नागरिक उन्मुक्ति पार्टीले कति स्थानमा जितको झण्डा फहराउला ? 

नागरिक उन्मुक्ति पार्टीले कति स्थानमा जितको झण्डा फहराउला ? 

१४१८ दिन अगाडि

|

१५ कात्तिक २०७९

कैलालीमा बाढीको असरः स्थानीय तरकारी पाउनै मुस्किल

कैलालीमा बाढीको असरः स्थानीय तरकारी पाउनै मुस्किल

१४१९ दिन अगाडि

|

१४ कात्तिक २०७९

कैलालीका बजारमा यतिखेर स्थानीय उत्पादित तरकारी आइसकेको हुन्थ्यो । दसैँ तथा तिहारका समयमा यहाँका बजारमा स्थानीय किसानले उत्पादन गरेको तरकारीले बजार ढाक्थ्यो । उपभोक्ताले सस्तो मूल्यमा तरकारी किन्न पाउँथे तर यस वर्ष असोज महिनामा आएको बाढीले बजारमा स्थानीय तरकारी आउन सकेन । किसानले भर्खरै रोपेको तरकारी बाढीले नष्ट गरेपछि यस वर्ष दसैँ तिहारमा यहाँका उपभोक्ताले अहिलेसम्मकै महँगो तरकारी किन्नुपर्यो । कैलालीका बजारमा यो समयमा स्थानीय बारीमा उत्पादन भएको साग, काउली, मूला, धनिया, टमाटर, बोडी, फर्सी, लौकालगायतका तरकारी सहजै पाइन्थे तर यस वर्ष यी सबै जातका तरकारी यहाँका ब्यापारीले भारत तथा अन्य जिल्लाबाट आयात गर्ने गरेका छन् । यसले बजार निकै महँगो भएको उपभोक्ता हरि विकले बताए । “यस वर्ष चाडपर्वमा मासुभन्दा तरकारी महँगो भयो, चाडपर्वमा बढी तरकारी खपत हुने गर्छ । प्रतिकिलो रु १०० मुनि कुनै तरकारी पाइएन, गत वर्ष यो बेला साग रु २०÷३० मा पाइन्थ्यो । यस वर्ष खान सकिएन ।” टीकापुर बजारमा अहिले तरकारीको बजार मूल्य यस वर्षकै महँगो अवस्थामा पुगेको छ । चाडपर्वसँगै स्थानीय उत्पादन नहुँदा यस वर्ष तरकारीको बजार मूल्य अधिक बढेको उपभोक्ताको गुनासो छ । बजारमा अहिले काउली, साग, खुर्सानी, टमाटर, मूला, च्याउलगायतका तरकारीको मूल्य उच्च छ । प्रतिकिलो रु १०० माथि नै छ । तरकारीको सिजन लाग्दै गर्दा र स्थानीय उत्पादन हुने बेलामा पनि बजारमा तरकारीको मूल्य अधिक नै छ ।  “तिहारका समयमा खोजेको सबै तरकारी पाउन सकिएन, काउली प्रतिकिलो रु १५० मा किनियो, प्याज पनि प्रतिकिलो रु १४० मा किन्यौँ, अन्य तरकारी पनि यस्तै महँगो खानुपर्यो”, उपभोक्ता कमला न्यौपानेले भने, “बजारमा महँगो भएपछि हामी निकै मर्कामा परेका छौँ । सिजनल तरकारी पनि निकै महँगोमा खानु परेको छ ।” चाडपर्वसँगै स्थानीय उत्पादन नहुँदा यस वर्ष तरकारीको बजार मूल्य अधिक रहेको स्थानीय उपभोक्ता अमित चौधरीले बताए । “तरकारी छोइसक्नु छैन, यति महँगो तरकारी अहिलेसम्म खाएको थिएन”, उनी भन्छन्, “हामीजस्ता सधैँ किनेर खानेलाई यो महँगीले हैरान बनायो ।” बजारमा अहिले सिजनल सबैजसो तरकारी पाइन्छ तर यहाँको उत्पादन भने न्यून रहेको छ । प्रायः सबै तरकारी पहाडी क्षेत्रसँगै भारतीय उत्पादन रहेका छन् । स्थानीयस्तरमा उत्पादन नहुँदा अहिले यस क्षेत्रका उपभोक्ता महँगीको मारमा परेका अर्का उपभोक्ता उमा टमट्टाको भनाइ छ । “यहाँ बाढी नआएको भए यतिखेर स्थानीय तरकारी खान पाइन्थ्यो, स्थानीय तरकारी आएको भए सस्तो पाइन्थ्यो”, उनले भने, “स्थानीय साग बजारमा आउन थालिसकेको थियो, बाढीले सबै नष्ट ग¥यो, बाढी आएपछि साग खान पाइएको छैन ।” तरकारी रोप्ने सिजनमा अनाधिकृत वर्षाले रोपेको तरकारी बाली नष्ट तथा रोप्नमा ढिलाइ भएकाले अहिले बजारमा तरकारीको मूल्य अधिक बढेको तरकारी व्यवसायीको भनाइ छ । स्थानीय बजारमा पाइने तरकारीको मूल्य हेर्दा अहिलेसम्मकै उच्च छ । तरकारी रोप्ने सिजनमा अनाधिकृत वर्षाले रोपेको तरकारी बाली नष्ट तथा रोप्नमा ढिलाइ भएकाले अहिले बजारमा तरकारीको मूल्य अधिक बढेको तरकारी व्यवसायीको भनाइ छ । स्थानीय बजारमा पाइने तरकारीको मूल्य हेर्दा अहिलेसम्मकै उच्च छ । अहिले बजारमा सिजनल तरकारीको समेत मूल्य उच्च भएको तरकारी व्यापारी शिला चौधरीले बताए । “बजारमा पाइने प्रायः तरकारी अन्यत्रबाट ल्याउनुपर्ने बाध्यता छ । बाहिरबाट ल्याउँदा हामीलाई नै महँगो पर्छ”, उनी भन्छन्, “यही उत्पादन भएको तरकारी बजारमा आएमात्रै सस्तोमा खान पाइन्छ ।” असोज १ गते र २३ गते आएको बाढीले तरकारी खेती गर्ने किसानको धेरै क्षति भएको छ । तरकारीका बेर्ना र खेती गरेका किसानको बाली नोक्सान भएको छ । बाली नोक्सानपछि तरकारी किसानले यतिबेला फेरि तरकारी रोप्न थालेका छन् । बजारमा स्थानीय उत्पादित तरकारी आउन अझै एक महिना लाग्ने किसान बताउँछन् । रासस  

