थारू समुदायको ‘बरघर ऐन’ र राजनीतिक चासो

थारू समुदायको ‘बरघर ऐन’ र राजनीतिक चासो

१३८२ दिन अगाडि

|

१ भदौ २०७९

अबको गन्तव्य जनताको बल

अबको गन्तव्य जनताको बल

१३८२ दिन अगाडि

|

१ भदौ २०७९

२०७४ सालको संसदीय निर्वाचनमा राजपा पार्टीबाट कैलाली–१ मा चुनिएँ म । कैलाली जिल्लाबाट राजपाले ५८ हजार भन्दा बढी मत प्राप्त ग¥यो । प्रदेश सांसदमा कृष्णबहादुर चौधरी र मालामति राना पनि निर्वाचित हुनुहुन्थ्यो । सात नं प्रदेशबाट प्राप्त मतले राजपाको केन्द्रीय समानुपातिक सांसदको संख्या पनि बढायो । स्वयंसिद्घ तथ्यसहित प्रमाणित छ, यदि कैलालीमा अन्ठाउन्न हजारभन्दा अधिक भोट प्राप्त नगरेको भए राजपा राष्ट्रिय पार्टी हुन सक्थेन ।  २०७७ मा मधेसवादी दल कहलिने राजपा र समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी ९जसपा० को निर्माण भयो । कहाँनेर कसको के स्वार्थ मिलेन, अन्ततः एकीकरण भएको एकै वर्षमा जसपा विभाजन भयो अनि लोसपा बन्यो । अहिले त जसपाबाट बाबुराम भट्टराई पक्ष पनि अलग भइसकेका छन् ।  जसपा औपचारिक विभाजनको दिनमा सनाखतका लागि मलाई निर्वाचन आयोगको कार्यालय लगियो । निर्वाचन आयोगले वर्गीकरणका लागि राखेको दुईमध्ये एक रजिष्टरमा हस्ताक्षर गर्नु थियो । सबैलाई थाहा छ, म जेलमा छु र पार्टी झगडाको बारेमा अनभिज्ञ । एकीकरण पूर्व दुवै पार्टीको एजेन्डा खासै फरक थिएन, अहिले पनि छैन । झगडाको बीउ मनमुटाव नै हो, अहङ्कार र अहमता नै हो । अलि अलि कुर्सी मोह पनि हो ।  म निर्वाचन आयोग जानुपूर्व आयोगकै कर्मचारी कारागार आएका थिए । तर सनाखत गर्न मैले अस्वीकार गरेँ, जहाँ कार्यालय त्यहीँ काम । त्यसो त सांसदको शपथ पनि मलाई जेलमै खुवाइने प्रपञ्च रचिएको थियो । मेरो अस्वीकृतिका कारण सरकार मलाई सिंहदरबार लगेर शपथ ख्वाउन बाध्य भयो । निर्वासनमा रहँदा, सांसदको शपथ खाँदा, निर्वाचन आयोग जाँदा, जहाँसुकै मौका मिल्छ– मेरो मुखबाट एउटै शब्द निस्कन्छ, त्यो हो, “न्याय ।” दया हामीलाई चाहिएकै छैन । क्षमाको भीख म माग्नेवाला छैन । सक्छौ न्याय देऊ । नभए देखाजाएगा ।  निर्वाचन आयोग पुगेर तटस्थको रजिष्टरमा हस्ताक्षर धस्काइदिएँ । कारण पार्टी विभाजनको कारक म होइन । कसैको झगडाबाट उत्पन्न परिणामको भागिदार पनि म होइन । मैले राजपाबाट चुनाव जितेँ, शपथ खाँदा राजपा थिएँ । आज कानुनी रूपमा राजपा छैन तर मैले बोकेको मुद्दा, मेरो विचार सगरमाथाझैँ अटल छ । सानोतिनो हावाहुरी भूकम्पको बेगले डेग चल्नेवाला छैन ।  २०७२ भदौको टीकापुर आन्दोलन थारू विद्रोह थियो । “संवैधानिक अधिकार, सिमाङ्कन र राज्यसँग हाम्रो सहभागिता” यी तीन प्रमुख मुद्दालाई लिएर हामीले आन्दोलन थालेका थियौँ । टीकापुर विद्रोहको तीन सातामै देशमा संविधान जारी भयो । पूर्व सभामुख कृष्णबहादुर महराले मसँग जेलमै स्वीकारेका थिए, “थारूले टीकापुर विद्रोह नगरेको भए देशमा संविधान जारी सम्भव थिएन ।” टीकापुर आन्दोलनको मुठभेदमा सात प्रहरी र एक नाबालक सहिद भए । आन्दोलन हो भन्दैमा मान्छे मार्नु हुँदैन तर भीडले मान्छे चिन्दो रहेनछ । भीड कसैको नियन्त्रणमा हुँदैन । आन्दोलनको भीडले केवल आफ्नो माग मुद्दा चिन्दो रैछ, मुद्दा विरोधी सब दुश्मन १  टीकापुर आन्दोलनमा दुर्घटना नहोस् भनेर जेठानको देहान्तमा श्रीमतीलाई पशुपतिको त्रियापुत्री घरमा छोडेर वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा धनगढी र टीकापुर पुगेको हुँ म । आखिर जसले सद्भावलाई शिरोपर गरी सम्झौता ग¥यो, उसैलाई दोषी बनाइयो । उसैलाई मुद्दा चलाइयो । मुख्य योजनाकारको आरोप लगाइ झ्यालखानामा थुनियो ।  