Above News Title

कसैको सम्झनामा पनि कोही नबनोस् कमलरी

कसैलाई छैन कमलरी शब्दको गलत प्रयोग गरी भद्दा मजाकको रूपमा चित्रण गर्ने छुट
कसैको सम्झनामा पनि कोही नबनोस् कमलरी

                                                                               हालै काठमाडौंमा मुक्त कमलरीहरुबाट गरिएको पत्रकार सम्मेलन

म 
तिम्रै यादको कमारो हुँ सायद
र 
तिमी 
मेरो सम्झनाकी कमलरी 

-कल्प–ग्रन्थ, (३०६)
फेसबुकमा पोस्ट गरिएको यो कविता पढेर बेचैन भएँ । कमलरी शब्दलाई यसरी फेन्टासाइज गरी कवितामा प्रयोग गरेको देखेर मलाई विश्वास भइरहेको थिएन कि यसका लेखक मैले मनमनै उच्च सम्मान गर्ने व्यक्तिमध्येका एक हुन् । कमलरी शब्द थारू भाषाको कम्लहरियाबाट आएको हो । पहाडी समुदायका मानिसहरूले कम्लहरिया भन्न नजानेर हो या उच्चारण गर्न गाह्रो मानेर हो, कम्लहरियालाई कमलरी बनाइदिए । २०७० सालको कमलरी मुक्ति आन्दोलनपश्चात् कमलरी शब्द अझै आम बन्न गएको हो । 
कम्लहरिया भनेको जमिनदारको घरमा काम गर्न राखेको थारू समुदायको अति विपन्न परिवारकी केटी मान्छे हो । खान–लाउन अभाव हुने परिवारले आफ्ना साना छोरीहरूलाई जमिनदारको घरमा काम गर्नका लागि कमलरी बस्न पठाउँथे । कतिपयले त ६–७ वर्षका छोरीहरूलाई पनि काममा लगाउनुपर्ने बाध्यता हुन्थ्यो । जमिनदारले कमलरीलाई उनको घर जाने अनुमति नदिएसम्म घर जान पाउँदिनथिन् । धेरैजसो कमलरीहरू आफ्नो आमाबुबाभन्दा टाढा राखिन्थे । कैंयौं त गाउँबाट सहर पुर्‍याइन्थे । 
मलाई सम्झना छ, हाम्रो गोटियार घरको नातामा मेरी फुपू पर्नेलाई हाम्रै गाउँको एक पढेलेखेका जागिरे व्यक्तिले कमलरी लगाइदिने भनी सहर लगे । ती जागिरे व्यक्तिले गाउँका थुप्रै केटीलाई थुप्रै हाकिमहरूकहाँ कमलरी राखिदिने गरेका थिए । मेरी कमलरी फुपू धेरै वर्षसम्म घर आउन पाइनन् । गाउँ छाडेर जाँदा उनलाई नेपाली बोल्न आउँदैनथ्यो । गाउँ फर्किंदा उनले थारू बिर्सिसकेकी थिइन् ।
कमलरी बस्नेहरू प्रायः साना बच्चीहरू हुन्थे । ती बच्चीहरूका सबै आधारभूत अधिकार अस्वीकृत थिए । तिनले मालिक–मालिक्नीले अह्राएको सबै काम गर्नुपथ्र्यो । कलिला नानीहरूको ज्यानले धान्नै नसक्ने श्रममा लगाइन्थ्यो । काममा जोताएर पनि पेटभरि खान पाउँदैनथे । राम्रो लगाउन दिइँदैनथ्यो । घरको सबैभन्दा गन्दा भागको भुइँमा सुताइन्थ्यो । अह्राएको काम पूरा नगरे निर्दयी पारामा पिटिन्थ्यो । कमलरीहरूलाई मालिकहरूले आफ्नो सम्पत्ति ठान्दथे । 
एकपटक कमलरी भइसकेपछि अधिकांश कमलरीहरू मालिकको ट्र्यापबाट उम्किन असम्भवजस्तै थियो । बाध्यताले छोरीलाई कमलरी बनाएबापत तिनका आमाबुबाले थोरै अन्न पाउँथे । पछि पैसाको कारोबार बढ्न थालेपछि केही पैसा पाउन थाले । कमलरीहरूले गर्ने श्रमको तुलनामा तिनको आमाबुबालाई दिइने पारिश्रमिक अत्यन्तै न्यून हुने गथ्र्यो । कहिले कपडा किनिदिएको बहानामा त, कहिले औषधीमुलोमा खर्च गरेको बहानामा उल्टै कमलरीलाई ऋणको भारी बोकाइन्थ्यो । ऋण प्रत्येक वर्ष बढ्दै जान्थ्यो । बाचुन्जेल कमलरीले जतिसुकै श्रम गरे पनि उनको ऋण चुक्ता हुँदैनथ्यो । अनि कमलरी हस्तान्तरण गरिन्थ्यो उनकी छोरीलाई, छोरीकी छोरीलाई एवंरीतले पुस्तौँसम्म । 
यसरी कमलरी राख्नु एउटा प्रथाकै रूपमा अगाडि बढ्यो । तर हेक्का रहोस्, छोरीलाई कमलरी बनाउनु छोरीलाई बेच्नु कदापि होइन । पेट पाल्नका लागि विवश आमाबुबाले आफ्ना छोरीलाई जमिनदारको घरायसी काम गर्न लगाएको मात्रै हो । तर, बसिखानेहरूले मरिमरी काम गर्दासमेत खान नपुग्नेहरूका छोरीहरूलाई कमलरी राख्नु र ती कमलरीमाथि जस्तोसुकै अपराध गर्नुलाई आफ्नो अधिकारजस्तो सोच्न थाले ।

