रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ नभएसम्म धर्ना जारी राख्छौँ : रञ्जिता श्रेष्ठ चौधरी

रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ नभएसम्म धर्ना जारी राख्छौँ : रञ्जिता श्रेष्ठ चौधरी

१४०७ दिन अगाडि

|

६ पुष २०७९

थारूबारे बृहत् अनुसन्धान गर्ने  अर्जुन गुनरत्नेलाई सम्मान

थारूबारे बृहत् अनुसन्धान गर्ने  अर्जुन गुनरत्नेलाई सम्मान

१४०८ दिन अगाडि

|

५ पुष २०७९

                                                                                                                                    तस्विरः रमेशकुमार पौडेल ‘मुढेठा’ चितवनका थारुहरूले आफूले मान सम्मान गर्नुपर्ने व्यक्तिहरुलाई शिरमा बाँधिदिने सेतो कपडाको फेटा हो । पूर्वी चितवनको बछौलीमा रहेको थारु साँस्कृतिक संग्रहालयको प्रांगणमा मंगलबार थारु अगुवाले अर्जुन गुनरत्नेको शिरमा सेतो मुढेठा बाँधेर सम्मान दर्शाए । श्रीलंकन मूलका गुनरत्ने हाल अमेरिका निवासी हुन् । तर नेपालका थारु समुदायका लागि उनले ठूलो गुन लगाएका छन् ।  ‘त्यही कारणले हामीले उनलाई थारु शैलीमा सम्मान गरेको हो,’ कार्यक्रम आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले भने । गुनेरत्ने मानवशास्त्री हुन् । गुनरत्ने सन् १९८९ मा चितवन आएका थिए । अमेरिकाको सिकागो विश्वविद्यालयमा पढ्दै गरेका उनी आफ्नो विद्यावारिधिको शोधका लागि त्यो बेला नेपाल आएका थिए । ‘श्रीलंका र नेपाल धेरै फरक छैन । भगवान बुद्ध जन्मेको देश भएका कारण म नेपाल आउन घुम्न चाहन्थे । त्यसैले मैले पीएचडीको अध्ययनका लागि नेपालको संस्कृति रोज्ने निर्णय लिएको थिएँ,’ सम्मान कार्यक्रममा गुनरत्नेले सुनाए । नेपालका बारेमा बुझ्दै जाँदा हिमाल र त्यहाँका मान्छेका बारेमा धेरै लेखेको र तराई र त्यहाँका मान्छेका बारेमा कमै लेखेको भेटाएको उनले बताए । ‘थारु नेपालको तराईमा बस्छन् । तराईको जनसंख्याको महत्त्वपूर्ण हिस्सा थारुहरूको रहेछ । उनीहरु आदिवासी हुन् । तराईका हरेक जिल्लामा भेटिन्छन् । तर बाहिरका मानिसहरूलाई तिनीहरुको बारेमा थोरै जानकारी थियो । त्यसैले आदिवासीको अध्ययनमा केही योगदान पुगोस भनेर थारुहरुबारे शोध गरेको हुँ,’ उनले भने । उनले शोधपत्र मात्रै तयार गरेनन्, त्यसैका आधारमा पुस्तक र लेख पनि तयार पार्दै गए । ‘मेनी टङ्स वान पिपुल, द मेकिङ अफ थारु आइडेन्टिटी इन नेपाल’ उनले लेखेको महत्त्वपूर्ण पुस्तक हो । ‘यही पुस्तकका आधारमा नेपालका थारुको पहिचान विश्वव्यापी भएको हो,’ सभापति ललित चौधरीले भने । चितवन, सप्तरी, कैलाली र दाङका थारु समुदायमा अर्जुनले शोध गरेका थिए । भारतको चम्पारणसम्म पनि शोधका लागि पुगेको चितवनमा गुनरत्नेको सहयोगी रहेका सत्यनारायण चौधरीले बताए । ‘तराईका विभिन्न भागका थारु भाषा र रीतिरिवाज फरक फरक रहेछ । उनीहरुले फरक भाषा र रिवाज भएकासँग पनि बिहे नगरेको भेटियो । तर ३० वर्षअघि विराटनगरमा भएको थारु कल्याणकारिणी सभाको सम्मेलनमा मेचीदेखि महाकालीसम्मका थारु एकै हुन् भन्ने सुनेँ,’ गुनरत्नेले भने । आफूलाई थारुहरू कसरी एकजुट भए भन्नेबारे पनि अनुसन्धान गरेको गुनरत्ने बताउँछन् । ‘थारुहरुलाई नेपालको विकासले एकै बनायो । पुरानो जमानामा चितवनबाट दाङ जानभन्दा भारतका सहर पुग्न सजिलो थियो । मलेरिया निर्मूल भएर सडक र विद्यालय बन्यो । र विभिन्न जिल्लाका थारु एकअर्काका सम्पर्कमा आए । यसरी उनीहरू एकताबद्ध भए,’ गुनरत्नेले भने । उनीसँगको भेट स्मरण गर्दै सत्यनारायण भन्छन्, ‘पहिलो पटक देख्दा हाउभाउ ब्रिटिसको जस्तो थियो तर वर्ण एसियालीको जस्तो लाग्थ्यो । म त्यतिबेला रामपुरमा कृषिमा स्नातक पढ्दै थिए । हाम्रो टिचर फणीन्द्र थापाले उहाँलाई ल्याएर आउनु भएको थियो । नाम सुनेपछि नेपाली जस्तै लागि हाल्यो नि । यसरी हाम्रो परिचय भयो, अध्ययन अगाडि बढ्यो ।’ आफ्नो समुदायको सोधखोज गर्नेलाई उचित सम्मान दिनका लागि कार्यक्रम आयोजना गरेको चितवनका थारु अगुवा बासु चौधरीले बताए । ‘हामी उहाँलाई सम्मान गरेर शिक्षित व्यक्तिको संसार कति फराकिलो हुन्छ भन्ने देखाउन बुझाउन पनि चाहेका हौं । श्रीलंकामा जन्मेर पढ्नेलाई अमेरिकासम्म पुगेको व्यक्तिले आज चितवनमा सम्मान पाएको छ । शिक्षा र सोधखोजले व्यक्तिलाई महान बनाउँछ भन्ने सन्देश हामी दिन चाहन्छौं,’ उनले भने । गुनरत्ने अमेरिकाको म्याकालेस्टर कलेजमा मानवशास्त्रका प्राध्यापक हुन् । सुरुमा कोलम्बो विश्वविद्यालयका कानुनका विद्यार्थी रहेका गुनरत्नेले सिकागो विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका हुन् ।  उनले श्रीलंका र नेपालका वातावरणीय मुद्दामा विभिन्न अनुसन्धान गरेका छन् ।

