दाङमा निर्वाचन: उम्मेदवार गाउँ–गाउँमा निर्वाचन प्रचारमा व्यस्त

दाङमा निर्वाचन: उम्मेदवार गाउँ–गाउँमा निर्वाचन प्रचारमा व्यस्त

१४१२ दिन अगाडि

|

२१ कात्तिक २०७९

कैलाली–५ (ख) मा प्रतिद्वन्द्वीलाई कडा टक्कर दिंदै भलमन्सा गोठु   

कैलाली–५ (ख) मा प्रतिद्वन्द्वीलाई कडा टक्कर दिंदै भलमन्सा गोठु   

१४१२ दिन अगाडि

|

२१ कात्तिक २०७९

कैलाली जिल्लाको क्षेत्र न. ५  (ख) बाट तारानगर गाउँका भल्मन्सा गोठु चौधरी नागरिक उन्मुक्ति पार्टीबाट आगामी  मंसिर ४ मा हुने निर्वाचनमा प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनी बिगत धेरै बर्षदेखि समाजसेवामाा छन् । थारु–पहाडी समुदायको बिचमा राम्रो समन्वय गरी काम गरिसकेकोले दुबै समुदायको लागि आफू प्यारो भएको बताउँछन् उनी ।  उनी अहिले काँग्रेस गठबन्धनका प्रकाश देउवा, एमाले गठबन्धनका दुर्गा जोशी र स्वतन्त्रबाट क्षितिज भण्डारीसँग प्रतिस्पर्धा गर्दैछन् । उनी ३ वटै उम्मेदवारलाई कडा टक्कर दिइरहेका छन् । यो क्षेत्रमा कुल मतदाता संख्या ५३ हजार छ । जसमा १३ हजार भन्दा बढी थारु, ४ हजार भन्दा बढी रानाथारु, ८ हजार भन्दा बढी दलित र अरु अन्य जातजातिका मतदाता रहेका छन् ।  गोठु यहाँको आदिवासी रैथाने, गाउँको भलमन्सा र दुबै समुदायका लागि सहज ब्यक्ति भएकोले आफूलाई जनताले जिताउने कुरामा ढुक्क रहेको बताउँछन् । उनी भन्छन्, म उम्मेदवार  मात्रै होइन, क्षेत्र न. ५ (ख) को लागि रेशमको प्रतिनिधि पनि हुँ, रेशम चौधरी अन्यायमा परेका छन्, त्यसैले उनलाई न्याय दिन पनि जनताले मलाई चुन्नेछन् ।  को हुन् गोठु ?  ५५ बर्षीय गोठु धनगढी उपमहानगरपालिका–५ स्थित तारानगर गाउँका भलमन्सा हुन् । बुवा भागीराम डंगौरा र आमा बंगरी डंगौरा थारुको कोखबाट जन्मेका गोठु बहुदलीय ब्यबस्थाप्रति पहिलेदेखि नै सकारात्मक सोंच भएका ब्यक्ति हुन् । २०६२÷०६३ को जनआन्दोलनमा सक्रिय भएर लागेका थरुहट आन्दोलनमा त तन मन धन दिई होमिएका ब्यक्ति हुन् ।  उनी २०५५ सालमा नेपाली काँग्रेसका साधारण सदस्य लिई राजनीति सुरु गरेका थिए । समाज सेवामा क्रियाशिल भएका ब्यक्ति हुन् । २०६१ देखि २०७१ सालसम्म (१० बर्ष) आफ्नो ठाउँको सामुदायिक बनको अध्यक्ष रहिसकेका, २०७१ देखि २०७३ सम्म भलमन्सा भई गाउँ समाज चलाएका र अहिले पनि भलमन्साको जिम्मेवारी लिएका ब्यक्ति हुन् ।     के थारु, के पहाडी, सबैसँग मेलमिलाप गर्ने सरल स्वभावका गोठु अडानका पनि पक्का मानिन्छन् । उनी कुनै काम गर्नका लागि अगाडि सरे भने रोकेर नरोकिने, गरेरै छाड्ने उनको बानी रहेको गाउँलेहरु बताउँछन् ।  उनकै बिशेष जोडबल र संयोजनमा कोरोना काल अगाडि गाउँमा माघी महोत्सव संचालन भएको, पक्की डेउठन्वा बनेको कुरा गाउँलेहरु पनि स्वीकार्छन् । आफू उत्पीडित जाति त्यसमा पनि किसान परिवारबाट प्रतिनिधित्व गरिरहेकाले सबैको उत्पीडनबारे बुझ्ने, सबैलाई मिलाएर लान सक्ने उनी बताउँछन् । 

‘अब म जितेर मन्त्री बन्न जाँदिन, जनताको झुपडी नै मेरो लागि सिंहदरबारः’ गच्छदार 

‘अब म जितेर मन्त्री बन्न जाँदिन, जनताको झुपडी नै मेरो लागि सिंहदरबारः’ गच्छदार 

१४१३ दिन अगाडि

|

२० कात्तिक २०७९

सातौं पटक संघीय सांसदको उम्मेदवार भएका विजयकुमार गच्छदार अब आफू जितेर मन्त्री नबन्ने, जनताको झुपडी नै आफ्नो लागि सिंहदरबार भएको बताएका छन् । सुनसरी–३ बाट उम्मेदवार भएका उनले अब आफू जिल्लामै जिन्दगी बताउने बताएका छन् । यसअघि अबको प्रधानमन्त्री थारुको छोरा हुने अभिव्यक्ति उनको मुखारविन्दबाट आउन छाडेको छ । गच्छदार सुनसरी–३ बाट एमालेकी भगवती चौधरीसंग तेश्रो पटक भिड्दै छन् । ‘नेपाली काँगे्रस सुनसरी क्षेत्र नम्बर ३ मा विजय कुमार गच्छदारलाई विजय गरौं’ फेसबुक पेजमा गच्छदारको अभिव्यक्ति आएको छ, ‘मेरो सपना डक्टर बन्ने थियो । पढ्दा पढ्दै २०२७ सालमा  पञ्चायतले जेल हाल्यो, त्यसपछि डाक्टर बस्ने सपना तुहियो । जिन्दगी राजनिति तर्फ मोडियो,   धेरै उतार चढावहरु आए  राजनीतिक जीवनमा,   म आवाज बिहिनहरुको आवाज बन्न पुगे ।’ गच्छदारले भनेका छन्, ‘दलित, मधेसी,  थारु, महिला, मुस्लिमलगायत सामाजिक रुपमा  पिछडिएका बर्ग समुदाय हरुको  लागि बुलन्द आवाज उठाउदै गएँ,  हक अधिकारहरु स्थापित गर्दै गएँ ।  ५०÷५५ वर्षको मेरो राजनीतिक जीवनमा ०४८ सालदेखि ०७४ सम्म ६ पटक सासद बनेँ,  मन्त्री बने ।  यस क्षेत्रको लागि बिजुली,  सडकबाटो,   पुल,  विद्यालय,   बिभिन्न  संस्थानका अफिसहरु लगायत धेरै क्षेत्रमा काम गरेको छु ।’ गच्छदारले अगाडि भनेका छन्, ‘अब  सातौं  पटक जनताले जिताउने छन्, म ढुक्क छु । तर अब म जितेर  मन्त्री बन्न सिंहदरबार  जाँदिन ।  मलाई भेट्न काठमाडौं आउनुपर्ने छैन । जीवनको अन्तिम सास तपाईंहरु सँगै बिताउन चाहन्छु ।  यहीको  जनताको  झुपडीमा मेरो  सिंहदरबार हुनेछ,  दुःख सुख साथै रहने छ ।  धामी झाँक्री,  भाला गोली,  सिरक ब्रिफकेस मसँग छैन ।  मसँग केवल तपाईंहरुको स्नेह, माया र विश्वासको नजर छ, चुनाव जित्ने मेरो यही आधार छ ।’ गच्छदारका प्रतिद्वन्द्वी भगवती चौधरीले केही साता अघि यसपाली विपक्षीसँग भाला, गोली प्रयोग गरेर भए पनि जित्ने उद्घोष गरेकी थिइन् । यसबारे निर्वाचन आयोगले उनीसंग स्पष्टीकरण लिएको थियो । गच्छदारले चुनाव जितेपछि संसदमा सपथ लिन पाउँदैनन् भन्ने आधारहीन तर्क रहेको गच्छदारले बताएका छन् । संघीय चुनावमा लगातार ६ पटक विजयी भएर सातौं पटक लड्ने प्रधानमन्त्री शेरबहादुर र गच्छदार मात्र हुन् । यसअघि भगवती चौधरीसंग दुइ पटक चुनाव लडेका गच्छदार झिनो अन्तरले जितेका थिए, पछिल्लो चुनावलाई उनले जीवनकै कठिन परीक्षा भनेका थिए । गठबन्धनका कारण गच्छदार यसपाली चुनाव जित्नेमा ढुक्क छन् । 

टीकापुर क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धाः को छ बलियो ?