लोकतन्त्रमा जनता जनार्दन हुन् । जनमतको अपमान गर्नु लोकतन्त्रको धज्जी उडाउनु र संविधानको बलात्कार गर्नुजस्तै हो । २०७४ को चुनावमा टीकापुर क्षेत्रबाट मसँग काँग्रेस, एमाले माओवादीलगायत सबै दलका उम्मेदवारको लज्जास्पद हार भयो । दोषी निर्दोषीको छिनोफानो जनताले चुनावबाटै गरिदिए । म निरङ्कुश तानाशाही व्यक्तिको नजरमा दोषी थिएँ तर जनताको आँखाले जे देखेको थियो, त्यो बाकसको मतले प्रमाणित गरिदियो ।  टीकापुर घटना भएको आठौँ वर्षको यात्रामा छौँ हामी । अहिले पनि दर्जनभन्दा बढी जेलमै छौँ । मैले जितेको चुनावको अवधि पाँच महिना मात्रै बाँकी छ । अपेक्षासहित मतदान गरेका जनताको सेवा गर्ने अवसर मलाई राज्यले दिएन । चुनाव लडेको राजपा अहिले जसपामा विलीन भइसक्यो । साथीहरु कोही जसपामै छन् कोही लोसपामा । कोही कोही त जसपा विभाजन भएर तितर वितर छन् । टीकापुर मुद्दाको विषय मौन छ । किनकि नयाँ सरकारमा समीकरणको हल्लै छैन । एमसीसीले सत्तामा आसिन गराइहाल्छ कि भन्ने सत्ता बाहिर बसेका साथीहरुको अपेक्षा छ । सरकारको कुर्सी स्यालले अंगुर हेरेर मुख अमिल्याएझैँ मात्र भएको छ ।  सांसदै भए पनि डिल्लीबजारको कारागारमा थुनिएको छु । मसँगै सरकारी सांसदको लोगो पनि थुनिएको छ । ३५ हजार नेपाली जनताको मत थुनिएको छ । कैलाली क्षेत्र नं १ को प्रतिनिधि थुनिएको छ । संवैधानिक आन्दोलनको अगुवा थुनिएको छ ।  म थुनिएको अधिकारकर्मी, मानवअधिकारवादी, पत्रकार कसैलाई मतलब छैन । प्रजातान्त्रिक विचारधारा अँगालेका नेतालाई मतलब छैन । राजनैतिक दलहरुमा निर्णायक शक्ति मानिएका काँग्रेस, कम्युनिष्टलाई मतलब छैन । म आफै रणभूल्लमा छुँ, कसको स्वार्थमा जेल हालियो र कसको स्वार्थमा छुट्छौँ हामी ? आजभोलि मस्तिष्क र नजरले एउटै उत्तर दिन्छ, तिमीहरु एक्लै थियौ, एक्लै छौ । नडराऊ, स्वार्थीहरुले साथ छोड्छन् । अहंकारीहरुले दमन गर्छन् । निरंकुशहरुले हत्या गर्छन् । तिमीहरुसँग यी सबबाहेक पनि केही अझै बाँकी छ । तिम्रो इन्द्रियलाई शुन्यतामा पु¥याएर सोच त ? कैलालीको आगोले कञ्चनपुर सल्किसक्यो । बर्दिया हुँदै मेची पुगिसक्यो । “जेलबाटै सबैलाई चुनाव हराइदेउ न १ अनि बल्ल जित्छौ तिमी । हिजो प्रवासबाट हरायौ, आज जेलबाट हराऊ । तिमीप्रति इष्र्या राख्ने, प्रतिशोध लिने, तिम्रा मुद्दा लत्याउनेहरुलाई लछार पछार पारिदेउ न १ बल्ल न्याय पाउँछौ तिमी । अनि कारागारका ढोका खुल्नेछ तिम्रा लागि ।” आक्रोशको अन्तर्मनले आजभोलि यही भन्छ मलाई ।  हिजो अर्काको पछ्यौरी समातेर चुनाव जित्यौँ हामी । जनताको बल हामीसँग अद्यापि छ । अब हामीसँग आफ्नै दल नागरिक उन्मुक्ति पार्टी छ । यसका लागि द्वापरमा कृष्ण जन्मिएझैँ नेपालमा न्याय नपाएका, नागरिक भएर पनि नागरिक नकहलिएका, मान्छे भएर पनि मानवीयता अनुभूति गर्न नपाएका, पीडित, शोषित, विभेदित जनताको मुक्तिका लागि नागरिक उन्मुक्ति पार्टीको जन्म भएको छ ।  अब सबै प्रताडित आवाजहरु हामीसँगै मिसिनेछन् । अन्याय, अत्याचार भयमुक्त समाज निर्माणका लागि हामीलाई तिनै दबिएका जनताको साथ चाहिन्छ । ढुक्कसँग आफ्नो अनुभूत गर्न सक्ने परिवेश चाहिन्छ । तेरो मेरो नभनेर सबैको साझा भन्ने देश चाहिन्छ । आफ्नै पछ्यौरीले मुद्दा बोक्ने, संविधानको धारा उपधाराको पंक्तिमा अटाउने, पहिचानसहित संघीयता पटुकीमा बोक्ने नेपाल चाहिन्छ । हिम्मत नहारौँ साथीहरु हो १ विचार बोकेको दल र जनताको बलले गन्तव्य निश्चित छ । बाँकी सब बकवास कुरा । साउन १३, हालः डिल्लीबजार कारागार, काठमाडौं     रातोपाटीबाट

तपाईं कति कमाउनु हुन्छ र कति जोगाउनु हुन्छ ?

तपाईं कति कमाउनु हुन्छ र कति जोगाउनु हुन्छ ?

