खिचरा महोत्सव मूल आयोजक समिति गठन

खिचरा महोत्सव मूल आयोजक समिति गठन

१४०९ दिन अगाडि

|

२५ कात्तिक २०७९

थारू आयोगले मनायौ चौथो वार्षिकोत्सव

थारू आयोगले मनायौ चौथो वार्षिकोत्सव

१४०९ दिन अगाडि

|

२५ कात्तिक २०७९

थारू आयोगले शुक्रबार जिल्ला समन्वय समिति, काठमाडौंको सभाहलमा एक औपचारिक कार्यक्रम गरी चौथो वार्षिकोत्सव मनाएको छ ।  सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगहरूले सिफारिस गरेका विषय सरकारको तर्फबाट कार्यान्वयन हुन नसकेको धारणा राखे ।  मानवअधिकार आयोगले सिफारिस गरेका १४ प्रतिशत विषय पूर्ण रुपमा तथा ३७ प्रतिशत विषय आंशिक कार्यान्वयन भएको उनको भनाइ थियो । साथै, सबै आयोगको संयुक्त पहल र चासोले मात्र आयोगको अवस्था सुदृढ हुने उनले जिकिर गरे । थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु आयोग स्थापना भएको ४ वर्ष भए पनि कोरोना लगायतका कारण पहिलो पटक औपचारिक रुपमा वार्षिकोत्सव मनाएको जानकारी दिए । आर्थिक स्रोत, जनशक्तिको अभाव लगायतका कारण आयोगले द्रुत गतिमा काम गर्न नसकेको उनको भनाइ थियो । सो अवसरमा मुस्लिम आयोगका अध्यक्ष सलिममिया अन्सारीले पनि थारु, मुस्लिम लगायत सबै आयोगमा दरवन्दी कटौटी गरेर सरकारले अधिकारविहीन आयोग बनाएको आरोप लगाए । संविधान बनेको ७ वर्ष पुगे पनि आयोगको अझै आवश्यक कानुन बन्न नसक्दा काम गर्न कठिन भएको उनको तर्क थियो । उनको आशय थारु, मुस्लिम लगायतलाई छुट्टै क्लस्टर मानिए पनि अझै पनि छुट्टै कोटा नदिई मधेसीतर्फ सूचीकरण गरिएको तर्फ इंगित थियो ।  राष्ट्रिय समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमिल्सिनाले तराईका प्रमुख आदिवासी समुदाय थारु तथा पहाडको मगर भएको तर जनसङ्ख्याको अनुपातमा राज्यको संयन्त्रमा यिनको सहभागिता  हुन नसक्नु विडम्वना रहेको बताए ।  थारु आयोगका सचिव कृष्णकान्त उपाध्यायले आयोगले चार वर्ष अवधिमा गरेको कामको फेहरिस्त प्रस्तुत गरेका थिए । थारु समुदायको थर सूचीकरण, लोकगीत, लोककथा संकलन, स्मारिका प्रकाशन, थारु लोककला, थारु सम्पदाको अध्ययन, थारु मानक भाषा, लिपिबारेको अन्तरक्रिया, थारु समुदायको समग्र अवस्थाको विषयमा अध्ययन लगायत कार्य भएको उनले जनाए ।  आयोगमा अध्यक्षसहित चार जना सदस्य, १४ जना कर्मचारी कार्यरत रहेका छन् ।

 शान्ति चौधरी किन उठिन् काठमाडौं–१ बाट ?

 शान्ति चौधरी किन उठिन् काठमाडौं–१ बाट ?

