Above News Title

सुदूरपश्चिममा एमाले भन्दा  नागरिक उन्मुक्ति पार्टी ठूलो

सुदूरपश्चिममा एमाले भन्दा  नागरिक उन्मुक्ति पार्टी ठूलो

   प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका विजेतात्रय गंगाराम चौधरी, रन्जिता श्रेष्ठ चौधरी तथा अरूण चौधरी  

जनक विष्ट

बाजुराबाहेक सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सबै नतिजा आइसकेको छ । बाजुराबाट एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । पुनः मतदान गर्नुपरेकाले बाजुराको नतिजा आउन बाँकी छ ।

तर गणना सकिएका ठाउँमा नतिजा अनुसार, नेपाली कांग्रेस ठूलो दल बनिसकेको छ । प्रतिनिधिसभा तर्फको १६ मध्ये कांग्रेसले ८ क्षेत्र जितेको छ भने प्रदेशसभाको ३२ मध्ये ११ सिट जितेको छ ।

प्रतिनिधिसभा तर्फ नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले बराबर तीन/तीन सिट जितेका छन् । प्रदेशसभातर्फको नतिजाले भने एकीकृत समाजवादी भन्दा नागरिक उन्मुक्ति ठूलो पार्टी बनेको छ । नागरिक उन्मुक्तिले ५ प्रदेशसभा सदस्य जितेको छ ।

एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट प्रदेशसभातर्फ २ सिट मात्रै भाग पाएको थियो । त्यो दुवै सिट जितेको छ । डडेलधुराबाट एकीकृत समाजवादीका नेता डा. तारा जोशीले स्वतन्त्र जितेका छन् । भागबण्डामा नपरेपनि जोशीले जित्दा एकीकृत समाजवादीको तीन सिट भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर नागरिक उन्मुक्ति भन्दा एमाले सानो दल बनेको छ । एमालेले प्रतिनिधिसभातर्फ २ र प्रदेशसभामा ३ सिट जितेको छ ।

एमालेले प्रतिनिधिसभामा बैतडी र कञ्चनपुर–१ बाट मात्रै जितेको छ । डडेलधुरामा प्रतिनिधिसभामा एमालेको उम्मेदवार नै थिएन । बाँकी एमालेका १२ उम्मेदवार यसपटक पराजित भए भने बाजुरामा कांग्रेसका बद्री पाण्डेसँग एमालेका कर्ण थापा प्रतिस्पर्धामा छन् ।

अघिल्लो चुनाव भन्दा यसपटक एमालेले ठीक उल्टो नतिजा निकालेको छ । ०७४ मा एमालेका एक जनामात्रै उम्मेदवार पराजित भएका थिए । कैलाली–१ मा रेशम चौधरीसँग एमालेकी गरिमा पन्त पराजित हुनुबाहेक बाँकी ११ जनाले चुनाव जितेका थिए । त्यसबेला वाम गठबन्धन हुँदा माओवादीले चार सिट पाएको थियो ।

डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवासँग माओवादी केन्द्रका खगराज भट्ट पराजित हुँदा कैलाली–३ बाट गौरीशंकर चौधरी, कैलाली–४ बाट लेखराज भट्ट र कञ्चनपुर–१ बाट बिना मगरले जितेकी थिइन् । ०७४ मा सुदूरपश्चिमबाट चुनाव जित्ने कांग्रेस उम्मेदवारमा देउवा मात्रै थिए ।

यसपटक भने टीकापुर घटनाको आरोपमा जेल सजाय खेपिरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले समेत एमालेलाई पछाडि पारेको छ । बर्दिया–२ सहित नागरिक उन्मुक्तिले कैलाली–१, २ र ३ जित्यो । एमालेबाट कैलाली–१ मा तपेन्द्र रावल, २ मा झपट रावल र ३ मा गौरीशंकर चौधरी पराजित भए ।

माओवादीलाई धक्का, कांग्रेसलाई लाभ

पार्टी विभाजनको चोट लिएर चुनावमा होमिएको एमालेले ठूलो धक्का ब्यहोर्दा कांग्रेसले भने सत्तारुढ दलहरुबीच भएको गठबन्धनको लाभ पाएको छ । सत्ता गठबन्धनको सिट बाँडफाँटमा कांग्रेसले ९ सिट लिएको थियो । तीमध्ये कैलाली–१ बाट नागरिक उन्मुक्तिकी उम्मेदवार रञ्जिता श्रेष्ठसँग रामजनम चौधरी पराजित हुनुबाहेक अरु उम्मेदवारले चुनाव जिते ।