१३८२ दिन अगाडि

|

१ भदौ २०७९

विनाेद अधिकारी कमाउने र बचाउने कुरा व्यक्तिगत वित्तीय व्यवस्थापनमा धेरै महत्व राख्ने र धेरै छलफल, बहस भइरहने विषय हो। यसै विषयमा प्रसिद्ध लेखक चाल्र्स ए जेफी भन्दछन् – “तपाईँलाई धनी बनाउने तपाईँको तलब (कमाइ) ले होइन, तपाईँको खर्च गर्ने बानीले हो।” झट्ट सुन्दा खर्च गर्ने बानीले पनि कोही धनी हुन्छ त ? भन्ने लाग्न सक्छ । यथार्थमा उनको भनाइको तात्पर्य कमाउनुभन्दा बचाउनु ठूलो कुरा भन्ने हो। मानिसलाई उसको कमाइले नभई बचत गर्ने बानीले मात्र धनी हुने कुरा निश्चित गर्छ। अन्तर्राष्ट्रिय ऋण महासंघका पिता एफ् डब्लु राइफाइसन पनि सम्पन्न बन्नका लागि मनिसमा मितव्ययिताको बानी हुनुपर्छ भन्ने कुरामै जोड दिन्छन्। कति सम्पत्ति भए हामी धनी हुन्छौं भन्ने विषयको स्पष्ट र सजिलो जवाफ छैन, तथापि सामान्यतया आफ्ना जीवनचक्रका आवश्यकताहरू पूरा गर्न हामीले कसैको भर गर्न पर्दैन र आकस्मिक अवस्थाको लागि केही रकमको जोगाड गर्न सकिन्छ भने हामी आफूलाई सामान्यरूपमा धनी मान्न सक्छौं । अझ धनी बन्दै जाने आफ्नो चाहनालाई पूरा गर्न पनि खर्च गर्ने बानीमा सुधार गर्दै जानुपर्ने हुन्छ। खर्च कम गर्नु भनेको नै धेरै बचत हुनु हो। अर्थशास्त्रको सामान्य परिभाषामा बचत भनेको खर्च गरिसकेपछि बचेको वा बाँकी रहेको अंश हो। अहिलेको बचतको परिभाषा वा बुझाइ भने यो भन्दा अलि भिन्न छ, अर्थात् खर्च गर्नुभन्दा अगाडि नै नगद वा जिन्सीको निश्चित अंश भविष्यको लागि भनेर छुट्याउने काम बचत हो। यसको सूत्र:– आम्दानी –बचत = खर्च (आम्दानीबाट बचत अनि मात्र खर्च) हो। यसलाई बचतको सुनौलो सूत्र पनि भन्ने गरिएको छ। सम्पत्ति व्यवस्थापन सम्बन्धी जर्ज एस् क्लासनको ‘रिचेष्ट म्यान इन् बेबीलोन’ (सन् १९२६) भन्ने प्रसिद्ध पुस्तकको मुख्य पात्र अर्कड (जो धनी व्यक्ति हो) ले आफ्ना साथीहरूलाई धनी बन्न दिएका केही सुझाबहरू हामीलाई धनी बन्न सघाउने खालका छन्। जस्तै: कमाइको कम्तीमा पनि १० प्रतिशत बचाऊ, खर्चहरू सकेसम्म घटाऊ र आफ्नो पैसालाई पनि काममा लगाऊ अर्थात् सकेसम्म विचार गरी फाइदा आउने ठाउँमा लगानी गर। वास्तवमा धनी हुन चाहने जो कोहीले पनि यी कुरामा ध्यान दिनैपर्दछ। प्रसिद्ध साहित्यकार बेञ्जामिन फ्राङ्कलिन पनि खर्च कम गर्नुपर्छ र धेरै बचाउनुपर्छ भन्ने कुरामा नै जोड दिँदै भन्दछन्– ‘सानो खर्चमा पनि ध्यान देऊ, किनभने सानो प्वालले पनि ठूलो पानीजहाजलाई डुबाउँछ।’ यसो भनेर उनले अहिले विचार नगरी खर्च गर्ने बानीले भविष्यमा ठूलो आर्थिक बोझ सहनुपर्ने हुन्छ भन्ने कुराको सन्देश दिएका छन्। उनै फ्राङ्कलिन फेरि भन्दछन्– ‘पैसा बचाउनु भनेकै पैसा कमाउनु हो।’ आजभोलि कति कमाउँदा कति बचाउने त भन्ने सम्बन्धमा ५०–३०–२० को सूत्रलाई आधार मान्नुपर्छ भनिन्छ। यसको अर्थ हो– ‘कमाइको ५० प्रतिशत आवश्यक कुरामा खर्च गर्ने, ३० प्रतिशत रहर वा इच्छाहरू पूरा गर्नमा खर्च गर्ने र २० प्रतिशत बचत गर्ने।’ यदि हामी धनी बन्दै जाने हो भने यस्ता उपायहरूको अवलम्वन र अभ्यास गर्दै जानु जरुरी छ। कमाइको धेरै भाग खर्च हुँदै जान्छ भने धनी हुने हाम्रो चाहनाचाहिँ फगत् दिवास्वप्न मात्रै हुन्छ। अधिकतम इच्छाहरूको अधिकतम आपूर्ति मानिसको स्वभाव हो। इच्छाहरूको आपूर्तिमा मानिस खुशी हुन्छ, रमाउँछ। कमाउनुको लक्ष्य पनि अधिकतम चाहनाहरू पूरा गर्दै रमाउनु, खुशी हुनु नै हो। त्यसो भए तापनि अहिलेको खुशीको लागि मात्र खर्च गरियो भने भविष्यको खुशी हराउँछ अर्थात् हाम्रो सँधै खुशी हुने, धनी हुने सपना पूरा हुन सक्दैन। एकजना मानिस महिनाको ५० हजार कमाउँछ र ३० हजार बचत गर्छ, अनि अर्को मानिसचाहिँ महिनामा ८० हजार कमाउँछ तर ७५ हजार खर्च गर्दछ भने ५० हजार कमाउने पहिलो मानिस नै धनी हो। यसको अर्थ कमाएर मात्र होइन बचाएर पनि धनी हुन सकिन्छ भन्ने हुन्छ। बचाउने कुराले निश्चय नै मानिसलाई सुखी बनाउँछ। धेरै बचाउनको लागि अहिले गरेको त्याग नै भविष्यको सुखी हुने, धनी हुने आधार हो। बचतको यही व्यवहारलाई संकेत गर्दै संसारकै धनी मानिस वारेन वफेट भन्दछन्– ‘अहिले कोही मानिस रुखको छायामा बस्नु भनेको कसैले पहिले रुख रोपेको हो।’ कमाइको पैसा सकेसम्म धेरै नै बचत गर्नु भन्ने कुरा भनेजस्तो सजिलै त छैन। त्यसका लागि बलियो मन, बलियो अठोट वा संकल्प हुनुपर्दछ। त्यसैले वित्तीय साक्षरता सम्बन्धी प्रसिद्ध पुस्तक ‘रिच ड्याड पोअर ड्याड’का लेखक रोवर्ट कियोसाकी ‘पैसा कमाउन भन्दा पैसा जोगाउन गाह्रो’ भन्ने कुरा बताउँछन्। तथापि पैसा बचाउने उपायहरू पनि धेरै हुन्छन्। पैसा बचाउने सबभन्दा प्रभावकारी उपाय भनेको आम्दानी र खर्चको योजना बनाउनु र योजना अनुसार मात्रै खर्च गर्ने बानीको विकास हो। आफ्नो आम्दानी र खर्चको विश्लेषण गरिसकेपछि यति बचाउन सकिन्छ, बचाउँछु भन्ने सोच भयो भने अवश्य नै धेरै बचत हुन्छ। अनावश्यक र फजुल खर्च घटाउने, हुँदासम्म पुराना वस्तुहरूको मर्मत गरी प्रयोग गर्ने, जस्ता थुप्रै उपायहरूबाट पैसाको बचत बढाउन सकिन्छ। धेरैजसो मानिसहरू पैसाको सम्बन्धमा ‘आउँछ – जान्छ’ भन्ने सामान्य अथवा हल्का सोच मात्र राख्दछन् र आम्दानी अनि खर्चको विश्लेषण तथा कुनै योजना नै गर्दैनन्। धेरै बचाउने सम्बन्धमा समस्या यही नै हो। यही कमजोर वित्तीय व्यवहारले गर्दा धेरै कमाउनेहरूको पनि बचत छैन र समस्यामा छन्। अनि अर्कोतिर आम्दानी खर्चको योजना र खर्चमा अनुशासन कायम राख्ने असल वित्तीय व्यवहार भएका मानिसहरू थोरै कमाइ हुँदा पनि सजिलोमा छन्, सम्पन्नताको बाटोतिर अग्रसर छन्। भनिन्छ– ‘पैसा सम्बन्धी धेरैजसो निर्णयहरू अलि हतारमा र आवेशमा गरिन्छन्।’ यद्यपि खर्च गर्नुअघि खर्चबाट आउने नतिजाको बारेमा राम्ररी सोच्ने हो भने यस्तो अवस्थाबाट बच्न सकिन्छ। जस्तै : आवश्यक नभएको एउटा कुनै विलासी वस्तु किन्नमा पैसा खर्च गर्नुले केही समयका लागि सन्तुष्टि पाउन त सकिएला तर त्यही पैसा बचाउनुले भविष्यको कुनै समस्या सजिलै टार्न सक्छ, अनि धनी हुने बाटोतिर डोहोर्‍याउन पनि सक्दछ। त्यसैले अब कति कमाइन्छ मात्र भन्दा पनि कति बचाइन्छ भन्ने कुरामा सबै मानिसको ध्यान जानु अपरिहार्य छ। भविष्यलाई वित्तीय हिसाबले सुरक्षित बनाउने, धनी बनाउने आधार वा मापन कति कमाइयो भन्दा कति बचाइयो भन्ने नै हो। श्रोत: आइएनएस-स्वतन्त्र समाचार 

