रेशम चौधरीको छायाँ उम्मेदवार लालवीर कसरी भए ‘वीर ?’ 

रेशम चौधरीको छायाँ उम्मेदवार लालवीर कसरी भए ‘वीर ?’ 

१३९६ दिन अगाडि

|

७ मंसिर २०७९

डडेल्धुरामा शेरबहादुरलाई ४५८० को अग्रता, स्वतन्त्र उम्मेदवार सागर ढकालको मत कति ?

डडेल्धुरामा शेरबहादुरलाई ४५८० को अग्रता, स्वतन्त्र उम्मेदवार सागर ढकालको मत कति ?

१३९७ दिन अगाडि

|

६ मंसिर २०७९

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो अग्रता बढाउँदै लगेका छन् । १९ हजार ५९६ मत गणना भइसक्दा देउवाले  ९ हजार ७७३ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३ मत पाएका छन् ।  हिजोसम्म दोस्रो स्थानमा रहेका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल आज भने तेस्रो स्थानमा छन् । उनले २ हजार ६९४ मत पाएका छन् ।  देउवाले सुरूवाती चरणदेखि नै आफ्नो अग्रता कायम राखेका थिए । गणना बढाउँदै गर्दा उनले आफ्नो अग्रतालाई समेत बढाउँदै लगेका छन् । ढकालको मत कम देखिएपछि सामाजिक सञ्जालमा डडेल्धुराबासीलाई अनावश्यक लेख्न थालिएको छ । त्यसरी अनावश्यक कुरा लेखेर डडेल्धुरावासीलाई गाली गर्न थालेपछि ढकालले त्यस्तो नगर्न अनुरोध गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले त्यस्तो नगर्न आग्रह गरेका हुन् ।

कैलाली ३ बाट नागरिक उन्मुक्तिले खोल्यो खाता, प्रतिनिधि सभा सदस्यमा निर्वाचित को हुन् गंगाराम ?

कैलाली ३ बाट नागरिक उन्मुक्तिले खोल्यो खाता, प्रतिनिधि सभा सदस्यमा निर्वाचित को हुन् गंगाराम ?

१३९७ दिन अगाडि

|

६ मंसिर २०७९

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी निर्वाचित भएका छन् । आफ्नो निकटतम प्रतिद्वन्द्वन्दी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माअ‍ोवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी (कुन्दन)लाई पाँच हजार ३७१ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । उनले २३ हजार १२० मत प्राप्त गरेका छन्, भने कृष्णकुमार १७ हजार ७४९ मतमा सीमित भए । नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री समेत रहेका गौरीशंकर चौधरी नौ हजार ८७४ मतका साथ तेस्रो स्थानमा रहे ।  िएक लाख ७ हजार ६५ जना मतदाता रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा ६३ हजार ४४० मत खसेको थियो । जसमध्ये ५९ हजार ७१९ मत सदर भएको छ भने, चार हजार २१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित भएपछि उनले थारु समुदायमाथि राज्यबाट भएको अन्याय र निर्वाचित भएको क्षेत्रको समग्र विकासको लागि लड्ने प्रतिवद्धता जनाएका छन् । थरुहट आन्दोलन तथा टीकापुर घटनाको पृष्ठभूमिबाट नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउँदै उनले भने, ‘हामी न्यायको लागि चुनावमा होमिएका थियौ । टीकापुर राजबन्दी रिहाइको लागि हो । दोस्रो विकास र समृद्धि हो । हामीलाई राज्यले न्याय नगरेपनि आमजनताले न्याय गरेका छन् । आमजनताप्रति हामी आभारी छौ । अब सिंगो हाम्रो पार्टी र मेरो प्रमुख अभिभारा टीकापुर घटनासँग सम्बन्धित लाल आयोगसहितको सबै प्रतिवेदन खोजेर सार्वजनिक गराउने हो । टीकापुर राजबन्दी रिहाइको लागि सरकारलाई दवाव दिनु प्रमुख एजेण्डा हो । यतिमात्रै होइन, राजनीतिक अधिकार प्राप्तिको लागि पनि हामी चुक्ने छैनौ ।’ उनले आफ्नो निर्वाचन क्षेत्र बाढी प्रभावित क्षेत्र रहेको बताउँदै अब लगत्तै आफूले यहाँका समस्या र सम्भावनाबारे आमनागरिकसँग सुझाव संकलन गर्ने र त्यसको आधारमा पाँच वर्षे गुरुयोजना बनाइ काम गर्ने बताए ।  उनले भने, ‘मेरो गाउँ नै प्रत्येक वर्षको बाढीले डुबानमा पर्छ । म आफै पीडित र भुक्तभोगी हुँ । वर्षातमा मेरो गाउँको गल्लीमा हिड्ने मान्छेहरु भन्छन्, जुन मान्छेको मगज बिग्रेको होला, उही मान्छेले यो गाउँमा आफ्नो बेटीको बिहे गर्ला । जुनकारण यो समस्या समाधानको लागि आवाज उठाउने छु ।’ यहाँका किसान, मुक्तकमैया, लोपोन्मुख जाति, समुदायलगायको उत्थानको लागि पनि काम गर्ने उनको भनाइ छ । को हुन् गंगाराम चौधरी ? कैलालीको भजनी नगरपालिका २ मोहनपुरमा बुवा फुलराम डंगौरा थारु र आमा राजदेवी डंगौरा थरुनीको कोखबाट जन्मिएका ४४ वर्षीय गंगा चौधरी राजनीतिकमा भने, २०७४ को निर्वाचनदेखि अग्रपंक्तिमा देखिदै आएका छन् ।  उसो त २०७४ को निर्वाचन भन्दा पहिले नेपाली कांग्रेसको क्षेत्रीय समितिमा आवद्ध थिए । २०७४ को निर्वाचनताका राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउनमा अहम भूमिका खेलेका थिए ।  २०७४ को निर्वाचन भन्दा पहिले नेपाली कांग्रेसको क्षेत्रीय समितिमा आवद्ध थिए । २०७४ को निर्वाचनताका राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउनमा अहम भूमिका खेल्दै हाल उनी नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य छन् । २०७४ को निर्वाचन अभियान सम्झिदै गंगा चौधरी भने, ‘२०७२ देखि थरुहट आन्दोलनमा सक्रिय भूमिका थियो । २०७४ को निर्वाचनमा रेशम जिताउ अभियान चलायौं । प्रवासमा रहेका रेशम दाइकोे भिडियो बनाइ निर्वाचन क्षेत्रमा प्रोजेक्टरमार्फत प्रचार प्रसार गरियो । यहाँसम्म कि मधेशवादी दलले हाम्रो मुद्दालाई सत्ताको भ¥याङ बनाएपछि पार्टी खोल्नुपर्छ भन्ने भूमिका खेल्ने र रेशम दाइलाई सुझाव दिनेमा म नै हो ।’ निम्न परिवारमा जन्मिएका उनी पाठ्यक्रम विषयमा स्नाकोत्तरसम्मको शैक्षिक उपाधी हासिल गरेका छन् । उनको गैरसरकारी संस्थामा २२ वर्ष कार्य अनुभव छ । खासगरी कृषि क्षेत्रमा आईपीएम (एकीकृत शत्रुजीत व्यवस्थापन)को प्रशिक्षक, जलीय जलचर तथा जैविक विविधताको क्षेत्र काम गरेको अनुभव उनी सुनाउँछन् ।  

