रेशमको नजरमा टीकापुर घटनाः के थियो वास्तविकता ?

रेशमको नजरमा टीकापुर घटनाः के थियो वास्तविकता ?

१५२८ दिन अगाडि

|

७ भदौ २०७९

टीकापुर आन्दोलनको सम्झना र थारू फुटको वास्तविकता

टीकापुर आन्दोलनको सम्झना र थारू फुटको वास्तविकता

१५२८ दिन अगाडि

|

६ भदौ २०७९

इन्दु थारू  २०७२ भदौ ७ गते टीकापुर आन्दोलनको सम्झनामा केही न केही कार्यक्रम थरुहट संघसंस्थाहरुले गर्ने गरेका छन् । यस वर्ष पनि दुइ दिने कार्यक्रम हुँदेछ । सो दिनको सम्झनामा टीकापुरमा नागरिक उन्मुक्ति पार्टी तथा थरुहट, थारुवान मोर्चाको छुट्टाछुट्टै कार्यक्रम छ । छुट्टाछुट्टै कार्यक्रमले थारुहरुमा फुटको सन्देश गएको कतिपयको भनाइ छ । न नागरिक उन्मुक्ति पार्टीको भातृसंगठन मोर्चा हो, न मोर्चाको भातृसंगठन नागरिक उन्मुक्ति पार्टी हो । दुवै आफैंमा सार्वभौम संस्था÷दल हुन् । यी दुवै आ–आफ्नो कार्यक्रम तय गर्न स्वतन्त्र छन् । अनि यी बिल्कुल अलग दुई संस्थाले अलग कार्यक्रम गर्दा फुटेको कसरी हुन्छ ? यदि नागरिक उन्मुक्ति पार्टी आफैंमा दुई खेमामा विभाजित भएर दुई अलग कार्यक्रम गरेको भए, त्यसलाई फुटेको भन्न मिल्छ । यदि मोर्चाभित्रै दुई अलग गुटले छुट्टाछुट्टै दुई अलग ठाउँमा कार्यक्रम गरेको भए, फुटेको भन्न मिल्छ ।  मोर्चा साझा प्लेटफर्म होे । मोर्चा न दर्ता गरिएको एनजिओ हो, न राजनैतिक संस्था हो । नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको एक राजनैतिक संस्था हो । अनि मोर्चा र नागरिक उन्मुक्ति पार्टीले छुट्टाछुट्दै कार्यक्रम गर्दा फुटेको कसरी हुन्छ ?  अनि को हुन् ती, जसले आज नागरिक उन्मुक्ति पार्टीले यो दिन कार्यक्रम गर्नुलाई गलत देख्दैछन् । यो दिनलाई सम्झिनुलाई गलत देख्दैछन् । यी तिनै हुन्, जसले २०७५ सालमा सम्पन्न भएको टीकापुर सम्मेलनको विरोध गरेका थिए । यि तिनै हुन्, जो न हिजो थरुहट थारूवानको आन्दोलनको पक्षमा थिए, न आज छन् । यी तिनै हुन्, जसलाई चुनाव जित्न थारूको भोट मात्रै चाहिएको हुन्छ, थारू चाहिएको हँुदैन । थारू अधिकार, थारू पहिचान, थारूको अस्तित्व केही चाहिएको हँुदैन । चाहिएको हुन्थ्यो भने तिनले पद र कुर्सीसंग थारूका मुद्धा साट्ने थिएनन् ।  २०७५ सालको टीकापुर सम्मेलन लक्ष्मण थारूको नेतृत्वमा  भएको थियो । टीकापुरको झुठा मुद्धामा ४२ महिना जेल बसेर रिहा भएपछि उनको अगुवाइमा टीकापुर सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनमा देशभरका हजारौ थारूहरुको उपस्थिति रह्यो । तर टीकापुर घटना पहिले थरुहट थारूवान् आन्दोलनको एउटा घटक थारू सांसदहरुको समितिको संयोजक रहेका नेपाली काँग्रेसका रामजनम चौधरी, सदस्य डा गोपाल दहितलगायत उपस्थित भएनन् । सुनेअनुसार, तिनले उक्त कार्यक्रममा उपस्थित हुन नदिन अन्य धेरैलाई रोक्ने प्रयास गरेका थिए ।  नेकपा माओवादी केन्द्रको भातृसंगठन राष्ट्रिय थारू मुक्ति मोर्चाले त विज्ञप्ती नै जारी गरी २०७५ को टीकापुर सम्मेलनको विरोध गरेको थियो । हिजो लक्ष्मण थारूको नेतृत्वमा भएको टीकापुर सम्मेलनको विरोध गर्ने तत्व यिनै थिए । आज नागरिक उन्मुक्ति पार्टीले गर्ने टीकापुरको कार्यक्रमको विरोध गर्ने पनि यिनै तत्व हुन् ।  यो कुरा बुझ्न धेरै दिमाग लगाइरहनु पर्दैन कि टीकापुर सम्मेलनको विरोध गर्नेहरु आज मोर्चाको आडमा किन नागरिक उन्मुक्ति पार्टीको कार्यक्रमको विरोध गदैछन् ? किनभने प्रदेश तथा संघीय सांसद्को चुनाव नजिकै छ ।  जब जब चुनाव नजिकिन्छ, तिनले थारूहरुलाई निर्दोष देख्न थाल्दछन् । रेशम चौधरी निर्दोष हो भन्न थाल्दछन् । स्थानीय चुनाव सम्पन्न हुन केही साता पहिले केपी ओलीले रेशम चौधरी लगायत टीकापुर घटनाका थारूहरु निर्दोष छन् । निर्दोष थारूहरु छुट्नुपर्छ भन्न भ्याए । पुष्पकमल दाहाल प्रचण्डले पनि थारूहरु निर्दोष छन्, काठमाडौं गएर सिरियसली कुरा गर्छु भन्न भ्याए ।  उता रेशम चौधरी निर्दोष हुन् भनी अहिले काँग्रेसका नेताहरु पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ धाउँदैछन् । सात सात वर्षसम्म यिनीहरुलाई रेशम चौधरी निर्दोष हुन् भन्ने लागेन । टीकापुर घटना राजनैतिक हो भन्ने लागेन । अचम्म जब जब चुनाव आउन थाल्छ, तब तब अचानक ठूला दलका मसिहाहरुलाई रेशम चौधरीको बडो पीर पर्न थाल्छ । टीकापुर आन्दोलनमा सबै संग्लग्न निर्दोष हुन् भन्ने अभिव्यक्ति आउन थाल्छ ।  थारूहरुलाई धोखा दिएका उनीहरु थारूहरुका बिचमा कसरी जाने बाटो खोज्दैछन् । अहिलेसम्म उनीहरुले थारूहरुलाई ठगेका मात्र छन् । कसैले थारूवान् राज्य दिन्छु भनी ठगियो । कसैले म मन्त्री भएपछि जेल परेका थारूहरुलाई छुटाउछु भनी ठगियो । ती ठग्नेहरु आज एक भएका छन् । हिजो एकले अर्कोलाई कारबाही गर्थे । एकले अर्कोको हत्या गर्थे । अहिले सत्तामा बसिरहन र सत्तामा बसेर राष्ट्रको ढुकुटीमाथि रजाई गरिरहने स्वार्थ मिलेपछि एक भएर एकै स्वरमा नागरिक उन्मुक्ति पार्टीको कार्यक्रमको विरोध गर्दैछन् । अनि ती विरोधीले टीकापुर विद्रोह दिवस मनाउने क्रममा नागरिक उन्मुक्ति पार्टीको ब्यानर किन देख्न चाहना राख्लान् र ?  थरुहट, थारुवान मोर्चा र नागरिक उन्मुक्ति पार्टीले संगै कार्यक्रम गर्ने सहमति पनि भएको थियो । यद्यपी उक्त सहमतिलाई कार्यान्वयन हुन नदिन भड्काउपूर्ण भूमिका खेल्ने पनि तिनै आन्दोलन विरोधी तत्वहरु हुन् । तर थारू फुटाएको मिथ्या आरोप लगाउदैछन् नागरिक उन्मुक्ति पार्टीलाई ।  थारूहरु कहिले एक थिए र ? कोही थारू राजतन्त्रको खरो विरोध गरिरहदा, कोही थारू तिनै राजाका मन्त्री हुन गए । कोही थारू जनयुद्धमा क्रान्तिको विगुल फुक्दा, टाउकाको मूल्य तोक्ने दलमा आबद्ध भई थारूमाथि गोली चलाउने थारू पनि थिए । कोही थारू, थारूका निम्ति आफ्नो ज्यान दिन तयार थिए, कोही थारूले निहत्था साधारण थारूहरुको हत्या गरे । साच्चै थारूहरु कहिले एक थिए ? र, सम्पूर्ण थारूहरु कसरी एक हुन सक्छन् ? कुनै पनि जाति समुदाय सम्पूर्ण रुपमा एक हुन सम्भव हुन्छ ? अनि सम्पूर्ण थारू एकै विचारमा आबद्ध हुन् सम्भव हुन्छ ? पक्ष र विपक्ष विश्वव्यापी हुन्छ । र यसो हुनु अवैज्ञानिक होइन । नागरिक उन्मुक्ति पार्टीको मूल जरो, मूल आधार  नै टीकापुर घटना हो । २०७२ भदौ ८ गते कफ्र्यु घोषणा गरेको समयमा थारूहरुको घर, पसल, खोकामा आगो लगाइयो । रेशम चौधरीको फूलवारी रिसोर्ट, फूलवारी एफएम लुटियो र आगजनी गरियो । अनि घटनास्थलमा नरहेका उल्टै उनीमाथि नै चोरी डकैती, हत्याको केस लगाइयो ।  टीकापुरमा घटनामा जवर्जस्ती मुछिएका लक्ष्मण थारू ४२ महिनापछि रिहा भएका थिए । उनी चुपचाप बसेको भए उनलाई तोकिएको साढे ३ वर्ष कैदको अन्तिम टुंगो लाग्थ्यो होला । तर जेल रिहाइ लगत्तै पुनः थरुहट थारुवान मोर्चामार्फत आन्दोलन उठाएकै कारण उनलाई आजीवन जन्मकैदको फैसला तोकिएको छ । जबकि उनी सो दिन घटनास्थलमै थिएनन् । उता टीकापुर घटना हुँदाको बखत जिल्ला प्रशासन कार्यालय धनगढीमा प्रमुख जिल्ला अधिकारीसंगै रहेका तात्कालीन थारु कल्याणकारिणी सभाका कैलाली जिल्ला अध्यक्ष लाहुराम चौधरी अजगरलाई मुद्धा लगाइयो । थारूहरुलाई लगाइएका ती मुद्धा कपोलकल्पित थिए, बनावटी थिए । यसरी लगाइएका मुद्धा थारूहरुमाथि राज्यले गरेको शक्तिको दुरुपयोग थियो । थारूहरुमाथि जुन किसिमको अपराध भयो, हाम्रो पुस्ताले भोगेको राज्य अपराधको एक कुरुप यथार्थ हो ।  राज्यले थारूमाथि गरेकोे यति निकृष्ट अपराधका बारेमा सात वर्षसम्म कोही सम्वेदनशील नभएपछि रेशम चौधरीले कारागार भित्रैबाट पार्टी खोल्नु भयो । अनि यो पार्टीले टीकापुर घटनालाई अहिले आफ्नो ढंगले सम्झिन नपाउनु ?  दल र मोर्चा बिल्कुल फरक विषय हुन् । यी दुवैलाई आआफ्ना कार्यक्रम आफ्नै ढंगले गर्न स्वतन्त्रता छ । अनि हामी किन थारूहरु फुटे भनी हौवा पिट्छौ । के हामीमा यति सामान्य राजनीतिक चेतना पनि नभएको हो ?   

