बनायौ विधान अनि भन्ने संविधान ?

बनायौ विधान अनि भन्ने संविधान ?

४०८ दिन अगाडि

|

१६ साउन २०८१

च्याक्पालुङ्गमा भेटिएनन् च्याक्पाहरू

च्याक्पालुङ्गमा भेटिएनन् च्याक्पाहरू

४१३ दिन अगाडि

|

११ साउन २०८१

च्याक्पालुङ्ग शब्द आफैमा अनौठो छ र त यसले चर्चेको विशाल पठार क्षेत्रलाई पनि च्याक्पालुङ्ग भनिन्छ । यो पठारसँग ऐतिहासिकालीन रेशमी राजमार्ग र कर्नालीको विशाल खस साम्राज्यलाई सम्पन्न बनाउने उत्तर दक्षिण राजमार्गलाई काखमा राखेको लामो स्मृति छ । तर, यो कुरा पछिल्लो पुस्तालाई जानकारी नहुँदा एक विस्मरणको कथा बन्दै गएको छ । यस आलेखमा यस बारेमा केही मात्रामा भए पनि चिनाउने प्रयास गरिएको छ ।  लिमीको टाक्चीको काखमा रहेको पुल्की हिमालको काखबाट चाहे तपाई हिँडेर जानुस्, चाहे गुडेर जानुस् । सकिन्छ भने उडेर जानुस् तर एक पटक सकभर जीवनमा अवश्य जानुस् च्याक्पालुङ हुँदै लाप्चा भञ्ज्याङ्गको प्राकृतिक मनोरम तथा स्वर्गीय आनन्द लिन ।  के तपाईलाई थाहा छ यहाँ त महाभारत युद्ध सकिएपछि पाँच पाण्डवहरू यही बाटो भएर कैलाश पर्वततिर लागेका थिए । कुनैबेला राजा मान्धाता, ग्याल्बु गेशर, ग्याल्बु नोर्जाङ्ग, न्याओओम्फा, सेन्राव मिवो चे, दतात्रेय, व्यास, कपिल मुनि, पद्म सम्भव तथा हाडेखोली र अन्य धेरैहरू यो बाटो भएर आवत जावत गरे । यसका साथै देवराज, नागराज, अशोक चल्ल, पृथ्वी मल्ल, मलय वर्मा, बलिराज, सोभानसाई लगायतका योद्धाहरूले यहाँ पाइला हालेका थिए । यसैले पनि यो स्थान ऐतिहासिक स्थल पनि हो ।  यस ऐतिहासिक स्थलले विभिन्न प्रकारका पौराणिक गाथाहरू आफूसँग सँगालेर राखेको छ । खास गरी यो बाटो इतिहास पुरुषका साथै तेत्तीस कोटा देवदेवीहरूको धार्मिक तथा सांस्कृतिक पदमार्ग पनि हो । यो स्थान भाषिक पुरातत्व, सांस्कृतिक मानवशास्त्र, पर्यावरणीय, समाजशास्त्र आदिको खुला विश्वविद्यालय पनि हो । लिमी आफैमा अनौठो छ, अनमोल छ, अपरम्पार छ । लिमीमा पनि बैंक छ भन्दा हामी सबैलाई अचम्म लाग्ला तर लिमीमा व्यवस्थित बैंक छ, जसको लेखाजोखा स्थानीयहरूले वर्षमा दुई पटक सामुदायिक सभाबाट पारित गरेर जिम्मेवारी हस्तान्तरण र बाँडफाँट गर्ने चलन रहेको छ । यो प्रचलनले बैंकको सञ्चालन र परिचालन गर्ने हुनाले लिमीको स्थानीय भाषामा यसलाई ङुलखाङ्ग भनिन्छ । ङुलको अर्थ नगद र खाङ्गको अर्थ घर हुन्छ । यसको शाब्दिक अर्थ पैसा, नगद र रुपैंया राख्ने घर हो ।  यो व्यवस्था र प्रथाले लिमीको जनजीवन खोजीयोग्य बनाएको छ । हेर्न लायक भएको छ र छ स्पर्श गर्न पनि लालायित छ लिमी । यसलाई बैंक, वित्तीय संस्था र सहकारी संस्थाहरूभन्दा पनि अब्बल व्यस्थापनको नमुना मान्न सकिन्छ । यसले नगद र जिन्सी दुबै कारोवार गर्ने गरेको छ ।  लिमी गाउँको आफ्नै प्रकारको रेखठेक छ । आफ्नै किसिमको रीतिथिति रहेको छ भने आफ्नै प्रकारको चालचलन रहेको छ । र, त लिमी पृथक छ, अनौठो छ, अनमोल छ । मौलिक छ लिमी ।  लिमीको शाब्दिक अर्थ भनेको दोभानको बस्ती हो । यहाँका तीनै गाउँ तीन साना ठूला हिमनदीको दोभानमा रहेका छन् । तर पनि यी तीनै गाउँ हालको अवस्थामा पुनर्वास भएर बस्ती भएको जानकारी स्थानीय स्तरमा खोजी गरिएका विभिन्न कारणहरूले प्रमाणित हुन्छ ।  यहाँ आधुनिक डाक्टर हैन कि आम्चीको हात र साथमा विश्वास गरिन्छ । गोर्खालीको हैन, सचिवको उपस्थिति रहेको छ । शिक्षक हैन, स्थानीय गुरुको भरोसा छ । नेपालमा लामो समय स्थानीय चुनाव भएन तर लिमीमा त्यो समयमा चार पटक स्थानीय चुनाव भएर आफ्ना जनप्रतिनिधिहरू छान्ने गरिएको प्रमाण छ । संघीयतापछि समायोजनको नाममा गाउँमा भएका विद्यालयहरु बन्द गरेर बालबालिकाको पढ्न पाउने अधिकारलाई गाउँको सिंहदरबारले बञ्चित गरेको छ ।  यहाँको भूगोल पाँच हजार मिटरको अग्लो स्थानमा रहेका छन् । यी हिमालका काखहरूमा विशाल र सुवासित जडिबुटीहरूको मगमग बास्नाले मन्त्रमुग्ध गराउँछ । हिउँदको समयमा चीसो चीसो सिरेटोमा हिउँको काम्लो बिच्छ्याइएको हुन्छ । तर पनि हिउँद होस् कि बर्खा, यहाँ कम्तीमा पनि १५÷२० नटको हावाले निरन्तर स्वागत गरिरहेको हुन्छ, मात्र समय र मौसम फरक । यसको काखमा हजारौं प्रकारका जडिबुटीहरूले सजीव तथा निर्जीवहरूलाई जीवनदान दिने गरेका छन् । हिउँदमा त सम्भवतः माइनस २० देखि ५० डिग्रीसम्म तापक्रम हुन्छ । बाहिर चिसो, भित्र तातोमा पलपल बातो हाल्ने अर्थात् मानवीय स्पर्शले बाँचेको हुन्छ ।  यहाँ १२ सय वर्ष पुरानो बौद्ध धर्म भित्रको बज्रयान सम्प्रदायको एक हाँगो डिगुंग कग्युत बौद्धमत जीवन्त रहेको छ । यो गुम्बाको खास नाम रिन्छेलिन थुक्थने डिगुंग कग्युत गुम्बा रहेको छ । यहाँ मनाइने चाडपर्व तथा उत्सवहरूमा लोसार, रिम्जा, मिल्हो, काङनी, बुस्याक, दुईसोमा, जीप्चुसिग्र्वा, सेदुई, गलित आम्ज्यात, रिम्जु, कुन्टीक, माने, कन्ग्युर, तन्ग्युर, नारोक, सोल्गा, धिरीम, च्याज्याम, सेर्बु रेक्री री स्याक, ग्याल्बु ग्यापु र टासी ज्याल्दार र म्हिपुयोक्ताहरू रहेका छन् ।  यहाँ १२ सय वर्ष पुरानो बौद्ध धर्म भित्रको बज्रयान सम्प्रदायको एक हाँगो डिगुंग कग्युत बौद्धमत जीवन्त रहेको छ । यो गुम्बाको खास नाम रिन्छेलिन थुक्थने डिगुंग कग्युत गुम्बा रहेको छ । विशेष गरी लिमी गाउँमा एक दिनदेखि ४५ दिनसम्म मनाइने चाडपर्वहरू रहेका छन् । यी पर्वहरूमा शुभ तथा अशुभ कामका लागि विभिन्न प्रकारका रहेका छन् । हिउँदको समयमा लिम्यालहरू यसैमा व्यस्त हुन्छन् ।  कालान्तरमा हुम्ला जिल्ला विशाल १२ भोट ङरी, गुगे, मङयुल, पुराङ लगायतका तिब्बती क्षेत्रहरूको लागि अन्नदाता थियो । हुम्ला जिल्लाका विभिन्न गाउँठाउँहरूबाट विभिन्न प्रकारका अन्नबालीहरू लिएर नुन तथा ऊनसँग साट्ने चलन थियो । चीनमा साम्यवादी शासन आएपछि भोकमरी हुने तिब्बतको राजनीतिक र सामाजिक जनजीवन एकै पटक माथि उठ्यो, आयातकर्ता निर्यातकर्तामा फेरिन पुग्यो । नाइकोर्बाहरू गुम्बाका धार्मिक सेनाझैं थिए । पछि पछि भोकमारी हुँदा उनीहरू अनुचित काममा संलग्न भएर परिभाषा पनि फेरियो । यिनै नाइकोर्बाहरूले स्थानीय ब्यापारीहरूबाट लुटेर लिएका सामग्रीहरू केही प्रतिशत अनिवार्य गुम्बारू दिनुपर्ने वाध्यकारी प्रावधान रहेको थियो । तिब्बतका स्थानीय गुम्बाहरूको संरक्षण गर्न नाइकोर्बाहरूको व्यवस्था गरिएको हुन्थ्यो, जसलाई धार्मिक सेना पनि भनिन्थ्यो ।  यी नाइकोर्बाहरूलाई घोडा चढ्न, तरबार तथा अन्य विभिन्न प्रकारका कुराहरूको तालिमको अनिवार्य व्यवस्था गरिन्थ्यो । यिनीहरूलाई शक्तिशाली गुम्बाहरूले वर्षभरीका लागि अन्नपात र अन्य सामग्री संकलन गर्न आधिकारिक रुपमा पञ्चछापको व्यवस्था गरिएको हुन्थ्यो । यो वा त्यो काम सफलताका साथ दिने हिमालको एक विशाल चौर, पठार क्षेत्रको नाम पटक पटक फेरिए पनि हालसम्मको एक मात्र चर्चित नाम हो च्याक्पालुङ्ग ।  