थारू गीत–सङ्गीतको बाटो कता ?

थारू गीत–सङ्गीतको बाटो कता ?

१३८३ दिन अगाडि

|

३१ साउन २०७९

                                                        १. विषयप्रवेश भनिन्छ, भाषाको विकास हुनुभन्दा पहिले ध्वनिको विकास भएको थियो । त्यही प्रकृतिमा पाइने मीठो ध्वनिहरूको मानिसहरूले पत्ता लगाइ संयोजन गरी प्रयोगमा ल्याए । ललितकलाका विधाहरू चित्रकला, मूर्तिकला, वास्तुकला, नृत्यकला, नाट्यकला, साहित्यमध्ये सङ्गीतकला पनि एक हो । आफ्नो मनमा रहेका विविध भावनालाई सुर, ताल र लयको माध्यमबाट कलात्मक तरिकाले पोख्नुलाई सङ्गीत भनिन्छ । साधारणतयः सङ्गीत भन्नाले केवल गायन मात्र हो भनेर बुझिने गरिन्छ तर शास्त्रीय आधारमा हेर्ने हो भने गीत, वाद्य तथा नृत्य यी तिनै कलाको समुदायलाई सङ्गीत भनिन्छ । प्राचीनकालमा गायन, वादन तथा नृत्य कलाहरूको प्रयोग प्रायः एकैसाथ हुन्थ्यो । आजकाल गायन, वादन तथा नृत्य कलाहरूले आ–आफ्नो क्षेत्रमा छुट्टै महत्व राखेको पाइन्छ । विश्वको इतिहास पल्टाउने हो भने सङ्गीत प्राचीन कालदेखि नै स्वतन्त्र रुपमा प्रयोग भएको पाइन्छ ।  नेपालमा शास्त्रीय सङ्गीतको सुरुवात लिच्छवि कालदेखि नै भएको पाइन्छ । संसारमा अहिले लगभग तीन प्रकारका सङ्गीत प्रचलित छन्– शास्त्रीय सङ्गीत, आधुनिक सङ्गीत र लोक सङ्गीत । सङ्गीतले हामीलाई मानसिक तथा आध्यात्मिक दुबै किसिमको आनन्द दिलाउँछ । चाहे सुखमा होस् या दुःखमा या मनोरन्जनका लागि होस्, हामीले सङ्गीत श्रवण गर्ने गर्दछौँ ।  यसले हामीलाई सकारात्मक उर्जा प्रदान गर्दछ । भाषा नबुझे पनि श्रोताले सङ्गीत सुनेर आनन्द लिन सक्छन् । त्यसैले सङ्गीतलाई विविधतायुक्त अन्तर्राष्ट्रिय कला भन्दा फरक पर्दैन ।  सङ्गीतले पहिचान, रितिरिवाज, भाषा, र संस्कृति झल्काउने काम गर्छ । झन् थारू समुदाय त गीत सङ्गीत बिना नै अपूरो हुन्छ । २०१६÷०१७ सालतिरै बाराका संगीत उस्ताद रामप्रसाद राय थारूले थारू समुदायको छाता संगठन थारू कल्याणकारिणी सभामार्फत् गाउँ गाउँमै गीत गाउँदै गीतमार्फत् जनचेतना फैलाउने काम गरे । लोकगीतमा सीमित थारू गीतलाई आधुनिक गीतमा छिराउने श्रेय उनै रामप्रसाद राय थारूलाई जान्छ । उनको थरुहटके बौवा और बहुरिया (२०१९) पुस्तकमा जनचेतनाका लागि गाइएका गीत समेटिएका छन् । थारू गीत–सङ्गीतको बाटो शीर्षक दिइएको यस लेखमा थारू गीत सङ्गीतको इतिहास भन्दा पनि अवस्थालाई बुँदागत रुपमा नियाल्ने प्रयास गरिएको छ । २. थारू समुदायः लोकगीतको भण्डार  खास गरी पश्चिमा थारू समुदायमा सजना, मैना, होरी, अस्टिम्की, सख्या, सुर्खेल, ढमार, मघौटा, बरमासा, रतनचवा, दिननचवा, बिरहैन जस्ता अनेक थरि लोकगीतको भण्डार रहेको छ । थारू जातिको हरेक महिना र पहरमा गाउने विभिन्न खालका गीत छन् । जस्तो कि बैशाखमा सजना, राम जलम, बहला झुल्ना गीत, जेठमा सजनी, सजना गीत, असार तथा साउनमा सिङग्रु, राजा चरिवल, घोघर, बैठाउन गीत, भदौमा अस्टिम्की, उदासी, गीत गाइन्छ । त्यस्तै, असोज र कार्तिकमा सख्या, फूलवार, बर्किमार, जितिया, झमटा गीत, जर्माैटी, करनौटी, लाला, डफक गीत, ढमार, बिरहैन चाँचर गीत, मंसीरमा साँची, जर्मौटी गीत, पुस र माघमा मघौटा, मैना, लगुनी, बनगीत, फागुनमा माँगर, होरी (ढुरहेरी गीत) र चैतमा सजना र सजनी गीत रहेका छन् । यसैगरी बरमास्या नाच र बरमास्या गीत भने बाह्रै महिना गाउन र नाच्न मिल्छ । यसरी नाच नगरी सोभैm गाइने गीतहरू पनि प्रशस्त रहेका छन् (दहितः २०६२ः १३४) । एक पहरमा गाइने गीत अर्को पहरमा गाउन पाइँदैन । हुरडुङ्वा नाचमा राम कहरा (दिउँसो गाइने गीत), लटिया (साँझपख गाइने गीत), बिहग्रा (झिसमिसे बिहान गाइने गीत) बर्किमार (बिहानमा उज्यालोमा गाइने गीत) हुन् । थारू लोकगीत गेयात्मक र लयात्मक छन् । गायन सँगसँगै नृत्यका रूपमा पनि गीत प्रस्तुत गरिएका पाइन्छन् । सामान्यतया ६ श्लोकदेखि लिएर