दक्षिण कोरियामा भिडमा किचिएर १५१ जनाको दुःखद मृत्यु

दक्षिण कोरियामा भिडमा किचिएर १५१ जनाको दुःखद मृत्यु

१४२० दिन अगाडि

|

१३ कात्तिक २०७९

दक्षिण कोरियाको राजधानी सोलमा भिडमा किचिएर १५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् । मृत्यु हुनेमा १९ जना विदेशी नागरिक रहेको बीबीसीले जनाएको छ । तथ्याङ्क संकलन र उद्धारको काम जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् । हेलोविन पर्व मनाउनका लागि इथेवन भन्ने स्थानमा भिड जम्मा भएको थियो । त्यही भिडमा एकजना व्यक्ति लडेपछि भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । घटनामा मृत्यु हुनेमा धेरैजसो युवाहरु रहेको अधिकारीहरूले बताएका छन् । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे अनुसन्धान गर्न तथा घाइतेहरुको उद्धार तथा उपचारमा तीव्रता दिन निर्देशन दिएका छन् ।

बाँकेमा ठूला दललाई चुनौती दिँदै नागरिक उन्मुक्ति पार्टी

बाँकेमा ठूला दललाई चुनौती दिँदै नागरिक उन्मुक्ति पार्टी

१४२१ दिन अगाडि

|

१२ कात्तिक २०७९

गणेश विशु बाँकेको इतिहासमा हालसम्म लगातार दुईवटा निर्वाचन कुनै दलले पनि जितेका छैनन्। हरेक निर्वाचनपछि फरक दलका उम्मेदवारलाई बाँकेवासीले निर्वाचित गर्दै आएका छन्। तर, यहाँको राजनीति ठूला दलहरू र मधेसकेन्द्रित दलहरूकै वरिपरि घुमिरहेको देखिन्छ। हालसम्म यहाँबाट नेपाली काँग्रेस, राप्रपा, एमाले, माओवादी र मधेस केन्द्रित दलका उम्मेदवार विजयी भएका छन्। देशभरि बलियो संगठन भएका दलभन्दा फरक दलका उम्मेदवारलाई पनि बाँकेवासीले निर्वाचित गराएको अहिलेसम्मको इतिहासले देखाउँछ। यसपटक पनि देशभरि बलियो संगठन भएका दललाई चुनौती साना दलहरू नै बन्ने देखिएका छन्। यसपटक नयाँ गठित र पहिलोपटक संसदीय चुनावमा भाग लिन लागेका दलले पनि ठूला दललाई चुनौती दिने अनुमान गर्न थालिएको छ।  बाँकेको क्षेत्र नम्बर १ र ३ मा ठूला दलका लागि नागरिक उन्मुक्ति पार्टी तगारो बन्न सक्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ। निवर्तमान प्रतिनिधिसभा सदस्य रेशम चौधरीको दलका रूपमा परिचित उक्त पार्टीले थारु समुदायको मत प्रभावित पार्न सक्ने र कतिपय ठाउँमा चुनौती नै दिनसक्ने आकलन गर्न थालिएको छ।   बाँके क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा सुरेशकुमार चौधरी, प्रदेशसभा सदस्यमा (क)मा सोमराज चौधरी र (ख) मा भुमबहादुरी भण्डारीले उम्मेदवारी दिएका छन्। यी तिनैजनाले राजनीतिक रूपले परिचित नभए पनि पार्टीको अजेन्डा र भावनात्मक रूपमा मत तान्न सक्ने विश्लेषण गर्न थालिएको छ।  नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका सुरेशकुमार चौधरी यसअघि विभिन्न पार्टीको कार्यकर्ता थिए। अहिले रेशम चौधरीले पहिचानसहितको समृद्धि, पिछडा वर्गको उत्थानसहितका अजेन्डा लिई बाँकेमा पार्टीको संगठन विस्तार गर्न आह्वान गरेपछि उनी उम्मेदवारी दिन पुगेका हुन्।  क्षेत्र नम्बर १ (क) मा उम्मेदवारी दिएका सोमराज भन्छन्, ‘हामी चुनौती मात्रै होइन, जित्न नै सकिन्छ भन्ने विश्वाससहित जनतासमक्ष जाँदै छौं।’ चौधरी इलेक्ट्रिकल ओभरिसयर हुन् भने भण्डारी नेपाली काँग्रेसको जिल्लास्तरीय युवा नेताका रूपमा परिचित व्यक्ति हुन्।   क्षेत्र नम्बर १ मा एमालेबाट सूर्य ढकाल र सत्ता गठबन्धनबाट वर्तमान खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ।  क्षेत्र नम्बर ३ मा पनि नेपाली काँग्रेस त्यागेर नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए, रवीन्द्रमान श्रेष्ठले। उनले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिए। श्रेष्ठजस्तै काँग्रेसबाट असन्तुष्ट भएर नागरिक उन्मुक्ति पार्टीमा गएका चन्तराम थारू ३ (क) बाट उम्मेवार बनेका छन्। चन्तराम यसभन्दा अघिल्लो निर्वाचनमा काँग्रेसबाट उम्मेदवार थिए। उनलाई पनि क्षेत्र नम्बर ३ को मत प्रभावित पार्नसक्ने उम्मेदवारका रूपमा हेरिएको छ। क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका किशोरसिंह राठौर र एमालेका किस्मतकुमार कक्षपतिलाई मुख्य प्रतिस्पर्धी ठानिएको छ।  नागरिकबाट

२६ वर्षपछि पहिलेको गीतको रोयल्टी बुझ्दा रेशम चौधरी दंग

२६ वर्षपछि पहिलेको गीतको रोयल्टी बुझ्दा रेशम चौधरी दंग

१४२३ दिन अगाडि

|

१० कात्तिक २०७९

कुनैबेला गीतसंगीतलाई नै  प्यासन बनाएका रेशम चौधरीले २६ वर्षपछि गीतको रोयल्टी बुझेका छन् ।  उनले २०५३ सालमा निकालेको गीति एल्बम ‘हाल खबर’को रोयल्टी १७ हजार २१५ रुपैयाँ मुन लाइट्स रेकर्डसका सञ्चालक चन्द्रप्रकाश शर्माले डिल्ली बजार कारागारमा रहेका रेशम चौधरीलाई उपलब्ध गराएका हुन् । ‘करिब २६ वर्षपछि पाएको आफ्नो पारिश्रमिकले मलाई अत्यन्तै उत्साहित बनाएको छ,’ कारागारबाटै निकालेको विज्ञप्तिमा रेशम चौधरीले लेखेका छन्, ‘मैले यो रकम मेरो श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई निर्वाचन खर्चका लागि छुट्याएको छु ।’ रेशमकी श्रीमती रञ्जिता नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेकी छिन् । उनका प्रतिद्वन्दी गठबन्धनको तर्फबाट काँग्रेसका रामजनम चौधरी रहेका छन् । रेशमले बर्दिया–२ बाट दिएको उम्मेदवारी भने निर्वाचन आयोगले रद्द गरिदिएको छ । त्यहाँ रेशमका बुवा लालवीर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको आधिकारिक उम्मेदवार बनाइएको छ । उनले नल्का चिन्ह पाएका छन् ।

