टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९

रेशम चौधरी र विप्लवका कार्यकर्ताको मुद्दा फिर्ता लिन सरकारले ल्यायो अध्यादेश

रेशम चौधरी र विप्लवका कार्यकर्ताको मुद्दा फिर्ता लिन सरकारले ल्यायो अध्यादेश

१४१७ दिन अगाडि

|

२५ मंसिर २०७९

सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी लगायतका विद्रोहीहरूलाई आममाफी दिन मिल्ने अध्यादेश ल्याएको छ ।  आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरी लगायतलाई आममाफी दिन अध्यादेश ल्याएको एक मन्त्रीले जानकारी दिए।  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्न लागिएको ती मन्त्रीले सेतोपाटीलाई बताए।  दफा ११६मा अदालतमा दायर भएर विचाराधीन रहेको मुद्दा फिर्ता लिन नहुने उल्लेख गरिएको छ।  सत्ता गठबन्धनले सरकार गठनको सहजताको लागि उक्त अध्यादेश ल्याउन लागेको हो। नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने अडान सरकार समक्ष राखेको थियो। उक्त पार्टीलाई नयाँ सरकारमा सामेल गराउन गठबन्धनले अध्यादेशको सहारा लिएको हो। त्यस्तै, सिके राउत र नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्ताको मुद्दा अदालतमा विचाराधीन भएकाले सरकारले फिर्ता लिन सकेको छैन। सिके राउतको पार्टीले पनि सरकारमा सहभागिताका लागि आफ्ना कार्यकर्ताको मुद्दा फिर्ता लिनुपर्ने बताउँदै आएको छ।  अध्यादेश सरकारले राष्ट्रपति समक्ष पठाए पनि जारी हुन भने बाँकी छ।  

किसानको धान खरिद नगरेपछि खाद्य व्यवस्था कम्पनीको प्रदेश कार्यालयमा तालाबन्दी

किसानको धान खरिद नगरेपछि खाद्य व्यवस्था कम्पनीको प्रदेश कार्यालयमा तालाबन्दी

१४१७ दिन अगाडि

|

२५ मंसिर २०७९

कैलाली : किसानहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् । धानको मूल्य निर्धारण गरेपनि धान खरिद नगरेको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रदेश कार्यालयमा आइतबार तालाबन्दी गरिएको हो । नेकपा एमालेको अखिल नेपाल किसान महासंघ र नेपाली कांग्रेसको नेपाल किसान महासंघले संयुक्त रूपमा कार्यालयमा तालाबन्दी गरेका हुन् । सरकारले कार्तिक १६ गते मोटा र मसिनो धानको मूल्य निर्धारण गरेको थियो । तर त्यो मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानसँग धान खरिद नगर्दा किसानले सस्तोमा धान बेच्न बाध्य भएका छन् । अखिल नेपाल किसान महासंघ स्थायी कमिटी सदस्य डेजी पाण्डेले सरकारले तोकेकै मूल्यमा तत्काल किसानको धान खरिद गर्न दबाब दिन कार्यालयका तालाबन्दी गरेको बताए । सरकारले मोटो धानको मूल्य प्रति क्वीन्टल २ हजार ९७६ र मसिनो धानको मूल्य क्वीन्टल ३ हजार १२८ रुपैयाँ निर्धारण गरेको छ । तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म कुनै तयारी नगरेको पाइएको छ । कम्पनीले  किसानको धान खरिद नगर्दा किसानले २ हजार २ सय रुपैयाँ प्रति क्वीन्टलमा बेच्न बाध्य छन् ।  पाण्डेले भने, ‘किसानको धान खरिद गर्ने भन्दै स्थापना गरिएको कार्यालयले समयमा धान खरिद नगर्दा किसान घाटा खाएर बेच्न बाध्य छन् । तत्काल अब खरिद गर्नु पर्छ भनेर तालाबन्दी गरेका हौँ । अझै किसानको धान खरिद नगरे थप सशक्त आन्दोलन गर्न बाध्य हुने छौँ ।’ कम्पनीले गत वर्ष पनि किसानको धान खरिद गरेको थिएन । बाढीले गर्दा धान भिजेको भन्दै कम्पनी किसानको धान खरिद नगरेको हो । चालु वर्षमा भने विभिन्न बहानाबाजी गर्दै हालसम्म खरिदको तयारी नगरेको हो ।  