टीकापुर क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धाः को छ बलियो ?

१४१४ दिन अगाडि

|

१९ कात्तिक २०७९

डीआर पन्त थरुहट आन्दोलनका क्रममा हिंसात्मक घटनाले चर्चामा रहेको कैलाली–१ मा पर्ने टीकापुर क्षेत्रमा यसपटक कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीबीच रोचक प्रतिस्पर्धा हुँदै छ । कैलाली–१ मा २०७४ मा २१ हजारको फराकिलो मतान्तरले टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीले निर्वाचन जितेका थिए तर जनप्रतिनिधिका रूपमा उनले काम गर्नै पाएनन् । यो क्षेत्र पूरै कार्यकाल सांसदविहीन जस्तै भयो । चौधरीले कारागारबाटै गठन गरेको नेपाल नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रहेकी उनकी श्रीमती रञ्जिता श्रेष्ठ यस पटक यही क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार छिन् । सत्ता गठबन्धनले यसअघि चारपटक जितेर पटक–पटक मन्त्री भइसकेका कांग्रेस नेता रामजनम चौधरीलाई उम्मेदवार बनाएको छ भने एमालेले टीकापुर नगरपालिकाका निवर्तमान मेयर तपेन्द्र रावललाई उठाएको छ । जातीय उत्पीडनको मुद्दासँगै रेशम चौधरीको प्रतिनिधिका रूपमा उनकै श्रीमतीलाई अगाडि सारेको नागरिक उन्मुक्ति पार्टीले गत स्थानीय तह निर्वाचनमा टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकामा जितेको छ । वडाध्यक्षहरूले पाएको मतअनुसार यहाँ नागरिक उन्मुक्ति पार्टी बलियो छ । नागरिक उन्मुक्तिले १७ हजार ९ सय १३ पाएको छ भने कांग्रेस र माओवादीको मत जोड्दा १७ हजार ९ सय ७४ हुन्छ । एमालेले १० हजार ३ सय ३२ मत पाएको थियो । नागरिक उन्मुक्तिले जातीय उत्पीडन, टीकापुर घटनामा निर्दोषलाई लगाइएको मुद्दा र पिछडा वर्गको अधिकारलाई मुख्य चुनावी एजेन्डा बनाएको छ । थारूबहुल क्षेत्र भएकाले पनि नागरिक उन्मुक्तिले रेशम चौधरीको विरासत जोगाउन सकिने आकलन गरेको छ । नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित यस क्षेत्रका मतदाता अन्यायविरुद्ध गत निर्वाचनमा जस्तै धेरै मतले आफ्ना उम्मेदवार विजयी गराउनेमा ढुक्क रहेको दाबी गर्छन् । उनी भन्छन्, ‘यो लडाइँ जातीय, सामाजिक र आर्थिक रूपमा पछाडि पारिएका वर्ग र जहिले पनि शासन गर्ने वर्गका बीचको लडाइँमा परिणत भएको छ ।’ नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित यस क्षेत्रका मतदाता अन्यायविरुद्ध गत निर्वाचनमा जस्तै धेरै मतले आफ्ना उम्मेदवार विजयी गराउनेमा ढुक्क रहेको दाबी गर्छन् । उनी भन्छन्, ‘यो लडाइँ जातीय, सामाजिक र आर्थिक रूपमा पछाडि पारिएका वर्ग र जहिले पनि शासन गर्ने वर्गका बीचको लडाइँमा परिणत भएको छ ।’ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका पूर्वमन्त्री चौधरीले ०४८, ०५१, ०५६ र ०७० मा जितेका थिए । थारू समुदायमा उनको पकड बलियो रहेको मानिन्छ । टीकापुर घटनालगत्तैको निर्वाचन र अहिलेको परिस्थितिमा निकै भिन्नता रहेको कांग्रेस नेताहरूको दाबी छ ।  कैलाली कांग्रेसका सचिव नृप सुनार भन्छन्, ‘भावनात्मक रूपमा खेलबाड गरेर राजनीति धेरै लामो समय टिक्न नसक्ने यो चुनावको परिणामले देखाउनेछ ।’ सुनार गठबन्धनका उम्मेदवार  पूर्वमन्त्री चौधरी र उन्मुक्ति पार्टीबीच प्रतिस्पर्धा हुन सक्ने कुरामा सहमत छन् तर जातीय रूपमा एकपक्षीय मतदान हुन सक्ने अनुमान गलत भएको उनको तर्क छ । ‘गठबन्धनका उम्मेदवार पनि थारु समुदायका नै हुन्,’ उनले भने, ‘जातीय मतसँगै संगठनको मतका कारण उन्मुक्तिभन्दा गठबन्धनका उम्मेदवार बलिया छन् ।’ उन्मुक्ति र गठबन्धनका उम्मेदवारबीच जातीय मत विभाजन हुंँदा पहाडी समुदायको एकछत्र मत ल्याएर जित हात पार्ने दाउमा एमाले पनि छ । एमालेबाट उम्मेदवार बनेका रावल अछामबाट बसाइँ सरेको समुदायका हुन् । यस क्षेत्रमा अछामबाट झरेका मतदाताको संख्या अधिक छ । ०७४ मा यहाँ एमाले उम्मेदवार गरिमा शाहले १३ हजार र रेशम चौधरीले ३४ हजार मत ल्याएका थिए । व्यवसायी हर्क थापा जातीय आधारमा थारुसमुदायको मत दुवै उम्मेदवारमा विभाजित हुँदाको फाइदा एमालेलाई भए पनि जित हात पार्न कठिन भएको तर्क गर्छन् । उनले भने, ‘उन्मुक्ति र गठबन्धनभन्दा निकै पछाडि एमाले छ ।’ एमाले नेता भीम रावलप्रति पार्टीबाट भएको अन्यायका कारण पनि एमालेप्रति मतदाताको आक्रोश देखिएको उनले बताए । थापा भन्छन्, ‘व्यक्तित्वका आधारमा गठबन्धनका चौधरी नै बलिया देखिन्छन् तर विगतको जस्तो टीकापुर घटनाको रापले पुनः मत ध्रुवीकरण भयो भने उन्मुक्तिलाई उनले पनि रोक्न सक्दैनन् ।’ स्थानीय तह निर्वाचनमा उन्मुक्तिप्रति देखिएको समर्थनलाई उक्त पार्टीले जोगाउन सक्छ कि सक्दैन भन्ने विषयले जित र हारको निर्णय हुने धेरै सर्वसाधारणको आकलन छ । स्थानीय तहमा यस क्षेत्रमा पर्ने जानकी, भजनी, टीकापुर र जोशीपुरमा ५ वटा वडाबाहेक सबैमा नागरिक उन्मुक्ति पार्टीले जितेको हो । भजनीका शिक्षक हरिमोहन जोशी गठबन्धनले थारु समुदायबाट उम्मेदवार बनाएका कारण उन्मुक्तिलाई केही असहज परिस्थिति सिर्जना भएको बताउँछन् । उनले भने, ‘टीकापुर घटनाको राप अहिले पनि छ, जसले गर्दा यो क्षेत्रमा उन्मुक्तिले स्थानीय तह जितेको हो ।’ उनका अनुसार स्थानीय तहमा देखिएको मत ध्रुवीकरण यसपटक नहोला भन्न सकिँदैन । कान्तिपुरबाट

