केही कुरा धिमालबाट सिक्ने कि !

केही कुरा धिमालबाट सिक्ने कि !

६२५ दिन अगाडि

|

११ पुष २०८०

नेपाली राजनीतिमा 'लेमन जुस' लूट

नेपाली राजनीतिमा 'लेमन जुस' लूट

६२७ दिन अगाडि

|

९ पुष २०८०

संजीव सत्गैंया सन् १९९५। अमेरिकाको पिट्सबर्गमा एक हट्टाकट्टा युवाद्वारा बैंक डकैती भयो। डकैतीको रमाइलो पक्षचाहिँ के भने– ती युवा, म्याकआर्थर व्हीलर, सरासर बैंकभित्र पसे, टेलरलाई बन्दुक देखाए, पैसा लिए, अनि हिँडे। न भेष बदलेका, न अनुहार नै छोपेका। डकैती गर्न यसरी गएका, मानौँ निगरानी क्यामेरामा पनि उनी देखिने छैनन्। रिपोर्टहरूका अनुसार बैंक कर्मचारीले त उनलाई बिनाप्रतिरोध नै पैसा दिए, बरु फुस्किन लागेको हाँसो दबाउने प्रयास गर्दै। यस्तो खुल्लमखुल्ला डकैतीको पटाक्षेप कसरी भयो होला त? अनुमान गर्न गाह्रो छैन। उनी केही समयपछि नै प्रहरीको फन्दामा परी त हाले।  सोधपुछका क्रममा दिएको बयानले चाहिँ प्रहरीलाई उनले चकित नै पारे– ‘तर, मैले त लेमन जुस लाएको थिएँ त!’ अर्थ थियो, उनले अनुहारभरि कागतीको रस दलेका थिए, तथापि किन अदृश्य भएनन्, कसरी निगरानी क्यामेरामा देखिए?  उनको त्यो दुस्साहस एउटा हास्यास्पद धारणाको उपज थियो– ‘लेमन जुस’लाई अदृश्य मसीको रूपमा प्रयोग गर्न सकिन्छ भने अनुहारभरि त्यही दल्दा त उनी पनि निगरानी क्यामेराले समाउन नसक्ने गरी अदृश्य हुन पर्ने! कागतीको रसको मसी, जुन तापको स्रोतनजिक नआएसम्म अदृश्य रहन्छ, बनाउने परीक्षण सायद केटाकेटी बेलामा उनले पनि गरेकै थिए। वर्तमान नेपालमा यस्तो लाग्छ कि जताततै म्याकआर्थर व्हीलरहरू छन्, विशेषगरी दलहरूमा, अझ ठूला दलहरूमा। दल र नेताहरूको व्यवहार यस्तो छ, मानौँ उनीहरू व्हीलरले झैँ आफ्नो अनुहारमा लेमन जुस पोतेकाले जति नै लूट र दोहनमा लिप्त भए पनि हामीलाई कसैले देख्न सक्दैन भन्ने भ्रममा छन्। नेपालमा भ्रष्टाचार छ भन्नु अहिले 'अन्डरस्टेटमेन्ट' नै भइसक्यो। पछिल्ला दिन समाचारमा विभिन्न आयतन र स्वरूपका भ्रष्टाचारका घटना उजागर भएकै छन्। सरल रूपमा भन्दा राजनीति गर्नु भनेकै धन कमाउनु हो र धेरै धन कमाउनु हो, भलै तरिका खराब नै किन नहोस्, भन्ने बुझाइ नेताहरूमा छ। नेताहरू आफैँ भन्छन्, ‘नियमित तवरले कमाएर त चुनाव नै लड्न सकिन्न।’  कुन दलका नेताले ‘कति कमाए' भन्ने विषय अब यति सजिलो तरिकाले घर, बजार, चिया पसल, सरकारी अड्डा वा मन्त्रालयमै छलफल हुन्छ कि भ्रष्टाचारको अत्यधिक सामान्यीकरण नै भइसक्यो। खतरनाक कुरो, भ्रष्टाचार मौलाइरहेको छ भन्दा पनि जति भ्रष्टाचार गरे पनि कसले नै के गर्न सक्छ र भन्ने अतिआत्मविश्वास जुन तवरले बढेको छ, त्यो हो। प्रशासन, भ्रष्टाचार नियन्त्रण गर्न बनाइएका निकाय, अड्डा, अदालतजस्ता राज्य संयन्त्रलाई आज नेताहरूले म्याकआर्थर व्हीलरको ‘लेमन जुस’ बनाएका छन्, मानौँ कि जति नै भ्रष्टाचार गरे पनि उनीहरू छोपिएकै छन्, देखिएकै छैनन्।  न्युयोर्क टाइम्सका पत्रकार डेक्लन वाल्सको पुस्तक ‘नाइन लाइभ्स अफ पाकिस्तान’मा एक पाकिस्तानी व्यवसायीसँगको वार्ता प्रसंग छ। ती व्यवसायी भन्छन्, "हेर्नुस्, गेम फिक्स गर्ने ५० तरिका छन्, र यहाँ पाकिस्तानमा ९० प्रतिशत जति गेम फिक्स्ड नै हुन्छन्।"  नेपालमा अहिले यस्तो लाग्छ कि गेम शतप्रतिशत नै फिक्स्ड छन्। यदाकदा भ्रष्टाचारका मुद्दामा कोही पक्राउ पर्नु या मुद्दा चल्नुलाई नेपाली समाजले ‘सेटिङ नमिलेको’ भन्ने बुझ्छ। जसको सीधा अर्थ के हो भने भ्रष्टाचार समाजको अभिन्न अंग बनिसकेको छ। बरु कुनै विकास परियोजनामा भ्रष्टाचार भएन भनियो भने त्यो अपवाद मानिने स्थिति छ।  ‘भ्रष्टाचारको अन्त्य’ आजका दिनमा सबैको सबैभन्दा प्रिय शब्दावली भए पनि दल र नेताहरूले भ्रष्टाचारको उन्मूलन त के घटाउन पनि सक्छन् भनेर समाजमा कुनै आशा बाँकी छैन। त्यसको एउटा मात्र कारण समग्र संयन्त्र नै भ्रष्ट हुनु हो। आज जुन दल र नेताहरू राज्य सञ्चालनमा छन्, तिनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि गरेको त्याग अतुलनीय छ। तर, जुन व्यवस्थाले सामाजिक–आर्थिक रूपान्तरण, समावेशीकरण, विकाश, विभेदजस्ता मुद्दा सम्बोधन गर्न सकेन भनेर त्यसलाई बदल्न जुन नेताहरूले आवाज उठाए, उनै नेताले आज तिनै जनसरोकारका मुद्दालाई बेवास्ता गर्दै स्वार्थ निहित राजनीति गर्दा प्रश्न त स्वाभाविक रूपमा तिनैमाथि उठ्छ।   नेताहरूले गाडी चढ्न हुँदैन, घर बनाउनै हुँदैन, राम्रो खानै हुँदैन भन्ने पक्कै हैन। तर, जनताको हितमा काम गर्छु भनेर राजनीति थालेकाहरूले आफ्नो जीवनशैली कस्तो छ र यसले समाजमा कस्तो सन्देश दिइरहेको छ हेर्नुपर्ने हुन्छ। र, कार्यकर्ताले पनि आफ्ना नेतामाथि प्रश्न गर्नुपर्छ; विशेष गरी आजको जस्तो अवस्थामा, जहाँ जनताका प्रश्न या अनुत्तरित छन् या बेवास्तामा।   ‘लेमन जुस' लूटसँगै अहिले मौलाइरहेको अर्को खतरा ‘लेमन सोसियलिजम’ पनि हो। दोहनको राजनीति यसरी फैलिरहेको छ कि संविधानमा समाजवाद उन्मुख नेपाल बनाउने प्रतिबद्धता गरेका दलहरू अहिले ‘लेमन समाजवाद’को अभ्यासमा लिप्त छन्। राजनीतिकर्मी र केही धनीमानीको समूहले जसरी राज्यसंयन्त्रको व्यापक दुरुपयोग गर्दै नाफाको निजीकरण र घाटाको सामाजिकीकरण गरिरहेको छ, त्यस्तो ‘लेमन समाजवाद’ संस्कृतिले देशलाई झनझन खोक्रो बनाउँदै छ।  विगत केही समयदेखि नेताहरूले मिलीजुली रक्षा गरिरहेको अर्को विकृत अभ्यास ‘सर्वदलीय सहमति’ पनि हो। ‘सर्वदलीय सहमति’ नेपाली नेताहरूले आविष्कार गरेको मौलिक चरित्रको यस्तो लेमन जुस हो, जसलाई अनुहारमा लगाउँदा आफ्ना हरेक भ्रष्ट क्रियाकलाप जनताको आँखाबाट छोपिन्छ भन्ने उनीहरूलाई लाग्छ। उदाहरण त धेरै छन्, तर एउटा जल्दोबल्दो उदाहरणचाहिँ के हो भने, दुई/दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल थन्किएर बसेका मुलुकमा नेताहरूबीच अर्को एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरामा गजबको मतैक्य छ। गजब त के छ भने दल, नेता वा राज्यसँग हाल निर्माण सम्पन्न भइसकेका विमानस्थल कसरी उपयोगमा ल्याउने भन्ने नै नीति र योजना छैन। तर फेरि अर्को थप्दा एकअर्काको स्वार्थपूर्ति मज्जाले हुन्छ भन्ने कुरामा भने दलहरूमा प्रचुर प्रष्टता छ।     मुलुकमा भ्रष्टाचार नै एउटा त्यस्तो रसायन भएको छ, जसले विचार, सिद्धान्त, राजनीति आदिबारे आनका तान फरक धारणा भएका नेताहरूलाई पनि सँगै जोडेर राख्न सक्छ।  ‘हामीले ल्याइदिएको लोकतन्त्रमा तिमीहरू रमाउन पाएका छौ त’ भन्ने भाष्य निर्माण गरेर नेता झन‍्झन् धनी हुँदै र जनता त्यही अनुपातमा गरिब हुँदै जाने जुन बढ्दो क्रम छ, त्यसले व्यवस्थाप्रति क्रुद्ध केही समूहलाई प्रतिगामी भाष्य निर्माण गर्ने राम्रो मौका दिएको छ। तर, लोकतन्त्रलाई जीवन्त राख्ने त आखिरमा जनता नै हुन्। नेताहरूले आफूलाई जति लेमन जुसमा चोपले पनि वा अड्डा, अदालत, प्रशासन लगायतका राज्यसंयन्त्रलाई नै लेमन जुस बनाएर आफ्ना गलत गतिविधिहरू छोपिएको भ्रममा परे पनि जनताको नजरबाट चाहिँ उनीहरू उम्किन सक्दैनन्।  जनताले पछिल्ला केही दशकमा आफ्नो विवेक उत्तम तरिकाले प्रयोग गरेकै छन् र आवश्यक परे फेरि पनि गर्ने नै छन्। म्याकआर्थर व्हीलर आफ्नो मूर्खताले गर्दा प्रहरीको फन्दामा परेझैँ, भ्रष्टाचारमा लिप्त जो कोही पनि जनताको कठघराबाट उम्कन पाउने छैनन् नै। नेताहरूले आफूलाई सुधार्नभन्दा पनि लेमन जुसको आडमा दोहन जारी राखे भने जनताले एक दिन उनीहरूको अनुहार मात्र होइन, चरित्र पनि मतदान पेटिकामा देखाउने नै छन्। उकालोबाट