थारू समुदायमा गीत, नृत्य तथा चित्रकला तीनै माध्यमद्वारा पूजिने एक मात्र पात्र कान्हा

थारू समुदायमा गीत, नृत्य तथा चित्रकला तीनै माध्यमद्वारा पूजिने एक मात्र पात्र कान्हा

१५३१ दिन अगाडि

|

३ भदौ २०७९

कान्हा अर्थात कृष्णलाई हिन्दू धर्ममा आस्था राख्ने विभिन्न जाति समुदायले आआफ्नै तरीकाले पूजाआजा गर्दछन् । कान्हा थारू समुदायमा यति बलियो जरा गाडेर बसेका छन् कि गीत, नृत्य तथा चित्रकला यी तीनै माध्यमद्वारा पूजिने उनी एक मात्र देउता हुन् ।  अस्टिम्कि अर्थात् कृष्ण जन्माष्टमीमा उनको विशाल महिमा गाइन्छ । यसमा कान्हा महिमामात्र होइन, सृष्टिको कथा पनि अन्तर्निहित रहेको छ । सोही गीतलाई मादलको तालमा दसैंमा नाचिने सखिया नाचमा पनि प्रस्तुत गरिन्छ । भनिन्छ, त्यो जाति मानव सभ्यताको आदिम जाति मानिन्छ, जसकोमा सृष्टि उत्पत्ति कथाको वर्णन हुन्छ । अस्टिम्कि काव्यमा पनि सृष्टिको वर्णन पाइन्छ ।      पहिले टे सिरिजल जलडल ढरटि     सिरिजे टे गइल हो कुस कइ डाभ ।  अर्थात् जमिनको पहिले कुनै नामोनिशान थिएन, सबैतिर जल नै जल थियो । त्यसपछि कुश प्रजातिको बिरूवाको उत्पत्ति भयो । त्यही विरूवामा डाँठ, पात, फूल, फल लाग्दै ठूलो भयो । अन्य रूखविरूवा भए, जंगल बन्यो ।  जसरी हिन्दू परम्परामा ब्रह्मालाई सृष्टिकर्ता मानिन्छ, त्यसै गरी थारू लोकोक्तिमा ‘गुर्बाबा’लाई सृष्टिकर्ता मानिन्छ । सोही सृष्टिकथा पनि अस्टिम्किमा चित्रित हुन्छ । थारू लोककाव्यअनुसार सबैभन्दा पहिले उत्पत्ति भएको वनस्पति कुश हो, त्यसैले यो पवित्र मानिन्छ । यहाँ अस्टिम्कि काव्य तथा अस्टिम्कि कलाको अन्य विशेषता वर्णन गरिन्छ ।  अस्टिम्कि काव्यमा कान्हाले खेलेको, कुदेको ठाउँको वर्णन यसरी गरिएको छ कि मानौ कान्हा, राधाहरू पनि थारू समुदायकै नै हुन् । हलो बनाउने काठ लिन वन गएको, हलो बनाई सकेपछि कान्हाका बाबु इसरू आफै गोरू हाँक्दै हलो जोत्न गएको लोकगाथा छ ।  यहाँ कृष्णकी आमा जसलाई जासु (यशोदा) भनिएको छ । उनले बिहानको खाना (कलवा) बनाउन बनाउँछिन् । थारूहरूको भोजनमा माछा, मासु, प्रिय हुन्छ, जासुले बनाएको भोजनबारे त्यसको वर्णन छ । रोपाइँको बेला खेतमै खाजा खानु थारूहरूको दिनचर्या हो । ढकियामा खाना राखेर खेतमै खाना पुर्याउन जासु गएकी छन् ।  जासु गर्भवती भएपछि इसरू आफै डंगियालाई लिएर सुडेनी बोलाउन गएको देखिन्छ । सुडेनीले जासुको प्रसुति गराउँदा कुशल नर्सझै जासुको पेट मालिस गरेर सकुशल कृष्णलाई प्रसुति सेवा दिइएको प्रसंग छ । थारू समाजमा अहिलेसम्म पनि अस्पतालमा प्रसुति गराउनुभन्दा सुडेनीकै सहयोग लिइन्छ । थारू समाजमा आफै न्वारान गर्ने चलन भएपनि अस्टिम्किमा सुडेनीले नाम राख्न जैसी बोलाउन पठाएको प्रसंग छ । जैसीले कृष्णको नाम ‘कन्हैया वीर’ राखेका छन् ।  यस काव्यमा कृष्ण बस्ने घर थारू जातिमा प्रचलित परम्परागत घरजस्तै छ । कृष्णको गोठाला जीवनले थारूहरूको सानैदेखि गाई गोठालाको जिम्मेवारी सम्हाल्ने परिस्थितिलाई दर्शाउँछ । ससाना ग्वालाहरू सुरूमा भेडा बाख्रा चराउन जान्छन् । अस्टिम्कि काव्यमा कृष्णलाई बाछा चराउन पठाइएको देखाइएको छ ।  कृष्णको बाँसुरीको धुनले बनका जीवजन्तु, पशुपंक्षी समेत मोहित हुन्छन् भने बठिन्या (युवती) हरू झन मोहित नहुने कुरै भएन । कान्हाले बजाएको बाँसुरीको धुन राधाले जब आफ्नो घरमा सुन्छिन्, तब सो धुनले मोहित भएकी राधा कल्पनामा यसरी हराउँछिन्–  बसिया र सुननु हो सासु, सुनटि सुहावन रि बसिया बजुइया भैया कौन रूप बा । अर्थात्, ए सासु बाँसुरीको धुन त यति मोहक छ, सुनिरहुँ लागिरहेको छ भने बाँसुरी बजाउनेको रूप झन कस्तो पो होला ? उनी बाँसुरी बजाउनेको रुप हेर्न आतुर हुन्छिन् । श्रीमद्भागवतमा राधा केवल कृष्णको प्रेमिकाको रुपमा चित्रित छिन् । तर  अस्टिम्कि काव्यमा राधालाई विवाहित देखाइएको छ । त्यसैले राधाले सासुसँग बाँसुरीको धुन सुनु सुनु लाग्ने रहेको धक नमानी भनेकी छिन् ।  अस्टिम्कि कला कृष्णजन्माष्टमीमा थारूहरूका घर घरमा अस्टिम्कि कला घरको भित्तामा बनाएको पाइन्छ । जसमा सृष्टिकथालाई प्रमुखता दिइएको हुन्छ । अस्टिम्कि कला बनाउने व्यक्ति निराहार बस्नुपर्छ । अस्टिम्कि कला घरको बहरी (पिढी) मा रहेको उत्तरपट्टिको भित्तामा बनाइन्छ । चित्र बनाउनुभन्दा पहिले मूल घेरा बनाइन्छ । केहीले मूल घेरालाई सर्प आकार दिएका हुन्छन् । मूल घेराभित्र तीन कोठा छुट्याइन्छ । यसको शीर्ष स्थानमा बाँसुरी बजाइरहेको कृष्णको प्रतीक बनाइएको हुन्छ । माथिल्लो कोठामा बनाइएको पुरुषाकृति पाँच पाण्डवको रहेको भनाई छ । ती चित्रमा मादल भिरेका, बाँसुरी बजाइरहेको, छाता ओढेको आदि हुन्छ । त्यसको दायाँ सूर्य र बायाँ कुनामा चन्द्रमाको आकृति बनाइएको हुन्छ ।   बीचको कोठामा पनि माथिल्लो कोठामा बनाइएझै बन्दुक बोकेको पुरुषाकृति हुन्छ, जसलाई कौरवको प्रतिनिधित्व मानिन्छ । सोही लहरमा रहेकी महिला आकृति द्रौपदीको रहेको भनिन्छ । केहीले यो महिला आकृति कृष्णका सोह्र सय गोपिनीहरुको प्रतीक पनि भन्ने गरेका छन् । किनकि केही चित्रमा बीचको कोठामा पुरुषाकृति नभई महिला आकृति मात्रै पनि हुन्छ ।     सबैभन्दा तल्लो कोठा माथिको दुबै कोठाभन्दा ठूलो हुन्छ । यसमा सबैभन्दा तल चारकुने आकारमा छुट्टै वनको छुट्टै चित्र हुन्छ । कजरीक् बन्वा भनिने यही वन वृन्दावन हुनुपर्छ । कृष्ण आफ्ना गाई–गोरु चराउन लैजाने बृन्दावन होस् या बारी फुलवार जाँदा बाटोमा छिचोलेका बनजंगल हुन्, त्यसलाई ‘कजरिक बन्वा’ को प्रतीकको रूपमा चित्र बनाइन्छ । कृष्णले आफ्नो मुरलीको धूनले चरा–चुरुङ्गी, जनावर सबैलाई मोहित बनाउने हैसियत राख्थे । अस्टिम्कि काव्यमा कोइली, ढुकुर तथा गरुड चरासँग कृष्णको वार्तालाप भएको प्रसंग छ । अस्टिम्कि चित्रमा मयूरको चित्रले ती सबै चराको प्रतिनिधित्व गर्दछ ।  सोह्र सय गोपिनी नुहाउने ठाउँ जहाँ सुन्दर कमलका फुलहरू पनि थिए । फुलसँगै कञ्चन पानी, त्यही पानीमा गोपिनीहरू नुहाउन मस्त हुन्थे । त्यसैबला कृष्ण उनीहरूको कपडा लुकाएर आनन्द लिने गर्थे । लाज ढाक्न त्यही कमलको पात प्रयोग गर्ने भएकोले त्यसैको प्रतिकको रूपमा कमलको पात अस्टिम्कि चित्रमा बनाइन्छ । बनमा बाँसुरी बजाउने कृष्णको बाँसुरीको आवाज सुनी गोपिनीहरू मात्रै होइन, पुशपंक्षीहरूसमेत मोहित हुन्थे । त्यसैले, अस्टिम्कि कलामा हात्ती, घोडा, सर्प, मयूर, बाँदर लगायतका चित्रहरू बनाइन्छ ।  