कालान्तरमा हिमाल वारपार व्यापारको आधार स्तम्भ बनेको लिमी पशुपालन व्यवसाय र वस्तुविनिमय प्रणालीको मुख्य स्थान मानिन्थ्यो । तर, चीनको बढ्दो आर्थिक प्रगतिको चेपुवा र साम्यवादी शासनको प्रभावमा परेर यताको व्यापार प्रणाली धराशायी भएको छ । यसले यहाँका स्थानीयहरूलाई अरु ठाउँमा सकभर स्थायी रुपमा नभए, अस्थायी रुपमा भए पनि बसोबास गर्न गराउन वाध्य बनाएको छ ।  अबका केही दशकमा लिमी मानववस्ती विहीन हुने आशंका बढ्दै गएको छ । शहर गएको जनशक्ति गाउँ फर्केर ध्वाँग अर्थात् स्थानीय स्तरमा बस्नुभन्दा पनि विदेश पलायन हुने अवस्था आएको छ । पुरानाहरू आफू र आफ्नो मातृभूमिको मायामा कतिन्जेल धड्कन स्पर्श गरेर बस्ने हृदयविदारक कुराहरू छचल्कन थालेका छन् ।  तिब्बतसँग जोडिएका उर्बर र पोषिला चरन क्षेत्रहरू पशुवस्तुको लागि निषेध भएपछि लिम्यालहरूको जनजीवनमा भुँईचालो गयो । नयाँ व्यवसायको खोजीतिर लाग्न वाध्य भएका लिम्यालहरूले चीरु र फुरुतिर हात लम्काए । यो एक खोजी भए पनि सबै लिम्यालका लागि यो सम्भव भने छैन । यहाँको कष्टकर जीवनमा व्यथा थपिएको छ । जेथा हराएको छ । समाजमा विभेदको रेखा गहिरो रुपमा कोरेको छ । यसको स्पष्ट दरार फुरु र चिरु हो । अब त गाडी पुग्यो । साडी पुग्ने अवस्थामा छ र राडी भने हराउँदै गएको छ । साँच्चै स्थानीय जनशक्तिले प्रयास नगरेमा लिमी लिमी मात्र नभएर रिमिझिमी अर्थात् वेहाल हुने अवस्थामा रहेको छ ।  बाहिरबाट जाने मानिसहरूका लागि यहाँका सबै कुराहरू अनौठो लाग्दछन् । उच्च भूगोल भित्रको यो मानव वस्तीमा न त सञ्चार छ, न त सरकारको कुनै निकाय छ । न त देश छ, न छ कुनै सेवा सुविधाहरूको निमेष । मात्र छ नागरिकताको खोस्टोको अधमरो प्रमाणपत्र । यसले त झन् व्यथाको कथा बोकेको छ । कथाको व्यथा बोकेको छ । राजधानीवासीका लागि यो क्षेत्र, यो भूगोल, यो सामज, यो गाउँ, यो ठाउँ अनकण्टार रे । तर, लिम्यालहरूको बोलीमा त राजधानी र सदरमुकाम पो त दुर्गम हो । त्यहाँ न त मानवीय संवेदना छ । न त मानवता छ तर पनि मानववस्ती भने रहेको छ । बाहिर जति सुन्दर छ, भित्र त्यति कुरुप छ । अहिले पनि नागराजको पालादेखि अन्तिम खस राजा र बलिराजका उत्तराधिकारीहरूले पञ्च छाप लगाएको रीतिथितिहरूबाट नै यहाँको समाज चलेको छ । यहाँको रेखठेक सञ्चालनमा रहेको छ । यहाँको राठा अर्थात् थितिबन्द बसेको छ । वर्षको एक पटक कार्तिक महिनामा लिम्यालहरूको सामुहिक कचहरी बस्छ । एक वर्षका लागि गाउँको रेखठेकका लागि बन्दोवस्त हुन्छ । यसलाई स्थानीय लामा भाषामा लाईजेन चिटुट भनिन्छ । तिनको यो सभा वर्षको दुई पटक बस्ने गर्दछ ।  विसं २०१८ सालमा भएको उत्तरी सीमाको रेखाङ्कनमा सीमा निर्धारण गर्दा लिमी क्षेत्रको उर्बर, पोषिलो र राम्रो चरन क्षेत्र तिब्बती भूभागमा परेकाले वर्षेनी लिमी क्षेत्रको पशुवस्तुहरू घटाउँदै जानुपर्ने र भएका पशुवस्तुहरू चरिचरन गरेवापत चरन कर पनि तिर्नुपर्ने अवस्थाले लिमीमा केही वर्षपछि त घरेलु कामका लागि प्रयोग हुने पशुवस्तुहरू पनि पाउन मुस्किल हुने देखिन्छ ।  हुम्लाको नाम्खा गाउँपालिकाको लिमीमा चरिचरनको समस्याले गर्दा जीविकोपार्जनको मुख्य पेशा पशुपालन व्यवसाय संकटमा परेको छ । यसबाट लिम्यालहरू पुराङको कामदार बन्न बाध्य भएका छन् । नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको तीन गाउँमा धेरै मात्रामा कुमारी आमाको घर अर्थात् पुङदाङमा खाङ पाउन सकिन्छ । यहाँ मातृसत्ता जस्तै नारीले पुरुषलाई आफ्नो घरमा र आफू खुशी प्रयोग गर्न सक्छन् । धेरै पुरुषहरूलाई आफ्नो चाहनाअनुसार माक्पा अर्थात् घरज्वाँई ल्याउने प्रचलन धेरै रहेको छ ।  पछिल्लो समय शासन सत्ता र विश्व परिवेशअनुसार पुरुषहरू पनि शक्तिशाली र निर्णायकको रुपमा स्थापित भएका छन् । कुमारी आमाले जन्माएको सन्तानलाई पोङता भनिन्छ । यिनीहरू १६ वर्ष नहुँदासम्म सभासमारोह र गाउँको सामाजिक काममा सहभागी हुन नपाउने स्थानीय परम्परा रहेको छ ।१६ वर्षपछि बल्ल बाबुको आलोटालो पाएपछि टोङचुको रुपमा स्तर वृद्धि हुने गर्दछ ।  यी कुमारी आमाहरूले चाहेमा आफूले चाहेको लोग्ने मानिस ल्याउन र पठाउन सक्ने परम्परा रहेको छ । नचाहेमा एक्लै पनि बस्न सक्छन् । नेपाली समाजमा कुमारी आमाबाट जन्मेका सन्तानलाई हेयको दृष्टिले हेरे पनि यहाँ भने सम्मानित स्थान दिइएको छ । समाजमा कुमारी आमा शक्तिशाली छन् ।  हिमाल पारीको गाउँको रुपमा परिचित नाम्खा गाउँपालिकाको वडा नं ६ मा पर्ने तीन गाउँ लिमीको तील, हल्जी र जाङ्गमा वर्षको एक बाली मात्र अन्न पाक्दछ । तर, पछिल्लो समय लिमीमा मानिसहरू चीनको स्वाशासित क्षेत्र तिब्बतको पुराङ तालाखारबाट बन्दोबस्तीमा विभिन्न प्रकारका सामानहरू सहज रुपमा आयात गर्न सकिने भएको छ । त्यसैले पनि स्थानीय स्तरमा हिमाली हावापानीमा पाक्ने नाफल, उवा, चोती, कोइरा र तोरीको खेती गर्न गराउन अल्छी गर्ने भएकाले स्थानीय बालीनालीका बीउ पाउन गाह्रो भएको छ ।   यहाँ अहिले पनि नागराजको पालादेखि अन्तिम खस राजा र बलिराजका उत्तराधिकारीहरूले पञ्च छाप लगाएको रीतिथितिहरूबाट नै यहाँको समाज चलेको छ । यहाँको रेखठेक सञ्चालनमा रहेको छ । यहाँको राठा बसेको छ । वर्षको एक पटक कार्तिक महिनामा लिम्यालहरूको सामुहिक कचहरी बस्छ । एक वर्षका लागि गाउँको रेखठेकका लागि बन्दोवस्त हुन्छ । बाहिरबाट जाने मानिसहरूका लागि यहाँका सबै कुराहरू अनौठो लाग्दछन् ।  च्याक्पालुङ्ग शब्दलाई नेपालीमा रुपान्तर गर्दा यसको अर्थ डाँका, चोर लाग्ने ठाउँ हुन्छ । जब चीनले तिब्बतलाई स्वशासित बनायो । त्यहाँको आर्थिक, सामाजिक तथा प्रशासनिक अवस्था राम्रो भएपछि यस्ता कुराहरू अहिलेको पुस्तालाई एकादेशको कथा मात्र भएको छ ।  हो, आजभोलि नाम्खा गापाको वडा नं ६ लिमीमा पर्ने च्याक्पालुङमा न त च्याक्पाहरू छन्, न त छन् नाइकोर्बाहरू । तर नेपालभरी विभिन्न प्रकारका विकास आउने च्याक्पाहरूको बिगबिगीले नेपाललाई नै गरिब बनाएको छ । यस्ता च्याक्पाहरूलाई चिनेर समयमै कारवाही गर्न सकेमा विकासमा लाग्ने धिउरो र किराहरू निर्मुल हुनेछ । समयमै चिनेर सामाजिक बहिष्कार गरौं । लिमीले शुरुवात गरेको लाप्चा लिमी सडकको काम सम्पन्न भएको छ । यहाँ नम्बर बिनाका नेपाली र चिनियाँ गाडीहरू सञ्चालन हुँदा लिम्यालहरूलाई केही मात्रा सेवा सुविधा थपिएको छ । तर पनि नेपाल सरकारले आफ्ना नागरिकका लागि सरोकारका कुरामा ध्यान नदिंदा प्रशासनिक तथा कानुनी बाधाहरू समाधान गर्नुपर्ने आवश्यक देखिन्छ । अब नडराउनुस् च्याक्पालुङ्गमा च्याक्पा अर्थात् डाँका, चोर, ठग र फटहाहरू हैन कि कैलाश मानसरोवरमा दर्शनार्थी बनी दर्शन गर्न जाऔं ।  प्रत्येक शुक्रवार प्रकाशित हुने हुम्ला डायरीका स्तम्भकार कर्णबहादुर रोकाया, ग्रामीण पत्रकारितालाई आधार बनाएर कर्नाली प्रदेशको हुम्ला जिल्लाबाट साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहनु भएको छ । 