ठाकुरसिंह थारूले टक्कर दिदैछन् सञ्जय गौतम र लक्ष्मण ज्ञवालीलाई

ठाकुरसिंह थारूले टक्कर दिदैछन् सञ्जय गौतम र लक्ष्मण ज्ञवालीलाई

१४१५ दिन अगाडि

|

१८ कात्तिक २०७९

लोकेन्द्र भट्ट  बर्दिया–१ मा आगामी मंसिर ४ को निर्वाचनका लागि प्रतिनिधिसभातर्फ १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर जित–हारमा ‘ह्याट्रिक’ गरेका वामदेव गौतम यसपटक चुनावी मैदान बाहिर छन् । सत्ता गठबन्धनले कांग्रेका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमलाई चुनावी मैदानमा उतारेको छ । गौतमलाई टक्कर दिन एमालेका केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली चुनावी प्रतिस्पर्धामा छन् । जसपाबाट रेशम बहादुर खत्री, राप्रपाबाट सूर्य बहादुर सिंह, नेमकिपाबाट हरिलाल न्यौपाने, जनमत पार्टीबाट सोहराव पठान, नागरिक उन्मुक्ति पार्टीबाट ठाकुर सिंह थारु, नेशनलिष्ट पिपल्स पार्टीबाट रामरतन थारु र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रवेश भुसाल उम्मेदवार छन् । यस्तै देवीप्रसाद तिवारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यहाँ मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेका उम्मेदवारबीच हुने देखिन्छ । तर गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा कैलालीका ४ पालिकामा अप्रत्यासित जित हात पारेको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार पनि यहाँ कांग्रेस र एमालेका लागि चुनौती बन्न सक्ने विश्लेषण भइरहेको छ । सत्ता गठबन्धन असोज २७ बाट चुनावी अभियानमा छ । उसले बर्दिया–१ का ३८ वडामा घरदैलो अभियान गर्न भ्याइसकेको छ । ३८ वटै वडामा गठबन्धनले सम्पर्क कार्यालय स्थापना पनि गरिसकेको उम्मेदवार गौतमले बताए । एमालेले भने बाँसगढी नगरपालिका र बडयाताल गाउँपालिकामा एकसरो घरदैलो सकेको छ । गुलरिया र बाराबर्दियाको घरदैलो शुक्रबारबाट सुरु हुने ज्ञवालीले सुनाए । यस्तै, नागरिक उन्मक्ति पार्टीले पनि चुनावी अभियान तीव्र पारेको छ । एक महिनादेखि नागरिक उन्मुक्तिले घरदैलो अभियान र संगठन निर्माण सँगसँगै गरिहेको छ । जिल्लाका ३८ वटै वडाको घरदैलो अभियान सकिएको सो पार्टीका उम्मेदवार थारुले रातोपाटीसँग बताए । उनले भने, ‘हामीले टोल–टोलमा कमिटी गठन गरेका छौं । एमाले, कांग्रेस र माओवादीका कार्यकर्ता पार्टी छाडेर हाम्रो पार्टीमा लाग्नु भएको छ । उहाँहरुबाटै टोल, वडा, पालिका कमिटीको संरचना बनाएका छौं ।’ थारुको इन्ट्री दुवैलाई चुनौती बर्दिया–१ मा भिजेका कांग्रेस र एमालेका उम्मेदवारको बीचमा पहिलो पटक नागरिक उन्मुक्ति पार्टी चुनावी मैदानमा आएको छ । बर्दिया–१ मा कांग्रेस र एमालेसँग संगठन र उम्मेदवारको विरासत छ । बर्दियाको गुलरिया–६ का स्थायी बासिन्दा सञ्जय गौतम २०३६ सालदेखि राजनीतिमा छन् । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी २०३६ सालको आन्दोलनका बेला तीन महिनासम्म भद्रगोल जेलमा परेका थिए । गौतमले २०४९ सालमा वडाध्यक्ष भएर जिल्ला विकास समितिको उपसभापतिमा प्रतिस्पर्धा गरेका थिए । पार्टीको गाउँ सचिव, क्षेत्रीय सचिव, जिल्लाको सह–सचिव, सचिव हुँदै गौतम पार्टीको जिल्ला सभापति भएका थिए । ०५९ मा कांग्रेस विभाजन हुँदा उनी संस्थापन पक्षबाट बर्दिया सभापति बनेका थिए । गौतम २०६२÷०६३ को आन्दोलनका क्रममा पनि तीन महिना जेल परेका थिए । पहिलो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका गौतम त्यतिबेला असफल भए । दोस्रो संविधानसभामा विजयी भएका उनी सिंचाईमन्त्री समेत बनेका थिए । ०७४ मा बर्दिया–१ बाट तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार एमालेका उपाध्यक्ष बामदेव गौतमलाई पराजित गरेपछि सञ्जयको चर्चा चुलिएको थियो । अहिले बामदेव गौतमकै ज्वाई लक्ष्मण ज्ञवाली सञ्जयसँग बदला दिन एमालेबाट चुनावी मैदानमा उत्रिएका छन् । बर्दियामा बलियो संगठन बनाएका ज्ञवाली एमालेका पुराना नेता हुन् । ज्ञवाली २०३५ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा थालनी गरेका थिए । ०३७ सालमा तत्कालीन मालेको ईलाका कमिटीबाट संगठित हुँदै ०३८ मा उनी अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य भए । सोही बखत पक्राउ भएका ज्ञवालीले ६ वर्ष दाङको जेलमा बिताए । त्यसपछि पार्टीले उनलाई राप्ती अञ्चलबाट भेरी अञ्चलमा खटायो । तत्कालीन पञ्चायती शासनले ज्ञवालीलाई डेढ वर्ष नेपालगञ्जको जेलमा राख्यो । जेलबाट छुटेपछि उनी पार्टीको भेरी, कर्णालीको क्षेत्रीय कमिटीमा आबद्ध भए । उनी २०४६÷०४७ ताका मालेको बाँके–बर्दिया संयुक्त कमिटीको सचिव थिए । हाल उनी एमालेको बर्दिया इन्चार्ज, लुम्बिनी प्रदेश सहइन्चार्ज र केन्द्रीय सदस्य छन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा बर्दिया–३ बाट उनी पहिलो पटक चुनावी मैदानमा उत्रिएका थिए । उनको पहिलो प्रयास असफल भयो । उनी दोस्रो पटक बर्दिया–१ बाट संसदको यात्रा तय गर्न तम्सेका छन् । तर गठबन्धनका सञ्जयसँगै लक्ष्मणलाई कडा चुनौती दिन नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारु मैदानमा छन् । एमालेको समानुपातिक सांसद बन्ने प्रयास असफल भएपछि उनी नागरिक उन्मुक्तिबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गौतम र ज्ञवालीसँगको प्रतिस्पर्धामा थारुको ‘इन्ट्री’ले बर्दिया–१ मा चुनावी रौनक बढेको छ । थारु एमालेको जिल्ला कमिटीबाट राजीनामा दिएर रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिबाट चुनावी मैदानमा उत्रिएका हुन् । उनी प्रेस चौतारीको जिल्ला उपाध्यक्ष र अध्यक्षका साथै नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षसमेत भएका थिए । त्यसपछि उनी जिल्ला फर्किएर एमालेको जिल्ला राजनीतिमा प्रवेश गरे । उनी एमाले जिल्ला कमिटी सदस्य र प्रचार विभाग प्रमुख भए । बर्दिया–१ मा कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार आ–आफूले चुनाव जित्ने बताउँछन् । बर्दिया–१ मा एमालेसँग मुख्य प्रतिस्पर्धा हुने भए पनि आफू सहजै चुनाव जित्ने कांग्रेसका उम्मेदवार गौतमको दाबी छ । ‘साथीहरुलाई हामी गठबन्धनको स्प्रिटभन्दा बाहिर जान दिँदैनौं । चुनाव सहजैै जित्छु,’ उनले भने । यता ज्ञवालीले आफू इमानदारिपूर्वक जनताको सेवामा समर्पित भएको भन्दै चुनाव जित्नेमा ढुक्क रहेको बताए । उनले भने, ‘मतदाता कसैका दास होइनन् । गठबन्धनको कुनै असर पर्दैन । जातीय राजनीतिको अर्थ छैन । मेरो चुनावी माहोल राम्रो बनेको छ । बर्दिया–१ मा एमालेले चुनाव जित्दैछ ।’ एमाले उम्मेदवार ज्ञवालीलाई कम आक्दै थारुले भने आफ्नो मुख्य प्रतिस्पर्धा गठबन्धनका उम्मेदवार गौतमसँग हुने दाबी गरे । उनले भने, ‘एमाले अहिले मेरो प्रतिस्पर्धी नै होइन । मेरो मुख्य प्रतिस्पर्धा गठबन्धनका सञ्जय गौतमसँग हो ।’ कांग्रेस, एमाले र माओवादीले पहिचानको मुद्दा छाडेपछि जनलहर आफूतिर देखिएको थारुको भनाइ छ । थारुले एमालेको मत काट्ने आकलन गरिएको छ । उनी कांग्रेसको अन्तरद्वन्द्व, गठबन्धन, एमाले पृष्ठभूमि र जातीय फ्याक्टरबाट भोट बटुल्ने रणनीतिमा छन् । बर्दिया–१ मा थारुको मत निर्णायक छ । ठाकुरसिंहलाई कांग्रेस र एमालेबाट थारु उम्मेदवार नहुनुको फाइदा छ । तर नेकपा विभाजनपछि राष्ट्रिय एकता अभियान चलाइरहेका बामदेव गौतमको भूमिका बर्दिया–१ मा निर्णायक देखिन्छ । एमालेबाट राजीनामा दिएका गौतम राष्ट्रिय एकता अभियानबाट राजनीतिमा सक्रिय छन् । अहिले चुनावी मैदान बाहिर रहेका गौतमले कुनै उम्मेदवारप्रति पक्षधरता नदेखाएको अवस्था छ । एमालेका ज्ञवालीमाथि ०७४ मा आफ्नै जेठान बामदेव गौतममाथि अन्तरघात गरेको आरोप छ । सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा प्युठानबाट चुनाव लड्ने बामदेवको इच्छा थियो । तर सत्ता गठबन्धन बामदेवलाई उम्मेदवार बनाउन राजी भएन । यस्तो अवस्थामा गौतमको झुकाव सञ्जय र लक्ष्मणमध्ये कसप्रति हुन्छ भन्न सकिने अवस्था छैन । बामदेवको सचिवालयले भने बर्दिया–१ मा उनको भूमिका तटस्थ रहने रातोपाटीलाई बतायो । बामदेवका स्वकीय सचिव दिपक टमाटाले भने, ‘बामदेव कमरेडले गठबन्धन र एमाले दुवैका उम्मेदवारलाई समर्थन गर्नुहुँदैन । हाम्रो पार्टीको कसैलाई समर्थन नगर्ने निर्णय छ ।’ कुन उम्मेदवारका एजेण्डा कस्ता छन्  कांग्रेसका गौतमले बर्दिया–१ मा भन्सार नाका खोल्ने र भुरीगाउँ–सुर्खेत सडक निर्माणलाई मुल मुद्दा बनाएर भोट मागिरहेका छन् । उनले भने, ‘संविधान बनाउने बेलामा अरु काम गर्ने फुर्सद नै भएन । विगतको ४ वर्ष मेरो अनुकुल रहेन । मैले सोचेको जति काम गर्न सकेको छैन । बर्दियाको समृद्धिका लागि धेरै काम गर्न बाँकी छ । अहिले योजना बनाएर अगाडि बढेको छु ।’ यस्तै ज्ञवालीले बर्दियाका अव्यवस्थित बसोबास, बाटाघाटो, सीमा समस्या, आरक्षणसँग गाँसिएका समस्या, शिक्षा र स्वास्थ्यलाई एजेण्डा बनाएको बताए । राजनीतिक स्वार्थ र संरक्षणका कारण गुणस्तरीय काम नहुँदा भत्किएको जगदिशघाटको पुल निर्माणलाई पनि उनले उच्च प्राथमिकताका साथ उठान गरेका छन् । बिउ र मलको समस्या सम्बोधन गर्ने ज्ञवालीको आश्वासन छ । यस्तै थारुले ‘सुशासन र पहिचान, समृद्धि र आत्म सम्मान’ नारालाई मुख्य मुद्दा बनाएको पाइएको छ । थारुले विगतमा निर्वाचित भएर गएकाहरुले कुनै काम गर्न नसकेको बताए । बर्दियाको निर्वाचन इतिहास यस्तो छ पञ्चायतकालमा बर्दियाको प्रतिनिधित्व, युवराज जंग शाह, शालिग्राम चौधरी, शिवरतन थारू, पदम बहादुर सापकोटाले गरेको पाइन्छ । ०४६ मा बहुदल आएपछि ०४८ मा भएको आम चुनावमा बर्दियाका तीन वटै निर्वाचनमा एमालेले जितेको थियो । बर्दिया–१ बाट बामदेव गौतम, २ बाट खगराज शर्मा र ३ बाट गोविन्दराज ज्ञवाली निर्वाचित भएका थिए । ०५१ को मध्यावधि निर्वाचनमा पनि बर्दिया–१ मा बामदेव गौतम, २ मा श्यामप्रसाद ढकाल र ३ मा काशिराम थारु विजयी भएका थिए । ०५६ को आम निर्वाचनमा बर्दिया कांग्रेसमय भएको थियो । बर्दिया–१ मा कांग्रेसका कासी पौडेल, २ मा मंगलप्रसाद थारु र ३ मा खेमराज भट्ट मायालुले जित हात पारेका थिए । ०६४ को पहिलो संविधानसभा निर्वाचनताका बर्दियामा एउटा निर्वाचन क्षेत्र थपियोे । त्यतिबेला बर्दियाका ४ वटै निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले बाजी मा¥यो ।  बर्दिया–१ मा सरला रेग्मी, २ मा विष्णुप्रसाद चौधरी थारु, ३ मा सन्तकुमार थारु र ४ मा रामचरण चौधरी थारु विजयी भएका थिए । ०७० मा बर्दिया–१ मा एमालेका बामदेव गौतम, २ मा कांग्रेसका सञ्जय गौतम, ३ मा माओवादीका सन्तकुमार थारु र ४ मानबहादुर थारु विजयी भएका थिए । प्युठान र बर्दिया १ बाट चुनाव जितेका गौतमले प्युठान रोजेपछि बर्दिया–१ मा उपनिर्वाचन भएको थियो । उक्त निर्वाचनमा एमालेका श्यामप्रसाद ढकाल विजयी भएका थिए । ०७४ मा बर्दियालाई ४ बाट २ वटा क्षेत्रमा झारियो । जसमा १ बाट कांग्रेसका सञ्जय गौतम र २ बाट माओवादीका सन्तकुमार थारु निर्वाचित भएका थिए । विगत र वर्तमानको चुनावी परिणाम हेर्दा बर्दिया कम्युनिस्टको उर्भर भूमि देखिन्छ । यसपटक दुई कम्युनिस्ट घटकको साथमा सञ्जय गौतम कम्युनिस्टकै विरुद्धमा चुनावी मैदानमा छन् । स्थानीय निर्वाचनको परिणाम अनुसार गौतमका लागि चुनावी प्रतिस्पर्धा सहज देखिन्छ । यहाँ वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा एमालेको ३६ हजार ८१२, कांग्रेसको ३४ हजार ६२२, माओवादीको २४ हजार ३४१, राप्रपाको ३ हजार १९०, जसपाको २ हजार २३७, नेकपा एकीकृत समाजवादीको एक हजार ६५२ र लोसपाको १५६ मत छ । स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको मत यहाँ अत्यन्त न्युन छ । यस आधारमा गठबन्धनका गौतम २३ हजार ८०३ मतले अगाडि देखिन्छन् । ०७४ को जस्तो अर्को चमत्कार नभए तथा पार्टीभित्रको अन्तरद्वन्द्व र गठबन्धन मिलाए गौतम सहज अवस्थामा देखिन्छन् । रातोपाटीबाट