हुँदा हुँदा रामायणका पात्र रावण समेतको स्थान यस चित्रकलामा अचम्म लाग्दो गरी स्थान पाएको देखिन्छ । बाह्र टाउके रावणलाई बरमुरुवा भनिन्छ । तर पूजा गर्दा सिन्दुर टीका रावणको चित्रमा लगाइदैन । बरमुरुवाकोमा झुक्किएर सिन्दुर टीका लगाइए टीका लगाउने युवतीका छोराछोरी रुन्चे हुने भनाई छ । लेखक छविलाल कोपिलाको विचारमा कृष्णको जीवनमा आधारित अस्टिम्किमा खलपात्रको रूपमा कंस आउनुपर्नेमा रावणको चित्र राखिनुले एक रहस्य उत्पन्न गरेको छ ।  यीबाहेक डुङ्गा, डोली, सूर्य, चन्द्रमा, लगायतको चित्र पनि अस्टिम्कि कलामा देख्न पाइन्छ । डुङ्गा शयर प्रेमलाई उत्कर्षमा पु¥याउने साधनको रूपमा मानिन्छ । अस्टिम्कि काव्यमा राधा दही बेच्न जाँदा होस् या फर्किदा कान्हाले डुङ्गा तारेर सहयोग गर्छन् । कान्हालाई डुङ्गा बनाउने तरिका राधाले नै बताएकी छिन्  । तर डुङ्गा तार्दा होस् या दहीको भाँडा उचाल्दा कान्हाले राधासंग रसरंगमा सहभागी हुनुपर्ने बाध्यता तेस्र्याउँछन् । यसरी कान्हाले राधासंगको प्रेम बिटुल्याएका छन् ।      अस्टिम्कि काव्यमा वर्णित रैनी माछा एक अद्भूत माछा हो, जुन जल–थल दुबै ठाउँमा बस्न सक्छ । सृष्टिकर्ता गुर्वावाले जब यो पृथ्वी सृष्टि गर्नेबेला जल, स्थल बनाए । र, पृथ्वीमा मत्स्य अवतारको रूपमा रैनी माछाको जन्म भयो । अस्टिम्कि चित्रमा पनि यसको चित्र बनाउने गरिएको छ । कान्हाका पिता इसरु यही रैनी माछाको पिठ्युँमा चढेर हलोको लागि काठ काट्न गएका छन्  । इसरुको भोजनमा रैनी माछाको परिकार पाकेको छ । यसैको विम्व अस्टिम्कि चित्रमा माछाले स्थान पाएको छ । त्यस्तै अन्य चित्रमा डोलीभित्र एक पुरुष र महिलाको वीचमा अपूर्ण मानव आकृति वनाइएको हुन्छ, जसलाई बासुदेव, देउकी र बीचमा अपूर्ण कृष्णको चित्र ठानिन्छ । राती भाले बासेपछि अस्टिम्कि पूजा गरिने घरको मुख्य ‘महटिन्याँ’ले अरुकै बारीबाट चोरेर ल्याएको चिचिण्डो पूजेर अपूर्ण कृष्णलाई पूर्ण बनाउँछिन् । आठौं सन्तानको रूपमा जन्मेका कृष्णलाई मामा कंसले पुनः मार्न नपाऊन् भनेर डोलीमै जन्म भएको र त्यसैमा राखेर यमुना नदीसम्म पु¥याउन प्रयोग गरिएको भन्ने कथन पनि छ ।      अस्टिम्कि काव्यमा सृष्टिको सिर्जनापछि इसरु हलोको लागि काठ काट्न गएका छन् । वनबाटै हलोको लागि चाहिने सबै सरसमान पनि तयार पारेर ल्याएका छन्  । हलो तयार भएपछि बसाहा र सिलाहा सेडुर गोरु लिएर खेत जोत्न गएका छन् । थारूहरूको यही जीवनशैली र कृषि प्रणालीको विम्वको रूपमा हलो जोत्दै गरेको हलीले अस्टिम्कि चित्रमा स्थान पाएको छ ।          समयबोधक पन्छी जसको बोली सुनेर मानिसले समय निधारण गर्छन् । अस्टिम्किमा पनि समयभित्र सबै काम गर्नुपर्ने भएकोले भालेको ठूलो भूमिका रहेको छ । अस्टिम्कि काव्यमा भालेको सन्दर्भ समय सूचकको रूपमा आएको छ ।  भाउ ट भइल भिनसरिया, मुरुगा एक बोलल,  उठो पुटा बार कान्हा बछरु न छोर  अर्थात् कान्हालाई आमाले बिहान भयो, भाले बास्यो, उठ पुत्र बाच्छा छोड्न भनेर ब्यूँझाएकी छिन् ।      अस्टिम्कि चित्रमा काली नागले पनि स्थान पाएको हुन्छ । काव्यमा काली नागको फुफकारले कान्हा बारी फुलवारमा बेहोश हुँदा गरुडले जडिबुटी औषधीमूलो गरी ठीक पारेको छ ।  मूल चित्रबाहेक अर्को छुट्की अस्टिम्कि चित्रमा स–साना बालबालिकाले चित्र बनाउने अवसर पाउँछन् । छुट्की अस्टिम्कि चित्र बनाउने प्रक्रिया पुस्ता हस्तान्तरणको लागि राम्रो माध्यम भएको छ ।  २०७० सालदेखि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कला प्रदर्शनीमा समेत अस्टिम्कि कलाको सहभागिता भई थारू लोककलाकारलाई पुरस्कृतसमेत गरिन थालिएको छ । यसले यो चित्र बनाउने परम्परा घर घरमा छिर्न थालेको छ ।  अस्टिम्कि अस्रैना निराहर व्रत बसेका डंगौरा मूलका युवतीहरु बेलुकी अस्टिम्कि चित्र बनाएको घरमा पूजा गर्न जाँदा सेतो गुन्यु, रातो चोलो पहिरेका हु्न्छन् । चुल्ठोमा झोबन्ना, रिबन, कसैले घुन्यासरको पूmल सिउँरेका हुन्छन् ।  त्यस्तै, निधारमा सुनको टिकुली, कानमा चाँदी वा गिलटको झिमल्या, गर्दनमा सुट्या, माला, गटैया, रातो हरियो पहेँलो पोते, पाखुरामा बाँक, बिजायठ लगाएका हुन्छन् ।  ाडीमा कसैले लाहाको कसैले काँचको चुरा, औंलामा एकबिट्टे या दुईबिटे खप्टाको औँठी, खुट्टामा पायल, खुट्टाको औँलामा भिछिया लगाएका हुन्छन् । यी गहनाको झञ्कारले नै धेरैलाई लठ्ठ पार्छ ।  पूजा गर्दा युवतीहरुको माग कान्हा जस्तो मायालु पति पाऊँ भन्ने हुन्छ । अझ युवतीहरुले पूजा गर्न लगेको थालमा काँक्रा या निबुवा हुन्छ । आफूले मन पराउने युवतीकै थालको काँक्रा या निबुवा हात पार्न युवाहरु तँछाड मछाड गर्छन् । पूजा गर्न लगिएको फलको भेट्नो भने थालमा सुरक्षित साथ राखी  दिनुपर्छ । विहान नजिकको खोला, नदीमा अस्टिम्किको पूजा सामग्री सेलाउन गाउँभरिका युवतीहरु भेला हुन्छन् । उनीहरुको सामूहिक स्नानले राधा आफ्ना सखीहरुसँग जलविहार गरेको झझल्को दिलाउँछ । तर उनीहरुको चीरहरण गर्न त्यहाँ कुनै थारू कान्हा प्रकट भने हुँदैन । थारू लोकराधाहरु कान्हा जस्तो पति पाउन ब्रत बसे पनि राधाजस्तो पत्नी पाउन कुनै थारू लोककान्हा अर्थात युवाहरु ब्रत बसेको पाइँदैन । यसरी थारू लोकसाहित्य, लोकसंगीत र अस्टिम्कि लोककलाको माध्यमले कृष्णलीला साकार भएको छ । कान्हा पूजा कहिलेदेखि ? १४५० ईस्वीतिर भारतीय महाद्वीपमा कान्हा चरित्र चित्रण आरम्भ भएको मानिन्छ । पन्द्रौ शताव्दीको उत्तराद्र्धमा यस परम्पराले व्यापक रूप लियो । त्यसैको  प्रभाव थारू लोकसंस्कृतिमा पनि आइपुग्यो । कालान्तरमा कान्हा पूजन राजदरबार, ठूल्ठूला सामन्तका हवेलीहरूमा सीमित रह्यो । थारू लोकसंस्कृतिमा भने गाउँका अगुवा महटाँवा, बरघरहरूको घरमा हालसम्म यथावत् छ (थारू, २०७०ः ६१) । प्रेमको उत्कर्ष विवाह हो । अन्य ग्रन्थमा राधा कान्हाको विशुद्ध प्रेमिकाको रूपमा चर्चा गरिए पनि थारूहरूको अस्टिम्कि काव्यमा कान्हा र राधा शंख बजिरहेको पृष्ठभूमिमा पिपलको परिक्रमा गर्दै वैवाहिक बन्धनमा बाँधिएका छन् । यसरी कृष्णगाथा सम्बन्धमा अस्टिम्कि काव्य र श्रीमद्भागवतका महाकाव्यको तुलनात्मक अध्ययन हुनु जरुरी देखिन्छ ।      