समानुपातिक सांसदले पाए प्रमाणपत्रः संघीय सांसदलाई के–के सुविधा ?

समानुपातिक सांसदले पाए प्रमाणपत्रः संघीय सांसदलाई के–के सुविधा ?

१४१० दिन अगाडि

|

४ पुष २०७९

 नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभामा समानुपातिक सांसद भएकाहरु  निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेपछि आयोग परिसरमा । आइतबार प्रदेश तथा प्रतिनिधिसभाका समानुपातिक सांसदहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ ।   तर सांसदहरुको शपथग्रहणको तालिका अहिले तोकिएको छैन । नवनिर्वाचित  सांसदले शपथग्रहण गरेकै दिनदेखि राज्यबाट सुविधा पाउने छन् । सत्तारूढ दलले शपथग्रहणपछि मात्रै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने भएकाले संसद् सचिवालयले शपथ गराउने तयारी गरिरहेको छ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार संसद् बैठकसमेत पुसभित्रै बसिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । नयाँ सांसदलाई शपथको दिन कानुनको संग्रह, डायरी, झोला, कलम, शपथ राख्ने फाइल दिइनेछ । विगतमा दाताको सहयोगमा झोला दिने गरिएकामा यसपालि दाता गुहारिएको छैन । सांसदहरूलाई दिने डायरी छुट्टै छापिएको छ । सांसदहरूलाई मासिक अतिथि सत्कार भत्ता पनि दिइनेछ । सांसदले निजी सचिवालयका लागि कर्मचारी सुविधा पनि पाउनेछन् । सांसदको कोठा व्यवस्थापन गर्न सुरुमै फर्निचरको एकमुष्ट पैसा उपलब्ध गराउने कानुनी व्यवस्था छ ।  प्रतिनिधि सभाका सांसदहरूले तलबबापत मासिक ६६ हजार ७० रुपैयाँ पाउनेछन् । काठमाडौं उपत्यकामा घर नभएका प्रत्येक सांसदले घरभाडाबापत मासिक १८ हजार रुपैयाँ पाउने छन् । घर हुने सांसदले भने घर मर्मतसम्भारबापत मासिक ८ हजार रुपैयाँ पाउँछन् । बिजुली, पानी, इन्टरनेट, टेलिफोन महसुल र पत्रपत्रिकाबापत मासिक ३ हजार रुपैयाँ दिइन्छ । इन्टरनेटसहित एउटा टेलिफोन लाइन जडान गर्न लाग्ने धरौटी तथा अन्य खर्च पनि सचिवालयले उपलब्ध गराउनेछ । सांसद बिरामी परे उपचारसमेत सरकारकै खर्चमा हुनेछ । अस्पताल भर्ना भएर गरिएको उपचार खर्च मात्र नभएर नियमित सेवन गर्ने औषधिसमेत सचिवालयले उपलब्ध गराउँछ ।  बैठक बस्दा दैनिक १ हजार यातायात खर्च र १ हजार बैठक भत्ता सांसदलाई दिइन्छ । सत्तापक्षका नेता, विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक र संसदीय समिति सभापतिले गाडी सुविधा पाउँछन् । काँग्रेसबाट लुम्बिनी प्रदेश सभाका समानुपातिक सांसद देवीप्रसाद चौधरी  निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेपछि आयोग परिसरमा ।