एमाले–काँग्रेस गठबन्धनः गोर्खाली राज्यसत्ताको यथास्थितिवादी मोर्चा ?

एमाले–काँग्रेस गठबन्धनः गोर्खाली राज्यसत्ताको यथास्थितिवादी मोर्चा ?

४२३ दिन अगाडि

|

१ साउन २०८१

एमाले–काँग्रेस गठबन्धन नेपाली राजनीतिको नौलो अभ्यास होइन । संविधान निर्माणको लागि पहिलो संविधानसभा देखि नै यसखाले प्रयोग हुँदै आएको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकार पतन गराउन एमाले–काँग्रेसको गठबन्धन तयार भयो । यो गठबन्धन नेपाली राजनीतिमा सरकारको स्थायित्व प्रदान गर्नको लागि भएको सैद्धान्तिक बुझाई छ । तर, रणनीतिक रुपमा दुईदलीय राजनीतिलाई कायम गरेर भविष्य सुनिश्चित गर्न तयारी गरेको सहजै बुझ्न सकिन्छ ।  जस्तो  कि थ्रेस होल्ड ३ प्रतिशतबाट ५ प्रतिशत पुर्याउने एजेन्डामा दुवै दल सहमत रहेको धेरैले अनुमान गर्न थालेका छन् । यदि थ्रेसहोल्डमा बढोत्तरी गर्न सके पहिचानको आन्दोलन गर्दै आएका जुनकुनै राजनीतिक दल आफ्नो कद बढाउन सक्ने छैन ।  सर्वप्रथम माधव नेपालको नेतृत्वमा एमाले–काँग्रेस गठबन्धन २०६६ सालमा बनेको थियो । त्यसवेला पुष्पकमल दाहालको नेतृत्वको संयुक्त सरकार ढलेको थियो अहिलेको जस्तै । मधेशी जनअधिकार फोरम दुई टुक्रा हुन पुग्यो । त्यस बखत विजय गच्छदारले नेतृत्व गरेको फोरम (लोकतान्त्रिक) उक्त सरकारमा सहभागी भयो । टुटफुटको श्रृङ्खला शुरु भएको अवस्था थियो । यो प्रक्रिया स्थायी सरकारको लागि थिएन र पहिलो संविधान सभाको विघटनको आधार बन्यो । अन्ततः डा बाबुराम भट्टराई नेतृत्वमा रहेको सरकारले संविधान जारी गर्न सकेन र १५ जेठ, २०६९ मा संविधान सभा विघटन भएको थियो ।  दोश्रो संविधान सभाको चुनाव २०७० मंसिर ४ गते सम्पन्न भए पनि विश्लेषक सीके लालको मत अनुसार त्यो त विधान सभाको चरित्र बोकेको देखिएन । त्यसबखत पनि एमाले–काँग्रेसको गठबन्धन बन्नुका साथसाथै राप्रपा जस्तो मजबुत सहयोगी त्यो विधान सभामा कृत्रिम रुपले खडा गरे । पहिलो संविधान सभाको सहमति जम्मै उल्टाएर एक थान संविधान जारी गरेको थियो । देशको अधिकांश जनता यसलाई अस्वीकार गर्दा एमालेका शंकर पोखरेलको टिप्पणी थियो कि कालो मानिसले कालो दिन मनाउँछ । जबकि उनीहरुले नै उत्कृष्ट भनेको संविधानमा जाति, वर्ण, लिङ्ग तथा क्षेत्रको आधारमा  भेदभाव गरिनेछैन भनी उल्लेख छ ।  सीमान्तकृत तथा वहिष्करणमा परेका मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम त्यसलाई विधान सम्झे, शासन गर्नका खातिर १९१० मा जंगवहादुरले ल्याएको मुलुकी ऐन जस्तै । गोर्खा राज्यसत्ता मजबुत बनाउने पृथ्वी नारायण शाहको सच्चा उत्तराधिकारी यिनीहरु सावित हुँदा राजनीतिको खेलको नियम बदल्न नयाँ पावरम्याट्रिक्स चाहिएको हो । त्यसैले वहस अब संविधान संशोधन रहेन । विधान सभाले जारी गरेको कथित संविधान साँचिक्कै संविधानमा रुपान्तरण गर्न केन्द्रित हुनुपर्छ । अर्थात् वहुलराष्ट्रियताको यथार्थता बोकेको नेपाली जनताको अपनत्व बोध हुने संविधान आवश्यक छ ।  एमाले–काँग्रेस गठबन्धनको निर्मम समीक्षा  नेपालको राजनीतिमा एमाले–काँग्रेस मिलेर राजनीतिक परिवर्तनमा भूमिका खेलेको विषय लुकेको छैन । त्यसलाई अझ यसरी बुझौं, जब जब यसखाले यिनीहरुको गठबन्धन बन्यो, नेपालमा व्यवस्था परिवर्तन गर्न सफल रहे । तर अवस्था परिवर्तन कठिन बन्यो । २०४६÷४७ सालको जनआन्दोलन वहुदलीय व्यवस्था पुनस्र्थापना गर्न सफल भए । संसदीय व्यवस्थामा दलतन्त्र फष्टाएर सबै क्षेत्र राजनीतिक प्रभावको चपेटामा पर्न गई तहसनहस हुने अवस्थामा पुग्यो । शिक्षा र स्वास्थ्य क्षेत्र व्यापार भयो । जनताको जनजीविका संकटपूर्ण हुँदै गयो । लोकतान्त्रिक अभ्यास राजनैतिक संस्कारविहीन हुन पुग्यो । पञ्चायती व्यवस्थाले वहिष्करण तथा सिमान्तकृत बनाइएका जनताको लागि अझ थप जोखिम ल्यायो । प्रतिस्पर्धाको नाममा उही वर्चश्वशाली समुदायका सम्भ्रान्तहरु हालिमुहाली गर्न थाले । खुलाबजार अर्थनीति अपनाएर राष्ट्रिय पूँजीपतिवर्गको हुर्मत लिए भने दलाल पूँजीपतिको उदय गराए । वहुराष्ट्रिय कम्पनी भित्र्याएर आदिवासी जनताको ऐतिहासिक भूक्षेत्र, जल, जंगल तथा जमीन हडप्ने सुविधा राज्यले प्रदान गरे । यही परिवेशमा पहाडी ब्राह्मणको गरिबी दर साठी प्रतिशतभन्दा बढीले कम भएको तथ्याङ्क छ । यही दरमा किन आदिवासी जनजाति, मुस्लिम, मधेशी, थारुलगायत कर्णाली क्षेत्रका जनताको गरिबी न्यून भएन ? विचारणीय सवाल छ ।  एमाले–काँग्रेस यथास्थिति कायम राख्न गठबन्धन गरेको देखिन्छ । हिजोसम्म तीन पटक यही संविधान संशोधन गर्दा उही चुच्चे नक्सा भएको नेपाल देखाउन लायक छ । महान राजनीतिक कर्म ठानेको एमाले–काँग्रेसको त्यो संविधान संशोधन घाँडो भयो । यिनीहरु जनजीविकाको सवालमा उदासीन रहेको तर्क के आधारहीन भन्न मिल्छ ? व्यापार घाटाले अर्थतन्त्र थलिएको छ र युुवाजनशक्ति चाहे शिक्षित होस् कि अशिक्षित कामको खोजीमा परदेश भौतारिनु पर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत हो त ?  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने अनुसार नेपालको प्रशासन, पानी र जवानी रोक्न सक्ने क्षमता विकास गरेन । यो तथ्यले के सावित गर्न सकिन्छ कि नेपाल आफ्नै विवेक र दक्षताले एमाले–काँग्रेसले भनेअनुसार राजनीतिक क्रान्ति सम्पन्न भएको ठहर हुन सकेन । तर फेरि के पनि सत्य हो भने पूँजीवादको लहरबाट नेपाल अलग रहन सक्ने अवस्था छैन । यही परिवेशको मनन आजको मूल चिन्तन विषय हो । भविष्यको बाटो एमाले–काँग्रेसको गठबन्धन कति दिन टिक्छ भन्ने सवाल गौण हो । यहाँ नेपाली राजनीतिको भविष्यको बाटो कस्तो होला भन्ने विषय छ । यिनीहरुसंग नेपाली जनतालाई लाभान्वित बनाउने योजना नभएको पक्कै होइन तर किन यो कार्यान्वयनका लागि उचित ठानेनन् ? के अब ती योजना कार्यान्वयनका लागि दिल्ली तथा बेइजिङसंग राज्य–राज्य विचको व्यापार गर्न तयार होलान ? व्यापार घाटा कम गर्न हिम्मत जुटाउलान ? कि उनीहरुलाई रिझाएर आफ्नो आफ्नो सरकार टिकाउन नतमस्तक होलान ? यी जीवन्त प्रश्नको उत्तर जनताले खोजेका छन् ।  पुष्पकमल दाहाल नेतृत्वको सरकार पाँचौ पटक विश्वासको मत लिन संसदको सामना गर्दा नैतिकताको प्रश्न उठ्यो । यही सवाल अब बन्ने एमाले–काँग्रेसको सरकारको लागि पनि हो । दिल्ली तथा बेइजिङसंग राज्य–राज्य बिचको व्यापार जनहितमा गर्न यिनीहरुले समेत नैतिक आधार गुमाइसके । शासनसत्ता उपर संकट पैदा नहोस् भनी यी तप्का दिल्ली र बेइजिङसंग पटक पटक सम्झौता गरी यहाँका सम्पदा तथा प्राकृतिक श्रोत जिम्मा लगाउने काम गरे । मौजुदा शक्ति क्षीण नहोस् भनी आफ्ना देशभरीका प्रतिस्पर्धीलाई तह लगाउन कुनै कसर बाँकी नराख्ने राज्य सम्भ्रान्तहरु देश कंगाल बनाउने बाटोमा अग्रसर भएका छन् ।  हालको गठबन्धन विगतको एमाले–काँग्रेस गठबन्धनसंग तुलना गर्दा यिनीहरुले भन्ने गरेको स्थायित्व दुईदलीय शासन व्यवस्थाको रणनीतिक सोंच हो । केही समय पहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कान्तिपुर दैनिकको एक अन्तरवार्तामा माओवादी केन्द्रलाई पोजिसन रोज्न संकेत गरेबाट अनुमान लगाउन सकिन्छ । नेपाली काँग्रेसले यसमा विमति जनाउने कुनै ठाउँ नै छैन । अबको तीन वर्ष यदि सरकार चल्न पाएको खण्डमा कि त बामपन्थी कम्युनिष्ट शक्तिहरु एक ठाउँमा आउने गरी शक्ति संचय गर्लान् अथवा प्रजातान्त्रिक काँग्रेसको चुनावी गठबन्धनमा रही केही सिट हासिल गरी आफ्नो गुनासो सुनाउने काममा समय कटाउलान् । अन्त्यमा, सरकार बनाउने र गिराउने खेलको स्थायित्व खोजी गर्दै गर्दा यी दुइटै दलका नेतृत्वसंग प्रष्ट भिजन नभएको बुझ्न सकिन्छ । गठबन्धन गर्दा सहमति जेसुकै गरुन्, यिनीहरुको जुन मिसन पुरा गर्न गठबन्धन गरिए अब त्यसलाई पुरा गर्न अग्रसर हुने देखिन्छ । तसर्थ हामी भ्रमबाट मुक्त हुनैपर्छ र बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको बाटोमा लामबद्ध हुन सक्नुपर्छ ।  बहुलराष्ट्रिय राज्य नेपाल स्थापना नगरी यहाँका विशिष्ट पहिचान बोकेका जनताको अपनत्व कायम गर्न कठिन छ । दोश्रो, लामो समयदेखि ऐतिहासिक भूक्षेत्रहरुमा साँस्कृतिक पहिचान बोकेका जनता स्वशासित हुन चाहेका छन् र तिनीहरुको चाहना सम्बोधन गर्न संविधानको पुनर्लेखन गर्नुपर्ने हो । यसका लागि अभियान, संघर्ष र विद्रोहको कार्यदिशामा केन्द्रिकरण सहितको हस्तक्षेप हुन जरुरी छ । अन्तर्राष्ट्रिय विधिशास्त्रको आधारमा  ऐतिहासिक साँस्कृतिक भूमिको रक्षा त्यस भूमिकामा प्रथम राष्ट्र÷आदिवासीको संरक्षकत्वमा हुने सर्वविदितै छ । पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र समाजवादी मोर्चा विपक्षी कित्तामा आएको हालको अवस्थामा पहिचान आन्दोलन थप पेचिलो बन्ने देखिन्छ । यही कारण हो कि भ्रमित बनाएर राजनीतिक दुनो सोझ्याउने काम सम्पन्न गर्न एमाले–काँग्रेस गठबन्धन बनाइएको होस् । बाँकी राजनीतिक दलहरुको पनि यसमा सहमति हुन सक्ला तर ‘भ्रमित बनाऊ र राज्य गर”को नीति अब निकम्मा भइसक्यो । आधुनिकताले ल्याएको प्रभाव तथा उत्तरसंरचनाको हालको युगमा नयाँ ज्ञानमिमांशा नै चाहिएको छ । मार्क्वादी ज्ञान मिमांशा र उदारवादी ज्ञान मिमांशा अब अपूर्ण भएको महसुस गरिंदैछ । नयाँ एसियाको परिकल्पनामा समय प्रवाह अगाडि बढेको देखिन्छ । भारत र चीनको विचमा रहेको नेपाल आफैंमा एउटा केन्द्र बन्नु नयाँ ज्ञानको मूलश्रोत हो । त्यसको लागि हाम्रो सोच्ने तरिका फरक चाहिन्छ । शुरुमा एकाइशौं शताब्दीमा आफ्नो केन्द्रिय पोजिसन कायम गर्न विश्वकौ नक्सा रोटेसन गरेर हेर्न सक्नुपर्छ । त्यसबाट हामी पनि लाभान्वित हुन सक्छौं र नयाँ राजनीतिक शक्तिको अभ्यास अब औपनिवेशिकता विरुद्ध केन्द्रित हुने स्पष्ट मान्यता चाहिएको छ ।  वर्तमान गठबन्धनको सरकार र गोर्खाली राज्यसत्ताको खेलको नियम बदल्न अग्रसर हुनैपर्छ । त्यसको लागि शक्ति विन्यासको सैद्धान्तिक आधार खोजी गर्न सक्नुपर्छ । साथै, एकल राष्ट्रियता विरुद्ध बहुलराष्ट्रियताको संघर्ष घनिभूत बनाउँदै जानुपर्छ । शक्ति संचयको लागि अभियानमार्फत् सम्वादात्मक कार्यलाई निरन्तर अगाडि बढाउने र संघर्ष शक्ति सन्तुलनको आँकलनसहित गर्दा अन्ततः स्वशासन त कसो अभ्यास नहोला र ? यसबाट समान जनता समृद्ध राष्ट्रकोे परिकल्पना साकार पार्न सक्छ । यस कारणले राष्ट्रिय मुक्ति क्रान्ति सबैको साझा ठहर भएको छ, जसले एमाले–काँग्रेसको यथास्थितिवादी मोर्चा नाकाम बनाउने तागत निर्माण गर्न सक्नेछ ।    