कमलरीलाई केवल घरायसी काममा जोत्ने मात्र नभई तिनीमाथि सबै किसिमका शारीरिक मानसिक बर्बरता बर्साइन्थ्यो । कमलरीमाथि बर्बर व्यवहार गर्नु मालिकहरूका लागि वैधजस्तै थियो । कमलरीमाथि व्यापक यौनशोषण हुन्थ्यो ।

कमलरीलाई केवल घरायसी काममा जोत्ने मात्र नभई तिनीमाथि सबै किसिमका शारीरिक मानसिक बर्बरता बर्साइन्थ्यो । कमलरीमाथि बर्बर व्यवहार गर्नु मालिकहरूका लागि वैधजस्तै थियो । कमलरीमाथि व्यापक यौनशोषण हुन्थ्यो । कमलरीहरू निरीह थिए । बोल्न सक्दैनथे । सम्भवतः कमलरीहरूलाई थाहा हुँदो हो कि न्यायका लागि जाने कुनै ठाउँ छैन । कमलरीहरूलाई थाहा थियो कि बर्बरता बर्साउनेहरू आफैँ न्यायकर्ताको कुर्सीमा रहन्छन् । या त थाहा थियो कि कमलरीहरूका अपराधीहरू न्याय दिनेहरूका नातेदार हुन् । 


२०७३ सालतिर हो, म बर्दियाको खैरीचन्दनपुर गाउँ गएको । त्यहाँ जानुको विशेष कारण थियो, माओवादी आन्दोलनमा सहिद भएकी जुग्गन चौधरी जुनाबारे अध्ययन गर्न । २०५७ जेठ ७ गते खैरीचन्दनपुरका जमिनदार युवराज उपाध्यायलाई जनकारबाही गर्न जाँदा जमिनदारकै गोली लागेर जुनाले सहादत प्राप्त गरिन् । जमिनदारका बारेमा मैले गाउँका थुप्रै मानिसहरूसँग कुरा गरेँ । तिनको कुरा सुनेर जमिनदारको क्रूरता हरर मुभीका डरलाग्दा पात्रभन्दा बढी डरलाग्दो भएको अनुमान जोकोहीले लगाउन सक्थ्यो । 

कहिले कपडा किनिदिएको बहानामा त, कहिले औषधिमूलोमा खर्च गरेको बहानामा उल्टै कमलरीलाई ऋणको भारी बोकाइन्थ्यो । ऋण प्रत्येक वर्ष बढ्दै जान्थ्यो । बाँचुन्जेल कमलरीले जतिसुकै श्रम गरे पनि उनको ऋण चुक्ता हुँदैनथ्यो । अनि कमलरी हस्तान्तरण गरिन्थ्यो उनकी छोरीलाई, छोरीकी छोरीलाई, एवम् रीतले पुस्तौँसम्म । 
गाउँमा सबैभन्दा ठूलो घर अर्थात् ठूलो महल हुनु जमिनदारका लागि पहिलो सर्तजस्तै हो । हिलोमा कहिल्यै धान नरोपे पनि सयौँ बिघाका मालिक हुन्थे जमिनदार । युवराज उपाध्यायमा पनि त्यही सर्त लागू हुन्थ्यो । युवराजले सयौँ कमैया कमलरी राखेका थिए । खेतमा काम गर्ने छुट्टै, गाईभैंसी चराउने छुट्टै, गोठको गोबर उठाउने छुट्टै, भाँडा माझ्ने छुट्टै गरी सबै कामका लागि छुट्टाछुट्टै कामदार हुन्थे । मैले भेटेकी महिला युवराजको गोठको गोबर फाल्ने कमलरी थिइन् । उनले भनिन्, ‘मलिक्वा महा हराम रहे । टबे टे मुय बेर किरा परके मुवल ।’ (मालिक धेरै बदमास थियो । त्यसैले मर्ने वेला किरा मरेर मर्‍यो ।) युवराजले आफ्नो घरनजिक एउटा गोलघर बनाएको थियो । त्यो गोलघर कमैयाहरूलाई पिट्नका लागि थियो । कमैयाहरूले केही गल्ती नगरे पनि जमिनदारको हात चिलायो भने पनि उसले पिट्ने गथ्र्यो । मनोरञ्जन लिनका लागि पनि उसले जोकोही कमैयालाई जुनसुकै समयमा पिट्न सक्थ्यो । 