बृहत महाकाब्य स्तरका लामा प्रकारका गीत पनि छन् । थारू लोकगीतलाई विभिन्न आधारमा वर्गीकरण गर्न सकिन्छ । फनिश्याम थारूले (२०७०ः १६) ऋतुगीत, सामाजिक गीत, धार्मिक गीत तथा अन्य गरी चार वर्गमा वर्गीकरण गरेका छन् । त्यस्तै, गोविन्द आचार्यले संस्कार गीत, चाडपर्व गीत, ऋतु गीत, श्रम गीत र बाह्रमासे गीत गरी पाँच वर्गमा वर्गीकरण गरेका छन् (आचार्य, २०६३ः ३७) । त्यस्तै, दिवस र प्रधानले पनि गायनको आधारमा संस्कार गीत, चाडपर्व गीत, ऋतु गीत, श्रम गीत तथा बाह्रमासे गीत गरी पाँच वर्गमा विभाजन गर्न सकिने मत राखेका छन् (दिवस र प्रधान, सं. २०६५ः २३६) ।  ३. थारु लोकगीतको दस्तावेजीकरण मौखिक रुपमा रहेको थारू समुदायको लोकगीत अब लिखित रुपमा दस्तावेजीकरण हुन थालेको छ । थारू आयोगले २०७८ सालमा ‘थारू लोक गित मोट्री’ प्रकाशन गरेको छ, जसमा २५३ थान लोकगीत समेटिएको छ । यसमा राना, कठरिया, डेसौरी, डंगौरा, चितवनिया, नवलपुरिया, पूर्वीया सबै क्षेत्रका गीत समेटिएका छन् । यो पुस्तक थारू लोकगीत क्षेत्रमा कोशेढुंगा हो भन्दा फरक परोइन । यसमा संकलित प्रायः लोकगीत भने रेकर्ड हुन सकेको छैन । यदि यी गीत समयमा रेकर्ड भएन भने यी गीतको भाका पनि लोप हुँदै जाने देखिन्छ ।  थारू समुदायको चाडपर्व मनाउने तौरतरिकादेखि विवाह संस्कारमा पनि निकै फेरबदल आएको छ । आम नेपाली समुदायको दसैं तिहार आयो भने त्यससँग सम्बन्धित सयौं गीत रेडियो, टिभीबाट बज्न थाल्छ । तर थारू समुदायको माघी, अस्टिम्की लगायत चाडमा थरुहट क्षेत्रका एफएम रेडियोमा खै ती चाडसँग सम्बन्धित थारू लोकगीतको झंकार ? किनकी त्यस्ता गीत नै रेकर्ड भएका छैनन् ।  थारूहरूको विवाहमा विभिन्न गीत गाइन्छ, जसलाई माँगर भनिन्छ । मुख्य विवाहको अघिल्लो साँझ डिउली डर्ना संस्कार सम्पन्न गर्दा, दुलहालाई लुगा लगाइदिदा, दुलहा जन्ती हिँड्दा, दुलहा ससुराल पुग्दा, सम्धी मिलन अनि दुलही निकाल्दा फरक फरक लयको माँगर गाइन्छ । तर यी माँगर गीत रेकर्ड हुन सकिरहेको छैन । जसले युवा पुस्ताले यी गीत बिर्सिदै गएको छ भने थारूहरूको बिहेभोजमा हिन्दी, भोजपुरी, नेपाली गीत घन्किन थालेको छ ।  कृषि थारू समुदायको पुख्र्यौली पेशा हो । खेतीपातीका बेला गाइने गीत भरमार छन् । विभिन्न सुमदायमा श्रम गर्दागर्दै या श्रमको अघिपछि गीत गाउने चलन छ । यसले श्रमिकको थकान मेटाउँछ । थारू समुदायमा पनि श्रम गीत रहेका छन् । खेतीपाती सकिएपछि एक नवदुलही माइत जाने विचार गर्छिन् । यस श्रम गीत सजनामा माइत गइरहेकी श्रीमतीलाई श्रीमान्ले सम्झाएका छन् । यस्तो भरिएको नदीमा तिमी कसरी माइती जाउली भन्दा आफैँ डुंगा बनाए जाने बताएकी छन् ।      डेस गइलुँ डेस डुनियाँ रे, कि छैंला पटुरिया । कौने बिढि उटरुँ मै पार, नैहर बरि डुसे ।।१।। नैहर–नैहर जिनि करो ढनियाँ रे, नैहर बरि डुसे । डस कोस नडी भरियाइ, चौंरासि कोस बनवाँ ।।२।। काठ कटैबुँ पाँडन फरहि रे, नडि रे बिचे ढरबुँ । उटरि जैबुँ नडि कइ पार्हे, नैहर हिरकि जैबुँ ।।३।।               स्रोत ः ईश्वर (सागर) चौधरी, लमही नपा–१, नर्ती देउखुरी–दाङ उदाहरणको रुपमा दिइएको यस्ता मौलिक सजना गीतहरु पनि रेकर्ड हुन सकिरहेको छैन । यो दुःखद पक्ष हो ।  ४. थारू गीत सङ्गीतमा व्यावसायिकता  हालको अवस्थालाई नियाल्ने हो भने थारू गीत सङ्गीत व्यावसायिक ढंगले अगाडि लम्किदैछ भन्दा फरक परोइन । परशुराम चौधरीको निर्देशनमा २०४९ सालमा बनेको थारू भाषाको पहिलो फिल्म करमपछि थारू गीत सङ्गीतको बाटोमा व्यावसायिकता थपिएको मान्न सकिन्छ । तर पचासको दशकमा जुन हिसाबले थारू गीत सङ्गीतको बाटो फराकिलो हुनुपर्ने हो, त्यो भएन । त्यसो त २०५४ सालमा रेशम चौधरीले भुवर विहान, युनिक नेपाल, बर्दियाले ओजरार डगर तथा थारू साँस्कृतिक समाज, ललितपुरले घर भेलै कोशीके पार थारू गीति क्यासेट ल्याएका थिए । २०५७ सालमा सुशील