कैलाली १ मा २३१९ मतले लिडिङ्ग गर्दै रेशम पत्नी रञ्जिता

कैलाली १ मा २३१९ मतले लिडिङ्ग गर्दै रेशम पत्नी रञ्जिता

१३९७ दिन अगाडि

|

६ मंसिर २०७९

धनगढी : कैलाली निर्वाचन क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले २ हजार ३१९ मतान्तरका साथ लिडिङ्ग गरिहेकी छिन् । उनी जेल जीवन बिताइरहेका रेशम चौधरीकी पत्नी हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजजिक गरेको पछिल्लो मतपरिणाम अनुसार १३ हजार ३७१ मत गणना हुँदा उनी ६ हजार ५७९ मतका साथ अग्रता कायमै राखेकी हुन् ।  उनलाई नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ४ हजार २६० मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल १ हजार ३६० मतका साथ तेस्रो स्थानमा छन् ।  

जेलभित्रै मतदान गरेपछि रेशम चौधरीले भने, ‘युद्ध जिते जस्तै भइरहेको छ’

जेलभित्रै मतदान गरेपछि रेशम चौधरीले भने, ‘युद्ध जिते जस्तै भइरहेको छ’

१३९९ दिन अगाडि

|

४ मंसिर २०७९

नागरिक उन्मुक्ति पार्टीका प्रमुख नेता रेशम चौधरीले डिल्लीबजार कारागारभित्रैबाट मतदान गरेका छन् । टीकापुर घटना अभियोगमा जेल जीवन बिताइरहेका रेशमले आइतबार बिहान त्यहाँ अस्थायी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।   मतदान गरेपछि रेशमले भने, ‘जेलभित्र मतदान गर्न पाउँदा युद्ध जिते जस्तै भइरहेको छ ।’ डिल्लीबजार कारागारमा रहेका करिब ५ सय कैदीबन्दीले मतदान गरिएको बुझिएको छ ।  मतदाता नामावली भएका कैदीबन्दीले कारागारमा बनाइएको अस्थायी मतदान केन्द्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।  

कञ्चनपुरमा निर्वाचन बिथोल्न खोज्ने आठ जना पक्राउ

कञ्चनपुरमा निर्वाचन बिथोल्न खोज्ने आठ जना पक्राउ

१३९९ दिन अगाडि

|

४ मंसिर २०७९

धनगढी : कञ्चनपुरमा निर्वाचन विरोधी गतिविधिमा संलग्न आरोपमा आठ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न नेकपा (बहुमत) का जिल्ला इन्चार्जसहित ८ जनालाई पक्राउ गरिएको हो । भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । उनीहरुलाई निर्वाचन विरोधी पर्चा, पम्पलेट बाँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । इन्चार्ज दयालबाहेक अन्यको नाम भने प्रहरीले खुलाएको छैन । नेकपा (बहुमत) र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिष्कारको आह्वान गर्दै आएका छन् । यसबीच जिल्लाको विभिन्न स्थानमा शंकास्पद वस्तुहरु समेत फेला गरेका छन् ।