‘ट्रान्जेक्सनल पोलिटिक्सः’ थारू आन्दोलनको अर्थराजनीति

‘ट्रान्जेक्सनल पोलिटिक्सः’ थारू आन्दोलनको अर्थराजनीति

१५३२ दिन अगाडि

|

२ भदौ २०७९

अहिले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी चर्चामा छ । यो पार्टीले एकै पटक दुई गाउँपालिका तथा दुई नगरपालिकामा विजयको झण्डा गाडेको छ । रेशमको पार्टीले आगामी प्रदेश र संघीय चुनावमा पनि राम्रो परिणाम ल्याउने आँकलन गरिएको छ । यो पार्टी स्थापित हुनु थारू आन्दोलनको देन हो । यहाँनेर एक ज्वलन्त प्रश्न खडा हुन्छ, थारू आन्दोलनको उत्तार चढावबीच यो टीकापुर विद्रोहसम्म पुगेकोले मुभमेन्ट टु पार्टीको अवधारणा जीवित बनेको मान्न सकिन्छ ?  थारू आन्दोलनको जगमा टेकेर पहिलो पटक राजनीतिक दलको रुपमा थरुहट तराई पार्टी नेपाल गठन भएको थियो । हुन त त्यो भन्दा अगाडि केही प्रयत्न २०६६ साल जेठ ३० गते वीरगञ्जमा थरुहट थारुवान संयुक्त संघर्ष समितिको सम्पन्न राष्ट्रिय भेलामार्फत भएको थियो । तर मूर्त रूप लिन सकेको थिएन । प्रारम्भमा लक्ष्मण थारू अध्यक्ष भएर २०६८ सालमा थरुहट तराई पार्टी नेपाल गठन भयो ।  उता सभासद रुकमिणी चौधरीले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) गठन गरी २०७० को दोश्रो संविधान सभा निर्वाचनमा रुकमिणी चौधरी समानुपातिक सभासद भइन् । उता थरुहट तराई पार्टी नेपालबाट गोपाल दहित र गंगा सत्गौवा थारू गरी दुई सभासद एक सभासद समानुपातिक तर्फबाट चुनिए ।   यी दुइ पार्टीका सभासदहरु मन्त्रीमा भाग खोजी गर्न प्रतिस्पर्धारत थिए । त्यसैले, थरुहट आन्दोलन सशक्त र एकीकृत बन्नुको सट्टा शिथिल र छरपस्ट हुँदै गएको थियो । थरुहट थारुवान संयुक्त संघर्ष समिति आन्दोलनको अगुवाई गर्न सकी नसकी विरोधका कार्यक्रम तयारी गरेजस्तो गरे । संविधान सभाका तीन मुख्य दलका शीर्ष नेतृत्वबीच सम्पन्न सोह्र बुँदे षड्यन्त्रमार्फत जब फाष्ट ट्रयाकमार्फत संविधान निर्माण प्रक्रिया अगाडि बढ्यो, थारू आन्दोलन टीकापुर (कैलाली) मा राज्यको चक्रव्यूहमा फँस्न पुग्यो । यसरी शान्तिपूर्ण राजनीतिक आन्दोलन एक आतंककारी टीकापुर काण्ड भएर जनमानसमा प्रचारित भयो । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी गरियो, तर थारू जातिले उक्त संविधान अस्वीकार गर्दै सो दिन कालो दिनको रुपमा प्रदर्शन गरे । आज पनि थारू जातिले संविधान प्रदत्त अधिकार किटानीपूर्वक भन्न सकिने स्थितिमा छैनन् । थारूहरू आन्तरिक उपनिवेशको शिकार भएका छन् । नेपाल राज्यको आन्तरिक औपनिवेशीकरण नीतिले गर्दा थारू जातिको सर्वहाराकरण भयो भने सामाजिक प्रतिरोधी क्षमता कमजोर भई दिनानुदिन संकटग्रस्त बन्दै गएको देखिन्छ । अझ नेपाली नागरिकतालाई राष्ट्रियतासँग जोडेर आधुनिक नागरिक बनाउँदै नेपाली भाषा अनिवार्य बोल्न लगाउने प्रपञ्च खतरनाक सावित भएको पाउँदछौंं । कथित नेपाल एकीकरणको समयमा जमिन र सेना सम्बन्ध स्थापित गर्दै सेना कमाण्डर नजराना, बक्सिस, जागिर प्राप्त गर्नु नै थारूहरूले जमिनबाट स्वामित्व गुमाउनु थियो  ।  यसरी थारू जाति प्राकतिक श्रोत तथा साधनबाट विमुख बन्नु केवल नियति थिएन, उनीहरुलाई आधुनिक शिक्षाको नाममा देशभक्तिप्रति प्रतिवद्ध मात्र होइन, संस्कृतिकरण तथा सहवरणको अवधारणामा आफ्नो पहिचान विलिन गर्न प्रोत्साहित गर्ने काम गरियो । यस अर्थमा थारू आर्थिक तथा सामाजिक–साँस्कृतिक ज्ञानसँग विच्छेद हुन पुगी औपनिवेशिकता स्वीकार गर्न बाध्य भए । औपनिवेशिकतामा बाँच्ने जुन कुनै जातिका सदस्य स्वयम्मा कि निराश हुने गर्दछ कि अवसरवादी । यही कारण हो कि जहिले पनि आन्दोलन एक ‘आउट विडिङ्ग इफेक्ट’मा सीमित बन्न पुग्छ र ‘क्रिमी लेयर’का केही अगुवाहरुले लाभ हासिल गर्ने गरेका हुन्छन् । आजसम्म थारू आन्दोलन माग तथा मुद्दामा उठान भएको पाउँदछौं । वहिष्करण र सिमान्तीकरण विरुद्धको संघर्ष भनेर यसलाई बुझाउन सकिन्छ । समावेशीकरण, आरक्षणलगायत राज्यको मूलधारमा समाहित हुने चाहना केन्द्रमा राखेर आन्दोलनको मोडेल तयार गरिएको हुन्छ । विगतमा यसले ‘सिभिक डिस्अवडिएन्स’को चुनौती त खडा गरेकै हो तर परिणाम निकाल्न सकेन । परिणाम सचेत धक्काले मात्र ल्याउन सकिने तर्क विशेष गरी माक्र्सवादी खेमाका अगुवाहरुले गरिआएका हुन्छन् । सचेत धक्का दिन ‘इपिस्टिमिक डिस्अवडिएन्स’ अनिवार्य शर्त बन्छ । थारू आन्दोलनमा विकल्प सहितको विद्रोह कहिल्यै मन्थनको विषय बनेन । त्यसले आन्दोलनलाई भावत्तेजित त बनायो तर आन्दोलनको अगुवाहरुसमेत त्यही भावले उद्वेलित हुन पुग्दा प्रत्येक थारू आन्दोलन गोलचक्करमा फँसिरह्यो । आज पर्यन्त थारू आन्दोलन संगठन र संघर्षको एकाङ्गी पक्षमा उभिनुलाई नै आफ्नो कार्यभार ठान्दै आएको पाउँदछौं । कतिपय अवस्थामा अल्पज्ञानको प्रभाव पनि यसलाई बुझ्न सकिन्छ । औपनिवेशिकता विरुद्धको संघर्ष राष्ट्रिय मुक्ति क्रान्तिसँग सम्बन्धित छ । त्यसैले राष्ट्रिय उत्पीडनको सवाल हल गर्न राष्ट्रिय मुक्ति क्रान्ति एक अनिवार्य शर्त बन्छ । राज्यको चरित्र बदल्ने कुरो चुनौतीपूर्ण हुने हुँदा राज्यविहीन राष्ट्रहरुले दिने चुनौती यथार्थमा टीकापुर विद्रोह ताका थारूले अनुभूत गरेकै हुनुपर्दछ । सप्तरीका भोलानाथ सुब्बा थारू तात्कालीन प्रधानमन्त्री वीर शमसेर विरुद्ध चुनौती खडा गर्दा वि.स.१९४५ तिर फाँसीमा झुण्डिनु परेको थियो । त्यसबखत पनि सप्तरीका वहुसंख्यक थारू भोलानाथ सुब्बा थारूलाई विद्रोहमा साथ दिएका थिएनन् । त्यस्तै दृष्य टीकापुर विद्रोह भएको वेला पुरै सन्नाटा छाएको प्रतित भयो । त्यो यसकारणले कि राज्य संयन्त्रहरु सबै निश्चित प्रणाली मार्फत सञ्चालिन हुने गर्दछन् । मिडिया राज्य नियन्त्रित हुँदा थारू आन्दोलनबारे गलत सूचना लगातार सम्प्रेषण गरियो ।  हुन त माक्र्सवादीले समेत राष्ट्रिय मुक्ति क्रान्तिको विषय उठान गर्दै तर्क गर्दछन् कि जबसम्म एक जातिले अर्को जाति उपर गर्ने शोषणको अन्त्य हुँदैन, तबसम्म एक व्यक्तिले अर्को व्यक्ति उपर गर्ने शोषणको पनि अन्त्य हुनेछैन । साथै एक वर्गले अर्को वर्ग उपर गर्ने शोषणको समेत अन्त्य हुनेछैन । तर उनीहरुले वर्ग संघर्षलाई प्रधान र बाँकी संघर्षलाई गौण करार गर्छन् । यसबाट जातीय मुक्ति सम्भव नभएर नै लेनिनले जातिको आत्मनिर्णयको अधिकार सम्बन्धि दृष्टिकोण प्रतिवादन गरे । त्यसको विरोधमा थुप्रै माक्र्सवादीहरु यो माक्र्सवादको भ्रष्ट रुप भएको बताए । रोजा यसमा विल्कुल असहमत नै रहे भने ट्रटस्की वोल्सेभिक पार्टीभित्र दुई लाइनको संघर्ष जारी राखे । राष्ट्रिय मुक्ति क्रान्तिबारे आदिवासी जनजातिहरुको दृष्टिकोण फरक पाइन्छ । विकल्प सहितको विद्रोह भनेर यसलाई बुझाउन सकिन्छ । त्यसैले अभियान, संघर्ष र विद्रोहको तीनै मार्ग अबलम्बन गरी यसलाई पुरा गर्न सकिनेछ । म थारू आन्दोलनको निकटमै रही काम गर्दा अनुभव गरेको विषय थुप्रै रहे । ती मध्ये २०७२ भाद्र ७ गते टीकापुर विद्रोह भएको दिन तात्कालीन गृहमन्त्रीको हैसियतले वामदेव गौतम संसदमा वोलेको विषय कुनै पनि थारू सभासदले नोटिस गरेको देखिएन । र, उनीहरुको आन्दोलन प्रतिको जवाफदेहिता केही पाइएन । संविधान जारी गर्नुपर्ने विषय बरु प्रधान भएर गयो । उनीहरु सरकारमा साझेदारी खोज्नतिर लागे ।  उता गाउँमा नेतृत्व प्रदान गरिरहेका भलमन्सा, बरघरहरु प्रशासनको आँखाको तारो बने । संघर्ष समितिका नेतृत्वकर्ता सबै आफ्नो आफ्नो सुरक्षित स्थानतिर गए । शुन्यताको अवस्थामा कफ्र्युको समयमा थारूहरुको घर, पसल छानी छानी भाद्र ८ गते आगजनी हुन पुग्यो । यी घटनाले भलमन्सा÷बरघरहरु नै वास्तविक नेतृत्व रहेको अनुभूति दिलायो । हजारौं प्रदर्शनकारीको नेतृत्व परोक्ष रुपमा तिनै भलमन्सा÷बरघरहरु रहेको बुझ्न कठिन भएन । यही कारण हो बरघर प्रणालीलाई कानुनी मान्यता दिलाउने नाममा  स्थानीय तहबाट राजपत्र प्रकाशन गरेर बरघर सञ्चालन ऐन बनाउन थालेको । राजनीतिक दलको विभिन्न तहमा रही काम गर्ने व्यक्तिहरु अहिले धमाधम बरघर चुनिनुको पछाडि यिनै मनोविज्ञानले काम गर्न खोजेको देखिन्छ । स्थानीय तहबाट प्राप्त हुने आर्थिक सहायता बरघर प्रणालीको लागि वरदान हो कि अभिशाप ? त्यो त आउने दिनमा पुष्टि हुँदै जाला । तर, राजनीतिक दलका स्थानीय कार्यकर्ताहरु यसरी बरघर÷भलमन्सा भई काम गरेसमाजमा अन्तरविरोध पुनरोत्पादन भैआउने पक्का छ । बरघर प्रणालीबारे ज्ञानसत्ता के हो ? भौतिक सत्ताको रुपमा यसलाई सुरुमा कसरी प्रयोगमा ल्याइयो र हाल कसरी प्रयोग गर्न खोजिदै छ ? के साँचिक्कै यसले थारूको राज्यसत्ता अभ्यासबारे स्थान बनाएको छ ? सरसर्ती हेर्दा यो एउटा प्रथाको रुपमा सञ्चालित भएको छ ।  यो प्रथा धान्न थारूहरु वर्षेनी बरघर चुन्ने गरेका छन् र सोही निर्णय बमोजिम समाजव्यवस्था कायम गरेको हुन्छ । तर बरघर प्रणालीको सामाजिक कार्यभार तथा कार्यकारिणी अधिकार हेर्दा यसलाई कार्यपालिका र अदालती दुई कोणबाट विश्लेषण गर्न सकिने ठोस आधार पाउँदछौं । त्यस्तै भौतिक तथा आध्यात्मिक सम्बन्धहरु बरघर प्रणालीभित्र मौजुद रहेको बुझ्न सकिन्छ । त्यसैले उपरोक्त सवालहरुको जवाफ खोजी गर्दा अंशबाट समग्र तथा समग्रबाट अंशको बुझाई बन्न जरुरी छ । यो नै थारू पहिचानको समग्रताको खोजीको ज्ञानसत्ता निर्माण गर्न सघाउने काम गर्छ । यिनै प्रक्रियामा थारूहरु हालसम्म अल्छी बनेर राजनीति मिलान गर्न असक्षम देखिए ।  राजनीतिमा माहिर खेलाडी मानिएका विजय गच्छदारसँग बरघर प्रणालीका विषयमा पटक पटक छलफल भएकै हो । यो पंक्तिकार समावेश रहेको टीम वैकल्पिक राजनीतिको वहसमा विजय गच्छदारलाई साँचिक्कै सहयोग गर्न तयार थियो । तर, उनले चुनाव जितेर आउँदा मात्र नेता हुने तात्कालीन परिवेशलाई आत्माग्रहको रुपमा अपनाए । गच्छदारको स्थिति राजनीतिमा चुनाव जितेर आए पनि कहाँ छ भन्ने सबैले बुझेको हुनुपर्छ । रेशमलाल चौधरी समेत सोही मनोदशाले ग्रस्त भएको पाइन्छ । नागरिक उन्मुक्ति पार्टी आफ्नो भविष्य वर्तमान चुनावी प्रतिस्पर्धाबाट नै सुनिश्चित गर्न खोजेको छ । नागरिक उन्मुक्ति पार्टी कुनै दिन दुई सभासद भएको थरुहट तराई पार्टीको हैसियत प्राप्त गर्ला तर थारूले उन्मुक्ति प्राप्त गर्ने विषय फगत आत्मरति नहोला भन्न सकिन्न ।  थारू आन्दोलन जुन दिन राष्ट्रिय मुक्ति क्रान्तिको धारमा लामबन्द भएर उठने छ, शायद बरघर प्रणाली स्थानीय राज्यसत्ताको स्वरुपमा विकसित बन्दै आधुनिक राज्य व्यवस्थाको खेलको नियम परिवर्तन गर्न सक्षम देखिनेछ । कम्तिमा नेपाल एक वहुलराष्ट्रिय राज्य पक्कै बनेर राज्यको पुनर्संरचना गर्न बाध्य हुने देखिन्छ । त्यसबखत थरुहट प्रदेश गौण र थारूको जातीय स्वशासन तथा आत्मनिर्णयको अधिकार प्रमुख हिस्सा बन्न पुग्छ । यसको आधारमा नै थारूको पहिचान तथा आत्मगौरवलाई संस्थागत गर्न बल पुग्नेछ ।  मलाई फेरि पनि भन्न मन लाग्छ– राणा जहाँनियाँ शासनकालमा थारू मासिने मतवाली बनाइए । लामो समयसम्म थारूको जीवन जगतको बुझाईमा त्यसले प्रभाव पार्यो । रैतीको रुपमा जीवन बाँच्नु थारूको नियति थियो । २००७ सालपछि थारू मतवाला भएर आफ्नो सरकार आफैं छान्ने सिद्धान्तको पछि लागेकै हुन् । त्यसबखत थारूको जीवन जगतको बुझाईमा आधुनिकीकरणले प्रभाव पार्यो र थारू कल्याणकारिणी सभा (थाकस) गठन गरेर सामाजिक कुरीति, अन्धविश्वास, वेथिति हटाउन आधुनिक शिक्षाको लागि बाटो देखाए । यी सबै हुँदै गर्दा औपनिवेशिकता प्रतिको थारूको बुझाई कमजोर बन्यो । साथै औपनिवेशिकतामा बाँच्नु पर्दा थारू जातिको न समृद्धिमा टेवा पुग्यो ,न सुखी बने । फेरि पनि स्थिति ज्युँका त्युँ छ ।  जारी थारू आन्दोलनले आज थारूहरुलाई हिम्मतवाला बनाएको हुनुपर्छ । यस अर्थमा सचेत धक्काको लागि तयारी गर्न सक्नुपर्छ, जुन विकल्प तयार गर्न केन्द्रीत हुनु जरुरी छ । यतिखेर वैचारिक÷सैद्धान्तिक तयारी, राजनीतिक÷कुटनैतिक तयारी, आर्थिक÷भौतिक तयारी, संगठन तथा संघर्षको तयारी अनिवार्य शर्त बन्छ । यिनै तयारीको जगमा थारूको राष्ट्रिय मुक्ति क्रान्ति अगाडि बढाइनु पर्छ । समग्रमा यसले नेतृत्वको तयारी पुरा गर्ने भएको छ । थारू जाति यदि हिम्मतवाला वर्गमा रुपान्तरण भएकै हो भने अब राष्ट्रिय मुक्ति क्रान्तिमा लामबद्ध हुनेबाहेक अर्को विकल्प छैन । यो धरतीमा अस्तित्वको लडाई लड्ने थारूहरुको अन्तिम धक्का हुनेछ, जसले आत्मगौरव प्रदान गर्नेछ । र, गर्वका साथ हामी थारू हौं भन्ने भावनात्मक एकता विकास गर्न मद्दत गर्नेछ ।  

