कैलाली– १ मा रामजनम र तपेन्द्रको ढुकढुकी बढाएको ‘ढकिया’

कैलाली– १ मा रामजनम र तपेन्द्रको ढुकढुकी बढाएको ‘ढकिया’

१४०२ दिन अगाडि

|

१ मंसिर २०७९

थरुहट आन्दोलनका सारथीहरु : एक्लाएक्लै छन् चुनावी मैदानमा

थरुहट आन्दोलनका सारथीहरु : एक्लाएक्लै छन् चुनावी मैदानमा

१४०२ दिन अगाडि

|

१ मंसिर २०७९

धनगढी : मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारहरु अन्तिम कसरतमा जुटेका छन् । आ–आफ्नो पक्षमा मत केन्द्रित गर्न हरसम्भव भगीरत प्रयत्नमा उम्मेदवारहरु लागेका हुन् ।  दलीय उम्मेदवार जस्तै कैलाली जिल्लामा थरुहट÷थारुवानलगायत पहिचान आन्दोलन हाँकेर आफ्नो राजनीतिक छवि बनाउन सफल पहिचान आन्दोलनका सारथीहरुलाई पनि चुनावी धपेडी छ । आन्दोलनमा प्रायः एकै मोर्चामा देखिने अनुहारहरु निर्वाचनमा भने एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् । पहिलो हुने (प्रत्यक्ष) निर्वाचन निर्वाचन प्रणालीभन्दा समानुपातिकतर्फ उम्मेदवार रहेका उनीहरु पनि अन्तिम कसरतमा लागेका हुन् । भानुराम थारु भानुराम थारु, थरुहट आन्दोलनको प्रयायीवाची झै छन् । लामो समयदेखि थरुहट, आदिवासी जनजाति आन्दोलनको अग्रपंक्तिमा देखिने उनी पनि चुनावी मैदानमा छन् । नेपाल लोकतान्त्रिक पार्टीका केन्द्र्रीय अध्यक्ष समेत रहेका ६७ वर्षीय भानुराम थारु आफ्नै पार्टीबाट समानुपातिक उम्मेदवार छन् । कैलारी गाउँपालिका १ रानामुडा घर भएका उनले सप्तरी, सुनसरी, मोरङ, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, नवलपुर, नवलपरासी, रुपन्देही, सुर्खेत, कैलाली जिल्लामा पार्टीका उम्मेदवार रहेको बताए । समग्रमा हालको संविधान स्वीकार नगरिएकोले संविधान संशोधन जरुरी रहेको बताउँने उनी संविधानमा स्वीकार गरिएको पक्षलाई कार्यान्वयन गर्न आफूहरु आन्दोलनरत रहेको सुनाए । उनले भने, ‘हाम्रो माग पहिचानको आधारमा पहिचानसहितको भूगोल, भूगोलसहितको प्रादेशिक संरचना १० जोड १ हुनुपर्ने हो । जसको लागि हाम्रो आन्दोलन हो । मौजुरा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सुदूरपश्चिम प्रदेश संरचनालाई स्वीकार गरेका छैनौ । तर बाध्यात्मक अवस्थाले मान्नुपर्ने अवस्था भएकाले कानून निर्माणमा जोड दिनुपर्ने माग हो ।’ जुन मुद्दासहित पहिलो संसदीय अभ्यासमाको क्रममा चुनावमा होमिएको थारु बताउँछन् ।  २०७४ बैशाख ७ गते गच्छदार नेतृत्वको मधेशी जनाधिकार फोरम लोकतान्त्रिक र थरुहट तराई पार्टी एकीकरणपछि नेपाल लोकतान्त्रिक फोरम गठन भयो । जसको अध्यक्ष गच्छदार र सहध्यक्ष थारु थिए । २०७४ को स्थानीय तह निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमले समानुपातिकतर्फ सवा लाख भोट पायो । ४६६ जना निर्वाचित प्रतिनिधि थिए । तर गच्छदारले २०७४ असोज ३० गते कांग्रेसमा फोरमलाई विलय गराए । तर भानुराम थारुलगायत नेताहरु गच्छदारको सँगै कांग्रेसमा नगइ २०७४ फागुन १२ गते नेपाल लोकतान्त्रिक पार्टीको नाममा पार्टी पुनर्गठन गरे । पुनर्गठित पार्टीको अध्यक्ष आफै रहेका थारुले २०७५ साउन ३० गते निर्वाचन आयोगमा दर्ता गरे । धनुषा निर्वाचन क्षेत्र नं. ४ मा डा. कृष्णचन्द्र प्रसाद साह, नवलपरासीको निर्वाचन क्षेत्र नं. २ धर्म चौधरी र सप्तरीको निर्वाचन क्षेत्र नं. १ श्रवण थारुलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको सो पार्टीले ३ सिट ल्याउने लक्ष्य बनाएको छ । इन्दु थारु पहिचान तथा अधिकारवादी आन्दोलनकी प्रखर वक्ता, लेखिकाको रुपमा आफ्नो पहिचान बनाएकी इन्दु थारु (३३) पनि चुनावी मैदानमा छिन् ।  बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनदेखि कैलालीमा उदाएको नागरिक उन्मुक्ति पार्टीबाट उनी प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक उम्मेदवार छिन् । उनले भनिन् ‘थरुहट आन्दोलन तथा टीकापुर विद्रोहबाट नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो । खासगरी न्याय, पहिचान र विकासको लागि हाम्रो पार्टी र हाम्रो उम्मेदवारी हो ।’ इन्दु थारु २०६२÷२०६३ जनआन्दोलन हुँदै आदिवासी थारु जातिलाई मधेशीको रुपमा करार गरेपछि त्यसको विरुद्धमा अग्रमोर्चामा उभिँदै आएको बताउँछिन् । यतिमात्रै होइन, संविधान लेखनको क्रममा भएको थरुहट÷थारुवान आन्दोलनमा पनि नेतृत्वदायी भूमिकामा रहेको बताउँदै उनी थारु, दलित, महिला अधिकारको क्षेत्रमा वकालत गर्दै आएकी छिन् । कैलालीको कैलारी गाउँपालिका १ रानामुडा घर भएकी इन्दु १० वर्षे सशस्त्र जनयुद्धको शहीद परिवार हुन् । उनी जनयुद्धताका तत्कालीन शाही सेनाको कारवाहीमा परेर ज्यान गुमाएका कम्युनिष्ट नेता एवं प्रगतिवादी लेखक जोखन चौधरीकी छोरी हुन् । जोखन चौधरीलगायतका समूहले त्यसताका भूमिगत अवस्थामै क्रान्तिकारी विचारधारा बोकेको ‘मुक्तिक डगर’ म्यागजिन प्रकाशन तथा सम्पादन गर्दै आएका थिए । शाही सेनाको कारवाहीमा सो प्रकाशन तथा सम्पादन समूह नै परेपछि म्याग्जिन बन्द भयो । बुवाको लेखन र विचारबाट प्रभावित इन्दुले आफ्नो बुवालाई नै प्रेरणाको स्रोत मानिन्छन् । उनी निलम्बित निबन्ध (लेख संग्रह) र बुवाले प्रकाशसन गरेको मुक्तिक डगर म्याग्जिन प्रकाशन गरेकी छिन् । तर उनी माओवादी पार्टीमा आवद्ध नभइ रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा क्रियाशिल छिन् । माओवादी पार्टीमा तपाईको परिवारको ठूलो बलिदानी छ । बुवा आवद्ध पार्टीमा नलागेर नागरिक उन्मुक्ति पार्टी किन अँगालेको भन्ने जिज्ञासामा उनले भनिन्, ‘मेरो बुवाले देश र जनताको लागि रगत बगाउनुभएको हो । तर कसैको कुर्सीको लागि होइन । पहिचानसहितको सघीयताको लागि थियो । माओवादी पार्टीले आफ्नो मुद्दा विर्सिदै गयो । संविधान नै विभेदकारी ल्याउनमा भूमिका माओवादीको छ । निर्दोष थारुलाई ठग्ने, जेल कोच्ने काम भयो । जुनकारण मेरो रोजाइ नागरिक उन्मुक्ति बन्यो ।