छोरीको नजरमा पिता

छोरीको नजरमा पिता

६३४ दिन अगाडि

|

२ पुष २०८०

विष्णुकुमारी चौधरी  कुरा २०५८ सालको हो । कक्षा ८ मा बर्दियाको जनकनगरस्थित श्री जानकी माविमा पढ्दा निकै हैरानी भोग्नुप¥यो । बुबा जनयुद्धको पक्षमा हुनुहुँदो रहेछ । सबै गाउँघरमा राज्यआतंक थियो । सेना र प्रहरी घरमा आउने र अनेक प्रश्न गर्ने गर्थे । यो आतंककारीको छोरी हो । त्यसैले आतंककारी गतिविधिमा संलग्न छ भन्ने उनीहरूको ठहर थियो । मलाई के थाहा र ! म त सानै थिएँ । अहिले पनि बोल्ने र लेख्ने सीप सिक्दै छु । बुबालाई भेट्न नचिनेका मान्छेहरू आइरहन्थे । कहिलेकाहीँ उनीहरू बुबालाई सानो कागजमा लेखिएको चिठी दिएको देख्थेँ । चिठी पो के भन्नु, सानो कागजको चिर्कटो । धेरैपटक त मैले नै बुबालाई बुझाएकी थिएँ । बुबा चिठी पढेर एकैछिन के–के सोच्नुहुन्थ्यो । अनि आमासँग कुरा गरेर बाहिर जानुहुन्थ्यो । सायद आमाले कति बुभm्नुहुन्थ्यो, थाहा भएन । आमालाई विश्वास थियो बुबा गलत काममा लाग्नुहुन्न । गाउँलेलाई दुःख सुखमा साथ दिने बुबाको बानी आमालाई राम्ररी थाहा थियो । त्यसैले आफूले सकेजति सहयोग नै गर्नुहुन्थ्यो । त्यतिबेला मेरो बालमस्तिष्कले के–के सोच्यो, थाहा भएन । उनीहरू अनेक तरिकाले उल्टासीधा प्रश्न गर्थे । क्रूर तवरले घोचपेच गर्थे । केही बोल्न लाग्यो भने मार्ने धम्की दिँदै मुख नै थुनिदिन्थे । बन्दुकसँग आएका फौजले सताइरहँदा मन नै विक्षिप्त हुन्थ्यो । पछि–पछि त उनीहरू रातमा पनि आउन थाले । परिवार त के पुरै गाउँ नै आतंकित थियो । उनीहरूले गरेका व्यवहारले गाउँमै बसी पढ्न सकिएला जस्तो लागेन । कुनै पनि समयमा केही बहाना गरी मारिदिन सक्छन् भन्ने ठहरमा पुगेँ । त्यसैले विद्यालयमा मलाई निकै माया गरी पढाउने गुरु महानन्द वाग्लेसँग घर छोडी जान लागेको कुरा बताएँ । मेरो कुरा सुनेर उहाँ निकै दुःखी हुनुभयो । जसरी पनि पढाइ छोड्नुहुन्न भन्ने सल्लाह थियो गुरुको । उहाँकै सल्लाह अनुसार पढाइ नछोड्ने बरु कतै अलि टाढा नचिन्ने ठाउँमा गई पढाइलाई निरन्तरता दिने टुंगो लाग्यो । निर्णय त भयो । कहाँ जाने भन्ने अझै पनि थाहा थिएन । पढाइका लागि विद्यालयका कागजात तयार थिएनन् । अन्त्यमा, नवलपरासीको डण्डा अभियोनमा रहनुभएका एक जना आफन्तको घरमा बसी पढाइ गर्ने र विद्यालयका कागजात गुरुले नै त्यहाँ पठाइदिने गरी म आफन्तसँग नवलपरासी पुगेँ । यतातिर बुबाले गर्ने कामको जिम्मेवारी पनि बढ्दै गएछ । एकातिर राज्यसत्ताले सञ्चालन गरेको क्रूर आतंक, अर्कातर्फ आत्म स्वाभिमानका लागि गरिएको संघर्ष । संघर्षको दायरा बढ्दै जाँदा दुवै पक्षका हजारौँ मानिसको ज्यान गएछ । जो कसैका लागि पनि मृत्यु पीडादायी त हुन्छ नै । सोच्दै नसोचेको र कल्पना नै नगरिएको मृत्युले अझ बढी मर्माहत बनाउँदो रहेछ । व्यक्तिको मात्र होइन, पुरै गाउँलेकै अभिभावक गुमाउनुको त्यो क्षणको सम्झनाले आज पनि निकै भाव विह्वल बनाउ सामाजिक काममा सरिक भएकै कारण २०५९ साल पुस १ गतेका दिन तत्कालीन शाही सेना र प्रहरीबाट गोला गाविसको गिदरपुरमा सुराकीको कारण उहाँ सहित ५ जना (लक्ष्मण थारू, खुशीराम थारू, पुष्प थारू, रमिला थारू) को हत्या भएछ । हुन त पाठकलाई आफ्नै बाबुको कुरा गर्दा पारिवारिक कुरा लेखेर गुनासो गरेको जस्तो पनि लाग्ला । तर पारिवारको साँघुरो घेराबाट मुक्त भई सामाजिक क्षेत्रमा गरेको योगदानलाई बाहिर ल्याउँदा उहाँमाथि न्याय नै होला भनी सहादत भएको २१आँै वर्ष पारी यो सानो स्मरण तयार गरेकी छु । सम्भव भएसम्म उहाँले व्यतीत गर्नुभएको जीवनलाई यहाँ सम्झने प्रयास गरेकी छु — जन्मिँदाको परिवेश दलबहादुर चौधरी, बाजे सन्तराम थारू र बज्यै महङगी थारूको कोखबाट २०२४ साल असार महिनाको ६ गते बर्दियाको तत्कालीन मनाउ गाउँ पञ्चायत (पछि गोला गाविस र अहिले गेरुवा गाउँपालिका–४) शान्तिपुर ढुकुनियामा निम्न मध्यम वर्गीय परिवारमा जन्मिनुभएको थियो । त्यतिबेलाको राजापुर ठूलै व्यापारिक केन्द्रको रूपमा परिचित थियो । खेती किसानी नै जीविकोपार्जनको आधार थियो । आफैँ खेती गर्न नसक्नेले कमैया राखी खेती गर्ने चलन थियो । पञ्चायती शासन । गाउँघरमा ठूलाबडा भन्ने नै पञ्चायतका दरिला खम्बा थिए । पञ्चायतको विरोध गर्नु त के चुइँक्क बोल्नसमेत पाइँदैन्थ्यो । विद्यार्थी जीवन दौँतरीका अनुसार उहाँको व्यवहार निकै सरल र सहयोगी थियो । सानै उमेरदेखि सहयोगी स्वभावका उहाँ अत्यन्त मिलनसार हुनुहुन्थ्यो । विद्यार्थी कालदेखि नै सामाजिक काम गर्न रुचाउने र सामाजिक दायित्वबोध गर्ने उहाँको बानी थियो । अन्याय नसहने, सबैलाई सहयोग गर्ने स्वभावकै कारण किशोर अवस्थामै १२ वर्षसम्म गाउँको बडघर भई सामाजिक सेवामा योगदान पु¥याउनुभयो । घरमा हँुदा खेतीको काममा सघाउने र विद्यालयमा पनि लगनशील भई अध्ययन गर्नुहुन्थ्यो । साथीभाइसँग नाता लगाएर सम्बोधन गर्नुहुन्थ्यो । सरल र सहयोगी बानीका कारण उहाँको लोकप्रियता निकै नै बढेको थियो । गाउँमा केही काममा सल्लाह गर्नुपरेमा उहाँकै नाम अगाडि आउँथ्यो । बरघरमा छनौट समस्या आउँदा सबैलाई सहयोग गरेकै कारण गाउँमा निकै लोकप्रिय हुनुभयो । उहाँको चालचलन, बानीव्यवहार देखेर नै सबै गाउँलेहरूले सम्मानको व्यवहार गर्दथे । लोकप्रियताका कारण १२ वर्षसम्म गाउँको बडघर बनी सामाजिक काममा योगदान दिनुभएको थियो । आफू बरघर हुँदा सामुदायिक वनमा गरेको वृक्षरोपणको प्रयासबाट लगाइएका बिरुवाहरू आज पनि रूखको रूपमा देख्न सकिन्छ । पञ्चायतको विरोध पञ्चायत दिनदिनै निरंकुश बन्दै गइरहेको थियो । पञ्चहरू गाउँका सोझा सीधा मानिसलाई हेप्ने, कुट्ने गर्दथे । कसैका छोरीचेली राम्रा छन् भने उनीहरूको गिद्दे नजर परिहाल्थ्यो । यस्तो अन्याय हुँदा पनि चुपचाप सहेर बस्न उहाँको मनले मानेन । आफूजस्तै युवा साथीहरूको संगठन निर्माण गरी २०४६ सालमा अखिल नेपाल युवा संघमा आबद्ध हुनुभयो र संगठित रूपमै पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्षमा होमिनुभयो । बहुदलको आगमन र पार्टी काम संगठित रूपमा पञ्चायतविरुद्ध गरिएका आन्दोलनले व्यापकता पाउँदै गयो । एकातिर पञ्चायत आन्दोलनकारीलाई धरपकड गरी आफ्नो शासनकाल लम्ब्याउने कोसिसमा थियो भने अर्कातर्फ देशव्यापी रूपमा व्यवस्थाको विरोध गर्दै हजारौँ हजार मानिसहरू प्रदर्शनमा उत्रिएका थिए । पर्चा छर्ने, पोस्टरिङ गर्ने क्रममा पुलिसले लखेटेको र काँडैकाँडा भएको बुट्यानमा बास बस्नुपरेको कुरा उहाँका दाँैतरी बेगहराज चौधरी सुनाउनुहुन्छ । बहुदली यव्यवस्थाको आगमनपछि त उहाँको जिम्मेवारी झन् फराकिलो हुँदै गयो । बहुदलीय व्यवस्था आएपछि भएको पहिलो स्थानीय निर्वाचनामा पार्टीको तर्फबाट उहाँले वार्ड अध्यक्षको पदमा उम्मेदवारी दिनुभएको थियो तर मात्र १ मतको अन्तरले विजय हुनुभएन । २०४७ मा उहाँले गरेको कामको सम्मान गर्दै नेकपा(मसाल) ले सदस्यता प्रदान गरेको नजिकैबाट जान्नेहरू बताउँछन् ।                                                                                                                                  लेखिका विष्णुकुमारी चौधरी  पार्टी काम र भूमिगत जीवन समयको क्रमसँगै गरिब, निमुखा र उत्पीडनमा परेकालाई गरिबीका कारण र यसबाट मुक्तिका लागि गरिनुपर्ने संघर्षका कुरा सिकाउँदै हिँड्नु उहाँको कर्तव्य थियो । २०५४ सालमा थारू राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्यको भूमिकामा रही काम गर्नुभयो । तत्कालीन पार्टी नेता ज्ञानप्रसाद चालिसे (आयाम), तिलकराम शर्मा (हिमाल), रामचरण चौधरी, तिलकसिह कार्कीलगायतका साथीहरूको संगतले पार्टी काममा हौसला थपेको थियो । यो अवस्थामा स्वतः गाउँका फटाहा र शोषकवर्गको स्वार्थमा ठेस पुग्थ्यो नै । त्यसैले उनीहरूले उहाँलाई देखी सहेनन् । उनीहरूको दमनले सीमा नाघ्यो । घरमा बस्ने वातावरण नै भएन । त्यसैले २०५९ साल भदौमा भूमिगत भई काम सुरु गर्नुभयो । जस्तोसुकै जटिलतामा पनि नहडबडाई काम गर्ने कार्यशैली रहेको कुरा अझै पनि दौँतरीहरू सुनाउँछन् । रातभरि काम गरी बिहान सुतिरहेको समयमा दुश्मन आइपुगे । बिस्तारामै करिब ८ बजे उहाँलगायत अन्य ४ जना योद्धाको विभत्स हत्या गरियो । आमाको सिन्दूर पुछियो र भाइबैनी टुहुरा भए । साथीभाइका लागि शक्ति गुम्यो र फुपूहरूको माइती रित्तियो । परिवारका लागि जमिन भासियो । गाउँले अभिभावक गुमायो अनि गरिबहरूले बलियो काँध गुमाए । उपसंहार सुन्दर सपना देखेर लामो संघर्षपछि देशमा लोकतन्त्र आएको पनि निकै वर्ष भइसक्यो । संविधानमा नै देश समाजवाद उन्मूख भनी परिभाषित गरिएको छ । शान्ति प्रक्रियाबाट लोकतान्त्रिक गणतन्त्रको यो अवस्थासम्म आइपुग्दा आम नेपालीको अवस्था कस्तो छ, सोच्ने बेला भइसकेको छ । चारैतिरबाट लोकतान्त्रिक शक्तिमाथि प्रहार भइरहेको छ । युद्धमा घाइते भएका जिउँदा सहिदले अझै पनि शरीरभित्र गोली र छर्रा बोकेर हिँडिरहनु अनि भएको शक्ति पनि खण्डित र कमजोर हुँदै जानुले राम्रो कुराको संकेत गर्दैनन् । हामीहरू चुक्यौँ कि कतै, सोच्ने बेला भएको छ । नागरिकलाई दिइएका आश्वासन र वचनलाई पूर्ण पालन गर्न नसके सहिदको रगतले धिर्कार्ने छ । गरिबहरूको एकताबाट उठेको संघर्षबाट प्राप्त उपलब्धिलाई जोगाउन नसके भावी दिनमा हुन सक्ने वर्गीय संघर्षसमेत निराशामा परिणत हुनेछ । मिसन टुडेबाट