अर्जेन्टिनाले जित्यो विश्वकपः विश्व च्याम्पियन भए मेसी

अर्जेन्टिनाले जित्यो विश्वकपः विश्व च्याम्पियन भए मेसी

१४१० दिन अगाडि

|

४ पुष २०७९

गोविन्दराज नेपाल   मेसी इज गोट । जी ओ ए टी अर्थात् गोटकोअर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान् भन्ने बुझाउँछ । अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् । ३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् । विश्वकपको आफ्नो अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई हराएर करिअरको पहिलो विश्वकप उपाधि जिते । मेसीले विश्वकपमा अन्तिम खेल खेले पनि पहिलो पटक उपाधि जित्दै बिदाइलाई सुखद बनाए । कतारमा विश्वकप ट्रफी उचालेसँगै विश्वकप जित्न नसकेको खेलाडी भन्ने ट्याग उनले हटाएका छन् । यो पुस्ताका दुई उत्कृष्ट खेलाडी हुन् मेसी र क्रिस्टियानो रोनाल्डो । क्लब लेभलमा यी दुईले सम्भव भएसम्म सबै उपाधि जिते व्यक्तिगत अवार्डहरु पनि उत्तिकै जिते । राष्ट्रका लागि पनि एकाध उपाधि जिते । तर फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता वा महान खेलाडीको मानकका रुपमा रहेको विश्वकप जितेका थिएनन् । विश्वकप नजित्दासम्म दुवै खेलाडीलाई महान भन्ने वा नभन्नेमा मतमतान्तर देखिएको थियो । तर कतारमा सम्पन्न २२औं संस्करणको विश्वकप ट्रफी उचाल्दै मेसीले अब भने पेले र म्याराडोना जस्ता महान खेलाडीको सूचीमा आफूलाई उभ्याए । पोर्चुगल क्वाटरफाइनलबाटै बाहिरिएपछि रोनाल्डोको विश्वकप उचाल्ने सपना पूरा भएन । उनी यसअघि पनि विश्वकपको उपाधि नजिक कहिल्यै पुगेनन् । तर मेसीले सन् २०१४ मा पनि अर्जेन्टिनालाई फाइनल पुर्‍याउँदा जर्मनीसँग पराजित भएको थियो । यो अवधिमा मेसीकै करियरमा पनि धेरै उतारचढाव आए । लगातार फाइनलमा पुग्दै असफल हुँदा उनले राष्ट्रिय टिमबाट सन्यासकै घोषणा गरे । तर विश्वभरका फुटबल समर्थकदेखि अर्जेन्टिनाकै राष्ट्रपतिले समेत आग्रह गरेपछि मेसीले सन्यास फिर्ता लिएका थिए । प्रशिक्षक लियोनल स्कालोनीले अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्याशित हार बेहोरे पनि त्यसपछिका लगातार ६ खेल जित्दै च्याम्पियन बनेको छ । सन् १९८६ मा डिएगो म्याराडोनाले एकल प्रयासमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएयता ३६ वर्षसम्म अर्जेन्टिनाले अर्को उपाधि जित्न सकेको थिएन । अर्जन्टिनाको टिम पनि यस पटक जसरी पनि मेसीका लागि विश्वकप जित्न एकजुट भएर लागेको थियो । मेसी आफै पनि मोटिभेट थिए र पहिलो खेलमा हारे पनि उनले समर्थकलाई आफूहरुलाई विश्वास गर्न भनेका थिए । हरेक खेलमा जितको मानसिकतासहित अर्जेन्टिनाले खेल्यो । साढे तीन दशक उमेरमा पनि मेसीको जोश उस्तै देखिन्थ्यो । अर्जेन्टिनालाई जिताउन हरेक खेलमा उनले एकनासको प्रदर्शन गरे । कुनै खेलमा आफैं गोल गरे त कुनै खेलमा अरुका लागि सहयोग गरे । मेसीले क्रोएसिया विरुद्ध युलियन अल्भारेजका लागि मिलाएको पासमा जति चर्चा गरे पनि कम हुन्छ । उनको खेल हेर्दा लाग्यो त्यहाँ मेसी जादु गरिरहेका छन् र अरु उनको जादु