१४०९ दिन अगाडि

|

२५ कात्तिक २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लेखक तथा सामाजिक अभियन्ता शान्ति चौधरी ‘आमा’ ले पनि उम्मेदवारी दिएकी छन् । ६८ वटा किताब लेखेकी उनले नेपालका लागि नेपाली पार्टीबाट काठमाडौं क्षेत्र नं १ (क) मा उम्मेदवारी दिएकी हुन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै चुनाव चिह्न शंखमा मतदान गर्न आग्रह गरिन् । पत्रकार सम्मेलनमा उनले राखेको धारणा जस्ताको तस्तैः देश २०७९ मंसिर ४ को संघीय तथा प्रदेश सभाको चुनावमा होमिएको छ । यसै क्रममा म शान्ति चौधरी ‘आमा’ नेपालका लागि नेपाली पार्टीबाट काठमाडौं क्षेत्र नं १ ९क० प्रदेश सभाको उम्मेदवारको रुपमा शंख चुनाव चिन्ह लिएर खडा भएकी छु ।  समाजसेवा तथा लेखनमा रुचि राख्ने थारू समुदायको एक संघर्षशील महिला हुँ म । हालसम्म मेरा ६८ पुस्तक प्रकाशित भएका छन् । मेरो स्थायी घर बारा जिल्ला भए पनि मेरो जन्म काठमाडौं महानगरपालिका–१, नक्साल, चारढुंगे ज्यापु टोलमा भएको हो । संभवतः काठमाडौंमा सबैभन्दा पहिले थारू समुदायको स्थायी वसोवास मेरै बाबा राधाकृष्ण चौधरीले गरेका हुन् । म काठमाडौंका नेवार साथीहरुसँग हुर्किएकी, बढेकी हुँ ।  समय क्रममा सिर्जना विकास केन्द्र संस्था खोली काठमाडौंलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्य अहिले पनि गरिरहेकी छु । आफ्नो लेखनीमार्फत् समाज जागरणको काम गरेकी छु । पुरातात्विक सम्पदाको अध्ययन अनुसन्धान, नदी, ताल, खोला, पोखरीलगायत सार्वजनिक जग्गाको संरक्षण अभियानमा म लागी परेकी छु ।  देशको संघीय राजधानी काठमाडौंलाई सफासुग्घर देख्न चाहने कसको पो मनसुवा नहोला र रु मैले ‘काठमाडौं सहरलाई सफा र स्वच्छ राखौं’ पुस्तक २०४७ सालमै प्रकाशित गरेकी छु । उपत्यकाको बाघमती नदीको उद्गमस्थलदेखि अन्त्यसम्म पुस्तक अढाइ वर्ष लगाएर मैले २०६८ सालमा प्रकाशित गरेकी छु । धोवी खोला र सर्वोच्चको नजीरलगायत मेरा पुस्तक प्रकाशन हुन बाँकी छन् । यो छोटो सूचीले पनि के भन्छ भने म काठमाडौं सभ्यताको समस्याप्रति तीन दशक पहिलेदेखि जानकार छु र समस्या समाधानमा प्रयत्नरत छु भन्ने दर्शाउँछ ।  कन्या मावि, लैनचौर, काठमाडौंबाट २०३२ सालमा एसएलसी गरेकी मैले समाजसेवा र लेखनमा लाग्दा पढाइ अगाडि बढाउन सकेकी थिइनँ । तर मलाई लाग्यो, पढाइलाई उमेरले छेक्न सक्तैन । त्यसैले, एसएलसी गरेको ४२ वर्षपछि २०७४ सालमा प्लस टु ज्वाइन गरें । सरासर पास भएर हाल चक्रवर्ती हवी कानुन कलेज, बिजुली बजारमा कानुन स्नातक पाँचौ वर्षमा अध्ययनरत छु । अहिले त्यस कलेजको युवा विद्यार्थीहरुको प्रेरणाको स्रोत भएकी छु ।  मेरो बसाइँ हाल कामनपा–१०, भद्रकुमारी घले सेवा सदनस्थित देवीनगरको बृद्धाश्रममा छ । म कलेजका युवाहरुको मात्रै होइन, काठमाडौं क्षेत्र नं १ ९क० क्षेत्रका सबै जनताको प्रेरणाको स्रोत बन्न चाहन्छु ।  तात्कालीन स्वास्थ्य मन्त्री पद्मरत्न तुलाधरको पालामा परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौंको २०५२ सालमा मैले बोर्ड सदस्य भएर कार्य गरेकी छु । बंगलादेश, भारत, थाइल्याण्डलगायत देशमा विभिन्न तालिममा सहभागी भइ  आफूले जानेका कुरा खास गरी महिला जागरणमा लगाएकी छु । आफ्नो सिर्जनात्मक कामले मैले विभिन्न पुरस्कार तथा विभुषण पाएकी छु ।  