नागरिक उन्मुक्ति पार्टी विजय भएको क्षेत्रमा कुनै पनि कार्य विचौलिया मार्फत नगर्ने 

नागरिक उन्मुक्ति पार्टी विजय भएको क्षेत्रमा कुनै पनि कार्य विचौलिया मार्फत नगर्ने 

१४१६ दिन अगाडि

|

१७ कात्तिक २०७९

उत्पादनसँग नागरिकलाई जोडने विचौलियाको अन्त्य विना मुलुक, समाज कसैको भविष्य सम्भव छैन । हाम्रो देशले फड्को मार्न नसक्नुको एउटै कारण विचौलियाको विगविगी हो । आज हाम्रो देशको नेता देखि विकास, व्यापार निर्माण, उत्पादन, यहाँ सम्मकि शिक्षा र स्वास्थ्य जस्ता अति संवेदनशील क्षेत्रमा समेत विचौलियाको वर्चस्व छ । यदि समयमै विचौलिया निरूत्साहित गर्ने योजना नल्याउने हो भने देशैं विचौलियाको हातमा नपुग्ला भन्न सकिन्न । यसका लागि नागरिक उन्मुक्ति पार्टीले ‘उत्पादनसँग नागरिकलाई जोड्ने’ विशेष योजना ल्याएको छ । के छ योजनामा ? १.  नागरिक उन्मुक्ति पार्टी विजय भएको क्षेत्रमा कुनै पनि कार्य विचौलिया मार्फत गर्ने छैन । २. कृषक, उद्योगी, उद्यमी, आदिले उत्पादन गरेका वस्तु उनै मार्फत बिक्री वितरण गर्ने व्यवस्था गर्नेछौं । ३.  विकास निर्माणका कार्यहरू सामूहित परिश्रमसहितको उत्पादनबाट व्यवस्था मिलाउनेछौं । हामी गर्नेछौं  १. शुद्व पिउने पानीको ज्ञारेन्टी ।  २. एक पालिका एक वृद्धाश्रम  ३. जेष्ठ नागरिकको मासिक एकपटक स्वास्थ्य जाँच ।  ४. गरिब, सुकुम्बासी, मजदुरका बालबालिकालाई सतप्रतिशत शिक्षा निशुल्क । ५. स्वरारेजगारको आधारभूत तालिम । हामी गर्दैनौं  १. घुस खान्नौं । २. भ्रष्टाचार गर्दैनौं ।  ३. कसैको दबाब तथा अनावश्यक करकापमा रहेर अनुचित कार्य गर्नेछैनौं ।  स्वास्थ्य हरेक मुलुकको शाकसदेखि राज्य सञ्चालनसम्म सबैले चाहन्छन्– आफ्ना नागरिक स्वस्थ रहुन् । स्वस्थ नागरिक बिना मुलुक सञ्चालनको परिकल्पना गर्न सकिँदैन । सबैजसो राजनीतिक दलहरूको एजेण्डामा स्वास्थ्य शीर्षक बिनाको घोषणापत्र, प्रतिवद्धतापत्र सम्पूर्ण अपूरा हुन्छन् । धेरै शब्द खर्चिरहनुभन्दा नागरिक उन्मुक्ति पार्टी जनस्वास्थ्यको सबालमा निम्न कुरामा प्रतिवद्ध छ ।  नागरिकको स्वास्थ्य नै राज्यको धन हो  १. जन्मदेखि ५ वर्षसम्म सम्पूर्ण बालबालिकाको उपचार निशुल्क । २. हरेक नागरिकको स्वास्थ्य उपचार बिमा निशुल्क ।  ३. ६५ वर्षभन्दा बढी उमेरका नागरिकको उपचार निशुल्क ।  ४. दीर्घ रोगी नागरिकको उपचार निशुल्क । ५. हरेक पालिकास्तरमा कम्तिमा २५ शैयाको एक अस्पतालको साथै असक्त, वृद्धवृद्धा, बालबालिका र महिलाहरूलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने ।  ६. हरेक महिना कम्तिमा एकपटक प्रेसर, सुगर, युरिक एसिडजस्ता रोगको परीक्षण घुम्ति शिविरमार्फत् अनिवार्य गर्ने ।  ७. नागरिक उन्मुक्ति पार्टी सरकार निर्माणको तहसम्म पुगेको खण्डमा कम्तिमा ‘एक प्रदेश एक शिक्षण अस्पताल’को अवधारणा ल्याई स्थापना गर्ने ।  रोजगार  रोजगारका विषयमा धेरै राजनीतिक दलले आ–आफ्ना अवधारणा ल्याएका छन् । नागरिकलाई वैदेशिक रोजगारमा पठाउँछौं भन्नेहरूको चेतना छ कि छैन ? के नागरिक वधुवा मजदुर हुन् ? आफ्नो जनतालाई अर्काको देशमा काम गर्न पठाउँछु भन्नेहरूको मानसिकतामा नेपाली जनता दास हुन कि होइनन् ? अशिक्षित संकीर्ण मानसिकताले आजसम्म मुलुकको रथ नगुडेकै हो भन्ने सबै नेपाली नागरिकले बुझ्न जरूरी छ । नागरिकलाई रोजगारमुलक कसरी बनाउन सकिन्छ ? यो सोचको चेतना सबैमा आउनु जरूरी छ । उदाहरणतः एक जना नेपाली नागरिक विदेशमा जान्छ । कृषि पेसामा रोजगारी पाउँछ । परिश्रमिक पनि हाम्रो देशको भन्दा कयौं गुणा बढी रकम प्राप्त गर्छ । अनि त्यही देशको उत्पादन यहाँ हामीले हाम्रो उत्पादनभन्दा सस्तो दरमा खरिद गरेर खाइरहेका हुन्छौं । कारण के ? हाम्रो नेपाली नेता र राजनीतिक दलहरूको चेतनामा ‘स्वरोजगार’ भन्ने विषयले कहिले प्रवेश पाउला ? हामी स्वरोजगारमूलक देश बनाउँछौं भनेर किन भन्न सक्दैनन् ? धरानका मेयर हर्क साम्पाङले ढुंगा बोकेको, गिटी कुटेको दृश्य यिनको मानसपटलमा कहिले छिर्ने हो ? अब को नेता नेतृत्व गर्नसक्ने, पश्रिम गर्नसक्ने, स्वयं अहोरात्र खर्चिनसक्ने ल्याकत राख्ने हुनुपर्छ ।  हाम्रो नागरिक उन्मुक्ति पार्टीले सगौरव घोषणा गर्दछ– हामी ‘स्वरोजगारमूलक देश’ बनाउँछौं । सामूहिक परिश्रमले ठूलाठूला जल आयोजना, कृषि कारखानाको निर्माण गर्छौं ।  देशको उर्वर भूमिलाई हराभरा कृषि उब्जनी क्षेत्र बनाउँछौं । हामी अल्छी, गफाडी, एकल जातीय मानसिकता बोकेका घमण्डी नेताहरूलाई चुनौती दिन चाहन्छौं– पहाडको खाली जमिन तराईका श्रमिक, मेहनती जनतालाई हस्तान्तरण गरिएको खण्डमा मुलुक हराभरामात्रै होइन, साँच्चिकै समृद्ध बन्नेछ ।  हाम्रो योजना छ  १. नेपाली श्रमिकलाई विदेशमा स्याउ टिप्न, विरूवा गोड्न, धान रोप्न, पशुपालन कार्यमा लगाउन नपठाउने । हामी सबैले त्यो वातावरणको निर्माण आफ्नै देशमा गर्ने । यो सम्भव पनि छ, गर्नैपर्छ ।  २.  हिमाली, पहाडी र तराईको कृषि प्रणालीका लागि अध्ययन, अनुसन्धान गर्न कृषि विज्ञहरूको टोली बनाउने । कहाँ, के गन सकिन्छ, सोको व्यवस्था तत्कालै गर्ने । कृषि विउविजन अनुसन्धान केन्द्रको तत्कालै स्थापना गर्ने । रैथाने विउविजन, फलफूल उत्पादनलाई बढी महत्व दिने । आज संसारमा उत्पादन, बिक्री वितरण गरेर सबैभन्दा बढी लाभ रैथाने उत्पादनले नै पाएका छन् । त्यसैले रैथाने बाली, विउविजन र उत्पादनलाई विशेष महत्व दिने ।  ३. जीवनयापनमा अति महत्वपूर्ण वस्तुमात्रै आयात गर्ने । सौख रहरिला वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाउने । यदि राज्यले वैदेशिक हरियो तरकारी, माछामासु, फलफूलमा तुरून्त रोक लगाउने हो भने रोजगारी चौगुणा बढेर जानेछ । त्यसैले भान्सामा विदेशी तरकारी होइन, स्वदेशी पकाउने, स्वदेशी फलफूललाई उपभोग गर्ने, स्वदेशी कृषकले उत्पादन गरेको माछामासु मात्रै खाने । हरेक स्वदेशी उत्पादनलाई बढावा दिने हो भने रोजगारी खोज्न विदेश जानै पर्दैन ।  ४.  यान्त्रिक खेतीको विकास विना राज्यको नागरिक पाल्नु अब सम्भव छैन । त्यसैले यान्त्रिक प्रणालीलाई अवलम्बन गर्ने । स्वदेशका यान्त्रिक वैज्ञानिक महाविर पुनजस्तालाई राज्यले सहयोग गरी त्यस्ता केन्द्रको राज्यभरि नै विस्तार गर्ने ।  ५. मुलुकको उत्पादन वस्तु विदेशमा निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्ने परिपाटी मिलाउने । ६. अब सरकारी प्राविधिकको मात्रै भर नपरि स्वंय स्थानिय कृष्कलाई नै तालिम दिइ दक्ष प्राविधिक बनाउने स्वयं स्वरोजगार हुने आधारहरू १. आफूले उपभोग गर्ने वस्तुको उत्पादन आफैँले थालौं ।  २. वैदेशिक सामाग्रीको प्रयोग गर्नपरे मात्रै गरौं । अनावश्यक सौख नपालौं ।  ३. पहिलो सुरूवात आफ्नै घरदैलो, भान्साबाट गरौं ।  ४. आफ्नो करेसाबारीमा आफूलाई पुग्ने तरकारीका लागि परिश्रम गरौं ।  ५. आफ्नो थोरै जमिनको सदुपयोग गरौं । दुई बोट फूल, दुई बित्ते जमिनबाट उत्पादित तरकारीले एक परिवार सहजै धान्न सकिन्छ भन्ने बुझौं । ६. परिवार जीवनयापनको सहजीकारणको प्रशिक्षण हाम्रो नागरिक उन्मुक्ति पार्टीले पहिलो प्राथमिकतामा राखेको छ । तब स्वरोजगार भइन्छ १.  खाली नबस्ने र जमिन खाली नदेख्ने ।  २.  सरकारसँग रोजगार माग्ने होइन, सरकारलाई वैदेशिक मजदुर झिकाउन दबाब दिने वातावरणको सिर्जना आफैँले गर्ने ।  ३.  भलो चिताउने होइन, हलो जोताउने नेताको खोजी गर्ने ।  ४.  घरछेउका, खोला–नाला सदुपयोगका लागि स्थानीय सरकारसँग समन्वय गरी सामूहिक श्रम र लगानीबाट मनग्य आम्दानी लिन सकिन्छ । त्यसैले घरछेउका खोला–नाला, वनमै सामूहिक श्रम गरी रोजगारका वैकल्पिक व्यवस्थापन आफैँले गर्ने । पारिश्रमिकसहितको सामूहिक श्रमदान गर्न तत्पर हुने ।  ५.  सानातिना बाटोघाटो, पुलपुलेसा, ठेकेदारलाई होइन, जनतालाई दिनुपर्छ भनेर स्थानीय सरकारलाई दबाब दिने ।  ६.  सिक्ने गुणको बानी बसाल्ने । सक्दो आफैँले गर्ने, अरूलाई नअह्राउने ।  ७. मुलुक श्रमले बन्छ, सीपले बन्छ र सकारीले बन्छ । श्रम, सीप र सकारी छैन भने स्वरोजगार पनि भइन्न । त्यसैले सरकारलाई श्रम, सीप, सकारी सदुपयोगका लागि खबरदारी गर्ने वातावरणको सिर्जना नागरिक उन्मुक्ति पार्टीले गर्नेछ ।  केही कुरा... हामी अरू दलजस्तो ठूलो, परिपक्व, अनुभवी भइसकेका छैनौं । नयाँछौं, सिक्दैछौं भन्दैमा अपरिपक्व र आलोकाँचो पनि छैनौं । हाम्रो नागरिक उन्मुक्ति पार्टी जन्म भएको नवौं महिनामा हामीले स्थानीय प्रतिनिधि, प्रदेश गरी दुई निर्वाचनको सामना गर्नुपरेको छ । हामी साइवेरियाबाट उडेको पन्छीले जस्तो गन्तव्य भेटाइसकेका छैनौं । भेटाउने प्रयत्न जारी छ । भेटाउँछौं पनि । त्यसैले चुनावी घोषणा पत्रमा नसकिने, नगर्ने कुरा लेखेर नागरिकलाई चुतिया बनाउने हाम्रो नियत छैन ।  नागरिक उन्मुक्ति पार्टी विद्रोहबाट जन्मिएको पार्टी हो । यसले अझै केही विषयमा अहिंसित राजनीतिक विद्रोह गर्न बाँकी छ । केही कुरा हाम्रो पार्टीले गर्ने लक्ष्य नै लिएको छ । यो हाम्रो दृष्टिकोण, लक्ष्य राजनीतिक उद्देश्य जे भन्नुस्, यसमा हामी अनवरत संघर्ष गरिरहने छौं ।  १. राज्यको शासकीय स्वरूपमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्ने । २. ‘भौगोलिक, साँस्कृतिक पहिचानसहितको संघीयता’ हाम्रो राजनीतिक उद्देश्य हो । प्रदेशको नामाकरणमा हाम्रो गम्भीर असहमति छ ।  ३. केही प्रदेशको भूगोलमा पनि हाम्रो गम्भीर आपत्ति छ । राज्यको भूगोल नेताले होइन, जनताले व्यवस्थापन गर्नुपर्छ । देशको केही जिल्ला नेताको स्वार्थमा थपिएको छ र, अझ केही जिल्ला जनव्यवस्थापनका लागि थपिनुपर्दछ ।  ४. जथाभाबी बाटो निर्माणको नाममा ठेकेदार नेताले ब्रह्मलुट गरिरहेको सर्वविदितै छ । त्यसैले अब बाटो होइन, वस्ती व्यवस्थापन गर्नुपर्छ ।  ५. असक्त, अस्वस्थ, वृद्ध नेतालाई राजनीतिमा छाइरहन दिने हो भने मुलुक कहिल्यै समृद्ध हुनसक्ने छैन ।  ६. प्राकृतिक न्याय नपाएका व्यक्ति अपांग जीवन व्यतित गरिरहेकाहरूको गाँस, बाँस कपासको, पुनः ग्यारेन्टी राज्यले लिनुपर्छ ।  ७. विषय कठिन छ, असजहजस्तै छ । तर पूर्ण मानसिकताले सहजै सम्भव छ । एकीकृत वस्ती नबनाइकन चक्लाबन्दी गरेर कृषि प्रणाली नअपनाएसम्म अन्नपातको आयात भइरहन्छ । र, जबसम्म आयातित मानसिकताबाट हामी ग्रसित भइरहनेछौं, तबसम्म देश विकास सम्भव छैन ।  ८. नेपालका धेरै वनलाई तुरून्त आरक्ष बनाउनु जरूरी छ । हाम्रो नागरिक उन्मुक्ति पार्टीको सरकारले सम्भव भएका स्थानमा तुरून्त त्यसको अवधारणा अघि सार्ने छ ।  ९. राज्यले छुट्याएको जातीय कल्स्टर अति नै विभेद्पूर्ण छ । हाम्रो नागरिक उन्मुक्ति पार्टीले संसदीय संघर्षमा यही विषयको उठाउन गर्ने छ ।  एक प्रदेश एक संकल्प १. एक प्रदेश एक अन्तर्राष्ट्रियस्तरको रंगशाला अनिवार्य बनाइनेछ । २. एक प्रदेश एक मल कारखाना अनिवार्य बनाइनेछ ।  ३. एक प्रदेश एक शिक्षण अस्पताल अनिवार्य बनाइनेछ ।  ४. एक प्रदेश एक हाइड्रोपावर हाउसको निर्माण अनिवार्य गरिनेछ । ५. एक प्रदेश एक पहिचान सहितको शिक्षा अध्यापन गराइने विश्वविद्यालय खडा गरिनेछ ।  ६. रुग्न उद्योग सञ्चालन गर्नुको साथै एक प्रदेश एक कृषियन्त्र कारखाना खेल्नेछौं । अबको केही प्रदेश सरकारमा हाम्रो नागरिक उन्मुक्ति पार्टीको जबरजस्त उपस्थिति रहनेछ । हामीले नेतृत्व गर्ने, प्रदेश सरकारले गर्ने कार्यले नै हाम्रो मार्गदिशा निर्धारण गर्नेछ । ‘हामी हार्ने छैनौं, थाक्ने छैनौं । आफ्नो अधिकारको लडाइँमा कोही पराया डाक्ने छैनौं’ भन्ने उद्देश्यका साथ अगाडि लम्किरहेका छौं । सम्पूर्ण जनताको साथ भरोसा र विश्वासको अपेक्षा लिएका छौं । त्यसैले परिवर्तनको सम्बाहक, नौलो नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ढकियामा छाप लगाई अत्यधिक बहुमतले विजयी गराउनुहुने छ भन्ने अपेक्षा लिएका छौं ।  आदरणीय बुबाआमा, दाजभाइ तथा दिदीबहिनीहरू, हाम्रो नागरिक उन्मुक्ति पार्टीलाई धेरैले जातीय पार्टीको बिल्ला भिराउने गर्दछन् । जसको सोच एकल जातीय छ, उसैलेमात्र यस्तो कुरा गर्छ । नेपाल बहुजातीय, बहुभाषिक राष्ट्र नै हो । तर के हाम्रो देशमा रहेका अन्य जातिको रहनसहन, भाषा, भेषभुषाको कुनै महत्व नै छैन ? अधिकांश थारू लालिगुराँस फूल नदेखेरै मर्छन् । तर थारूले राष्ट्रिय फूल लालिगुराँसको कहिले विरोध ग¥यो ? दौरा सुरूवाल सबैले लगाउने पोसाक होइन, तर के हामीले दौरा सुरूवाललाई राष्ट्रिय पोसाक मानेका छैनौं र ?  