अबको गन्तव्य जनताको बल

अबको गन्तव्य जनताको बल

१५३४ दिन अगाडि

|

१ भदौ २०७९

२०७४ सालको संसदीय निर्वाचनमा राजपा पार्टीबाट कैलाली–१ मा चुनिएँ म । कैलाली जिल्लाबाट राजपाले ५८ हजार भन्दा बढी मत प्राप्त ग¥यो । प्रदेश सांसदमा कृष्णबहादुर चौधरी र मालामति राना पनि निर्वाचित हुनुहुन्थ्यो । सात नं प्रदेशबाट प्राप्त मतले राजपाको केन्द्रीय समानुपातिक सांसदको संख्या पनि बढायो । स्वयंसिद्घ तथ्यसहित प्रमाणित छ, यदि कैलालीमा अन्ठाउन्न हजारभन्दा अधिक भोट प्राप्त नगरेको भए राजपा राष्ट्रिय पार्टी हुन सक्थेन ।  २०७७ मा मधेसवादी दल कहलिने राजपा र समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी ९जसपा० को निर्माण भयो । कहाँनेर कसको के स्वार्थ मिलेन, अन्ततः एकीकरण भएको एकै वर्षमा जसपा विभाजन भयो अनि लोसपा बन्यो । अहिले त जसपाबाट बाबुराम भट्टराई पक्ष पनि अलग भइसकेका छन् ।  जसपा औपचारिक विभाजनको दिनमा सनाखतका लागि मलाई निर्वाचन आयोगको कार्यालय लगियो । निर्वाचन आयोगले वर्गीकरणका लागि राखेको दुईमध्ये एक रजिष्टरमा हस्ताक्षर गर्नु थियो । सबैलाई थाहा छ, म जेलमा छु र पार्टी झगडाको बारेमा अनभिज्ञ । एकीकरण पूर्व दुवै पार्टीको एजेन्डा खासै फरक थिएन, अहिले पनि छैन । झगडाको बीउ मनमुटाव नै हो, अहङ्कार र अहमता नै हो । अलि अलि कुर्सी मोह पनि हो ।  म निर्वाचन आयोग जानुपूर्व आयोगकै कर्मचारी कारागार आएका थिए । तर सनाखत गर्न मैले अस्वीकार गरेँ, जहाँ कार्यालय त्यहीँ काम । त्यसो त सांसदको शपथ पनि मलाई जेलमै खुवाइने प्रपञ्च रचिएको थियो । मेरो अस्वीकृतिका कारण सरकार मलाई सिंहदरबार लगेर शपथ ख्वाउन बाध्य भयो । निर्वासनमा रहँदा, सांसदको शपथ खाँदा, निर्वाचन आयोग जाँदा, जहाँसुकै मौका मिल्छ– मेरो मुखबाट एउटै शब्द निस्कन्छ, त्यो हो, “न्याय ।” दया हामीलाई चाहिएकै छैन । क्षमाको भीख म माग्नेवाला छैन । सक्छौ न्याय देऊ । नभए देखाजाएगा ।  निर्वाचन आयोग पुगेर तटस्थको रजिष्टरमा हस्ताक्षर धस्काइदिएँ । कारण पार्टी विभाजनको कारक म होइन । कसैको झगडाबाट उत्पन्न परिणामको भागिदार पनि म होइन । मैले राजपाबाट चुनाव जितेँ, शपथ खाँदा राजपा थिएँ । आज कानुनी रूपमा राजपा छैन तर मैले बोकेको मुद्दा, मेरो विचार सगरमाथाझैँ अटल छ । सानोतिनो हावाहुरी भूकम्पको बेगले डेग चल्नेवाला छैन ।  २०७२ भदौको टीकापुर आन्दोलन थारू विद्रोह थियो । “संवैधानिक अधिकार, सिमाङ्कन र राज्यसँग हाम्रो सहभागिता” यी तीन प्रमुख मुद्दालाई लिएर हामीले आन्दोलन थालेका थियौँ । टीकापुर विद्रोहको तीन सातामै देशमा संविधान जारी भयो । पूर्व सभामुख कृष्णबहादुर महराले मसँग जेलमै स्वीकारेका थिए, “थारूले टीकापुर विद्रोह नगरेको भए देशमा संविधान जारी सम्भव थिएन ।” टीकापुर आन्दोलनको मुठभेदमा सात प्रहरी र एक नाबालक सहिद भए । आन्दोलन हो भन्दैमा मान्छे मार्नु हुँदैन तर भीडले मान्छे चिन्दो रहेनछ । भीड कसैको नियन्त्रणमा हुँदैन । आन्दोलनको भीडले केवल आफ्नो माग मुद्दा चिन्दो रैछ, मुद्दा विरोधी सब दुश्मन १  टीकापुर आन्दोलनमा दुर्घटना नहोस् भनेर जेठानको देहान्तमा श्रीमतीलाई पशुपतिको त्रियापुत्री घरमा छोडेर वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा धनगढी र टीकापुर पुगेको हुँ म । आखिर जसले सद्भावलाई शिरोपर गरी सम्झौता ग¥यो, उसैलाई दोषी बनाइयो । उसैलाई मुद्दा चलाइयो । मुख्य योजनाकारको आरोप लगाइ झ्यालखानामा थुनियो ।  लोकतन्त्रमा जनता जनार्दन हुन् । जनमतको अपमान गर्नु लोकतन्त्रको धज्जी उडाउनु र संविधानको बलात्कार गर्नुजस्तै हो । २०७४ को चुनावमा टीकापुर क्षेत्रबाट मसँग काँग्रेस, एमाले माओवादीलगायत सबै दलका उम्मेदवारको लज्जास्पद हार भयो । दोषी निर्दोषीको छिनोफानो जनताले चुनावबाटै गरिदिए । म निरङ्कुश तानाशाही व्यक्तिको नजरमा दोषी थिएँ तर जनताको आँखाले जे देखेको थियो, त्यो बाकसको मतले प्रमाणित गरिदियो ।  टीकापुर घटना भएको आठौँ वर्षको यात्रामा छौँ हामी । अहिले पनि दर्जनभन्दा बढी जेलमै छौँ । मैले जितेको चुनावको अवधि पाँच महिना मात्रै बाँकी छ । अपेक्षासहित मतदान गरेका जनताको सेवा गर्ने अवसर मलाई राज्यले दिएन । चुनाव लडेको राजपा अहिले जसपामा विलीन भइसक्यो । साथीहरु कोही जसपामै छन् कोही लोसपामा । कोही कोही त जसपा विभाजन भएर तितर वितर छन् । टीकापुर मुद्दाको विषय मौन छ । किनकि नयाँ सरकारमा समीकरणको हल्लै छैन । एमसीसीले सत्तामा आसिन गराइहाल्छ कि भन्ने सत्ता बाहिर बसेका साथीहरुको अपेक्षा छ । सरकारको कुर्सी स्यालले अंगुर हेरेर मुख अमिल्याएझैँ मात्र भएको छ ।  सांसदै भए पनि डिल्लीबजारको कारागारमा थुनिएको छु । मसँगै सरकारी सांसदको लोगो पनि थुनिएको छ । ३५ हजार नेपाली जनताको मत थुनिएको छ । कैलाली क्षेत्र नं १ को प्रतिनिधि थुनिएको छ । संवैधानिक आन्दोलनको अगुवा थुनिएको छ ।  म थुनिएको अधिकारकर्मी, मानवअधिकारवादी, पत्रकार कसैलाई मतलब छैन । प्रजातान्त्रिक विचारधारा अँगालेका नेतालाई मतलब छैन । राजनैतिक दलहरुमा निर्णायक शक्ति मानिएका काँग्रेस, कम्युनिष्टलाई मतलब छैन । म आफै रणभूल्लमा छुँ, कसको स्वार्थमा जेल हालियो र कसको स्वार्थमा छुट्छौँ हामी ? आजभोलि मस्तिष्क र नजरले एउटै उत्तर दिन्छ, तिमीहरु एक्लै थियौ, एक्लै छौ । नडराऊ, स्वार्थीहरुले साथ छोड्छन् । अहंकारीहरुले दमन गर्छन् । निरंकुशहरुले हत्या गर्छन् । तिमीहरुसँग यी सबबाहेक पनि केही अझै बाँकी छ । तिम्रो इन्द्रियलाई शुन्यतामा पु¥याएर सोच त ? कैलालीको आगोले कञ्चनपुर सल्किसक्यो । बर्दिया हुँदै मेची पुगिसक्यो । “जेलबाटै सबैलाई चुनाव हराइदेउ न १ अनि बल्ल जित्छौ तिमी । हिजो प्रवासबाट हरायौ, आज जेलबाट हराऊ । तिमीप्रति इष्र्या राख्ने, प्रतिशोध लिने, तिम्रा मुद्दा लत्याउनेहरुलाई लछार पछार पारिदेउ न १ बल्ल न्याय पाउँछौ तिमी । अनि कारागारका ढोका खुल्नेछ तिम्रा लागि ।” आक्रोशको अन्तर्मनले आजभोलि यही भन्छ मलाई ।  हिजो अर्काको पछ्यौरी समातेर चुनाव जित्यौँ हामी । जनताको बल हामीसँग अद्यापि छ । अब हामीसँग आफ्नै दल नागरिक उन्मुक्ति पार्टी छ । यसका लागि द्वापरमा कृष्ण जन्मिएझैँ नेपालमा न्याय नपाएका, नागरिक भएर पनि नागरिक नकहलिएका, मान्छे भएर पनि मानवीयता अनुभूति गर्न नपाएका, पीडित, शोषित, विभेदित जनताको मुक्तिका लागि नागरिक उन्मुक्ति पार्टीको जन्म भएको छ ।  अब सबै प्रताडित आवाजहरु हामीसँगै मिसिनेछन् । अन्याय, अत्याचार भयमुक्त समाज निर्माणका लागि हामीलाई तिनै दबिएका जनताको साथ चाहिन्छ । ढुक्कसँग आफ्नो अनुभूत गर्न सक्ने परिवेश चाहिन्छ । तेरो मेरो नभनेर सबैको साझा भन्ने देश चाहिन्छ । आफ्नै पछ्यौरीले मुद्दा बोक्ने, संविधानको धारा उपधाराको पंक्तिमा अटाउने, पहिचानसहित संघीयता पटुकीमा बोक्ने नेपाल चाहिन्छ । हिम्मत नहारौँ साथीहरु हो १ विचार बोकेको दल र जनताको बलले गन्तव्य निश्चित छ । बाँकी सब बकवास कुरा । साउन १३, हालः डिल्लीबजार कारागार, काठमाडौं     रातोपाटीबाट

तपाईं कति कमाउनु हुन्छ र कति जोगाउनु हुन्छ ?