‘ पढाइमा अब्बल इन्दु कैलाली बहुमुखी क्याम्पस धनगढीबाट समाजशास्त्र विषयमा स्नाकोत्तर गरेकी छिन् । कोरियाको सङकङ्होए विश्वविद्यालयबाट पनि इन्टर एसिया एनजीओ अध्ययन विषयमा पनि स्नाकोत्तर गरेकी छिन् । थरुहट आन्दोलनका रथी माधव थारु थरुहट÷थारुवान आन्दोलनको हरेक मोर्चा तथा आन्दोलनमा अग्रपंक्तिमा देखिने अनुहार माधव थारु । उनलाई पनि चुनावी चटारोले भ्याइनभ्याइ छ । नेपाल लोकतान्त्रिक पार्टीको जिल्ला अध्यक्ष समेत रहेका उनी प्रदेश सभा सदस्यतर्फको समानुपातिक बन्द सूचीको पहिलो नम्बरमा छन् ।  कैलालीको गोदावरी नगरपालिका ८ फकलपुर घर भएका उनको राजनीतिक जीवन २०६४ देखि विद्यार्थी राजनीतिबाट सुरु भएको हो । थरुहट तराई पार्टी हुँदै नेपाल लोकतान्त्रिक फोरम र हाल नेपाल लोकतान्त्रिक पार्टीबाट राजनीतिमा सक्रिय उनी थरुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलाली प्रवक्ता, थरुहट÷थारुवान मोर्चाका संयोजक तथा थारु कल्याणकारिणी सभा कैलालीका कार्यवाहक सभापति पनि हुन् ।  उनले हालको संविधान अपूर्ण रहेको बताउँदै त्यसमा संशोधनसहित समानुपातिक निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने, पहिचानसहितको १० जोड १ को प्रादेशिक संरचनाको अवधारणा लागु गर्नुपर्ने, राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चिता, टीकापुर मुद्दा राजनीतिमा समाधान गर्नुपर्ने एजेण्डाका साथ चुनावमा होमिएको बताए । जनयुद्धका घाइते विकास टीकापुर नगरपालिका १ टीकापुरका बालकृष्ण चौधरी (विकास)लाई चुनावी घरदैलो भ्याउन भ्याइनभ्याइ छ । प्रत्यक्षतर्फका उम्मेदवारहरुको लागि भोट माग्नुका साथै प्रदेश सभातर्फ समानुपातिकको थारु कोटामा पहिलो नम्बरमै आफै परेपछि विकासलाई चुनावी घरदैलोको चटारो छ । नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य तथा थारु राष्ट्रिय मुक्ति मोर्चाका प्रदेश सचिव रहेका विकास चौधरीको पार्टीभित्रै विद्रोही छवि छ । जनयुद्धका घाइते समेत रहेका उनी पहिलो संविधान सभाबाट पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान नबनेपछि मोहन वैद्य नेतृत्वको माओवादी ड्यासमा आवद्ध भए । पछि नेत्रविक्रम चन्द –विप्लव र वैद्यबीच पनि फुटको अवस्था आएपछि उनी पुनः प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किए । २०७२ को संविधान अझै अपूरो रहेको, राज्य पुनसरचना सर्व स्वीकार्य नरहेको उनको बुझाइ छ । राज्य पुनःसंरचनाा थरुहट पक्षधरलाई उपेक्षा गरेकोले पार्टीभित्र अन्तरसंघर्ष गर्दै आएको बताउँदै उनले थरुहट आन्दोलनको हरेक मोर्चामा अगाडि रहेको बताउँछन् । आफू प्रदेश सभा सदस्य भएको अवस्थामा यिनै मुद्दा उठान गर्ने उनको भनाइ छ ।  ‘ती गाएका जनवादी गीतलाई सार्थकतामा उतार्ने उर्मिलाका चाहना जनयुद्धकालीन प्रखर गायिका एवं एक लडाकु उर्मिला चौधरी पनि मतदाताको घरदैलोमा छिन् । नेकपा माओवादी केन्द्रबाट प्रदेश सभाको समानुपातिक उम्मेदवार रहेकी उनी पनि प्रत्यक्षतर्फका उम्मेदवारसँगै घरदैलोमा छिन् । जनयुद्धताका जिल्ला जनसाँस्कृतिक संघ कैलालीकी संयोजक समेत रहेकी उर्मिलाले जनवादी गीतमार्फत क्रन्तिको बिगुल फुक्ने आफूहरु कता–कता सामाजिक संरचनामा रुम्मालिएको अनुभूति गर्छिन् ।  उनले भनिन्,‘हाम्रा एजेण्डाहरु आधुरै रहे । कहाँ गए थारुवान राज्य र महिला अधिकारका एजेण्डाहरु ? पार्टी धेरै पटक सरकारमा गयो तर आफ्नो एजेण्डा लागु गर्न सकेन । हुँदाहुँदै विद्यमान सामाजिक संरचनाले अझै पनि महिलालाई अधिकार दिनुपर्छ भन्ने मान्यतामा गएको देखिन्न ।’  आफू प्रदेश सांसद भएको अवस्थामा ती आधुरा सपना पूरा गर्न आवाज उठाउने बताउँछिन् । धनगढी उपमहानगरपालिका १९ फूलबारीमा २०३९ मंसिर २२ गते जन्मिएकी उर्मिला चौधरी ‘प्रतिक्षा’ १६ वर्षकै उमेरमा २०५७ साउन ११ गते माओवादीले सञ्चालन गरेको जनयुद्धको क्रममा भूमिगत भएकी थिइन् । उनी जिल्ला जनसाँस्कृतिक संघ कैलालीकी संयोजक थिइन् । उनी र उनको टीम हरेक मोर्चामा जनवादी गीतहरु गुनगुनाउँन पुग्थ्यो । महिला हिंसा, घरेलु हिंसा, विभेद तथा सबैखाले विकृतीका विरुद्ध वस्ती–वस्तीमा गीतमार्फत जनजागरण अभियान सञ्चालन गरेको उनी सुनाउँछिन् । स्मरण गर्दै गुनगुनाइन् जंगल धाउने चेलीहरु हिमाल चढ्न आँत गर चुलोचौका अब होइन, संघर्षमय आँत गर आधा संसार, यो धर्ती हाम्रै हो, चिन्ता नगर ।। हाल उनी नेकपा माओवादी केन्द्रको कैलाली जिल्ला समन्वय समिति सदस्य र अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्य छिन् । आफूहरुको एजेण्डाहरु आधूरै रहेको बताउने उनी क्रान्तिका विगुल फुक्ने कालजयी गीतहरु, जनयुद्धताका एजेण्डाहरु, सहयोद्धा शहीदका चित्कारहरु आफूलाई रातदिन झस्काउने गरेकोले कार्यान्वयन गर्ने स्थानमा पुगे ती सपना पूरा गर्ने आफ्नो एक मात्रै उदेश्य हुने बताउँछिन् । 