हेरेर आनन्द लिइरहेका छन् । अनि विपक्षी खेलाडी त्यसमा नतमस्तक छन् । मेसीले समूह चरणमा दुई खेलमा गोल गरे । नकबउट चरणमा अन्तिम १६, क्वाटरफाइनल र सेमिफाइनलमा पनि गोल गरेका उनले फाइनलमा २ गोल गरे । उनले फाइनल सहितका ७ मध्ये ६ खेलमा ७ गोल गरे भने ४ असिस्ट समेत गरेका थिए । कीर्तिमानका पर्याय मेसी यस पटक मेसीले विश्वकप मात्र जितेनन् कतारमा विधिन्न कीर्तिमान बनाए । फ्रान्स विरुद्ध फाइनल खेल्दै विश्वकपमा सर्वाधिक २६ खेल्ने नयाँ कीर्तिमान बनाए । कतारमा विश्वकप खेल्नुअघि मेसीले विश्वकपमा १९ खेल खेलेका थिए । तर उनले यस विश्वकपको सबै ७ खेल खेल्दै जर्मनीका लोथार म्याथ्वुको नाममा रहेको २५ खेलको कीर्तिमान तोडे । यस्तै इटलीका पाउलो माल्दिनीको नाममा रहेको विश्वकपमा सर्वाधिक मिनेट खेल्ने कीर्तिमान पनि उनले फ्रान्स विरुद्ध खेलमा तोडे । फ्रान्स विरुद्ध २४ मिनेट खेलेपछि मेसीले विश्वकपमा २ हजार २१७ मिनेट खेल्ने माल्दिनीको कीर्तिमानलाई तोडे । मेसीले अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाए। यसका लागि उनले महान खेलाडी म्याराडोनासहित गाब्रिएल बाटिस्टुटालाई समेत पछि पारे । विश्वकपमा लगातार पाँच संस्करण खेल्ने ६ खेलाडीमध्ये मेसी पनि एक खेलाडी बने । विश्वकपमा मेसी र रोनाल्डोसहित मेक्सिकोका आन्द्रेज गुअर्डाडोले लगातार पाँच विश्वकप खेल्दै कीर्तिमान बराबरी गरे । खेल, गोल मात्र नभएर असिस्टमा समेत मेसीले कीर्तिमान बनाए । उनी लगातार पाँच विश्वकपमा असिस्ट गर्ने एक मात्र खेलाडी बने । पोर्चुगलका रोनाल्डोले कतारमा एक गोल मात्र गरेका थिए र लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने । फ्रान्स विरुद्ध फाइनलमा गोल गरेपछि मेसी विश्वकपको नकआउट चरणमा अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने विश्वकै एक मात्र खेलाडी बने । मेसी सबैभन्दा कम उमेर र सबैभन्दा पाको उमेरमा विश्वकपको एकै खेलमा गोल गर्ने र असिस्ट गर्ने खेलाडी समेत बने । यस्तै मेसी आफ्नो टिनएज, ट्वेन्टिज र थर्टिजमा गोल गर्ने समेत पहिलो खेलाडी बने । मेसीले विश्वकपमा सर्वाधिक १९ खेलमा कप्तानी गर्ने कीर्तिमान पनि बनाए । उनले विश्वकपमा १७ खेल जित्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरे । पेले र म्याराडोनाको लेभलमा कतारमा विश्वकप जित्नुअघि मेसीले गत वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउँदै २० वर्षको अन्तर्राष्ट्रिय उपाधि खडेरी तोडेका थिए । अर्जेन्टिनाले पछिल्लो परुटक १९९२ मा कोपा अमेरिका जितेको थियो । सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकमा स्वर्ण पदक जितेका थिए तर त्यो यू-२३ टिमले खेल्ने भएकोले सिनियर टिमको मान्यता थिएन । उमेर समूहमा पनि मेसीले विश्वकप जितिसकेका थिएनन् । तर सात पटकका बालोन डी’ओर विजेतालाई अन्तर्राष्ट्रिय स्तरमा भने केही गर्न नसक्ने भनेर ट्याग लाग्ने गरेको थियो । विश्वकप जितेपछि मेसीले सबैको मुख बन्द गरेका मात्र छैनन् आफूलाई इतिहासकै महान खेलाडीको सूचीमा समेत सामेल गराएका छन् ।