सबै जातजातिको, भाषा भेष, रहनसहन, सम्मानका लागि नै संघीयता चाहिन्छ । संघीयतामा सबैको सम्मान, इज्जत, पौराणिक परम्परा सम्मानार्थ हुनुपर्छ । विभिन्न भाषा बोले पनि हामी नेपाली हौं । विभिन्न पोसाक लगाए पनि हामी नेपाली हौं । भूगोलअनुसार धर्म, पोसाक परिवर्तन हुन सक्ला, तर समग्रमा हामी सबै नेपाली हौं । त्यसैले अब मानसिकता परिवर्तन गर्नुपर्छ । यो पोसाक मेरो, त्यो पोसाक तेरो, यो धर्म मेरो, त्यो धर्म तेरो, यो जात मेरो, त्यो जात तेरो, डोको मेरो, ढकिया तेरो । यस्ता कुरा नेपाललाई विभाजित गर्ने मानसिकता बोकेकोले मात्रै गर्छन् । देउराली भन्ज्याङ, समुल फाँट, हिमाली भेग, पहाडी पाटन सबै नेपालीका साझा हुन् । यी सबैलाई संघीयतामार्फत् व्यवस्थापन गर्नुपर्छ ।  पहिचान पहिचान सम्मान हो कि अपमान ? ल्याटिन अमेरिकी देश ब्राजिलमा हेर्न गए पुग्छ । अहिले पहिचानको विरोध गर्नेहरूको आखिर गन्तव्य पनि उही नै हो । तर संसार नबुझ्नेहरूलाई बुझाउन अत्यन्त कठिन हुँदो रहेछ । आफ्नो कुनै साँस्कृतिक पहिचान नभएका युरोपियन र अमेरिकनहरू साम्बा फेस्टिबल अवलोकनका लागि सडकको एक छेउमात्रै पाए कति भाग्यमानी सम्झिन्छन् आफूलाई । अहिले विश्वको विकास यति तीव्र गतिमा भइरहेको छ कि मान्छे पुरातन सोँचको कल्पनासमेत गर्न रूचाउँदैनन् । तर पहिल्याउँदै जाँदा एउटा यस्तो विम्व स्तम्भित हुन्छ, जसलाई कसैले न भुल्न सक्छन्, न उखेलेर फाल्न नै सक्छन् । हो त्यही हो पहिचान । पहिचान कुनै व्यक्तिको पेवा होइन र हुन पनि सक्दैन । पहिचान त मुलुक समृद्धिको सबैभन्दा ठूलो आधार हो । पहिचानले विश्व पर्यटनलाई आगमन गराउँछ र संस्कार, परम्परालाई बाचाइराख्नुको साथै अर्थतन्त्रको वृद्धिमा यसले अहम् भूमिका खेल्छ । आफ्नो देशमा भएको साँस्कृतिक पहिचानलाई नस्ट गरेर पछि अरूको पहिचानको प्रसंसा गर्ने मुर्खताको मार्गमा छौं हामी । लाटाहरूले केवल इशारा बुझ्छन्, बोली बुझ्न सक्दैनन् । हो, अहिले विद्वानहरूको आवाज हो पहिचान । दुईचार वटा सुगा÷मैनालाई– राम राम कहो पट्टु ? भनेर रटाएरमात्रै केही हुनेवाला छैन । पहिचान त सक्कली आवाज हो, जुन प्राणीले गर्भमै सिकेर आएको हुन्छ । जसलाई संस्कार र परम्परको ख्याल हुँदैन, उसलाई न त आफ्नी आमाको ख्याल हुन्छ, न मुलुकको नै । हो, त्यसैले त आफ्ना पुर्खालाई वृद्धाश्राम पु¥याउँछन् । जसले बुबा–आमालाई नै घरबाट लखेटेर वृद्धाश्राममा पु¥याउँछन् त्यस्ताले मुलुक कहाँ पु¥याउँछ ? धेरै साथीहरू पहिचानको कुरा गर्दा जातीय कुरो भो भन्छन् । भूत, भविष्य र वर्तमानको विचारै नगर्नेलेमात्रै यस्तो कुरा गर्ने हो । ‘मेरो गोरूको बाह्रै टक्का’को परिणामले विश्वका धेरै देश भड्खालामा जाकिएको कुरा धेरैलाई थाहा छ । शान्ति अदृश्य शक्तिकी दूत हुन् । अशान्तिको विकल्प खोजिनुपर्छ । संघीयता, पहिचानसहितको भएन भने मुलुक सधैं कुण्ठाले ग्रसित भएर बाँचिरहेको जस्तो देखिन्छ । आखिर यसको पनि त विकल्प होला ।  संघीयताले देश टुक्रिन्छ भनेर गलत पाठ्यक्रम पढाउनेले संघीयताको विषय नै किन उठाए होलान् ? मुलुक संघीय लोकतन्त्रमा प्रवेश गरिसकेको छ । अब यसबाट बाहिर निकाल्नु भनेकै मुलुक पछाडि फर्किनु हो । लोकतान्त्रिक मुलुकमा जनता जागेपछिको परिणाम परिवर्तनीय हुन्छ । मुलुकलाई पछाडि फर्काउन खोजे जनताले नेतृत्व नै परिवर्तन गरिदेलान् भन्ने हेक्का पनि नेताले राख्नुपर्छ । हाम्रो देश नेपालमा संघीयता बहसको प्रारम्भमा पहिचानसहित दिने भनिए पनि अन्ततः शुक्राचार्यको बुद्धि कसले शासकको गिद्दीमा भ¥यो कुन्नी ? अहिले मुलुक विवादको भूमरीमा फसेको छ । पहिचान परिचय हो भन्ने सबैलाई थाहा हुँदाहुँदै बुझ किन पचाइँदैछ कुन्नी ?  राजनीतिमा आफ्नो पार्टीका पकड बलियो होस् भनेर जातीय संगठन खोल्ने राजनीतिक दलहरू अहिले हुँदै नभएको जनजाति आदिवासीले जातीय राज्यको माग गर्दैछन् भनेर जबरजस्ती आरोप थोपर्दैछन् । जुनबेला प्रमुख राजनीतिक दलहरूले धमाधम जातीय संघसंगठन खालेर पार्टीको भातृ संगठनको रूप दिँदैथिए, त्यो बेला हामी आदिवासी सबै कांग्रेस, एमाले, माओवादीका सदस्य थियौं । भातृ संगठनको रूप दिँदै हरेक चुनावमा भोट लिँदै र अधिकारबाट वञ्चित हुँदै गएपछि विस्तारै यसले हामी आदिवासी जनजातिको मनमा चिसो पसायो । अहिले देश लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । गणतन्त्रमा संघीयता अनिवार्य हो । लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई पनि नबुझ्ने नेताहरूको ठूलै झुण्ड रहेछ । गणतन्त्रको पूर्ण परिभाषा नबुझिकनै दुई जनाले त उपप्रधानमन्त्री नै पड्काइदिए । आदिवासी÷जनजातिले भौगोलिक–साँस्कृतिक पहिचानसहितको संघीयता माग्दैछन् । तर राज्यका शासकले जबरजस्ती जातीय राज्य माग्दैछन् भनेर हौवा फैलाउँदैछन् । साँस्कृतिक पहिचान राज्यको परिचय हो भन्ने कुरा नेतालाई ब्राजिलको उदाहरण भए पुग्दैन र ? आदिवासीको हक र अधिकारको महत्वका बारेमा अमेरिकाकै उदाहरण प्रशस्त छन् । एकले अर्कालाई धम्क्याउन छाडौं । पहिला प्रस्ट बनौं । हामीलाई जातीय राज्य चाहिएको होइन, भौगोलिक–साँस्कृतिक पहिचानसहितको संघीय प्रदेश चाहिएको हो ।  धर्म र सँस्कृति धर्म र सँस्कृति आफ्ना आफ्ना हुन् । शक्ति र सत्ताको आडमा यसको हरण भयो भने राज्यलाई मात्रै होइन, विश्वलाई नै अपुरणीय क्षति हुन्छ । सत्ता र शक्तिको आडमा मेटाइएको धर्म र सँस्कृतिको इतिहास भोलि अनुसन्धानका लागि विज्ञहरूको सोधसमेत अपुरो हुनजान्छ । तसर्थ, अहिले नास गर्न लागिएको यही धर्म र सँस्कृतिका लागि भोलि राज्यले अर्बौं खर्च गर्दासमेत प्राप्त हुन सक्दैन । बौद्ध सभ्यता नेपालको पुरानो सभ्यता हो, जुन भारतका कट्टर हिन्दुवादी अशोक सम्राटले समेत लुम्बिनीमा स्तम्भ खडा गरेको इतिहासबाट प्रष्ट हुन्छ ।  राज्य धर्मनिरपेक्ष हुनुपर्छ । सबै नेपालीको पौराणिक धार्मिक सभ्यताको संरक्षण र सम्वद्र्धनमा राज्यको सरोबरी भूमिका हुनुपर्छ ।  अन्त्यमा, ढकिया एकल जातीय चिन्ह होइन । हाम्रै देशको पहिचान हो । राष्ट्र, पहिचान स्थापनार्थ पनि सबै बुबाआमा, दाजुभाइ, दिदीबहिनीले नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ढकियामा छाप लगाई विजयी गराउनुहुनेछ भन्ने अपेक्षा लिएका छौं । जय नागरिक ।   