कामनपा–१०, देवीनगर, बानेश्वरमा धोवीखोलाको सार्वजनिक अतिक्रमित जग्गामा राष्ट्रिय पार्क तथा धोवीखोला कानुनी केन्द्रको स्थापनाका लागि मेरै पहलमा म उम्मेद्वार नहुँदै २०७९ असोज ४ गते काठमाडौं महानगरपालिकामा निवेदन दर्ता भएको छ । मेयर बालेन शाहबाट यसबारे तोकआदेश समेत भैसकेको छ । धोवीखोलाको सार्वजनिक जग्गा गैरकानूनी कब्जा तथा सो जग्गामा भ्रष्टाचार विरुद्ध म आवद्ध सिर्जना विकास केन्द्र तथा चक्रवर्ती हबी कानुन कलेजका विद्यार्थीहरुको पहलमा रिट उजुरी दर्ता समेत गरिसकिएको छ । त्यस्तै, यी दुवै समूहको पहलमा दक्षिणकालीको पुरातत्विक सम्पदा जीर्णेद्वार तथा काठमाडौंको टौदह र ललितपुरको शिवकाली खोकना जोड्ने झोलुंगे पुल पनि निर्माण भएको छ ।  म आवद्ध नेपालका लागि नेपाली पार्टीका केन्द्रीय अध्यक्ष आदरणीय वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने हुनुहुन्छ । मुख्य दलहरुले महिलाहरुलाई प्रत्यक्षमा उम्मेदवारी दिन कञ्जुस्याइ गरेका छन् । नेपालका लागि नेपाली पार्टीले महिला उम्मेदवारहरुलाई प्राथमिकता दिएको छ ।  भ्रष्टाचारको अन्त्य हाम्रो पार्टीको मूल नारा रहेको छ । हामी शंखको तुमुल ध्वनि गुञ्जायमान गर्दै भ्रष्टाचारीलाई सचेत गराउन चाहन्छौं । भ्रष्टाचार गर्नु नेपाल आमाको कोखमा लात हान्नु हो ।  नेपालका लागि नेपाली पार्टीको नेतृत्वले टनकपुर सन्धिलाई अदालतको माध्यमबाट रोक्ने कार्य गरेको छ । अदालतकै माध्यमबाट महाकाली सन्धिमा नेपाललाई नदीको पानी आधा आधा गराउन त्यस्तै, अदालतकै माध्यमबाट एनसेलले नेपाल सरकारलाई ७२ अर्बको पूँजीगत लाभकर तिर्नुपर्ने फैसला पनि गराउन सफल भएको छ । एमसीसी संझौतालाई अदालतमा मुद्दा हालेर रोक्ने प्रयास गर्ने एक मात्र पार्टी पनि नेपालका लागि नेपाली पार्टी नै हो । त्यस्तै, अख्तियारले वडा सदस्यदेखि प्रधानमन्त्री सम्मलाई छानवीन गर्न पाउने अधिकार अदालतको माध्यमबाट कायम गराउन सफल भएका छौं ।  प्रतिवद्धताः नेपालका लागि नेपाली पार्टीले विभिन्न प्रतिवद्धता गरेको छ । जस्तोः ठुला भ्रष्टाचारी र जधन्य अपराध गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्ने । पञ्चायतकालदेखि हालसम्म लाभको पदमा रहेका सबै नेताको तथा उच्च ओहदामा रहेका भ्रष्टाचारीहरुको जनताद्वारा गठित नागरिक आयोगबाट छानवीन । भ्रष्टाचार गरेको रकम जफत गरी विभिन्न रचनात्मक कार्यमा लगाउने । त्यस्तै, अदालतमा लाग्ने न्यायिक सेवा निःशुल्क गर्नुका साथै सबै तहका अदालतमा आगामी २ वर्षभित्र पुराना मुद्दा फैसला गराउन पहल गर्ने । युवालाई ५० लाख सम्मको विना धितो ऋण । सुकुमवासी समस्या समाधानका लागि एकीकृत आवास तथा रोजगारको ग्यारेन्टी । राष्ट्रिय खेलाडी तथा कलाकारलाई बीमा र उपदानको व्यवस्था । फुटपाथ व्यावसायीलाई उचित व्यवस्थापन गरी निश्चित स्थानमा व्यावसाय गर्न पाउने हकका लागि पहल गर्ने । त्यस्तै, आर्थिक वर्ष वैशाख १ देखि चैत मसान्तसम्म कायम गरी असारे विकासको नाममा भएको विनाश बन्द गर्ने । देशको अहितमा गरिएका असमान सन्धि, संझौता र कानूनी व्यवस्थालाई खारेज गर्ने । राज्यका कुनै पनि पदाधिकारीले ५० लाखभन्दा बढी मूल्यको गाडी किन्न र चढ्न नपाउने कानुनी व्यवस्था गर्ने । निजामती कर्मचारीका सबै ट्रेड युनियन खारेज गर्ने । विश्वविद्यालय र विद्यालयमा हुने हड्ताल तथा तालावन्दीलाई कानुनी रुपले दण्डनीय बनाउने । गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने । बैंक तथा वित्तिय संस्थाको ब्याजदर घटाउने आदि । म पार्टीको यी सबै प्रस्तावमा पूर्ण प्रतिवद्ध छु । म काठमाडौं क्षेत्र नं १ (क) क्षेत्रको जनप्रतिनिधि भएर विकासको काममा होस्टेमा हैंसे गर्न चाहन्छु । मलाई आशा छ, शंख चुनाव चिन्हमा भोट दिएर मतदाताहरुले मलाई अत्याधिक मतले विजयी गराउने छन् । 