मधेसी क्लस्टरमा किन रहन चाहँदैनन् थारु र मुस्लिम ?

मधेसी क्लस्टरमा किन रहन चाहँदैनन् थारु र मुस्लिम ?

१४१३ दिन अगाडि

|

२९ मंसिर २०७९

एसके यादव मधेसी आयोगले मधेसी समुदायको सूचीमा मुस्लिम र थारु जातिलाई आफूमा समेटेको तथा व्यापक विरोधपछि अहिले हटाएकोबारे चौतर्फी चर्चा छ । आयोगका उपसचिव संविता डंगोलले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई गराएको जानकारीअनुसार मधेसी आयोगको ‘नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ उपसमूह १ थारु जाति र २ मुसलमान जातिलाई हटाउने निर्णय भएको हुनाले सो बमोजिम गरी दिन अनुरोध गरेकी छन् ।  मधेसी आयोगले तयार पारेको ‘नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ सरकारलाई गत साउनमा हस्तान्तर गरेको थियो । प्रतिवेदनमा १५१ जातिको सूची समावेश गरिएकोमा त्यसमध्ये थारु र मुस्लिम जातिको विषयमा विवाद उत्पन्न भएको थियो ।  आयोगले मधेसी जातको बारेमा अध्ययन गर्दा २०६५ माघ २१ गते मन्त्रिपरिषद्ले मधेसी जातिको बारेमा गरेको निर्णय जो कान्तिपुर दैनिकमा पहिलो पटक समाचारको रूपमा प्रकाशित भएको थियो, त्यसलाई आधार मानेको थियो । तत्कालीन मन्त्रीपरिषद्ले गरेको निर्णयमै थारु र मुस्लिमलाई मधेसी क्लस्टरमा राखिएको थियो । त्यसैलाई आधार मानी आयोगले सो जातिलाई आफ्नो प्रतिवेदनमा समावेश गरेको थियो ।  आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले प्रारम्भिक प्रतिवेदन तयार भएपछि थारु र मुस्लिम आयोगका पदाधिकारीहरूलाई बोलाएर यस विषयमा छलफल गर्दा त्यसबेला कसैले आपत्ति नजनाएको दाबी गरे ।  मिश्रले भने, ‘थारु र मुस्लिमलाई मधेसी क्लस्टरमा राखिएको बारेमा उहाँहरूलाई जानकारी गराएँ तर उहाँहरूले कुनै प्रतिक्रिया देखाउनु भएन, त्यसको प्रमाण हामीसँग सुरक्षित छ ।’ त्यति मात्र होइन, थारु तथा मुस्लिमका अन्य विज्ञहरू, राजनीतिक दलका नेता, अधिकारकर्मीहरूसँग पटक पटक त्यस विषयमा छलफल गरिएको छ । तर छलफलको क्रममा कसैको कुनै आपत्ति भएन । प्रतिवेदन तयार भइसकेपछि मुस्लिम आयोग र थारु आयोगसहित अन्य आयोगहरूलाई पनि पठाइयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पनि हस्तान्तरण गरियो । त्यतिबेलासम्म कसैको कुनै आपत्ति थिएन । जब राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदनमा मधेसीको जातीय सूची समावेश गरेर बुझाइयो अनि सबैतिरबाट त्यसको विरोध भएको अध्यक्ष दत्तले बताए ।  मुस्लिम तथा थारु समुदायका विभिन्न संघ संस्थाबाट विज्ञप्ति नै जारी गरी दबाब नै आउन थाल्यो । आयोगमा आएर ज्ञापनपत्र नै बुझायो । त्यसपछि बाध्य भएर मधेसी सूचीबाट मुस्लिम र थारुलाई हटाइएको आयोगका अध्यक्ष दत्तले बताए । तर अहिले मुस्लिम र थारु जातिलाई मधेसी सूचीबाट हटाएपछि ती जातिका विभिन्न अगुवाहरूले फोन गरेर आपत्ति जनाइरहेको बताए । उनले भने, ‘हिजोदेखि विभिन्न जिल्लाबाट सयौंं जना मुस्लिम तथा थारु जातिको फोन आएको छ, उनीहरू आफू मधेसी क्लस्टरमै बस्न चाहेको भनिरहेका छन् । उनीहरू चाँडै काठमाडौं आएर ज्ञापनपत्र पनि बुझाउने तयारी गरिरहेका छन् ।’ उता थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आफूहरू मधेसी सूचीमा बस्न नचाहेको पटक पटक भन्दा पनि मधेसी आयोगले सूचीमा राखेको दाबी गरे । उनले भने, ‘मधेसी आयोगले हामीलाई बोलाएर छलफल गर्दा विभिन्न आधारहरू देखाएर हामीले मधेसी क्लस्टरमा बस्न चाहन्नौ, थारुलाई मधेसीमा नराख्न आग्रह गर्‍यौँ, तैपनि उनीहरूले मधेसी सूचीमा जबर्जस्ती राखे ।’ थारु छुट्टै क्लस्टर हो भनी कानुनमा पनि छ । थारुलाई छुट्टै आरक्षण दिन सुरु गरिएको छ । निर्वाचन आयोगदेखि लिएर विभिन्न छात्रवृत्तिमा पनि थारुलाई छुट्टै क्लस्टरको रूपमा राखिएको छ । प्रदेश निजामती ऐनमा पनि थारुलाई छुट्टै क्लस्टरको रूपमा राखिएको छ । यति हुँदा हुँदै थारुलाई किन मधेसी क्लस्टरमा राखियो ? थारूको आफ्नै पहिचान र क्लस्टर रहेको कारण आफूहरू त्यहाँ बस्न नचाहेको उनले जिकिर गरे । २०४९ सालमा आदिवासी जनजाति क्लस्टरमा थारुलाई राखिएको थियो । पछि मधेश आन्दोलन हुँदा २०६५ मा थारुलाई मधेसी क्लस्टरमा पनि राखियो । उता आदिवासी जनजाति क्लस्टरमा पनि कायमै रह्यो ।  २०६५ मा मधेसी सूचीमा थारुलाई राखेको कारण थारु समुदायबाट ठूलो आन्दोलन भएको थियो । आफूहरू मधेसी होइनौँ भनी काठमाडौँदेखि विभिन्न ठाउँमा आन्दोलन भएको थियो । त्यही आन्दोलनपछि सरकार र थारु कल्याणकारिणी सभाबीच भएको सम्झौताका आधारमा २०७२ सालमा थारुलाई छुट्टै क्लस्टरको व्यवस्था गरिएको आयोगका अध्यक्ष चौधरीले बताए ।  अहिले पनि आदिवासी जनजातिको सूचीमा थारुलाई राखिएको छ, अब विस्तारै आफूहरुले थारूको छुट्टै सूची तयार गरी आफ्नै पहिचानको आधारमा क्लस्टर कायम गर्ने उनले बताए ।  उता मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मधेसी आयोगले मुस्लिमलाई जवरजस्ती मधेसी सूचीमा राखेको प्रतिक्रिया दिए । नेपालको संविधान २०७२ जारी हुनुभन्दा अगाडि धेरै कठिन संघर्ष र धेरैको बलिदानपछि मुस्लिम र थारु समुदायले पाएको अधिकारमाथि हमलाको प्रयास गर्न खोज्नु सिंगो समुदाय र लोकतन्त्रमाथिको प्रहार रहेको उनको बुझाइ छ ।  उनले भने, ‘मधेश एउटा भूगोल हो, मुस्लिम र थारु समुदाय मधेशमा मात्र होइन, तराई, पहाड र हिमालमा समेत बसोबास छ, त्यस कारण सबैलाई एउटै बाकसमा राख्ने कोशिस गर्नु गलत हो ।’ मुस्लिम समुदायको आफ्नै छुट्टै भाषा, पहिचान छ, उसको आफ्नै छुट्टै क्लस्टर छ, त्यसैले मधेसी सूचीमा  राख्न कुनै आवश्यकता नरहेको उनले बताए ।  नेपालको कानुनले नै मुस्लिम अलग क्लस्टर हो, यसका लागि छुट्टै आरक्षणको व्यवस्था गरेको छ, यी सबै आधार हुँदा हुँदै मधेसी आयोगले मुस्लिमलाई जवर्जस्ती आफ्नो सूचीमा राखेको तर अहिले आएर त्यसलाई सच्याउन बाध्य भएको उनले बताए । 