युगले बिर्सेको जोधा कालीराम थारू

युगले बिर्सेको जोधा कालीराम थारू

४३९ दिन अगाडि

|

१६ असार २०८१

पोमराज शर्मा पञ्चायती कालमा जन्म भयो । पञ्चायती कालमै सारा बालाजोवन पुर्खाको बिर्तावाल नयाँ मुलुकमा रम्दै रमाउदै यहीकै धुलोमाटोमा साइनो गाँस्दै यौवन अवस्थाका झरिला र भरिला सपनाहरु यसैमाटोमा रोपियो। ती सपनाहरुमध्ये कति उम्रन नपाउदै यसै माटामा विलिन भए, कति उम्रेर पनि फुल्न फल्न नपाउदै अभाव,अनिकाल र अवसरविहिन मौसमले आफैसँग साथैमा लिएर गयो । अवस्था र व्यवस्था अनुकूलको अवसर अनि घरायसी वातावरणले साविकको मगरागाडी गाउँ पञ्चायतको जयनगरमा बसेर आफ्नो भविष्य खोज्ने प्रारम्भिक पढाइ अंशुवर्मा मा.वि.मा सुरुवात गरियो । कुरा वि.सं.२०३७ सालतिरको हो, जति खेर कक्षा १ को अनौपचारिक शिक्षा थालनी गरिएको थियोे । बर्दिया जिल्लामै राजनीतिक रुपले सुपरिचित क्षेत्र भएकाले सानैदेखि खुला तथा प्रतिवन्धित राजनीति नबुझी नबुझी नजिकबाट सुन्ने र देख्ने अवसर घरबाटै प्राप्त भयो । बहुदल निर्दलको जनमत सङ्ग्रह होस् वा ४० सालको वम विस्फोट घुर्मिलो घुर्मिलो आवाज सुनिएको थियोे । विद्यालयको रुग्ण भौतिक अवस्था सुधार गर्न मगरागाडीका तत्कालीन थारु जोधा श्री रामकिसुन थारु र कालीराम थारुले आफ्नो  बलबुताले प्रयास गरेका थिए । पञ्चायती व्यवस्थाका कट्टर समर्थक रामकिसुन थारु अनि बहुदलवादी कालीराम थारुबिच आपसी टकराब बढ्दै गयो । यसैबिच गाउँ पञ्चायतको आवधिक निर्वाचनको समय नजिकियो। त्यस बेलाका अंशुवर्मा मा.वि.का प्रधानाध्यापक बामदेव गौतम,स्व.शिक्षक देव रानालगायत बहुदलवादी नेता गोपाल गिरी, सर्जुप्रसाद राजी लगायतको आन्तरिक सल्लाहबमोजिम विद्यालयका सम्पूर्ण विद्यार्थी ,शिक्षक ,प्रजातन्त्रनावादी तथा वामपन्थी सम्पूर्ण जनसमुदाय कालीराम थारुको पक्षमा लागेर निर्वाचनको प्रचारप्रसार गरेको हिजो जस्तो लाग्छ । त्यसबेला कालीराम थारुलाई सबै मिलेर जिताउने अनि कालीराम थारुले आफ्नै लगानीमा विद्यालय भवन निर्माण गरिदिने आन्तरिक सहमति भए बमोजिम बाल्यकालमै उहाँको निर्वाचन चिन्ह माछा गाउँघरका भित्तामा मेरा कोमल हातले पनि बनाउन हौसिएका थिए । निर्वाचन भयो, थारु प्रजातन्त्रवादी जोधा कालीराम थारुले अत्यधिक मतले विजय हासिल गर्नु भयो र सम्झौता बमोजिम विद्यालय भवन निर्माण कार्य पनि प्रारम्भ भयो । तत्कालीन पञ्चायती शासनको दवाबमा कामलाई बिचैमा अर्धमृत बनाइयो तर कालीराम थारुको निडर स्वभावले कालान्तरमा उक्त भवनले पूर्णता पाइ छाड्यो। थारु जोधा स्व.कालीराम थारु शिक्षा क्षेत्रमा मात्र नभइ तत्कालीन अवस्थामा धधवार,मगरागाडी गाउँपञ्चायतका आम किसानका कृषक नेता पनि थिए । कृषि कर्मका लागि परम्परागत कुलापानी व्यवस्थापनका लागि पनि उहाँको नेतृत्वदायी भूमिका अविस्मरणीय रहेको छ। बबई सिचाइ आयोजना लागू नहुदा यस क्षेत्रमा कुलापानीको प्रमुख अर्थात् चौधरी भइ किसानलाई बबईबाट परम्परागत कुलो खनी बाह्रैमास सिचाइको व्यवस्थापनमा उहाँको ठूलो हात रहेको थियोे । सारा गाउँबासीको नेतृत्व गर्दै परेवा ओडारदेखि उत्तर बबई नदीमा परम्परागत शैलीमा बाँध बाँधेर ढुङ्गेबगरमा कुलो खनाइ  कुलापानी चलाउनु उहाँको वर्तमानको इन्जिनियरिङ भन्दा कम थिएन। सारा गाउँबासीको नेतृत्व गर्दै परेवा ओडारदेखि उत्तर बबई नदीमा परम्परागत शैलीमा बाँध बाँधेर ढुङ्गेबगरमा कुलो खनाइ  कुलापानी चलाउनु  कालीराम थारुको वर्तमानको इन्जिनियरिङ भन्दा कम थिएन। तीन चार दिनको रसद पानी लिएर घनघोर जङ्गलमा छाउनी बसाइँ सारा किसान कोर्तेवाहलाई नेतृत्व गर्नु कमता जोखिमपूर्ण थिएन । यस पङ्तिकार पनि वि.सं.४५/४६ सालतिर ३ ओसेरी कालीराम थारुको नेतृत्वमा बबईबाट परम्परागत रुपमा कुलो खनेर पानी ल्याउने महान कर्मको साक्षी हुने अवसर पाउने एक भाग्यमानी हो । पञ्चायतको प्रधानपञ्चको भूमिका मात्र नभइ दुईवटा पञ्चायतका सारा किसानलाई नेतृत्व गर्दै अदम्य सहासका साथ बबईको उर्लदो भेलमा आफू जहाँसम्म गएर नदीको मझधारमा उभिन सक्थे, उक्त स्थानसम्म बबई नदीलाई थुनेर पानी फर्काउनु उहाँको बयान गर्नै नसकिने आँट र सहास थियोे ।बर्दिया राष्ट्रिय निकुञ्जको बिचमा मध्यरातमा नै सारा किसानलाई उठाउनु अनि आफू अघि अघि सरी गाउँले किसानलाई परम्परागत शैलीमा आफ्नो  आवाजका भरमा नेतृत्व गर्दै कल्पनै गर्न नसकिने नदीको बगरलाइ एक हात लामो बेट र एक अगुलको भुत्ते फरुवाले ढुङ्गा खोस्रेर कुलामा पानी चलाउनु निलआर्मस्ट्रङले चन्द्रमा पाइला राख्नु र तेन्जिङले सगरमाथामा पाइला टेक्नु जत्तिकै कठिन अनि अगम्य कार्य थियो । स्व.कालीराम थारुको त्यो आँट अनि त्यो साहास अतुलनीय थियोे। ।                                                                                                                            लेखक पोमराज शर्मा यस क्षेत्रको विकास निर्माणका क्रममा मगरागाडी-तर्कापुर-खुन्तीपुर हुदै जब्दीघाट सम्मको बाटो खनाउदा होस् वा सोनापुर बुढी भवानीको मन्दिरदेखि औंरी कौवाकोरा सम्मको मूलबाटो खनाउदाको साहासिकता र व्यापक जनसहभागिता अविस्मरणीय अतुलनीय ऐतिहासिक थियोे त्यो क्षण। जुन उहाँको राजनीतिक र कुटनीतिक क्षमताको सदा साक्षी युग युगसम्म रहिरहनेछ । बदलिँदो समयको  क्रमसँगै त्यस्ता महान व्यक्तित्व र नेतृत्वलाई बहुदलपछिका नवराजनीति कर्मीले कता कता बिर्से जस्तो लाग्छ। त्यो व्यक्ति जसको एक आवाजमा सारा गाउँ जाग्थ्यो, त्यो व्यक्ति जसको एक हाँकमा सारा समस्याका पहाडहरु फोड्ने अदम्य सहास सारा गाउँवासीमा सिन्चित हुन्थ्यो ।आज त्यी युग पुरुष चिता अग्नीमा जलेर यस धराधामबाट बिदा भएपछि लाग्छ, सबैले उनलाई बिर्सेकै हुन् वा आजका मान्छे कृतघ्न भए । यस्ता महान साहासिक थारु जोधा स्व.कालीराम चौधरीलाई मेरो सत्सत् नमन्: । लेखक बर्दियाको बारबर्दिया–६, जयनगरस्थित अंशुवर्मा माविका प्रधानाध्यापक हुन् ।