प्राविधिक सरकार, आचरणविहीन राजनीति

प्राविधिक सरकार, आचरणविहीन राजनीति

६४४ दिन अगाडि

|

२२ मंसिर २०८०

संजीव सत्गैंया लोकतन्त्र एक प्रक्रिया हो, अभ्यास हो र आचरण पनि हो, तर दलहरूमा यो कुनै पनि विषयमा चेतना नहुनु नै सायद आजको ठूलो विडम्बना हो। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सत्तारोहणपश्चात् गत वर्ष जसरी निर्देशनको बाढी आएको थियो, सायद पहिले कहिल्यै थिएन। निर्देशन यसरी दिइएका थिए र मिडियामा यसरी रिपोर्टिङ गरिएका थिए, मानौँ अब देशले साँच्चिकै कोल्टे फेर्छ। जसैजसै मन्त्रिमण्डलमा सदस्य थपिँदै गए, निर्देशन पनि बढ्दै गए। गत वर्ष पुस १० मा तेस्रो पटक प्रधानमन्त्री हुँदा दाहाल निकै उत्साहित देखिन्थे। अघिल्ला दुई कार्यकालमा खासै केही गर्न नसकेको र अब सत्ता हातमा आए ‘केही त गर्ने नै गर्ने’ उनले बारम्बार भनी नै रहेका थिए। तेस्रो पटकको सत्तारोहणबाट दाहाल अति नै उत्साहित छन् भन्ने एकपछि अर्को निर्देशनबाटै प्रष्ट हुन्थ्यो। अहिले दाहालले तेस्रो कार्यकालको पहिलो वर्षगाँठ मनाउने तरखर गर्दैगर्दा उनको वर्ष दिनअघिको उत्साहमा चाहिँ चिन्ताका बाछिटा देखिन थालिएका छन्। न सुशासन र सेवा प्रवाहमा उल्लेखनीय सुधार, न जनसरोकारका साधारणभन्दा साधारण विषयकै सम्बोधन। दाहाल सरकार भने ती मुद्दा सम्बोधन गर्नुको साटो उल्टो बाटो हिँडिरहेको छ। यहाँसम्म कि आलोचनाका डरले सामाजिक सञ्जालको नियमन गर्न कस्सिएको सरकार टिकटक बन्द गरेरै सारा राष्ट्रिय र सामाजिक समस्या समाधान गर्न तम्सिएझैँ गरेको छ। निर्देशन दिनु आफैँमा समस्या भने होइन। दाहाल अगाडिका विभिन्न प्रधानमन्त्री, मन्त्रीहरूले पनि निर्देशन दिँदै आएका थिए। तर समस्या कहाँ छ भने यस्ता निर्देशन मात्रले सरकार सञ्चालनलाई केवल प्राविधिक विषयमा सीमित गर्दै लैजान्छ। नेपाली कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो। सुशासन र सामाजिक मुद्दाबारे मुख्य सत्ता साझेदार कांग्रेसको आफ्नै सदाबहार नीति छ, अर्थात् कुनै नीति छैन। कांग्रेस अहिले नेतृत्व शून्यताको स्थितिमा मात्र छैन, विचारविहीन पनि छ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली निकै गजबको कटाक्षका लागि प्रख्यात छन् भने कैयौँ मुद्दामा सत्ता साझेदारकै भूमिकामा भएको छनक उनको पार्टीले दिइरहेको छ, यदाकदा सरकारलक्षित केही सामान्य आलोचनात्मक टिप्पणीबाहेक। एमालेको जुन रूपान्तरण अहिले नेकपा (ओली)मा भएको छ, त्यसले पनि प्रष्ट हुन्छ कि प्रमुख प्रतिपक्षी दल वैचारिक रूपमा कति भुत्ते छ। नेकपा (माओवादी केन्द्र)मा वैचारिक र सैद्धान्तिक विचलन आयो भनेर त उक्त दलका अध्यक्ष र नेताहरू भनिरहेका नै छन्, भलै त्यो दलगत र सार्वजनिक खपतका लागि किन नहोस्, तर त्यो पनि एक किसिमको स्वीकारोक्ति नै हो। यिनै कांग्रेस, एमाले र माओवादी केन्द्र भने वर्षौंदेखि सत्ताको धुरी वरिपरि घुमिरहेका छन्। भ्रष्टाचार अन्त्य गरी सुशासन दिने र सदाचार ल्याउने कुरा पनि यिनै गरिरहेका छन्, एकपछि अर्को निर्देशन पनि यिनै दिइरहेका छन्। वर्षौंदेखि बस् कुरा नै गरिरहेका छन्। कामचाहिँ कहाँ भइरहेको छ भन्ने न कसैले देख्न पाएको छ, न महसुस गर्न। निर्देशन दिनु आफैँमा समस्या भने होइन। दाहाल अगाडिका विभिन्न प्रधानमन्त्री, मन्त्रीहरूले पनि निर्देशन दिँदै आएका थिए। तर समस्या कहाँ छ भने यस्ता निर्देशन मात्रले सरकार सञ्चालनलाई केवल प्राविधिक विषयमा सीमित गर्दै लैजान्छ। संसदीय पद्धतिमा सरकार गठन प्राविधिक विषय हुन सक्ला– कुन ठूलो दल, कसको नेतृत्वमा सरकार बनाउने, कसले समर्थन गर्ने आदि इत्यादि– तर सरकार सञ्चालन नितान्त राजनीतिक प्रक्रिया हो, त्यसमा भने दल र नेताहरू केन्द्रित भएको कुनै आभास नै हुन सकेको छैन। सरकार सञ्चालक र राजनीतिक दलहरू पछिल्ला केही वर्षमा निकै प्राविधिक हुँदै गएका विभिन्न उदाहरण छन्– प्रधानमन्त्री स्वयं राजमार्ग आसपासका होटल अनुगमन गर्न जानु, मन्त्रीहरू आफैँ बिजुलीको खम्बा चढेर तार काट्नु, विमानस्थलको शौचालय सफा गर्नू, भाषणबाटै चेतावनी दिनु या कुनै मन्त्री ‘मेलम्चीको पानी काठमाडौँ ल्याउन’ मेलम्ची नै गइदिनु आदि।  जनताको संघर्षले देशमा बहुदलीय लोकतान्त्रिक व्यवस्था र त्यसपछि गणतन्त्र त आएको छ, तर राजनीतिक दल र नेताको अगुवाइमा भएका आन्दोलनहरूको प्रतिफल नै हो वर्तमान व्यवस्था, तर यी दल वा तिनका नेता कुनै पनि हिसाबले आजका दिनमा जनतासँग भावनात्मक रूपमा जोडिन सकेका छैनन्। दल र नेताहरूले बोल्ने भाषा र गर्ने भाषणसँग आजका दिनमा जनताले सामञ्जस्य नै बसाउन सकेका छैनन्। अर्को अर्थमा भन्ने हो भने नेता र दलका कुरा जनता बुझ्दैनन्। जनताका कुरा नेता सुन्दैनन्। लोकतन्त्र र सरकार सञ्चालन केबल प्राविधिक विषय मात्र नभएर निरन्तरको प्रक्रिया हुन्। जति जति लोकतान्त्रिक मूल्य–मान्यता प्राविधिक बन्दै जान्छन्, प्रक्रिया गौण हुँदै जान्छ। निरन्तरको प्रक्रिया र असल अभ्यासले लोकतन्त्र मजबुत बनाउँछ, तर प्राविधिक 'लफ्फेवाजी'ले जडता निम्त्याउँछ। लोकतान्त्रिक नै भने पनि जब मुलुकमा जडताले प्रश्रय पाउँछ, त्यसको प्रथम लाभार्थी सत्तामा रहेका दल र नेता हुन्छन्। त्यसै कारणले पनि सत्ताधारीहरू प्रक्रिया र अभ्यासभन्दा जडता चाहन्छन्, अनि प्राविधिक विषयमा जनतालाई अलमल्याइरहन्छन्। अहिले भइरहेको पनि त्यही हो। दुई दशकभन्दा केही अघिको सानो संस्मरण। डेरा नजिकैको चिया पसलमा म नियमित जाने गर्थें। केही चिनजानका मभन्दा उमेर खाएका दाइहरूका राजनीतिक गफ सुन्नु मेरो एक किसिमको दिनचर्या थियो। कुराकानीमा मेरो सक्रिय सहभागिता निकै न्यून हुन्थ्यो। प्रजातन्त्र आएको एक दशक पूरा हुने क्रममा थियो, तर मुलुकमा बेथितिले जरो गाड्न शुरू गर्नगर्न लागेको अवस्था थियो। एक दिन मैले कुनै प्रसंगमा भनी त हालेँ- "हाम्रा नेताहरूले खासमा केही गर्नै पर्दैन, अलिकति मात्र आफ्नो आचरणमा सुधार गर्ने हो भने धेरै कुरा आफैँ ठीक हुन्छ देशमा।" "ओहो, तिमी पनि राजनीतिक टिप्पणी गर्ने भइसक्यौ!" एक जना दाइले भन्नु भो। भन्न नहुने कुरा पो भनेँ कि भन्ने भइरह्यो मनमा। तैपनि असल श्रोताको भूमिका केही समय निभाई नै रहेँ। समय क्रममा ती दाइहरूसँगको भेटघाट पनि टुट्दै गयो।  तीमध्ये एक जना दाइसँग हालै अचानक भेट भो। नजिकैको ‘क्याफे’मा चिया खान बस्दाबस्दै दाइले भन्नुभयो, "कांग्रेस, एमाले, माओवादी सबै उस्तै हुन्।" "के भो र दाइ?" सोधेको मात्र थिएँ, अलि उत्तेजनामै पो आउनु भो, "सबै नेता आचरणविहीन भएर गए, न दलमा आचरण छ न नेतामा। समस्या व्यवस्थामा छैन, यिनीहरूको आचरणमा छ। जबसम्म नेताहरूले आचरण सुधार्दैनन्, तबसम्म राजनीति सुध्रिन्न, जबसम्म राजनीति सुध्रिन्न, तबसम्म देश उँभो लाग्न गाह्रो छ।" मैले पनि त्यस्तै केही कुरा भनेको थिएँ भनेर त सम्झना दिलाइनँ तर, एक पटक फेरि त्यही पुरानो कुरा सोच्न म पनि बाध्य भएँ। फरक के थियो भने मैले उति बेला नेताहरूका केही छिटपुट व्यवहारको सन्दर्भ कोट्याएको थिएँ, अहिले के महसुस भयो भने यो त सम्पूर्ण लोकतान्त्रिक आचरणको कुरा रह्यो। लोकतन्त्र एक प्रक्रिया हो, अभ्यास हो र आचरण पनि हो भन्ने नेताहरूको चेतमा नभएजस्तो छ, जुन उनीहरूको बोली र व्यवहारबाट प्रष्ट हुन्छ। लोकतन्त्र एक प्रक्रिया हो, अभ्यास हो र आचरण पनि हो भन्ने नेताहरूको चेतमा नभएजस्तो छ, जुन उनीहरूको बोली र व्यवहारबाट प्रष्ट हुन्छ। गत मंसिरमा जनताले चुनाव सम्पन्न गराए। यहाँ ‘जनता’ले भन्ने कुरामा जोड दिनु किन आवश्यक छ भने ‘चुनाव सरकारले सम्पन्न’ गरेको भन्ने गलत भाष्य बसालिएको छ। चुनाव गराउनु सरकारको न्यूनतम दायित्व हो र यसलाई सुसम्पन्न गर्ने सार्वभौम जनता हुन्। त्यस चुनावको प्रष्ट सन्देश के थियो भने ‘यो नयाँ संविधानअन्तर्गतको दोस्रो चुनाव हो र अब यसैगरी संविधान र लोकतन्त्रलाई क्रमशः संस्थागत गर्दै लैजानुपर्छ।’  विडम्बना, चुनावको नतिजाको एक महिनापछि नै दलहरूले संविधानका धाराहरूको यति प्राविधिक रूपमा अपव्याख्या गरेकी आजको सरकारको जग नै संवैधानिक मर्मको हिसाबले कमजोर छ। कांग्रेससँगको गठबन्धनमा चुनाव लडेको माओवादी सरकार बनाउनेताका एमालेसँग हात मिलाउन पुग्यो। एमालेको समर्थनमा बनेको दाहाल सरकार भने कांग्रेसको विश्वासको मतको आधारमा अहिले चलिरहेको छ। के भइरहेको छ भने दल र नेताहरू यस्ता विकृत अभ्यास गलत हुन् भन्नुको साटो यस्तै अभ्यास प्रदेशहरूमा दोहोर्‍याउन उद्धत छन्।  त्यसमाथि आवधिक निर्वाचन भएको एक वर्ष पुग्दा नपुग्दै मध्यावधिको रहर पनि गरिरहेका छन्। राजनीतिक र संवैधानिक दुवै रूपमा अनुपयुक्त यस्तो विचारको स्रोत कहाँ होला/के होला? संविधान एक जीवन्त दस्ताबेज हो भन्ने रट लगाउँदा लगाउँदै दल र नेताहरू नै यसलाई गिजोलगाजोल गर्न तँछाडमछाड गर्दै छन्। दलहरूले सरकार र लोकतन्त्रलाई अभ्यास र आचरणको रूपमा विकास गर्न नसक्नुका उदाहरण हुन् यी सब। संविधानको दुहाई दिँदै संविधानमाथि नै जुन आक्रमण दलहरूले गरिरहेका छन् र लोकतान्त्रिक गणतन्त्रको हवाला दिँदै जसरी लोकतान्त्रिक गणतन्त्रलाई नै दलहरूले कमजोर बनाइरहेका छन्, त्यसले मलजल गर्ने भनेको नै अतिवादी र प्रतिगामी तत्त्वहरूलाई हो। आम चुनावको एक वर्ष हुँदा नहुँदै, सारा दल ‘मिसन ८४’ भन्ने राग अलापेर बसेका छन्। आवधिक चुनाव लोकतन्त्रको विशिष्टता त पक्कै हो, तर दल र नेताहरूले लोकतन्त्र भनेकै चुनावपछि अर्को चुनाव हो र सरकारपछि अर्को सरकार गठन हो भन्ने बुझ्नु र बुझाउन खोज्नुले लोकतन्त्रबारे उनीहरूको चेत र यसप्रतिको प्रतिबद्धता कति कमजोर रहेछ भन्ने देखाउँछ। संविधानको दुहाई दिँदै संविधानमाथि नै जुन आक्रमण दलहरूले गरिरहेका छन् र लोकतान्त्रिक गणतन्त्रको हवाला दिँदै जसरी लोकतान्त्रिक गणतन्त्रलाई नै दलहरूले कमजोर बनाइरहेका छन्, त्यसले मलजल गर्ने भनेको नै अतिवादी र प्रतिगामी तत्त्वहरूलाई हो। हालैका दिनमा यसको छनक सडक र सामाजिक सञ्जालहरूमा नदेखिएका पनि होइनन्। संविधान नै उल्ट्याउने, धर्मनिरपेक्षता र संघीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिने जुन क्रियाकलापहरू भइरहेका छन्, प्रधानमन्त्रीलगायत दलका नेताहरू त्यसमा पनि प्राविधिक जवाफ मात्र दिइरहेका छन्। प्रधानमन्त्रीको जवाफी कारबाही सुशासनको सुनिश्चितता, मजबुत सेवा प्रवाह, जनसरोकारका मुद्दा सम्बोधन गरेर हुन्छ वा फेरि कुनै नयाँ निर्देशन जारी गरेर ?     उकालोबाट लेखक द काठमान्डू पोस्टका पूर्वसम्पादक हुन्।  