मतदातासँग 'न्याय' माग्दै गच्छदार, भगवती चौधरीको आफ्नै शैली !

मतदातासँग 'न्याय' माग्दै गच्छदार, भगवती चौधरीको आफ्नै शैली !

१४१० दिन अगाडि

|

२४ कात्तिक २०७९

सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा एमालेबाट उम्मेदवार बनेकी भगवती चौधरीले केही दिन अगाडि कार्यकर्तालाई उक्साउँदै छुरा हान्न र गोली हान्न आफै फिल्डमा उत्रने बताइन् । ‘पहिले छुरा घोप्नु पर्‍यो कि त्यसलाई उ गर्नुपर्‍यो कि, गोली ठोक्नु पर्‍यो भने, छुरी हान्न परे पनि भगवती चौधरी तयार छु,’ उनले भनेकी थिइन् । उनको उल्लेखित अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगमा उजुरी परेर जवाफ पनि माग गरेको थियो । चौधरीको यो भनाइको आसय उनका प्रतिस्पर्धी तथा नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारले जे पनि गर्न सक्छन् भन्ने देखाउँदै आफ्ना कार्यकर्तालाई उत्तेजित बनाउनु थियो । यता, सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा चौधरीको प्रतिस्पर्धी तथा सत्ता गठबन्धनका साझा उम्मेदवार विजयकुमार गच्छदारले भावनात्मक कुरा गर्दै भोट माग्दै थिए । ‘मेरो पिताको जेनेरेसनको मान्छेहरू हुनुहुन्न । बीपी कोइराला हुनुहुन्न, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, गणेशमान सिंह, मनमोहन, पुष्पलाल श्रेष्ठहरु हुनुहुन्न । तर, हामी छौं । ७ दशक पुगेका हामी छौं । हामी ज्यूँदा छौं,’ उनले भने । त्यतिमात्रै होइन, गच्छदारले ५२ वर्ष कांग्रेसमा राजनीति गरेको र एमालेका अध्यक्ष केपी ओलीले आफ्नो करिअर समाप्त पार्न खोजेको भन्दै न्याय माग्न आफू जनतामाझ आएको बताएका थिए । चौधरी र गच्छदारले चुनाव प्रचारका क्रममा व्यक्त गरेका यस्ता खालका अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत रहेको कतिपय बताउँछन् । मानवअधिकारवादी सोमराज थापाले जनताको सवाललाई उठाउने कुरा सामान्य भए पनि धाकधम्की, प्रलोभन, ब्ल्याकमेल गर्नु लोकतन्त्रका लागि नसुहाउने कुरा भएको बताए । ‘लोकतन्त्रमा धाक, धम्की, हातहतियार प्रयोग गर्ने कुरा मान्य हुँदैन,’ थापाले भने, ‘इमोसनल भएर, भावनामा बगेर भोट माग्ने कुरा पनि त्यति सुहाउने कुरा भएन ।’ वामपन्थी विश्लेषक दिनेश श्रेष्ठ विश्वका अन्य विकसित मुलुकहरुमा भावनात्मक र धाकधम्कीको कुरा त्यति महत्वको नहुने बताउँछन् । श्रेष्ठ भन्छन्, ‘उम्मेदवारहरुले एक अर्कालाई लाञ्छित् गर्ने वा भोट बटुल्ने हिसावले जुनसुकै कार्य गर्नुहुँदैन ।’ सुनसरीको निर्वाचन क्षेत्र ३ मा सधैँका प्रतिस्पर्धी मैदानमा छन् । सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता विजयकुमार गच्छदारसँग चिरपरिचित प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरीले तेस्रो पटक प्रतिस्पर्धा गर्दैछिन् । तर, गच्छदार छैटौं पटकसम्म अपराजित रहँदा चौधरीले यस पटक गच्छदारको जितमा ब्रेक लगाउन जोड गरिरहेकी छन् । गच्छदारले पाउलान् ‘न्याय’ ? कांग्रेस नेता विजय गच्छदार आम मतदातासँग न्यायको माग गरिरहेका छन् । उनले न्याय माग्नुको मुख्य मुद्दा हो