रञ्जिता श्रेष्ठको दुःखेसो : सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन्

रञ्जिता श्रेष्ठको दुःखेसो : सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन्

१४१४ दिन अगाडि

|

२९ मंसिर २०७९

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक-पटक दिए पनि न्याय नदिएको गुनासो गरेकी छिन् । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट विजयी उनले भनिन्, ‘हाम्रो पार्टीका संस्थापक रेशम चौधरीलगायत टीकापुर घट्नाका आरोपीहरु निर्दाेष रहेकाले तिनको रिहाइका लागि यसअघिका सरकारहरुले पटक पटक लिखित एवं मौखिक प्रतिबद्धता गरेपनि कार्यान्वयन भने गरेनन् ।’ अध्यक्ष चौधरीले उनीहरु निर्दोष हुँदाहुँदै पनि जेल जीवन बिताउन बाध्य हुनुपरेको जिकीर गरिन् । नेता तथा मन्त्रीहरुले यो राजनीतिक प्रकृतिको घटना हो, त्यसैले उहाँहरु रिहा हुनुपर्छ भनिरहेका तर रिहाइको पहल भने नगरेको उनको गुनासो थियो । उनले भनिन्, ‘‘यसअघिका सरकारले पनि छुटाउने आश्वासन दिएका थिए । अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीका पालामा त सरकार र हामीबीच लिखित सम्झौता नै भएको हो, त्यो सार्वजनिक नै छ सबैले हेर्दा पनि हुन्छ । माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा पनि छुटाउने आश्वासन दिनुभएको थियो । हाम्रो भेटमा उहाँले यो राजनीतिक प्रकृतिको मुद्दा भएकाले रेशमलाई न्याय हुन्छ भन्नुभएको थियो । तर सबै सरकारले आश्वासन मात्र दिए, काम कसैले गरेनन् ।’ सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्ने निर्णय गरेकाले राजनीतिक क्षेत्रमा यसको पक्ष र विपक्षमा विभिन्न धारणाहरु आइरहेका बेला नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष चौधरीको यो भनाइ आएको हो । अघिल्लो अर्थात् केपी ओलीको सरकारका पालामा २०७७ साल फागुन २० गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा र विप्लव नेतृत्वको नेकपाबीच तथा २०७८ साल जेठ १८ गते नेपाल सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ र थारु कल्याणकारिणी सभा थारुवान संघर्ष समितिका प्रमुख रुकमिणी चौधरीसहितको टोलीबीच टीकापुर घटनाका आरोपीहरुलाई रिहा गर्ने विषयमा लिखित सम्झौता भएको थियो । आफूहरुले निर्वाचन अघि पनि यस क्षेत्रका सबै दलका नेताहरुसहित प्रधानमन्त्रीलाई भेटेर टीकापुर घटना राजनीतिक घटना भएकाले निर्दाेषलाई न्याय दिन आग्रह गरेको अध्यक्ष चौधरीले बताइन् । रेशमलगायतकाको रिहाइको पहलमा प्रधानमन्त्री सकारात्मक देखिएको उनले बताइन् ।बोल्ने बेलामा सबै नेताहरुले रेशमसहित जेलमा रहेकाहरु निर्दोष छन् भन्ने गरेका तर पनि उनीहरुलाई न्याय दिने काममा भने कोही पनि अग्रसर नभएको देखिएको उनको गुनासो छ । उनको जिज्ञासा थियो, ‘यसपटक पनि सरकारले न्याय दिन्छु भनेको छ, सरकारले अध्यादेश जारी गरेको हामीले सुनेका छौँ, पहिलेजस्तै आश्वासन मात्र हो कि वास्तवमै सरकारले न्याय दिन्छ हेरौँ ।’ उनले आफू र आफ्नो पार्टीले अरु केही नमागेर निर्दोषहरुलाई जेलबाट रिहाइ मात्र मागेको बताउँछिन् । जनताले भने आफू र रेशम चौधरीलाई न्याय दिएको उनको भनाइ छ । आफ्नो निर्वाचन प्रचारप्रसारका क्रममा पनि नागरिकले रेशम निर्दोष रहेको र यसका लागि आवश्यक परे आफूहरुले आन्दोलन पनि सुरु गर्ने बताएका उनले सुनाइन् । चौधरीले भनिन्, ‘कैलालीका जनताले अन्यायका विरुद्धमा मतदान गर्नुभएको छ, सबैले रेशमलाल चौधरीसहित जेलमा रहनुभएका निर्दोष युवाको रिहाइका लागि जनमत प्रकट गर्नुभएको छ । मत माग्दै जाँदा मलाई लाग्छ सबैको चासो पनि यही थियो । उहाँहरुले यो अन्यायका विरुद्धमा मत प्रकट गरेर मतमार्फत् रेशमलगायतका बन्दीहरुको रिहाइको अपिल गर्नुभएको छ ।’ उनले अघिल्लो निर्वाचनमा पनि नागरिकले रेशमजीलाई न्याय गरेको प्रसंग उल्लेख गरिन् । तर पनि उनलाई जेलमुक्त गरिएन र यसका कारण कैलालीको यो क्षेत्र पाँच वर्ष नै जनप्रतिनिधिविहीन भयो । रेशमलाई जस्तै नागरिकले आफूलाई पनि न्याय दिएको उनको भनाइ छ । यहाँका सबै नागरिक रेशमलाल चौधरीसहितका बन्दी जीवन बिताइरहेकाहरु निर्दोष हुन् भनेर आवाज उठाएको र मत माग्दै जाँदा सबैले रेशमको रिहाइको अपिल गरेको उनले सुनाइन् । अघिल्लो निर्वाचनमा पनि नागरिकले रेशम जीलाई न्याय गरेका उनको अनुभव छ । उनी भन्छिन्, ‘यहाँका नागरिकले रेशमजीलाई मत दिएर जिताएकै हुन् । नागरिकले रेशम चौधरीलाई सांसद विजयी गराउनुको अर्थ उनी निर्दोष हो रिहाइ गर्नुपर्छ भन्ने होइन र ? तर पनि सरकारले गरेको छैन ।’ आफूले निर्वाचनका क्रममा मतदाताहरुबाट सकारात्मक प्रतिक्रिया पाएको उनको अनुभव छ । धेरै माया र उत्साह आफूलाई मतदाताले दिएको उनले बताइन् । सबैको चाहना परिवर्तन र न्याय चाहिन्छ भन्ने रहेको तथा यहाँका नागरिकले आफूलाई मत दिनु भनेकै न्याय र परिवर्तनका लागि हो भनेर बुझेको उनले बताइन् । आफ्नो क्षेत्रमा शान्ति, अमनचयन, विकास र समृद्धिका लागि आफु लाग्ने पनि उनले प्रण गरिन् ।  नागरिक उन्मुक्तिले कैलालीका एक, दुई र तीन गरी तीन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितको छ ।  रासस

न्यायका लागि अध्यादेश जारी हुनु पर्ने भन्दै माइतीघरमा धर्ना (फोटोफिचर)

न्यायका लागि अध्यादेश जारी हुनु पर्ने भन्दै माइतीघरमा धर्ना (फोटोफिचर)