तपाईं कति कमाउनु हुन्छ र कति जोगाउनु हुन्छ ?

१५३४ दिन अगाडि

|

१ भदौ २०७९

विनाेद अधिकारी कमाउने र बचाउने कुरा व्यक्तिगत वित्तीय व्यवस्थापनमा धेरै महत्व राख्ने र धेरै छलफल, बहस भइरहने विषय हो। यसै विषयमा प्रसिद्ध लेखक चाल्र्स ए जेफी भन्दछन् – “तपाईँलाई धनी बनाउने तपाईँको तलब (कमाइ) ले होइन, तपाईँको खर्च गर्ने बानीले हो।” झट्ट सुन्दा खर्च गर्ने बानीले पनि कोही धनी हुन्छ त ? भन्ने लाग्न सक्छ । यथार्थमा उनको भनाइको तात्पर्य कमाउनुभन्दा बचाउनु ठूलो कुरा भन्ने हो। मानिसलाई उसको कमाइले नभई बचत गर्ने बानीले मात्र धनी हुने कुरा निश्चित गर्छ। अन्तर्राष्ट्रिय ऋण महासंघका पिता एफ् डब्लु राइफाइसन पनि सम्पन्न बन्नका लागि मनिसमा मितव्ययिताको बानी हुनुपर्छ भन्ने कुरामै जोड दिन्छन्। कति सम्पत्ति भए हामी धनी हुन्छौं भन्ने विषयको स्पष्ट र सजिलो जवाफ छैन, तथापि सामान्यतया आफ्ना जीवनचक्रका आवश्यकताहरू पूरा गर्न हामीले कसैको भर गर्न पर्दैन र आकस्मिक अवस्थाको लागि केही रकमको जोगाड गर्न सकिन्छ भने हामी आफूलाई सामान्यरूपमा धनी मान्न सक्छौं । अझ धनी बन्दै जाने आफ्नो चाहनालाई पूरा गर्न पनि खर्च गर्ने बानीमा सुधार गर्दै जानुपर्ने हुन्छ। खर्च कम गर्नु भनेको नै धेरै बचत हुनु हो। अर्थशास्त्रको सामान्य परिभाषामा बचत भनेको खर्च गरिसकेपछि बचेको वा बाँकी रहेको अंश हो। अहिलेको बचतको परिभाषा वा बुझाइ भने यो भन्दा अलि भिन्न छ, अर्थात् खर्च गर्नुभन्दा अगाडि नै नगद वा जिन्सीको निश्चित अंश भविष्यको लागि भनेर छुट्याउने काम बचत हो। यसको सूत्र:– आम्दानी –बचत = खर्च (आम्दानीबाट बचत अनि मात्र खर्च) हो। यसलाई बचतको सुनौलो सूत्र पनि भन्ने गरिएको छ। सम्पत्ति व्यवस्थापन सम्बन्धी जर्ज एस् क्लासनको ‘रिचेष्ट म्यान इन् बेबीलोन’ (सन् १९२६) भन्ने प्रसिद्ध पुस्तकको मुख्य पात्र अर्कड (जो धनी व्यक्ति हो) ले आफ्ना साथीहरूलाई धनी बन्न दिएका केही सुझाबहरू हामीलाई धनी बन्न सघाउने खालका छन्। जस्तै: कमाइको कम्तीमा पनि १० प्रतिशत बचाऊ, खर्चहरू सकेसम्म घटाऊ र आफ्नो पैसालाई पनि काममा लगाऊ अर्थात् सकेसम्म विचार गरी फाइदा आउने ठाउँमा लगानी गर। वास्तवमा धनी हुन चाहने जो कोहीले पनि यी कुरामा ध्यान दिनैपर्दछ। प्रसिद्ध साहित्यकार बेञ्जामिन फ्राङ्कलिन पनि खर्च कम गर्नुपर्छ र धेरै बचाउनुपर्छ भन्ने कुरामा नै जोड दिँदै भन्दछन्– ‘सानो खर्चमा पनि ध्यान देऊ, किनभने सानो प्वालले पनि ठूलो पानीजहाजलाई डुबाउँछ।’ यसो भनेर उनले अहिले विचार नगरी खर्च गर्ने बानीले भविष्यमा ठूलो आर्थिक बोझ सहनुपर्ने हुन्छ भन्ने कुराको सन्देश दिएका छन्। उनै फ्राङ्कलिन फेरि भन्दछन्– ‘पैसा बचाउनु भनेकै पैसा कमाउनु हो।’ आजभोलि कति कमाउँदा कति बचाउने त भन्ने सम्बन्धमा ५०–३०–२० को सूत्रलाई आधार मान्नुपर्छ भनिन्छ। यसको अर्थ हो– ‘कमाइको ५० प्रतिशत आवश्यक कुरामा खर्च गर्ने, ३० प्रतिशत रहर वा इच्छाहरू पूरा गर्नमा खर्च गर्ने र २० प्रतिशत बचत गर्ने।’ यदि हामी धनी बन्दै जाने हो भने यस्ता उपायहरूको अवलम्वन र अभ्यास गर्दै जानु जरुरी छ। कमाइको धेरै भाग खर्च हुँदै जान्छ भने धनी हुने हाम्रो चाहनाचाहिँ फगत् दिवास्वप्न मात्रै हुन्छ। अधिकतम इच्छाहरूको अधिकतम आपूर्ति मानिसको स्वभाव हो। इच्छाहरूको आपूर्तिमा मानिस खुशी हुन्छ, रमाउँछ। कमाउनुको लक्ष्य पनि अधिकतम चाहनाहरू पूरा गर्दै रमाउनु, खुशी हुनु नै हो। त्यसो भए तापनि अहिलेको खुशीको लागि मात्र खर्च गरियो भने भविष्यको खुशी हराउँछ अर्थात् हाम्रो सँधै खुशी हुने, धनी हुने सपना पूरा हुन सक्दैन। एकजना मानिस महिनाको ५० हजार कमाउँछ र ३० हजार बचत गर्छ, अनि अर्को मानिसचाहिँ महिनामा ८० हजार कमाउँछ तर ७५ हजार खर्च गर्दछ भने ५० हजार कमाउने पहिलो मानिस नै धनी हो। यसको अर्थ कमाएर मात्र होइन बचाएर पनि धनी हुन सकिन्छ भन्ने हुन्छ। बचाउने कुराले निश्चय नै मानिसलाई सुखी बनाउँछ। धेरै बचाउनको लागि अहिले गरेको त्याग नै भविष्यको सुखी हुने, धनी हुने आधार हो। बचतको यही व्यवहारलाई संकेत गर्दै संसारकै धनी मानिस वारेन वफेट भन्दछन्– ‘अहिले कोही मानिस रुखको छायामा बस्नु भनेको कसैले पहिले रुख रोपेको हो।’ कमाइको पैसा सकेसम्म धेरै नै बचत गर्नु भन्ने कुरा भनेजस्तो सजिलै त छैन। त्यसका लागि बलियो मन, बलियो अठोट वा संकल्प हुनुपर्दछ। त्यसैले वित्तीय साक्षरता सम्बन्धी प्रसिद्ध पुस्तक ‘रिच ड्याड पोअर ड्याड’का लेखक रोवर्ट कियोसाकी ‘पैसा कमाउन भन्दा पैसा जोगाउन गाह्रो’ भन्ने कुरा बताउँछन्। तथापि पैसा बचाउने उपायहरू पनि धेरै हुन्छन्। पैसा बचाउने सबभन्दा प्रभावकारी उपाय भनेको आम्दानी र खर्चको योजना बनाउनु र योजना अनुसार मात्रै खर्च गर्ने बानीको विकास हो। आफ्नो आम्दानी र खर्चको विश्लेषण गरिसकेपछि यति बचाउन सकिन्छ, बचाउँछु भन्ने सोच भयो भने अवश्य नै धेरै बचत हुन्छ। अनावश्यक र फजुल खर्च घटाउने, हुँदासम्म पुराना वस्तुहरूको मर्मत गरी प्रयोग गर्ने, जस्ता थुप्रै उपायहरूबाट पैसाको बचत बढाउन सकिन्छ। धेरैजसो मानिसहरू पैसाको सम्बन्धमा ‘आउँछ – जान्छ’ भन्ने सामान्य अथवा हल्का सोच मात्र राख्दछन् र आम्दानी अनि खर्चको विश्लेषण तथा कुनै योजना नै गर्दैनन्। धेरै बचाउने सम्बन्धमा समस्या यही नै हो। यही कमजोर वित्तीय व्यवहारले गर्दा धेरै कमाउनेहरूको पनि बचत छैन र समस्यामा छन्। अनि अर्कोतिर आम्दानी खर्चको योजना र खर्चमा अनुशासन कायम राख्ने असल वित्तीय व्यवहार भएका मानिसहरू थोरै कमाइ हुँदा पनि सजिलोमा छन्, सम्पन्नताको बाटोतिर अग्रसर छन्। भनिन्छ– ‘पैसा सम्बन्धी धेरैजसो निर्णयहरू अलि हतारमा र आवेशमा गरिन्छन्।’ यद्यपि खर्च गर्नुअघि खर्चबाट आउने नतिजाको बारेमा राम्ररी सोच्ने हो भने यस्तो अवस्थाबाट बच्न सकिन्छ। जस्तै : आवश्यक नभएको एउटा कुनै विलासी वस्तु किन्नमा पैसा खर्च गर्नुले केही समयका लागि सन्तुष्टि पाउन त सकिएला तर त्यही पैसा बचाउनुले भविष्यको कुनै समस्या सजिलै टार्न सक्छ, अनि धनी हुने बाटोतिर डोहोर्‍याउन पनि सक्दछ। त्यसैले अब कति कमाइन्छ मात्र भन्दा पनि कति बचाइन्छ भन्ने कुरामा सबै मानिसको ध्यान जानु अपरिहार्य छ। भविष्यलाई वित्तीय हिसाबले सुरक्षित बनाउने, धनी बनाउने आधार वा मापन कति कमाइयो भन्दा कति बचाइयो भन्ने नै हो। श्रोत: आइएनएस-स्वतन्त्र समाचार 

थारू गीत–सङ्गीतको बाटो कता ?

थारू गीत–सङ्गीतको बाटो कता ?