ललिता निवास जग्गा घोटाला प्रकरण । उनीविरुद्ध २०७६ साल माघमा ९ करोड ६८ लाख बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ । गच्छदार केपी ओली नेतृत्वको तत्कालीन सरकारले आफूलाई फसाउने षड्यन्त्र गरेको आरोप लगाउँदै आएका छन् । ‘मलाई जनताले पनि न्याय दिनुपर्छ । म जनताको अदालतमा ६ चोटीमात्रै होइन, ७ चोटी आएको छु । जनताको अदालतबाट फेरि यसअघिको भन्दा धेरै भोट ल्याएर मलाई जिताएर पठाउनु भयो भने मात्रै मैले इन्साफ पाउँछु, मैले न्याय पाउँछु,’ उनी भन्छन् । आफ्नो लागि सुनसरी–३ नयाँ ठाउँ नभएको भन्दै उनी धेरै पुराना कांग्रेसीहरुको सम्झना गर्छन् । उनी २०२७ सालमा जेल परेको घटना पनि सम्झन्छन् । ‘यो इटहरीमा १२ हजार मतदाता हुँदा ०४८ सालदेखि मैले चुनाव लडेको हो । त्यसबेला इटहरी कस्तो थियो ? बाटो थिएन, भवनहरु थिएनन् । यो परिस्थिति अनुसार विकास हुँदै आयो । त्यहाँ मेरो पनि केही न केही त योगदान छ । मैले पानी जहाज कुदाउने सपना बाँड्न आएको होइन,’ उनी भन्छन्, ‘२०२७ सालमा जेल बस्दा अहिले कति वर्ष भयो हिसाब किताब गर्नुहोस् । प्रजातन्त्रको लागि तपाईहरुको बन्द मुखलाई खुल्ला गर्नका लागि लडेका हाम्रो जेनेरेसन छ । हामी ज्यूँदा छौं । ०२७ सालमा म जेल पर्दा इटहरीमा कांग्रेस टुकी बालेर खोज्नु पर्थ्यो । कांग्रेसलाई एक गिलास पानी दिने मान्छे भेटिँदैन थियो ।’ ३१ वर्षमा नभएको विकास ५ वर्षमा गर्छु : चौधरी यता, गच्छदारलाई १० वर्षयता लगातार टक्कर दिइरहेकी भगवती चौधरी भने ३१ वर्षमा नभएको विकास आफूले जिते ५ वर्षमै गर्ने बताउँछिन् । ‘उहाँले ३१ वर्षमा नगरेको विकास हामी ५ वर्षमा गर्न चाहन्छौं, म यही गाउँठाउँबाट हुर्केको मान्छे हो । सुनसरीको ३ नम्बरबाट महिला सशक्तीकरण र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने काममा लाग्नेछु,’ उनी भन्छिन् । सोमबार इटहरीको बसपार्कमा कोणसभा सकिएपछि रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले चुनावी अभियान निकै दबाबपूर्ण भइरहेको बताइन् । ‘चुनावी अभियान चलिरहेको छ । घरदैलो गरिरहेको छु । निर्वाचन आयोगले तोकेको समय अनुसार सबै घरदैलो गर्न सकिएन । यस्तै सानातिना कोणसभाहरु गरिरहेको छु । दैनिक १०/१५ वटासम्म कार्यक्रम भइरहेको छ’, उनी भन्छिन् । स्थानीय तह निर्वाचनमा मतको अवस्था सुनसरीको ३ नम्बर क्षेत्रमा इटहरी उपमहानगरपालिकाको वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, इनरुवा नगरपालिकाको वडा नं. ७, गढी गाउँपालिका, दुहबी नगरपालिका पूरै र बर्जु गाउँपालिका पर्दछ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा नेकपा एमाले सो क्षेत्रमा पहिलो दल हो । एमालेले ३५ हजार ५३ मत ल्याउँदा कांग्रेसले ३३ हजार ५७१ मत ल्याएको छ । यस्तै एमालेलाई सघाएको जसपाको ५ हजार ५१६, माओवादी केन्द्रको ३ हजार ८ सय, राप्रपाको ३ हजार ३३१ र नेकपा एकीकृत समाजवादीको ६२६ मत छ । यही मतको आधारमा सत्ता गठबन्धनको पक्षमा ३७ हजार ९९४ मत देखिन्छ । एमाले र जसपा गठबन्धनको मत ४० हजार ५६९ मत हुन्छ ।  राटोपाटीबाट  

