्मक आक्रमण गर्छ ? विद्वान्हरूले यी प्रश्नहरूको अन्वेषण गर्न समय लिनैपर्छ । कवि र साहित्यकारले साहित्य लेख्ने नाममा विषयलाई रोमान्टिसाइज नगरौँ । कोही छोरी मान्छे कसैको सम्झनामा पनि कमलरी बन्न नपरोस् । झन् नयाँबाट