Above News Title

मोहनलाल चौधरीले त्यागे नागरिक उन्मुक्ति पार्टी

मोहनलाल चौधरीले त्यागे नागरिक उन्मुक्ति पार्टी

जसपा बर्दियाको जिल्ला अध्यक्षबाट राजीनामा दिई यही वैशाखमा भएको स्थानीय चुनावमा राजापुर नगरपालिकाकामा स्वतन्त्र उम्मेदवारी दिएका थिए, मोहनलाल चौधरीले । 

मेयरमा सन्तोषजनक मत नआएपछि मोहनलाल चौधरी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थिए । तर नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभा सांसदको टिकट नपाएको असुन्तुष्टी जनाउँदै उनले शुक्रबार पार्टी परित्यागको घोषणा गरेका छन् ।

मोहनलालसँगै धनिराम चौधरी तथा सितारामले पनि एक विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेका छन् । यद्यपि पार्टी परित्याग गर्ने यी त्रयको पार्टीको पद खुलाइएको छैन । 

विज्ञप्तीमा उल्लेखित बेहोराअनुसार यदि बर्दिया–२ मा रेशम चौधरीको उम्मेदवारी खारेज भएमा मोहनलाल चौधरी या हाल प्रदेश सभा २ (ख) का उम्मेदवार धर्म चौधरी या त्यो पनि नभए बर्दियाकै कुनै स्थानीयलाई उम्मेदवार बनाउने भद्र सहमति भएको थियो । तर विकल्पमा रेशम चौधरीको बुवा लालवीर चौधरीलाई पार्टीको तर्फबाट उम्मेदवार बनाइएकाले आपत्ति जनाउँदै पार्टी परिवारवादमा फँस्दै गएको आरोप लगाइएको छ । 

उता रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीलाई मोहनलाल चौधरीले पटक पटक धोका दिइसकेकाले उनको बहिर्गमनले कुनै असर नपर्ने बताए । ‘मोहनले यही स्थानीय चुनावमा बर्दियाबाट उम्मेदवार उठाउन नागरिक उन्मुक्ति पार्टीको २ दर्जन टिकट लगेका थिए ।  तर लुकाएर राखे,’ रेशमले ढकियाखबरसंग भने, ‘ स्थानीय चुनावमा राजापुर नगरपालिकाकामा स्वतन्त्र उम्मेदवारी दिएर लज्जासपद मत ल्याएको सबैलाई जगजाहेर छ । पार्टीबाट उनको बर्हिगमनले केही परक पर्दैन । बर्दियाको दुबै क्षेत्रबाट हामी चुनाव जित्छौं ।’

पार्टी परित्यागबारे के भन्छन् अरु ?

साहित्यकार तथा सामजिक अभियन्ता शेखर दहित भन्छन्, मेयर पदका लागि स्वतन्त्र उम्मेदवार दिएका र एक थारू अगुवालाई नागरिक उन्मुक्तिले थाम्न सक्नु पथ्र्यो । जहाँसम्म पहिचानको सवाल छ, उनी थरूहट आन्दोलनमा एक्लै नेपालगंज बन्द गर्ने हिम्मत गर्दथे । जहाँसम्म स्थिरताको कुरो छ, आफ्नै साथीहरूले त पालो दिएनन्, अन्य पार्टीमा त कुरै छोडै । नागरिक उन्मुक्ति पार्टी जातीय, परिवार दल भन्दा फरक भए मात्र अन्य पार्टी भन्दा साख रहला । मेरो व्यक्तिगत बुझाई अपूर्ण हुन सक्छ, कसैलाई ठेस नलागोस् ।

फेसबुकमा चौधरी दाइ परिचय राखेकाले अभिव्यक्ति दिएका छन्, कुर्सीको आशा लिएर हिँड्नेहरु कहिल्यै स्थिरतामा बस्न सक्दैनन् । कमसेकम एक अवधि काँचो इटालाई पकाउनको लागि भठ्ठी (चुलो) तयार गर्न सहयोग गर्नु पर्थ्यो होला नि । जित हुने नहुने जनताको हातमा छ ।  यो भन्दा पहिले रेशमको सबै कुरा ठिक थियो भने अहिले किन तितो भयो ? त्यही लाल आएर तितो भयो है ।

सञ्जीव चौधरी विचार राख्छन्, समय फेरि आउँछ । त्यसैले, धैर्यताका साथ समय पर्खिनुपर्छ भन्ने मैले आफ्नो धारणा राख्छु । ढकिया चुनाव चिन्ह होस् या ढकियाको सम्थर्थनको लागि धारा चुनाव चिन्ह होस् र प्रतिनिधि मान्छे होस् या ढुङ्गा होस् । मेरो समर्थन यसैलाई रहनेछ । किनकि, सास्ती र दमन थारूहरूले सहेको ईख हृदयमा छ ।

पत्रकार अविनाश थारु आफ्नै भाषामा विचार राख्छन्, आत्मसम्मान, स्वाभिमानके लाग ढकियाबाहेक अप्नेक लाग औरे कौनो ठाउँ मजा हुई नै सेकी दाजु (मोहनलाल) । अप्नेहे ढकियाभित्रे आन्तरिक संघर्ष करे पर्ना रहे ।

प्रकाशित:

१४१६ दिन अगाडि

|

१८ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४४० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८५ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४४० दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७८ दिन अगाडि

|

२७ मंसिर २०७९