१५३५ दिन अगाडि

|

३१ साउन २०७९

                                                        १. विषयप्रवेश भनिन्छ, भाषाको विकास हुनुभन्दा पहिले ध्वनिको विकास भएको थियो । त्यही प्रकृतिमा पाइने मीठो ध्वनिहरूको मानिसहरूले पत्ता लगाइ संयोजन गरी प्रयोगमा ल्याए । ललितकलाका विधाहरू चित्रकला, मूर्तिकला, वास्तुकला, नृत्यकला, नाट्यकला, साहित्यमध्ये सङ्गीतकला पनि एक हो । आफ्नो मनमा रहेका विविध भावनालाई सुर, ताल र लयको माध्यमबाट कलात्मक तरिकाले पोख्नुलाई सङ्गीत भनिन्छ । साधारणतयः सङ्गीत भन्नाले केवल गायन मात्र हो भनेर बुझिने गरिन्छ तर शास्त्रीय आधारमा हेर्ने हो भने गीत, वाद्य तथा नृत्य यी तिनै कलाको समुदायलाई सङ्गीत भनिन्छ । प्राचीनकालमा गायन, वादन तथा नृत्य कलाहरूको प्रयोग प्रायः एकैसाथ हुन्थ्यो । आजकाल गायन, वादन तथा नृत्य कलाहरूले आ–आफ्नो क्षेत्रमा छुट्टै महत्व राखेको पाइन्छ । विश्वको इतिहास पल्टाउने हो भने सङ्गीत प्राचीन कालदेखि नै स्वतन्त्र रुपमा प्रयोग भएको पाइन्छ ।  नेपालमा शास्त्रीय सङ्गीतको सुरुवात लिच्छवि कालदेखि नै भएको पाइन्छ । संसारमा अहिले लगभग तीन प्रकारका सङ्गीत प्रचलित छन्– शास्त्रीय सङ्गीत, आधुनिक सङ्गीत र लोक सङ्गीत । सङ्गीतले हामीलाई मानसिक तथा आध्यात्मिक दुबै किसिमको आनन्द दिलाउँछ । चाहे सुखमा होस् या दुःखमा या मनोरन्जनका लागि होस्, हामीले सङ्गीत श्रवण गर्ने गर्दछौँ ।  यसले हामीलाई सकारात्मक उर्जा प्रदान गर्दछ । भाषा नबुझे पनि श्रोताले सङ्गीत सुनेर आनन्द लिन सक्छन् । त्यसैले सङ्गीतलाई विविधतायुक्त अन्तर्राष्ट्रिय कला भन्दा फरक पर्दैन ।  सङ्गीतले पहिचान, रितिरिवाज, भाषा, र संस्कृति झल्काउने काम गर्छ । झन् थारू समुदाय त गीत सङ्गीत बिना नै अपूरो हुन्छ । २०१६÷०१७ सालतिरै बाराका संगीत उस्ताद रामप्रसाद राय थारूले थारू समुदायको छाता संगठन थारू कल्याणकारिणी सभामार्फत् गाउँ गाउँमै गीत गाउँदै गीतमार्फत् जनचेतना फैलाउने काम गरे । लोकगीतमा सीमित थारू गीतलाई आधुनिक गीतमा छिराउने श्रेय उनै रामप्रसाद राय थारूलाई जान्छ । उनको थरुहटके बौवा और बहुरिया (२०१९) पुस्तकमा जनचेतनाका लागि गाइएका गीत समेटिएका छन् । थारू गीत–सङ्गीतको बाटो शीर्षक दिइएको यस लेखमा थारू गीत सङ्गीतको इतिहास भन्दा पनि अवस्थालाई बुँदागत रुपमा नियाल्ने प्रयास गरिएको छ । २. थारू समुदायः लोकगीतको भण्डार  खास गरी पश्चिमा थारू समुदायमा सजना, मैना, होरी, अस्टिम्की, सख्या, सुर्खेल, ढमार, मघौटा, बरमासा, रतनचवा, दिननचवा, बिरहैन जस्ता अनेक थरि लोकगीतको भण्डार रहेको छ । थारू जातिको हरेक महिना र पहरमा गाउने विभिन्न खालका गीत छन् । जस्तो कि बैशाखमा सजना, राम जलम, बहला झुल्ना गीत, जेठमा सजनी, सजना गीत, असार तथा साउनमा सिङग्रु, राजा चरिवल, घोघर, बैठाउन गीत, भदौमा अस्टिम्की, उदासी, गीत गाइन्छ । त्यस्तै, असोज र कार्तिकमा सख्या, फूलवार, बर्किमार, जितिया, झमटा गीत, जर्माैटी, करनौटी, लाला, डफक गीत, ढमार, बिरहैन चाँचर गीत, मंसीरमा साँची, जर्मौटी गीत, पुस र माघमा मघौटा, मैना, लगुनी, बनगीत, फागुनमा माँगर, होरी (ढुरहेरी गीत) र चैतमा सजना र सजनी गीत रहेका छन् । यसैगरी बरमास्या नाच र बरमास्या गीत भने बाह्रै महिना गाउन र नाच्न मिल्छ । यसरी नाच नगरी सोभैm गाइने गीतहरू पनि प्रशस्त रहेका छन् (दहितः २०६२ः १३४) । एक पहरमा गाइने गीत अर्को पहरमा गाउन पाइँदैन । हुरडुङ्वा नाचमा राम कहरा (दिउँसो गाइने गीत), लटिया (साँझपख गाइने गीत), बिहग्रा (झिसमिसे बिहान गाइने गीत) बर्किमार (बिहानमा उज्यालोमा गाइने गीत) हुन् । थारू लोकगीत गेयात्मक र लयात्मक छन् । गायन सँगसँगै नृत्यका रूपमा पनि गीत प्रस्तुत गरिएका पाइन्छन् । सामान्यतया ६ श्लोकदेखि लिएर बृहत महाकाब्य स्तरका लामा प्रकारका गीत पनि छन् । थारू लोकगीतलाई विभिन्न आधारमा वर्गीकरण गर्न सकिन्छ । फनिश्याम थारूले (२०७०ः १६) ऋतुगीत, सामाजिक गीत, धार्मिक गीत तथा अन्य गरी चार वर्गमा वर्गीकरण गरेका छन् । त्यस्तै, गोविन्द आचार्यले संस्कार गीत, चाडपर्व गीत, ऋतु गीत, श्रम गीत र बाह्रमासे गीत गरी पाँच वर्गमा वर्गीकरण गरेका छन् (आचार्य, २०६३ः ३७) । त्यस्तै, दिवस र प्रधानले पनि गायनको आधारमा संस्कार गीत, चाडपर्व गीत, ऋतु गीत, श्रम गीत तथा बाह्रमासे गीत गरी पाँच वर्गमा विभाजन गर्न सकिने मत राखेका छन् (दिवस र प्रधान, सं. २०६५ः २३६) ।  ३. थारु लोकगीतको दस्तावेजीकरण मौखिक रुपमा रहेको थारू समुदायको लोकगीत अब लिखित रुपमा दस्तावेजीकरण हुन थालेको छ । थारू आयोगले २०७८ सालमा ‘थारू लोक गित मोट्री’ प्रकाशन गरेको छ, जसमा २५३ थान लोकगीत समेटिएको छ । यसमा राना, कठरिया, डेसौरी, डंगौरा, चितवनिया, नवलपुरिया, पूर्वीया सबै क्षेत्रका गीत समेटिएका छन् । यो पुस्तक थारू लोकगीत क्षेत्रमा कोशेढुंगा हो भन्दा फरक परोइन । यसमा संकलित प्रायः लोकगीत भने रेकर्ड हुन सकेको छैन । यदि यी गीत समयमा रेकर्ड भएन भने यी गीतको भाका पनि लोप हुँदै जाने देखिन्छ ।  थारू समुदायको चाडपर्व मनाउने तौरतरिकादेखि विवाह संस्कारमा पनि निकै फेरबदल आएको छ । आम नेपाली समुदायको दसैं तिहार आयो भने त्यससँग सम्बन्धित सयौं गीत रेडियो, टिभीबाट बज्न थाल्छ । तर थारू समुदायको माघी, अस्टिम्की लगायत चाडमा थरुहट क्षेत्रका एफएम रेडियोमा खै ती चाडसँग सम्बन्धित थारू लोकगीतको झंकार ? किनकी त्यस्ता गीत नै रेकर्ड भएका छैनन् ।  थारूहरूको विवाहमा विभिन्न गीत गाइन्छ, जसलाई माँगर भनिन्छ । मुख्य विवाहको अघिल्लो साँझ डिउली डर्ना संस्कार सम्पन्न गर्दा, दुलहालाई लुगा लगाइदिदा, दुलहा जन्ती हिँड्दा, दुलहा ससुराल पुग्दा, सम्धी मिलन अनि दुलही निकाल्दा फरक फरक लयको माँगर गाइन्छ । तर यी माँगर गीत रेकर्ड हुन सकिरहेको छैन । जसले युवा पुस्ताले यी गीत बिर्सिदै गएको छ भने थारूहरूको बिहेभोजमा हिन्दी, भोजपुरी, नेपाली गीत घन्किन थालेको छ ।  कृषि थारू समुदायको पुख्र्यौली पेशा हो । खेतीपातीका बेला गाइने गीत भरमार छन् । विभिन्न सुमदायमा श्रम गर्दागर्दै या श्रमको अघिपछि गीत गाउने चलन छ । यसले श्रमिकको थकान मेटाउँछ । थारू समुदायमा पनि श्रम गीत रहेका छन् । खेतीपाती सकिएपछि एक नवदुलही माइत जाने विचार गर्छिन् । यस श्रम गीत सजनामा माइत गइरहेकी श्रीमतीलाई श्रीमान्ले सम्झाएका छन् । यस्तो भरिएको नदीमा तिमी कसरी माइती जाउली भन्दा आफैँ डुंगा बनाए जाने बताएकी छन् ।      डेस गइलुँ डेस डुनियाँ रे, कि छैंला पटुरिया । कौने बिढि उटरुँ मै पार, नैहर बरि डुसे ।।१।। नैहर–नैहर जिनि करो ढनियाँ रे, नैहर बरि डुसे । डस कोस नडी भरियाइ, चौंरासि कोस बनवाँ ।।२।। काठ कटैबुँ पाँडन फरहि रे, नडि रे बिचे ढरबुँ । उटरि जैबुँ नडि कइ पार्हे, नैहर हिरकि जैबुँ ।।३।।               स्रोत ः ईश्वर (सागर) चौधरी, लमही नपा–१, नर्ती देउखुरी–दाङ उदाहरणको रुपमा दिइएको यस्ता मौलिक सजना गीतहरु पनि रेकर्ड हुन सकिरहेको छैन । यो दुःखद पक्ष हो ।  ४. थारू गीत सङ्गीतमा व्यावसायिकता  हालको अवस्थालाई नियाल्ने हो भने थारू गीत सङ्गीत व्यावसायिक ढंगले अगाडि लम्किदैछ भन्दा फरक परोइन । परशुराम चौधरीको निर्देशनमा २०४९ सालमा बनेको थारू भाषाको पहिलो फिल्म करमपछि थारू गीत सङ्गीतको बाटोमा व्यावसायिकता थपिएको मान्न सकिन्छ । तर पचासको दशकमा जुन हिसाबले थारू गीत सङ्गीतको बाटो फराकिलो हुनुपर्ने हो, त्यो भएन । त्यसो त २०५४ सालमा रेशम चौधरीले भुवर विहान, युनिक नेपाल, बर्दियाले ओजरार डगर तथा थारू साँस्कृतिक समाज, ललितपुरले घर भेलै कोशीके पार थारू गीति क्यासेट ल्याएका थिए । २०५७ सालमा सुशील चौधरी र सुमित्रा चौधरीको लखारगीन, २०५८ सालमा प्रेम म्यूजिक, कैलालीको विछोड, २०५९ सालमा पतिराम चौधरी, प्रमिला चौधरीको माधो सुन्दरी लगायत औंलामा गन्न सकिने थारू गीति क्यासेट मात्रै  पचासको दशकमा आएको देखिन्छ (दहित र सर्वहारी, सन् २००६ः ५१–५५) । संघीय राजधानी काठमाडौंमा २०५९ सालमा पहिलो पटक माघी महोत्सव मनाउन सुरु गरिएपछि स्टेजमा थारू गीतको जोडदार उपस्थिति हुन थाल्यो । साठीको दशक थारू गीत सङ्गीतको स्वर्णिम काल हो । कैलालीबाट आएको चम्पा फुलवारे (२०६०) क्यासेटले थारू गीतमा एक किसिमको मानकता बनायो । यही गीति क्यासेटबाट मनिराम चौधरीको नाम हिट भयो । अहिले उनलाई थारू लोकमहागायक समेत भन्न थालिएको छ । कैलालीबाट मोर चम्पा फूलवारे, रोजल दुल्हनिया, दुलहा घुमे मरुवा, हमार बगिया, चमेलीक फूला, सोल सिंगार, पुर्खा सैडान, टुटल अस्रा, जानकी कुँवारी, बर्दियाबाट दिलके आवाज, हमार अर्जी, साँवर गोरिया, सुग्घर साली जस्ता गीति क्यासेट, दाङबाट दाङसे बुह्रान, राउट डमन्ड्वा, साली भाटु, सुर्खेतबाट भ्याँवक घर लगायत गीति क्यासेटले थुप्रै लोकगायक जन्मायो (दहित र सर्वहारी, सन् २००६ः ५१–५५) । यी गीतमा गैरथारू गायकहरूको पनि स्वर रह्यो । जनआन्दोलन २०६२÷६३ पछि अधिकार, पहिचानकेन्द्रीत गीतको सुरुवात त भयो तर यसले निरन्तरता पाउन सकेन, बरु माया प्रेमकै चर्चा गरिएका साली भाटुको गीतको बर्चस्व रह्यो ।  प्रविधिले मारेको फड्कोले सत्तरीको दशकबाट गीत सुन्ने मात्रै होइन, हेर्ने प्रणालीको विकास भएको छ । गीत रेकर्ड गरी भिडियो बनाई रिलिज गर्ने परम्परा बसेको छ । यसबाट थारू गीतसङ्गीत पनि अछुतो छैन । २०७८ माघ २७ गते सुवेश कठरियाको शब्द, गणेश चौधरीको सङ्गीत अनि अन्नु चौधरी र आरके थारूको स्वर रहेको ‘मन लागेना’ थारू गीतले थारू सङ्गीतको इतिहासमै पहिलोचोटि १ करोड भ्यूज रेकर्ड राख्न सफल भएको छ । तर पछिल्लो समय थारू गीतहरूमा गैर थारूहरूको अत्यधिक मात्रामा प्रयोग भएको पाइन्छ । थारू गीतहरूमा थारू संगीतकार, एरेन्जर तथा भिडियोमा कलाकारलाई नै प्राथमिकतामा राखी अभिनय गराए सुनमा सुगन्ध थपिने थियो । ५. खै थारू बालगीत ? बालबालिकाहरूलाई उनीहरूको मातृभाषामा उनीहरूको शब्द सुहाउँदो गीत गाएर सुनाउँदा, अभ्यास गराउँदा भाषा, साहित्य सिकाउन धेरै नै मद्धत गर्छ । त्यसैले थारू बालगीतहरू आउन निकै जरुरी देखिन्छ । तर थारू सङ्गीत जगत्मा बाल गीतको खडेरी नै छ भन्दा फरक नपर्ला । इन्दु थारूको शब्द र निर्देशन अनि सीएल चौधरीको संगीत संयोजन, मनिष थारू र मिस्मिता चौधरीको गायन रहेको ‘हमार बाल अधिकार’ नामक् थारू गीत रेकर्ड भएको पहिलो थारू बालगीतको रुपमा चिनिन्छ । यो गीत सन् २०१९ मा रेकर्ड भए पनि युट्यूबमा सन् २०२१ मात्र अपलोड भएको हो ।  भिन्सरहिया उठ्क ग्वाबर ना करहाउ आने घर छेगरि भेरि चरहाइ ना पठाउ स्कुल पठाउ ग्यान गुनके बाट सिखब पह्र लिख पैना ट हो बालअढिकार सजना, माँगर, ढमार गिट गैना मन लागठ सखिया, झुमरा मँुगरहवा फे नच्ना मन लागठ यो गीतले बालबालिकाको हक अधिकारको कुरा गरेको छ । २०७८ माघको दोस्रो सातामा हमार म्यूजिक बगियाको युट्यूब च्यानलबाट ‘बेबी आउ ना खेले’ भन्ने गीत अपलोड भयो जसमा शेखर (छोटा ¥यापर) नाम गरेको नाबालकको दुरुपयोग भएको देखिन्छ । उनले ‘नाच छैली नाच’ जस्ता थारू ¥याप गीत पनि गाइसकेका रहेछन् । यी दुबै गीतमा उमेरभन्दा भारी शब्द उनलाई गाउन लगाइएको छ । यस्ता गीतसंगीतले बालबालिकामा नकारात्मक असर त पर्छ नै बालमस्तिष्कले भविष्यमा कस्तो आकार लिन्छ ? सोचनीय विषय हो । बालबालिकालाई कस्तो गीतमा सहभागी गराउने हामीले सोच्ने बेला आएको छ । यो पक्कै पनि गम्भीर विषय हो ।  अर्को थारू बालगीत ‘उक्रुङ्ग बुक्रुङ्ग’ (सन् २०२०) इन्दु थारूकै शब्द, सङ्गीत, अनि निर्देशन, सी.एल चौधरीको संयोजनमा रहेको यो गीतमा मनिष थारू र अमृता चौधरीको आवाज रहेको छ । यसपछि कुनै पनि थारू बाल गीतहरू सुन्नमा आएनन् । संगीतकार सीएल चौधरकिा अनुसार अब चाँडै नै इन्दु थारूकै शब्द रहेको अर्को बालगीत ‘हमन जन्ना हक बा’ रेकर्ड भई रिलिज हुने तयारीमा छ । थारू समुदायले पनि नयाँ पुस्ताहरूलाई थारू गीत सङ्गीतको अभ्यास गराउन आवश्यक छ । थारू बालबालिकाहरूलाई मौका दिए उनीहरूले पनि यस क्षेत्रमा टेवा पु¥याउन सक्छन् । यसो गर्दा हाम्रो गीत सङ्गीत, भाषा, संस्कृति सधैँ जीवित रहनेछ । अनि नयाँ पुस्ताले थारू सङ्गीतको माटोलाई मलिलो बनाउन कहिले कसर छाड्ने छैनन् ।  ६. आधुनिक प्रभाव पछिल्लो समय केहि थारू साँस्कृतिक गीत आए तापनि आधुनिक गीत नै हाबी बनेको छ । अहिले युट्यूबमा थारू ¥याप गीत सर्च गर्ने हो भने छ्याप्छ्याप्ती पाइन्छन्, जुन सबैजसो बेअर्थका शब्द संयोजन गरिएका छन् तर अपवादमा भने ‘कमैया’ शीर्षकको गीतले ¥यापमा नै थारू समुदायको कथा उठाएको छ, जसलाई राम्रो प्रयास मान्न सकिन्छ ।  थारू सङ्गीत अझै पनि एउटै धारमा बगिरहेको छ । यसो झट्ट मात्रै सुन्ने हो भने थारू गीत सुनेको भान हुँदैन । आधुनिक प्रभावले मौलिक स्वादको अभाव देखिन्छ । माया प्रेमका गीतहरू अधिक मात्रामा फस्टाइरहेको छ । ‘आदिवासी थारू हम्रे’, कौनो किल्लामे नै छुट्लि जस्ता केही अपवादका गीतहरूले मात्र पहिचान अनि अधिकारका कुरा उठाएको छ । थारू इतिहास, कमैया कमलरीको कथाव्यथा बोकेको रेशम चौधरीको थारू फिल्म ‘कमैया’ मा समावेश गीत ‘माटिके ओरहौना, माटिके बिछौना’ सुन्दा सायद जो कोहीको मन भक्कानिन्छ ।  ‘लाल लाल बायो, सबके रगटवा कोहि मालिक, कोहि कमैया हो’ उनले गीतमार्फत् सबैको रगत रातो छ, तर कोही मालिक त कोही कमैया किन ? भन्ने प्रश्न गरेका छन् । तर अहिले साँच्चै उनलाई सरकारले कमैयाकै व्यवहार देखाएको छ । पहिचान रहे मात्र हाम्रो अस्तित्व रहन्छ । के हामी थारू अधिकारका लागि पछि हटिरहेका त छैनौँ ? वास्तवमा कमैया फिल्मका गीतले जति थारू समुदायको आवाज बोलेको छ, अरु थारू सिनेमामा खास थारू मौलिकता भेटिदैन । सबैभन्दा बढी थारू सिनेमा बनाउने परशुराम चौधरी लगायत थारू फिल्म निर्माताहरूको यतातिर ध्यान जानु जरुरी देखिन्छ ।   ७. उपसंहार पहिले पुर्खाहरूले रातीदेखि झिसमिसे बिहानसम्म पनि गाउँथे । विभिन्न चाडपर्व अनुसार गीतहरू गाइन्थ्यो र बाजा बजाएर नाच्ने गरिन्थ्यो । अहिले गाउँमा पुर्खाहरूले गुनगुनाउने ती धुनहरू सुन्न पाइदैन । अनि धुनसँगै लय मिलाउँदै लहङगा फरफराएर कसले नाचिदिने ? नयाँ पुस्ताहरू यहाँ डिजेकै धुनमा कम्मर मर्काइरहेका छन् ।  आधुनिकताको नाउँमा थारू गीत सङ्गीतले विकृति र विसङ्गतिको रुप लिइरहेको छ । थारू मौलिकपन बोकेको लोकगीतहरू नयाँ पुस्तामा हस्तान्तरण हुनुको साटो ओझेलमा परिरहेका छन् । परम्परागत गीतलाई आधुनिकताले छोपेर क्यासेट नृत्यले ओझेल पार्दैछ । यसको संरक्षणका लागि यी लोकगीतको प्रतियोगितादेखि रेकर्ड पनि गरिनु आवश्यक छ । समय परिस्थिति अनुसार परिवर्तन हुन जरुरी छ तर पहिचान नै भत्किने गरी परिवर्तन भए थारू गीत सङ्गीत भविष्य ओझेलमा पर्नेछ । त्यसैले थारू गीत संगीतलाई आत्मसत, संरक्षण गर्ने जिम्मा एवम् कर्तव्य अब नयाँ पुस्ताको हो ।  सन्दर्भ सामग्री थारू, फनि श्याम । २०७० । थारू लोकसांहित्यः एक अध्ययन, सुनसरीः श्यामाकुमारी  थारू । दहित,  गोपाल    । २०६२ । थारू संस्कृतिको संक्षिप्त परिचय, ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।  दहित,  गोपाल र कृष्णराज सर्वहारी     । सन् २००६ । बिब्लियोग्राफी अफ इन्डिजिनियस इथ्निक थारू ।  काठमाडौंः थारू बौद्धिक तथा राष्ट्रिय अनुसन्धान केन्द्र नेपाल । दिवस, तुलसी र प्रमोद प्रधान (सम्पा.)  । २०६५ । थारू लोक वार्ता तथा लोक जीवन, काठमाडांैः नेपाली लोकवार्ता तथा संस्कृति समाज ।  स्रोतः स्मारिका २०७९ (पृ.९३–९७), थारू आयोग