एमाले, माओवादी, काँग्रेसबाट प्रतिनिधिसभा समानुपातिकमा थारू सांसद महिला मात्रै  

एमाले, माओवादी, काँग्रेसबाट प्रतिनिधिसभा समानुपातिकमा थारू सांसद महिला मात्रै  

१४१८ दिन अगाडि

|

२४ मंसिर २०७९

सबैजसो दलले समानुपातिक सासदको टुंगो लगाएका छन् । यसै क्रममा समानुपातिकमा थारू सांसद निकै कम सिफारिश भएका छन् ।  एमालेबाट ३४ जनामध्ये   आश्माकुमारी चौधरी र शान्ति चौधरी दुइजना सिफारिश भएका छन् । एमाओवादीबाट १४ जनामध्ये रुपा सोसी चौधरी एकजना मात्रै सिफारिश भएकी छन् ।  त्यस्तै, काँग्रेसबाट ३२ जनामध्ये   कल्पना चौधरी र विना कुमारी थनेत सांसद सिफारिश भएका छन् । थारु कोटाबाट एमाले, माओवादी, काँग्रेस कुनै पार्टीबाट पुरुषतर्फ थारू सांसद सिफारिश भएननन् । काँग्रेसबाट पुरुषतर्फ पहिलो नम्बरमा रहे पनि योगेन्द्र चौधरी सांसद हुन सकेनन् । उता राष्ट्रिय स्वतन्त्र पार्टीबाट अशोककुमार चौधरी (सुनसरी) भने थारु कोटाबाट प्रतिनिधिसभाको सांसदमा सिफारिश भएका छन् ।  

नागरिक उन्मुक्ति पार्टी सरकारमा जानेः रेशम चौधरीको रिहाइ पहिलो शर्त

नागरिक उन्मुक्ति पार्टी सरकारमा जानेः रेशम चौधरीको रिहाइ पहिलो शर्त

१४१९ दिन अगाडि

|

२३ मंसिर २०७९

नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुने भएको छ । तर उसले  रेशमलाल चौधरीलगायतका नेताको रिहाइको माग गरेको छ । शुक्रबार दिउँसो काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले २०७२ भदौ ७ र ८ गते भएको टीकापुर घटनामा रेशमलाल चौधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो ।  पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले   भनिन्, ‘पार्टीका संस्थापक रेशम चौधरीलगायत नेता कार्यकर्तालाई  रिहाइ गरे मात्रै  हामी सरकारमा सहभागी हुनेछौं।’ समानुपातिक नामावली टुंगो नागरिक उन्मुक्ति पार्टीले समानुपतिक प्रदेश सभा सदस्यहरुको नाम टुंगो लगाएको छ । काठमाडौंमा शुक्रबार बसेको केन्द्रिय सचिवालय बैठकले सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेश सभा सदस्यहरुको नाम टुंगो लगाएको हो । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको सिट बाँडफाँड सूची अनुसार रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २÷२ र मधेश प्रदेशमा १ सिटसहित ५ सिट पाएको हो । पार्टीका महासचिव रतन थापाका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दामोदर पण्डितको नाम टुंग्याएको छ । लुम्बिनी प्रदेश सभा सदस्यको लागि रेणुका चौधरी र निर्मला चौधरीको नाम छनोट गरेको हो । मधेश प्रदेश सभा सदस्यको लागि रामचन्द्र चौधरीलाई छनोट गरेको महासचिव थापाले जानकारी दिए । तर यही नामावली अन्तिम नहुन सक्छ । निर्वाचन आयोगले समुह नमिले सच्याउन भन्न सक्ने छ । नागरिक उन्मुक्ति पार्टीले पत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा १ स्वतन्त्रसहित ४ सिट जितेको छ । भने प्रदेशतर्फ ७ सिट जितेको हो ।  यससँगै प्रतिनिधि सभामा ४, सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ४ र मधेशमा १ गरी जम्मा १६ सिट जितेको हो ।

नागरिक उन्मुक्ति पार्टीबाट को–को भए  समानुपातिक सांसद ?

नागरिक उन्मुक्ति पार्टीबाट को–को भए समानुपातिक सांसद ?