म हारें तर थाकस जित्नैपर्छ

म हारें तर थाकस जित्नैपर्छ

७१० दिन अगाडि

|

१६ असोज २०८०

यतिबेला थारु कल्याणकारिणी सभा (थाकस) केन्द्र महाधिवेशनको संघारमा छ । त्यसैले, जिल्ला जिल्लामा अधिवेशन भैरहेको छ । यसै क्रममा थाकस कैलालीको जिल्ला अधिवेशन हुनु भन्दा ६÷७ महिना अगावै धनगढीमा एक छलफलको बिचमा आउँदो अवधिको लागि थाकस कैलालीको सभापति कसलाई बनाउने भन्ने कुरा उठेको थियो, जसमा केही सहृदयी मित्रहरुले मेरो नाम प्रस्ताव गर्नु भएको थियो ।  सभापतिमा पुरुष भैसकेपछि सचिवमा महिला भन्ने कुरो प्रस्ताव आएपछि बसन्ती चौधरीको नाम पनि आयो । म सुरुमा त केही बोलिन तर पछि साथीहरुको व्यापक दवावपछि प्रस्ताव स्वीकार्न बाध्य भएँ ।  थाकस कैलाली जिल्ला समितिले २०८० असोज ६ गते अधिवेशन गर्ने भनी समय तोकिसकेपछि साता दिन अगाडि मात्रै सभापतिको उम्मेदवार आफू हुने कुरा म सामाजिक सञ्जालमा जानकारी गराएँ । जानकारी गराउनुको उद्देश्य सम्भावित उम्मेदवार पत्ता लगाउनु र चुनाव नभई सर्वसम्मत अधिवेशन सफल होस् भन्ने मेरो चाहना थियो ।  तर, असोज ६ गते उम्मेदवारी दिंदा कमिटिमा जिल्ला सचिव रहेका देशराम चौधरी र सदस्य रहेका बीर बहादुर चौधरीले पनि उम्मेदवारी दिए । धेरै पहिले मेरो नाम प्रस्ताव हुँदा, चर्चा भैसक्दा ती साथीहरु किन बोलेनन् ? कसको सल्लाहमा उम्मेदवारी दिए ? किन सहमति जुरेन ? पछि मात्रै थाहा भयो ।  सामान्यतयाः अधिवेशन हुँदा त्यही दिन नसकिए रातबिरात भएपनि, त्यो पनि सम्भव नभए बिहानसम्म अधिवेशन सम्पन्न गर्ने चलन छ । तर, दलीय सोंच र दवावका कारण त्यस दिन अधिवेशन हुन नसक्ने पक्कापक्की नै भयो । अर्को शनिवार १३ गते चुनाव गर्ने मिति तोकियो । चाहँदा नचाहँदै आफू पनि नगर कमिटि, क्षेत्रीय कमिति, जिल्ला पार्षदहरुसँग भेट गरी भोट माग्नुपर्ने बाध्यता आइप¥यो ।  असोज १० गते साँझ राजबन्दी रामप्रसाद चौधरी र चुन्नीराम चौधरीसँग भेट भयो । जेलमा हुँदा दलगत स्वार्थ भन्दा आफू माथि रहेको सन्देश दिन प्रयत्न गर्ने मित्रहरु इस बीचमा बढी काँग्रेसी नेता भएको थाहा भयो । भित्री दिलमा बीरबहादुरलाई राखेपनि उनीहरु अझ पनि सहमतिको खोजीमा रहेको बिचार ब्यक्त गरेका थिए ।  प्रचारप्रसारमा निस्किएका हामी (माधव, ईन्दु, बसन्ती र म) सभापतिमा मलाई, उपसभापतिमा एक जना माओवादी र एक जना काँग्रेस, सचिवमा महिला राखौं भन्ने प्रस्ताव ग¥यौं, साथीहरु ठाडै इन्कार गरे । उनीहरु उपसभापतिमा माओवादी विचारकी सुस्मिता चौधरी निर्विरोध चयन भैसकेकीले अब उपसभापतिमा माओवादीका अर्का उम्मेदवार बतासुलाई स्वीकार्न नसकिने, दुइटै उपसभापति पद काँग्रेसलाई दिइनुपर्ने अडान लिए ।  मतदातामा काँग्रेसको पकड रहेकोले राजबन्दी साथीहरुको त्यस्तो आवाज आउनु स्वाभाविक लाग्यो । हामी कन्भिन्स गर्न सकेनौं । ११ गते पनि प्रचारमा हिँड्यो । प्रचारको लागि अन्तिम दिन भएकोले बर्दगोरियामा काँग्रेस प्यानल र हाम्रो मिक्स प्यानलको जम्काभेट भयो । नगर कमिटि, क्षेत्रीय कमिटि, जिल्ला पार्षदहरुसँग दुबै प्यानलले आआफ्ना कुरा राखी भोट माग्यौं । त्यहाँबाट हामी हिँड्यो, काँग्रेसका प्यानल कतिबेरसम्म त्यहाँ बस्यो थाहा भएन । तर, त्यस दिन काँग्रेसको दलिय ह्वीप जारी भएको कुरा भने थाहा भयो ।  दुःखको कुरा  उम्मेदवार बीचमा सहमति हुन नसकेकोले निर्वाचन मण्डलले १३ गते मतदानको घोषणा ग¥यो, दुवै पक्ष हामी सकेजति प्रचारप्रसार ग¥यौं । चुनाव भन्ने खेल सम्पन्न भयो, खेलमा एकले जित्छ, अर्कोले हार्छ, त्यो खेलमा म केवल ३ मतले हारें, बिरुले जिते ।  हार्दा मलाई रत्तिभर दुःख छैन । तर प्रचारप्रसारको दौरानमा केही काला दिल भएकाहरुले यो दिललाई लगाएको गलत आरोपले चाहिं मलाई दुःखी बनायो । सधैँ उकुसमुकुस, दुःखमा बाँच्ने ती मनुवाहरुले मलाई ढकिया पार्टी, एमाले पार्टी भनी ठाउँ ठाउँमा आरोप पनि लगाए । तिनले लगाएका आरोपले मलाई छोएन । तर ती काला दिलका मनुवाहरुले मलाई टीकापुरको थारु बिद्रोहमा मारिएको नाबालक साउद थारुहरुले मारेको रिपोर्ट बनाउनमा इन्सेकलाई सल्लाह दिने, सहयोग गर्ने ब्यक्ति दिल बहादुर हो भनी लगाएको गम्भीर आरोपले मलाई साह्रै दुःखी बनायो ।  जबकि म ती नाबालक प्रहरीको गोलीबाट मारिएको कुरा धेरैपटक आफ्नो लेखमा लेखिसकेको छु, बोलिसकेको छु । मेरो बारेमा धेरैलाई थाहा भएपनि सबैलाई थाहा छैन, थाहा नभएकाहरुलाई त्यो कपटी कुरा सही लाग्न सक्छ भनेर दुःखी भएँ ।  रमाइलो कुरा  निर्वाचनको दिनमा मतगणना भइरहेको थियो । प्रतिस्पर्धा कडा थियो । मतगणनाको क्रममा ५÷ ७ मतले म अगाडि बढिरहँदा काँग्रेसका प्यानल बनाउने मित्रहरु आत्तिईरहेका थिए । अन्तिमको २६ मत गन्न बाँकी थियो, त्यही २६ मतमा मलाई ७ र बीरुलाई १८ मत प्राप्त भयो । मेरो र मेरो टिममा रहेका मित्रहरुको हार भएपछि काँग्रेसका मान्छेमा खुशीयाली छायो ।  गम्भीर आरोप लगाउने एक खुराफाती नेता त खुशीले अक्क न बक्क थिए । काँग्रेसको टिम नै बिजयी बनेपछि उनीहरुमा खुशी छाउनु स्वाभाविक थियो । खास गरी सचिव बसन्तीको हारमा उनकै संगठनका एक ब्यक्तिको अनुहारमा निकै चमक देखिन्थ्यो ।  एकजना पत्रकारमा पनि खुशी चरम उत्कर्षमा थियो, उनको खुट्टा भुइँमा थिएन, ठूलो स्वरमा कराइरहेका थिए, म बीरुलाई बधाई दिन जाँदा ती पत्रकार एक्कासी सम्हालिन पुगेका थिए । बिरुलाई बधाई दिन जाँदा उनी खुशीले गदगद थिए र मलाई २, ३ पटक अँगालो मारेका थिए ।  अनि मलाई लाग्यो, सर्वसम्मतिले चुनाव टुंग्याउँदा मान्छेमा जति खुशी हुन्छ, त्यो भन्दा धेरै बढी खुशी प्रतिस्पर्धा गर्दा हुने रहेछ । काँग्रेस उम्मेदवारका समर्थक, शुभचिन्तकमा छाएको खुशी हेर्न लायक थियो । म जितेको भए मेरा समर्थक, शुभचिन्तकहरुमा पनि त्यही खुशी प्रकट हुन्थ्यो होला ।  थाकस जित्नै पर्छ चुनाव हुँदा परिणाम निस्कँदा ताकाको क्षण चर्मोत्कर्षमा पुगेको हुन्छ । मान्छेका हाउभाउ, बोली, ब्यबहारमै केही क्षणका लागि भए पनि परिवर्तन आइदिन्छ, त्यो देखियो ।  चुनावी खेलमा ब्यक्ति हार्छ तर संस्थालाई हार्ने छुट हुँदैन, उसले जित्नै पर्दछ । त्यसैले म हारें, तर थाकस. जित्नै पर्दछ, उसलाई हार्ने छुट छैन । जुन लक्ष्य, उद्देश्य लिएर थाकस गठन भएको छ, त्यो लक्ष्य उद्देश्य बोकेर थाकस अगाडि लम्कनै पर्दछ, बढ्नै पर्दछ ।  थाकस कुनै पनि संगठनका दादा, बाबा वा सुप्रिमोहरुका दबाब, प्रभाव, बार, बन्धन वा ह्वीपबाट मुक्त हुनै पर्दछ । यही नै उसको जित हो ।  मार्गदर्शक सिद्धान्त र मूलाधार  मानवअधिकारकर्मीहरु मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणा पत्रलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने गर्दछन् । थाकस पनि एक अधिकारवादी संगठन भएकोले मानवअधिकारसम्बन्धी विश्यव्यापी घोषणा पत्र उसको मार्गदर्शक सिद्धान्त हुँदै हो ।  थारु आदिवासी भएकोले आदिवासी जनजातिहरुको मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्र र आईएलओ महासन्धि न. १६९ पनि थाकसको मार्गदर्शक सिद्धान्त हो, जसको आधारमा उसले देशको संविधानमा आदिवासीहरुको अधिकार समेट्न दवाव दिन्छ । संविधानमा समेटिसकेपछि संविधानको आधारमा ऐन कानुन बनाउन सरकारलाई दबाब दिने गर्दछ । कुनै पार्टीको विधान थाकसको मार्गदर्शक सिद्धान्त बन्न सक्तैन ।  विशेष परिस्थितिमा थाकस आवश्यक  हाम्रा कतिपय नेताजीहरु थारु कल्याणकारिणी सभा एउटा संस्था भएकोले यसको काम छैन, यसले केही गर्न सक्तैन भन्ने आसयले कुरा गरेको देखिन्छन् । दल बराबर संस्थाले काम गर्न सक्तैन भनी अवमूल्यन पनि गरिरहेका देखिन्छन् ।  हो, दलीय ब्यवस्थामा दलको महत्व ठूलो हुन्छ, दलहरुले नै सरकार बनाउने हो, राज्य संचालन गर्ने हो । नेताहरुको सोंच विचार, योजना राम्रो भयो भने दल सबैथोक हो । तर, दल हाँक्ने नेताहरुको सोंच बिचार संकीर्ण भइदियो भने के गर्ने ?  मधेश प्रदेश दिएका नेताहरुले थरुहट प्रदेश दिएनन्, दलका भातृ संगठनले मात्रै गर्न सक्दो हो त थारुवान प्रदेश पाइहालिन्थ्यो नि तर पाइएन । त्यसैले, समय र परिस्थितिअनुसार संघ, संस्थाको पनि महत्व हुन्छ ।  कुनैबेला दलका बाबा, दादाहरुले शासक जातिहरुको लागि मात्र अधिकारको ब्यबस्था गरिदिन सक्छन्, जनताको अधिकार खोसिदिन सक्छन् भन्ने थियो । शाहकाल, राणाकालमा त्यही भएको हो । २०४७ देखि अहिलेसम्म अलिअलि मात्रै सुधार भएको छ । थारुहरुको धेरै माग सम्बोधन भएको छैन ।   थाकसले गर्नुपर्ने काम  थाकस सबै दल र सबै थारुहरुको भएकोले यसप्रति थारुहरुको विश्वास जगाउन यसमा प्रवेश गरेका जुनसुकै ब्यक्ति दलगत स्वार्थ भन्दा माथि उठेर आवाज उठाउन जरुरी छ । यो आँट सबै पदाधिकारीहरुमा हुनै पर्दछ । स्थानीय तह, प्रदेश सभा वा प्रतिनिधि सभाको चुनावमा उठ्ने बेला थाकसको कमिटिबाट राजीनामा दिनु आवश्यक छ ।  त्यसैगरी, अहिले कतिपय जिल्लामा थाकसका कमिटिमै रहेका पदाधिकारीहरुले बहुविवाह गरी बसेको कुरा चर्चामा छ । यदि साँच्चै हो भने थाकस कमिटि त्यस्ता पदाधिकारीलाई राजीनामा दिन लगाउनु पर्दछ वा कमिटिबाट निष्कासन गर्न सक्नु पर्दछ ।  थाकस अधिकारवादी संगठन भएको र २०७२ मा जारी भएको गणतान्त्रिक संविधानमा बहुविवाहलाई सामाजिक अपराध मानिएको छ । त्यसैगरी थाकसको बिधानमा बहुविवाहको अन्त्य गर्ने कुरालाई उद्देश्यमा राखेको र बहुविवाह गर्ने ब्यक्ति थाकसको लागि अयोग्य ठहरिने कुरा उल्लेख भएकोले त्यसो गर्न आवश्यक छ ।  त्यसैगरी, थाकस कैलालीले दर्जन भन्दा बढी ब्यक्तिहरुबाट २०७५ सालमा आजीवन सदस्यता शुल्क बुझी हिनामिना गरेको र सदस्यता शुल्क तिर्ने ब्यक्तिहरुमा थाकसप्रति बितृष्णा बढिरहेकोले थाकसले हिनामिना गर्ने ब्यक्तिलाई कारवाही गर्न जरुरी छ ।  यदि कारवाही गर्न नसके थाकसका पदाधिकारीहरुले नै रकमको जोहो गरी केन्द्रमा बुझाउने र शुल्क तिर्ने ब्यक्तिहरुलाई आजीवन सदस्यता दिन जरुरी छ । बिरु पहिले पनि जिल्ला सदस्यमा रहेको र अहिले झन जिल्ला सभापति भएकाले समस्या सल्टाउन जरुरी छ । त्यसैगरी, सहकार्य र समन्वय गरी धेरै काम गर्न सकिन्छ ।  समापनमा, समापनमा के भन्न चाहन्छु भने थाकस कैलालीको जिल्ला अधिवेशन अहिले ऐतिहासिक रुपमा सम्पन्न भएको छ । बिशेष गरी, थारु राष्ट्रिय मुक्ति मोर्चामा बिशेष ध्यान दिने माओवादीमा लागेका थारुहरुको पनि यो बर्षदेखि थाकसमा ध्यानाकृष्ट भएको देखिएको छ ।  काँग्रेसको त के कुरा गर्नु र ! उसले त सहसचिवबाहेक जिल्ला कमिटिका सबै ठूला पदमा आफ्नो प्यानललाई जिताउन सफल भएको छ । यसबाट उ धेरै उत्साहित भएको छ । यदि यही उत्साह टिमको काममा पनि रहिरह्यो भने पक्कै पनि थाकस कैलालीले धेरै क्षेत्रमा सुधार गर्न सक्नेछ ।  गुण र दोषको आधारमा कमिटिको मूल्यांकन पछि होला । अहिले चाहिं नवनिर्वाचित सबै पदाधिकारीहरुलाई हार्दिक बधाई दिन र कार्य सफलताको कामना गर्न चाहन्छु ।  साथै, कुनै दलको सदस्यता नलिएको, गुण र दोषको आधारमा मूल्यांकन गर्ने दलबिहीन म जस्ता स्वतन्त्र ब्यक्तिलाई काँग्रेसको ह्वीप अगाडि कडा प्रतिस्पर्धी बनाउने मेरा साथीहरु, शुभचिन्तक, हितैषी सबै मतदाताहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु, सबैप्रति आभार ब्यक्त गर्न चाहन्छु ।  शान्तिपूर्ण रुपमा मतदान गर्ने सबै मतदाता, निर्वाचनमा खटिएका प्रहरी र निर्वाचन मण्डल, आयोजक कमिटि सबैलाई धन्यवाद दिन चाहन्छु । सबैको जय होस् । 