होचा पुड्का कलाकारहरुः जो रेशम चौधरीको रिहाइको लागि मेची–महाकाली अभियानमा लागे

होचा पुड्का कलाकारहरुः जो रेशम चौधरीको रिहाइको लागि मेची–महाकाली अभियानमा लागे

१४०२ दिन अगाडि

|

१ मंसिर २०७९

कार्तिक १५ गते सुरु भएको नागरिक उन्मुक्ति पार्टीको मेची–महाकाली अभियानमा होचा पुड्का कलाकारहरु तन मन दिएरै लागि परे । अभियानमा लेखबहादुर मोक्तान, निर्मल तामाङ, रुक्मिनी खड्का, लालुमाया तामाङ, कृष्णमाया सुनुवार, निर्मल मक्राती, विष्णु मगर थिए । हामीले सोध्यौँ तपाईंहरु यो अभियानमा किन लाग्नु भयो ? सबैको उहीँ उत्तर थियो, ‘न्यायका लागि । माननीय रेशम चौधरीको रिहाइका लागि ।’  टीकापुर घटना घटेको सात वर्ष बितिसक्दा पनि झुठा मुद्दामा रेशम चौधरीलगायत निर्दोषहरु जेल जीवन बिताउन बाध्य छन् । टीकापुर घटना राजनीतिक मुद्दा हो सरकाले कहिले बुझिदिने ? सरकार अझै मौन छ । लेख मोक्तान भन्छन्, हाम्रो मौन आवाजलाई भने नागरिक उन्मुक्ति पाटीैले सुन्यौँ । अरु पार्टीले त वास्ता पनि गरेनन् । नागरिक उन्मुक्ति पार्टीले हामीलाई समेटेर टिकट दियो । यो भन्दा खुसीको कुरा अरु के नै हुन सक्छ र ? उहाँप्रति सधैँ आभारी रहनेछु । होचा पुड्काहरुको नेपाल होचा पुड्का संघ गठन छ । नागरिक उन्मुक्ति पार्टीले यसै वर्गबाट अपाङुग समूहतर्फ लेखबहादुर मोक्तानलाई वागमती प्रदेशबाट प्रदेशसभातर्फ तथा निर्मल मक्रातीलाई गण्डकी प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार बनाएको छ ।  लेखबहादुर मोक्तान विगत १० वर्षदेखि ठमेलमा डिजेका रुपमा काम गर्दै आइरहेका थिए तर दार्जीलिङमा दोब्बर पारिश्रमिक मिल्ने भएपछि उनी दसैँ अगाडी नै जाने तयारीमा थिए । उनी भन्छन्, दार्जीलिङ जानलाई  मैले सबै चाजो पाजो मिलाइसकेको थिएँ तर समयले मलाई अहिले चुनावी मैदानसम्म पुर्यायो । दिप तामाङसँग मोक्तानको राम्रो चिनाजानी छ । तामाङ नागरिक उन्मुक्ति पार्टीको बागमती प्रदेशको संयोजक हुन् । उनले एकदिन आग्रह गरे रेशम चौधरीलाई एकपटक भेटौँ भनेर ।  मोक्तान भन्छन्, ‘मलाई रेशम चौधरीलाई पहिलेदेखि नै भेट्ने रहर थियो । टीकापुर घटना घटेपछि मिडियाले थारूहरुलाई नै दोषी देखाएर गलत समाचार सम्प्रेषण गर्याे । जसको शिकार म पनि भएँ । तर माननीय रेशमलाई डिल्लीबजारको कारागारमा भेट्न गए पछि मेरो सबै भ्रम तोडियो । उनी निर्दोष रहेछन् ।’  फोटोमा मात्र देखेको साच्चिकै भेट्न पाउँदा चौधरी मिजासिलो व्यक्ति लाग्यो । उनी भन्छन् , कस्तो खुला हृदय भएको मान्छे । पहिलो भेटमै उहाँहरु जस्तो मान्छेलाई पनि टिकट दिनुपर्छ भनेर भन्नु भयो । मेची–महाकाली चुनावी अभियानमा आफू जोडिन पाउँदा औधी खुसी लागेको बताउँछन् । यो यात्रा जिन्दगीकै सबैभन्दा अविस्मरणीय रह्यो । मैले चुनावी घरदैलो कार्यक्रमले गर्दा ४० वर्षपछि आफ्नो मावली पूर्वी चितवनको गोठसोरमा जाने मौका पाएँ । रामेछापको वासिन्दा म त्यहाँ जाने मेसै जुरेको थिएन । निर्मल तामाङ जो पेशाले डान्सर हुन् । हाल बौद्ध बसाइ रहेका उनी त्यही नजिकैको रेस्टुरेन्टमा काम गर्छन् ।  काभ्रेका उनी पश्चिम कहिल्यै पुगेका थिएनन् रे । उनी भन्छ्न्, ‘मेरो लागि यो नौलो अनुभव रह्यो । नागरिक उन्मुक्ति पार्टीको मेची–महाकाली अभियानमा जोडिएर नै पहिलो पटक पश्चिम देख्ने मौका पाए ।’ उनी तीतो अनुभव सुनाउदै भन्छन् ,समाजले हामीलाई हेर्ने दृष्टिकोण अझै फेरिएको छैन । हामीलाई सान्त्वना होइन, हौसला दिनुहोस् । हामीले सबै चीज गर्न सक्छौँ । अभियानमा विभिन्न नेपाली गीतहरुमा नृत्य गरेका होचा पुड्का कलाकारहरुले विशेष गरेर रेशम चौधरीद्वारा रचित बाबा टोहार छावा जेलम परल बा गीतमा प्रस्तुति दिए । सोही गीतमा प्रस्तुति दिदा रेशम चौधरीको भूमिका निभाएका तामाङ भन्छन्, मैले उहाँको भूमिका निभाउँदा त यति ऐठन हुन्थ्यो । झन् उहाँ सात सात वर्षसम्म कारागारमा हुनुहुन्छ, निर्दोष भइकन पनि ।  उहाँलाई कस्तो हुँदो हो ? उहाँको चाँडै रिहाइ होस् । रुक्मिणी खड्का लामो समयदेखि नाच्दै आइरहेकी उनी अहिले भने सानोतिनो व्यवसाय गर्छिन् । यही गीतमा प्रस्तुति दिदा सधैँ भक्कानिइन् । खड्का भन्छिन् , स्टेजमा गीत गुन्जिने बित्तिकै रेशम दाइकै अनुहार आउँथ्यो, दर्शकहरुको आँखाम आँसु देख्दा त म झन् धेरै भक्कानिन्थे । नागरिक उन्मुक्ति पार्टीको बर्दिया, राजापुरमा भएको आमसभामा बाबा टोहार छावा जेलम परल बा गीतमा होचा पुड्का कलाकारहरुको प्रस्तुति हेरेर रेशम चौधरीकी धर्मपत्नी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ र उनका पिता लालवीर चौधरी गीत सकिएपछि पनि दुबैको आँसु थामिएको थिएन । उनी यही प्रसंगलाई जोड्दै भन्छिन्, हुन त हामीले विभिन्न ठाउँमा यो गीतमा प्रस्तुति दियौँ । तर बर्दियाको राजापुरको भने कहिले बिर्सिन्न । उहाँहरु रोएको देख्दा साँच्चै मन अमिलो भयो । सरकारले निर्दोषलाई कहिल्यै न्याय दिने ? यही अभियानमा जोडिएकी लालुमाया तामाङ धादिङकी हुन् । उनको दुई वर्षकी छोरी छ । क्षेत्रपाटीमा नाच्ने काम गर्छिन् । ‘बुढा बुढी नै नाइट ड्युटी गर्छौ । समय दिन नसक्ने भएकाले नानीलाई आमाकोमै छोडेर आएको ।’ उनले आफ्नो बाध्यता सुनाइन् ।  प्रस्तुति दिदा सधैँ भावुक हुने तामाङ भन्छिन्, ‘कामबाट फर्किएर आउँदा मलाई सधैँ छोरीको यादले सताउँछ । झन् निर्दोष छोरा जेलमा हुँदा आमाको मन कति रुँदो हो ?’      एक दिन सत्यको नै जित हुन्छ ।  