रानाथारू समुदायमा अठतिस् दिनसम्म मनाइन्छ होरी त्योहार

रानाथारू समुदायमा अठतिस् दिनसम्म मनाइन्छ होरी त्योहार

५३६ दिन अगाडि

|

१२ चैत २०८०

लक्ष्मी राना  कुनै पनि समुदायको पहिचानको रूपमा त्यस समुदायको विविध संस्कार, संस्कृति र परम्पराको भूमिका महत्वपूर्ण रहेको हुन्छ । रानाथारू समुदायमा मनाइने विविध चाडपर्व मध्ये होरी त्योहार पनि एक हो । अन्य समुदायमा जस्तै पश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका रानाथारू समुदायमा पनि होली पर्वलाई होरी त्योहारको रूपमा भव्यताका साथ मनाइन्छ । सबैभन्दा ठूलो त्योहार‌ होरी रानाथारू समुदायको सबभन्दा ठुलो त्योहारको रूपमा होरी त्योहार मनाइन्छ। यो त्योहार यसर्थ ठूलो छ कि यो माघको पूर्णिमा होरीको आगमनदेखि सुरु भएर चैतको चरइँमा होरी विदाइसम्म चल्ने गर्दछ। यो बीचमा होरी स्थापनादेखि खक्डेहरासम्म अठतिस् दिन युवा युवतीहरू होरी खेल्ने गर्दछन् ।  होरी माघको पूर्णिमामा होरी स्थापना, फागु पूर्णिमामा होरी दहन, होरी पूजा, फागुको फगोहा र हटकना, खक्डेहरा‌मा समापन र चैत्रको चराइँमा होरी विदाई गरी मनाइन्छ । यी पर्व र संस्कारहरू  एक अर्कासँग अन्तरसम्बन्धित रहेका छन् र रानाथारू समुदायमा यो त्योहार लामो समयसम्म चल्ने भएकाले यो सबैभन्दा ठूलो त्योहारको रुपमा मानिन्छ । मिथक र जनविश्वास रानाथारू समुदायमा होरी मान्ने परम्परा परापूर्व कालदेखि नै रहेको पाइन्छ। यो हिन्दू धर्मसँग सम्बन्धित पौराणिक प्रसंगसँग जोडिएको पाइन्छ । विशेष होरीमा दुई पौराणिक प्रसङ्ग  भेटाउन सकिन्छ। पहिलो प्रसङ्गअनुसार हिरण्यकश्यपको छोरा पहिलाद (प्रह्लाद) विष्णुको ठूलो भक्त थिए तर हिरण्यकश्यप स्वयम् आफूलाई नै भगवान मान्ने गर्थे । उनी चाहन्थे कि मेरो छोरा मेरो गुणगान गाओस्, मेरो पूजा गरोस् तर प्रह्लाद विष्णुको गुणगान गर्थे, उनकै पूजा गर्थे। यो देख्न नसकेका हिरण्यकश्यप पहिलादलाई  मार्न विविध उपाय अपनाए तर सकेनन् ।  एकदिन आफ्नै बैनी होलिकालाई विष्णु भक्त पहिलादलाई मार्न पठाए । आगोबाट नमर्ने वरदान पाएकी होलिका आफ्नो भतिजलाई मार्न काखमा लिएर फागु पूर्णिमाका दिन आगोमा चिर ओढेर बस्दा त्यो चिरको शीतलताको कारणले पहिलाद बाँच्छ । तर, होलिका त्यही आगोमा जलेर मर्छे र त्यही दिनदेखि प्रत्येक वर्ष फागु पूर्णिमाका दिन साँझ होलिका दहन गरेर बिहान त्यसकै टीका लगाएर असत्यमाथि सत्यको विजयमा उत्सवको रूपमा होरी मनाउन सुरु गरियो । अर्को प्रसङ्गअनुसार द्वापरयुगमा भगवान श्रीकृष्णले फागु पूर्णिमाका दिन मथुरादेखि गोकुलसम्म गोपनीहरूसँग रंगका साथ होली खेलेका थिए । त्यस दिनदेखि फागु पूर्णिमामा अविर लगाएर होली मनाउन थालियो । यसरी घर घरमा मथुराबाट होरी आएको जनविश्वास रहेको पाईन्छ । असत्य जति शक्तिशाली बलशाली भएता पनि एक दिन सत्यको अगाडि अवश्य हार हुन्छ । फागु पूर्णिमामा आपसी रिसराग होलिकासँगै जलाएर एकापसमा सद्भाव, माया प्रेमको सम्बन्ध कायम गर्दै सहयोग र विश्वास स्थापित गर्दै होरी खेलिने जनविश्वास रहेको पाईन्छ । होरीको स्थापना माघ पूर्णिमाको दिन  गाउँको कुलदेवताको भुँइयाको नजिकमा कण्डा, दाउरा, टिटरो, मिठाई, भेँट चढाएर विधि विद्यानका साथ होरी स्थापना गरिन्छ। त्यस दिनदेखि जिन्दा होरी खेल्न सुरु हुन्छ । होरी दहन मंगलबारबाहेक अरु जुनसुकै दिन जस्तो अवस्था आउँछ, त्यस्तै साँझ या बिहान होरी दहन गरिन्छ । होरी दहन गर्न पुरुष मान्छे होरी स्थापित ठाउँमा गई चाकर या भलमन्साले घर घरबाट उठाएको भेट (पूजा सामग्री) ले पूजा गरी होरीको पुत्ला जलाउने गरिन्छ । त्यसपछि ‘होरीमा आगो लाग्यो होरीमा आगो लाग्यो’ भन्दै जोड जोडले हल्ला गर्छन् । आगो लगाएर त्यही आगो एक सासमा दगुरेर पधनाको कुँवा या नलको खाल्डोमा हाल्छन् । गदरियाका मन्त्री राना भन्छन् , ‘होरी दहन गर्दा पहिला पहिला एउटा जिउँदो चल्ला पनि जलाइन्थ्यो तर अचेल खुनको सट्टा सुपारी चढाइन्छ ।ू पुजाको लागि लगिएको मिठाइ, पुरी त्यहीँ बाँडेर खान्छन्, फिर्ता ल्याउँदैनन् ।’ होरीको टीका होरी दहनको अर्को दिन टीका हुन्छ । होरी जलाएको ठाउँमा गई त्यसमा कसैको पात हालेर त्यसको टीका लगाइन्छ र त्यसकै टीका एक अर्काको माथमा लगाएर होरीको शुभकामना साटासाट गरिन्छ । केटा मान्छे मतबरिया र केटी मान्छे छैलाको रुपमा  त्यहीँ टीका लगाएर केही समयसम्म होरी खेल्छन्  । त्यसपछि बाटोभरी गीत गाउँदै पधना या भलमन्साको घरमा आएर होरी खेल्छन् । जिन्दा होरी र मरी होरी होरी स्थापना गरेदेखि  होरी दहन नभएसम्म साँझ खाना खाएर युवा युवतीहरू डंकाको तालमा गीत गाउँदै होरी खेल्ने गर्दछन्, जसलाई जिन्दा होरी भनिन्छ भने होरी दहनको दिनदेखि खक्डेहरासम्म खेलिने होरीलाई मरी होरी भनिन्छ । होरीमा रामायण, महाभारतको कथामा आधारित गीतहरू गाउँदै ठडौवाँ होरी, मतबरिया होरी, लोहकौवाँ होरी, सादा होरी, बधाइ होरी , खिचडी होरी, गडवाली होरी यी विविध प्रकारको होरी खेलिन्छ । होरीमा पूजापाठ होरीमा पूजापाठ आआफ्नो कुलदेवता अनुसार हुने गर्छ । यो कुलदेवताको पूजा हो । कुलअनुसार पूजा फरक फरक हुने गर्दछ र यो पूजा सबैको घरमा भने हुँदैन । जसको कुलदेवता यो पूजा लिने गर्छ उसले मात्र पुज्ने गर्छ । कुलदेवताअनुसार कसैले जिन्दा होरी पूजन (होरी स्थापित गरेदेखि) गर्छ भने कसैले मरी होरी पूजन गर्छन् । पूजामा चिनी हालेर बनाएको पुरी जोडामा, घिउ, पानीले अगियारी गर्छन्  तर कसैको घरमा जुठो पर्यो या जसको घरमा कुल देवता छैन अर्थात् जो सरकार भगत छन् , तिनीहरू यो पूजा गर्दैनन् । खक्डेहरा होरी दहनको आठौं दिनमा हप्ताको जुन बार परेता पनि खक्डेहरा पर्व मनाइन्छ । खक्डेहराको दिन बिहान पाँच बजेतिर काँचो माटोको सात सात गोली (मटेंग्रा) एक एक वटा सिन्कामा उनिन्छ । माटोकै तीनवटा दियो बनाएर एक दियोमा सात प्रकारको नाज (जस्तै चना, केराउ, तोरी, मसुरो आदि) राखिन्छ । दोस्रो दियोमा कपास राखिन्छ र तेस्रोमा दियो बालिन्छ । अलिकति बैठाबन्नी (सिन्का भएको कुचो) राखी  एक खप्टोरामा ( फुटेको गाग्रोको एक अंश) राखेर साथमा एक लोटा पानी पनि लगिन्छ ।  गाउँको पधना या गाउँको ठूलो मान्छे जो पुर्खौदेखि नै खक्डेहरा फोड्ने गर्दछन्, तिनले परिहारी (हलोको तल्लो भाग), घिउ लिएर घरदेखि आउँछन् । जो जो फुटाउन जान्छन्, तिनीहरूको घरबाट एक जना जो कोही पनि दियो भएको त्यही खप्टोरा लिएर ‘आबओ रि अँधरी धुँदरी लँगडी लुली’ भन्दै गाउँको दक्षिणतिर गाउँभन्दा बाहिर जान्छन् । गाउँको ठूलोमान्छेले घर घरबाट गएको पूजाको समान एक ठाउँमा  राख्न लगाउँछन् र सबैजना त्यहाँ राखेर टाढा जान्छन् । एकजना मुख्य मान्छे खक्डेहरा फुटाउन थालेपछि असामी पछाडि फर्केर हेर्दैनन् र त्यहीँबाट होरीको विदाई पनि हुन्छ । पुर्खा भन्छन्  खक्डेहराको दिन जसको घरमा खुसी आउँछ, जस्तै कि घरमा बच्चा जन्मियो, भैँसी व्यायो अर्थात् राम्रो भयो, उसले त्यही दिनदेखि  खक्डेहरा फुटाउन थाल्छ । अनि, खक्डेहराको दिन जसको घरमा नराम्रो घटना घट्छ त्यो दिनदेखि खक्डेहरा फुटाउन  छोड्छन्  । सबैले खक्डेहरा फुटाउँदैनन् ।  फगोहा र हटकना फागुनमा फगोहाको विशेष महत्व रहन्छ । फागुमा फगोहा माग्ने‌ र फगोहा दिने एउटा संस्कार रहेको छ । फगोहा दुई थरिको चल्ने गर्दछ । पहिलो  होरी दहनदेखि खक्डेहरासम्म फगोहा माग्ने र दिने चलन रहेको छ । होरी खेल्ने युवतीहरू विहान गाउँका भलमन्सा, प्रधान, पधना, चाकर गाउँका जान्नेमान्नेको घरमा गइ फगोहा माग्ने गर्दछन् र साँझ आएर होरी खेल्ने गर्छन् ।  दोस्रो नातामा भिनाजु , नन्दुइया र मित पर्नेले होरी दहनको दिनदेखि विषेशगरी आफ्नो साली, ठकुराइन, सरहज, सैनारलाई फगोहा दिन जाने चलन रहेको पाइन्छ। त्यस्तै हटकना गर्ने पनि आपसी आत्मियता र सौहार्दताका लागि विशेष महत्व राख्दछ।  पाहुनाका लागि आज मेरो घरमा खानपिन छ भन्दै आफ्नो घरमा खानपिनको व्यवस्था बनाउनु नै हटकना हो । विशेष गरी होरीमा आफ्ना आफन्तहरूलाई आफ्नो घरमा बोलाई मिठो मिठो खानेकुराले स्वागत गरिन्छ । विशेष जसले फगोहा दिएको छ, उसलाई त अनिवार्य हुन्छ हटकना नत्र पाप लाग्छ भन्ने मान्यता रहेको छ । अचेल फगोहा दिने र हटकना खुवाउने परम्परामा भने केही कमी भने आएको देखिन्छ। होरी विदाई होरीको विदाई चैतको चराइँमा गरिन्छ। चराइँ गाउँको पूजा हो । त्यस दिन गाउँका प्रत्येक घरकाले अन्दिको मिठो भात र विशेष माछा सहितको अन्य तरकारी पकाएर सँगै लगी गाउँको बाहिर गई दिनभरी उतै बस्छन् । साँझतिर गाउँको भर्रा वा गुरुवाले पूजापाठ गरिसकेपछि सवै जना होरी खेलेर गाउँ भन्दा बाहिर ‘आज होरी गई रे बलमु परदेश’ भन्ने गीत गाउँदै होरीलाई पठाएर घर फर्किन्छन् । त्यस दिनदेखि होरी फेरि मथुरा जान्छ । यसरी वर्ष दिनपछि आएको होरी सकिन्छ। अन्तमाः रानाथारू समुदायको सबैभन्दा ठूलो त्योहारको रूपमा रहेको होरी पहिले महिना दिनसम्म नाचगान गरिन्थ्यो भने वर्तमानमा दुई तीन दिनमा सीमित भएको देखिन्छ । डिजेमा नाच्न र गाउनमा मन पराउने आजका युवाहरू आफ्नो मौलिक संस्कृतिप्रति पनि गम्भीर हुनुपर्ने देखिन्छ । अहिलेको अवस्थामा हाम्रो परम्परा मूल्य मान्यता कला संस्कृतिको जगेर्नामा युवावर्ग जागरुक भई लाग्नुपर्ने देखिन्छ ।   गदरिया, कैलाली निवासी लेखिका बैतडी, शिवनाथ– २, सर्मालीस्थित नागार्जुन माविमा शिक्षणरत हुनुहुन्छ । 