अन्य समुदायको तुलनामा खुसी र सुखी छन् थारू ज्येष्ठ नागरिक

अन्य समुदायको तुलनामा खुसी र सुखी छन् थारू ज्येष्ठ नागरिक

७१२ दिन अगाडि

|

१४ असोज २०८०

परिचय  नेपालमा बसोबास गर्ने विभिन्न जनजातिमध्ये थारूहरू एक प्रमुख आदिवासी जनजाति हुन् । थारू शब्दको ब्युत्पत्ति र अर्थका सम्बन्धमा विभिन्न तर्क दिएको पाइन्छ । कसैले संस्कृतको ‘स्थास्नु’ शब्दबाट, कसैले बुद्ध धर्मको एक शाखा स्थबिरको ‘स्थेर’ शब्दबाट, कसैले ‘स्थुर’ शब्दबाट, कसैले थारूहरू ‘थारो’ (तला नपाटेको घर) मा बस्ने हुनाले ‘थारो’ शब्दबाट र कसैले रैथाने अर्थमा ठालु (ग्राम प्रमुख) शब्दबाट यसको उत्पत्ति भएको मान्दछन् (थारू, २०६९ः २७) ।  मातृकाप्रसाद कोइरालाले (उद्. सिंह मौन, २०२५ः १०–११) थारू जाति राजस्थानको थारबाट आएको भनेका छन् । त्यस्तै, ईश्वर बरालका अनुसार (२००४ः ४३) भारतको सिन्ध र राजस्थानको थार म?भूमिबाट आएका हुनाले थारू भनिएको हो । जनकलाल शर्मा र कृष्ण वम मल्लका अनुसार (२०१४ः १९) पनि शाक्य बंशीहरूमा स्थबिरबादी सम्प्रदायका मानिसहरू ‘स्थबिर’ कहलिन्थे र यसैको बिकृत रूप थारू भएको हो । टेकनाथ गौतमका अनुसार (२०४४ः १) थारू शब्द संस्कृतबाट आएको हो । उनका अनुसार संस्कृत ब्याकरणमा ‘थर्व’ धातु पुलिङ्ग, एकबचनमा ‘थर्वाण’ स्त्री लिङ्गमा ‘थर्वणी’ प्रयोग हुन्छ । यसरी थर्वावाट ‘थारू’ र थर्वणीबाट ‘थ?नी’ भएको हो । थर्वाको अर्थ एक ठाउँबाट अर्काे ठाउँमा सर्नु अथवा स्थायी घरवार बनाएर नबस्ने हो ।  डोरबहादुर विष्टका अनुसार (विष्ट, सन् २००२, पुनर्मुद्रित सन् २००६ः ४१) आजसम्म कुनै पनि थारूले न सीमापारिको भारतलाई नजिकको ठान्छ, न पहाड उक्लेर आफ्नो भाग्य नै अजमाउन खोजेको छ । यति ठूलो बथान भईकन पनि आफ्नो माटो, पानी र वरिपरिका जङ्गलसँग नङ र मासुजस्तै गरी गाँसिएको जीवन अ? कुनै पनि जातिको छैन होला । यसरी थारू नेपालको सबैभन्दा पुरानो आदिवासी जनजातिमध्ये एक हो । तराईको जनसंख्याको एक प्रमुख स्थान ओगटेका थारूहरू विभिन्न भौगोलिक क्षेत्रहरूमा फरक फरक किसिमको आ–आफ्नै प्रकारको भाषा, वेशभूषा, रहनसहन, संस्कार, मूल्यमान्यता, सांस्कृतिक रितिरिवाज आदि अंगालेको पाइन्छ । थारूहरूको मूल थलो दाङदेउखुरी जिल्लाई मानिन्छ । नयाँ मुलुक भनेर चिनिने बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लामा थारूहरू दाङदेउखुरीबाटै गएका हुन् । थारूहरू नेपालको पूर्बी क्षेत्र झापा, सुनसरी, मोरङमा पनि पश्चिमबाटै बसाइ सराइ गरेर आइ बसेका हुन् भन्ने विभिन्न तथ्य प्रमाणित हुन्छ (थारू, २०६९ः ४४) । बसाई सराईका क्रममा दाङबाट तराईको पूर्वी भूभाग कपिलबस्तु, रूपन्देही, सिरहा आदि विभिन्न ठाउँमा बसोबास गर्दै आए, जसले गर्दा स्थानैपिच्छे थारूहरूको भाषा पनि फरक रहेको छ । नेपालको संविधान २०७२ ले थारू जातिको समस्या पहिचान गरी समस्या समाधानका लागि थारू आयोग समेत बनाई उनीहरूलाई विशेष मान्यता दिएको छ । नेपाललाई हाल ७ वटा प्रदेशमा विभाजन गरिएको छ । ती ७ वटै प्रदेशमा थारू सुमदायको बसोबास रहेको छ । २०६८ को जनगणना अनुसार थारू जातिको जनसंख्या १७ लाख ३७ हजार ४७० रहेको छ ।   कृषि पेशामा संग्लग्न थारू समुदाय धनको गरीब भए पनि मनका धनी छन् । उनीहरूले अझै पनि विभिन्न मौलिक चाडवाड, संस्कृति जोगाएका छन् । यी मौलिक चाडवाड, संस्कृति जोगाउन ज्येष्ठ नागरिकहरूको ठूलो महत्व रहेको छ ।  थारू समुदायको नयाँ वर्ष माघीको अवसरमा गाइने ढमार गीत होस् या कृष्णजन्माष्टमीको अवसरमा गाइने अस्टिम्किक् गीत होस्, यी ज्येष्ठ नागरिकहरूको मुखारबिन्दुबाट मात्रै सुनिन्छ । युवाहरूले मौलिक गीत बिर्सिदै गएका छन् । अहिले पनि संयुक्त परिवारमा बस्न ?चाउने थारू समुदायका ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने संस्कार निकै पहिल्यैदेखि चली आएको छ । थारू युवाहरूले विभिन्न पेशा व्यवसाय अपनाउन थाले पनि थारू ज्येष्ठ नागरिकहरू अझै पनि कृषिकर्ममै लागेको देखिन्छ । त्यसैले छोराबुहारी विविध पेशाले सहर पसे पनि ज्येष्ठ नागरिकहरू गाउँ छाड्न मान्दैनन् । किनकी सहरमा खेती गर्ने ठाउँ नै हुँदैन । प्रस्तुत आलेख थारू जातिको धर्म, संस्कार, खानपान, उपचार पद्धति लगायत विविध पक्षमा चर्चा गर्दै समग्रमा ज्येष्ठ नागरिकको अवस्थाबारे केन्द्रित छ ।  थारू धर्म र ज्येष्ठ नागरिक थारूहरूको धर्म कुन हो ? यस बारेमा थारूहरू स्वयम् अन्यौलमा छन् । जनगणननामा प्रायःले हिन्दू धर्म नै लेखाउने गरेका छन् । तर थारूहरूले मान्ने धर्म र पुज्ने देवताहरू, उनीहरूका पूजाविधि तथा गु?वा अथवा भर्रा भन्ने पुरोहितलाई हेर्दा उनीहरूमा हिन्दू धर्मको प्रभाव ज्यादै कम परेको देखिन्छ (विष्ट, सन् २००६ ः४६) । थारू कल्याणकारिणी सभाले २०६८ सालको जनगणनामा सम्पूर्ण थारूहरूलाई बौद्ध धर्म लेखाउन आह्वान गरेको थियो । हाल पूर्वी भेगका केही थारूहरू बौद्ध धर्मसँग नजिकिए पनि पश्चिममा थारूमा बौद्ध धर्मप्रति झुकाव निकै कम छ । पश्चिमका कम संस्कृतकरण (हिन्दूकरण) भएका राना, डंगौरा र अ? थारूहरूका सांस्कृतिक प्रचलनहरू वौद्ध धर्मसँग मेल खाएको देखिदैन । उनीहरूका प्रचलनहरूलाई वौद्ध धर्मभन्दा लोक धर्म मान्न सकिन्छ (विष्ट २०६३ ः५३) । आफूले उब्जाएको खाना खानु अघि प्रकृतिलाई चढाउने भएकोले थारूहरूले प्राकृत धर्म अंगालेको देखिन्छ ।  थारूहरूले पाँच पाण्डव, शिव, पार्वती, कृष्ण भगवानप्रति बढी आस्था राख्छन् । तर समग्रमा उनीहरूले पूजाआजा गरेको तौरतरिका हेर्दा प्रकृतिपूजक लाग्छन् । किनकी उनीहरूले सिचाईको लागि कुलोको मुहानमा जलदेउताको पूजा गर्दछन् । जंगलबाट काठ, दाउरा, पात, जडिबुटी लिन जाँदा अनिवार्य बनस्पति पूजा गर्दछन् । किरा फट्यांग्राले बाली नोक्सान नग?न्, खेती हरियो भरियो भइरहोस् भनेर हरेरी पूजा गर्दछन् । अन्नबाली भित्र्याउँदा आफूले खानु अघि प्रकृतिलाई चढाउँदै लवांगी पूजा गर्दछन् । उनीहरूको देवथानमा देवताको स्व?प काठ अनि माटोको हुन्छ । प्रकृतिको पूजाआजाबाट सम्पूर्ण प्राणी वर्गको हित हुनेमा उनीहरू विश्वास राख्दछन् । यी विभिन्न पूजाआजा गर्नमा घरमूलीका ?पमा रहने घरको ज्येष्ठ नागरिकको विशेष भूमिका रहन्छ ।   थारूका सौँरा, मैया, खेँखरी, चुरिन्याँ, बेँटुक लाठी, गुर्बाबा, घोरवा, ढमराज, सौटन्या, जख्वाजखिन्या, लगुवासु, गंगाधरी, गोहुवा आदि देवताहरू रहेका छन् । त्यस्तै सामूहिक रूपमा पूजा गरिने गाउँको देउथान मरूवामा राखिएका देवताहरूमा पाँच पाण्डव, मुढा, बहिरा रक्सा, मरिवा, बघ्रसी, लोहरा, महटिनिया आदि रहेका छन् । प्रत्येक थारू घरको पूर्व उत्तर कोठामा डेहुरार (देउता कोठा) हुन्छ । तर आधुनिक घर बन्ने क्रमसंगै डेहुरार नै लोप हुने स्थितिमा पुग्दैछ । यसरी ज्येष्ठ नागरिकहरूको मरणसंगै थारू समुदायमा परम्परागत पूजाआजाको चलन पनि हराउन थालेको छ ।  थारू समुदायमा धर्म र ज्येष्ठ नागरिक बीच अटुट सम्वन्ध छ । विभिन्न पूजाआजामा घरका युवा सदस्यहरूले अनदेखा गर्दा कमसेकम आफू बाँच्दासम्म त पूजा नरोक भन्दछन् । स्वदेश तथा विदेशका धार्मिक तीर्थस्थलहरूमा घुमघाम गर्ने, पूजा गर्ने परम्परा भने थारू समुदायमा खासै छैन ।  