नागरिक उन्मुक्ति पार्टीको लक्ष्यः राष्ट्रिय पार्टी बन्ने, सुदूरपश्चिममा सरकार बनाउने

नागरिक उन्मुक्ति पार्टीको लक्ष्यः राष्ट्रिय पार्टी बन्ने, सुदूरपश्चिममा सरकार बनाउने

१४०३ दिन अगाडि

|

३० कात्तिक २०७९

जनक विष्ट थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका बेला २०७२ सालमा भएको टीकापुर घटनाको जगमा गठन भएको नागरिक उन्मुक्ति पार्टी यो चुनावमा यहाँका ठूला दलहरुका लागि चुनौती बनेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पूर्वी कैलालीका चार स्थानीय तह जितेर यो कैलालीको सबैभन्दा ठूलो दल बनेको छ । सोही नतिजाबाट उत्साहित यो पार्टीले प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्रमा उम्मेदवारी दिएको छ । कैलाली क्षेत्र नम्बर ५ मा लक्ष्मण चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवार जगदिश चौधरीलाई समर्थन गरेको छ । नागरिक उन्मुक्ति पार्टीले कञ्चनपुरको क्षेत्र नम्बर १ र २ को प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवारी दिएको छ भने सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाको प्रदेशसभा ९२० र बैतडीको प्रदेशसभा ९२० मा पनि उम्मेदवारी छ । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ मध्ये ७ र प्रदेशसभाका ३२ मध्ये १६ क्षेत्रमा चुनावी प्रतिस्पर्धामा उत्रिएको नागरिक उन्मुक्ति पार्टीले देशका अन्य जिल्लामा पनि चुनाव लडिरहेको छ । पार्टी प्रवक्ता दामोदर पण्डितका अनुसार प्रतिनिधिसभाका ३३ र प्रदेशसभाका ५७ क्षेत्रमा यो पार्टी चुनाव लडिरहेको छ । राष्ट्रिय पार्टी र प्रदेशमा निर्णायक शक्ति हुने सुशासन, समृद्धि र पहिचानको मुद्दालाई प्राथमिकताका साथ उठाएको नागरिक उन्मुक्ति पार्टीले अगामी निर्वाचनबाट राष्ट्रिय दल बन्ने लक्ष्य लिएको छ । राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिक पद्धतिमा कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ । सुदूरपश्चिम सहित तीन प्रदेशमा सरकार निर्माण गर्ने वा निमार्णमा सहभागी हुनसक्ने दल बन्ने उसको दाबी छ । सुदूरपश्चिम प्रदेशमा बहुमत ल्याएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने बताउने नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित लुम्बिनी र मधेश प्रदेशमा नयाँ शक्तिका रुपमा उदाउने दाबी गर्छन् । राष्ट्रिय दल बन्न आवश्यक पर्ने तीन प्रतिशत मत पनि कैलाली र कञ्चनपुरसहितका जिल्लाबाट ल्याउने यो पार्टीको रणनीति छ । ‘आगामी निर्वाचनमा समानुपातिकतर्फ कम्तीमा पनि चार लाख मत ल्याएर राष्ट्रिय पार्टीका रुपमा स्थापित हुने लक्ष्यका साथ हामी निर्वाचनमा छौँ’, पण्डितले  भने, ‘सुदूरपश्चिममा त हाम्रै नेतृत्वमा सरकार गठन गर्छौं । लुम्बिनी र मधेश प्रदेशमा सरकार निर्माणमा निर्णायक शक्ति बन्छौं । उस्तै परे संघमा पनि सरकारमा सामेल हुन्छौं ।’ उत्पीडनमा परेका वर्ग, जाति र समुदायका मुद्दालाई मूल विषय बनाएको बताउने यो पार्टीले देशभरबाट आदिवासी जनजातिको मत पनि आफूहरुलाई आउने दावी गरेको छ । थारु समुदायको पहिचान सहितको प्रदेशको माग गर्दै भएको आन्दोलन चर्किदा हिंसात्मक रुप लिएको टीकापुर घटनामा रेशम चौधरीलाई दोषी बनाएर जेल हालिएपछि देशभरका आदिवासीमा अद्भूत एकताको भावना आएको प्रवक्ता पण्डित दावी गर्छन् । स्थानीय तहको मतभार ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा कैलालीमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र नागरिक उन्मुक्ति पार्टी चौथो दल बनेको देखिन्छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाँच वटै निर्वाचन क्षेत्रमा ८९ हजार ६१९ मत प्राप्त गर्दा दोस्रो बनेको एमालेको मत ७६ हजार ५४१ छ । माओवादी केन्द्रका उम्मेदवारले ४४ हजार ७९१, नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले २७ हजार ६९४, नेकपा एकीकृत समाजवादीले १२ हजार ५६२, राप्रपाले सात हजार ६८२ र जसपाले चार हजार ११३ मत पाएको छ । यो मतलाई आधार बनाउँदा पाँच लाख ३५ हजार ५१४ मतदाता रहेको कैलालीमा अहिले पनि कांग्रेस, एमाले र माओवादी केन्द्र प्रमुख शक्तिका रुपमा कायम देखिन्छन् भने नागरिक उन्मुक्ति पार्टी चौथो स्थानमा छ । थारु मतलाई आफ्नो जितको प्रमुख आधार बनाएको नागरिक उन्मुक्ति पार्टी क्षेत्रगत रुपमा हेर्दा कैलाली क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै मत पाएर पहिलो स्थान कायम रहेकोमा क्षेत्र नम्बर २ र ३ आंशिक प्रभाव भएपनि ४ र ५ मा भने उसको प्रभाव न्यून देखिन्छ । यो हिसाबले हेर्दा नागरिक उन्मुक्ति पार्टीको दाबी अनुसार अगामी निर्वाचनमा जित्न निकाल्न र समानुपातिकमा थ्रेस होल्ड कटाउने गरी मत प्राप्त गर्न मुश्किल पर्ने देखिन्छ । त्यसमा पनि सत्तारुढ गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएका बेला ती पार्टीले पनि थारु प्रभावित क्षेत्रमा सोही समुदायबाट उम्मेदवार खडा गरेका छन् । नागरिक उन्मुक्ति पार्टीको बढी प्रभाव रहेको क्षेत्र नम्बर १ मा रेशम चौधरीकी पत्नी तथा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ प्रतिस्पर्धामा छिन् । उनका विरुद्ध सत्तारुढ गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका रामजनम चौधरी उम्मेदवार छन् । चौधरी नातामा श्रेष्ठका जेठाजु पर्छन् । २०७४ को निर्वाचनमा रेशम चौधरी भूमिगत अवस्थामै जसपाबाट उम्मेदवारी दिएर यो क्षेत्रमा ३४ हजार ३४१ मत पाएर विजयी भएका थिए । चुनावी अभियानका क्रममा कैलाली(१ बाट नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ । टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका पाँच वडा ९१,३,४,६ र ७० तथा भजनी नगरपालिकाका ६ र ८ नम्बर वडा यो क्षेत्रमा पर्छन् । यी चारवटै पालिका नागरिक उन्मुक्ति पार्टीले जितेकाले यहाँ उसको प्रभाव राम्रो छ । अहिलेको निर्वाचनमा श्रेष्ठले यहाँबाट ४० हजार मत कटाएर जित हात पार्ने दाबी यो पार्टीको छ । यो बाहेक क्षेत्र नम्बर २ र ३ मा नागरिक उन्मुक्ति पार्टीेको प्रभाव कम देखिएको छ भने ४ र ५ मा न्यून छ । स्थानीय चुनावपछि यो पार्टीप्रतिको आकर्षण घट्दो क्रममा रहेको यहाँका स्थानीय नेताहरु बताउँछन् । तर, कैलालीका थारु समुदायका एक प्राध्यापक चुनावी नतिजालाई प्रभावित गर्न थारु समुदायकै मत निर्णायक रहेको बताउँछन् । ‘सैद्धान्तिक रुपमा जो जहाँ जोडिएको भएपनि चुनावमा भने अधिकांशले भावनात्मक निर्णय लिएर मत दिने चलन छ । यसले गर्दा नागरिक उन्मुक्ति पार्टीले राम्रै मत ल्याउन सक्छ’ उनले भने । तर नागरिक उन्मुक्ति पार्टीले दाबी गरे जस्तो नतिजामा उथलपुथल हुने आफूले नदेखेको ती प्राध्यापक बताउँछन् । ‘कैलालीको चुनावी नतिजामा थारु समुदायको मत विगतदेखि नै निर्णायक हुने गरेको सत्य हो । जुनसुकै दलमा आवद्ध भएपनि प्रायजसो मानिसहरु व्यक्ति हेरेर मत दिने गर्छन्’, ती प्राध्यापकले भने । आफ्नो समुदायबाट प्रतिनिधित्व गर्ने उम्मेदवार भए धेरै मत बाहिर नजाने उनको भनाइ छ । ‘थारु समुदायको ठूलो मत उन्मुक्ति पार्टीले पाउने देखिएको छ । तर, त्यो मत नै जितका लागि पर्याप्त हुन्छ कि हुन्न भन्न सकिन्न’ उनी भन्छन् । अनलाइनखबरबाट

नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयमा तोडफोड

नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयमा तोडफोड

१४०५ दिन अगाडि

|

२८ कात्तिक २०७९

                                                                                                                               फायल तस्विरः कृष्णराज सर्वहारी नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय टीकापुरमा आइतबार राती ढुंगामुढा गर्दै तोडफोड गरिएको छ । पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका अनुसार राती साढे १२ बजे अपरिचित समूहले ढुंगामुढा गरेको थियो । रन्जिताको बसाइँ पनि पार्टी कार्यालयमै थियो ।  ढुंगामुढा गर्ने समूह भित्र भने छिरेन, नभए दोहोरो भीडन्त हुने सम्भावना थियो । राती नै प्रहरी प्रशासनलाई खबर गरिए पनि प्रहरीको फोन नउठेको अध्यक्ष चौधरीको भनाइ छ । पार्टीले पत्रकार सम्मेलन गरेर ढुंगामुढाको घोर भ्रत्र्सना गर्ने जनाएको छ । 

किन खुम्चियो थारू उम्मेदवारको प्रतिनिधित्व ?

किन खुम्चियो थारू उम्मेदवारको प्रतिनिधित्व ?

१४०६ दिन अगाडि

|

२७ कात्तिक २०७९

तुफान न्यौपाने थारूको हकहितका लागि आवाज उठाउने भन्दै गत वर्ष स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिकतर्फ २१ सिटमध्ये १९ मा उम्मेदवारी दिएको छ । तीमध्ये थारू उम्मेदवार कति जना होलान्  ? पश्चिम तराईका थारूले अब आफूहरूमाथि आफैंले शासन गर्ने भन्दै स्थापना गरेको पार्टीले पक्कै धेरै थारूलाई प्रदेशसभामा पठाउन चाहेको होला । त्यसैले उसको उम्मेदवारीमा पनि थारूले प्राथमिकता पाएका होलान् भन्ने अनुमान सबैको हुन्छ । तर, उन्मुक्ति पार्टीको समानुपातिक सूचीमा थारू उम्मेदवार जम्मा चार जना छन् । नागरिक उन्मुक्ति पार्टीले थारूलाई उम्मेदवार बनाउन नचाहेर यस्तो भएको हो त  ? ‘हामी त सकेसम्म धेरै उम्मेदवार बनाउन चाहन्थ्यौं । तर कानुनले नै चार जनाभन्दा बढी उम्मेदवार बनाउन दिएन,’ उक्त पार्टीका संस्थापकमध्येका एक दाङ–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सुरेन्द्र चौधरीले भने । नागरिक उन्मुक्ति पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा ११ जना खसआर्य समूहका छन् भने चार जना दलित र एक जना आदिवासी जनजाति छन् । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारका लागि बन्दसूची बुझाउँदा दलहरूले अवलम्बन गर्नुपर्ने समावेशी समूहको प्रतिशत प्रदेशको जनसंख्याअनुसार निर्धारण गरेको छ । ‘प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९’ ले सूदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी   खसआर्य ६०.२ प्रतिशत, दोस्रोमा दलित १७.२९ प्रतिशत र त्यसपछि मात्रै थारू १७.२१ प्रतिशत   उम्मेदवार  निर्वाचित हुने गरी दलहरूलाई ‘म्यान्डेट’ दिएको छ । यही निर्देशिका पालना गर्न नागरिक उन्मुक्ति पार्टीले चार जना मात्रै थारू उम्मेदवार बनाएको हो । अन्य दलले पेस गरेको बन्दसूचीमा पनि उम्मेदवारहरूको जातीय समीकरण यही छ । २०६८ सालको जनगणनाअनुसार सुदूरपश्मि प्रदेशमा थारूको जनसंख्याको अनुपात यही छ । जनसंख्याको अनुपातमा समानुपातिक समावेशी सुनिश्चित गर्ने संविधानको प्रावधानअनुसार नै निर्देशिका बनेको निर्वाचन आयोगको भनाइ छ । तर यसबाट आफूहरूको प्रतिनिधित्व खुम्चने गरी प्रदेश सीमांकन गरिएको भन्दै थारू समुदायले असन्तुष्टि जनाउँदै आएको छ । दाङ–१ का उम्मेदवार चौधरीले जातीय रूपमा चौथो ठूलो जनसंख्या भएको थारूको बाहुल्य नहुने सुनिश्चित गरी प्रदेश संरचना बनाइएको बताउँछन् । ‘तीन वटा प्रदेश आदिवासी जनजातिको बाहुल्य हुने गरी निर्माण गरिएको छ, अरू तीन वटा प्रदेशमा खसआर्यको बाहुल्य छ, एउटा प्रदेश मधेसीको बाहुल्य हुने गरी बनाइएको छ,’ उनले भने, ‘हामीले साह्रै दुःखका साथ संगठन बनाएर प्रदेशकै सबैभन्दा ठूलो पार्टी बनायौं भने पनि सुदूरपश्चिममा १७ र लुम्बिनीमा १५ प्रतिशतभन्दा बढी थारू पठाउन पाउँदैनौं । आधाभन्दा बढी सांसद खासआर्य र जनजाति समुदायबाट पठाउनुपर्ने कानुनी बाध्यता छ ।’ प्रदेश १, वाग्मती र गण्डकीमा आदिवासी जनजातिको बाहुल्य छ । मधेसमा मधेसी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा खसआर्य जातीय समूह सबैभन्दा ठूलो छ । यसको अर्थ तत्तत् प्रदेशमा दलहरूले समानुपातिक प्रणालीतर्फ उक्त जातीय समूहको जनसंख्याको अनुपातमा उम्मेदवार उठाउन र निर्वाचित गर्न पाउँछन् । वाग्मती प्रदेशमा आदिवासी जनजाति समूहको जनसंख्याको हिस्सा ५० प्रतिशतभन्दा बढी छ । त्यस्तै कर्णाली र सुदूरपश्चिमको सीमा पनि खसआर्यको उपस्थिति ६० प्रतिशतभन्दा बढी हुने गरी कोरिएको छ । मधेसीको उपस्थिति ५० प्रतिशतभन्दा बढी हुने गरी मधेस प्रदेशको सीमा कायम गरिएको छ । ‘हामीले थरुहट माग गरेका थियौं । नवलपरासीदेखि पश्चिमको तराई समेटेर थरुहट प्रदेश बनेको भए थारू समुदायको बाहुल्य हुन्थ्यो । त्यो अवस्थामा प्रदेशसभामा पनि राम्रो उपस्थिति हुनसक्थ्यो,’ नेता चौधरीले भने, ‘तर, प्रदेशको सीमा नै थारूको बाहुल्य नहुने गरी कोरियो । हाम्रो प्रतिनिधित्वलाई संविधानमा स्विकारे पनि व्यवहारमा खुम्च्याइयो ।’ अहिले थारूहरूको मुख्य असन्तुष्टि नै त्यसैमा रहेको उनले बताए । ‘हामीलाई पनि शासन प्रणालीमा हिस्सेदार बनाइयोस् । राष्ट्र निर्माणको प्रक्रियामा सहभागी गराइयोस् मात्रै भनेका हौं । तर, काठमाडौंले कहिल्यै सुन्न चाहेन ।’ २०६८ को जनगणनाअनुसार ६.६ प्रतिशत जनसंख्या भएको थारू नेपालमा क्षत्री १६.६ प्रतिशत, ब्राह्मण १२.२ प्रतिशत र मगर ७.१ प्रतिशत पछिको चौथो ठूलो जातीय समूह हो । आफूहरू बहुल क्षेत्रलाई एउटै प्रदेश बनाउनुपर्ने माग विपरीत हुने गरी प्रदेशहरूको सीमांकन हुने भएपछि संविधान जारी गर्नुपूर्व पश्चिम तराईका थारूहरू आन्दोलित भएका थिए । पूर्वी पहाडमा जनजाति, मधेसमा मधेसी, मध्य र सुदूरपश्चिममा खसआर्यको जस्तै पश्चिम तराईमा थारूहरूको संविधानप्रतिको असन्तुष्टि आन्दोलनका रूपमा अभिव्यक्त भएको थियो । संविधानमा प्रस्तावित ७ प्रदेशको खाकाले पश्चिम तराईका थारू बहुल दाङ, बाँके, बर्दियालगायत जिल्लालाई हालको लुम्बिनी प्रदेशमा र कैलाली र कञ्चनपुरलाई सुदूरपश्चिम प्रदेशमा राखिएको थियो । त्यही कारण थारू समुदायले आफूहरूलाई बहुल क्षेत्रमा समेत जनसांख्यिक रूपमा अल्पमतमा पारी राजनीतिक नेतृत्वमा पुग्ने बाटो बन्द गरिदिने षड्यन्त्र गरिएको भन्दै त्यसको विरोध र छुट्टै थरुहट प्रदेशको मागसहित आन्दोलन चर्काए । ‘२०७२ को पहिचानको लडाइँमा आन्दोलनरत अन्य पक्षले केही न केही पाए । थारूहरूको माग मात्रै सम्बोधन गरिएन,’ नागरिक उन्मुक्ति पार्टीका तर्फबाट टीकापुर नगरपालिकाको मेयरमा निर्वाचित रामलाल चौधरी भन्छन्, ‘त्यसपछि हामीले नयाँ पार्टी गठन गर्‍यौं । स्थानीय तहको निर्वाचनमा जिल्लाकै सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित भएका छौं । अब संसदीय निर्वाचनमा पनि स्थापित हुने अभियानमा छौं ।’ नागरिक उन्मुक्ति पार्टीले थारूहरूमाथि ‘राज्यले लादेको ऐतिहासिक उत्पीडन’ अन्त्यका लागि संघर्ष गर्ने उनले बताए । श्रीलंकाली मानवशास्त्री अर्जुन गुनरत्नेले आफ्ना शोधपत्र र किताबमा नेपालका थारू कसरी ऐतिहासिक रूपमै बहिष्करणमा पारिएका छन् भन्नेबारे विस्तृतमा उल्लेख गरेका छन् । उनका अनुसार सुरुमा थारू जमिनदारले असंख्य मौजाका प्रगन्नाका कर संकलक भएर राज्यलाई सहयोग पुर्‍याएका थिए । गुनरत्नेले लेखेका छन्, ‘तराईमा थारूबिना राज्यको कुनै काम चल्दैनथ्यो । तर, आधुनिक प्रशासन संयन्त्रहरू विकास गरेपछि राज्यलाई थारूहरूको सेवा आवश्यक परेन । त्यसपछि शक्तिको नजिक रहेका पहाडीलाई फाइदा भयो तर यस व्यवस्थाले थारूहरूलाई पाखा लगायो ।’ गुनरत्नेका अनुसार पहाडी प्रशासकहरूले बिर्ता र जागिरका रूपमा जमिन पाएपछि थारूलाई कमैयाका रूपमा राख्न थाले । उनी कालान्तरमा बँधुवा मजदुर जस्ता हुन पुगे । उनीहरूको स्वामित्वमा रहेको जमिन पनि कानुनीरगैरकानुनी दुवै माध्यमबाट फुत्कियो । तराईंमा औलो उन्मूलन कार्यक्रम सुरु भएपछि धेरै कुरामा परिवर्तन आयो । ‘औलो उन्मूलन कार्यक्रम नेपालको राजनीतिक विकासक्रम र विकास निर्माणमा अत्यावश्यक कदम थियो । तर, औलो उन्मूलन भएपछि तराईमा भएको भूमिको पुनर्वितरणको सबैभन्दा ठूलो सिकार थारूहरू भए,’ गुणरत्नेले लेखेका छन्, ‘यस कार्यक्रमले थारूहरूलाई दुई किसिमले प्रभाव पार्‍यो । पहिलो, खाली जमिन सकिएकाले थारूहरू एक ठाउँबाट अर्को ठाउँ बसाइँ सर्ने प्रक्रिया बन्द भयो । अर्को, थारूहरूभन्दा संगठित, शिक्षित र कतिपय अवस्थामा धूर्त पहाडेहरूले कानुनी वा गैरकानुनी विधि अपनाएर थारूहरूका जमिन हात पारे । पहाडबाट बसाइँ सरी आउने पहाडीहरूसँगको अनुभव सबैतिरका थारूहरूको उस्तै–उस्तै छ । त्यसमा पनि पश्चिम नेपालका थारूहरूको अनुभव बढी तीतो छ । उनीहरू थारू समाजको विपत्तिका लागि पहाडबाट झरेका धनी र उच्च जातिका मानिसलाई दोष दिन्छन् ।’ ‘मधेसः समस्या र सम्भावना’ पुस्तकमा थारू र ‘राज्यः प्रजातन्त्र, राज्यनिर्माण र जनजाति पहिचान’ शीर्षकमा गुनरत्ने लेख्छन्– ‘एकीकरणपश्चात् राज्यले कर संकलन प्रणालीमा सुधार ल्याएपछि थारूहरूले उपभोग गर्दै आएको स्वायत्त अधिकार ह्रास हुन थाल्यो । थारूहरू निश्चित काम, कर्तव्य र अधिकार तोकिएको तहगत केन्द्रीय प्रशासन प्रणालीको प्रतिनिधि मात्र हुन पुगे । राणाशासनमा यो अधिकार अझ खोसियो । औलो उन्मूलन भएपछि धेरै पहाडेहरू तराईमा बसाइँ सरेकाले पहिलादेखि बसोबास गर्दै आएका थारूहरूलाई बेफाइदा भयो ।’ उनका अनुसार राणाशासनपछि पहाडेहरू तराईमा बसाइँ सर्ने क्रम बढ्यो । सुदूरपश्चिम र पश्चिमको भित्री मधेसमा बसाइँसराइको व्यापक प्रभाव पर्‍यो । अधिकांश थारूले जमिन गुमाए । त्यसपछि उनीहरू कमैया हुन पुगे । पहाडे उच्च जातका मानिसको बलियो पकड रहेको राजनीतिक प्रक्रियामा थारूहरू कनिष्ट साझेदारमा परिणत भए । नेपाल मधेस फाउन्डेसनको जर्नल ‘मधेस अध्ययन’ को २०७४ पुसमा प्रकाशित ‘थरुहट आन्दोलनको दशक र टीकापुर काण्ड’ शीर्षकमा कृष्णराज सर्वहारी र गणेश चौधरी लेख्छन्, ‘पहाडे समुदायलाई पोस्ने पञ्चायत व्यवस्थाको अन्त्यपछि २०४६ सालमा बहुदलीय शासन प्रणाली लागू भयो । दुई–चार जना थारू सत्तामा पुगे पनि उक्त प्रणाली थारू समुदायका लागि कहिल्यै आएको जस्तो अनुभूति भएन ।’ २०४७ को परिवर्तनपछिको खुला समाजमा आएपछि भने थारूहरूले समाजको संरचनात्मक असमानताको चरम स्वरूपमा रहिरहेको कमैया प्रथाबाट मुक्तिको पहल थाले । ‘कमैया मुक्ति’ ले आन्दोलनको रूप लियो । त्यसबाट राजनीतिक रूपमा सचेत भएका थारूलाई लगत्तै माओवादीले छुट्टै स्वशासित राज्यसहित थारू मुक्तिको सपना देखाएर युद्धमा होम्यो । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले सार्वजनिक गरेको ‘द्वन्द्वपीडित पार्श्वचित्र’ का अनुसार माओवादी सशस्त्र युद्धमा नेपाली भाषीपछि सबैभन्दा बढी थारू भाषीले ज्यान गुमाएको देखिन्छ । बेपत्ता, घाइते र अपांगता भएकाको सूचीमा पनि थारूहरू आफ्नो जनसांख्यिक अनुपातभन्दा बढी छन् । २०६४ मा लक्ष्मण थारूले ‘संयुक्त थारू राष्ट्रिय मोर्चा’ गठन गरे, जसले पहिलो मधेस आन्दोलनपछि मधेसवादी दलहरूले जोडतोडले उठाइरहेको ‘एक मधेस एक प्रदेश’ को मागविरुद्ध ‘थरुहट स्वायत्त प्रदेश’ को माग गर्‍यो । अर्को वर्ष २०६५ मा फागुनमा थरुहट संयुक्त संघर्ष समितिले पहिलो चरणको आन्दोलन गर्‍यो । तराईका थारूलगायत अल्पसंख्यक आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिमको स्वतन्त्र पहिचानमा बाधा पार्ने कानुन संशोधन गर्ने, राज्यका सबै अंगमा समानुपातिक समावेशीका आधारमा सहभागी गराउने, प्रहरी ऐन, सैनिक ऐन, सशस्त्र प्रहरी ऐन, शिक्षा ऐन, विकास ऐन, स्वास्थ्य ऐन, नेपाल विशेष सेवा ऐनलाई आवश्यक प्रक्रिया पूरा गरी संशोधन गर्ने लगायत सहमतिमा उक्त आन्दोलन टुंग्याइयो । सहमति तत्काल कार्यान्वयन नभए पनि थारूको पहिचान मधेसी पहिचानभन्दा फरक हो भन्ने कुरा स्थापित भयो । दोस्रो चरणको थरुहट आन्दोलन २०६९ मा भयो । बारम्बार म्याद बढाइएको संविधानसभाले संविधान बनाउन नसकेपछि भने थरुहटलगायत कसैको पनि माग पूरा हुन सक्ने अवस्था रहेन । प्रदेशको सीमासम्बन्धी व्यवस्थामा असन्तुष्टि जनाउँदै पश्चिमका थारूहरू २०७२ भदौमा आन्दोलित भए । आन्दोलनले हिंसात्मक रूप लिँदा भदौ ७ मा टीकापुरमा ८ प्रहरी र एक नाबालक गरी ९ जनाको ज्यान जाने गरी हिंसा भड्कियो । उक्त घटनामा रेशम चौधरीलगायत ५८ जनामाथि ज्यान मुद्दा चल्यो । भूमिगत रूपमै चुनाव लडेर रेशमले टीकापुर क्षेत्र पर्ने कैलाली–१ बाट २०७४ को चुनाव जिते । ज्यान मुद्दामा दोषी पाइएपछि उनको सांसद पद निलम्बनमा रह्यो । रेशमको पदरिक्त नभएका कारण उक्त क्षेत्रमा उपनिर्वाचनसमेत हुन पाएन, जसका कारण पूरै ५ वर्ष टीकापुरवासीले संसद्मा आफ्नो प्रतिनिधि पाएन । टीकापुरको उक्त हिंसात्मक घटनापछि थरुहट राजनीति करिब निष्क्रिय अवस्थामा पुग्यो । करिब ८ वर्ष सुस्ताएको थरुहट राजनीति गत वैशाखको स्थानीय तह निर्वाचनपछि एकाएक नयाँ रूपमा प्रकट हुने सम्भावना देखिएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३३ जना र समानुपातिकतर्फ ५७ जनाको उम्मेदवारी दिएको उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए । मूलधारका दलहरूले नै थारूको राजनीतिक प्रतिनिधित्व खुम्च्याएको महेन्द्र बहुमुखी क्याम्पस दाङका सहायक क्याम्पस प्रमुख कुलविर चौधरी बताउँछन् । ‘मूलधारका प्रमुख दलले चाहने हो भने थारूका सरोकार सम्बोधन गर्न गाह्रो छैन । तर, उनीहरू चाहँदैनन् । वर्षौंदेखिको शोषण अहिले पनि कुनै न कुनै रूपमा जारी छ । राज्यको प्रशासन यन्त्र र राजनीतिक प्रक्रियामा थारूले सहभागिता खोजेका छन्,’ सहायक क्याम्पस प्रमुख चौधरीले भने, ‘छुट्टै थरुहट प्रदेश बनेको भए त्यसको नेतृत्वमा पुग्न सक्ने जनसांख्यिक लाभ थारूलाई थियो । तर थारूको संख्या विखण्डन गर्ने गरी प्रदेशको सीमा कोरियो । थारूहरूमा बढ्दो राजनीतिक चेतनाले अब यस्तो अवस्था धेरै जाँदैन । यो असन्तुष्टि कुनै न कुनै रूपमा निर्वाचनबाट अभिव्यक्त हुनेछ । थारू कल्याणकारिणी सभा दाङका सल्लाहकार लक्ष्मीमान चौधरी सर्वसाधारण थारूलाई राजनीतिबारे धेरै चासो नभए पनि ‘हामीमाथि लामो समयदेखि विभेद गरिएको छ’ भन्ने गहिरो अनुभूति रहेको बताए । दाङ थारु समुदाय बढी रहेको जिल्ला हो । तर नागरिक उन्मुक्ति पार्टीबाहेकका दलले प्रत्यक्षतर्फ एक जना पनि उम्मेदवार दिएका छैनन्,’ उनले भने, ‘कानुनले बाध्य नपारेसम्म थारूलाई प्रतिनिधित्वबाट वञ्चित गर्न खोज्ने प्रवृत्ति सबै दलमा देखिएको छ ।’ कान्तिपुरबाट