मैले भेटेकी महिला युवराजको गोठको गोबर फाल्ने कमलरी थिइन् । उनले भनिन्, ‘मलिक्वा महा हराम रहे । टबे टे मुय बेर किरा परके मुवल ।’


गाउँको कुनै पनि महिलासँग ऊ सुत्न (बलात्कार गर्न) सक्थ्यो । कसैले उसको प्रतिरोध गर्दैनथ्यो । किनभने सबैलाई थाहा थियो कि कसैले उसको प्रतिरोध गरे उसले कुटाइ खानुपथ्र्यो, कि त मर्न पथ्र्यो । बिहेको पहिलो रात आफ्नी श्रीमती जमिनदारकोमा पठाउनुपथ्र्यो । त्यसो नगरे बेहुलामाथि निर्घात कुटपिट हुन्थ्यो र बेहुली बलात्कृत हुनुपथ्र्यो । युवराजको बलात्कारबाट कोही कमलरी गर्भवती भएउसले गर्भवती कमलरीको विवाह आफ्नो कमैयासँग गराइदिन्थ्यो । 
युवराजजस्ता अत्याचारी जमिनदारहरू थारू गाउँगाउँमा थिए । कैलालीको उज्लीसेम्रा गाउँको जमिनदार देशराज, लालपुर गाउँको जमिनदार गुरुंग युवराजभन्दा कुनै मानेमा कम थिएनन् । 
मेरी हजुरआमा भन्नुहुन्छ, उहाँ नौ–१० वर्षको उमेरमा लालपुरको गुरुंग मालिककोमा धान रोप्न जानुहुन्थ्यो । धान रोपेबापत मालिकले केही पैसा दिन्थ्यो । कसैको पनि पारिश्रमिक निर्धारण गरिएको थिएन । उसले केटी मान्छेको छाती कति ठूलो छ भन्ने हेरेर पारिश्रमिक दिने गथ्र्यो । मेरी हजुरआमाले थोरै पैसा पाउनुहुन्थ्यो । उहाँभन्दा अलि बढी उमेरका केटीहरूलाई मालिकले धेरै पैसा दिन्थ्यो । 
कति कमलरीलाई मालिकहरूले बलात्कार गरे, त्यसपश्चात् हत्या । यसको तथ्यांक पाउन असम्भव छ । किनभने हत्यालाई आत्महत्या गरेको भनी देखाउन कमलरीको लासलाई झुन्ड्याइन्छ । त्यसको वास्तविक छानबिनसमेत हुँदैन । यसको सबुत सरकारले दिँदैन । किनभने सरकारी अधिकारीले त आत्महत्या भनी लेखिसक्यो । यसबारे अध्ययन गर्न चाहनेहरूले पूर्वकमलरी र तिनका परिवारलाई भेटे काफी हुन्छ । 
बासगढी नगरपालिका–२ बर्दियाकी ११ वर्षीया अस्मिता चौधरी बर्दियाकै दुर्गा भण्डारीको घरमा २०७५ जेठ २९ गते झुन्डिएको अवस्थामा भेटिइन् । मुक्त कमलरीहरूले बलात्कारपश्चात् हत्या गरी झुन्ड्याएको आरोप लगाए । उक्त केसको चित्तबुझ्दो छानबिन नै भएन ।