थारू जातिको मुख्य पेशा कृषि भएकाले यिनीहरूको धर्मकर्म, पूजापाठ पनि कृषिकेन्द्रित छन् । खेतीपातीमा खटिरहने भएकोले यो जाति शारीरिक रूपमा एकदमै बलिया हुन्छन् । ६÷७ वर्षको उमेरदेखि भेंडाबाख्रा चराउन सु? गरेको एक थारू बुढो भएपछि फेरी त्यही गोठालो पेशा नै अंगालेको देखिन्छ । त्यसैले, थारू समुदायमा हरवाह बन्नु चरवाह नबन्नु भन्ने कहावत नै छ । कृषिमा आधुनिकीकरण बढ्दै गएपछि खेत जोत्न टे«क्टर आउँदा पशुपालन कम भएको छ । यसले गर्दा गोठालो जिन्दगीबाट केही हदसम्म थारू ज्येष्ठ किसानहरू छुटकारा पाएको देखिन्छ । तर नजिकको तरकारी बारीमा गोडमेल गर्ने, पूजापाठ गर्नलाई बाबरी, तुलसी रोप्ने गरिरहेको देख्न सकिन्छ । हातखुट्टाले साथ दिएसम्म कृषिकर्ममै दिलोज्यान दिने भएकाले थारू ज्येष्ठ नागरिकहरूको काम नै पूजा देखिन्छ ।  कोही पढेलेखेका थारू ज्येष्ठ सदस्यहरू भने रिटायर्ड जिन्दगीपछि सामाजिक काममा खटेका देखिन्छन् । एकदमै बृद्ध भएर काम गर्न नसक्ने अवस्थामा घरकै मान्छेले नै रेखदेख गर्ने गर्छन् । थारू समाजमा एउटा सबैभन्दा ठूलो संस्कार भनेको उनीहरूले कहिल्यै आफ्ना बा आमालाई बृद्धाश्रम पठाउदैनन् । दुःख सुख गरेर जतिसक्यो आफै स्याहार सुसार रेखदेख गर्छन् । अझै पनि थारूहरू संयुक्त परिवारमा बस्ने भएकाले बुढ्यौलीमा ज्येष्ठ नागरिकले स्याहारसुसार पाएका हुन्छन् । घर छुट्टाभिन्न भएमा कान्छा छोराले बाआमालाई स्याहार्छन् । घर छुट्टाभिन्न भएमा पूजापाठ गर्ने मूल देउता भने जेठो छोराले लान्छन्  र पूजापाठ गर्ने परम्परा जोगाउँछन् । ज्येष्ठ नागरिकका सांस्कृतिक, सामाजिक पक्ष परापूर्वकालदेखि हाम्रा पूर्खाहरूले आफ्नो ज्ञान सीप र क्षमताबाट सिर्जना, संरक्षण एवं पालना गरी हामीलाई छाडेर गएका र हामीले पनि निरन्तर रूपमा तिनको प्रयोग उपयोग, परिमार्जन, संशोधन, संरक्षण एवं पालना गर्दै आएका जीवनशैली तथा हाम्रो पहिचान नै संस्कृति हो । मानिसले रचना गरेका सिर्जना र पालना गर्दै आएका संस्कारहरूलाई समग्रमा संस्कृतिका रूपमा सम्वोधन गर्ने गरिन्छ (खत्री, २०७०ः ६) ।  थारू जातिका विशेष पर्वहरूलाई रमाइलो, गुञ्जायमान तथा हर्षाेल्लासपूर्ण बनाउनको लागि गरिने विभिन्न नाचलाई जीवन्तता प्रदान गर्ने थरिथरिका गीतहरू रहेका छन् ।    थारूहरूले मनाउने मुख्य चाडपर्वहरूमा माघी, गुरही, हरडहुवा, अटवारी, अस्टिम्की, डस्या, डेवारी, ढुरहेरी आदि रहेका छन् । केही चाडबाहेक सबैमा गीत, नाच हुन्छ ।  माघीको अवसरमा नुहाएर आएपछि घरमा छुट्याएर राखिएको आफ्नो भागको चामल, दाल र नुन छोएर बुबा आमाको साथै आफूभन्दा ठूलासँग ढोग गरी आशिक लिइन्छ । यसरी आशिक लिएमा वर्ष दिनको पाप हटेर जान्छ भन्ने मान्यता रहेको छ । यसरी पुर्खाहरूको सम्मान गर्नुपर्छ भन्ने चलन ज्येष्ठ नागरिकहरूले चलाएका छन् ।  माघीमा गाउँको अगुवा बरघर चुन्ने चलन थारू समुदायमा यथावत छ । बरघर चुन्दा प्रत्येक घरका ज्येष्ठ सदस्यहरू उपस्थित रहन्छन् । बरघरको ख्याल (बैठक)ले गाउँमा नियम, दण्ड सजायको नियम पारित गर्छ । गाउँलेहरूले बनाएको नियम पहिले मौखिकमा सीमित हुने गरेकोमा अब लिखित हुन थालेको छ । माघीमा गाउँ सञ्चालनको बैठक मात्रै हुँदैन, घर सञ्चालनको पनि बैठक हुन्छ । प्रायः घरमुली जेठोबाठो नै हुन्छन् तर परिवारका सदस्यले न?चाए ज्येष्ठ सदस्यले कनिष्ठलाई पनि घरमुली सुम्पिन सक्छन् । यसरी थारू ज्येष्ठ नागरिकहरूले परिवारदेखि गाउँ समाजको परिपाटी बाँध्ने लोकतान्त्रिक विधि अपनाएको देख्न सकिन्छ ।  अस्टिमकी, डस्या, डेवारीमा गाइने नाचको लागि महिला ज्येष्ठ सदस्यहरूले गीत सिकाउँछन्, जसलाई ‘मोह्रिन्या’ भनिन्छ । त्यस्तै मादल बजाउन सिकाउने पु?ष ज्येष्ठ सदस्यहरू हुन्छन्, तिनलाई ‘अगुवा मन्डरिया’ भनिन्छ । यसरी ज्येष्ठ सदस्यहरूले गीत, संगीत पुस्तान्तरण गरेर संस्कृति जोगाउन अथक प्रयास गरेका छन् । थारू लोकजीवनमा सजना, मैना, होरी, अष्टिम्कीक्, सख्या, सुर्खेल, ढमार, मघौटा, बरमासा, रटनचवा, डिननचवा, बिरहैन जस्ता लोकगीत छन् । थारू समुदाय गीत सङ्गीतमा निकै समृद्द छ । यस जातिको बर्र्षैभरि हरेक महिना र पहरमा समेत गाउने गरी विभिन्न खालका गीतहरू रहेका छन् (पञ्जियारः २०५५ः १६) । थारू लोकसाहित्य कथ्य रूपमा अति नै सम्पन्न छ । ‘गुर्बाबक् जन्मौटी’ (थारू लोकब्रम्ह पुराण) ‘फुलवार’ (थारू लोक शिव पार्वती पुराण) ‘राम बिहग्रा’ (थारू लोक रामायण) ‘बर्किमार’ (थारू लोक महाभारत), ‘हिँउटी’, साँची, कहरा, जोगिन्या, माधो–सुन्दरी आदि थारू समुदायको जनजिब्रोमा झुण्डिएको छ (चौधरी २०६७ः ३४) । यी लोककाव्य, लोकगीत ज्येष्ठ नागरिकहरूले भाका हालेर गुन्गुनाउँछन् । ज्येष्ठ नागरिकहरूले नै मौखिक रूपमा जोगाउँदै ल्याएर यसको लिखित रूपमा दस्तावेजीकरण समेत हुँदै गएको छ ।  त्यस्तै, थारू समुदायमा गु?वा÷गुरौहरूको धार्मिक र सामाजिक कार्यहरूमा विशेष भूमिका रहने गर्दछ । घरायसी पूजाआजा बाहेक गु?वा विना धार्मिक क्रियाकलाप सम्भव हुन्न । ढकेहेर थरहका थारूहरू मन्त्रलाई जीवन्त राख्ने एक समुदाय हुन् । आम थारू समुदायमा फूलवारलगायत काव्य लोकगीतको रूपमा गाइने गरिएकोमा  ढकेहेरले विभिन्न पूजापाठमा यसका श्लोक मन्त्रको रूपमा वाचन गर्छन् (सर्वहारी, २०७७) । थारू गु?वाहरूलाई पहिले केन्द्रिय सरकारद्वारा निश्चित अधिकार सुम्पिएको इतिहास पाइन्छ । ‘धामी’ कर संकलन गर्न र त्यसैबाट जीविका चलाउने अधिकार दिइएको थियो (क्राउसकोफ, २०५८ः ५०) । सन् २००१ मा  चितवनमा थारू इथ्नोवोटनी प्रोजेक्टको सिलसिलामा पुरै जिल्ला भरिको गु?वाहरूको एक सर्भे गरिएको थियो । जसमा गु?वाहरूको संख्या १७७ मात्र देखिन्छ । तीमध्ये १५७ जनाले ५० वर्ष पार गरेका छन् । यही तथ्याङ्कलाई मिहिन ढंगले केलाउँदा १०९ जना गु?वाहरू त ६५ वर्ष नाघेको देखिन्छ । यसरी चितवनमा नयाँ पुस्ताले गु?वा (गुराउ) विद्या सिकेको देखिदैँन । थारू इथ्नोवोटनी प्रोजेक्टको रिपोर्टले भन्छ– नेपालीको सरदर आयु ७० वर्ष माने पनि अबको ३५ वर्षपछि चितवनमा एकजना पनि गुराउ हुने छैनन् (डंगोल र डंगोल, २०६६ः ३७) । यसरी ज्येष्ठ गु?वाहरू उमेरका कारण आफूमा निहित भएको ज्ञान हस्तान्तरण गर्न सकिरहेका छैनन् । गु?वा मात्रै होइन, लोकसाहित्य लगायत आआफ्नो क्षेत्रमा विशिष्टिता हासिल गरेका थारू ज्येष्ठ नागरिकहरूमा निहित ज्ञान हराउने क्रममा छ ।  थारू समुदायमा मूर्त र अमूर्त दुवै प्रकारको संस्कृतिको ठूलो महत्व छ । परम्परागत संस्कृति, ज्ञान, सीप युवावर्गमा हस्तान्तरण गर्नमा ज्येष्ठ नागरिकहरूले निकै टेवा दिएका छन् । पूर्व मेचीदेख पश्चिम महाकालीसम्म थारू समुदाय छरिएर बसोबास गरेकाले यिनीहरूको जीवनशैली, संस्कृति, पहिचान केही हदसम्म पृथक छ । तर सामाजिक सम्वन्धलाई संस्कृतिले नै जोडेको छ ।   खानपान    थारूहरू खानपानमा शौखिन छन् । उनीहरूमा परम्परागत ?पमा एक दिनमा ४ पटक खानेकुरा खाने चलन छ । एकाबिहानैको खानालाई  ‘बासी’ भनिन्छ भने १० बजेतिर खाने खानालाई ‘कलवा’ भनिन्छ । त्यसैगरी ३ बजेतिर खाने खानालाई ‘मिझ्नी’ भनिन्छ । दिन लामो भएमा थप अर्को पटक ‘मिझ्नी’ बनाइन्छ, यो खाजालाई ‘सिझ्नी’ भनिन्छ । बेलुकीको खानालाई भने ‘बेरी’ भनिन्छ । ज्येष्ठ नागरिकहरू ‘बासी’को रूपमा पनि एकाबिहानै जाँड रक्सी खाने गर्दछन् । खाजा?पी ‘मिझ्नी’मा त जाँड रक्सी नहुने कुरै भएन । गर्मी महिनामा सित्तल होस् भनेर भातमा पानी हालेर केही दिनपछि अलि अमिलो बनाएर ‘माड’ खाने चलन पनि छ । नदी किनारमा बस्न ?चाउने उनीहरूको माछा, घुंघी, सितुवा प्रिय परिकार हो । ज्येष्ठ नागरिकहरू आफै जाल, हेल्का, टापी लिएर माछा मार्न गएको देखिन्छ । माछा मार्न प्रयोग गर्ने सामग्री पनि ज्येष्ठ नागरिकहरू आफै बनाउने गर्छन् ।  घरमा कुनैपनि खानेकुरा खानुभन्दा अगाडि घरको ज्येष्ठ नागरिकलाई दिईसकेपछि मात्र अ?लाई दिने गरिन्छ । त्यस्तै खाना दिइसकेपछि पनि ज्येष्ठ नागरिकले खान शु? गरेपछि मात्र अ?