भाइटीकामा परदेशीको पीडाः घर परिवारको याद भुल्न एकापसमै टीका

भाइटीकामा परदेशीको पीडाः घर परिवारको याद भुल्न एकापसमै टीका

१४२३ दिन अगाडि

|

१० कात्तिक २०७९

कृष्णसिंह धामी तिहार दिदीबहिनी तथा दाजुभाइका लागि विशेष पर्व हो । जति टाढा भएपनि वर्ष दिनमा भेट हुन नसकेको दाजुभाइ र दिदीबहिनीलाई भेट्ने अवसर पनि तिहारमै हुन्छ । विदेशमा रहेका लाखौं नेपालीका लागि भने त्यो अवसर कमै जुर्छ । उनीहरु त निधार खाली नहोस् भनेर आफ्नै साथीभाइलाई दाजुभाइ दिदीबहिनी मानेर टीका लगाउने गर्छन् । सल्यान,खलंगाकी ३४ वर्षीया कृष्णाकुमारी सुनारलाई आफ्नै दाजुभाइलाई तिहारमा टीका लगाउन नपाएको तीन वर्ष भयो ।वैदेशिक रोजगारीका लागि कुबेतमा रहेकी उनले उतै आफ्नै साथीभाइलाई दाजुभाइ मानेर टीका लगाउने गरेकी छिन् ।  नेपालगञ्जमा उनका २ जना दाजुभाइ छन् । तर,उनीहरुले बहिनीको हातबाट टीका लगाउन पाएका छैनन् । २ दाजुभाइमध्ये पनि एक जना वैदेशिक रोजगारीका लागि मलेसियामा छन् भने अर्का भारतमा छन् ।परदेशको तिहार खल्लो नहोस्,भनेर उनले एक जनालाई दाजु मानेर टीका लगाइदिने गरेकी छिन् । नेपालमा हुँदा दाजुभाइलाई टीका लगाउन कहिल्यै पनि छुटेको थिएन । जति टाढा भए पनि टीका लगाउन दाजुभाइकहाँ पुगिहाल्थिन् । तर,अहिले भने उनी आफूमात्र नभएर दाजुभाइहरु पनि परदेशमा हुँदा उनलाई तिहार सधैँ नरमाइलो लाग्छ ।​ परदेशिनु धेरै नेपालीको बाध्यता रहेको भन्दै उनले भनिन्, ‘दाजुभाइ जहाँ जस्तो अवस्थामा भएपनि खुशी रहनुहोला । नमरी बाँचे आउने सालमा भेटौंला तिहार मनाऔंला ।’ तनहुँ दर्मालीकी ३२ वर्षीया माला सुनारले झन् तिहारमा दाजुभाइलाई टीका लगाउन नपाएको १० वर्षै भयो । वैदेशिक रोजगारीको लागि कुवेत गएको १० वर्ष भयो,त्यसबेलादेखि नै दाजुभाइलाई टीका लगाउन पाएकी छैनन् । ७ जना दाजुभाइ मध्येकी उनी एक्ली बहिनी हुन् । यस बीचमा २ जना दाजु वितिसकेका छन् । दाजुभाइसँग विगतको तिहारमा हुने रमाइलो यतिबेला उनको आँखामा झल्झली आउँछ र मन पीडाले पोल्छ । यो वर्ष उनको जेठा दाजु वितेको वर्ष दिन पनि पुरा भएको छैन । त्यसैले उनले यो वर्ष कसैलाई पनि टीका लगाईदिने सोच बनाएकी छैनन् । विगतका वर्षमा उनले आफ्ना दाजुभाइको फोटोमा टीका लगाइदिने गरेकी थिइन् । तर,यो वर्ष जेठो दाजु वितेकाले उनलाई तिहारमा नरमाइलो लागिरहेको छ । परदेशमा रहेका दाजुभाइ दिदीबहिनीको पीडा शब्दमा व्यक्त गर्न सकिदैन । यस्ता चाडपर्व आउँदा उनीहरु विरानो मुलुकमा भक्कानिन्छन् । यतिमात्र नभएर उनीहरु आफ्नो कर्मलाई पनि धिक्कार्छन् । ‘तिहारमा दाजुभाइलाई टीका लगाउन नपाउँदा मन भक्कानिएर आउँछ । मनमा साह्रै पीडा हुन्छ । एकातिर घर परिवार हुँदैनन् । अर्कोतिर,दाजुभाइलाई टीका लगाउन नपाउँदा कस्तो हुन्छ,त्यो  शब्दमा व्यक्त गर्न सकिदैन,’ मालाले भनिन्, ‘बहिनीको हातबाट टीका लगाउन नपाएपनि तपाईंहरुको राम्रो होस्,भन्ने कामना गर्दछु । भगवानले सधै तपाईंहरुको रक्षा गरुन् ।’ रौतहट,चन्द्रनिगाहपुर–७ का ३५ वर्षीय रामरतन राउतले तिहारमा आफ्ना दिदीबहिनीको हातबाट टीका लगाउन नपाएका ८ वर्ष भयो । वैदेशिक रोजगारीका लागि साउदीमा रहेका राउत यो तिहारमा घर जाने योजनामा थिए । तर,कम्पनीले विदा नदिने बताएपछि तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउने योजना अधुरै रह्यो । रामरतनका ४ दाजुभाइका एक्ली कान्छी बहिनी छिन् । चारै दाजुभाइ वैदेशिक रोजगारीमा छन् । त्यसैले,उनका बहिनीले सबै दाजुभाइलाई टीका लगाउन नपाएको ५ वर्ष भयो । ५ वर्षअघि एक जना दाजुलाई सम्म उनले टीका लगाईदिएकी थिइन् । प्रत्येक तिहारमा सबै दाजुभाइसँग उनको भिडियो कलमा कुरा हुन्छ । त्यसबेला उनका परेली सागर बन्छन्,रुवाइ थामिँदैन । तर,के गर्ने पारिवारिक अवस्थाले गर्दा परदेशिन बाध्य भएका राउत दाजुभाइलाई झिलिमिली तिहार सँधै अँध्यारो जस्तै लाग्छ । दाजु तिहारमा घर आउनुहुन्न रुबहिनीले सोध्दा उनीहरुले दिने एउटै जवाफ हुन्छ, ‘यो वर्ष यस्तै भयो बहिनी अर्को सालको तिहार सँगै मनाउँला ।’ तर,त्यो अर्को साल कहिले आउने हो,टुंगो छैन ।​ सानोमा चार दाजुभाइको माया पाएकी बहिनी लक्ष्मीलाई तिहार तिहार जस्तो लाग्दैन । अरुको घरमा तिहारको रमझम चलिरहँदा उनको आँखामा भने आँसुका धारा र दाजुहरुको याद मात्र आइरहेको हुन्छ । यो वर्ष चारै दाजुभाइ घर जाने र बहिनीको हातको टीका लगाउने योजनामा थिए । तर,कुनै पनि दाजुभाइ घर आउन पाएनन् । र,उनीहरुले परदेशबाटै भएपनि बहिनीलाई सन्देश पठाए, ‘परदेशीको भाग्य र कर्म यस्तै हो बहिनी । यो विरानो मुलुकमा तिम्रो र हाम्रो पीडा बुझिदिने कोही हुँदैन । अब आउने तिहारसँगै बसेर मनाउँला ।’ मलेसियामा रहेका काभ्रेका दिलबहादुर तामाङले पाँच वर्षदेखि उतै एक जना बहिनी मानेर तिहारमा टीका लगाइरहेका थिए । तर,यो वर्ष ती बहिनी पनि घर आइनन् । अब उनले कसलाई बहिनी मानेर टीका लगाउने भन्ने यकिन छैन । घरका २ दिदीबहिनीको एक्लो भाइ हुन् उनी । दिदीबहिनीले अंकलको छोरालाई टीका लगाएर तिहार मनाउँछन् भने उनी यो वर्ष कसैको हातबाट पनि टीका नलगाउने सोचमा छिन् । एक जनालाई बहिनी मानेर पाँच वर्षदेखि टीका लगाइरहेको थिएँ । ‘यो वर्ष उनी आफ्नो घर फर्किइन् । अरु कसैबाट टीका नलगाउने सोचेको छु । त्यो दिन दिदीबहिनीसँग भिडियो कलमा कुरा गरेर बस्नुपर्ला,’ उनले भने । यसरी परिस्थिति र बाध्यताले परदेशिएकाहरुलाई दसैं,तिहार जस्ता चाडपर्वमा निकै नरमाइलो लाग्छ । त्यो समय उनीहरु रोएरै विताउने गरेका छन् । नेपाली साथीभाइबीच रमाइलो गर्दै मनाएपनि घर परिवारमा आफन्तकहाँ टीका लगाए जस्तो कहाँ हुन्छ र रुउनीहरुको एउटै प्रश्न छ । देशको राजनीतिक अवस्था तथा रोजगारी गर्ने वातावरण नहुँदा परदेशिएकाहरु सोच्ने गर्छन्, ‘यदि नेपालमै साउदी,मलेसिया,कतार जस्तो भइदिएको भए,हामीले काम गर्न जानुपर्ने ठाउँमा उनीहरुलाई नेपालमा काम गर्न ल्याउन पाए कस्तो हुन्थ्यो होला ।’ रातोपाटीबाट