धनगढीमा नागरिक उन्मुक्तिका उम्मेदवार चढ्ने गाडीमा तोडफोड

धनगढीमा नागरिक उन्मुक्तिका उम्मेदवार चढ्ने गाडीमा तोडफोड

१४११ दिन अगाडि

|

२३ कात्तिक २०७९

 नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार तथा नेताहरु चढ्ने गाडीमाथि तोडफोड भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १७ डुमलियामा रोकिराखेको गाडीमाथि बुधबार दिउँसो तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बा ११ च ५८६० नम्बरको कार तोडफोड भएको हो । पार्किङ गरी चुनावी कार्यक्रममा गएको बेला कारको सिसा फुटाइएको प्रहरीले जनाएको छ । सो पार्टीकी समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार इन्दु थारु, प्रदेश सभा सदस्यका उम्मेदवार वलबहादुर साउँद, सावित्री चौधरी र थरुहट नेता लक्ष्मण थारु सो कार चढ्दै आएका थिए । थरुहट नेता थारुका अनुसार त्यहाँस्थित पर्ने खोला वारि गाडी पार्किङ गरि पारी आयोजना गरिएको कार्यक्रम गएको मौका छोपी अज्ञात समूहबाट गाडी तोडफोड गरिएको बताए । मतदान गर्नु पहिले नै गाडी तोडफोड गर्ने पक्षले आफ्नो हार मानसिकता प्रदर्शन गरेको नेता लक्ष्मण थारुको भनाइ छ । घटनाबारे नागरिक उन्मुक्ति पार्टीक लुम्विनी संयोजक कन्हैलाल चौधरीको अभिब्यक्ति छ– हामी बुद्धको शान्ति  फिलोसफीमा हिंडिरहेका छौं तर याद गर शान्ति भंग गर्नेहरूलाई ठिक पार्न बुद्धले पनि कम्फु करातेको सहारा लिएका थिए ।घर, पसल, गाडी जलाई दिए, बलात्कार गरे, टिभी चोरे, टेक्टर जलाए, पसल लुटे । चुनावमा उठ्न दिएनन् । अब शान्तिपूर्ण रूपमा  प्रचार प्रसारमा  लागेका हाम्रा कार्यकर्ताको गाडी पनि तोडफोड गर्न थाले ।