ले खाने चलन छ । घरको शिर अर्थात् मुली ज्येष्ठ नागरिक नै हुन् । कुखुरा काटे ज्येष्ठ नागरिकको सम्मान स्व?प भालेको टाउको भाग छुट्याएर राखिन्छ ।  मौसम, समय, चाडपर्व, भोज विवाह, पूजापाठ लगायत विभिन्न अवस्थामा खाने थारू परिकारहरू विभिन्न थरिका हुन्छन् । जसमा दैनिक खानेमा, भात, दाल, कपुवा तरकारी आदि रहेका छन् । त्यसैगरी चाडपर्वहरूमा अनिवार्य खानेमा सुँगुरको मासु, ढिक्री, खरिया, पोंइक साग लगायत रहेका छन् । योमरी जस्तो ढिक्री बनाउने चलन छ । जसरी नेवार समुदायमा योमरी संस्कृति जस्तै रहेको छ, त्यसैगरी थारू समुदायमा पनि ढिक्री संस्कृति जस्तै रहेको छ । माघीमा ज्येष्ठ नागरिकहरूसंग ढोगभेट गरी आर्शिवाद लिने चलनसंगै लामो आयुका लागि लामो ढिक्री बनाइन्छ । झिलीमिलीको पर्व (डेवारी) दीपावलीमा दीयो आकारको ढिक्री हुन्छ भने डस्या (दसैं)मा ठोसिया जस्तो गहना आकारको ढिक्री हुन्छ । दाउराको थाकजस्तो देउतालाई चढाउने छुट्टै ढिक्री पनि हुन्छ । यसरी खाने परिकारलाई पनि पूजा गर्ने चलन थारू ज्येष्ठ नागरिकहरूले चलाएका छन् । ज्येष्ठ नागरिकको स्वास्थ्य थारू ज्येष्ठ नागरिकहरू नेपालका अन्य समुदायका तुलनामा खुसी र सुखी छन् । विधवा विवाह पनि हुने भएकाले महिलाहरूले एकल जीवन विताउने अवस्था देखिदैन । अझ लोग्ने मरेमा अर्को लोग्ने भित्र्याउन सक्ने भोंर विवाह गर्ने परम्परा पनि रहेकाले बुढ्यौलीमा पनि महिला ज्येष्ठ नागरिकले जोडीको साथ पाएका हुन्छन् । आम थारू समुदायको जीवनबृत्ति खेतीकिसानी नै हो । हिलोमैलोमा दिनचर्या गुजार्नु पर्ने हुँदा नुहाइधुवाइ, सरसफाइमा ध्यान दिन्छन् । त्यसैले, खासै विरामी पर्दैनन् । टाउको दुख्ने, ज्वरो आउने सानोतिनो रोगको लागि गु?वा (धामी) को भर गर्ने चलन अझै पनि रहेको छ । तर हाल आएर नयाँ नयाँ रोगहरूका कारण जडिबुटी उपचार, गु?वाको झारफुकमा भन्दा पनि पश्चिमा औषधोपचार पद्धतिलाई प्राथमिकता दिएको देखिन्छ ।  थारू समुदायमा जडिबुटी जान्ने बैद्यहरूको थर नै बैडवा रहेको देखिन्छ । यद्यपि बैडवा, गु?वाहरू ज्येष्ठ नागरिक मात्रै रहेका छन् । खेतीकिसानीमा खासै रकम जोगिदैन । त्यसैले, थारू ज्येष्ठ नागरिकहरू ठूलै विरामी परेमा उपचारमा भने समस्या देखिन्छ । उपचारको लागि थोरैतिनो जग्गा नै बेच्नुपर्ने अवस्था आउँछ, जो ज्येष्ठ नागरिकहरूले चाँहदैनन् । हाल आएर छोराका साथै कतिपय छोरीहरूले समेत आफ्नो अभिभावकलाई हेरचाह गर्ने, विरामी पर्दा स्याहार सुसार गर्ने चलन पनि बढेको देखिन्छ । छोरी मात्रै हुने तर छोरी विवाहिता भएर गएमा छोरी ज्वाइले नै आमाबाबु स्याहार्छन् । तराईका वनजंगल फँडानी गरी थारू पुर्खाहरूले नै बस्ती बसाले । औलो पचाए । बाघ, भालु, हात्ती जस्ता जंगली जनावरसंग लडे । अझै पनि हात्तीको माहुते प्रायः सबै थारू समुदायकै रहेका छन् । भनिन्छ, पहिले औलोसंग लड्ने प्रतिरोध क्षमता पहिले थारूहरूसंग मात्रै थियो । यही औलोको प्रकोप हाल आएर देखिन थालेको छ । पहिले औलो पचाए पनि त्यसको असर हाल मात्रै देखिदैछ । कतिपय थारू ज्येष्ठ नागरिकहरू सिकलसेल एनिमियाको सिकार भइरहेका छन् । डरलाग्दो तथ्य के छ भने वंशाणुगत रोगका कारण तिनका सन्तानमा पनि सिकलसेल एनिमिया देखिदैछ ।  थारूहरू बढी मदिरा सेवन गर्ने भएकाले बुढ्यौली क्रमसंगै, लहरे खोकी दम, उच्च रक्तचाप, ग्याष्ट्रिक, अल्सर, क्यान्सर जस्ता रोग ज्येष्ठ नागरिकहरूमा देखिन्छ । तर बेलुकी मात्रै मदिराको मात्रा मिलाएर पिउने ज्येष्ठ नागरिकहरूले यसैलाई औषधी मान्छन् । र, त्यसैको सेवनले आफ्नो लामो आयु भएको सगर्व भन्छन् ।  उपसंहारः  नेपाल सरकारले थारू जातिको समस्या पहिचान गरी समस्या समाधानका लागि थारू आयोग समेत गठन गरेको छ । तर थारू ज्येष्ठ नागरिकहरूको समस्या, तिनको सम्बोधनबारे थारू आयोगले छलफल चलाएको देखिदैन । न त थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभाले नै थारू ज्येष्ठ नागरिकहरूबारे चासो दिएको छ । विद्यार्थी, युवा, वकिल, महिलाहरूको भातृसंगठन बनाए पनि थारू ज्येष्ठ नागरिकहरूको संगठन छैन ।  नेपाली युवाहरू विदेश पलायन भएका छन् । अन्य पेशा, व्यवसायको सिलसिलामा घर बाहिर छन् । त्यसबाट थारू समुदायका युवा पनि अछुतो छैनन् । त्यसैले घरबारी, खेतखलियानको जिम्मा ज्येष्ठ नागरिकहरूको जिम्मेवारीमा आइपरेको छ । पहिले थारू समुदायका ज्येष्ठ नागरिकहरू नाति नातिनालाई थरिथरिका लोककथा सुनाउँथे । यसले हजुरबा, नातिनातिना दुबैको दिनचर्या सहजसाथ बित्थ्यो । तर पछिल्लो पुस्ताको मोबाइल प्रविधिमा ?चिका कारण ज्येष्ठ नागरिहक? एक्लिएका छन् । यसले उनीहरूमा नियास्रोपन बढेको देखिन्छ ।  आफ्नै छोराछोरीले बृद्धाश्रममा लगेर राखिदिएका घटना थारूहरूमा छैन, देखिदैन  । छोराछोरी र आमाबाबुबीच पारिवारिक झगडा मात्रै होइन, गाउँको समस्या भए छिनोफानो गरेर मिलाउने बरघर प्रणाली थारू समुदायमा कायमै रहेकाले थारू ज्येष्ठ नागरिकहरूले मुद्धामामिलामा दुःख झेल्नुपर्ने अवस्था छैन । स्वयम्सेवी ढंगबाट गाउँको विकास निर्माणमा टेवा दिने थारू ज्येष्ठ नागरिकहरूले चलाएको परम्परा स्थानीय निकायले सिको गर्नु जरुरी देखिन्छ ।  समाजको बदलिदो परिस्थिति, खानपान, धार्मिक र सांस्कृतिक मूल्य मान्यतामा आएको परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव ज्येष्ठ नागरिकहरूमा पर्नु स्वाभाविक हो । जस्तो कि मौलिक खानपानमा आफूलाई अभ्यस्त पारेका थारू ज्येष्ठ नागरिकहरू परिवारमा भित्रिएको फास्टफुड खान बाध्य छन् । त्यसैले, खानपान मात्रै होइन, परिवारका सदस्य, इष्टमित्रहरूबाट समेत समाजको ज्येष्ठ नागरिकहको धर्मसंस्कृतिको रुचिबारे ख्याल गरिनुपर्छ । देशमा संघीय, प्रदेश, स्थानीय तीन तहको सरकार मौजुद रहेकाले राज्यले पनि बेलैमा ज्येष्ठ नागरिकहरूको आरामदायी दिनचर्याका लागि आवश्यक नीति निर्माण गर्नु बान्छनीय देखिन्छ । सन्दर्भ सामग्री  क्राउसकोफ, जिसेल (२०५८), जङ्गलदेखि जमिनसम्मः थारू इतिहासतिर एक दृष्टि, नेपालका राजाहरू तथा  तराईका थारू, टेकबहादुर श्रेष्ठ, सं, काठमाडौः नेपाल  र एशियाली अनुसन्धान केन्द, त्रिवि ।  गौतम, टेकनाथ (२०४४), थारू जातिको इतिहास तथा संस्कृति (थारू पुराण), दाङ ः सुशील कुमार गौतम । चौधरी, कृष्णराज (२०६७), अष्टिम्की (कृष्णजन्माष्टमी) र सखिया नृत्य, समष्टी, ३१)७४, पृ.३४–३८ ।  डङ्गोल, धर्मराज र रूपक डङ्गोल (२०६६) थारू गुराउ, परम्परागत ज्ञान र संरक्षणको बाटो । हाम्रो चिनारी । ४(२), १० । पृ.३५–३८ ।  थारू, फनि श्याम (२०६९), थारू लोक संस्कृति र चाडवाड, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान । पञ्जियार थारू, तेजनारायण (२०५५), थारू भाषा एक परिचय, सप्तरीः बौली चौधरी थारू । बराल, ईश्वर (२००४), थारू जाति र तिनको संस्कृति, नेपाल सांस्कृतिक परिषद पत्रिका, १(१), बैशाख । काठमाडौंः नेपाल सांस्कृतिक परिषद । विष्ट, डोरबहादुर (२००२, पुनर्मुद्रित २००६ ई.), सबै जातको फूलबारी, ललितपुरः हिमाल किताब । शर्मा जनकलाल, कृष्णबम मल्ल (२०१४), राप्ती उपत्यका, काठमाडौः नेपाल भारत मैत्री संघ । सर्वहारी, कृष्णराज । २०७७ । थारू गु?वाहरूको परम्परागत ज्ञान र सीपको विद्यमान स्थिति तथा पुस्तान्तरण । थारू आयोग, काठमाडौबाट २०७७ मंसिर २८ गते चितवनको सौराहामा आयोजित थारू गु?वा र भलमन्साहरूको अवस्था गोष्ठीमा प्रस्तुत अवधारणापत्र । सिंह मौन, प्रफुल्लकुमार (२०२५), थारू लोकगीत, विराटनगरः पूर्वाञ्चल पुस्तक भण्डार ।  