१४१९ दिन अगाडि

|

२३ मंसिर २०७९

धनगढी : नागरिक उन्मुक्ति पार्टीले समानुपतिक प्रदेश सभा सदस्यहरुको नाम टुंगो लगाएको छ । काठमाडौंमा शुक्रबार बसेको केन्द्रिय सचिवालय बैठकले सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेश सभा सदस्यहरुको नाम टुंगो लगाएको हो । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको सिट बाँडफाँड सूची अनुसार रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २÷२ र मधेश प्रदेशमा १ सिटसहित ५ सिट पाएको हो । पार्टीका महासचिव रतन थापाका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दामोदर पण्डितको नाम टुंग्याएको छ । लुम्बिनी प्रदेश सभा सदस्यको लागि रेणुका चौधरी र निर्मला चौधरीको नाम छनोट गरेको हो । मधेश प्रदेश सभा सदस्यको लागि रामचन्द्र चौधरीलाई छनोट गरेको महासचिव थापाले जानकारी दिए । तर यही नामावली अन्तिम नहुन सक्छ । निर्वाचन आयोगले समुह नमिले सच्याउन भन्न सक्ने छ । नागरिक उन्मुक्ति पार्टीले पत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा १ स्वतन्त्रसहित ४ सिट जितेको छ । भने प्रदेशतर्फ ७ सिट जितेको हो ।  यससँगै प्रतिनिधि सभामा ४, सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ४ र मधेशमा १ गरी जम्मा १६ सिट जितेको हो । यस्तै, सचिवालय बैठकमा सरकारमा जाने वा नजाने विषयमा पनि छलफल भएको महासचिव थापाले बताए । टीकापुर राजबन्दी रिहाइसहित आफूहरुको माग मुद्दा सम्बोधन गरेको अवस्थामा सरकारमा जान सकिने तर सम्बोधन नभएको अवस्थामा कुनै पनि सरकारमा जान नसक्ने स्पष्ट पारे । यसैबीच बैठकले आगामी बैशख ४ देखि ६ गतेसम्म टीकापुरमा पार्टीको केन्द्रीय अधिवेसन गर्ने निर्णय समेत गरेको छ ।  

सुदूरपश्चिम महोत्सवमा प्रधानमन्त्री देउवालाई १५ किलोको माला, उनले भने ‘पश्चिम सेती छिट्टै बन्छ’

सुदूरपश्चिम महोत्सवमा प्रधानमन्त्री देउवालाई १५ किलोको माला, उनले भने ‘पश्चिम सेती छिट्टै बन्छ’

१४२० दिन अगाडि

|

२२ मंसिर २०७९

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतिक्षित पश्चिम सेती छिट्टै सम्पन्न हुने आश्वासन दिएका छन् । धनगढीमा आजदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विगतको जस्तो पश्चिम सेतीको निर्माणको ठेक्का ठग कम्पनीलाई नदिएको बताउँदै अब छिट्टै सम्पन्न हुने बताएका हुन् । सुदूरपश्चिम सम्भावनाले भरिएको क्षेत्र रहेको बताउँदै उनले खप्तड, रामारोशनलगायत पर्यटकीय क्षेत्रको विकासले आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरे । उनले देशको समृद्धिको लागि छिमेकीहरुसँगको सम्बन्धलाई पनि मजबुत बनाउनुपर्ने उनको धारणा थियो । यसैबीच महोत्सव आयोजकले महोत्सव उद्घाटन गर्न धनगढी पुगेका देउवालाई १५ किलोको माला लगाएको छ । १५ बुँदे मागसहित देउवालाई १५ किलोको माला लगाइएको हो । २१ बुँदे मागबाट सुरु भएको महोत्सवमा यस वर्ष भने प्रमुख अतिथि (देउवा) लाई १५ किलोको माला लगाइएको हो । २१ बुँदाबाट केही माग पुरा भइसके उल्लेख गर्दै आयोजकले मालाको तौल घटाइएको जनाएको छ । गौरीफण्टा नाका, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक, आईटी हबलगायतका मागहरु रहेका छन् ।  कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन । हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुँदै आएको महोत्सवको यो १६ औं संस्करणको हो । पहिलो महोत्सवदेखि नै संघले धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल, गेटा मेडिकल कलेज, पश्चिम सेती जलविद्युत आयोजना, औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र, गौरीफन्टा नाकाको स्तरोन्नती, धनगढी–दीपायल–बझाङ द्रुतमार्ग, सुख्खा बन्दरगाह, प्राविधिक कलेज, प्रदर्शनी स्थल, शीतगृहलगायतका प्रमुख माग प्रस्तुत गर्दै आएको छ ।  महोत्सवमा ४ सय बढी स्टलहरू रहेका छन् । कृषि उपजका ११, होटलका २६, अटोमोबाइलका ११ तथा बैंक र वित्तीय संस्था, घरेलु उद्यम एवं व्यापारिक स्टल रहेका हुन् ।