चौधरी र सुमित्रा चौधरीको लखारगीन, २०५८ सालमा प्रेम म्यूजिक, कैलालीको विछोड, २०५९ सालमा पतिराम चौधरी, प्रमिला चौधरीको माधो सुन्दरी लगायत औंलामा गन्न सकिने थारू गीति क्यासेट मात्रै  पचासको दशकमा आएको देखिन्छ (दहित र सर्वहारी, सन् २००६ः ५१–५५) । संघीय राजधानी काठमाडौंमा २०५९ सालमा पहिलो पटक माघी महोत्सव मनाउन सुरु गरिएपछि स्टेजमा थारू गीतको जोडदार उपस्थिति हुन थाल्यो । साठीको दशक थारू गीत सङ्गीतको स्वर्णिम काल हो । कैलालीबाट आएको चम्पा फुलवारे (२०६०) क्यासेटले थारू गीतमा एक किसिमको मानकता बनायो । यही गीति क्यासेटबाट मनिराम चौधरीको नाम हिट भयो । अहिले उनलाई थारू लोकमहागायक समेत भन्न थालिएको छ । कैलालीबाट मोर चम्पा फूलवारे, रोजल दुल्हनिया, दुलहा घुमे मरुवा, हमार बगिया, चमेलीक फूला, सोल सिंगार, पुर्खा सैडान, टुटल अस्रा, जानकी कुँवारी, बर्दियाबाट दिलके आवाज, हमार अर्जी, साँवर गोरिया, सुग्घर साली जस्ता गीति क्यासेट, दाङबाट दाङसे बुह्रान, राउट डमन्ड्वा, साली भाटु, सुर्खेतबाट भ्याँवक घर लगायत गीति क्यासेटले थुप्रै लोकगायक जन्मायो (दहित र सर्वहारी, सन् २००६ः ५१–५५) । यी गीतमा गैरथारू गायकहरूको पनि स्वर रह्यो । जनआन्दोलन २०६२÷६३ पछि अधिकार, पहिचानकेन्द्रीत गीतको सुरुवात त भयो तर यसले निरन्तरता पाउन सकेन, बरु माया प्रेमकै चर्चा गरिएका साली भाटुको गीतको बर्चस्व रह्यो ।  प्रविधिले मारेको फड्कोले सत्तरीको दशकबाट गीत सुन्ने मात्रै होइन, हेर्ने प्रणालीको विकास भएको छ । गीत रेकर्ड गरी भिडियो बनाई रिलिज गर्ने परम्परा बसेको छ । यसबाट थारू गीतसङ्गीत पनि अछुतो छैन । २०७८ माघ २७ गते सुवेश कठरियाको शब्द, गणेश चौधरीको सङ्गीत अनि अन्नु चौधरी र आरके थारूको स्वर रहेको ‘मन लागेना’ थारू गीतले थारू सङ्गीतको इतिहासमै पहिलोचोटि १ करोड भ्यूज रेकर्ड राख्न सफल भएको छ । तर पछिल्लो समय थारू गीतहरूमा गैर थारूहरूको अत्यधिक मात्रामा प्रयोग भएको पाइन्छ । थारू गीतहरूमा थारू संगीतकार, एरेन्जर तथा भिडियोमा कलाकारलाई नै प्राथमिकतामा राखी अभिनय गराए सुनमा सुगन्ध थपिने थियो । ५. खै थारू बालगीत ? बालबालिकाहरूलाई उनीहरूको मातृभाषामा उनीहरूको शब्द सुहाउँदो गीत गाएर सुनाउँदा, अभ्यास गराउँदा भाषा, साहित्य सिकाउन धेरै नै मद्धत गर्छ । त्यसैले थारू बालगीतहरू आउन निकै जरुरी देखिन्छ । तर थारू सङ्गीत जगत्मा बाल गीतको खडेरी नै छ भन्दा फरक नपर्ला । इन्दु थारूको शब्द र निर्देशन अनि सीएल चौधरीको संगीत संयोजन, मनिष थारू र मिस्मिता चौधरीको गायन रहेको ‘हमार बाल अधिकार’ नामक् थारू गीत रेकर्ड भएको पहिलो थारू बालगीतको रुपमा चिनिन्छ । यो गीत सन् २०१९ मा रेकर्ड भए पनि युट्यूबमा सन् २०२१ मात्र अपलोड भएको हो ।  भिन्सरहिया उठ्क ग्वाबर ना करहाउ आने घर छेगरि भेरि चरहाइ ना पठाउ स्कुल पठाउ ग्यान गुनके बाट सिखब पह्र लिख पैना ट हो बालअढिकार सजना, माँगर, ढमार गिट गैना मन लागठ सखिया, झुमरा मँुगरहवा फे नच्ना मन लागठ यो गीतले बालबालिकाको हक अधिकारको कुरा गरेको छ । २०७८ माघको दोस्रो सातामा हमार म्यूजिक बगियाको युट्यूब च्यानलबाट ‘बेबी आउ ना खेले’ भन्ने गीत अपलोड भयो जसमा शेखर (छोटा ¥यापर) नाम गरेको नाबालकको दुरुपयोग भएको देखिन्छ । उनले ‘नाच छैली नाच’ जस्ता थारू ¥याप गीत पनि गाइसकेका रहेछन् । यी दुबै गीतमा उमेरभन्दा भारी शब्द उनलाई गाउन लगाइएको छ । यस्ता गीतसंगीतले बालबालिकामा नकारात्मक असर त पर्छ नै बालमस्तिष्कले भविष्यमा कस्तो आकार लिन्छ ? सोचनीय विषय हो । बालबालिकालाई कस्तो गीतमा सहभागी गराउने हामीले सोच्ने बेला आएको छ । यो पक्कै पनि गम्भीर विषय हो ।  अर्को थारू बालगीत ‘उक्रुङ्ग बुक्रुङ्ग’ (सन् २०२०) इन्दु थारूकै शब्द, सङ्गीत, अनि निर्देशन, सी.