टीकापुरको गुमनाम कथा

टीकापुरको गुमनाम कथा

७३९ दिन अगाडि

|

१८ भदौ २०८०

इन्दु थारु रमदैयाको घर पुग्दा झिसमिसे अँध्यारो भैसकेको थियो । वरपरका घरहरूमा बिजुली बत्ती बलिसकेका थिए, उनको घर भने अँध्यारै । छिमेकको आँगनमा बलेको बत्तीको उज्यालोमा उनी आफ्नो आँगनमा बेरी (रातिको खाना) पकाउँदै थिइन्, चुलोमा फुफु गर्दै । रमदैयाको घर टीकापुर घटनापहिले राति पनि उज्यालै हुने गर्थ्यो । घरमा बिजुली जडान गरिएको थियो, उनका श्रीमान्ले महसुल तिर्थे । टीकापुर घटनामा संलग्नता आरोपमा श्रीमान् गिरफ्तार भएपछि लाइन काटियो । त्यसयता उनका ससाना तीन छोराछोरीले अँध्यारो हुनुपहिल्यै होमवर्क सक्नुपरेको छ । मोबाइल फोनको टर्च बाल्दै बहरी (बैठक कोठा) मा बसेर कुराकानी सुरु भयो । रमदैयासँग ती कुरा भए, जुन गर्न वर्जितजस्तै छ । तिनका सत्य कथाहरूले पाउनुपर्ने ध्यान पाउँदैनन् । २०७२ को टीकापुर घटनापछि अधिकांश पुरुष भारततिर भागेका थिए भने कोही आफन्तको शरणमा थिए । घरमा महिला र केटाकेटी मात्र रहेको अवस्थामा प्रहरी गस्ती आयो । प्रहरीले छापा मार्दा थारू महिलाले यातना र शोषणको सामना गर्नुपर्‍यो । सोधपुछका क्रममा अत्यन्त त्रसित र आतंकित बनाइएकी एक पात्र हुन् रमदैया । उनले बहरीमा राखेको कुठ्ली (अन्न राख्ने माटाको भाँडो) देखाउदै भनिन्, ‘उनीहरू (प्रहरी) ले कुठ्ली फुटाइदिए । छुट्टाछुट्टै कुठ्लीमा राखेको धान, गहुँ र चामल एकैमा मिसाइदिए ।’ खस नेपाली बोल्न नसक्ने रमदैयाले डराउँदै ‘अइसिक ना कराडेउ’ (यस्तो नगरिदेऊ) भनी बिन्ती गर्दा उनीहरूले ‘तेरो लोग्नेले पुलिस मार्‍यो, हतियार कहाँ लुकाएको छ, भन्’ भन्दै छातीमा बन्दुक तेर्स्याए । उनीहरूले बोलेको रमदैयाले धेरै बुझिनन्, तर उनीहरूको आक्रोश, गालीका शब्दहरू उनको सम्झनामा छन् । उनीहरूले आफू र बच्चाहरूलाई जिउँदो छाड्लान् भन्ने रमदैयालाई लागेको थिएन । रमदैया थारू भाषामा पनि सानो स्वरमा बोल्छिन् । सोधेको प्रश्नको जवाफ थोरै वाक्यमा दिन्छिन् । उनको मुखले भन्दा आँखाको आँसुले बरु धेरै बोल्छ । आफ्नो भयानक स्मृति सुनाउँदा उनका ओठहरू थरथराइरहेका थिए । खस नेपाली बोल्न नसक्ने उनले अँध्यारो रातमा आक्रोश र बन्दुकले सजिएका पुरुष सिपाहीको सामना कसरी गरिन् होला ! कर्फ्युकै अवस्थामा थारूहरूमाथि भएको राज्य आतंक गैरथारू वृत्तमा बहसको विषय सायदै बनेको होला । सत्तासमर्थक थारूहरू पनि यो विषय नउठाउनुमै बढी फाइदा देख्छन्, अनौपचारिक भेटमा बाहेक सार्वजनिक मञ्चमा यी कुरा उठाउने हिम्मत गर्दैनन् । अझै आन्दोलनमा छौं भन्ने थारूहरूले त्यसरी सम्पत्ति लुटिनु र जलाइनुलाई प्रमुख विषय बनाएर प्रत्येक वर्ष खुला कार्यक्रम गर्दै आएका छन् । थारू महिलाको भोगाइ के रह्यो त भन्नेबारे चासो नगण्य रह्यो । टीकापुर घटनामा थारूहरूको सम्पत्ति ध्वस्त गरिएको अभिलेख ढिलै भए पनि व्यवस्थित गरियो । क्षतिपूर्तिका नाममा केही राहत रकम उपलब्ध गराइयो । तर थारू महिलाको कथाव्यथा कतै पनि उल्लेख गरिएन । थारू महिलाको कुनै भोगाइ नभएरै हो त ? राज्यले थारूहरूको आन्दोलनलाई आन्दोलन नै देखेन । बरु आन्दोलनकारी थारूहरूलाई आतंककारीका रूपमा हेर्‍यो । सुरक्षा कायम गर्ने नाममा थारू समुदायलाई पूर्ण रूपमा नियन्त्रण गरियो । के सुरक्षा अन्य कसैको असुरक्षा निर्माण गर्ने विषय हो ? रमदैयाजस्तै कैयौं थारू महिलाले सुरक्षाघेराभित्र असुरक्षित महसुस गरे । थारू महिलाका अनुभवको दृष्टिकोणबाट सुरक्षाको परिभाषा नै बदलिन सक्छ र तिनका लागि सुरक्षा विकृत असुरक्षामा परिवर्तित हुन सक्छ । ‘थारूहरूले प्रहरी मारे’ भनी हल्ला गर्दै बदलामा थारू महिलामाथि सरकारी पुरुषत्वको प्रदर्शन के उत्तम विकल्प थियो ? राज्य आतंकले ग्रसित रमदैया, रिमा, यमुनाका भोगाइहरू कहिल्यै बाहिर आएनन्, किनभने तिनले आधिकारिक कहानीलाई ‘काउन्टर’ गर्छन् । महिलाका कथा कहिल्यै बाहिर आउँदै नआउने होइनन् । महिलाका कथा त्यस बेला लेखिन्छन्, जब त्यसले राज्यसत्तालाई पोसिरहेको हुन्छ । जब महिलाका कथाहरू यस्तो गर्न असफल हुन्छन्, तिनलाई विभिन्न माध्यमबाट चुप लगाउने प्रयास गरिन्छ र त्यो प्रयास धेरै हदसम्म सफल बनाइन्छ पनि । कसलाई कसरी समावेश गर्ने वा नगर्ने र कसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा बडो कलात्मक रूपमा सम्पादन गरिन्छ र विभिन्न माध्यमबाट बाहिर ल्याइन्छ । यो कुरा टीकापुरको सन्दर्भले प्रस्ट पार्छ । टीकापुरका थारू महिलालाई दिइएको यातना वैधानिक बनाउन एक थरी महिलाको आँसुलाई छापा र अनलाइनमा व्यापक बनाइयो । आधिकारिक रूपमा आएका समाचारका कथाहरूले राज्यनिकट रहेका महिलाका लागि नयाँ ठाउँ बनाए भने थारू महिलाको रोदनलाई बेवास्ता गरे । राज्य सञ्चालकहरूको यस्तो गतिविधिले मानवअधिकारकर्मीका साथै महिला अधिकारवादीमा समेत हानिकारक प्रभाव पार्‍यो । हैन भने टीकापुरमा कर्फ्युका बेला थारू महिलामाथि केके भयो, किन खोजिएन ? सदियौंदेखि जातीय–लैंगिक उत्पीडन खेपिरहेका थारू महिला अन्वेषणको केन्द्रमा किन कहिल्यै परेनन् ? रमदैया र कैयौंले आफूमाथि भएको व्यभिचारको रिपोर्ट नगर्नुमा उनीहरूको सचेत छनोटभन्दा पहुचको कमीले बढी भूमिका खेलेको छ । टीकापुर घटनापछि जसरी एकपक्षीय गलत प्रचारबाजी भयो, थारूहरूले न्याय पाउने निकाय कतै देखेनन् । रमदैयाका अनुसार, उनका श्रीमान् साइकलमा चिप्स, सुर्ती, बिस्कुट आदि राखेर गाउँगाउँमा बेच्ने गर्थे । श्रीमान्ले दिनभरिको व्यापारबाटै बिरामी रमदैया र तीन छोराछोरीको पेट भर्नुपर्थ्यो । आधा कट्ठा जमिनमा सानो घर छ, बाँकी थोरैमा सागसब्जी । खस नेपाली बोल्न नसक्ने, आन्दोलनबारे केही थाहा नभएका उनका श्रीमान्लाई टीकापुर घटनाको दोषी भन्दै जेलमा कोचियो । रमदैया भन्छिन्, ‘आन्डोलन करुइयन मन्टरी बन्लइ, संसद बन्लइ । मोर मनैन् जेलम डरलै ।’ (आन्दोलन गर्नेहरू मन्त्री बने, सांसद बने, मेरो मान्छेलाई जेलमा कोचे ।) शक्ति आर्जन गर्नका लागि डेमागग नेताहरूले थारूहरूलाई उक्साएको र त्यसपछि त्यो शक्तिलाई सर्वाधिक दुरुपयोग गरेको उदाहरण हो— थरुहट–थारूवान (टीकापुर) आन्दोलन । थारूभित्रका राजनीतिक सम्भ्रान्तहरू भुइँतहका थारूहरूलाई कसरी प्रयोग गर्छन् भन्ने एउटा गतिलो दृष्टान्त बन्यो टीकापुर आन्दोलन । केही थारू नेताले केवल मन्त्री पदका लागि सम्झौता गरे । कैद मिनाहा गरी आफू जेलबाट छुटे तर काम नगरी खान नपुग्ने थारूलाई जेल कोचे । यसले संकेत गर्छ, राजनीतिक सम्भ्रान्तहरूले जुनसुकै दलीय विचार वा समुदायलाई प्रतिनिधित्व गरून्, तिनले रमदैयाजस्ता निम्नवर्गीयहरूको सवाल कहिल्यै उठ्न दिँदैनन् । बरु सारा शक्ति दुरुपयोग गरि तिनैलाई फसाउँछन् । केन्द्र (काठमाडौं) बाट आन्दोलन गर्न उक्साउने थारू नेताहरूमा नैतिकता हुन्थ्यो भने थारू महिलामाथि भएको दमनविरुद्ध वकालत गर्थे, तिनको न्यायका लागि आवाज बुलन्द बनाउँथे । कुर्सीसँग थारूका मुद्दा साट्ने थिएनन् । तर थारू आन्दोलन दबाउन खोज्ने गैरथारू सम्भ्रान्त र थारू आन्दोलनको नेतृत्व गर्ने थारू सम्भ्रान्तले आखिर टीकापुर घटनापछि काठमाडौंमा कागजी सम्झौता गरे । अभिजात वर्गका पुरुषप्रधान सम्झौतामा जडित बुँदाहरूमा महिलाका सवाल कहिल्यै उल्लेख भएनन् । रमदैयाले आफू थारू भएकाले बजार जाँदा हेपिनुपरेका कथाहरू सुनाइन् । टीकापुर घटनापछि घरमै आइपुगेका सुरक्षाकर्मीले बोलेका शब्द उत्तिकै अपमानजनक थिए । रमदैयाको प्रश्न छ, ‘टीकापुर घटनाको छानबिनबिना थारूहरू नै अपराधी हुन् भन्ने फैसला कसरी सम्भव भयो ?’ रमदैयालाई खस नेपाली बोल्न आउँदैन भन्नुको मतलब उनले विभेद महसुस गर्न सक्दिनन् भन्ने होइन, उनले प्रश्न गर्न सक्दिनन् भन्ने होइन । उनमा अनुभव छ, आदिवासी ज्ञान छ र त्यो अर्गानिक छ । राज्य आतंक भोगेकामध्ये थोरै महिलाले मात्र आफ्नो कथा सुनाउन सक्छन् । ती कथालाई गम्भीरताका साथ लिइनुपर्छ । कान्तिपुरबाट