भाषा फराकिलो र सहज हुनु बेस

भाषा फराकिलो र सहज हुनु बेस

५३७ दिन अगाडि

|

११ चैत २०८०

थारु भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक बनाउने  बारबर्दिया नगरपालिकाको मस्यौदा टोली छलफलको क्रममा घोराहीस्थित सर्वोदय पुस्तकालय तथा वाचनालयमा । पोमराज शर्मा पूर्व मेचीदेखि पश्चिम महाकाली अनि उत्तर हिमशैलदेखि दक्षिणको धानकौली तराईसम्म लमतन्न परेको यस देवभूमिमा बस्ने हरेकले मेरो देश नेपाल अनि म नेपाली भनी गर्वले आफ्नो ढुकुरे छाती नि ढक्क फुलाएर शिर ठाडो बनाउँछन् । हरेकका मातृभाषा जन्मजात आर्जित छ । यसमा कसैले न घमण्ड न कसैले होची अर्घेल्यायी गर्नु छ। जुम्लाको सिँजाबाट प्रसारित खसभाषा जति फैलियो त्यति परिस्कृत र परिमार्जित हुने सुअवसर प्राप्त गर्यो । सुदूरपश्चिमको डोट्याली भाषा होस् वा पर्वते, झापाली अथवा सुदुर पूर्वेली दार्जिलिङे भाषामा खसभाषाको कुनै छेकछन्द छैन। तर पनि नेपाल र नेपाली शब्दसँग रक्त सम्बन्ध हुनेलाई मुटु जत्तिकै प्यारो लाग्छ। भाषाका विद्यार्थी वा शिक्षक जो कसैले पनि कुनै भाषा प्रति आक्रोश ,आक्षेप र विष बमन गरेमा कदवृद्धि नभइ आफ्नै विद्वत्तालाई अवमूल्यन गर्नु हो । थारु भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक बनाउने  बारबर्दिया नगरपालिकाको मस्यौदा टोली छलफलको क्रममा घोराहीमा छलफलपछि। हरेक भाषा कथ्यमा मात्र सीमित भए उसको अस्तित्व अनिश्चित हुन्छ । अतः हरेक भाषाविद्को दायित्व हो भाषालाई युगानुकुल लिपिबद्ध गर्नु। भाषालाई व्याकरणिक अनुशासनमा बाँधेर जटिल अनि असहज बनाइ नवसिकारुलाई किलिष्ट पारिनु हुदैन । त्यस्तै  भाषालाई सहज बनाउने भन्दैमा भाषिक अराजकता सिर्जना पनि गरिनु हुदैन ।   नेपालको संविधानमै मातृभाषाको संरक्षण, सम्वर्द्धन र  विकासका लागि आवश्यक पहल गर्न निर्दिष्ट गरेको छ। जसका लागि  विभिन्न स्थानीय निकायले आफ्नो प्राथमिकता राखिरहेका छन् ,जसलाई अन्यथा लिनु हुदैन । हरेक बालबनिता, युवायुवती बृद्धबृद्धा जो कोहीले जुनसुकै उमेरमा जति धेरै भाषाको ज्ञान हासिल गर्छ, उसको बौद्धिकताको आयतन र परिधिको क्षेत्रफल वृद्धि हुनेमा कुनै शङ्का छैन ।तपाईंलाई जति धेरै भाषाभाषीसँग समागम हुने अवसर र मौका मिल्दछ, सम्झनुस् तपाईं भाग्यमानी हो । नौतुनवा, गोरखपुर, रुपैडिया, बलैगाँउ, गौरीफण्टा र बनबासा गएर कनिकुथी हिन्दी बोल्दा महान भाषिक दक्षता प्राप्त गरेको बौद्धिक व्यक्तित्व  महसुस गर्नेले आफ्नै छिमेकीको मातृभाषाको रुपमा रहेका कोचिला थारु, दगाहा थारु,देउखुरीया धारु,देसौरी थारु र राना थारु भाषाका विषयमा चर्चा परिचर्चा हुँदा निधार खुमच्यानु पर्ने कुनै कारण देखिदैन । हरेक भाषामा मानक र मानकीकरणका कुरा चल्नु स्वभाविकै हो । तर जुन भाषा कथ्यमा व्यापकता तर लेख्यमा अझै सङ्कुचन छ, त्यस भाषा विकासको प्रारम्भिक चरणमा नै मानकीकरणको कुरा उठाउनु पनि अप्रत्यक्ष रुपमा भाषा विकासमा अवरोध सृजना गर्नु हो भन्ने लाग्छ । बाँके, बर्दियामा जन्मे हुर्केका व्यक्ति हुन वा सरल जीवनको सपना बुनी  नयाँवस्ती सरेका देसारु हुन वा जागिरे जीवनका क्रममा  वस्ती सरेका नवआगन्तुक सबैले यस क्षेत्रमा रहेका बहुसंख्यक जातिले बोल्ने थारु भाषा जानी नजानी आत्मसात् गरेकैछ, गरिरहेकै छ । सहज विचार विनिमय गर्न होस् वा आपसी घनिष्टताको गाँठोलाई मजबुत गर्न पनि यस भाषालाई प्रेमको आलिङ्गनमा बाँध्नु बुद्धिमता देख्दछु। बारबर्दिया नगरपालिकाले  स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई आगामी शैक्षिक सत्रदेखि  थारुभाषाको पाठ्यक्रम पाठ्यपुस्तक क्रमशः लागू गर्दै जाने निर्णय गरेबमोजिम पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन कार्यदलको सदस्यका नाताले  थारु भाषा, कला, साहित्य तथा संस्कृतिका विद्वान् व्यक्तिसँग भलाकुसारी गर्ने मौका मिल्यो, जुन अवसरले दाङदेखि बर्दियासम्म यस भाषाको विगत, वर्तमान र भविष्यमाथि थोरबहुत  सहजता, असहजता, प्रयास ,सफलता, विफलता, समस्या, चुनौती जस्ता विषयमा दृष्टिगोचर भयो ।                                                                                                                                                                             लेखक पोमराज शर्मा यस क्रममा साक्षत्कार हुने व्यक्ति डा कृष्णराज सर्वहारी, छविलाल कोपिला ,अशोक थारु, केवि चौधरी  लगायतसँगको अन्तर्क्रियाले धेरै अन्तरवस्तु नजिकबाट बुझ्ने अवसर प्राप्त भयो । थारु भाषा,साहित्य  र संस्कृतिको संरक्षण सम्वर्द्धनमा उहाँहरुले खेलेको भूमिका प्रशंसनीय छ। उहाँहरुको लेखनीले थारु भाषा साहित्यको श्रीवृद्धिमा अझै निख्खारता ल्याओस्,यहीँ छ शुभकामना । यसका साथै बारबर्दियाको भाषिक कदममा सकारात्मक सल्लाह ,सुझाव र सहयोगको पनि अपेक्षा राख्दछु ।                                                                                      लेखक पोमराज शर्मा अंशुवर्मा उच्च मावि जयनगर, बर्दियाका प्रधानाध्यापक हुन् ।