कमलरी कपोलकल्पित होइन, वास्तविक अत्याचार हो । भयावह कमलरी जीवन बाँचेकाहरू हामीसँगै समाजमा बाँचिरहेका छन् । उनीहरू मालिकले गर्ने अत्याचारका जिउँदा गवाही हुन् । कमलरी अमानवीकरण हो । कमलरीलाई कामुकीकरण त्यसले मात्र गर्न सक्छ, जो दासत्वले गर्ने सबै अत्याचार भुल्न सक्छ ।
कमलरी राख्नु दासत्व हो । दासत्वमा यौन आघात समावेश हुन्छ । र, त्यो संस्थागत हुन्छ । अर्थात् यौन दुराचार, बलात्कारजस्ता जघन्य अपराध कानुनी रूपमै संरक्षित हुन्छन् । खासगरी हाम्रो जस्तो देशमा, जहाँ पावर, पद, पैसा हुनेहरूलाई कानुनले छुँदैन । 
छोरीहरूलाई पनि पढाउनुपर्छ भन्ने चेतनाको विकास हुन थालेपछि कैयौँ परिवारले आफ्ना छोरीहरूलाई पढाइदिन र बदलामा छोरीले घरको काम सघाइदिने भन्ने सर्तमा मालिककहाँ कमलरी राख्न थाले । म नौ–दश वर्षको हुँदो हुँ सायद, यस्तै सर्तमा मेरी आमाले मलाई उनको चिनजानको एक व्यक्तिको घरमा राख्नुभयो । स्कुल टाइमबाहेकको अन्य सबै समय साँझ र बिहान मैले उनको घरको सबै काम गर्नुपथ्र्यो । उनको घर सफा गर्ने, कपडा धुने, भाँडा धुने सबै सबै । मलाई होमवर्क गर्ने समय पनि मिल्दैनथ्यो । स्कुल पुग्न पनि मलाई सधैँजसो ढिलो हुन थालेको थियो । म कमलरी थिइनँ । मलाई त केवल आफ्नो पढाइ अगाडि बढाउन सजिलो होस् भनेर मेरी आमाले चिनजानको परिवारकोमा राख्नुभएको थियो । 

मेरो आफ्नै भोगाइ हुँदाहुँदै पनि मलाई एक कमलरीका भोगाइहरू कल्पना गर्न बहुत डरलाग्दो लाग्छ । दुई–चार अक्षर चिन्ने लोभमा कमलरी बसेकाहरूको जीवन कति भयानक भोगाइहरूले भरिएको हुँदो हो !


मेरो आफ्नै भोगाइ हुँदाहुँदै पनि मलाई एक कमलरीका भोगाइहरू कल्पना गर्न बहुत डरलाग्दो लाग्छ । दुई–चार अक्षर चिन्ने लोभमा कमलरी बसेकाहरूको जीवन कति भयानक भोगाइहरूले भरिएको हुँदो हो ! १९५४ मा नेपालमा मलेरिया उन्मूलन कार्यक्रमको सुरुवात भएपछि सरकारी योजनामै पश्चिम तराईमा सरकारले पुनर्वासको योजना ल्यायो । त्यसपछि पहाडबाट तराईतर्फ बसाइँ सर्ने क्रम तीव्र भयो । सामन्ती प्रवृत्तिका पहाडियाहरूले थारूहरूको जग्गा कब्जा गरे । ती थारूहरूलाई तिनकै खेतमा कमैया बनाएर जोताए । तिनकै छोरीहरूलाई कमलरी बस्न बाध्य बनाए । 
जमिनदारहरूले जे चाह्यो त्यही गर्न पाउँथे । थारूहरूमाथि जस्तोसुकै अत्याचार गर्न पनि उनीहरूलाई छुट थियो । देशमा कुनै कानुन थिएन । जमिनदारको बोली नै सबैभन्दा बलियो कानुन थियो । जमिनदार थारू गाउँका राजा थिए । जमिनदार अर्थात् राजा अर्थात् कानुन, पर्यायवाची थिए । कानुनको कार्यान्वयन गराउने प्रहरी चौकी, अड्डा अदालत, प्रशासन सबै जमिनदारको पहुँचमा थिए । 

२०५२ मा जनयुद्धको सुरुवात भएपछि माओवादीले जमिनदारहरूलाई जनकारबाही गर्न थाले । त्यसपश्चात् जमिनदारहरू थारू गाउँ छोडी सहरतिर भागे । कमैया मुक्तिको आवाज बलियो गरी उठ्न थाल्यो ।