थारू महिला समाजले मनायो समाचकेवा पर्व

थारू महिला समाजले मनायो समाचकेवा पर्व

१४११ दिन अगाडि

|

२३ कात्तिक २०७९

मंगलबार थारू महिला समाज नेपालले थारू समुदायको महान पर्व समाचकेवा मनाएको छ । यस अवसरमा माइतीघर मण्डलामा झाँकीसहित जम्मा भई नाचगान गरिएको थियो । साथै, र्यालीसहित कुपण्डोल घाटको वागमती नदीमा समाचकेवा जल पारण गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।  खास गरी नेपालको पूर्वी तराईमा बसोवास गर्ने थारू समुदायमा समाचकेवा धुमधामको साथ मनाउने गरिन्छ । यो उत्सव कार्तिक शुक्ल  पक्षको द्वितीय तिथिबाट सुरु हुन्छ र धेरैजसो छैठीको खरना दिनबाट सुरु गर्दै कार्तिक शुक्ल पूर्णिमासम्म मनाउने गरिन्छ । तर यो कुनै अनिवार्य भने हुँदैन । द्वितीयापछि छैठी खरनाको दिनबाट पारण हुनु पर्दछ । यो उत्सव सबैले आ–आफ्नो रुचि फुर्सद तथा परिस्थितिअनुसार द्वितीया तिथि वा त्यस पछिको कुनै दिनवाट सुरु गर्न सक्छन् । धेरै समयसम्म खेलिने हुनाले र नजाडो नगर्मी ऋतुमा खेलिने हुनाले यसलाई शरद सुखको रुपमा पनि लिने गरिन्छ ।  द्वितीया तिथिबाट सवै महिलाहरु बडो उत्साहका साथ माटोको स्यामा वनाउन सुरु गर्दछन् । जसमा स्यामा, चुग्ला, वृन्दावन, सत्भैया, नटुवा, कुकुर, भमरालगायत अन्य मूर्तिहरु तयार गरिन्छ । मूर्ति बाँसको डालामा जतनका साथ राख्दछन् ।  यी समा बनाउनको लागि सेतो माटोमा कपास मिसाएर तयार पारिन्छ । यही माटोबाट सबै मूर्तिहरु तयार पारेर रंङ्गरोगन गरी झिलीमिली बनाइन्छ । यी मूर्ति हेर्दा ज्यादै नै मनमोहक र पौराणिक देखिने गर्दछ । झिलीमिली पारी सजाएको मूर्ति डलियामा राखी महिलाहरु टाउकोमा बोकी समाचकेवाको गीत गाँउदै मुखियाको घरमा जम्मा हुने गर्दछन् ।  यसै गरी गाउँभरि घर घरमा गएर गीत गाउने र झम्टा नाच नाच्दछन् । बालबालिका भएको घरमा आशिष दिदै गीत गाउने चलन रहेको थारू महिलाकी अध्यक्ष गीता चौधरी बताउनु हुन्छ । गीतमार्फत् चुग्लालाई गाली गर्दै प्रत्येक रात चुग्लाको जुंगा डढाउने गरिन्छ । पूर्णिमाको दिन पुरै गाउँ घुमी सकेपछि भोलिपल्ट छोरीलाई बिदाइ गरेजस्तै समा चकेवामा पालनामा राखी सख्खर, दही, चिउरा खुवाएर विदाई गरिन्छ भने चुग्लालाई भुइँमा राखेर डल्लाले हिर्काइन्छ । चक्रवती राजाले आफ्नो तपस्याबाट पारणगत भई चराको रुप लिएको थारू किंवदन्तीमा उल्लेख छ । भाइ बहिनीको प्रगाध प्रेमको र श्रीमान् श्रीमतीको अमर प्रेमको प्रतीकको साथै मनोञ्जनको रुपमा यस पर्वलाइ लिने गरेको प्रवक्ता तथा प्रगन्ना समाजका अध्यक्ष बुद्धसेन चौधरी बताउनु हुन्छ ।  