१४१४ दिन अगाडि

|

२८ मंसिर २०७९

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा बुधबार धर्ना दिएका छन् । सरकारले गत आइतबार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।  सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना गरेका हुन् । थारु कल्याणकारिणी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो ।  उनीहरूले अध्यादेश अविलम्ब प्रमाणीकरण गरिनुपर्ने र रेशम चौधरी लगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरूलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र चौधरीले रेशम चौधरी लगायतका आरोपित व्यक्तिहरू निर्दोष रहेका बताए । उनले टीकापुर घटनाको सम्बन्धमा नेपाली काँग्रेसको आधिकारिक धारणा माग गरे । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको भन्दै उनले पार्टीको धारणा स्पष्ट पार्न अनुरोध गरे ।  उनले भने – ‘हाम्रो चुनौती छ, एकजना अहिलेसम्म थुना भएका आरोपित एकजना मान्छेलाई त्यो मान्छे हत्यारा हो भनेर प्रमाणित गरेर देखाइदिनुस् । होइन भने नागरिक समाजको अगुवा भनेर सडकमा ओर्लिन पाइदैनँ । गगन थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङले थारुहरूको, उत्पीडित समुदायको, समग्र न्यायप्रेमी जनताहरूको विरुद्धमा तपाईहरुले भाष्य प्रयोग गर्नुभएको छ । त्यो भाष्यको सम्बन्धमा नेपाली काँग्रेसले आधिकारिक धारणा स्पष्ट गर्नुपर्छ । टिकापुरको घटना हेर्ने नेपाली काँग्रेसको दृष्टिकोणमा परिवर्तन आएको छैन । आधिकारिक धारणा के हो ? खुलेर भन्नुपर्‍यो । लुकेर भनेर हुँदैन । त्यसपछि हामी पनि हिसाबकिताब गरौँला । त्यो हाम्रो चुनौती छ । तपाईहरुले आफ्नो अनुकूलको सरकार बनाउँदा खेरी, आफ्नो अनुकूलको अध्यादेश ल्याउँदाखेरी काम चलाउ सरकार हुँदैन । त्यसको प्रश्न उठ्दैन । गरिब, निर्दोष थारुहरू जेलमा छन् । तिनीहरूलाई रिहाइ गरौँ । बिना प्रमाण हचुवाको भरमा अदालतले गरेको निर्णयलाई त्यही सत्य हो भनेर थारु हत्यारा हुन् भनेर तपाईहरुले बोलिराख्नु भएको छ उहाँहरूलाई हाम्रो चुनौती छ ।’ उनले टीकापुर घटनाको सम्बन्धमा नेकपा (एमाले) ले द्वैध चरित्र देखाएको आरोप लगाए । विगतमा एमाले सरकारले पनि रेशम चौधरीको रिहाइको लागि सम्झौता गरेको उल्लेख गर्दै चौधरीले आफुले सम्झौता गर्दा ठिक र अर्को सरकारले गर्दा बेठिक भनी एमालेले द्वैध चरित्र प्रदर्शन गरेको बताए । उनले भने, ‘एमालेले विरोध गर्दैछ । एमालेलाई हाम्रो प्रश्न छ, तपाईहरुले यही विषयमा सम्झौता गर्नुभएको थियो । किन गर्नुभएको थियो ? कसले गर्नु भनेको थियो ? २०७८ साल जेठ १८ गते तपाईहरुले सम्झौता गर्नुभएको छ । नेकपा थियो । उहाँहरूकै सरकार थियो । यहीँ हामी धर्ना बसेको थियौँ । गृहमन्त्री बादल आफैँ यही आउनुभएको थियो धर्ना बस्न । सम्झौता गर्नुभयो कानुन अनुसार रिहाइको प्रक्रिया अगाडी बढाउँछु । किन गर्नुभयो त्यो सम्झौता ? तपाईहरुले त्यही सम्झौता गर्दा रिहाइ हुनुपर्छ भन्दा ठिक । अर्को सरकार आउँदा बेठिक ? त्यो बेला गर्दाखेरी चाहीँ कानुन अनुसार हुने । अहिले गर्दाखेरी गैर कानूनी हुने । एमालेको द्वैध चरित्र सार्वजनिक भइसक्यो । जवाफ दिने कि नदिने अब ?’ उनले अध्यादेश संवैधानिक रूपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणीकरण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा आदिवासी जनजाति महासंघका पूर्व महासचिव बालकृष्ण माबुहाङ, ठाकुर करिया प्रधान, कानुनलाल चौधरी लगायतले पनि सम्बोधन गरेका थिए ।  यसै गरी थाकस तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिले न्यायका लागि अध्यादेश नारासहित पुस १ गतेसम्म निरन्तर थरुहटका सबै जिल्लाहरुमा कोणसभा गर्ने तथा मंसिर २९ गते काठमाडौंमा बृहत् अन्तरक्रिया  कार्यक्रम गर्ने भएको छ ।