Above News Title

पहिचानकोे मुद्दा  सम्बोधन नभएसम्म बिश्राम नलिने रञ्जिताको प्रतिवद्धता

पहिचानकोे मुद्दा  सम्बोधन नभएसम्म बिश्राम नलिने रञ्जिताको प्रतिवद्धता

आफू कैलाली–१ बाट प्रतिनिधि सभामा विजयी भएपछि नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मतदातालाई धन्यवाद दिदै पहिचानकोे मुद्दा सम्बोधन नभएसम्म बिश्राम नलिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । उनको धन्यवाद मन्तव्य जस्ताको तस्तैः

आदरणीय/प्रिय मतदाता नमस्कार 

मलाई र हाम्रो पार्टीलाई बिश्वास गर्दै अत्याधिक मत दिई बिजयी गराउनु भएकोमा म र मेरो पार्टीको तर्फबाट हृदय  देखि नै हार्दिक धन्यवाद एवं कृतज्ञता ब्यक्त गर्न चाहन्छु। 

यो जितलाई टिकापुर घटनाका कारण बिना कसुर जेल जिवन बिताई रहनुभएका मेरा आदरणीय श्रीमान् तथा नागरिक उन्मुक्ति पार्टिका संरक्षक श्री रेशम चौधरी तथा सम्पुर्ण राजबन्दिहरुमा समर्पण गर्दछु। यो जित पहिचान प्राप्त गर्न दिनरात खट्ने थारु लगाएत सम्पुर्ण जनसमुदायहरुको जितको रुपमा मैले बुझेकी छु। 

यस घडिमा, पहिचानकोे मुद्दा  संबोधन नभएसम्म बिश्राम नलिने प्रतिवद्धता पनि ब्यक्त गर्न चाहन्छु। साथै सम्पुर्ण रुपमा सद्भाव कायम गर्दै समृद्ध, समुन्नत र सुन्दर टिकापुरको पहिचान स्थापित गर्न लागि पर्नेछु। यस क्षेत्रका जनताले भोगिरहेका बिभिन्न समस्याहरु हल गर्न जनताको सेवकका रुपमा हरपल यहाँहरुकै आँगनमा रहि रहनुका साथै संसदमा टिकापुरवासी जनताको बलियो आवाज बन्नेछु। यहाँहरुको साथ सहयोग र खबरदारीको सदा अपेक्षा रहिरहने विश्वास लिएको छु। जसले मलाई अझ परिस्कृत  र सक्षम बन्न प्रेरणा दिइरहने छ। 

नागरिक उन्मुक्ति पार्टिको प्रतिनिधिको रुपमा जित हासिल गर्नुहुने सम्पूर्णमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। यस दौरान म र हाम्रो पार्टीलाई जिताउन विभिन्न माध्यमबाट सहयोग गर्नुहुने आम सञ्चार माध्यमका साथिहरु बुद्धिजीवि तथा नागरिकहरुलाई धन्यवाद ज्ञापन गर्दछु। यसका साथै दिन,रात भोक, प्यास  नभनी अहोरात्र चुनावी अभियानमा खट्नु हुने पार्टीका सम्पुर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुप्रति विशेष  धन्यवाद दिन चाहन्छु। 

कसैलाई काखा र कसैलाई पाखा नगरी मलाई जिताउन  भोट दिनुहुने र कुनै कारणवस भोट दिन असमर्थ सम्पुर्ण टिकापुरवासी जनसमुदायको साझा प्रतिनिधिको रुपमा निरन्तर लागि रहनेछु। चुनावको दौरान प्रतिस्प्रर्धीै भएपनि अन्य पार्टिका अग्रज साथिहरुसँग  आगामि दिनमा  टिकापुरको विकासका लागि सहकार्य गर्ने कुरामा प्रतिवद्ध भएको जानकारी गराउँदछु। 

अन्तमा, नागरिक उन्मुक्ति पार्टीको जिम्मेवार अध्यक्ष हुनुको नाताले जनताले अपेक्षा गरे अनुरुपको नयाँ दर्शन, बिचार र बिकल्प सहितको बैकल्पिक शक्ति बनाउने संकल्प पनि ब्यक्त गर्दछु। जय नागरिक।
                            रन्जीता श्रेष्ठ चौधरी
                                     अध्यक्ष
                          नागरिक उन्मुक्ति पार्टी

प्रकाशित:

१३८९ दिन अगाडि

|

८ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७० दिन अगाडि

|

२७ मंसिर २०७९