Above News Title

प्रतिनिधिसभामा ५७ जना बिलुकल नयाँ अनुहार (सूचीसहित)

प्रतिनिधिसभामा ५७ जना बिलुकल नयाँ अनुहार (सूचीसहित)

लोकेन्द्र भट्ट

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ३५ प्रतिशत  सांसदको ‘डेब्यु’ पक्का भएको छ । प्रत्यक्षतर्फको १५९ क्षेत्रको नतिजा आउँदा ५७ जनाले पहिलो पटक संघीय संसदको प्रतिनिधिसभामा पहिलो पाइला राख्ने भएका  छन् । नेपाली कांग्रेस र नेकपा एमालेबाट १६/१६ जना, नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीबाट ७  र नागरिक उन्मुक्ति पार्टीबाट ३ जना  पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

यस्तै माओवादी र राप्रपाबाट ४/४ जना नयाँ अनुहारले संसदमा स्थान सुरक्षित गरेका छन् भने जसपाका ३, लोसपा र जनमत पार्टीबाट १/१ जना पहिलोपटक प्रतिनिधिसभामा पुग्ने भएका छन् ।  यस्तै ३ जना स्वतन्त्र उम्मेदवारका लागि पनि पहिलोपटक प्रतिनिधिसभाको ढोका खुलेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको १६५ मध्ये ६ निर्वाचन क्षेत्रमा मतदान तथा मतगणनाको प्रक्रिया बाँकी नै छ । सुनसरी– २, ४ र उदयपुर–१, स्याङजा –२, बाजुरा र दोलखाको परिणाम आएको छैन ।

सुनसरी– २, ४ र उदयपुर–१, स्याङजा –२, बाजुरामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारमा पुरानै अनुहार छन् । ती क्षेत्रमा अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारको जित्ने सम्भावना छैन, त्यसैले नयाँ अनुहार आउने सम्भावना पनि छैन ।
दोलखामा भने सत्ता गठबन्धनबाट माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण अधिकारी दुवै नयाँ अनुहार हुन् । उनीहरुमध्ये एकजना निर्वाचित हुने सम्भावना बढी देखिएकाले प्रतिनिधिसभामा थप एकजना नयाँ अनुहार आउने पक्का छ । राताेपाटीबाट

कांग्रेसका नयाँ अनुहार

विश्वप्रकाश शर्मा

सुनिलकुमार शर्मा

दिनेशकुमार यादव

सन्तोष चालिसे

प्रदीप पौडेल

दुर्लभ थापा क्षेत्री

पूर्णबहादुर तामाङ

श्‍यामकुमार घिमिरे

राजेन्द्र बजगाई

विष्णुकुमार कार्की

योगेश गौचन थकाली

खमबहादुर गर्बुजा

दिक्पालकुमार शाही

ऐनबहादुर शाही ठकुरी

पुष्पबहादुर शाह

डिल्लीराज पन्त

एमालेका १६ नयाँ अनुहार

महेश बस्नेत

अम्मरबहादुर रायामाझी

मानवीर राई

अच्युतप्रसाद मैनाली

लझ्मी महतो कोइरी

रामशंकर यादव

महेशकुमार बर्तौला

प्रेमबहादुर महर्जन

मनबहादुर गुरुङ

दामोदर पौडेल वैरागी

नारायणप्रसाद आचार्य

ठाकुरप्रसाद गैरे

सूर्यबहादुर थापा क्षेत्री

सूर्यप्रसाद ढकाल

वासुदेव घिमिरे

तारा लामा तामाङ

माओवादीका नयाँ अनुहार

माधव सापकोटा

लेखनाथ दाहाल

पूर्णबहादुर घर्ती मगर

छिरिङ डम्डुल लामा (भोटे)

जसपाका  नयाँ अनुहार

दीपक कार्की

नवलकिशोर साह सुडी

राप्रपाबाट ४ जना नयाँ अनुहार

दीपकबहादुर सिंह

ध्रुबबहादुर प्रधान

धवलशमशेर जबरा

ज्ञानबहादुर शाही

राष्ट्रिय स्वतन्त्र पार्टी

सोबिता गौतम

शिशिर खनाल 

गणेश पराजुली

विराजभक्त श्रेष्ठ

तोसिमा कार्की

हरि ढकाल

रवि लामिछाने

नागरिक उन्मुक्ति पार्टीबाट ३ जना

रन्जिता श्रेष्ठ

अरुणकुमार चौधरी

गंगाराम चौधरी

लोसपा – रामप्रकाश चौधरी

जनमत – चन्द्रकान्त (सीके) राउत

तीन स्वतन्त्र नयाँ

योगेन्द्र मण्डल (जोगी)

किरणकुमार साह

लालविर चौधरी

                  यसैगरी  संघीय संसदमा समानुपातिकबाट थप नयाँ अनुहारको लर्को लाग्ने देखिन्छ ।                       

प्रकाशित:

१३९१ दिन अगाडि

|

१२ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९