एल चौधरीको संयोजनमा रहेको यो गीतमा मनिष थारू र अमृता चौधरीको आवाज रहेको छ । यसपछि कुनै पनि थारू बाल गीतहरू सुन्नमा आएनन् । संगीतकार सीएल चौधरकिा अनुसार अब चाँडै नै इन्दु थारूकै शब्द रहेको अर्को बालगीत ‘हमन जन्ना हक बा’ रेकर्ड भई रिलिज हुने तयारीमा छ । थारू समुदायले पनि नयाँ पुस्ताहरूलाई थारू गीत सङ्गीतको अभ्यास गराउन आवश्यक छ । थारू बालबालिकाहरूलाई मौका दिए उनीहरूले पनि यस क्षेत्रमा टेवा पु¥याउन सक्छन् । यसो गर्दा हाम्रो गीत सङ्गीत, भाषा, संस्कृति सधैँ जीवित रहनेछ । अनि नयाँ पुस्ताले थारू सङ्गीतको माटोलाई मलिलो बनाउन कहिले कसर छाड्ने छैनन् ।  ६. आधुनिक प्रभाव पछिल्लो समय केहि थारू साँस्कृतिक गीत आए तापनि आधुनिक गीत नै हाबी बनेको छ । अहिले युट्यूबमा थारू ¥याप गीत सर्च गर्ने हो भने छ्याप्छ्याप्ती पाइन्छन्, जुन सबैजसो बेअर्थका शब्द संयोजन गरिएका छन् तर अपवादमा भने ‘कमैया’ शीर्षकको गीतले ¥यापमा नै थारू समुदायको कथा उठाएको छ, जसलाई राम्रो प्रयास मान्न सकिन्छ ।  थारू सङ्गीत अझै पनि एउटै धारमा बगिरहेको छ । यसो झट्ट मात्रै सुन्ने हो भने थारू गीत सुनेको भान हुँदैन । आधुनिक प्रभावले मौलिक स्वादको अभाव देखिन्छ । माया प्रेमका गीतहरू अधिक मात्रामा फस्टाइरहेको छ । ‘आदिवासी थारू हम्रे’, कौनो किल्लामे नै छुट्लि जस्ता केही अपवादका गीतहरूले मात्र पहिचान अनि अधिकारका कुरा उठाएको छ । थारू इतिहास, कमैया कमलरीको कथाव्यथा बोकेको रेशम चौधरीको थारू फिल्म ‘कमैया’ मा समावेश गीत ‘माटिके ओरहौना, माटिके बिछौना’ सुन्दा सायद जो कोहीको मन भक्कानिन्छ ।  ‘लाल लाल बायो, सबके रगटवा कोहि मालिक, कोहि कमैया हो’ उनले गीतमार्फत् सबैको रगत रातो छ, तर कोही मालिक त कोही कमैया किन ? भन्ने प्रश्न गरेका छन् । तर अहिले साँच्चै उनलाई सरकारले कमैयाकै व्यवहार देखाएको छ । पहिचान रहे मात्र हाम्रो अस्तित्व रहन्छ । के हामी थारू अधिकारका लागि पछि हटिरहेका त छैनौँ ? वास्तवमा कमैया फिल्मका गीतले जति थारू समुदायको आवाज बोलेको छ, अरु थारू सिनेमामा खास थारू मौलिकता भेटिदैन । सबैभन्दा बढी थारू सिनेमा बनाउने परशुराम चौधरी लगायत थारू फिल्म निर्माताहरूको यतातिर ध्यान जानु जरुरी देखिन्छ ।   ७. उपसंहार पहिले पुर्खाहरूले रातीदेखि झिसमिसे बिहानसम्म पनि गाउँथे । विभिन्न चाडपर्व अनुसार गीतहरू गाइन्थ्यो र बाजा बजाएर नाच्ने गरिन्थ्यो । अहिले गाउँमा पुर्खाहरूले गुनगुनाउने ती धुनहरू सुन्न पाइदैन । अनि धुनसँगै लय मिलाउँदै लहङगा फरफराएर कसले नाचिदिने ? नयाँ पुस्ताहरू यहाँ डिजेकै धुनमा कम्मर मर्काइरहेका छन् ।  आधुनिकताको नाउँमा थारू गीत सङ्गीतले विकृति र विसङ्गतिको रुप लिइरहेको छ । थारू मौलिकपन बोकेको लोकगीतहरू नयाँ पुस्तामा हस्तान्तरण हुनुको साटो ओझेलमा परिरहेका छन् । परम्परागत गीतलाई आधुनिकताले छोपेर क्यासेट नृत्यले ओझेल पार्दैछ । यसको संरक्षणका लागि यी लोकगीतको प्रतियोगितादेखि रेकर्ड पनि गरिनु आवश्यक छ । समय परिस्थिति अनुसार परिवर्तन हुन जरुरी छ तर पहिचान नै भत्किने गरी परिवर्तन भए थारू गीत सङ्गीत भविष्य ओझेलमा पर्नेछ । त्यसैले थारू गीत संगीतलाई आत्मसत, संरक्षण गर्ने जिम्मा एवम् कर्तव्य अब नयाँ पुस्ताको हो ।  सन्दर्भ सामग्री थारू, फनि श्याम । २०७० । थारू लोकसांहित्यः एक अध्ययन, सुनसरीः श्यामाकुमारी  थारू । दहित,  गोपाल    । २०६२ । थारू संस्कृतिको संक्षिप्त परिचय, ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।  दहित,  गोपाल र कृष्णराज सर्वहारी     । सन् २००६ । बिब्लियोग्राफी अफ इन्डिजिनियस इथ्निक थारू ।  काठमाडौंः थारू बौद्धिक तथा राष्ट्रिय अनुसन्धान केन्द्र नेपाल । दिवस, तुलसी र प्रमोद प्रधान (सम्पा.)  । २०६५ । थारू लोक वार्ता तथा लोक जीवन, काठमाडांैः नेपाली लोकवार्ता तथा संस्कृति समाज ।  स्रोतः स्मारिका २०७९ (पृ.९३–९७), थारू आयोग