मुक्त कमैयाको गुनासो : हामी सबैलाई सहयोग गर्छौँं, तर हाम्रा लागि कसले गर्ने ?

मुक्त कमैयाको गुनासो : हामी सबैलाई सहयोग गर्छौँं, तर हाम्रा लागि कसले गर्ने ?

१४०६ दिन अगाडि

|

२७ कात्तिक २०७९

२७ कात्तिक, भजनी । कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरकी बढ्घर चन्द्रा थारू शनिबार परम्परागत डोक्नीमा अचार कुट्दै थिइन् । शिविरमा रहेको सार्वजनिक भवनमा उजीलगायत अन्य स्थानीयवासी खाना पकाउन व्यस्त थिए । उजले पकाएको खान भोजभतेरका लागि भने होइन । चन्द्रासँगै थुप्रै महिला र पुरुष खाना पकाउनमा निकै व्यस्त देखिन्थे । निर्वाचनका लागि प्रचार–प्रसारमा आउने राजनीतिक दलका नेता तथा उम्मेदवारलाई उनीहरूले शिविरमै रहेको सामुदायिक भवनमा खाना पकाएर खुवाउनेसम्मको काम गर्दै आएका छन् । उनीहरूले यो वा त्यो दल नभई जुनसुकै दल तथा उम्मेदवारले सहयोग माग्दा पनि सहयोग गर्दै आएका छन् । उम्मेदवार तथा राजनीतिक दलले खाद्यान्न सामग्रीको व्यवस्थापन गरिदिने र शिविरका बढ्घरको रोहबरमा उनीहरूलाई खानाको व्यवस्थापन गर्दै आएकी थारु रहरले नभई बाध्यताले खाना पकाएर खुवाउनुपरेको बताउँछिन् । ‘खाद्यान्न ल्याएर खाना पकाउन आग्रह गर्छन् । आग्रह गरेपछि आफूले सकेको हामीले सहयोग गर्दै आएका छौँ’,उनी भन्छिन्, ‘हामीले सक्ने गरेका छौँ । हामीले पकाएर खाना खाएर गएकाहरू चुनाव सकिएपछि हाम्रो बस्तीमा फर्किँदैनन् ।’ टीकापुर नगरपालिका–१ शिवनगर मुक्त कमैया शिविरका बढ्घर श्यामप्रसाद डगौंरा १७ वर्षदेखि शिविरको नेतृत्व गर्दै आएका छन् । २०६३ साल चैत ११ गते घरबारविहीन भएका मुक्त कमैया सुकुम्बासीले शिविरमा बसोबास सुरु गरेदेखि उहाँले शिविरका नागरिकको हकहितका लागि काम गर्दै नागरिकको नेतृत्व गर्दै आएका हुन् । २०६३ सालमा बसोबास गरेका मुक्त कमैया सुकुम्बासीका लागि २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचन निकै महत्वपूर्ण हुने अपेक्षा गरिएको थियो । तत्कालीन निर्वाचनमा निर्वाचित भएर नेतृत्वमा गएकाले सुकुम्बासीलाई लालपुर्जा दिनेमा आशावादी हुँदै निर्वाचनमा मतदान गरेको श्यामप्रसादले बताए । ‘संविधानसभाको निर्वाचनदेखि लालपुर्जाको आशामा बसेका मुक्त कमैया सुकुम्बासीको माग आजसम्म पूरा हुन सकेन । हामीले चुनावमा फरक नेतृत्वलाई जिताएर कसैबाट त आफ्नो माग पूरा होला भन्ने विश्वासले नयाँ अनुहारलाई नेतृत्व तहमा पठायौँ’, उनले भने, ‘नेतृत्व गर्ने अवसर सबैले पाए, हाम्रो समस्याले कसैलाई पनि छुन सकेन ।’ सोही शिविरका अर्का बढ्घर रामफल थारू विभिन्न राजनीतिक दलसँग नजिक छन् । उनले मुक्त कमैया सुकुम्बासीका समस्या समाधानका लागि स्थानीय सरकारदेखि सङ्घीय सरकारसँग समन्वय गरेका छन् । २२ वर्ष पहिले नै कमैया मुक्त घोषणा भए पनि कमैयाको व्यवस्थापनप्रति सरकार जिम्मेवार हुन नसकेको उनी बताउँछन् । ‘१७ वर्षदेखि हामीले आफूहरूको उचित व्यवस्थापनका लागि लालपुर्जा माग्ने राजनीतिक दलले आश्वासन दिनेभन्दा अरु केही काम हुन सकेन’, उनले भने, ‘मुक्त कमैयाहरूले सबैका लागि गरे तर, मुक्त कमैयाका लागि कसले केही गरेन ।’ सोही ठाउँकी सेतु चौधरी राजनीतिक दलका लागि आफूहरू फुटबलजस्तै बनेको बताउँछन् । सबैले आश्वासन दिने चुनाव जितेर जाने, त्यसपछि कोही पनि शिविरमा फर्केर नआउने गरेको उनको गुनासो छ । ‘विसं २०६४ देखि हामी सबै राजनीतिक दलका लागि प्रयोगमात्रै भयौँ । सबै राजनीतिक दलले हामीलाई फुटबलजस्तै बनाएर खेले’, उनले भने ‘खेलमा विजेताले आफ्नो स्वार्थ पूरा गरे तर आफैंले खेलेको फुटबलको संरक्षण कसैले गरेनन् ।’ शिविरका नागरिक गलत व्यक्तिलाई चुनावमा निर्वाचित गराउने पक्षमा छैनन् । शिवनारायण चौधरी नेतृत्वबाट आश्वासनमात्रै पाएको देख्दा भोट हाल्नै जान मन नलाग्ने बताउँछन् । ‘भोट हाल्ने मन नै छैन । हामीले भोट नहाल्दा पनि जित्नेले जितेर जाने नै हो’, उनले भने, ‘हामीले मतदान नगरेकै कारण गलत व्यक्ति नेतृत्वमा नपुगोस् भनेर पनि मतदान गर्नुपर्ने बाध्यता छ ।’ स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकाबाट उम्मेदवारी दिएका सबै उम्मेदवारले मुक्त कमैया सुकुम्बासी बस्तीलाई व्यवस्थापन गर्नुका साथै जग्गा उपलब्ध गराउने जनाउँदै उनीहरूसँग लिखित कागजसमेत गरेका छन् । लिखित सम्झौता गरेका राजनीतिक दलबाटै निर्वाचित भएका व्यक्तिले स्थानीय सरकारको नेतृत्व गरिरहेका छन् । २०७४ सालको निर्वाचनमा पनि भोट दिएपछि जग्गा दिन्छौँ भनेर केही राजनीतिक दलले लिखित कागज गरेका थिए । त्यो कागज सुकुम्बासी बस्तीका नागरिकले अझै पनि सुरक्षित राखेका छन् । उनीहरूले हिजो लिखित कागज गरेका उम्मेदवारलाई प्रचार–प्रसारमा भेटेपछि त्यहीँ कागज देखाउने गरेको निर्मलकुमार डगौंरा थारुले बताए । ‘भोट माग्न आउनुहुन्छ, हामी हिजोको लिखित प्रतिबद्धतापत्र देखाउँछौँ, त्यसपछि उहाँहरुको बोली बन्द हुने गरेको छ’, उनले भने, ‘हाम्रो समस्या जस्ताको तस्तै छ । उहाँहरू पाँच वर्ष पूरा गरेर फेरि हाम्रो बस्तीमा पुग्दा आश गर्ने ठाउँ नै हामीसँग छैन ।’ टीकापुरका सातवटा मुक्त कमैया सुकुम्बासी शिविरमा चार हजार पाँच सयभन्दा बढी घर छन् । करिब ३ हजार मतदाता रहेको शिविरका मतदाताको भोट नै सबै उम्मेदवारका लागि निर्णायक हुने भएकाले शिविरमा उम्मेदवारको ध्यान बढी केन्द्रित हुने गरेको छ ।रासस