भागबण्डामा तीन सिट पाएको एकीकृत समाजवादीले पनि सबै तीन सिटमा जित निकाल्यो । तर माओवादी केन्द्रलाई भने ठूलो क्षति पुगेको छ ।

माओवादी केन्द्रले यो हार अहिलेसम्मकै खराब हो । ८ सिट जितेर प्रदेशसभामा दोस्रो शक्ति बनेपनि प्रतिनिधिसभातर्फ शून्य भयो । सिट भागवण्डामा माओवादीले कैलाली–२, कैलाली–३, कञ्चनपुर–१ र बैतडीमा गरी साट सिट पाएकामा कतै पनि जित्न सकेन ।

कैलाली–२ मा माओवादीका भगत बडुवाललाई नागरिक उन्मुक्तिका अरुण चौधरीले पराजित गरे । चौधरीले २१ हजार ८२७ मत पाउँदा बडुवालले १६ हजार १२८ मत मात्रै पाए । कैलाली–३ मा माओवादी केन्द्रका कृष्णकुमार चौधरीलाई नागरिक उन्मुक्तिकै गंगाराम चौधरीले हराए ।

गंगारामले २३ हजार ७४९ मत पाएर जित्दा कृष्णकुमारले १७ हजार १२० मत मात्रै ल्याए । अघिल्लो चुनाव जितेका माओवादी केन्द्रका गौरीशंकर चौधरी यसपटक एमालेबाट उम्मेदवार थिए ।

बैतडी र कञ्चनपुर–१ मा माओवादीलाई एमालेले रोक्यो । बैतडीमा झिनो अन्तरले एमालेका नरेन्द्र कुँवरले जिते । भण्डारीले ३३ हजार ६११ मत पाउँदा कुँवरले ३२ हजार ८० मत पाएका थिए । अघिल्लो पटक आफैंले जितेको कञ्चनपुर–१ मा पूर्वमन्त्री बिना मगरले नै यसपटक हारिन् । अघिल्लो चुनावमा ३८ हजार बढी ल्याएर जितेकी मगरले यसपटक १९ हजार ३४६ मत मात्रै पाइन् । उनलाई हराउन एमालेका तारा लामा तामाङले २४ हजार ८९२ मत ल्याए ।

यसअघि माओवादी केन्द्रले ०७० मा एक सिट मात्रै जितेको थियो । त्यसबेला कैलाली–३ बाट गौरीशंकर चौधरीले चुनाव जितेर माओवादीलाई शून्य हुनबाट जोगाएका थिए । ०७४ को चुनावमा तीन सिट जित्यो । ०६४ मा भने माओवादीले एकछत्र जित निकालेको थियो । २३ मध्ये एमालेले तीन र कांग्रेसले एक सिट जित्दा माओवादीले १७ सिट जितेको थियो ।

अछाम–२ (२) बाट प्रदेशसभामा जितेका नेता अक्कलबहादुर रावल गठबन्धनमा इमान्दारिता नदेखिएकाले माओवादीले हार्नु परेको बताउँछन् । ‘पहाडी जिल्लामा गठबन्धनमा आवद्ध दलहरुमा घात अन्तर्घात भएको अवस्था छैन’ उनी भन्छन्, ‘नेताहरुले क्षेत्र रोज्दा कमजोर ठाउँ रोजेको हो कि भन्ने भान भइरहेको छ ।’

उनको बुझाइमा, माओवादी केन्द्रले तराई नरोजेर पहाड रोजेको भए नतिजामा सुधार आउन सक्थ्यो । तर कतिपय नेताहरु भने लेखराज भट्ट, गौरी शंकर चौधरी, झपट बोहरा लगायतका सुदूरपश्चिमका प्रभावशाली नेताले माओवादी छोडेको असर समेत यो नतिजामा देखिएको बताउँछन् । अनलाइनखबरबाट

प्रकाशित:

१३९३ दिन अगाडि

|

१० मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९