२०५२ मा जनयुद्धको सुरुवात भएपछि माओवादीले जमिनदारहरूलाई जनकारबाही गर्न थाले । त्यसपश्चात् जमिनदारहरू थारू गाउँ छोडी सहरतिर भागे । कमैया मुक्तिको आवाज बलियो गरी उठ्न थाल्यो । कमैया मुक्तिको संघर्षको लामो समयपश्चात् सरकारले २०५७ साउन २ गते कमैयाहरू मुक्त भएको घोषणा गर्‍यो । तर, तिनको उचित व्यवस्थापनलाई बेवास्ता ग¥यो । सरकारी बेवास्ताका कारण कमैयाका छोरीहरू फेरि पनि कमलरी नै रहे । 
सधैँ थिचोमिचो र बर्बरता भोगेका कमलरीहरू आखिर मालिकको महलबाट निस्किए र सुरु गरे काठमाडौंको सडकमा नारा लगाउन । २०७० असार १३ गते सरकारले कमलरी मुक्तिको घोषणा गर्‍यो । कन्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङबाट १२ हजार कमलरीको उद्धार गरियो । उद्धार गरिएका कमलरीहरूका शिक्षा, स्वास्थ्य, खाद्यान्नलगायत आवश्यकता पूरा गर्ने जिम्मेवारी सरकारले लिने भन्यो तर लिएन । कैयौँ थारू छोरीहरू फेरि कमलरी बस्न बाध्य पारिए । 
कमलरी कपोलकल्पित होइन, वास्तविक अत्याचार हो । भयावह कमलरी जीवन बाँचेकाहरू हामीसँगै समाजमा बाँचिरहेका छन् । उनीहरू मालिकले गर्ने अत्याचारका जिउँदा गवाही हुन् । कमलरी अमानवीकरण हो । कमलरीलाई कामुकीकरण त्यसले मात्र गर्न सक्छ, जो दासत्वले गर्ने सबै अत्याचार भुल्न सक्छ । कुमार नगरकोटीले यस्तो आपत्तिजनक रूपमा गरिएको कमलरी शब्दको प्रयोगले मलाई चकित मात्र पारेन, अनैकौँ प्रश्नहरू पनि खडा गर्‍यो ।

यति लापरबाहीपूर्वक कमलरी शब्दको प्रयोग कसैले कसरी गर्न सक्छ ? चाहे ऊ नाम चलेको कवि नै किन नहोस् । कमलरी शब्दको गलत प्रयोग गर्ने छुट कसैलाई छैन । कमलरीलाई भद्दा मजाकको रूपमा चित्रण गर्ने छुट कसैलाई छैन । 
कमलरीहरूको यथार्थ अनुभवहरू साहित्यमा समेटिएकै छैनन् । तर, जहाँ समेटियो, त्यहाँ एक थारू महिलाको कमलरी जीवनको अनुभव र एक पहाडिया पुरुष लेखकका शब्द तनावले भरिपूर्ण छ । पुरुष लेखकको कोरा कल्पनामा कमलरीका कथालाई बेच्ने प्राथमिकता सस्तो रूपमा झल्किन्छ ।

थारू छोरीमाथिको अत्याचारलाई चुनौती दिन दासत्वलाई प्रयोग नगरी त्यसको संरक्षणका लागि प्रयोग गरिएजस्तो । हो, शारीरिक रूपमा कसैलाई कमलरी बनाउनु अवैधानिक छ । यद्यपि कुनै न कुनै रूपमा, कवितामै सही, भावनामै सही, कल्पनामै सही, पुरुष कवि महिलालाई कमलरी बनाउन लागिपरेको छ । हो, कसैको कल्पनालाई वर्जित गर्न सकिँदैन । कुनै पनि कविले कमलरी शब्दको आनन्द बडो रोमाञ्चक तबरले गर्न सक्ला । तर, यो पनि नभुलौँ कि उहिले जमिनका मालिकबाट मुक्ति पाउन प्रतिरोध गरिएको थियो । अब कलमका मालिकबाट मुक्ति पाउन प्रतिरोध गर्नबाट कसैले रोक्न सक्नेछैन । 


कमलरीहरूको पीडा र अतुलनीय अनुभव जिउँदै छन् । कमलरीको कथा कसरी व्यक्त गर्ने, कमलरी जीवनको चित्रण कसरी गर्ने, लिखित शब्दले कस्तो किसिमको भावनात्मक आक्रमण गर्छ ? विद्वान्हरूले यी प्रश्नहरूको अन्वेषण गर्न समय लिनैपर्छ । कवि र साहित्यकारले साहित्य लेख्ने नाममा विषयलाई रोमान्टिसाइज नगरौँ । कोही छोरी मान्छे कसैको सम्झनामा पनि कमलरी बन्न नपरोस् । झन् नयाँबाट

 

प्रकाशित:

१३४४ दिन अगाडि

|

८ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९