फेरियो रानाथारूको तिहार मनाउने शैली

फेरियो रानाथारूको तिहार मनाउने शैली

१४२३ दिन अगाडि

|

१० कात्तिक २०७९

रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने, लक्ष्मी पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ ।  कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिलेसम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन । “हाम्रा बुवाबाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन थिएन ।” उनले भने, “तिहारलाई दिवारीका रुपमा मनाउने चलन हो”, अहिले अरूको देखेर हाम्रो समुदायमा पनि भाइटीका लगाउन थालियो ।” उनका अनुसार यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको जेठो महिलाले भगवानको पूजा गर्ने प्रचलन छ । “हाम्रो समुदायमा दिवारीले विशेष अर्थ राख्छ यस दिनमा मुर्गाको बलि दिने गरिन्छ”, उनले भने, “अहिले त अरु समुदायको जस्तै तिहार मनाउन थालिएको छ हाम्रो परम्परा ओझेलमा छ ।” कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका साहेब रानाले भाईटीका पछिल्लो केहि वर्ष यता अरुको देखेर लगाउन थालिएको बताए । “हाम्रो परम्परा अनुसार त तिहारलाई दिवारीको रुपमा मनाईन्छ यो दिन सुप्पो बजाएर घरको वरिपरि घुमेर गीत गाउने चलन हो ।” उनले भने–“गीतमा सुख शान्ती आओस,घरबाट राक्षस बाहिर जाओस भन्ने हुन्छ ।” उनले अहिले परम्परागत गीत छोडेर आनुनिक गीत गाउन थालिएको बताए । “एक महिना अघिदेखि नै घरलाई लिपपोत गरेर सजाउने र राक्षको नासहोस भनि घरको जेठो महिलाले भगवानको पुजा गर्ने गरिन्छ ।” उनले भने, “दिवारी कार्तिक शुक्ल पक्षको दोस्रो दिन मनाइने गरिन्छ ।” पूजापाठ सकेपछि कुखुराको भाले काटेर खाने चलन रहेको उनले बताए।  यसबाहेक विभिन्न परिकार समेत बनाउने गरिन्छ । बेदकोट नगरपालिका–७ का बल वहादुर डगौराले पहिला थारु समुदायले तिहारमा भाईटीका लगाउने र लक्ष्मीको पूजा गर्ने प्रचलन नभएको बताए। “पूर्खाहरुको पालमा भगवानको मात्रै पूजागर्ने चलन थियो अहिले अरुको देखेर लक्ष्मी पूजा गर्ने भाईटीका लगाउन थाले ।” उनले भने–“राना समुदायमा मुर्गाको बली दिने चलन छ थारु समुदायमा बलि दिइदैन, पूजा मात्रै गरिन्छ ।” बदलिदो परिवेश संगै हरेक समुदायका पर्वहरु मनाउने चलन समेत फेरिन थालेका छन । पण्डित कविराज भट्टले बढ्दो प्रविधिको प्रयोगले गर्दा चाडपर्वहरुमा समेत त्यसको असर देखिन थालेको बताए । “प्रविधिका कारण हरेक सुमदायका पर्वहरु परम्परागत भन्दा पनि मिश्रित हुन थालेका छन ।” उनले भने–“पर्वहरुका सांस्कृतिक र मौलिक पक्षलाई वेवास्था गरेर केवल मनोरञ्जन र देखावटीका लागि मात्रै  मनाउन थालियो ।” उनले हरेक समुदायले आफ्ना मौलिक पर्वहरुको सांस्कृति र मौलिक पक्षबारे नयाँ पुस्तालाई बुझाउन जरुरी रहेको बताए । रासस