आवेगमा आएर गरेको निर्णय पछि पछुताउने र खराब कर्म गर्नेलाई दण्ड सजाय दिने सन्देश दिएको पाइन्छ । यसको ऐतिहासिक पक्ष हेर्दा गर्भदेशको राजा भीषण भुषणको छोरीको नाम समा हो र त्यही समाको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।  राजा भीषण भुषणको एकजना भारदारले राजकुमारी समालाई असाध्यै मन पराउँथ्यो । तर समालाई भने यो कुरा स्वीकार्य थिएन । समाको सानैमा बाल विवाह भैसकेको थियो । यसैले आशिक चुग्लाले समाको विरुद्धमा राजालाई उक्साउने षड्यन्त्र रच्न थाल्यो । चुग्लाले समाको साधुसँग अवैध सम्बन्धमाथि प्रश्न खडा गर्छ । राजा भीषण भुषणले आफ्नो छोरीलाई वनबास पठाइदिन्छन् । त्यस पछि समाको भाइ आफ्नो दिदीलाई वनबासबाट फर्काउन धेरै कोशिस गर्छन् । तर समाले फर्किन मान्दिनन् ।  दिदी घर फर्किन नमानेपछि भाइ प्राण त्याग्ने घोषणा गर्छ । त्यसपछि समाले अर्को जुनीमा पनि हामी भाइबहिनीकै रुपमा जन्म लिनेछौ भनेर भाइलाइ संझाउँछिन् । पछि राजा भीषण भुषणले पनि छोरीको दोष नरहेको प्रति आफू निराश हुन्छन् र विरामी पर्छन् ।  त्यसैले यस उत्सवमा समा र चकेवाको मार्मिक गीत रहेको छ । राजकुमारी वृन्दावनमा गई तपस्या गरी सिद्धि प्राप्त गरेपछि समा चकेवाको जन्म हुन्छ । पछि समा र चकेवा राज कुमारको प्रतीकको रुपमा जीवन विताउँछन् । यही समा चकेवाको सम्झना स्वरुप माटोको आकृति बनाइन्छ ।  

 सुदूरपश्चिममा शक्तिशाली भूकम्पः ६ जनाको मृत्यु 

 सुदूरपश्चिममा शक्तिशाली भूकम्पः ६ जनाको मृत्यु 

१४१२ दिन अगाडि

|

२३ कात्तिक २०७९

डोटीमा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ​ । अरू पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए ।   मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए । भुकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । स्थानीय शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरमा क्षति पुगेको छ ।  भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँ ठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिए ।  त्यस अघि पनि राति ९ बजेर ७ मिनेटमा दीपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटक पटक झट्का महसुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो ।  यता बझाङमा पनि भूकम्पको धक्कापछि यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन् । मध्यराति २ बजे गहिरो निद्रामा रहेका बेला एक्कासी भागाभाग भएको खप्तडछान्ना गाउँपालिका बझाङका स्थानीयले बताए । खप्तडछान्ना– ५ कि लक्ष्मीदेवी जोशीले गाउँभरिका मानिस आगो बालेर बाहिर बसेका बताए ।