राप्ती गाउँपालिकाको सिसहनियाँमा आँखा उपचार केन्द्र खुल्दै

राप्ती गाउँपालिकाको सिसहनियाँमा आँखा उपचार केन्द्र खुल्दै

१४१७ दिन अगाडि

|

१६ कात्तिक २०७९

दाङदेउखुरीको राप्ती गाउँपालिका अनत्र्गत सिसहनियाँमा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा  खुल्न लागेकोमा यसबारे एक सम्झौता पत्रमा बुधबार काठमाडौंमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट तथा तिलगंगा आँखा प्रतिष्ठानको कार्यकारी निर्देशक एवम् वरिष्ठ आँखा रोग विशेषज्ञ डा रिता गुरुङले हस्ताक्षर गरे । सम्झौता अनुसार अस्पतालका लागि गाउँपालिकाले भवन र जग्गा उपलब्ध गराउने छ भने तिलगंगा आँखा प्रतिष्ठानले उपचारका लागि आवश्यक उपकरण र प्राविधिक जनशक्ति उपलब्ध गराउने छ । सम्झौता पत्रमा लेखिएअनुसार राप्ती गाउँपालिकाले उपलब्ध गराएको स्थानमा एक वर्षसम्म तिलगंगा अस्पतालले आफ्नै जनशक्तिबाट सेवा दिनेछ र उनीहरुलाई तलबसमेत खुवाउने छ । एक वर्षपछि भने आँखा उपचार केन्द्रमा प्रयोग भएको उपकरण पालिकालाई नै हस्तान्तरण गर्ने छ । साथै त्यहाँको जनशक्ति व्यवस्थापन, उनीहरुको पारिश्रमिक लगायत सबै जिम्मा पालिकाले लिने छ । तिलगंगा आँखा प्रतिष्ठानको कार्यकारी निर्देशक डा रीता गुरुङले आगामी पुस दोस्रो सातादेखि नै सिसहनियाँमा आँखा उपचारको लागि ओपीडी सेवा सुरु गर्ने लक्ष्य रहेको बताइन् । तत्कालको लागि अहिलेको सिसहनियाँ स्वास्थ्य चौकी रहेको भवनमा ग्रामिण आँखा उपचार केन्द्र स्थापना हुनेछ ।