थारू समुदाय, खोजनी–बोजनी र भलमन्सा 

थारू समुदाय, खोजनी–बोजनी र भलमन्सा 

५४३ दिन अगाडि

|

५ चैत २०८०

सानो र सुन्दर देश नेपालमा विविधता छ । भूगोल, हावापानी, जातजाति, रहनसहन, बोलीभाषा, खानपान आदि धेरै किसिमको विविधताले भरिपूर्ण छ यो देश । यही विविधता यसको मूल गहना र सिंगार हो । यसैले यो देश विश्वसामु पृथक देशको रुपमा परिचित छ । सानो क्षेत्रफलभित्र तराई, पहाड, हिमाल हुनु, १२४ भाषा बोलिनु, धेरै किसिमको पहिरन हुनु नेपालीहरुको लागि गौरवको बिषय हो । त्यसैले त हाम्रो राष्ट्रिय गानमा पनि सयौं थुंगा फूलको एक माला भनिएको छ । र, मालाको एक थुंगा पूmल थारू समुदाय पनि हो ।  थारू समुदायको आफ्नो छुट्टै विशेषता छ, उसको आफ्नो मौलिकपन छ । कसैले दशैंतिहारलाई ठूलो मान्छ, कसैले होलीलाई, कसैले छठ पर्वलाई, कसैले मोहर्रमलाई त कसैले क्रिसमसलाई ।  थारू समुदाय माघलाई आफ्नो सबैभन्दा ठूलो चाड (त्यौहार) को रुपमा मान्दछ, जसको विविध कारण छन् । पहिलो माघ १ देखि उनीहरुको नयाँ वर्ष प्रारम्भ हुन्छ, दोश्रो माघ १ उनीहरुको लागि धार्मिक हिसाबले अति पुण्य दिन लहान (अनिवार्य नुहाउनु पर्ने, शिवपुजन गर्ने, आफू भन्दा ठूलोलाई सेवाढोग गर्ने र आशीर्वाद लिने हो, निसराउ निकाल्ने दिन हो । तेश्रो माघ १ उनीहरुको आफ्नो घरको किसनवा (घरमूली) छान्ने दिन पनि हो, चौथो माघ २ देखि पहिलो साता उनीहरुको भलमन्सा (बरघर, महटावा, ककन्डार, प्रधान) चुन्ने दिन हो । यिनै कारणहरुले गर्दा नै माघ उनीहरुको लागि महत्वपूर्ण चाड मानिन्छ । यसरी माघ थारूहरुका लागि ठूलो चाड हुनुको धेरै पाटाहरु छन् । यो लेख भने माघको एक महत्वपूर्ण पाटो खोजनी–बोजनी र भलमन्साबारे केन्द्रित छ ।  खोजनी–बोजनी  खोजनी–बोजनी भनेको थारू समुदायमा प्रचलित गाउँ र घरका लागि आवश्यक पर्ने नीति निर्माण गर्ने र नेतृत्व चयन गर्ने प्रक्रिया हो । यसलाई कतिपय ठाउँमा माघीडेवानी र कतिपय ठाउँमा भुराखेलको नामबाट पनि चिन्ने गर्दछन् । खोजनीको शाब्दिक अर्थ खोज्ने र बोजनीको शाब्दिक अर्थ बोल्ने हो । त्यसैले खोजनी–बोजनीको अर्थ छलफल गर्ने र नेतृत्व चयन गर्ने हो ।  खोजनी–बोजनी भनेको अहिलेको चलनअनुसार चुनावी अधिवेशन वा साधारण सभा हो, जहाँ गाउँ सञ्चालनको लागि ब्यापक छलफल गरी सर्वसम्मत निष्कर्ष निकालिन्छ र निर्णय गरिन्छ । संघ, संस्था, पार्टी, सहकारी, क्लव आदिको चुनावी अधिवेशन २, ३ वा ४ वर्षमा हुन्छ भने थारू समुदायको खोजनी–बोजनी वार्षिक रुपमा हुन्छ । वार्षिक रुपमा हुने यो खोजनी–बोजनीमा गाउँ सञ्चालनका लागि आवश्यक पर्ने सबै नीति नियम बनाइन्छ । नेतृत्व (किसनवा, भलमन्सा, गुरुवा, चौकीदार) वा गाउँलेहरुको कमीकमजोरीबारे वा मन नपरेका कुराबारे, सुधार्नुपर्ने बानी ब्यहोराबारे, आम्दानी खर्चबारे, के गर्न हुने, के गर्न नहुनेबारे ब्यापक छलफल हुन्छ र टुङ्गो लगाइन्छ ।  खोजनी–बोजनीको प्रकार खोजनी बोजनी फरक फरक तह र तप्कामा हुने गर्दछ । पुस महिनालाई थारू समुदायमा वर्षको अन्तिम महिना र पुस अन्तिम दिनलाई बर्षको अन्तिम दिन मानिन्छ । कामका लागि हुने, गरिने सबै सहमति, सम्झौता, करार पुस मसान्तमा स्वतः रद्द हुन्छ, अन्त हुन्छ र माघमा पुनः सम्झौता वा करार हुन्छ । सम्झौता, करार लिखित हुँदैन, मौखिक हुन्छ । नैतिकता र ईमान्दारीमा आधारित हुन्छ, जसको सबैले स्वतःस्फूर्त रुपमा पालना गर्ने गर्दछन् । नैतिक शिक्षाको यो समुदायमा बलियो प्रभाव भएको कारण अहिलेसम्म यो सम्भव भैरहेको छ । मालिक र किसान, गाउँले वा भल्मन्सा बिचमा हुने यी सम्झौता पुस मसान्तमा आपसे आप स्वतः सकिने, टुङ्गिने हुनाले माघलाई मुक्ति दिवस वा पर्वको रुपमा पनि चिन्ने गरिन्छ ।  थारू समुदायमा खोजनी–बोजनी ३ तहमा हुने गर्दथ्यो, कमैया मुक्ति (वि.स.ं २०५७) पछि किसान र कमैयाबिचमा हुने खोजनी–बोजनीको अहिले अन्त्य भएको छ । घरमा हुने खोजनी–बोजनी  तथा गाउँमा हुने खोजनी–बोजनी गरी २ तहको खोजनी–बोजनी भने अहिले पनि जारी छ ।  १. घरमा हुने खोजनी–बोजनी  घरमा हुने खोजनी–बोजनीमा एउटै छानामुनि रहेको एउटै भान्सामा खानेहरु बिचमा हुन्छ । थारू समुदायमा हरेक घरमा घरमुली चुन्ने परम्परा हुन्छ । घरमूली अर्थात् ‘किसनवा’को निर्देशनमा घर चल्छ गर्दछन् । किसनवा बन्ने पहिलो हक जेठो छोरालाई हुन्छ । तर जेठो छोरा किसनवाको जिम्मेवारी बहन गर्न नसक्ने अवस्थामा वा भनौं सक्षम नभएको अवस्थामा किसनवा बन्ने अवसर (पालो) अन्य सक्षम छोरालाई जाने गर्दछ । यो खोजनी–बोजनी प्रायः माघ १ गते साँझ नै हुने गर्दछ । परिवारमा हुने यस्ता खोजनी–बोजनी भने हरेक वर्ष हरेक घरमा हुँदैन । किसनवा मन नपरेको वर्ष वा परिवारका अन्य दाजुभाइहरु बिचमा झैझगडा हुने वा छुट्टिन चाहेको आशय ब्यक्त भएमा हुने गर्दछ ।  बाबुले भनौं वा घरमूलीले भनौं, आफ्नो किसनवा पद र जिम्मेवारी छाड्दा नयाँ किसनवालाई कपालमा पगरी लगाई आजदेखि किसनवा पद र जिम्मेवारी राम्रोसँग सम्हाल्नु भनी आशीर्वाद दिने गर्दछन् । तर, यो पगरी लगाइदिने चलन भने हाल करिब करिब हराइसकेको अवस्था छ ।     २. गाउँमा हुने खोजनी–बोजनी  गाउँमा हुने खोजनी–बोजनी गाउँ समाज र भल्मन्सा, गुरुवा, चौकीदार बिचमा हुने खोजनी–बोजनी हो । यो हरेक वर्ष हुने गर्दछ । खोजनी–बोजनीमा बरघर अर्थात् भलमन्साले गाउँको आयब्यय प्रस्तुत गर्दछन्, गाउँ सञ्चालनको लागि बनेको नीति नियमबारे गाउँलेहरु ब्यापक छलफल गर्दछन् । नीति नियम बनाउन परे बनाउँछन्, हटाउन परे हटाउँछन् । राम्रा लागे पुरानै भलमन्सा, गुरुवा, चौकीदारलाई थमौती (नवीकरण) गर्दछन्, राम्रो नलागे भलमन्सा, गुरुवा, चौकीदार परिवर्तन गर्दछन् ।  यसरी गाउँमा हुने खोजनी–बोजनी हुँदा पहिले गाउँको आय ब्ययबारे छलफल, दोश्रो चरणमा गाउँ सञ्चालनका नीति नियमबारे छलफल र अन्त्यमा नेतृत्वबारे छलफल हुने गर्दछ । नेतृत्वबारे छलफल हुँदा गाउँका भद्रभलाद्मी ब्यक्तिले सम्वादको शुरुवात गर्दै भन्छन् “बरस डिनके ट्यौहार आ गिल, मुरीपर पानी परगिल, उप्पर रहना पंक्षी टो स्वतन्त्र बाटैं, हमरे टो मनुवा हुइ, अपन बाट ढरनामे सबजाने स्वतन्त्र बाटि, टुहुन मनमे का बा ? खुलके बोलो ।”  याने कि वर्ष दिनको त्यौहार आइसक्यो, शिरमा पानी परिसक्यो, माथि उड्ने पंक्षी त स्वतन्त्र छन्, हामी त मानिस हो । आफ्ना कुरा राख्नलाई स्वतन्त्र छौं, आफ्नो कुरा खुलेर राखौं भनी पुरानो नेतृत्वलाई कुरा राख्ने अवसर दिन्छन् ।  उनीहरुको कुरा सुनिसकेपछि भद्रभलादमी लगायतका गाउँका किसानहरु आफ्नो राय प्रकट गर्दछन् । नेतृत्वले पुनः जिम्मेवारी सम्हाल्ने ईच्छा ब्यक्त गरेको खण्डमा भलमन्सा, गुरुवा, चौकीदारको ईच्छा चाहना यस्तो छ है, तपाईहरुबाट कोही दावेदार छ भने भनिहालौं है भनी भेलाको ईच्छा बुझ्ने काम हुन्छ । दाबेदार पत्ता नलागे पुरानोलाई थमौती (नवीकरण, अनुमोदन) गर्दछन्, दाबेदार ठहरे छलफल हुन्छ, सर्वसम्मत नभए आवश्यकतानुसार चुनाव या चिट्ठाको माध्यम अपनाइन्छ र नेतृत्वको टुङ्गो लगाइन्छ ।     भलमन्सा (बरघर, महटाँवा, ककन्डार, प्रधान)  थारू भाषामा भलको अर्थ भलो र मन्साको अर्थ मानिस हो । त्यसैले भलमन्सा भनेको सधैँ  गाउँको भलो चिताउने, उन्नति प्रगति देख्न चाहने ब्यक्ति हो । अथवा भनौं भलमन्सा भनेको थारू गाउँको धरोहर, सम्मानित ब्यक्तित्व, गाउँको प्रमुख, गाउँको न्यायकर्ता, कार्यकारी प्रमुख हो, जसले गाउँका हरेक सरोकारका बिषयलाई हेर्ने र गाउँलेहरुसँगको परामर्शमा न्याय निरुपण गर्ने ब्यक्ति हो । जसको काँधमा गाउँको बाटोघाटो हेर्ने, पुलपुलेसा हेर्ने, खेतबारी साँध सिमानाको विवाद हेर्ने, भोजविवाह जस्ता सामाजिक मुद्दा होस् वा धार्मिक, सांस्कृतिक सवाल होस्, चाडपर्व मनाउनेदेखि न्यायनिसाफ गर्ने अथवा भनौं गाउँसँग सरोकार राख्ने सबै बिषयबस्तु हेर्ने जिम्मेवारी उसको काँधमा हुन्छ । देशको कानुनले हेर्न मिल्ने वा नमिल्ने फरक कुरा हो तर थारू परम्पराअनुसार सबै किसिमका सवाल, मुद्दाहरु हेर्ने जिम्मेवारी भलमन्साको जिम्मेवारीभित्र पर्दछ ।   कतिपय ठाउँमा भलमन्सालाई बरघर, महटाँवा, ककन्डार, प्रधानको नामले सम्बोधन गर्दछन् । कञ्चनपुर, कैलाली, बाँके, बर्दियातिर धेरैजसो ठाउँमा भलमन्सा, बरघर, बरघरियाको नामले सम्बोधन गर्दछन् भने दाङ उपत्यकामा महटाँवा, देउखुरी उपत्यकामा ककन्डार वा प्रधानको नामले सम्बोधन गर्दछन् । अरु कुनै ठाउँमा अन्य नामले पनि सम्बोधन गरेको हुन सक्दछन् । जहाँ जुनसुकै नामले चिनिए, जानिए पनि भलमन्सा, बरघरको काम भने एउटै हो ।  भलमन्सा जस्तै थारू भाषामा बरघरको अर्थ ठूलो घर र बरघरियाको अर्थ ठूलो घरवाला हुन्छ । त्यसैले, समाजमा शुरुमा बरघरिया शब्दको प्रयोग भएको र पछि बरघरको प्रयोग भएको देखिन्छ । समाजमा अहिले बरघर र बरघरिया दुबै शब्द चलनचल्तीमा छ । देशमा जमिन्दारी प्रथा, बिर्ता प्रथा रहेको बेला एक्लादोक्ला ब्यक्ति रहेका घरपरिवारले भलमन्साको जिम्मेवारी सम्हाल्नु फलामको च्युरा चपाउनु जस्तै थियो, किनकि यो समाजसेवाको पद हो ।  बेठबेगारीमा जाने कि आफ्नो खेतीपाती, घरधन्दा सम्हाल्ने ? सानो परिवारलाई गार्हो थियो । जुन घरपरिवारमा ३ देखि ७ जनासम्म दाजुभाइहरु हुन्थे वा भनौं ठूलो परिवार हुन्थ्यो, उनीहरुका लागि भलमन्सा पद सम्हाल्न सजिलो थियो । एकभाइ बाहै्र महिना बेठबेगारी जाँदा पनि अरु भाइहरु खेतीपाती, घरधन्दा मज्जाले सम्हाल्न सक्दथे । फलस्वरुप भलमन्साको जिम्मेवारी ठूलो घर भएका ब्यक्तिले सम्हाल्ने परम्परा बन्यो । सोही परम्पराअनुरुप पछि कतिपय ठाउँमा भलमन्सालाई बरघरिया वा बरघर भन्न थालियो ।   भलमन्सा, बरघरको अर्थ जस्तै महटाँवा, ककन्डार र प्रधानको पनि आफ्नै अर्थ छ । साहित्यकार कृष्णराज सर्वहारीका अनुसार महटाँवा, महतोको अर्थ महत्वपूर्ण ब्यक्ति भन्ने जनाउँदछ । छविलाल कोपिलाका अनुसार देउखुरीमा प्रयोगमा रहेको ककन्डारको अर्थ संयोजन गर्ने ब्यक्ति, संयोजक र प्रधानको अर्थ मुख्य, खास भन्ने जनाउँदछ । त्यसैले ठाउँअनुसार भलमन्सा, बरघर, महटाँवा, ककन्डार, प्रधान जुन शब्द प्रयोग गरिए पनि यिनको काम, कर्तव्य र अधिकार एउटै हो । यी पर्यायबाची शब्द हुन् । पूर्वतिरका थारूहरुमा भलमन्सा बरघर जस्तै पहिले पहिले डेवान, मान्जन, गच्छदारहरुले गाउँको रेखदेख गर्ने जिम्मेवारी सम्हाल्ने गर्दथे, तर अहिले त्यो हराइसकेको अवस्था छ ।  गाउँको रेखदेख गर्ने, गाउँको प्रमुख मानिने भलमन्सा (बरघर, महटाँवा, ककन्डार, प्रधान) सँगै हरेक थारू गाउँमा सञ्चारको लागि चौकीदार र पूजा पाठका लागि गुरुवा, चिराकि हुने गर्दछन् । भलमन्सा, गुरुवा, चौकीदार गाउँका लागि निरन्तर खटिने, सँगै रहने पदाधिकारी हुन्, जसलाई गाउँ समाजले खटेवापत वार्षिक केही नगदी वा जिन्सी दिने गरेका हुन्छन् । यसका साथै थारू गाउँमा महिला सुत्केरी हुँदा सहयोग गर्ने सोर्हिन्या (सुँढिनी) अनि लवाङ्गी पूजा हुँदा ढाग (अंग्रजी ढोलजस्तै हुने बाजा) बजाउने र पचरा, फुलवार गाउने ढकेहर पनि हुने गर्दछन्, जसको आफ्नै मान्यता छ । गुरुवा, चौकीदार, सोर्हिन्या, ढकेहर सबै भलमन्सा (बरघर, मटावा) का मातहत चल्ने गर्दछन् ।        गुरुवा  गुरुवा भनेका तन्त्रमन्त्र, पूजा, पाठमा दीक्षित ब्यक्ति, जसले आफ्नो तन्त्रमन्त्र, पूजापाठको माध्यमबाट भूतप्रेत, टुनामुना, रोगब्याध, दैवी प्रकोप आदिबाट गाउँलाई जोगाउने ब्यक्ति हुन् । चलनचल्तीको भाषामा भन्दा गुरुवा भनेका गाउँका पूजारी, गुरु हुन्, जो सधैँ गाउँघरको हितका लागि सोच्ने, तन्त्रमन्त्र, पूजापाठ गरी गाउँलाई अनिष्टबाट जोगाउने महत्वपूर्ण ब्यक्ति हुन् । थारू समुदायका धर्मगुरु हुन् ।   चौकीदार चौकीदार भनेका थारू गाउँका सूचनावाहक वा सञ्चारमन्त्री हुन्, जसले भलमन्साका अर्ती, उपदेश, आदेश गाउँका सबै किसान वा घरमूलीहरुबिचमा सम्प्रेषण गर्दछन् । त्यति मात्रै हैन, उनले एक गाउँबाट अर्को गाउँलाई दिनुपर्ने सूचना आदानप्रदान पनि गर्दछन् । आवश्यक परेमा ब्यक्तिगत सूचना आदान प्रदानमा पनि उनी सहयोग गर्दछन् ।  कतिपय ठाउँमा चौकीदारलाई चिरकिया पनि भन्ने गर्दछन् । थारू गाउँमा चौकीदार शब्द अहिले धेरैजसो गाउँमा प्रयोगमा आइरहेको र साझा शब्द जस्तै भइसकेको देखिन्छ । तर चौकीदार र चिरकिया शब्दको अर्थ फरक फरक रहेको कुरा कैलालीका बुद्धिजीवि शिक्षक रुद्र कुश्मी (रोदन) बताउँछन् । उनका अनुसार पहिले पहिले थारू गाउँमा गोंंरैटा हुने गर्दथे । गोरैटाको शाब्दिक अर्थ गोचार्ने, कामको लागि गाउँलेलाई आह्वान गर्ने, गुहार्ने भन्ने जनाउँछ । पहिले पहिले गाउँघरमा बेठबेगारी, चाडपर्व, पूजापाठ हुँदा गोरैटाले गाउँलाई गुहार्थे सूचना प्रवाह गर्दथे । गोंरैटा काम गरेका हुनाले कतिपय गाउँमा कतिपय घरको नाम अहिले पनि गोर्टाने रहन पुगेको उनी बताउँछन् ।  त्यसैगरी, कतिपय गाउँमा चौकीदारलाई चिरकिया भने पनि चिरकियाको शाब्दिक अर्थ चिराग (उज्यालो) बाल्ने व्यक्ति हो । पहिले पहिले गाउँको ठन्वा, मरुवामा हरेक सोमबार दियो बालिन्थ्यो । दियो बाल्ने अर्थात् उज्यालो बाल्ने काम गर्ने हुनाले दियो बाल्नेको नाम चिरकिया रहन गएको हो ।  जमिन्दारी प्रथामा गाउँलाई सूचना दिने, गाउँलाई पहरा दिने, चोर डाँका, बदमास आउँदा भिड्ने, गाउँलाई गुहार्ने साझा ब्यक्तिका रुपमा चौकीदार हुन्थे । यसरी पहिले पहिले चिरकिया र चौकिदार फरक फरक ब्यक्ति थिए । तर समयको बदलाव र ब्ययभारका कारण पछि पछि चौकी भर्ने (पहरा दिने) चिराग बाल्ने कामको जिम्मेवारी एउटै ब्यक्तिलाई दिन थालियो, फलस्वरुप कुनै कुनै गाउँबाहेक प्रायः गाउँमा चौकीदार शब्द स्थापित हुन पुगेको देखिन्छ ।  भलमन्सा, बरघरको कार्यअवधि  भलमन्सा (बरघर, मटाँवा), गुरुवा, चौकीदारको कार्य अवधि १ वर्षको हुन्छ । हरेक वर्ष हुने खोजनी– बोजनीमा यिनको काम, कर्तव्य र अधिकारबारे छलफल हुन्छ । मन परे यिनीहरु नै गाउँलेबाट थमौती (नविकृत, अनुमोदित) हुन्छन् भने मन नपरे हटाइन्छन् । हरेक वर्ष खोजनी–बोजनी हुनु वा भनौं नेतृत्वको थमौती गरिनु वा परिवर्तन गरिनु थारू समुदायको लोकतान्त्रिक परम्परा हो ।  परम्परामा देखा परेको विकृति  अहिले कुनै कुनै गाउँमा एकैचोटी ३ वर्षको लागि भलमन्सा चुनिएको कुरा खबरमा सुनिन्छ, कतिपय ब्यक्ति १ वर्ष निकै कम हो, १ वर्ष त सिक्दा सिक्दै जाने रहेछ भन्ने कुतर्क पनि गर्ने गर्दछन् । बुझ्नुपर्ने कुरा के हो भने भलमन्सा बरघर प्रथा हो, परम्परा हो । जुन परम्पराअनुसार हरेक माघमा खोजनी– बोजनी हुन्छ, खोजनी– बोजनीले १ वर्षको लागि नेतृत्व चयन गर्दछ, नविकरण गर्दछ वा थमौती गर्दछ । जुन एकदम लोकतान्त्रिक पनि छ । एकैचोटी ३ वर्षका लागि छनौट गरिने परम्परा बसाल्न खोज्नुमा गलत नियत लुकेको देखिन्छ । गलत तर्क गर्नेहरुको मनमा अदृश्य रुपमा जनताबाट लामो समयको लागि नचुनिने डर, अविश्वास र निरंकुशता लुकेको छ । तर्कले अलोकप्रिय ब्यक्तिलाई पनि कम्तिमा ३ वर्ष भलमन्सा बनिरहने र मनपरी गरिरहने काममा मलजल गर्दछ ।  भलमन्साका गैरजिम्मेवारीपन कतिपय गाउँका भलमन्सामा गैरजिम्मेवारीपन पनि देखा पर्ने गर्दछ । माघमा खोजनी–बोजनी हुन्छ । खोजनी–बोजनी हुने बेलामा गाउँलेहरुले उठाएका सबै कुरा उ स्वीकार गर्दछ । कार्यान्वयन गर्ने, ब्यवहारमा उतार्ने काम गर्छु भन्छ । तर खोजनी–बोजनी सम्पन्न भएपछि उ गाउँसमाजका अगाडि गरेका कबुल, बाचाहरु बिर्सने गर्दछ ।  भलमन्साले बुझ्नुपर्ने कुरा के हो भने खोजनी–बोजनी भनेको थारू गाउँको अधिवेशन हो, चुनावी साधारण सभा हो, गाउँसमाजले भलमन्सालाई नीति नियम कार्यान्वयन गर्ने पुरा अधिकार दिएको हुन्छ । नीति नियम ईमान्दारीका साथ कार्यान्वयन गर्ने उसको सामाजिक, नैतिक दायित्वभित्र पर्दछ । खोजनी–बोजनीमा कबुल गर्नु, पछि आलटाल गर्नु, कार्यान्वयन नगर्नु, सबैको काम हो भनी बेवास्ता गर्नु गैरजिम्मेवारीपन हो । यसमा उसले ध्यान पु¥याउनै पर्दछ ।  भलमन्सा प्रथाको स्थानीयकरण हुन जरुरी थारू समुदायमा भलमन्सा बरघरबिना शासन सत्ता सञ्चालन गर्न गाह्रो हुन्छ । उनीहरु आदिकालदेखि आफ्नै लोकतान्त्रिक विधिमार्फत् शासित छन् । खुल्ला पारदर्शी छलफल, नीति नियमको पालना, मेलमिलाप उनीहरुको रगतमै, रक्तकोषमै मिसिएको हुन्छ । जबर्जस्ती कज्याउनु वा भलमन्सा बरघरबिनाको बाह्य आदेश उनीहरुको लागि स्वीकार्य हुँदैन ।  तसर्थ थारू समुदायलाई लोकतान्त्रिक, गणतान्त्रिक शासन सत्ताको अनुभूति दिलाउने हो भने स्थानीय तहले उनीहरुको आफ्नो परम्परागत शासन सत्ता भलमन्सा बरघर प्रथालाई स्थानीयकरण गर्न आवश्यक छ । भलमन्सा बरघर ऐन बनाई उनीहरुको प्रतिनिधि भलमन्सा बरघरमार्फत् नै उनीहरुमा पुग्नु पर्दछ, उनीहरुको मन जित्नु पर्दछ ।       निष्कर्ष निष्कर्षमा के भन्न सकिन्छ माघ थारू समुदायको सबैभन्दा ठूलो पर्व, त्यौहार हो । माघमा खोजनी–बोजनी हुन्छ, यसको ठूलो महत्व छ । खोजनी–बोजनीमार्फत् भलमन्सा बरघर, गुरुवा, चौकीदारको चयन हुन्छ । भलमन्सा बरघर, गुरुवा, चौकिदारमार्फत् थारू समुदाय चल्छ । समुदाय सञ्चालित हुन उसका आफ्नै नीति नियम छ । देशको कानुनबारे पनि खोजनी–बोजनीमा छलफल हुन्छ ।  भलमन्सा बरघरबिनाको शासन सत्ता उसका लागि स्वीकार्य हुँदैन । भलमन्सा बरघरको कार्यकाल १ वर्षको हुन्छ । ३ वा ५ बर्षे कार्यकाल थारूहरुको परम्परा होइन, न त यो लोकतान्त्रिक नै हुन सक्छ । थारू समुदायको शासन सत्ताको मूलाधार नैतिक शिक्षा भएकोले हरेक बरघर भलमन्साले यसमा ध्यान पु¥याउन जरुरी छ ।  खोजनी–बोजनीमा गहन छलफल र नीति नियमको ईमान्दार कार्यान्वयन बरघर भलमन्साको दायित्वभित्र पर्दछ । त्यसैगरी, थारू समुदायलाई लोकतान्त्रिक शासनको अनुभूति दिलाउन भलमन्सा बरघर प्रथालाई स्थानीयकरण गर्नु पनि स्थानीय तहको दायित्वभित्र पर्दछ ।